सोमबार, चैत्र १७, २०७६

    राज्य-समाज

    छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव : मुख्यमन्त्री राउत

    बिहिवार, असोज ३०, २०७६ साल
    गौशाला, ३० असोज  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताउनुभएको छ ।  बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उहाँले वर्तमान समयमा सङ्घीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धरासायी हुँदै गएकाले शिक्षा क्षेत्रमा फड्को मार्नका लागि सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा जोड दिनुभयो ।  मुख्यमन्त्री राउतले आजको आवश्यकता प्राविधिक शिक्षा रहेकाले प्रदेशलाई नै प्राविधिक शिक्षाको..

    राष्ट्रपति विद्यादेवी भण्डारी नेपितमा

    बुधबार, असोज २९, २०७६ साल
    म्यान्मा, २९ असोज राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा भ्रमणका क्रममा आज साँझ राजधानी नेपित आइपुग्नुभएको छ ।  उहाँलाई म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा   संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा म्यो आङले स्वागत गर्नुभएको थियो ।  नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासले पनि राष्ट्रपतिको स्वागत गर्नुभएको थियो..

    नेपाल–युएई संयुक्त कार्य समूहको बैठक नोभेम्बर पहिलो साता काठमाडौँमा बस्ने

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौँ, २९ असोज   नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयु) लाई मूर्तरुप दिन आगामी नोभेम्बर पहिलो साता दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को बैठक काठमाडौँमा बस्ने भएको छ ।    आबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन युएई पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच आज..

    गैरआवासीय सङ्घमा ४२ पदमा ७६ को उम्मेदवारी

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौँ, २९ असोज गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि ७६ ले उम्मेदवारी दर्ता गराउनुभएको छ । सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।  मङ्गलबार साँझदेखि आज अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी महासचिवमा जानकी गुरुङ..

    नेकपा चियापान : आपसमा सेल्फीदेखि बसिबियाँलोसम्म ...

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौँ, २९ असोज   ‘ओहो, नमस्ते, सञ्चै हुनुहुन्छ ?’ धेरै भयो भेटघाट नभाको ! भेट्न पनि चियापन कार्यक्रम आयोजना हुनुपर्ने रहेछ...।’    जम्माभेटसँगै नमस्ते वा अभिभावदन आदानप्रदानपछि भृकुटीमण्डपको चउरमा दिनभरजसो यस्ता दृष्य र संवाद सुनिएका थिए । उनीहरु भेटेपछि ‘दसैँ कस्तो भयो ?, स्वास्थ्य कस्तो छ ?’ जस्ता व्यक्तिगत र पारिवारिक कुराकानी पनि गरेको देखिन्थे । त्यतिले नपुगेर सामूहिक तस्बिर खिचाउन पनि उनीहरु जुटेका..

    सभामुख वा उपभामुखमध्ये एक काङ्ग्रेसलाई चाहिन्छ : नेता पौडेल

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौँ, २९ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै नेता पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा ती दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक..

    बेलायतको विश्वस्तरीय सैन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण पदक

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौँ, २९ असोज संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।  बेलायतको बेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट प्रमुख सेनानी अशिमदेव गुरुङको नेतृत्वमा १० जनाको सैनिक..

    आर्थिक विकासका लागि त्रिदेशीय साझेदारीको रणनीतिक आधार तयार हुँदै : ‘प्रचण्ड’

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौँ, २९ असोज  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताउनुभएको छ । केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ भनेर आफूले नै प्रस्ताव गरेको स्मरण गर्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी..

    उपनिर्वाचनमा उम्मेदवार आकांक्षीको ताती, चुनावी सरगर्मी शुरु

    बुधबार, असोज २९, २०७६ साल
    भक्तपुर, २९ असोज आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका उम्मेदवारका आकांक्षी पनि बढ्न थालेपछि चुनावी सरगर्मी बढेको छ । प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ चाँगुनारायण प्रदेश ‘क’ बाट विजयी तत्कालीन एमालेका उम्मेदवार हरिशरण लामिछानेको मस्तिष्कघातका कारण मृत्यु भएपछि सो स्थानमा पुनः निर्वाचन हुने भएको छ । उक्त स्थानका लागि..

    सर्वोच्चको फैसला : ‘पशुको पहिचान हुन सक्ने गरी ‘ट्यागिङ’ गरी संरक्षण गर्नु’

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौँ, २९ असोज सर्वोच्च अदातलले राष्ट्रिय जनावर गाईका बाच्छाबाच्छीको संरक्षणमा ध्यान दिन सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र पुरुषोत्तम भण्डारीको संयुक्त इजालसले गत वैशाख ८ गते गरेको फैसलाको पूर्णपाठ मङ्गलबार सार्वजनिक गर्दै राष्ट्रिय जनावर गाईका बाच्छाबाच्छीको संरक्षणमा ध्यान दिन सरकारका नाममा परमादेश जारी गरेको हो ।  “किसानले पालेका पशुपक्षीको तथ्याङ्क सङ्कलन गर्न, सबै पशुको पहिचान हुन सक्ने..

    नेकपा : उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौँ, २९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले आउँदो कात्तिक १० गतेभित्र जिल्ला र प्रदेश कमिटी हुँदै तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको हकमा..

    चीनका राष्ट्रपति सीले किन दिए हड्डी भाच्ने चेतावनी ?

    बुधबार, असोज २९, २०७६ साल
    एजेन्सी, २९ असोज ।  पछिल्लो हप्ता चीनका राष्ट्रती सी जिनपिङले नेपालको भ्रमणका क्रममा भनेका थिए कि जो वान चाइना पोलिसी मान्दैन र चीनलाई तोड्ने प्रयास गर्छ उसको हड्डी भाचिनेछ । हङकङको लोकतन्त्रको समर्थनमा चलिरहेको विरोध प्रदर्शनमा अमेरिकाको हाउस अफ रिप्रेजेन्टिटिभमा एउटा बिल पास भएको छ । यस बिल पश्चात अमेरिकाले प्रत्येक वर्ष समिक्षा गर्नेछ कि हङकङमा पर्याप्त स्वायत्तता छ कि छैन ।..

    नेकपा सचिवालय बैठक जारी, यि हुन् छलफलका विषय !

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौँ, २९ असोज पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।   बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पदका विषयमा समेत  छलफल हुने जनाइएको छ । नेकपाले आजै दिउँसो विभिन्न चाडपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।..

    जुवातास खेल्ने र खेलाउने ७ जना नगदसहित समातिए

    बुधबार, असोज २९, २०७६ साल
    मुग्लिन, २९ असोज । चितवनमा नगदसहित जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२ बालकुमारी रोडबाट मङ्गलबार जुवातास खेल्ने र खेलाउने सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो । तनहुँ घर भई भरतपुर–२ मा डेरा गरी बस्ने ३५ वर्षीय राजेशकुमार विकले सोही घरको तेस्रो तलाको आफ्नै कोठामा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट..

    राष्ट्रपति भण्डारी म्यानमारको राजकीय भ्रमणमा जाँदै

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौँ, २९ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुहुने भएको छ  ।  राष्ट्रपति भण्डारीले पाँच म्यान्मामा बिताउने छिन् । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्ने..

    नेपाल–चीन सम्झौता : विपद् व्यवस्थापनमा नयाँ आयाम

    बुधबार, असोज २९, २०७६ साल
    काठमाडौं, २९ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल–चीनबीच भएको सम्झौता विपद् व्यवस्थापन र उद्धारकार्यका हिसाबले महत्वपूर्ण बन्न पुगेको छ ।  बाढी, पहिरो र डुबानबाट वर्षेनी ठूलो जनधनको क्षति बेहोर्दै आएको मुलुकका लागि गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयबीच दैवी विपत्ति न्यूनीकरण तथा आपत्कालीन द्रुत उद्धारका लागि सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । राष्ट्रपति..

    आबुधावी डायलग : मन्त्री विष्टले सम्बोधन गर्ने

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज   श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधावी डायलगमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्बोधन गर्नुहुने भएको छ । बुधबार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने पाँचौ मन्त्रीस्तरीय बैठकमा उहाँले सम्बोधन गर्नुहुने श्रम मन्त्रालयले जनाएको छ ।    नेपाल आबुधावी डायलगको सदस्य मुलुक हो । बैठकमा सहभागी हुन मन्त्री विष्ट आजै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै..

    ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आन्तरिक द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको मौलिक विधि र सफलता विश्वका लागि उदाहरणीय भएको बताउनुभएको छ ।    सर्बियाको बेलग्रेडमा जारी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४१ औँ सम्मेलनअन्तर्गत ‘अन्तर्राष्ट्रिय कानूनको सबलीकरणः संसदको भूमिका र संयन्त्र तथा क्षेत्रीय सहकार्यको योगदान’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले दशवर्षे द्वन्द्व समाधान गरी जनप्रतिनिधिमूलक संस्था संविधानसभाबाट संविधान निर्माण गर्दै स्थायित्वको मार्गमा..

    जब प्रज्ञा प्रतिष्ठानको पर्दा खुल्यो ...

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज   हिउँदको शुरुआतसँगै पाँच बज्दा नबज्दै सूर्यास्त हुने तरखरमा थियो । राजधानीमा हल्का चिसोको महसुस हुन थालिसकेको थियो । यता नेपाल प्रज्ञा प्रतिष्ठानमा भने कला संस्कृतिका माध्यमबाट साहित्यप्रेमीको मन तताउने तयारी हुँदै थियो ।    कला, साहित्य तथा संस्कृतिमा गहिरो लगाब भएका मूर्धन्य व्यक्तित्वको प्रतिष्ठान परिसरमा बाक्लै उपस्थिति थियो । तिनै साहित्यप्रेमीको मन तताउन प्रतिष्ठानमा सांस्कृतिक कार्यक्रमको तयारी तीव्र भइरहेको थियो..

    आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कात्तिकमा

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज   आगामी कात्तिक २६ देखि २८ गतेसम्म नेपालमा आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुन गइरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा आप्रवासी कामदारको मानवअधिकारको संरक्षण, रोजगारीको सुनिश्चितता, काम गर्ने वातावरणको बारेमा छलफल गर्न सम्मेलनको आयोजना गर्न लागिएको हो ।    सम्मेलनको तयारीबारे आज राष्ट्रिय मानवअधिकार आयोग पदाधिकारी र गृह मन्त्रालयका सचिव प्रेमकुमार राईबीच छलफल भएको छ । छलफलमा सम्मेलनका सहभागीहरुको सुरक्षा तथा..

    राजपुर बमकाण्ड : पूर्वमन्त्री आलमको म्याद सात दिन थप

    मंगलवार, असोज २८, २०७६ साल
    रौतहट, २८ असोज रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो ।  विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस..

    राष्ट्रपति बुधबारदेखि म्यान्मारको राजकीय भ्रमण गर्दै

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज   राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुहुने भएको छ  । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।    राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ  सान सु चीले भेट गर्नुहुनेछ । राष्ट्रपति भण्डारी र उहाँको प्रतिनिधिमण्डलको सम्मानमा..

    सी भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट : नेपाल प्रहरी

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज   नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणको सुरक्षा व्यवस्थापन उत्कृष्ट भएको बताउनुभएको छ ।     प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो, “प्रधानमन्त्री, गृहमन्त्री एवं चीन सरकारले समेत नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरिएको छ, यसको हकदार सङ्गठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारी हुन् ।” सुरक्षामा सफल व्यवस्थापनको..

    महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज । काठमाडौँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश दीपककुमार दाहालको इजालसले यही असोज १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार निवर्तमान सभामुख महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । संसद् सचिवालयका एक महिला..

    नेपाल प्रहरीमा दरबन्दी थप, बढुवा तथा नयाँ भर्ना प्रक्रियाद्वारा पदपूर्ति गरिने

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज ।  नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेसँगै पदपूर्ति कार्यान्वयनको चरणमा गएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दरबन्दी थपिएको जानकारी दिँदै बढुवा तथा नयाँ भर्ना प्रक्रियाद्वारा पदपूर्ति..

    समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज ।   राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको मंगलबार यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गर्नुभयो ।    राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल वातावरणमा संसारभरि आर्जेका ज्ञान,..

    भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल : प्रधानमन्त्री

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताउनुभएको हो ।   नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सभ्यता, ज्ञान, खोज र संस्कृतिको जननी एशिया भएकाले..

    उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप ? चुनावी अभियान तीव्र

    मंगलवार, असोज २८, २०७६ साल
    बागलुङ, २८ असोज   विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । काङ्ग्रेस पराजयको प्रमुख कारण थियो, वाम गठबन्धन ।     एकलौटी जित !   तत्कालीन नेकपा (एमाले), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावमा होमिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एकलौटी जित हासिल पनि भयो । चुनावपछि एमाले–माओवादी केन्द्र मिलेर..

    एनआरएनए महाधिवेशन काठमाडौंमा सुरु, राष्ट्रपति भन्छिन् - जन्मभूमिमा लगानी गर्नुस्

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच सम्मेलनको उद्घाटन गरेकी हुन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आहृवान गरेकी छन् । लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै उनले लगानीका लागि आह्वान गरेकी हुन् । सम्मेलन तथा..

    अस्पतालबाट महरालाई म्याद थपका लागि आज अदालत लगिँदै

    मंगलवार, असोज २८, २०७६ साल
    काठमाडौँ, २८ असोज । पुर्वसभामुख तथा सांसद कृष्णबहादुर महरालाई आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै यौन दुर्व्यवहारको आरोपमा पक्राउ  परेका थिए ।  महरामाथि अनुसन्धानका लागि २० दिनको म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । यसमा महराको पक्राउ गरेको दिनदेखिको समय जोडिनेछ । महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक..
    Weather Forecast