बिहिवार, माघ ९, २०७६

    राज्य-समाज

    कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लागु गर्दै सरकार

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौँ, ३ असोज ।  अर्थमन्त्री युवराज खतिवडाले सेना, प्रहरी, शिक्षक, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भएको बताएका छन् । उनले सार्वजनिक खरिद ऐन संशोधन गरेर भए पनि सरकारले यसको व्यवस्था मिलाउने जानकारी दिए । बिहीबार भृकुटीमण्डपमा ‘र्‍यान एन्ड टेक्सटाइल एक्स्पो’को उद्घाटन गर्दै खतिवडाले निर्यात बढाउनका लागि पनि घरेलु कपडा उद्योग उपयुक्त क्षेत्र भएको बताए । उनले उद्योगमा लगानी..

    संविधानमा खतरा ‘बनाउनेहरूबाटै’

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौँ, ३ असोज ।  संविधान दिवस भव्य बनाउन तामझाम चलिरहेका बेला प्रधानमन्त्री केपी ओलीले बुधबार सिंहदबारबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आए बघिनीको जस्तो भूमिकामा उत्रिने बताए । ठीक तीन महिनाअघि उनले संसद्मा विपक्षी कांग्रेसले सम्बोधन गर्न रोकेपछि पत्रकार सम्मेलन गर्दै संविधानका तीनवटा मूल विशेषता गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि आक्रमण हुन थालेको अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘आज लोकतन्त्र, गणतन्त्र, संघीयता..

    विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीन विकल्प

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौँ, ३ असोज ।  निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीनवटा विकल्प अघि सारेको छ। सर्वोच्च अदालतले करिब डेढ वर्षअघि विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था तयार गर्न सरकारको नाउँमा परमादेश जारी गरेको अवस्थामा आयोगले सो विकल्प प्रस्तुत गरेको हो। आयोगले गरेको प्रारम्भिक अध्ययनअनुसार सो विकल्प अघि सारिएको हो। बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनलाइन, हुलाक..

    संविधानको ४ वर्षः नेताहरूको संस्कार र शैलीले जनतामा उत्साह बढेन, चुनौती कायमै

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौँ, ३ असोज ।  जनताका प्रतिनिधिले पहिलोपटक बनाएको संविधानमाथि चुनौती थपिँदै छन् । संसद्भित्र र बाहिरबाट संविधानमाथिका प्रहार रोकिएका छैनन् । संविधान जारी गर्दा संविधानसभा बहिष्कार गर्दै बाहिरिएका मधेस केन्द्रित दल संशोधन भए मात्र स्वीकार गर्ने अडानमा छन् । संविधानप्रति असन्तुष्टि जनाएरै सरकारमा सहभागी समाजवादी पार्टीले खुलेर संविधानको स्वागत गर्न सकेको छैन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा संविधानको विरोधमा सक्रिय छ ।..

    ‘जनताको अधिकारको लागि लड्ने नेता गणेशमान सिंह ’

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज   विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंह जनताको हक र अधिकारलाई केन्द्रबिन्दुमा राख्ने नेता भएको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।     स्व गणेशमान सिंहको २२ औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘गणेशमान सिंहको अभिप्रेरणा अधिनायकवाद, कुशासन र भ्रष्टाचारविरुद्धको अभियान’ विषयक अन्तक्र्रियामा वक्ताले राजनीतिमा देशको समृद्धि र जनताको अधिकारको लागि लड्ने नेता सिंह..

    कालो दिन भन्नेको मन कालै रहेछ : भीम रावल

    बिहिवार, असोज २, २०७६ साल
    काभ्रेपलाञ्चोक, २ असोज   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले वर्तमान लोकतान्त्रिक संविधान जारी भएको दिनलाई कालो दिन भन्नेको मन कालै भएको बताउनुभएको छ ।    राष्ट्रिय पोशाक संरक्षण महाअभियान जिल्ला कमिटीद्वारा संविधान दिवसको अवसरमा आज बनेपामा आयोजित ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमा नेता रावलले नागरिकतासम्बन्धी अन्तरिम संविधानको कुरा उठाउने र प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा २०६३..

    संविधान दिवसको अवसरमा चिडियाखाना प्रवेश शुल्कमा छुट दिईने !

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज   ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई शनिबारसम्म प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा चिडियाखाना व्यवस्थापन समितिले प्रवेश शुल्कमा छुट दिने निर्णय गरेको हो ।    चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार १२ वर्ष उमेरसम्मका बालबालिकालाई यस समयमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तीन दिन अन्य सबै स्वदेशी र विदेशी..

    मन्त्री बाँस्कोटाले भने - ‘रहर लागेकै भर’मा संविधान संशोधन हुँदैन

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज   सरकारले आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने पुनः दोहो¥याएको छ । संविधान दिवसको अघिल्लो दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गोकुलप्रसाद बाँस्कोटाले औचित्य पुष्टि भएको अवस्थामा संविधान संशोधन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यान्वयनभन्दा पहिले संशोधनको हतारो किन भएको हो ?”   नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षको..

    वाणिज्यको बजार अनुगमनमा व्यापारीको विरोध

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज    चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई व्यापक बनाएको छ ।    खाद्य पदार्थको अनुगमनलाई तीव्र बनाउँदै आएको विभागले केही दिनयता कपडा व्यापारीमाथि पनि निगरानी बढाउन थालेको हो । यसैक्रममा आज विभागको टोलीले तयारी पोशाकको ‘होलसेल’ मुख्य केन्द्र रहेको न्यूरोडको रञ्जना क्षेत्रमा छापा मारेको छ ।    अनुगमनका क्रममा मूल्य सूची नराखी तथा बिलबिजक..

    काठमाडौं आइपुग्यो भिभिआइपीको लागी १ अर्ब ४० करोडको हेलिकप्टर

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौं ,२ असोज उच्च पदस्थ व्यक्तीहरुको लागी प्रयोग हुने र नेपाली सेनाले सञ्चालन गर्ने गरी खरिद गरिएको हेलिकप्टर काठमाडौं आइपुगेको छ । भिभिआइपीका लागी १ अर्ब ४० करोड को हेलिकप्टर बिहिबार काठमाडौं आइपुगेको हो । नेपाली दर्ता नं. ‘नाइएन पिएमए’को उक्त हेलिकप्टर १ अर्ब ४० करोडमा इटलीबाट खरिद गरिएको हो । आठसिट क्षमता भएको यो हेलिकप्टर नेपाली सेनाको स्वामित्वमा सञ्चाल हुने छ भने..

    निराश हुनुपर्ने ठाउँ छैन : नेम्वाङ, अर्थतन्त्र कछुवाको गतिमा छ : भट्टराई

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माण भएको चार वर्षमा महत्वपूर्ण आधार खडा गरेको हुँदा निराश हुनुपर्ने ठाउँ नरहेको बताउनुभएको छ । चौथो अधिवेशनअर्थात् बजेट अधिवेशनको समापनका अवसरमा उहाँले संविधानकै आधारमा उभिएर समग्र विकास गर्न सक्ने अवस्था रहेको बताउनुभयो । “नेपाली इतिहासमा संविधानका लागि अब राजनीतिक आन्दोलन गर्नुपर्ने आवश्यकता रहेन, समृद्ध नेपाल निर्माणका लागि आधार..

    संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ २ असोज नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चौथों संविधान दिवस’ मनाउने तयारी गरेका छन् ।  दोस्रो पटक भएको संविधानसभाको चुनावबाट गठित संविधानसभाले निकै लामो मेहनत र सङ्घर्षबाट बनाएका संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा रामवरण यादवले जारी गर्नुभएको हो ।  नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक..

    प्रधानमन्त्री ओलीले भने : मेरो कार्यकाल ठाङठाङ ठुङठुङमै बित्ने भो

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज । प्रधानमन्त्री निवासको निर्माणधीन भवन र राष्ट्र बैंकको बन्दै गरेको भवनको ठाङठङ ठुङठुङ आफूले सुन्नु परे पनि आफूपछिका प्रधानमन्त्री भने शान्तिपूर्वक बस्न पाउने उनकाे भनाइ थियो ।    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल निर्माणकै क्रममा सकिने बताएका छन् । बिहीबार बिहान बालुवाटारमा निर्माण गर्न लागिएको प्रधानमन्त्री निवासको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल ठाङठाङ ठुङठुङमै बित्ने बताएका हुन् । ‘मेरो कार्यकाल..

    दसैँपछि अल्टिमेटम दिएर सरकारबाट बाहिरिनेछौं : डा. भट्टराई

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज  राजधानीमा बिहीबार पत्रकारहरुसँगको छलफलमा बोल्दै समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन् । ‘फोेरमसँग एकीकरण गर्दा यही सहमति भएको हो । त्यो सहमति अब पूरा हुँदैछ ।  अब हामी धेरै पर्खिदैनौँ,’ डा. भट्टराईले भने । उनले अहिले आफुहरु पार्टी एकिकरण र समायोजनमा व्यस्त भएको भन्दै पार्टी एकीकरण सकिने बित्तिकै सरकारलाई एउटा अल्टिमेटम दिने..

    रवि लामिछानेको मुद्दामाथि सुनुवाइ गर्न तोकिएको पेशी स्थगित

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले जारी गरेको थुनछेक आदेशविरुद्ध टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले जारी गरेको रिटमाथिको सुनुवाइका लागि बिहीबार पेशी तोकिएको थियो । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समेतले उच्च अदालत पाटनको हटौंडा इजलाशमा दायर गरेको पुनरावलोकन रिटमाथि सुनुवाइ गर्न तोकिएको पेशी दोस्रो पटक पनि स्थगित भएको छ..

    उपनिर्वाचनमा विदेशबाट मतदान सम्भव छ या छैन ?

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आयोगले तीव्र गतिमा तयारी गरिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आसन्न उप–निर्वाचनका लागि विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन नसकिने बताएका छन् । उनले त्यसका लागि ठूलो तयारी र गृहकार्य आवश्यक रहेकोले तत्काल सम्भव नभएको बताए । संसदको राज्य व्यवस्था समितिको बिहीबार बिहान बसेको बैठकमा थपलियाले प्राविधिक हिसाबले पनि ठूलो तयारी..

    संविधान अनुपम दस्तावेज : वरिष्ठ नेता नेपाल

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताउनुभएको छ । संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) ले आज आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रियामा नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा सबै खालका विचार र भावना समावेश भएको र केही विषयमा छलफल जारी..

    आजदेखि क्रमश: मौसममा सुधार आउँछ : मौसमविद्

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौं, असोज २ लगातार केही दिनदेखि वर्षा भइरहेको मौसममा बिहीबार दिउँसोदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अब क्रमशः मौसममा सुधार हुने र पानी पर्ने क्रमशः कम हुँदै जाने जानकारी छ । मध्यान्नसम्म मुलुकका अधिकांश स्थानको मौसम बदली भएर केही स्थानमा वर्षा भए पनि दिउँसोपछि क्रमशः सुधार हुने मौसमविदले जनाकारी छ । अहिले काठमाडौँ उपत्यकासहति देशको मध्य..

    अन्त्य हुँदै बजेट अधिवेशन, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

    बिहिवार, असोज २, २०७६ साल
    २ असोज, काठमाडौं ।  संघीय संसदको चालू अधिवेशन बिहीबार अन्त्य गरिँदै छ । बिहीबार दिउँसो साढे २ बजे प्रधानमन्त्रीले संघीय संसदलाई सम्बोधन गर्ने कार्यसूची छ । बजेट अधिवेशन अन्त्यअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संघीय संसदलाई सम्बोधन गर्नेछन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गर्दै सदर गर्न राष्ट्रिपतिसमक्ष पेस गरेको थियो ।  आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रधानमन्त्रीले..

    किन बस्न सकेन नेकपा सचिवालय बैठक ?

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज ।  सत्तारुढ नेकपाको बिहीबार बिहान तय भएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीसहित अन्य नेताको व्यस्तताका कारण सचिवालय बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए। बिहीबार बिहान ९ बजे बस्ने भनिएको बैठकमा संगठनात्मक एकता टुंग्याउने तयारी थियो। नेकपामा केन्द्रीय निकायहरूमा जिम्मेवारी बाँडफाट गर्न बाँकी छ। केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार..

    प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरेनन् सम्पत्ति विवरण, पारदर्शितामाथि प्रश्न चिह्न

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौं, २ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीलगायत २५ जना मन्त्रीहरूले आर्थिक वर्ष २०७५/७६ को अद्यावधिक गरिएको सम्पति विवरण सार्वजनिक गरेका छैनन् । आफ्नो सम्पत्ति विवरण समयमा नै सार्वजनिक गर्ने परम्पराविपरीत प्रधानमन्त्री तथा मन्त्रीहरूले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनीहरूको पारदर्शितामाथि नै प्रश्न चिह्न सिर्जना भएको छ । प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक पदमा बहाल रहँदा वार्षिक रूपमा सम्पत्ति विवरण अधावधिक गरी..

    अंगीकृत नागरिकता लिने बर्सेनि बढ्दै, अंगीकृत लिएर राजनीतिमा

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौं, २ असोज ।  नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारूढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेसलगायत दलहरूबीच रस्साकसी चलिरहेका बेला भारतसँग सबै जिल्ला जोडिएको प्रदेश २ मा यो झनै चासोको विषय बनेको छ ।  प्रदेश २ का आठै जिल्लामा नेपाल–भारत दुवैतिर बिहेवारी हुने चलन नौलो होइन तर पछिल्ला वर्षमा भारतीय बुहारी भित्रिने संख्या निकै बढेको छ । प्रदेश २ मा भारतबाट..

    १ लाख धरौटीमा छुटे गृहमन्त्री रामबहादुर थापाका भाइ

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौं, २ असोज ।  काठमाडौं जिल्ला अदालतले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले आपराधिक लाभ (एक्स्टर्सन) र संगठित अपराधसम्बन्धी कसुरको अभियोग लागेका नरेशलाई थुनछेक बहस सकिएपछि बुधबार एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी बुधबार अपराह्न १ लाख धरौटी राखेर रिहा भएका छन् । आपराधिक..

    कहाँ चुक्यो सरकार ? राजश्वको लक्ष्यभन्दा सरकार निकै पछाडि

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौं, २ असोज ।  चालु वर्षको पहिलो दुई महिनामा सरकारी लक्ष्यको तुलनामा २६ अर्ब २३ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ। गत आर्थिक वर्षदेखि नै बजेटमा लक्षित राजस्व, वैदेशिक सहयोग र आन्तरिक ऋण परिचालन कमजोर देखिएको छ। बजेटमा खर्च व्यहोर्ने राजस्व, वैदेशिक सहयोग र आन्तरिक ऋण परिचालन कम हुँदा बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ। गत आवमा सरकारले दुई खर्ब ५३..

    बढी शुल्क असुलीविरुद्धको आन्दोलनमा अनेरास्ववियुको ऐक्यबद्धता

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज   अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले केही दिन पहिलेदेखि जारी निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध विद्याथीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलीका विरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले चितवन मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा आन्दोलन गरिरहेको छ ।    अनेरास्ववियुका अध्यक्ष ऐन महरद्वारा आज जारी प्रेस विज्ञप्तिमा विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा कुनै पनि किसिमको..

    परिवर्तनलाई संस्थागत गर्न नेकपाले मात्र सक्छ : नारायणकाजी श्रेष्ठ

    बुधबार, असोज १, २०७६ साल
    चितवन, १ असोज   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको परिवर्तनको रक्षा नेकपाले बाहेक अरूले गर्न नसक्ने बताउनुभएको छ । नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालका पिता स्व कुलप्रसाद दाहालको नवौँ दिनमा आज उहाँकै निवास भीमसेननगरमा नेकपा चितवनले आयोजना गरेको शोकसभामा प्रवक्ता श्रेष्ठले देशमा सङ्घीयता र गणतन्त्र कम्युनिष्ट आन्दोलनको बलमा आएको बताउनुभयो ।    यो परिवर्तनको रक्षा र समृद्धिको यात्रा..

    अविरल वर्षाले नेपालगञ्ज डुबानमा

    बुधबार, असोज १, २०७६ साल
    राँझा, १ असोज   बिहानैदेखि परेको अविरल वर्षाले नेपालगञ्ज डुबानमा परेको छ । यहाँको न्यूरोड र घरबारी टोल क्षेत्रका अधिकांश पसलमा पानी छिरेको छ । नेपालगञ्जको सेतु विक चोक र न्यूरोड क्षेत्रका अधिकांश पसलमा पानी पसेको न्यूरोडका स्थानीय व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।    उहाँका अनुसार सेतु विक चोक नजिक रहेको कस्तुरी होटलसहित करीब आधा दर्जन..

    सेनालाई साधनसम्पन्न र प्रविधि मैत्री बनाउनुपर्छ

    बुधबार, असोज १, २०७६ साल
    विराटनगर, १ असोज नेपाली सेनालाई साधनसम्पन्न र प्रविधिमैत्री बनाउनाले विपद् व्यवस्थापनमा सहज हुने आज यहाँ आयोजित अन्तरक्रियामा सहभागीले सुझाव दिएका छन् ।  नेपाली सेना–स्थानीय पत्रकार, नागरिक समाज, प्रबुद्ध व्यक्तिहरुसँगको अन्तरक्रियामा सहभागीले सैनिक विद्यालय हिमाल, तराई र पहाडी क्षेत्रमा विस्तार गरी सैनिकसँगको ग्रामीण क्षेत्रका जनतासम्म पहुँच पु¥याउनुपर्ने आवश्यकता औंल्याएका छन् । पूर्वी पृतनापति अनन्त कार्कीले सेनाले पारदर्शी र आर्थिक सुशासनका रुपमा कार्य गरिरहेको जानकारी..

    नेपालको झण्डा : वैदिक, वैज्ञानिक र व्यावहारिक, यसरी बन्यो डिजाइन

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज ।   नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा  नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैँ हराउँदै गए । अहिले सरकारले संविधान दिवसका दिन राष्ट्रिय झण्डालाई महत्व दिएपछि झण्डाको चर्चा फेरि चल्न थालेको छ..

    सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज । आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ ।  नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागेको हो ।  राष्ट्रको गरिमासँग गाँसिएको उक्त संवादलाई सफलतापूर्वक..
    Weather Forecast