आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    माेदीले यसरी मनाए ३ साउने साेमबार, चौथौ कसरी मनाउलान् ?

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौं, २५ साउन । भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले साउनका सबै चारवटै सोमबार नयाँ दूरगामी महत्वका निर्णय गरेर मनाउने भएका छन् । मोदीले यसअघिका तीनवटा सोमबार भारत र अन्तर्राष्ट्रिय राजनीतिमै तरंग ल्याउने तीन निर्णय गरिसकेका छन् ।  अब साउनको एकमात्र सोमबार बाँकी छ । यो अन्तिम चौथो सोमबार पनि मोदी सरकारले यस्तै गम्भीर महत्व राख्ने कुनै एक निर्णय गर्न लागेको एक उच्च समाचार..

    गृह मन्त्रालयको एक्सन : एनजीओ-आईएनजीओको अचल सम्पत्ति रोक्का

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौं, २५ साउन। सरकारले सबै एनजीओ र आईएनजीओको अचल सम्पत्ति रोक्का गरेको छ। गृह मन्त्रालयको निर्देशनमा मुलुकभरका जिल्ला प्रशासन कार्यालयले गैससका नाममा रहेका जग्गाजमिन, भवन तथा सवारी साधन बिक्रीमा रोक लगाएका हुन्। भक्तपुरका प्रमूख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले गृहको परिपत्रपछि गैरसरकारी संस्थाका नाममा भएका अचल सम्पत्ति बिक्रीमा रोक लगाइ सकिएको बताए। धनुषाका पमूख जिल्ला अधिकारी प्रदीपराज कणेलले पनि नापी र मालपोत कार्यालयलाई..

    कश्मीरमा कर्फ्यु, काठमाडौंमा छटपटी

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरू थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रूपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरू यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन्..

    चार प्रदेशको नाम र स्थायी राजधानी अन्योल

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  संविधानमा भएको व्यवस्थाअनुसार सातवटै प्रदेशको निर्वाचन भई प्रदेश सभा तथा प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लागेको छ । तर, सातमध्ये तीन प्रदेशको मात्रै नाम र स्थायी राजधानी तोकिएको छ । चारवटा प्रदेशको नाम र स्थायी राजधानीको बारेमा राजनीतिक दल तथा प्रदेशसभामा सहमति अझै जुट्न सकेको छैन् । प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश..

    वीरेन्द्र परिवारको २१,५६३ रोपनी जग्गा ट्रस्टमा

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो । यसैगरी भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा,..

    कैदीलाई प्रजनन अधिकार प्रस्ताव, यौन सम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  कैदीलाई प्रजनन अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको छ।  गृहमन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार गरेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ।  मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ।  मस्यौदा अनुसार कैदीबन्दीको उमेर, कैद अवधि, वैवाहिक अवस्था, सन्तान..

    ओली-प्रचण्ड अविश्वासपूर्ण त्रासको यस्तो छ नालीबेली

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  ‘हामी सबै सम्हालिएर हिँड्नुपर्छ। सम्हालिएनौं भने सिद्धिन्छौं। पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन म जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ। उहाँ (प्रचण्ड) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ। त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ।’ -केपी ओली, प्रधानमन्त्री तथा अध्यक्ष, नेकपा   -‘एकताका क्रममा केही सहमति गर्ने कुरा भयो। उहाँ (ओली) ले तपाईं लेखेर ल्याउनुहोस् भन्नुभयो, मैले लेखेर लगें।..

    मलाई आजभोलि कयौंले हिंस्रक, अपराधी भन्दा अनौठो लाग्छ : प्रचण्ड

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौँ, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक परिवर्तका सबै शक्तिहरु मिलेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको बताउनुभएको छ ।  शमी साहित्य प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कवि दीनानाथ शर्माको निबन्ध सङ्ग्रह ‘झरीको सौन्दर्य’ र शमी साहित्यिक मासिक पत्रिकाको विमोचन कार्यक्रमा अध्यक्ष दाहालले परिवर्तनका सहयात्रीहरु मिलेर देशलाई शान्तिपूर्ण रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।  प्रचण्डले आफूलाई हिंस्रक नेताको रुपमा प्रस्तुत..

    सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौँ, २४ असार ।  सैनिक कल्याणकारी कोषको नगद मौज्दात रु ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ ।   कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात रु ३५ अर्ब ७७ करोड २४ लाख रहेकामा त्यसपछिको अवधिमा रु दुई अर्ब ८० करोड ३६ लाख वृद्धि भएको कोषद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।   कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको रु पाँच अर्ब ६४..

    शिक्षा आयोगको सिफारिस विपरीत पदाधिकारी भर्ति प्रक्रिया आपत्तिजनक : कांग्रेस नेता महर

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडाैं, २४ साउन । नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैन सिंह महरले उच्चस्तरीय राष्ट्रीय शिक्षा आयोगको सिफारिस विपरीत विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको प्रक्रिया थालनी गर्नु निर्लज्जताको नमूना भएको बताएका छन् । उनले कम्युनिस्ट सरकार आफैले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय राष्ट्रीय शिक्षा आयोगको सिफारिस विपरीत थालनी गरेकाे पदाधिकारी नियुक्तिको प्रक्रियामा असहमति जनाएका हुन् । 'हामीले नेविसंघको नेतृत्वमा..

    प्रतिपक्षी कांग्रेस भन्छ- 'नेकपा देखेर दया लाग्यो'

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौँ, २४ साउन । प्रतिपक्षी कांग्रेसले समसामयिक प्रमुख चार मुद्दामा सरकारको ध्यानाकर्षण गराएको छ। ट्रेड युनियन अधिकारसम्बन्धी विधेयक, गोंगबुस्थित नयाँ बसपार्कमा भएको सेटिङ, सरकारी जग्गामा रहेको नेकपाको कार्यालय र नेकपाको राजनीतिक प्रतिवेदनमाथि असहमति जनाउँदै कांग्रेसले सरकारलाई सचेत गराएको हो। ट्रेड युनियनसम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा पेस गरिएको छ। ट्रेड युनियनलाई सरकारीकरण गर्ने र अन्य ट्रेड युनियनले प्रश्नै गर्न नपाउने गरी ल्याइएको विधेयक..

    सत्तारुढ नेकपाले भन्यो-असमान सन्धि–सम्झौता पुनरावलोकन गरौँ

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौँ, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले असमान सन्धि–सम्झौता पुनरावलोकन गर्दै पारस्परिक लाभ, समानता र राष्ट्रिय हितअनुरूप नयाँ सन्धि–सम्झौता गर्नुपर्ने आधिकारिक धारणा दस्तावेजमार्फत सार्वजनिक गरेको छ ।  नेपालले सुगौली सन्धिपछि राजनीतिक, आर्थिक र सांस्कृतिक हस्तक्षेपसँग सामना गरिरहेको दाबी गर्दै नेपालको राष्ट्रिय स्वाधीनतामा पर्न सक्ने प्रभावबारे सजगता अपनाउनुपर्ने र युद्ध, आणविक अस्त्र तथा हातहतियारको होडबाजीको विरोध गर्नुपर्नेमा जोड दिएको छ ।  दुई विशाल..

    १८ वर्षीया किशोरीलाई प्रहरीले नै गरे बलात्कार ! अभिभावकले देखेपछि हंगामा

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौँ, २४ साउन । विवाह गर्ने भन्दै फकाएर १८ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा प्रहरी जवान पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव स्थानीयको दबाबपछि पक्राउ परेका हुन्।  किशोरीमाथि जवरजस्ती गरिरहेको अभिभावकले देखेर चौकी घेराउ गरेपछि प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताए।  यादवले जंगलमा घाँस काट्न गएकी किशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ।  यादवले जंगलमै किशोरीलाई..

    सञ्चारमन्त्री र एमडीले खान खोजे टेलिकमका तीन सय वरिष्ठको जागिर

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौँ, २४ साउन । नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का तीन सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण हाललाई टरेको छ । ‘मन्त्रालयले नेपाल टेलिकमलाई ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेरको हदमध्ये जो पहिला पुग्छ सोही आधारमा अनिवार्य अवकास दिनेगरी बोर्ड निर्णय गर्नु र..

    २३ करोडको सार्वजनिक जग्गा व्यक्तिगत बनाउन चलखेल

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौँ, २४ साउन । वीरगन्ज महानगरपालिकास्थित एक बिघा ९ कट्ठा १० धुर सार्वजनिक (गौचरन) जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ।  महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नी आमा सावी मास्केका नाममा दर्ता कायम गर्न खोजेपछि स्थानीयको पहलमा रोक लगाइएको हो। वीरगन्ज औद्योगिक क्षेत्र नजिक..

    आईएनजीओले लुकाएको १ खर्ब २ अर्ब जफत गर्न निर्देशन

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौँ, २४ साउन । सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरूले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । सरकारलाई जानकारी नै नदिई उनीहरूले आव २०७२/०७३ देखि २०७४/०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरूमा लुकाएको फेला परेको छ । सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा..

    यात्रुबस त्रिशुलीमा खस्यो: तीन जनाको मृत्यु, २३ बेपत्ता

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौँ, २४ साउन ।  धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा खसेको  प्रहरीले जानकारी दिएको छ।    १४ जनाको उद्धार गरिएकाे छ । २३ अझै बेपत्ता छन् । बसमा ४० जना यात्रुहरु रहेको प्रारम्भिक..

    सार्वजनिक जग्गा खोजी गर्दै कामपा

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन  काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सार्वजनिक जग्गाको अभिलेख राख्ने भएको छ । सबै वडा कार्यालयमार्फत महानगरभित्रका सार्वजनिक जग्गाको खोजी गरेर एकीकृत तथ्याङ्क राख्न लागिएको कामपाले जनाएको छ । विसं २०७२ को भूकम्पपछि महानगरवासीले आफ्नो वडामा भएका सार्वजनिक जग्गाको संरक्षण होस् भन्ने चाहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।  छ महीना पहिले सबै वडालाई आफ्नो वडा भित्रका सार्वजनिक जग्गाको विवरण पठाउन कामपाले..

    यस्तो छ प्रहरीलाई नमूना सङ्गठन बनाउने प्रयास

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना सङ्गठनका रुपमा स्थापित गर्न खोजेको बताउनुभएको छ ।  पूर्वप्रहरी सङ्गठनका पदाधिकारीसँग आज प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नीतिगत तथा कानूनी विकास, कल्याणकारी योजना, आन्तरिक सुपरिवेक्षण, अन्तर्राष्ट्रि«य समन्वयमा नेपाल प्रहरीले उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभयो ।  कार्यक्रममा नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै..

    'पूर्वराजाका दासहरु गणतन्त्रविरुद्ध बोल्दैछन्' : प्रचण्ड (पु्र्णपाठसहित)

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौं, २३ साउन। नेपालमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारका संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्, यो नाटकीय ढंगले भएको परिवर्तन पनि होइन। नेपाली जनताले राणाशाही आन्दोलनको बेलादेखि, ००७ साल वरिपरीदेखि संविधानसभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएर तीन तहको निर्वाचन नहुँदासम्म नेपाली जनताले गरेको अनवरत संघर्ष,..

    संसद बैठकमा कुर्सी खाली, ४१ मात्र भित्र, अरु चाहिँ कता ? संख्या नपुगेपछि बैठक स्थगित

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन  सेफगार्ड एण्टी डम्पिङ तथा काउन्टर भेलिइङ विधेयक २०७५ को सम्बन्धमा उद्योग तथा वाणिज्य समिति र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन पारित गर्ने क्रममा कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले गणपुरक संख्या नपुगेको भन्दै विधेयक पारित हुन नसक्ने बताएका थिए । उनले सांसद संख्या गन्न माग गरेका थिए ।  सभामुख कृष्णबहादुर महराले तीन मिनेट घण्टी बजाई गणपुरक संख्या एकीन गर्न कर्मचारीलाई निर्देशन..

    सरकारी जग्गामा नेकपा कार्यालय राखेकोमा कांग्रेसको आपत्ति, 'नैतिकतालाई थप लज्जित नबनाइयोस्'

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन  नियम विपरीत नेकपाले सरकारी जग्गामा केन्द्रीय कार्यालय राखेकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाउँदै तत्काल बाहिरिन आग्रह गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा  प्रवक्ता विश्वप्रकाश शर्माले नीति, नियम र नैतिकताविपरीत सरकारी जग्गामा नेकपाको कार्यालय रहेको समाचारले कांग्रेसलाई अचम्भित र दुःखित तुल्याएको बताए । 'सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति, नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने..

    प्रदेशको राजधानी हेटौंडा 'चाहिँदैन', काठमाडौं 'हुदैन': मुख्यमन्त्री पौडेल

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौं, साउन २३ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो घर हेटौंडामा भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् । प्रदेश ३ को स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर, काठमाडौंमा चाहिँ कुनै हालतमा प्रदेशको राजधानी राख्न नहुने मुख्यमन्त्री पौडेलको तर्क छ । अबको केही दिनभित्रै प्रदेश ३ को नाम र राजधानी..

    उर्जामन्त्री पुनले संसदमा ‘विद्युत सप्लाइ’ भन्नासाथ बत्ती गएपछि...

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन  सभामुख कृष्णबहादुर महराले शून्य समय सकिएको र विशेष समय शुरु भएको भन्दै सार्वजनिक महत्वका विषयमा बोल्नका लागि मन्त्री पुनलाई समय दिएका थिए । सोहि विषयमा जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन बोल्दै गर्दा संसद बैठकमा बत्ती गएको छ ।  रोष्ट्रममा पुगेर मन्त्री पुनले आफ्नो कुरा सुरु गर्दै ‘माननीय सांसदहरुले विभिन्न जिल्लाका बाढी, डुबान, पहिरो त्यसैगरी विद्युत सप्लाइसम्बन्धी’ बत्ती गएको थियो..

    काङ्ग्रेसलाई कसैले हराउन सक्दैन, तर नेतृत्व परिवर्तन हुनुपर्छः डा. शशांक

    बिहिवार, श्रावन २३, २०७६ साल
    दमौली, २३ साउन ।  नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस तनहुँले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेकामा जोड दिनुभयो ।   “काङ्ग्रेसलाई नयाँ दिशा दिनसक्ने सभापति अबको महाधिवेशनबाट निर्वाचित हुनुपर्छ”, महामन्त्री कोइरालाले भन्नुभयो, “त्यसका लागि कार्यकर्ताले आजैदेखि मानसिकता बनाउनुपर्छ ।” पार्टीभित्र रहेको गुट÷उपगुट अन्त्य गर्दै काङ्ग्रेसलाई..

    समस्यामा युवा परिषद्, किन काम गर्न सकेनन् ढुंगेलले ?

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन । युवा सशक्तीकरणका लागि स्थापना भएको राष्ट्रिय युवा परिषद् आफैँ अन्योलमा परेको छ । समग्र नेपाली युवालाई सम्बोधन गर्न खडा गरिएको संस्था कानुनी बाटो, संरचना र कर्मचारी नहुँदा अन्योलमा परेको हो ।  राष्ट्रिय युवा परिषद् ऐन, २०७२ संशोधन नहुँदा परिषद्ले काम गर्न नसक्ने अवस्था सिर्जना भएको छ । सङ्घीयता कार्यान्वयन भएको दुई वर्ष नाघिसक्दा पनि सङ्घीयता अनुकूल हुने..

    घुस खानेदेखि अख्तियार छल्नसम्म नयाँनयाँ शैली

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने कर्मचारीविरुद्ध स्टिङ अप्रेसन तीव्र पारेपछि कर्मचारीले घुस खान नयाँनयाँ शैली अपनाउन थालेको पाइएको छ । अख्तियारका अनुसार घुस खाने कर्मचारीले बिचौलियाका साथसाथै दोस्रो व्यक्तिको खातामा पैसा राख्न लगाएर लामो समयपछि पैसा झिक्ने शैली अपनाउने गरेका छन् । यसैगरी नगदको साटो जिन्सी सामानमार्फत घुस लिने शैली पनि अपनाउन थालेका छन् । घुस..

    किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्के पूर्वलडाकु

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन । ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए।  युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए।  केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन्।  तर रूकुममा काजकिरिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु..

    पूर्वराजा किन जाँदैछन् थाइल्याण्ड ?

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जानुहुने भएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लाग्नुभएको हो । उहाँको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । विभिन्न सामाजिक सञ्जालमा पूर्वराजवादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उहाँ थाइल्याण्ड जान लाग्नुभएको हो..

    नेकपा अध्यक्ष ओली नहुँदा अर्का अध्यक्ष दाहाल सक्रिय, हेर्नुहोस् के-के गरे ?

    बिहिवार, श्रावन २३, २०७६ साल
    काठमाडौँ, २३ साउन । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा सक्रिय भएका छन्। दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरूसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन्। दाहालले दिन दिनयता नेताहरूलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन्। ‘अध्यक्ष (दाहाल) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ। पार्टी नेताहरूसँगको निरन्तर आन्तरिक छलफल र संवादमा हुनुहुन्छ,’ दाहालको निजी सचिवालयका एक..
    Weather Forecast