बिहिवार, माघ ९, २०७६

    राज्य-समाज

    ओली सरकारले देशलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबायो : सभापति देउवा

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडाैं, ६ असोज नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा विमोचन गर्दै सभापति देउवाले ओली सरकारले शून्य सहनशीलताको कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दावी गरेका छन् । उनले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको बताउँदै त्यस्ता क्रियाकलाप अब सैह्य नहुने चेतावनी दिए । उनले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको..

    चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज । मित्रराष्ट्र चीनका राष्ट्रपतिको भ्रमण नेपालको एउटा व्यग्र प्रतीक्षाको विषय हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले हुन्छ भन्ने चर्चा नेपाली सञ्चारमा छाएको पनि धेरै वर्ष भयो । सञ्चारमाध्यममा मात्र नभएर नेपालीमाझ पनि यो चासोले बढी नै चर्चा पाउने गरेको छ ।   निकै लामो प्रतीक्षापछि अब भने चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने निश्चितजस्तो भएको पछिल्ला बहस र चर्चाहरुले..

    मनसुन अझै एक साता लम्बिने, पूर्वमा सक्रिय

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज ।   यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन ।    हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ ।..

    हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ : प्रचण्ड

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौं, असोज ६ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले फेरि एउटा अर्को आन्दोलन चाहिएको बताएका छन् । दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो आन्दोलन शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने बताएका हुन् । ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ?  हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ प्रचण्डले भने,‘हामीलाई..

    अनियमितता भएको आशंकामा प्रहरीको कागजात अख्तियारको नियन्त्रणमा

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज ।  लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो । प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलब्ध गराउन निर्देशन..

    सडक–सदन दुवैतिर कांग्रेस कमजोर

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज ।  कांग्रेस केन्द्रसहित सातै प्रदेशमा सरकार बाहिर छ । स्थानीय सरकारमा पनि उसको उपस्थिति कमजोर छ । प्रदेश २ को सरकारमा कांग्रेसले प्रतिपक्षको हैसियतसमेत पाएको छैन । संसद् प्रतिपक्षको हुने सैद्धान्तिक मान्यता छ तर संघ र प्रदेशका संसद्मा हुने गतिविधिले त्यसो भन्दैनन् । परम्परागत शक्तिशाली पार्टीको उपस्थिति संसद्मा प्रभावी छैन । त्यसैको झोक फेर्न हुन सक्छ, कांग्रेस सभापति शेरबहादुर..

    चिनियाँ राष्ट्रपति सीको विचारधारा लागू गर्ने तयारीमा सत्तारुढ नेकपा

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज ।  सत्तारुढ नेकपाले मुलुकको विकासका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा लागू गर्ने तयारी थालेको छ । नेकपाले चीनमा चामत्कारिक विकास गर्न सफल सीको विचाराधाराबारे पार्टीमा प्रशिक्षण दिँदै सीको विकास मोडल लागू गर्ने गृहकार्य अघि बढाएको हो । नेकपाले अवलम्बन गरेको जनताको जनवाद (जज) र जिनपिङको विचारधाराबारे केन्द्रित भई आज(सोमबार)देखि प्रशिक्षण सुरु हुन लागेको नेकपाले जनाएको छ । चिनियाँ..

    राजधानीमा बढ्यो प्रहरी सुरक्षा सतर्कता, १६ सय सिसी क्यामेरा जडान

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज ।  नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ। एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप जडान गरिएको छ। अब उपत्यकाभित्र जडान भएका सिसी क्यामेराको संख्या १६ सय पुगेको छ। प्रहरीले जनशक्तिसँगै उपत्यकाभित्र हुने गतिविधिको निगरानी गर्न सिसी क्यामेराको संख्या थप गरेको हो। समुदाय–साझेदारी कार्यक्रम अघि बढाएसँगै उपत्यकामा..

    दसैंका लागि खोलिएको टिकट बुकिङ भद्रगोल

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज ।  दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङ भद्रगोल देखिएको छ। टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन्। बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरेका थिए। कर्णाली तथा अन्य दुर्गम भेगका बस सुनिश्चितता नहुँदा आइतबार टिकट बुकिङ हुन सकेन। गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत टिकट काउन्टरमा मध्यरातदेखि लाइन बसेका..

    चीनमा के पढ्दैछन् नेकपाका मेयरहरू ?

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज ।  नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन्। पढाइका विषय छन्– चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगीकरण, सहरीकरणलगायत। साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन्। ‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन्। युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ..

    दर्ताका लागि आयोगमा पुगे २२ दल

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ६ असोज ।  उपनिर्वाचनको प्रयोजनका लागि २२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो निवेदन दिएका हुन्। प्रतिनिधिसभा एक, प्रदेशसभा तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र ३६ जिल्लाका ४१ वडाध्यक्षका लागि हुने निर्वाचनमा सहभागी हुने प्रयोजनले दल दर्ता हुनलागेको हो। भदौ १६ गतेदेखि मसान्तसम्ममा २२ वटा दलले..

    यस्ता रोग लागेका व्यक्तिले खानु हुँदैन करेला !

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, असोज ५ करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिले तितेकरेलाको सेवन गर्नु हुदैन । गर्भवती हुनुहुन्छ ? करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले त्यस्तो आवस्थामा करेला खाँदा ध्यान पुर्याउन जरुरी हुन्छ ।  फर्टिलिटी समस्या भएमा यदि..

    ‘कहाँ जाने?’ भन्ने प्रश्नले माधवकुमार नेपाललाई दिक्क लगाएपछि ...

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज   ‘कहाँ जाने ? त्यहीँ, जहाँ जान आवश्यक छ जहाँ अपमान होइन सम्मान हुन्छ जहाँ पीडा बिसाउन सकिन्छ जहाँ मन शान्त हुन्छ जहाँ खुशी साटासाट गर्न सकिन्छ जहाँ जानु प्रिय हुन्छ...।’   विमानस्थलमा संसदीय समितिको कार्यक्रम नसकिँदै हिँड्न खोज्दा सोधियो, ‘कहाँ जाने ?’ । विमानस्थल जानुभन्दा पनि अघिल्लो कार्यक्रमलाई पनि छोट्याएर हिँड्न लाग्दा त्यही सोधिएको थियो, ‘कहाँ जाने ?’    ‘कहाँ जाने ? कहाँ जाने ?’ लगातारका प्रश्नले सत्तारूढ..

    चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज  गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उहाँले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभएको हो ।  उहाँले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्यधिक हुने भएकाले सोही अनुरूपको सुरक्षा रणनीति बनाउन सुझाव दिनुभयो..

    सोमबार राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज नेपाल राष्ट्र बैंकले सोमबार रु १० अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।   बैंकका अनुसार ९१ दिने अवधिका लागि रु चार अर्ब तीन करोड बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । उक्त बिल आगामी पुस ८ गते परिपक्व हुनेछ..

    महिला पत्रकारको गुनासो : कार्यक्षेत्रमै विभेद्

    आईतवार, असोज ५, २०७६ साल
    चिप्लेढुङ्गा, ५ असोज   महिलामैत्री सामाजिक संरचना र सञ्चार गृह नहुँदा पत्रकारिता क्षेत्रमा महिलाको गुणात्मक विकास हुन नसकेको पोखराका महिला पत्रकारको गुनासो छ । क्रियाशिल पत्रकार महिला समूह (डब्लुडब्जुजे)ले आज गरेको ‘फोकस ग्रुप डिस्कशन’ कार्यक्रममा सहभागी पत्रकार महिलाले व्यासायिक रुपमा अघि बढ्न महिला पत्रकारले विविधखालका चुनौतीको सामना गर्नुपरेको भनाइ राखेका थिए ।   महिलाको क्षमता दक्षतामाथि हर हमेसा प्रश्न उठाइने र कार्यक्षेत्रमा जाँदासमेत चारित्रिक..

    फोहर व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरणको माग

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज   राजधानीलगायत मुख्य शहरको फोहर व्यवस्थापनका लागि अधिकार सम्पन्न प्राधिकरण वा विकास समिति गठन गरिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीहरुले जोड दिनुभएको छ ।    प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले आज आयोजना गरेको राजधानीको फोहर व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले फोहरमैला स्रोत व्यवस्थापन केन्द्रको खारेजीले यससम्बन्धी काम गर्ने निकाय नभएको बताउनुभयो ।     “केन्द्रलाई सङ्घीय संरचनाअनुसार लैजाने गरी पुनर्जीवित गरिनुपर्छ, अझ अधिकार..

    बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा तालाबन्दी

    आईतवार, असोज ५, २०७६ साल
    राजापुर, ५ असोज विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकामा वडाध्यक्षसहित जनप्रतिनिधिले विशेष गाउँसभाको माग गर्दै तालाबन्दी गरेका हुन् ।  वडाध्यक्ष र सदस्यहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आज गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका हुन् । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम र बजेट झुक्याएर पास गरिएको, शिक्षा कार्यविधिलगायतका..

    उपत्यमा २ दिन बिराएर पानी वितरण हुदैँ, करोडौं लिटर पानी थपिँदै

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ५-६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकामा दुई दिन बिराएर वितरण थाल्ने भएको छ । वाग्मतीमा पानीको प्रवाह बढेकाले अहिले काठमाडौँका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बनाउन लागिएको लिमिटेडले जनाएको छ । महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न लागिएको हो..

    पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका साक्षीको बकपत्र, प्रमाणित भए ५ वर्ष कैद !

    आईतवार, असोज ५, २०७६ साल
    चितवन, ५ असोज ।   पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ ।    आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ ।    जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी..

    प्रचण्डले दिए रेशम चौधरी जेलबाट छुट्ने संकेत, के भयाे सहमति ?

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौं, ५ असोज ।  नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसद रेशम चौधरी  जेलबाट छुट्ने संकेत गरेका छन् । सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उनले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका सांसद रेशम चौधरी छुट्ने संकेत दिएका हुन् । टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको उनले बताए । उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा आयो,..

    कास्की-२ बाट स्व. रविन्द्र पत्नी विद्या बन्लिन् नेकपा उम्मेदवार ?

    आईतवार, असोज ५, २०७६ साल
    पोखरा, ५ असाेज ।  नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का नेता बामदेव गौतमले दोश्रो पटक कास्की–२ बाट निर्वाचन नलड्ने प्रष्टीकरण पुनः दिएका छन् ।  यसबारेमा उनले कारण पनि उल्लेख गरेका छन्, 'यसअघि ९२०७४ मा० प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया–१ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म..

    चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त प्रशिक्षण हुँदै

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज ।  सत्तारूढ नेकपा सचिवालयको शनिबारको बैठकमा चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) सँगको संयुक्त आयोजनामा हुन लागेको प्रशिक्षण सम्मेलनका विषयमा छलफल भएको छ । बैठकमा पार्टी स्कुल विभाग प्रमुख तथा सचिवालय सदस्य ईश्वर पोखरेलले सोमबार र मंगलबार हुन लागेको सम्मेलनबारे जानकारी गराएको सचिवालय स्रोतले जनाएको छ । सम्मेलनमा सीसीपीका तर्फबाट उनीहरूको राजनीतिक विचारधारा, नीति तथा सिद्धान्तबारे तीनवटा र नेकपाका तर्फबाट दुईवटा..

    प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका यी बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए ।  सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सले..

    संवैधानिक इजलास बस्न नसक्दा ४५० मुद्दा प्रभावित

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज ।  प्रधानन्यायाधीश र न्यायाधीशको बेवास्ताका कारण एक महिनादेखि संवैधानिक इजलास प्रभावित बनेको छ । संवैधानिक इजलास बस्न नसक्दा संवैधानिक प्रश्नसँग जोडिएका ४५० बढी मुद्दाको फैसला हुन सकेको छैन । न्यायपरिषद्को २८ साउनको बैठकले संवैधानिक इजलासमा थप ६ जना न्यायाधीशको नाम सिफारिस गरेयता संवैधानिक इजलास बस्न सकेको छैन । संवैधानिक इजलासमा यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे,..

    पदक विवाद: कार्यकर्ता बढाउन र फकाउन पदकको ‘योगदान’

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज । सरकारले संविधान दिवसको अवसर पारेर घोषणा गरेको पदक विवादरहित बन्न सकेन। राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्तिलाई वितरण गर्नुपर्ने पदक अधिकांशतः कुनै योगदान नै नपुर्याएका व्यक्तिलाई दिइयोे, कार्यकर्ता बढाउन र फकाउनका लागि यसको दुरुपयोग भयो भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ। संविधान दिवसको अवसर पारेर घोषणा गरिएको पदक पाउनेहरूको सूचीमा ख्यातिप्राप्त व्यक्तिको नाम नै नभएको चाहिँ होइन, मदनमणि दीक्षितजस्ता..

    आफ्नै पार्टीका सांसदप्रति किन असन्तुष्ट बने केपी ओली ?

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडौँ, ५ असोज ।  प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग गुनासो पोखेका छन् । सांसदहरू सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विधेयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको थियो । प्रतिपक्षी कांग्रेसलगायत पुनरुत्थानवादी शक्तिले जनतामा भ्रम छरेर सरकारलाई घेराबन्दीको प्रयास गरिरहे पनि त्यसको विपक्षमा सांसदहरू सशक्त रूपमा नउभिएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेका हुन् ।..

    संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क प्रस्थान

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । मन्त्री ज्ञवालीका साथ उहाँकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि हुनुहुन्छ । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट र सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, प्रधानमन्त्रीका सञ्चार संयोजक चेतन..

    संविधानमा सबैको अधिकार समेटिएको छ : युवराज ज्ञवाली

    शनिबार, असोज ४, २०७६ साल
    राँझा, ४ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले संविधानमा सबैको अधिकार समेटिएको बताउनुभएको छ । आज नेपालगञ्जमा आयोजित सशक्तिकरण एवम सञ्चार केन्द्र डेक नेपालको १२औँ साधारणसभा तथा पाँचौँ अधिवेशनको उद्घाटन गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिको अधिकार पनि संविधानमा समेटिएकाले निराश नहुन आग्रह गर्नुभयो ।  “संविधानमा सबैका अधिकार समेटिएका छन्”, नेता ज्ञवालीले भन्नुभयो, “आफ्ना अधिकार स्थापित गर्न कार्यान्वयनका..

    संविधान कार्यान्वयन साझा दायित्व : कृष्णप्रसाद सिटौला

    शनिबार, असोज ४, २०७६ साल
    बनियानी, ४ भदौ नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताउनुभएको छ । पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा उहाँले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग र समुदायको साझा दायित्व भएको बताउनुभयो ।  “सबै तह र तप्काको अथक संघर्ष र मेहनतबाट संविधान निर्माण भएको छ”, उहाँले भन्नुभयो, “यसको कार्यान्वयन गर्नु हामी सबैको..
    Weather Forecast