राज्य-समाज
बुधबार, भाद्र ११, २०७६ साल

काठमाडौं, ११ भदौ :
नेपाल वायुसेवा निगमले काठमाडौं–जापान सिधा उडान बिहीबारदेखि गर्ने भएको छ । निगमको वाइडबडी जहाज बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राती २:३० बजे एक सय ३४ जना यात्रु बोकेर जापानको ओसाकास्थित कान्साई अन्तराष्ट्रिय विमानस्थलमा जाने भएको हो ।
अहिले काठमाडौंबाट सिधै जापान जादैँ छ । बुधबार राती ११:३० बजे विमानस्थलमा उद्घाटन कार्यक्रमसहित साढे ६ घन्टाको उडान सुरु गराइँदै छ ।..
बुधबार, भाद्र ११, २०७६ साल

काठमाडौँ, ११ भदौ ।
धितोपत्र बजारमा आज शेयर कारोवारमापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.२६ अङ्कले घटेर एक हजार १९७.७५ मा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ परिसूचक १.९९ अङ्कले घटी २६१.४० मा पुगेको छ । परिसूचक घटेपनि कारोवार भने औसत नै रहेको छ । स्टकका अनुसार आज १६८ कम्पनीका १३ लाख १९ हजार ८०६..
बुधबार, भाद्र ११, २०७६ साल

काठमाडौँ, ११ भदौ
सरकारले प्रधानन्यायाधीशदेखि संवैधानिक निकाय पदाधिकारीको नयाँ तलब सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयले जनाए अनुसार अब प्रधानन्यायाधीशले ८६ हजार ९ सय ५० रुपैयाँ तलब पाउनेछन्। न्यायाधीशहरुको भने ७१ हजार ९ सय ५० रुपैयाँ मासिक तलब तोकिएको छ।
महान्यायाधिवक्ता र न्यायपरिषद् सदस्यले पनि न्यायाधीश बराबरको तलब पाउनेछन्। मन्त्रिपरिषदको भदौ ४ गते बसेको बैठकको निर्णयअनुसार नयाँ तलबमान अर्थ मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम..
बुधबार, भाद्र ११, २०७६ साल

काठमाडौँ, ११ भदौ
संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो ठाउँबाट योगदान दिन सबैलाई आग्रह गर्नु भएको छ ।
सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएको भन्दै उहाँले सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा आफूले गरेको बताउनुभयो ।
उहाँले संविधान दिवस..
बुधबार, भाद्र ११, २०७६ साल

काठमाडौँ, ११ भदौ ।
आर्थिक वर्षको अन्तमा काम शुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु प्रभावित भएका छन् ।
राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवास–वाग्मती–बिपी चोक सडकको वाग्मती–भद्रवास खण्ड असार पहिलो साता काम शुरु गर्दा अलपत्र बनेको हो । दुईतिर पर्खाल लगाइएको करीब ४७१ मिटर सडकको दूरावस्थाका कारण सवारी चल्न सक्ने अवस्था छैन ।
सडकमा हिलो..
बुधबार, भाद्र ११, २०७६ साल

काठमाडौँ, ११ भदौ
राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ ।
नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्र्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष महत्व दिइएको हो..
बुधबार, भाद्र ११, २०७६ साल

कञ्चनपुर, ११ भदौ
भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो ।साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम शुरु भएको बताइएको छ । अस्पतालका सूचना अधिकारी केशव अवस्थीले भन्नुभयो, “हालसम्म भाइरलका बिरामी आउने क्रम रोकिएको छैन ।” ज्वरो आउने,..
बुधबार, भाद्र ११, २०७६ साल

काठमाडौँ, ११ भदौ
टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता भएको छ ।
कञ्चनपुरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’का सम्पादकसमेत रहेकाखेम भण्डारीले बुधबार ‘न्यूज–२४’ टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता लामिछानेविरुद्ध पत्रकार आचारसंहिता उल्लंघनको उजुरी दिएका हुन् ।
लामिछानेले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको ‘नग्न उल्लंघन’ गर्दै आफूमाथि अन्याय..
बुधबार, भाद्र ११, २०७६ साल

काठमाडौं, ११ भदौ ।
टाटा एच फाइभ नाडा अटो शो २०१९ मा पहिलो पटक नेपाली बजारमा सार्वजनिक भइ प्रदर्शनीमा राखिएको हो ।
टाटाको नेपालका लागि आधिकारित सिप्रदी ट्रडिङले भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एच फाइभको नेपाली बजारमा शुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकेको छ ।
नेपाली बजारमा टाटा एचफाइभको बुकिङ केही दिनअघि खुला गरिएको हो । बुकिङ खुल्ला भएयता टाटा..
बुधबार, भाद्र ११, २०७६ साल

मुम्बई, भदौ ११ ।
'साहो' सिनेमा यस वर्षको प्रतिक्षित सिनेमा मध्येको एक हो ।
'साहो' सिनेमाको निर्माण, कलाकारको पारिश्रमिक, प्रचार तथा एक्सनसम्मका लागि भारी मात्रामा रकम खर्च गरिएको छ । रिलिजसम्म सिनेमाले ३५० करोड भारूको बजेट खर्च गरिसकेको छ ।
३० अगस्टमा झण्डै दुई वर्षपछि पर्दामा प्रभाषको 'साहो' सिनेमा आउन लागेको छ ।
धेरैको चासो छ । त्यसो त सिनेमाले आफ्नो लागत रिलिज..
बुधबार, भाद्र ११, २०७६ साल

काठमाडौँ, ११ भदौ ।
पत्रकार शालिग्राम पुडासैनी आत्महत्या भनिएको प्रकरणमा बलियो प्रमाण मानेर पेस गरिएको भिडियोको फोरेन्सिक र शव परीक्षण रिपोर्टलाई थप बुझ्नुपर्ने आदेश चितवन अदालतले दिएको छ । सोमबार भएको आत्महत्या दुरुत्साहन मुद्दाको आदेशमा ‘भिडियोको फोरेन्सिक परीक्षण र शव परीक्षण गर्ने विशेषज्ञलाई विशेषज्ञ प्रमाणको रूपमा अदालतले थप परीक्षण नगरी, नबुझी प्रस्तुत विषय यकिन गर्न सकिने अवस्था देखिएन,’ उल्लेख छ ।
जिल्ला..
बुधबार, भाद्र ११, २०७६ साल

काठमाडौँ, ११ भदौ ।
पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ ।
गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर र छोरी विनिता..
बुधबार, भाद्र ११, २०७६ साल

काठमाडौँ, ११ भदौ ।
विदेशी बुहारीलाई तत्कालै अंगीकृत नागरिकता दिने–नदिने भन्नेमा दलहरूबीच विवाद कायमै छ। नेपाली नागरिकसँग बिहे गरी आउने विदेशी बुहारीलाई तत्कालै नागरिकता दिनुपर्ने मधेस केन्द्रित दलको अडान छ भने छिमेकी भारतको जस्तो ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने पक्षमा सत्तासीन नेकपा र विपक्षी कांग्रेस छन्।
वैवाहिक अंगीकृत नागरिकताको प्रावधानमा दलीय अडानका कारण संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले नागरिकता विधेयकमा अपूरो प्रतिवेदन..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाण्डौ, १० भदौ
सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारबाट मन्त्रीहरुले सोमबार भिडियो कन्फरेन्सिङ गरे । तर प्रविधिको दुरुपयोग गरिएको भन्दै त्यसको विरोध भएको छ । भिडिया कन्फ्रेन्सको केही वैधानिकता र अधिक सुरक्षाका हिसाबले प्रश्न उठेको छ । तर प्रधानमन्त्री कार्यालयले त्यसको खण्डन गरेको छ ।
सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीले भिडियोमार्फत उतैबाट मन्त्रीपरिषद बैठक बोलाउनुभयो । सोमबार नेपालमै पहिलोपटक भिडियो..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाडौँ, १० भदौ
प्रतिनिधिसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७६ पारित गरेको छ । यसअघि बैठकमा गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको थियो ।
बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले सदनमा उठेका आवश्यक विषयवस्तुलाई विधेयकमा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाडौँ, १० भदौ
वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनले निम्त्याएको सङ्कटापन्नताका असर न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय अनुकूलन योजना तर्जुमा प्रक्रिया अघि बढाएको छ ।
योजनाअनुसार अनुकूलन क्षमता र समानुकूलित विकासको माध्यमबाट जलवायु संंवेदनशील क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको असर न्यूनीकरण गर्नेछ । मन्त्रालयले आज सरोकारवाला निकायका विज्ञसहितको राष्ट्रिय अनुकूलन योजना तर्जुमाका लागि क्षमता विकास कार्यक्रम कार्यशालाको आयोजना गरेको हो । यस अघि सबै..
मंगलवार, भाद्र १०, २०७६ साल

बागलुङ, १० भदौ
गलकोट नगरपालिका–९ छिसका ७८ वर्षीय चन्द्रबहादुर रामजालीसँग बासको नाममा खरको झुपडी थियो । के खाने के लाउने चिन्ताले उसैगरी सताउँथ्यो । न सम्पत्ति न कमाइ । सामाजिक सुरक्षा भत्ताको भरमा गर्जो टथ्र्यो । रामजाली र उहाँकी श्रीमती ८० वर्षीया सरस्वतीको जीवन यसरी नै गुज्रदै थियो ।वृद्ध अवस्थामा पुगेको रामजाली दम्पतीको कष्टपूर्ण दैनिकी देखेर सहयोगी हात अघि बढ्न थाले..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाडौं, १० भदाै ।
असोज ३ मा आयोजना हुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याइए पनि उनी नआउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पटक पटक निमन्त्रणा दिएपनि उनी नेपाल आउन अझै समय जुर्न सकेको छैन ।
अहिले संविधान दिवसको अवसरमा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले आफ्नो भारतीय समकक्षीलाई निमन्त्रणा दिएका छन् ।..
मंगलवार, भाद्र १०, २०७६ साल

चितवन, १० भदौ ।
कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाडौं, १० भदाै ।
समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष रहेका डा. बाबुराम भट्टराई र नेकपाका नेता भिम रावलकाे सामाजिक संजाल ट्वीटरमा जुहारी नै चलेकाे छ । थरूहट थारूवान राष्ट्रिय सम्मेलन नाम दिइएको कार्यक्रममा डा.भट्टराईले दिएको अभिव्यक्तिप्रति नेकपाका नेता भीम रावलले आपत्ति जनाएका हुन् ।
विद्रोह कहिले पनि नापेतौले जस्तो नहुने बताउँदै भट्टराईले भनेका थिए, “२०७२ भदौ ७ गते पनि त्यही भयो । नापे तौलेजस्तो..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाडौँ, १० भदौ ।
विश्व शान्ति स्थापना कार्य एवं विपद् व्यवस्थापनमा पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सैनिकसँग तालीम र अभ्यास गर्दै आएको छ ।
दुई पक्षीय वा बहुपक्षीयरुपमा हुने यस्ता तालीम कुनै देश वा मिसनविरुद्ध नभई नेपाली सेनाको विशुद्ध पेशागत क्षमता, दक्षता र व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित रहेको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो..
मंगलवार, भाद्र १०, २०७६ साल

चितवन, १० भदौ ।
रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताए ।
मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिएका थिए ।
हिरासतको बसाइ नयाँ अनुभव भएको उनले बताए । हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसाइएको रहेछ भनेर आफूले बुझ्न पाएको लामिछानेले..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाडौँ, १० भदौ ।
सरकारले हदभन्दा बढी जग्गा ओगटने व्यवसायी लाभान्वित हुने गरी कानुन ल्याउन लागेको छ । विभिन्न उद्योग, प्रतिष्ठान, कम्पनी र संस्थाका नाममा हदभन्दा बढी जग्गा ओगेटनेलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कानुन संशोधन गर्न लागिएको हो ।
प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन भूमिसम्बन्धी (आठौं संशोधन) विधेयकमा एक पटकका लागि हदभन्दा बढी जग्गा राख्न पाउने र त्यस्तो जग्गा बिक्रीवितरण गर्न..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाडौँ, १० भदौ ।
विभिन्न सेवाका ७६ जना सहसचिव प्रदेशमा खटाइएका छन्। प्रशासनका ५०, वनका १०, इन्जिनियरिङका ९ र कृषि सेवाका ७ सहसचिवलाई प्रदेश खटाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
निवृत्तिभरणका लागि ६ महिना मात्रै बाँकी र बढुवा प्रक्रियामा रहेकालाई प्रदेशमा खटाइएको छैन। मन्त्रालयका प्रवक्ता भुपाल बरालका अनुसार गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई खटाएको हो।
संघीयतापछि एकैपटक यति ठूलो..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाडौँ, १० भदौ ।
गोर्खा ब्रुअरी कम्पनीको करसम्बन्धी मुद्दा हेर्दा क्षेत्राधिकार मिचेको विषयमा छानविन गर्न गठित समितिले थप समय मागेको छ। यसअघि दिइएको समय अपुग भएकाले समितिले थप १५ दिन माग गरेको हो
। न्याय परिषद्का सूचना अधिकारी टेकनाथ गौतमका अनुसार यसअघि समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो। ‘म्याद थप्नुपर्ने माग आएको छ। परिषद्को बैठक बसेलगत्तै सम्भवतः म्याद थपको निर्णय..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाडौँ, १० भदौ ।
गतसाता अचानक अस्वस्थ हुनुभएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृणलाई कसैले विष खुवाएको खुलासा भएको छ।नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवका मुख्य सहयोगी हुनुहुन्छ।
पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ। आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन्।कृष्ण जन्माष्टमीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी हुनुभएका आचार्य बालकृष्णको..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाडौँ, १० भदौ ।
भारतीय सुरक्षा निकायले सीमा क्षेत्रमा नेपाललाई पुल बनाउन अवरोध गरेको छ। सबै प्रक्रिया पूरा गरी सीमा क्षेत्रमा निर्माण गर्न लागेको पुल भारतीय पक्षको अवरोधका कारण अलपत्र छ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित सानो सीमा स्तम्भ २८७÷२१ देखि दक्षिण–पूर्व र मुख्य सीमा स्तम्भ २८८ देखि ४ सय ५० मिटर उतर–पूर्वमा जमुनि नदीको ४० मिटर लम्बाइको पुल निर्माणमा भारतीय सीमा..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाडौँ, १० भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठकलृ नेतृत्वको सार्वजनिक आलोचना र विरोध गर्न प्रतिबन्ध लगाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको बैठकले नेता–कार्यकर्तालाई अनुशासनमा राख्ने भन्दै नेतृत्वको सार्वजनिक आलोचना गर्न प्रतिबन्ध लगाएको हो ।
पार्टीको नीति वा नेतृत्वकविरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारबाहीको प्रक्रिया अघि बढाइने निर्णय भएको छ। आफूलाई..
मंगलवार, भाद्र १०, २०७६ साल

काठमाडौँ, १० भदौ ।
बहिनी बलात्कार गरेको आरोपमा १६ वर्षीय दाजु पक्राउ परेका छन्। त्यस्तै दिदी बलात्कारको आरोपमा १३ वर्षीय भाइ पनि पक्राउ परेका छन्। घरमा कोही नभएका बेला ‘बाबा ममी र छोराछोरी खेल’ खेल्ने भन्दै १६ वर्षीया दिदी र ८ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दुबै जनालाई आइतबार ललितपुर प्रहरीले पक्राउ गरेको छ।
यतिमात्र होइन, यिनै दुई बालिकालाई बलात्कार गरेको..
सोमबार, भाद्र ९, २०७६ साल

काठमाडौँ, ९ भदौ
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सहजतापूर्वक कार्यान्वयन गर्ने लक्ष्यका साथ खानेपानी मन्त्री वीना मगर र सचिव माधव बेल्वासेबीच आज कार्य सम्पादन करार सम्झौता गरिएको छ ।
मन्त्रालयमा आज सम्पन्न भएको सम्झौता कार्यक्रममा मन्त्रालयसँग सम्बन्धित योजना आव २०७६÷७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मन्त्री मगर र सचिव बेल्वासेले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सरकारको नीति तथा..
Results 8118: You are at page 47 of 271