आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    २०५० साल जेठ ४ गते !! मदन भण्डारीको लाश भेटाउँदा जागिरको आश

    बुधबार, जेष्ठ १, २०७६ साल
    रत्ननगर, १ जेठ । दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ ।  नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्याे । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो ।  बुबाले हाम्रा छोराहरुले लाश भेट्टाएको टोलीलाई जानकारी दिनुभएछ ।..

    चिनियाँ राजदूत यान्छीलाई घरमा कुराएर प्रचण्ड भाषणमा अन्तै व्यस्त भएपछि ...

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौं, १ जेठ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन्। तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपस्थित दाहालको आज चिनियाँ राजदूत होउ यान्छीसँग भेटवार्ता गर्ने कार्यक्रम थियो । तर, युवासंघको कार्यक्रममा अलमलिएका कारण दाहालले चिनियाँ राजदुतसँग निर्धारित समयमै भेट्न पाएनन् । चिनियाँ राजदुत निर्धारित समयअनुसार..

    उद्योग मन्त्री मातृका यादव र कर्मचारीबीच हात हालाहाल, कारण यस्तो :

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौं, १ जेठ कर्मचारी सरुवाको विषयलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र कर्मचारीहरुबीच तनाव उत्पन्न भएको छ । बुधबार मन्त्रालयमा कर्मचारी सरुवाको विषयमा कुरा गर्न गएका कर्मचारी संगठनका नेता र मन्त्री यादवबीच तनाव भएपछि धकेला धकेलको अवस्था सिर्जना भएको निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिए ।  सो मन्त्रालयबाट सहसचिव विश्ववन्धु रेग्मीले उद्योग विभागमा सरुवा भएर जान..

    प्रचण्डको इच्क्षा: देशका लागि अझ केही नयाँ गरेर मर्न मन छ

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौँ, १ जेठ नेपाल कम्युनिष्ट पार्टी'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बाकी जिवन देशका लागि अझ केही नयाँ गर्ने इच्क्षा रहेको बताएका छन् ।  बुधबार नेकपा निकट युवासंघको २९ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।  प्रचण्डले युवाहरुलाई इङ्कीत गर्दे भने, मैले देशका लागि के गरे के गरेन भन्ने जनतालाई थाहा छ । उनले थपे जनता..

    स्वरोजगार तालीमको लागि विनियोजित रकमको ४० प्रतिशत मात्र खर्च

    बुधबार, जेष्ठ १, २०७६ साल
    चिप्लेढुङ्गा, १ जेठ  । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको स्वरोजगार कार्यक्रमका लागि विनियोजित रकम जम्मा ४० प्रतिशत मात्र खर्च भएको छ ।  आर्थिक वर्ष २०७५÷७६ मा बेरोजगारलाई स्वरोजगार बनाउने र आयआर्जनका लागि सक्षम बनाउने उद्देश्यले करीब रु १० करोड ६ लाख  उक्त शीर्षकमा छुट्टाइएको थियो । आव  सकिन दुई महिना छँदा विनियोजित रकमको आधाभन्दा कम मात्र  खर्च भएको मन्त्रालयका उपसचिव भीमप्रसाद ..

    काठमाडौँ फोहर व्यवस्थापनको काम तीव्र, सम्पन्न हुन ३ वर्ष लाग्ने

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौँ, १ जेठ ।  शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त काम सकी अन्य काम शुरु हुनेछ ।  मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार वर्षात्को समयमा काठमाडौँ उपत्यकामा बढी फोहर थुप्रने..

    गृहमन्त्री रामबहादुर थापा र अमेरिकी उपसहायकमन्त्री भेटवार्ता

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौँ, १ जेठ  गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायत क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति..

    काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौँ, १ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुनेगरी केही विधेयकहरु संसद्मा दर्ता गरेको आरोप लगाउँदै त्यस्ता विधेयक फिर्ता लिन माग गरेको छ ।  काङ्ग्रेस संसदीय दलको बुधबार बसेको बैठकले सरकारले संविधानको प्रतिकूल हुने गरी मन्त्रिपरिषद्ले निर्णय गरी विभिन्न विधेयकहरु सङ्घीय संसद्मा दर्ता गरेको भन्दै आपत्ति प्रकट गरेको हो ।    काङ्ग्रेस सभापति एवं संसदीय दलका..

    प्रधानमन्त्री ओली आज कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फर्किंदै

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौं, १ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ ।  प्रधानमन्त्री यही वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतसम्म कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको थियो । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते..

    नेपालमा चीनको प्रभाव बढ्दै गएपछि अमेरिका सशंकित, BRI लाई लिएर विशेष चासो !

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौँ, १ जेठ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) चीनको महत्त्वाकांक्षी योजना मध्ये एक हो । यसमा नेपालको संलग्नताप्रति अमेरिकाले विशेष चासो देखाएको छ । दक्षिण तथा मध्य एसियाली मामिलाबारे कार्यवाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले बीआरआईबारे आफूले अध्ययन गरेको र परिणाम आशाजनक फेला नपरेको उल्लेख गर्दै नेपाल यसबारे सचेत हुनुपर्ने बताए। नेपाल भ्रमणमा आएका उनले मंगलबार सञ्चारकर्मीसँग भने, ‘बीआरआईमाथि हामीले गरेको अध्ययन तपाईंहरूले पनि..

    सेवाग्राहीले झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउछन् : मुख्यमन्त्री

    मंगलवार, बैशाख ३१, २०७६ साल
    धनुषा, ३१ वैशाख । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै गएको टिप्पणी गर्नुभएको छ ।   उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा सम्पन्न प्रशासकीय न्याय, सकारात्मक सोच र सेवा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सेवाग्राही झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने गरेकाले सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यावहारिक बनाउनुपर्ने..

    प्रधानमन्त्री ओलीद्वारा ५ टन चम्किलो चाँदीले ढाकिएको 'सिल्भर पेगोडा' भ्रमण

    मंगलवार, बैशाख ३१, २०७६ साल
    नोम पेन्ह, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित मंगलबार सिल्भर पेगोडा  भ्रमण गर्नुभएको छ ।  वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ  जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ । सिल्भर पेगोडासम्म जाने भर्याङ इटालेली सिङमर्मरद्वारा बनेको छ । सन् १८९२ मा राज नोरोदोमका पालामा पहिले काठबाट बनाइएको सो पेगोडा सन् १९६२..

    ‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?’

    मंगलवार, बैशाख ३१, २०७६ साल
    चितवन, ३१ वैशाख सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताउनुभएको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको आज उद्घाटन गर्दै उहाँले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताउनुभयो ।  सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उहाँले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताउनुभयो । अमेरिकामा..

    २ दलबीच एकता, पूर्व एमालेका ६८ र पूर्व माओवादी केन्द्रमा ५८ सदस्य समिति

    मंगलवार, बैशाख ३१, २०७६ साल
    ओखलढुङ्गा, ३१ वैशाख जिल्लामा पूर्व नेकपा (एमाले) र पूर्व नेकपा माओवादी (केन्द्र)बीच एकता भएको छ । दुवैतर्फका नेता सम्मिलित एकता कार्यदलको सिफारिसका आधारमा पार्टीले जिल्ला कमिटी सदस्यहरुको नाम अनुमोदन गरेको पार्टी सचिव मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै पक्षका प्रभावशाली नेताहरुलाई जिल्ला कमिटी सदस्य बनाइएको छ ।  पूर्व एमालेका ६८ र पूर्व माओवादी केन्द्रका ५८ र बाँकी अन्य गरेर १३७..

    प्रधानमन्त्री ओली र कम्बोडियाली कार्यवाहक राष्ट्र प्रमुखबीच भेट

    मंगलवार, बैशाख ३१, २०७६ साल
    कम्बोडिया, ३१ वैशाख प्रधानमन्त्री केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा हुनुहुन्छ । उहाँले सिनेट प्रिसिडेण्टलाई कावा राष्ट्र प्रमुख तोक्नुभएको हो ।  थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीका अनुसार उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, संसद् र संस्कृतिसम्बन्धी विषयमा छलफल भएको..

    भ्रष्टाचार नियन्त्रण गर्न अनुसन्धान गरी चिरफार गर्नुपर्छ

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा बढी रहेको भ्रष्टाचार नियन्त्रण गर्न गहिरो अनुसन्धान गरी चिरफार गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६\७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि आज भएको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “समृद्धिको बाधक भनेको भ्रष्टाचार हो, हामीले यसलाई नियन्त्रण गर्ने कुरा गरिरहेका छौँ, तर दिनदिनै..

    स्थानीय तहले केन्द्र सरकारसँग मागे १० हजार कर्मचारी !

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग गरेका छन्। कर्मचारी अभावका कारण नियमित कामसमेत प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग १० हजार चार सय ९२ कर्मचारी माग गरेका हुन्।  यही वैशाख पहिलो साता मन्त्रालयले आवश्यकताबमोजिम कर्मचारीको माग पठाउन स्थानीय तहलाई पत्राचार गरेको थियो। वैशाख २० सम्म ४३७ स्थानीय तहबाट १० हजार..

    भाषाशैली र शब्द चयनलाई लिएर एभिन्युज टेलिभिजनसँग मागियो स्पष्टीकरण !

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौं, ३१ वैशाख प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ । उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै उक्त टेलिभिजनसँग स्पष्टीकरण सोधेको हो । एभिन्युज टेलिभिजनलाई तीन दिनभित्र जवाफ दिन..

    नेपाल र कम्बोडियाबीच समझदारीपत्रमा हस्ताक्षर, व्यापार विस्तार नयाँ उचाइमा

    सोमबार, बैशाख ३०, २०७६ साल
    कम्बोडिया, ३० वैशाख नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पु¥याउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भयो ।  उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा  हस्ताक्षर गर्नुभयो । त्यसैगरी नेपाल चेम्बर..

    प्रादेशिक तहदेखि नै सम्बन्ध : प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच विशेष समझदारी

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौँ, ३० वैशाख आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच आज जनस्तरमा सम्बन्ध विकास गर्ने समझदारी भएको छ ।  काठमाडौँ महानगरपालिका र लान्जोउ नगरबीच भगेनी सम्बन्ध विस्तार गरी स्थानीय तहमा द्विपक्षीय हितमा कार्य गर्ने समझदारी भएको छ । यहाँ आज आयोजित कार्यक्रममा प्रादेशिक तहको समझदारीमा मुख्यमन्त्री डोरमणि पौडेल र गभर्नर टाङ रेन्जियान तथा..

    वीरगञ्जस्थित एभिन्यूजको कार्यालयमा तोडफोड, यस्तो छ कारण ...

    सोमबार, बैशाख ३०, २०७६ साल
    वीरगञ्ज, ३० वैशाख    वीरगञ्जमा रहकोे एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ नेशनल ट्रेडिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ÷सात जनाको सङ्ख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् ।   मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । तोडफोड गर्नेमध्येका केही युवाको पहिचान भएको र उनीहरुको खोजी भइरहेको..

    राष्ट्रियसभाको बैठक - बजेट विनियोजनमा केन्द्रित, कसले के भने ?

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौँ, ३० वैशाख   आगामी आर्थिक वर्षको बजेटले अपाङ्गता भएका व्यक्ति, जनजाति, दलित र महिलालगायतलाई प्राथमिकतामा राख्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।   राष्ट्रियसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६-०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद रमेशप्रासद यादवले मधेशी, जनजाति, दलित समुदायलाई उपेक्षा गरेर देश विकास हुन नसक्ने बताउनुभयो ।..

    ल्हासाबाट केही वर्षभित्रै रेल काठमाडौं आउने ‘प्रचण्ड’को दावी

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौं, ३० वैशाख ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड)ले चीनको ल्हासाबाट केही वर्षभित्रै रेल काठमाडौं आउने दावी गरेका छन् ।  राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई सोमबार बिहान प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब केही वर्षभित्रै, तपाईं हामी जीवित रहँदारहँदै रेल आउने भइनैसकेको छ ।’ ल्हासाबाट काठमाडौं रेल ल्याउने कुरा सुरुमा सपना जस्तो लागे पनि अब त्यो विपनामा परिणत हुन लागेको उनले..

    “कर्मचारी समायोजनले कर्णाली प्रदेश सरकारलाई निमोनिया बनायो”

    सोमबार, बैशाख ३०, २०७६ साल
    सुर्खेत, ३० वैशाख ।   कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सोमबार सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो ।   बैठकले गरेका निर्णय परिपक्व बनाउन खोजिएकाले सार्वजनिक गर्न ढिलाइ भएको मन्त्री केसीले बताउनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद्..

    प्रम ओली भियतनाम भ्रमण सकी कम्बोडिया प्रस्थान, अन्तर्वार्तामा के भने ?

    सोमबार, बैशाख ३०, २०७६ साल
    हनोइ, ३० वैशाख । प्रधानमन्त्री  केपी  शर्मा ओली आफ्नो पाँचदिने  भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते यहाँ आउनुभएको थियो ।  भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय  वैशाख दिवसलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ..

    समाजवादी पार्टी नेपालको विवाद उत्कर्षमा ! बैकल्पिक राजनीतिक शक्ति बन्ने लक्ष्य के होला ?

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौं, ३० वैशाख समाजवादी पार्टी नेपालमा व्यक्तिवादी प्रबृत्ति हावी भएको, पर्याप्त छलफल नै नगरी एकता गरिएको र नेता÷कार्यकताको भावना नसमेटिएको भन्दै विवाद बढेको छ ।  साविक नयाँ शक्ति पार्टीका एक दर्जन बढी नेताले छुटै भेला बोलाएर सहमति जनाएपछि समाजवादी पार्टीको विवाद सतहमा आएको हो । बैकल्पिक राजनीतिक शक्ति बन्ने भन्दै २३ गते संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता घोषणा गरेर..

    सभापति देउवाले भने - “कम्युनिष्ट सत्तामा आए के हुन्छ, तपाईहरुले अहिले थाहा पाउनुभयो ?”

    आईतवार, बैशाख २९, २०७६ साल
    काठमाडौँ, २९ वैशाख । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता विरोधी कुनै कानून आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आईतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मनसायले विधेयक अघि बढाएको आरोप लगाउँदै त्यस्ता कदमको सदन र सदन बाहिर देशैभरि विरोध गर्ने उल्लेख गर्नुभयो । स्वतन्त्रता, न्याय, समानता, बन्धुत्व काङ्ग्रेसका महत्वपूर्ण आधारभूत..

    प्रधानमन्त्री ओलीद्वारा विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

    आईतवार, बैशाख २९, २०७६ साल
    हनोइ, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ ।   भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले  हा नाम प्रान्तमा आईतबार आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल  भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको भ्रमण गर्नुपर्नेमा जोड..

    समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव

    आईतवार, बैशाख २९, २०७६ साल
    काठमाडौँ, २९ वैशाख ।    पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।    प्रतिनिधिसभाको आइतबारको बैठकमा आव २०७६÷७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उहाँले सरकारले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले उदारवादी, साम्यवादी र समाजवादी कुन..

    पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुदैन: ओनसरी

    आईतवार, बैशाख २९, २०७६ साल
    रुपन्देही, २९ वैशाख  ।   पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताउनुभएको छ ।    प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उहाँले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताउनुभयो ।  रिपोटर्स क्लब नेपाल प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले प्रदेशसभाका सदस्यले जनताको..
    Weather Forecast