शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    यी न्यायाधीश हाजिर मात्रै गरेर घर फर्कन्छन

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ । मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीश हाजिर गर्ने घर फर्किने गर्छन्। चार महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबारे परिषद्ले अन्तिम निर्णय लिन सकेको छैन् । ११ मध्ये दुई न्यायाधीशबारे परिषद्ले निर्णय गरिसकेको छ। अन्यको हकमा कुनै निर्क्योल निकालेको छैन्। समयमा निर्णय हुन नसक्दा न्यायाधीशको काम हाजिरमा सीमित..

    नेपालमा मनसुन प्रवेश अझै दुई सातापछि, प्री मनसुनी वर्षा भने सक्रिय

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ ।  मनसुनको पूर्वसन्ध्यामा जारी प्री मनसुनी वर्षा केही दिन अझै जारी रहनेछ । नेपालमा मनसुन सुरु हुन अझै दुई साताभन्दा बढी लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मौसम विज्ञान विभागले शनिबारबाट प्रवेश गर्ने औसत समय भए पनि मनसुन सुरु हुन अझै एक साता लाग्ने बताएपछि नेपालको मनसुन पनि पछि सर्ने निश्चित भएको समाचार राजधानी दैनिकमा..

    घुम्ती सेवाबाट खानीखोलाका ३ सय २२ जनाले नागरिकता पाए

    शनिबार, जेष्ठ १८, २०७६ साल
    बनेपा, १८ जेठ काभ्रेपलाञ्चोकको विकट क्षेत्र खानीखोला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय धुलिखेलको टोलीले घुम्ती सेवा सञ्चालन गरी नागरिकता वितरण गरेपछि स्थानीय बासिन्दाले गाउँमा नै सेवा प्राप्त गर्न सफल भएको छ ।  जिल्ला प्रशासन कार्यालय धुलिखेलका सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी नेतृत्वको टोलीले १५ गतेदेखि शुरु गरी चार दिन लगाएर आजसम्ममा त्यहाँका नागरिकलाई नागरिकता वितरण गर्नुभएको हो ।  सो क्रममा १६ वर्षदेखि ७०..

    प्रधानमन्त्री ओलीद्वारा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान शुभारम्भ

    शनिबार, जेष्ठ १८, २०७६ साल
      पोखरा, १८ जेठ   प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको एक समारोहबीच शुभारम्भ गर्नुभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय सांसदका रुपमा निर्वाचित हुनुभएका अधिकारी संस्कृति, पर्यटन नागरिक उड्डयनमन्त्री हुँदा सरकारी कार्यको सिलसिलामा तेह्रथुमको चुवानडाँडामा निर्माण हुने विमानस्थलको स्थलगत निरीक्षण गर्न पुग्नुभएका उहाँ फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते निधन हुनुभएको थियो..

    केपी ओलीले वर्तमान सरकार ५ वर्षसम्मै चलाउने प्रचण्डको भनाई

    शनिबार, जेष्ठ १८, २०७६ साल
    धरान, १८ जेठ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गर्नुभएको छ ।   सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्नुहुने बताउनुभयो ।  “हामी निरन्तर संवादमा छौं । पाँच वर्ष..

    जनतासँग सम्बन्ध सुधार नगरे पार्टी झन् कमजोर : नेता सिंह

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ वैशाख नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताउनुभएको छ । पार्टीको रौतहट–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’का क्रममा उहाँले पार्टी जनतासँग सम्बन्ध सुधारमा लाग्नुपर्ने बताउनुभयो ।  “अरु राजनीतिक दलले गर्न नसकेको ऐतिहासिक दायित्व काङ्ग्रेसले पूरा गरे पनि जनताले किन काङ्ग्रेसलाई विश्वास गर्न सकेन”, उहाँले भन्नुभयो । पार्टीका..

    संविधानको मर्मलाई आत्मसात् गर्नुपर्छ : सभामुख महरा

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ  सभामुख कृष्णबहादुर महराले हरेक गतिविधि सञ्चालनमा संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई पनि सोही अनुरुप हल गर्नुपर्नेमा उहाँको जोड थियो ।  ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को अन्तरवस्तुबारे आज राजधानीमा आयोजित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदसँगको अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । जनसङ्ख्या..

    भारतमा विदेशमन्त्री परिवर्तनले नेपाल-भारत सम्बन्धमा कुनै असर नपर्ने प्रचण्डको दाबी

    शनिबार, जेष्ठ १८, २०७६ साल
    विराटनगर, १८ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताउनुभएको छ ।  शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन आग्रह..

    सामूहिक हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

    शनिबार, जेष्ठ १८, २०७६ साल
    फिदिम, १८ जेठ । गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ ।   मन्त्री आङ्बोका अनुसार सीताकी आमासहित उनको परिवारका सदस्यसँगको सहमतिमा सीताको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो ।    उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको..

    सरकारलाई लिएर नेकपामा गुटबन्दी, कुन नेता कता ?

    शनिबार, जेष्ठ १८, २०७६ साल
     काठमाडौँ, १८ जेठ ।  नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमतिमा सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ। प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि भारतको दिल्लीमै दाहालमाथि व्यंग्य कसे, ‘सरकार वर्ष दिन किन ? अब ५, ६ दिन मात्र चल्छ।’  उनले दाहालसँग भएको सहमति कहीं कतै गोप्य नरहेको पनि उल्लेख गरेको समाचार अन्नपूर्णपोष्टमा छ ।  उता, वरिष्ठ..

    रिसइबी साँध्ने हतियार बन्यो सामाजिक सञ्जाल, यस्ता छन् प्रतिनिधि घटना

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ ।          काठमाडौंमा डेरा गरी बस्ने २३ वर्षीया कल्पना (नाम परिवर्तन)को विवाह भएको १५ दिन मात्रै भयो । उनलाई फेसबुकबाट धेरैले शुभकामना दिए । तर, एक युवाले कल्पनासँग खिचेको फोटो राखेर कमेन्ट गरे । त्यसमै केहीले ‘अर्काको गलफ्रेन्ड चोरेर विवाह गर्ने’ भन्दै प्रतिक्रिया जनाए । ती युवती र उनका पतिले उक्त घटना सहन सकेनन् ।..

    लोकसेवाको विज्ञापनले केन्द्र–प्रदेश सरकारबीच द्वन्द्व

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ । लोकसेवा आयोगले देशैभरका स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापनलाई लिएर प्रदेश सरकारको असन्तुष्टि देखिएको छ।  प्रदेश २ ले लोकसेवाले लागेको भर्ना प्रक्रिया संविधानविपरीत भनेको छ। आयोगले बुधबार देशैभरका ५१५ स्थानीय तहका लागि ९ हजार १६१ पदमा भर्ना खोलेको छ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोकसेवा आयोग नबनेको बहाना देखाएर केन्द्रले हस्तक्षेप गरेको आरोप लगाएको समाचार कान्तिपुरले छापेको..

    भारतको विदेशमन्त्री जयशंकर बनेपछि नेपाल–भारत सम्बन्ध बारे यसो भन्छन् विज्ञ

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा बिहीबार एक परिचित, तर गैर–राजनीतिक अनुहार देखा परे । धेरै आश्चर्यचकित हुने गरी पूर्वविदेशसचिव डा. सुब्रमण्यम जयशंकरले १४औँ वरीयताको मन्त्रीको शपथ लिए । जयशंकरले चाहेको कुरा लागू हुने होइन, प्रधानमन्त्री मोदीले चाहेको नीति जयशंकरले कार्यान्वयन गर्ने हो, आधारभूत रूपमा नेपाल–भारत सम्बन्ध कोही आउँदा वा जाँदा प्रभावित हुँदैन ।   शुक्रबार जयशंकरलाई विदेशमन्त्री तोकिएपछि..

    मोदीको सपथ कार्यक्रममा सहभागीभई फर्किए प्रधानमन्त्री ओली, पत्रकारसँग भेटघाट गरेनन्

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौ, १७ जेठ । बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि काठमाडौं आइपुगेका छन् । ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसहितका उच्च सरकारी अधिकारी पुगेका थिए ।   मोदीले दोस्रो कार्यकालको सपथ लिएर ५८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरिसकेका छन्। दिल्लीमा रहँदा ओलीले शुक्रबार दिउँसो करिब आधा घण्टा समकक्षी मोदीसँग भेटवार्ता गरेका छन् ।   त्यसक्रममा उनले मोदीलाई..

    मेलम्ची खानेपानी आयोजनामा अर्बौं रकम डुबाएका निर्माण व्यवसायीले तत्काल भुक्तानी नपाउने

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ वैशाख मेलम्ची खानेपानी विकास समितिले तत्काल पीडित निर्माण व्यवसायीहरुको भुक्तानी गर्न नसकिने जवाफ दिएको छ। सीएमसी कम्पनीबाट पीडित निर्माण व्यवसायीहरुले आफ्नो डुबेको अर्बौं रकम तत्काल उपलब्ध गराउन सरकारलाई दबाब दिइरहेका बेला मेलम्ची खानेपानी विकास समितिले तत्काल भुक्तानी गर्न नसकिने जानकारी दिएको हो। समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले शुक्रबार काठमाडौंका पीडित पक्षसँगको अन्तर्क्रियामा कानुनी बाटो नभएका कारण तत्काल सो भुक्तानी दिन सकिने..

    अब कांग्रेस र कम्युनिष्ट ब्राण्डका पार्टीले विश्राम लिनुपर्छ : बाबुराम भट्टराई

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    भैरहवा, १७ जेठ ।  समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले अब कम्युनिस्ट र कांग्रेसले राजनीतिबाट विश्राम लिनुपर्ने बताएका छन् ।   शुक्रबार भैरहवामा आयोजित प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रलाई सम्बोधन गर्नुपूर्व पार्टीले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् ।   ‘मुलुकमा दुई तिहाइको कम्युनिस्ट सरकार भएपनि जनतालाई केही दिन सकेन’, उनले भने, ‘यसैकारणले हाम्रो पार्टी संघीयता, सुशासन, सम्बृद्धि र समाजवादलाई लिएर वैकल्पिक शक्तिको रुपमा..

    नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता, मोदीलाई प्रम ओलीद्वारा रुद्राक्षको माला उपहार

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  नयाँदिल्लीस्थित हैदरावाद हाउसमा शुक्रबार अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नाका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श गर्नुभएको भारतको बाह्य मामिला मन्त्रालयका प्रवक्ताले बताउनु भएको छ ।  सो अवसरमा प्रधानमन्त्री..

    ‘आलोपालो सरकार’बारे प्रचण्डलाई ओलीको जवाफ - एक वर्ष हैन ४/५ दिनमात्र बाँकी छ

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    नयाँदिल्ली, १७ जेठ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकार चलाउने विषय उठान गरेपछि प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले दिल्लीबाटै जवाफ दिएका छन् । बिहीबार नरेन्द्र मोदीको शपथ ग्रहणमा पुगेका प्रधानमन्त्रीले आलोपालो सरकार चलाउने पसरानै सहमति भएको प्रष्ट पारेका छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको 'आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको..

    पहिलो पुस्ताका उद्यमी प्रभाकर राणाको न्युयोर्कमा निधन, दाहसंस्कार नेपालमै गरिने

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।    एक वर्षदेखि न्युयाेर्कमा उपचार गर्ने क्रममा बिहिबार राणाको निधन भएको पारिवारिक स्रोतहरूले पुष्टि गरेका छन् । प्रभाकर शमशेर राणाको उपचारका क्रममा बिहिबार अमेरिकाको न्युयाेर्कमा निधन भएको छ। राणाको शव नेपाल ल्याएर संभवतः शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ। ८४ वर्षीय राणा ढाडको विरामी थिए र त्यसको सल्यक्रिया गर्ने क्रममा अस्पतालको हलेचेक्र्याइँले गर्दा झन् थला परेका थिए। एक वर्षदेखि..

    सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ  पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूमपानको बढी सेवनकर्ता रहेको देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । यसको ५० प्रतिशत त पुरुष रहेका छन् । तीमध्ये १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपान गर्दछन् ।  सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेेनि..

    मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ ।  बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा..

    यौनशक्ति बढाउने नाममा अढाइ वर्षीय समिरकुमारको हत्या गरेको खुलासा

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ । यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ वर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ । गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी..

    नेकपा एकीकरण नसकिँदै सत्ता विवाद

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरूबीच भित्रभित्रै विवाद रहेको देखिएको छ। उतिबेलाको लिखित सहमति बाहिर नआए पनि पार्टी र सरकार सञ्चालनमा ओली हावी हुँदै गएपछि त्यो बाहिर आएको हो। सिके राउतसँग भएको सहमति पनि अध्यक्ष दाहाललाई हस्ताक्षरपछि..

    आफ्नालाई जागिर खुवाउन यति ठूलो बदमासी !

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  पद उही। परीक्षा उही। हल उही। तर, प्रश्नपत्र फरक। यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ। रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन लाग्यो। आफ्ना मान्छे पास गराउन त्यो परीक्षामा भएको बेइमानी भने बल्ल खुलेको छ। त्यसमा उही हलमा बसेका परीक्षार्थीलाई फरक प्रश्नपत्र दिइएको पाइएको छ। दोहोरो प्रश्नपत्रको एउटै..

    देउवा र आरजुबीच किन भयो सवालजवाफ ?

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    कांग्रेस सभापति शेरबहादुर देउवाले संघीयता कार्यान्वयन र स्थानीय तहमा कांग्रेस जनप्रतिनिधिको भूमिकाबारे आफ्नै पत्नीबाट प्रश्नको सामना गर्नुपरेको छ । हामीले नागरिकलाई शासन, प्रशासन र साधनस्रोतमा पहुँच पु¥याउँछौँ भन्दै भोट हाल्न लगायौँ । तर, हाम्रै पार्टीबाट जितेर स्थानीय तहमा आएकाले पनि सुशासन दिन, स्रोतको परिचालन गर्नमा के गरेका छौँ ? कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको संघीयता कार्यान्वयनको..

    दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।  मोटरसाइकल नपाएकै निहुँमा बिहेपछि छोरीलाई यातना दिन थाले । अहिले जीवन नै सिध्याइदिए ।    २० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न..

    नाकाबन्दीका डिजाइनरलाई मोदीले बनाए मन्त्री

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ । भारतमा नयाँ मन्त्रीको रुपमा पूर्वविदेश सचिव एस जयशंकरले सपथ ग्रहण गरेका छन् । बिहिबार साँझ भारतमा जयशंकरलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले क्याबिनेट मन्त्रीका रुपमा सपथ गराएका हुन्। नेपाल मामलाका जानकारसमेत रहेका जयशंकरलाई भारतले नेपालमाथि लगाएको नाकाबन्दीको मुख्य डिजाइनरको रुपमा समेत चिनिन्छ । तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुत बनेर नेपाल आएका जयशंकर विदेश सचिव थिए । ०७२ असोज ३..

    लोक सेवामा ९, १६१ को खुला विज्ञापन, १० लाखको दरखास्त पर्ने आयोगको अनुमान

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौं, १६ जेठ  स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला लोक सेवा आयोगले एकैपल्ट ९ हजारभन्दा बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।  चौथो (खरिदार) देखि छैठौं (शाखाअधिकृत)सम्म ९ हजार १ सय ६१ दरबन्दीमा विज्ञापन खोलिएको आयोगकाले जानकारी दिएको छ । यति धरै सख्यामा आयोगले विज्ञापन आह्वान गरेको यो पहिलो पटक हो ।  देशभरिका स्थानीय तहमध्ये ५ सय १५ मा १३ हजार ६..

    भारतसँग रेल सेवा सम्झौताका लागि वार्ता टोली, यी हुन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १६ जेठ ।  नेपाल भारतबीच सम्पन्न रेल सेवा सम्झौता कार्यान्वयनका लागि तेस्रो वार्ता भारतको नयाँ दिल्लीमा हुँदै छ ।  सरकारले नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय नेपालीवार्ता टोली गठन गरेको छ ।  सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै यस्तो..

    सरकारले दियो 'इद उल फितर'का दिन सार्वजनिक बिदा

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १६ जेठ सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फितर फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए। यस वर्ष इद उल फितर जेठ २२ गते परेको छ।..
    Weather Forecast