बिहिवार, कार्तिक ७, २०७६

    राज्य-समाज

    चन्द समूहका पोलिटब्युरो र स्थायी कमिटी भंग, अब सबै कमान्ड महासचिवले नै सम्हाल्ने

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन  चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कमान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् ।  चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’..

    कांग्रेसमा चर्काचर्कीः पौडेलसँग झोक्किए देउवा ! निधि, कोइराला र खड्काले पाए जिम्मेवारी

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन  ।  पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्को आरोप–प्रत्यारोप चलेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराई कार्यसमितिलाई निरन्तरता दिन खोजिएको धारणा राखेपछि सभापति देउवा झोक्किएका थिए । पाँच वर्षभित्र महाधिवेशन गराउन खोज्दाखोज्दै पनि आफूलाई ‘भिलेन’ बनाउन खोजिएको भन्दै देउवाले पौडेलको टिप्पणीप्रति आपत्ति जनाए । कार्यतालिकाकै विवादले..

    इतिहासमै पहिलोपटक मन्त्रीले गरे प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता, कामको आधारमा पुुरस्कृत र दण्डित

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन ।   मुलुकको इतिहासमै पहिलोपटक २० मन्त्रालयका विभागीय मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्यसम्पादन सम्झौता (करार) गरेका छन । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री समक्ष सबै मन्त्रीले सामूहिक रूपमा कार्यसम्पादन सम्झौता गरेका हुन् । हालसम्म प्रशासन क्षेत्रमा मात्रै अभ्यास हुँदै आएको कार्यसम्पादन सम्झौतालाई प्रधानमन्त्री ओलीले पहिलोपटक राजनीतिक तहमा लागू गरेका छन् । यसअघि सचिव, सहसचिव, महानिर्देशक र कार्यालय प्रमुखले..

    महाधिवेशन एजेन्डामै अल्झियो कांग्रेस

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीभित्र आम चासोको विषय रहेको अधिवेशनको एजेण्डाले अझै निकास पाउन सकेको छैन । संघीय संरचना अनुसार पार्टी संरचना निर्माण गरि १४औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा सबै एकमत भए तापनि प्रक्रिया मिलाउने विषयमा विवाद कायमै छ । भर्खरै विधान संशोधन गरी नियमावलीसमेत पारित गरेको कांग्रेसलाई तत्काल तल्लो तहको अधिवेशन..

    जब पर्यटनमन्त्री योगेश भट्टराई एक्कासी भावुक बने...

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन ।  शीतल निवासमा शपथ लिएर सिधै पर्यटन मन्त्रालय पुगेका योगेश भट्टराई जब मन्त्रीको कुर्सीमा बसे, दिवंगत मन्त्री रवीन्द्र अधिकारीलाई सम्झिएर भावुक बने। ‘मैले घनिष्ठ मित्र गुमाएँ। आज परिस्थिति र घटनाक्रमले उहाँको कुर्सीमा बस्न आइपुगेको छु’, योगेशले भने,  ‘म उहाँलाई बिर्सन सक्दिनँ। ....अफशोच प्रकृति र घटनालाई हामी जित्न सक्दैनौँ।’  गत वर्ष फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन..

    कमिटी गठनमै अल्झियो नेकपा, यस्तो विवाद झेल्दै ओली-दाहाल

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन ।  सत्तारूढ नेकपाले पार्टी एकतापछिको हरेक कमिटीको संगठनात्मक एकता र नेतृत्व चयन गर्दा नयाँ नयाँ विवाद झेल्दै आएको छ। केन्द्रीय कमिटी चयनपछि हरेक कमिटी निर्माणमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल विवादमा पर्दै आएका छन्। प्रदेश पदाधिकारी चयनलगायत पार्टीभित्रका हरेक संगठनात्मक एकताको निर्णय लिँदा नेतृत्वले विवाद झेल्नुपरेको हो। पछिल्लो चरण स्कुल विभागको नेतृत्व टुंगो लगाउन अध्यक्षद्वयलाई निकै सकस परेको..

    योगेश भट्टराईको स्ववियु सभापतिदेखि मन्त्रीसम्मको यात्रा

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भन्नुभएको थियो । निर्वाचनका क्रममा भट्टराई अत्यधिक मतका साथ विजयी हुनुभयो । प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त ग¥यो । लगत्तै अध्यक्ष केपी..

    मुलुक र जनताको अपेक्षा पूरा गर्नेछु : नवनियुक्त पर्यटनमन्त्री

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन   नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको इज्जत र जनताको अपेक्षा पूरा गर्नेतर्फ आफूले ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।    आज मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित स्वागत समारोहमा मन्त्री भट्टराईले भन्नुभयो, “तपाईहरुले मलाई काम लगाउनुहुनेछ, कस्तो काम गर्दा मुलुकको इज्जत बढ्छ, प्रधानमन्त्रीले र जनताले सोचेको अपेक्षा पूरा हुन्छ, के गर्दा चुनौतीमाथि सफलता हासिल हुन्छ, भोलिका दिनमा विषयगत हिसाबले..

    'कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्छ'

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर्मचारीमा असल कार्य संस्कृतिको विकास हुनुपर्ने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘शहीद मनोज–झपेन्द्र स्मृतिसभा तथा पुरस्कार वितरण’ समारोहलाई यहाँ सम्बोधन गर्दै उहाँले कर्मचारीले आफूलाई परिवर्तन गरी असलकार्य संस्कृतिमा बदल्नुपर्ने बताउनुभयो ।  “कर्मचारीतन्त्रमा एउटा पेशागत दायित्व रहेको छ भने अर्को सामाजिक दायित्वसमेत रहेको छ”, उहाँले भन्नुभयो, “ती दुबैलाई मिलाएर..

    नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए सपथ

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडाैं, १५ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका..

    नेपाल महिला सघं डडेल्धुरामा भाडभैलाे, महिला नेतृमाथि निर्घात कुटपिट

    बुधबार, श्रावन १५, २०७६ साल
    डडेलधुरा, १५ साउन । जिल्ला अधिवेसन सम्पन हुन नसकेर २०७१ पुस देखि लामो समय अध्यक्ष पद रिक्त रहेको नेपाल महिला सघं डडेल्धुरामा पार्टी सभापति कर्णवहादुर मल्लका कारण भाडभैलो मचिएको छ । २०७१ पुस २५ गते उद्घाटीत  नेपाल महिला संघको तेस्रो जिल्ला अधिवेसन पार्टीको  जिल्ला नेतृत्वको कारण अध्यक्ष चयन गर्न नसकेर स्थगित भएको थियो ।  जिल्ला अध्यक्ष रिक्त रहेका कारण सघंको सांङगठनिक काममा..

    योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त : दिउँसाे ४ बजे शपथग्रहण

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन  नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भउका छन् । नेता भट्टराईले आजै चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्ने भएका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार पर्यटनमन्त्री नियुक्त गरेका हुन् । नेता भट्टराईले आजै चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा...

    मन्त्रीहरुको पनि कार्यसम्पादन सम्झौता, काम नगर्ने मन्त्री पदमुक्त हुने

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौं, १५ साउन । विभागीय मन्त्रालयले गर्ने काम कारवाहीको कार्ययोजना प्रस्तुत तथा कार्यान्वयनको सम्झौता भएको छ। यसै सन्दर्भमा मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसामु वार्षिक कार्ययोजना पेश गरेका हुन् । मन्त्रिपरिषदको कार्यालयमा भएको सम्झौताबारे प्रधानमन्त्रीका प्रेस सल्लाहका डाक्टर कुन्दन अर्यालले 'सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा मन्त्रीज्यूहरुद्वारा वार्षिक कार्ययोजना प्रस्तुत गर्दै कार्यान्वयन सम्झौता हस्ताक्षर गर्न आयोजित कार्यक्रम सिंहदरबारमा प्रारम्भ' भनेर ट्विट गरेका छन् । यसरी विभागीय मन्त्रीहरुसँग सम्झौता गरिएको याे पहिलाे पटक..

    एक सफल व्यवसायी र उनकाे दुखान्त आत्महत्या

    बुधबार, श्रावन १५, २०७६ साल
    कर्नाटक, १५ साउन । भारतको चेन कफी शप क्याफे कफी डे समूहका संस्थापक भिजी सिद्धार्थको शव भेटिएको छ । उनले आत्महत्या गरेको आशंका प्रहरीको छ।  सोमबार राति कर्नाटक मंगलुरुबाट हराएका सिद्धार्थको शव नेत्रवथी नदीमा स्थानीय माझिहरूले भटाएका थिए ।  होइगे बजारका तीन माझीले  बुधवार बिहान ६ बजेतिर किनारबाट ५०० मिटर टाढा पानीमा तैरिरहेको भेट्टाए । देखे लगत्तै उनीहरूले शवलाई नदि किनारमा ल्याए..

    ‘५७ दिन सदन रोकेर हामीले गल्ती गर्‍यौँ, अहिले कांग्रेस त्यही गर्दैछ’

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन  पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले निरन्तर वार्ता गर्दा पनि नेपाली कांग्रेसले मिलिसकेको विषयलाई उचालेर संसदमा अवरोध गरेको भन्दै आपत्ति प्रकटका छन् । ‘अस्तीको अवरोध अघि र पछि तथा अहिले पनि कुरा भएको छ । सभामुखले पनि कांग्रेससँग कुरा गर्नुभएको हो’, नेम्वाङले भने, ‘म आफैँ पनि सभामुखलाई भेट्न गएको हो । यी सबै कुराको प्रधानमन्त्रीलाई..

    संसदमा राजपा र कांग्रेसको नाराबाजी, सांसदद्वारा रोष्टम घेराउ

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौं, १५ साउन ।  सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले बुधबार पनि संसद् बैठक अबरुद्ध गरेका छन् । बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए । लगतै शून्य समय प्रारम्भ भएको जानकारी गराउना साथ दुवै दलका सांसदले रोष्टम..

    विप्लव समूहको बन्द : बम विस्फोट र आगजनी

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौं, १५ साउन ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेका बेला नुवाकोट र राैतहटका वडा कार्यालयमा बम विस्फोट तथा आगजनी भएका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिए पनि अहिलेसम्म यसको जिम्ममा लिएको..

    आज खिर खाने दिनः यसरी बन्छ शानदार खिर, यस्ता छन् फाइदा

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन ।  असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।  कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ । बुधबार मुलुकभर खिर भोजन गरेर साउन १५ मनाइँदै छ । साउन..

    लोक सेवाले फेरि ६ हजार कर्मचारी माग्दै, अटेरी कर्मचारीलाई बर्खास्त गर्छुः मन्त्री पण्डित

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताउनुभएको छ ।  उहाँले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गर्नुको विकल्प नभएको स्पष्ट गर्नुभयो । मङ्गलबार गोरखापत्रसँग कुरा गर्दै मन्त्री पण्डितले सरकारले सेवा प्रवाहका लागि सङ्घ, प्रदेश..

    कांग्रेसमा पौडेल र सिटौला पक्ष आक्रामक, दबाबमा देउवा

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन ।  नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा १४औं महाधिवेशनको मिति र पार्टीका रिक्त संरचना गठनसम्बन्धी विवादले सभापति शेरबहादुर देउवामाथि झन्झन् दबाब बढ्दै गएको छ । २२ असारबाट सुरु भएको बैठकमा आफ्नै समूहका केही नेताले समेत संरचनाको गठनका विषयमा विधि र विधानअनुसार नै अघि बढ्न सुझाएपछि इतर पक्षसहित आफ्नै समूहका केही नेताबाट समेत देउवा दोहोरो दबाबमा परेका हुन् । ‘अब..

    सर्वत्र आलोचित काठमाडौंका मेयर शाक्य विनास्वीकृति चीन भ्रमणमा

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन ।  काठमाडौं  महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई विदेश भ्रमणमा गएको हो । आइतबार १० जनाको भ्रमण टोलीसहित शाक्य चीनको ल्हासा र छेन्दु सहरको भ्रमणमा गएका हुन् । महानगरपालिकाका अनुसार उनीहरू नौदिने भ्रमणका लागि चीन गएका हुन् । भ्रमण..

    प्यान नम्बर लिन तयार फुटपाथका व्यपारी भन्छन - ‘कर तिरे बमोजिमको सुविधा खै ?’

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन  अहिले नाङलो पसल देखि ठुला व्यवसायी सम्म अनिवार्य स्थायी लेखा नम्वर (प्यान) लिनुपर्ने व्यवस्थाका कारण तरंग फैलिएको छ ।  सडकमा प्लास्टीक टिप्ने, नाङलो पसल थाप्ने देखि ठुला व्यापार गर्ने सबैले प्यान अनिवार्य लिनुपर्छ । तर कतिपयलाई प्यानका विषयमा अझै थाहा छैन भने निजी क्षेत्रले हतारको निर्णय भनेको छ । साउन १ गतेदेखि लागुभएको नयाँ व्यवस्था अनुसार १ हजार रुपैयाँ भन्दा..

    कलुवापुर-बेलाैरी सडकखण्डलाई हुलाकी परियाेजना बनाउन माग, सांसद भट्टद्वारा यातायात मन्त्री माहासेठकाे ध्यनाकर्षण

    मंगलवार, श्रावन १४, २०७६ साल
    कञ्चनपुर, १४ साउन ।  हुलाकी राजमार्ग अन्तर्गत कैलाली-कञ्चनपुरमा सर्भे भएका पुल टेन्डर तथा कलुवा बेलाैरी सडक खण्डलाई हुलाकी सडक परीयाेजना अन्तर्गत राख्न माग गरिएकाे छ । मंगलबार प्रतिनिधि सभा सदस्य लेखराज भट्टकाे नेतृत्वकाे टाेलीले चाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर मासेठलाई ज्ञापन पत्र बुझाएका हुन् । मन्त्री महासेठले उक्त मागलाइ सम्बाेधन गर्दै काम तत्काल प्रकृयागत रूपमा अगाडी बढाउने विश्वास व्यक्त गरे । मन्त्री महासेठले भदाैभित्र..

    काङ्ग्रेसमा पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सुझाव दिनुभएको छ ।  गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ ।  बैठकमा आजसम्म करीब पाँच दर्जन केन्द्रीय सदस्यले धारणा..

    बाढीपहिरोको क्षति विवरण सङ्कलनमा सकस

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन   अविरल वर्षाका कारण असार र साउनमा आएको बाढी, पहिरो र डुबानबाट मुलुकको ६७ जिल्लाले ठूलो विपद्को सामना गर्नुुप¥यो । वर्षासँगैको बाढीपहिरो र डुबानबाट ११७ जनाको ज्यान गयो । झण्डै एक लाख परिवार प्रभावित भए ।    विपद् आएको २० दिन पुग्दा पनि क्षतिको विवरण सङ्कलन हुुन सकेको छैन । मनसुन सक्रिय भएपछिको बाढी, पहिरोबाहेक अन्य विपद्को क्षति रु एक अर्ब..

    जान्नुहोस्, भ्याटमा कस्ता व्यवसाय दर्ता हुनुपर्छ ?

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन  सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत व्यवसायीलाई यसको दायराभित्र ल्याउन दर्ता हुनुपर्ने प्रावधान ल्याएको छ । हालै मात्र ढुवानी व्यवसायीलाई भ्याटमा दर्ता हुनुपर्ने नियम सरकारले ल्याइसकेको छ । सरकारले विभिन्न ४ करका ऐन ९बिक्री ऐन, मनोरञ्जन कर ऐनलगायत० प्रतिस्थापन गर्दै भ्याट ऐन ल्याएको हो । भ्याट ऐन लागू हुने भएपछि व्यवसायी एवं उपभोक्ताले अन्य सबै प्रकारका अप्रत्यक्ष करबाट मुक्ति..

    भ्याली इन्चार्ज पक्राउको विरोधमा भोलि विप्लवको बन्द (विज्ञप्तिसहित)

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माइला लामा पक्राउको बिरोधमा उक्त पार्टीले भोलि बन्दको आव्हान गरेको छ । नेकपाले यहीँ साउन १५ गते भोलि वाग्मती, नारायणी ब्युरोसहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आव्हान गरेको जनाएको छ । विद्रोही नेकपाले लामा सहितसम्पूर्ण  नेता कार्यकर्ताको  बिना सर्त रिहाईको माग गरेको छ । नेकपा..

    बालुवाटार प्रकरणमा मुछिएका श्रेष्ठको मृत्युबारे गृहमन्त्रीसँग सांसदले मागे जवाफ

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन । नेपाली काङ्ग्रेसका सांसद्हरुले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयान लिइरहेका युक्तप्रसाद श्रेष्ठको मृत्युको घटनाका सम्बन्धमा छानबिन गर्न माग गरेका छन् ।  प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा सांसद देवेन्द्रराज कँडेलले बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौँ तल्लाबाट हाम्फालेर आत्महत्या गरिएको भनिएका श्रेष्ठका मृत्यु रहस्यमय रहेको जनाउँदै गम्भीर ढङ्गबाट छानबिन गर्न गृहमन्त्री र प्रहरी प्रमुखको ध्यानाकर्षण..

    छवि र शिल्पाको विवाह दर्ता गराउने वडा सचिवकाे रहस्यमयी मृत्यु

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडाैं, १४ साउन । निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराउने वडा सचिवकाे रहस्यमयी मृत्यु भएकाे छ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको  रहस्यमयी निधन भएको हाे । पौडेलले निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराएका थिए। केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको आरोपमा वडा..

    ‘दैनिक १० जना भ्रष्टाचारीले हामफालेर मरेको सुन्‍न पाइयोस्’

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन  देशमा बढिरहेको भ्रष्टाचारविरुद्ध सांसदहरुले कडा अभिव्यक्ति दिएका छन् ।  मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरुले भ्रष्टाचारविरुद्ध कडा टिप्पणी गरेका हुन् । ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्ली बजार मालपोतका तत्कालीन खरिदार तथा कांग्रेस पर्वतका सचिव युक्त श्रेष्ठले हामफालेर आत्महत्या गरेकोबारेमा बोल्दै सांसदहरुले भ्रष्टाचारविरुद्ध राज्यसंयन्त्र आक्रमक हुनुपर्ने मत राखे।   बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद..
    Weather Forecast