शनिबार, आषाढ २७, २०७७

    राज्य-समाज

    जथाभावी बाटो काटे हजार, ट्याक्सीले मिटरमा जान नमाने १५ हजार जरिवाना

    बुधबार, माघ ८, २०७६ साल
    काठमाडौं, ०८ माघ । सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैँया जरिवाना प्रस्ताव गरेको छ । मस्यौदामा ट्राफिक प्रहरीको इसारामा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुसाशन उल्लंघन गर्ने पैदल यात्री यात्रुलाई एक हजार, मादक पदार्थ सेवन(मापासे) गरी..

    वैदेशिक रोजगार ऐनका प्रावधान कडा पारिँदै, यस्तो नियम आउँदै छ

    बुधबार, माघ ८, २०७६ साल
    काठमाडाैं ८ माघ। सरकारले वैदेशिक रोजगारसम्बन्धी ऐनका प्रावधान कडा पार्ने भएको छ। वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि यसअघि भएका निर्णय र व्यवस्थापनलाई कानुनी रुप दिन वैदेशिक रोजगार ऐन ०६४ लाई संशोधन गर्न लागिएको छ। तोकिएभन्दा बढी सेवा शुल्क लिने म्यानपावर कम्पनीलाई २ लाख जरिवाना वा इजाजत पत्र रद्द, अन्तर्वार्ता अघि नै राहदानी र रकम लिनेलाई ३ वर्ष कैद र ५ लाख जरिवाना..

    माैसम: अबकाे तीन दिनको अवस्था कस्तो ?

    बुधबार, माघ ८, २०७६ साल
    काठमाडौं ८ माघ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहेको जनाएको छ । आज विहान ६ बजे मौसम सम्बन्धी जानकारी दिँदै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको हो । महाशाखाले वर्षा र हिमपातको सम्भावना नभए पनि तराई भू-भागका अधिकांश स्थान लगायत पहाडी भू-भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ..

    एमसीसीे संसदबाट अनुमोद हुन्छ : मन्त्री ढकाल

    मंगलवार, माघ ७, २०७६ साल
    परशुरामधाम, ७ माघ सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन हुने बताउनुभएको छ ।  मङ्गलबार प्रेस सङ्गठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले एमसीसी कुनै सैन्य प्रयोजन नभएकाले संसद्बाट पास हुने बताउनुभयो । माघ १२ गते संसद्ले सभामुख पाएपछि सरकारले एमसीसीको फाइल संसद्मा पेश गर्ने र संसद्बाट पास हुने उहाँको दाबी..

    नेपाल–चीन सम्बन्ध सुढृढ बन्दै गएको छ : गृहमन्त्री थापा

    मंगलवार, माघ ७, २०७६ साल
    काठमाडौँ, ७ माघ गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय नेपाल–चीन सम्बन्ध सुढृढ बन्दै गएको बताउनुभएको छ । अरनिको समाज नेपालले चिनियाँ नव वर्षका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल–चीनबीचको सम्बन्ध प्राचीन कालदेखि रहँदै आएको बताउँदै पछिल्ला वर्षमा नेपाल–चीनबीचको सहकार्य बढ्दै गएको बताउनुभएको हो । “चीन र नेपाल प्राकृतिक रुपले मात्र जोडिएको छैनन्, सांस्कृतिक र सामाजिक रुपले समेत जोडिएको छ, यसलाई निरन्तरता..

    भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ : प्रम

    मंगलवार, माघ ७, २०७६ साल
    काठमाडौँ, ७ माघ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनुभएको छ ।  विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको स्पष्ट गर्नुभयो ।  सोका लागि सम्बन्धित मन्त्री र मन्त्रालयले कार्यसूची..

    कांग्रेसमा चर्कदो विवाद : अनामनगरमा रामचन्द्रको छुट्टै कार्यालय

    मंगलवार, माघ ७, २०७६ साल
    काठमाडौँ, ७ माघ केन्द्रीयतहका नेता नआउँदा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सुनसान छ । गुट, उपगुटले ग्रस्त पार्टीका केन्द्रीयतहका नेताहरु भने आफ्नै कार्यालय खोल्न कस्सिएका छन् । प्रायः नेताले आफ्नै घरबाट आफ्नो गुट चलाइरहेको बेला १४औं महाधिवेशनलाई लक्षित गरेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोल्दैछन् । कार्यालय खोल्न उनले भवन भाडामा लिइसकेका छन् । सोमबारबाट कार्यालय औपचारिकरुपमै सुरु गर्ने तयारी..

    अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा पुनर्विचार गर्न माग

    मंगलवार, माघ ७, २०७६ साल
    काठमाडौं, ७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सो निणर्यप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेकपाको माघ ५ गते बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।  इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका आरोपित..

    प्राप्त जिम्मेवारीलाई आत्मसात् गर्न आग्रह– मुख्यमन्त्री गुरुङ

    सोमबार, माघ ६, २०७६ साल
    पोखरा, ६ माघ   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राप्त जिम्मेवारीलाई आत्मसात् गर्दै क्रियाशील बन्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिकाको छैटौँ नगरसभाको आज यहाँ आयोजित समारोहमा उहाँले लामो समयको अस्थिरताबाट देश गुज्रिएको अवस्थामा स्थिर सरकारको आवश्यकता महसुस गर्दै नेपाली जनताले सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहमा वर्तमान नेतृत्वलाई निर्वाचित गराएर पठाएको बताउनुभयो ।   जनादेशअनुसार काम गर्नुपर्ने जनप्रतिनिधिको दायित्व भएको बताउँदै उहाँले..

    छाउपडी सिङ्गो देशको समस्या : मन्त्री गुरुङ

    मंगलवार, माघ ७, २०७६ साल
    अछाम, ६ माघ महिला, बालबालिका तथा समाज कल्याणमन्त्री पार्वत गुरुङले छाउपडी गोठ सुदूरपश्चिम र कर्णाली प्रदेशको मात्र नभई सिङ्गो देशको समस्या भएको बताउनुभएको छ । सदरमुकाम मङ्गलसैनमा भएको छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धनका लागि साझा अभियान कार्यक्रममा उहाँले छाउपडी गोठको समस्या समाजमा कुरितिको रुपमा फैलिँदै गएकाले सरकारले गोठ भत्काउने अभियानको थालनी गरेको बताउनुभयो ।  छाउ मान्ने प्रथा देशव्यापी रहेकाले व्यवस्थापन अभाव..

    नेकपाको ११ बुँदे आचारसंहिता : नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाइने

    सोमबार, माघ ६, २०७६ साल
    काठमाडौँ, ६ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । सो पार्टीले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरी जारी गरेको आचारसंहितामा छोराछोरीको विवाहलाई सरल मितव्ययी बनाउनुपर्ने, जन्मदिन, व्रतबन्ध, पास्नीजस्ता..

    अमित शाहलाई विस्थापित गर्दै जेपी नड्डा बने भाजपा अध्यक्ष

    सोमबार, माघ ६, २०७६ साल
    एजेन्सी, ६ माघ भारतीय जनता पार्टीका कार्यबाहक अध्यक्ष जेपी नड्डा सोमबारदेखि उक्त दलका अध्यक्ष बनेका छन्। उनी अमित शाहलाई विस्थापित गर्दै भाजपाका अध्यक्ष बनेका हुन्। अमित शाह गृहमन्त्री बनेपछि नड्डाले भाजपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। नड्डालाई अध्यक्ष पदका लाथि पूर्वअध्यक्षहरु अमित शाह, राजनाथ सिंह र नीतिन गडकरीले प्रस्ताव गरेका थिए। ‍..

    सभामुखको निर्वाचन माघ १२ गते, उम्मेदवारी दर्ता मङ्गलबार

    सोमबार, माघ ६, २०७६ साल
    काठमाडौँ, ६ माघ प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराउनुभएको हो । उहाँले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो । ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिनुभएको राजिनामा पढेर बैठकलाई जानकारी गराउनुभएको थियो ।..

    उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा

    सोमबार, माघ ६, २०७६ साल
    ६ माघ, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएको घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् । संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा  सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’..

    सभामुखमा सापकोटाको प्रस्ताव प्रति कांग्रेसको आपत्ति

    सोमबार, माघ ६, २०७६ साल
    काठमाडौं, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ले अग्नि सापकोटालाई सभामुखमा प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ।  ज्यान मुद्दामा किटानी परेका अग्नि सापकोटालाई सभामुखमा प्रस्ताव गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै आपत्ति जनाएका हुन् । सापकोटाविरुद्ध काभ्रेमा १० वर्षअघि अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो । नेकपाले सर्वोच्च अदालतमा..

    ओली -प्रचण्ड छलफल सकियो, उपसभामुखले राजीनामा दिने

    सोमबार, माघ ६, २०७६ साल
    काठमाडौँ, ६ माघ  प्रधानमन्त्री केपी ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।  छलफलमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने विषयमा टुंगो  लागेको छ। उपसभामुख तुम्बाहाङ्फेले केही बेर पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिनेबारे जानकारी दिने बताइएको छ । यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गर्दै आएकी थिइन् । आफ्नो राजीनामाले प्रतिनिधिसभामा थप रिक्तता आउने भन्दै उनले राजीनामा..

    प्रधानमन्त्रीको आश्वासन- ‘उचित समयमा, उचित जिम्मेवारी दिन्छु’

    सोमबार, माघ ६, २०७६ साल
    काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई उचित समय आउँदा उचित जिम्मेवारी दिने बताएका छन् ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुखका बारेमा आइतबार मोटामोटी सहमति भइसकेपछि उपसभामुख तुम्बाहाङफेलाई बालुवाटार बोलाइएको थियो। सचिवालय बैठकअघि तुम्बाहाङफेसँग दुवै अध्यक्षले संयुक्तरुपमा छलफल गरेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले..

    मिडिया काउन्सिल विधेयकमा पत्रकार लाइसेन्सको प्रावधान राख्नैपर्ने प्रस्ताव

    सोमबार, माघ ६, २०७६ साल
    काठमाडाैं ६ माघ। मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सांसदहरूले पत्रकार लाइसेन्सको प्रावधान राख्नैपर्ने प्रस्ताव राखेको छ। विधायन व्यवस्थापन समितिको छलफलमा आइतबार राष्ट्रियसभाका सांसदले पत्रकारिता मर्यादित बनाउन यो प्रावधान राख्नुपर्ने भन्दै यस्तो प्रस्ताव गरेका हुन्। अरु काउन्सिल जस्तै मिडिया काउन्सिलमा पनि लाइसेन्सको व्यवस्था राख्नुपर्ने राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले बताए। ‘यो प्रावधान नेपालका अन्य काउन्सिलमा भएको कुरा हो, मिडिया क्षेत्र कुनै एक्स्ट्राअर्डिनरी क्षेत्र होइन नि,’..

    सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाइ प्रस्ताव

    सोमबार, माघ ६, २०७६ साल
    काठमाडाैं ६ माघ। नेकपाले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको  छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो। किटानी जाहेरीसँगै सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन आठ वर्षदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। २०७२ चैत २२ मा तत्कालीन न्यायाधीशहरू..

    निगमका अध्यक्ष मदन खरेलद्वारा राजीनामा

    आईतवार, माघ ५, २०७६ साल
    काठमाडौँ, ५ माघ   नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिनुभएको छ । अध्यक्ष खरेलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष राजीनामा पत्र बुझाउनुभएको मन्त्रालय स्रोतले जनाएको छ ।    यद्यपि, खरेलको राजीनामा सम्बन्धमा स्वतन्त्र पुष्टि भइसकेको छैन । यसबारे कुनै पनि निकायले आधिकारिक प्रतिक्रिया दिएको छैन । निगमका प्रवक्ता गणेशबहादुर चन्द्रले अध्यक्ष खरेलले राजीनामा दिएको हल्ला आए पनि..

    आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेले पाए सफाइ

    आईतवार, माघ ५, २०७६ साल
    काठमाडौँ, ५ माघ पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ । आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीले पनि अदालतबाट सफाइ पाएको स्रेस्तेदार रुद्रमणि गिरीले पृष्टि गरेका छन् । न्यायाधीश हेमन्त रावलको इजलासले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ। टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको..

    सभामुखमा सापकोटालाई उम्मेदवार बनाउने नेकपा सचिवालय निर्णय

    आईतवार, माघ ५, २०७६ साल
    काठमाडौँ, ५ माघ   सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।    तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागी राजीनामा दिएपछि विगत चार महिनादेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त..

    शिवमाया तुम्बाहाङ्फेको राजीनामापछि को होला उपसभामुख ?

    आईतवार, माघ ५, २०७६ साल
    काठमाडौँ, ५ माघ नेकपाले सभामुखमा उम्मेदवारी दिने निश्चित भएसँगै सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ ।  यसअघि नेकपाले सभामुखमा उम्मेदवारी दिने घोषणा गरेपनि उम्मेदवारबारे टुङ्गो लाग्न ढिलाइ हुँदा र उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा नदिने अडान राख्दा नेकपाले सभामुख पद नै गुमाउनुपर्ने हो कि ? भन्ने आशंका उब्जिएको थियो ।  तर, आइतबार नेकपाका दुई अध्यक्षबीच सभामुखमा..

    अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै अनुमोदन गर्ने

    आईतवार, माघ ५, २०७६ साल
    काठमाडौँ, ५ माघ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच अग्नी सापकोटालाई सभामुख बनाउने सहमति भएको छ ।  आइतबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलबाट उक्त सहमति जुटेको बताइएको छ ।आइतबार अपराह्न ४ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने बताइएको छ ।  ..

    एमसिसी राष्ट्रको हितमा छ : प्रवक्ता श्रेष्ठ

    आईतवार, माघ ५, २०७६ साल
      गलकोट, ५ माघ    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले  पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहनु भएका श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउने बताउनुभयो ।   “एमाले र माओवादी भन्ने इतिहास हो”, श्रेष्ठले भन्नुभयो, “नेकपाले सक्षम..

    सभामुखको उम्मेदवार तय गर्न नेकपाले बोलायो सचिवालय बैठक

    आईतवार, माघ ५, २०७६ साल
    काठमाडौँ, ५ माघ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार तय गर्न आइतबार अपरान्ह चार बजे सचिवालय बैठक बोलाएको छ । महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको जानकारी दिए । ‘समसामयीक विषयमा छलफल र निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो,’ महासचिव पौडेलले बताए । नेकपामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विवाद छ । यो विवाद..

    सूचना प्रविधि विधेयक विरुद्ध कांग्रेसले ज्ञापनपत्र बुझाउने

    आईतवार, माघ ५, २०७६ साल
    काठमाडाैं ५ माघ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशभर जिल्ला प्रशासन कार्यालय मार्फत् सूचना तथा प्रविधि विधेयक विरुद्ध ज्ञापन पत्र बुझाउने भएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत् कांग्रेसले सूचना तथा प्रविधि विधेयक विरुद्ध विधेयक बुझाउने भएको हो । यो विधेयकले विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने भएकाले सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउन लागेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । १७ पुसको..

    शहीद स्मारक लिग : मनाङ र थ्रिस्टारको खेल बराबरी

    शनिबार, माघ ४, २०७६ साल
    काठमाडौँ, ४ माघ शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टारले क्लबले दुई दुई गोलको बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मनाङका लागि अञ्जन विष्टले दुई गोल गर्नुभयो । उहाँले खेलको ४९औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभयो । डी बक्समा अशोक खवासले अञ्जनलाई लडाएपछि मनाङले पेनाल्टी पाएको हो ।  खेलको ६९औँ मिनेटमा अन्जनले नै दोस्रो गोल..

    विदेश मोह त्यागेर स्वदेशमै कफी हाउस

    शनिबार, माघ ४, २०७६ साल
    भद्रपुर, ४ माघ भर्खरै स्नातक तहको अध्ययन पूरा गरेका झापामा चार युवाले रु ६० लाखको लगानीमा कफी हाउस सञ्चालनमा ल्याएका छन् । मेचीनगर–६ काँकडभिट्टाका रोशन विष्ट, विर्तामोडका रोशन चौहान, युगेश अधिकारी र सुधन न्यौपानेले छ महिना अघिदेखि ‘एफबिए टु पोइन्ट जिरो कफी हाउस’ सञ्चालनमा ल्याउनुभएको हो । विर्तामोड र काँकडभिट्टामा एउटै नामको अलगअलग कफी हाउस खोलेका उहाँहरुले हालै बुटबलमा समेत शाखा सञ्चालन..

    भारतीय टिमलाई अर्को झड्का, शिखर धवन चाेटग्रस्त

    शनिबार, माघ ४, २०७६ साल
    काठमाडौं, ४ माघ । अस्ट्रेलियाविरुद्धको तेस्रो एक दिवसीय अघि भारतीय टिमलाई फेरि अर्को झड्का लागेको छ ।  दोस्रो एक दिवसीय क्रिकेटमा उत्कृष्ट ब्याटिङ गरेका ओपनर शिखर धवन घाइते भएको खबर सार्वजनिक भएको हो । पहिलो एक दिवसीय क्रिकेटमा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त घाइते भएपछि दोस्रो खेलमा उनी सहभागी भएका थिएनन्।  अस्ट्रेलियाका बलर प्याट कमिन्सको बाउन्सर बल लागेर घाइते भएका धवन फिल्डिङ गर्न..
    Weather Forecast