बिहिवार, माघ ९, २०७६

    राज्य-समाज

    सिनो हाइड्रोसँग मेलम्ची ‘हेडवक्र्स’को सम्झौता

    शनिबार, असोज २५, २०७६ साल
    काठमाडौँ, २५ असोज मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवक्र्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवक्र्स’ निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिनुभयो । निर्माण कम्पनीले १५ महीनामा ‘हेडवक्र्स’को काम सक्ने गरी समय दिइएको उहाँले बताउनुभयो । ‘हेडवक्र्स’ निर्माणको लागत रु एक..

    चिनियाँ राष्ट्रपतिको स्वागतमा यसरी सिँगारिएको छ काठमाडौँ

    शनिबार, असोज २५, २०७६ साल
    काठमाडौँ, २५ असोज   नेपालको राजकीय भ्रमणमा आज आउन लाग्नुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि आम नेपाली ब्यग्र प्रतीक्षामा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन लागेको सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षासहित नेपाली जनता स्वागतका लागि अतुर देखिएका हुन् ।   ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मित्रता’,..

    चिनियाँ राष्ट्रपतिसँग प्रचण्डले २० मिनेट, देउवाले ७ मिनेट भेट्ने

    शनिबार, असोज २५, २०७६ साल
    काठमाडौं, २५ असोज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियां राष्ट्रपति सी चिनफिङसंग एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन् । नेताहरुले चिनियां राष्ट्रपतिसंग एक्लै भेट्ने चाहना व्यक्त गरेको स्रोतको दाबी छ । तर, वैठकमा चिनियां पक्षबाट भने पुर्व स्टेट काउन्सिलर याङ जिची,सहित ७ जना सहभागी हुनेछन् । टोलीमा डिङ्ग..

    सी चिनफिङ आज नेपाल आउँदै, यस्ताे छ दुई दिनकाे कार्यतालिका

    शनिबार, असोज २५, २०७६ साल
    काठमाडौँ, २५ असोज चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा आउन लागेका चिनफिङ आइतबारसम्म नेपालमा रहेर चीन फर्किनेछन् । आज शनिबार अपराह्न काठमाडौँ आइपुग्ने सी यहाँ रहँदाका करिब २० घण्टा निकै व्यस्त रहनुहुनेछ । चीनकै विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनी केही विश्रामका लागि सोल्टी होटलमा जानेछन् । परराष्ट्र..

    राष्ट्रपति सीको नेपाल भ्रमण : आज काठमाडौंका यी रूटमा यातायात रोकिने

    शनिबार, असोज २५, २०७६ साल
    काठमाडौँ, २५ असोज  चिनियाँ राष्ट्रपति सी जिनपिङ आज एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ ।  राष्ट्रपति सीको दुईदिने राजकीय भ्रमणका क्रममा उपत्यकाका केही क्षेत्रमा यातायात प्रभावित हुने भएको छ ।सी भ्रमणका क्रममा शनिबार र आइतबार भीभीआईपी सवारी हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिए । शनिबार अपराह्न ४ः३० देखि ५ः३० बजे..

    सीसँग रात्रिभोजमा सहभागी हुने नेपाली अतिथिलाई ७ बुँदे शर्त !

    शुक्रबार, असोज २४, २०७६ साल
    काठमाडौं, २४ असोज चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि शनिबार राति आयोजना गरिने रात्रिभोजमा सहभागीहुनेहरुका लागि परराष्ट्रमन्त्रालयले कडा नियम बनाएको छ । रात्रि भोजमा सहभागी हुने नेपाली अतिथिहरुको हकमा विभिन्न ७ वुँदे शर्त राखिएका छन् । उनीहरुले यी सात बुँदाको पालना गर्दै अनुशासनमा बस्नुपर्ने छ । रात्रिभोज व्यवस्थापनको पाटो सम्हालेको परराष्ट्र मन्त्रालयले रात्रिभोजमा सहभागीहुनेहरुलाई निम्तोकार्ड समेत पठासकेको छ । यस्ता छन् सातबुँदे शर्त १. पुरुषको हकमा..

    टर्कीविरूद्ध प्रतिबन्धको तयारी गर्दै यूरोपेली युनियन

    शुक्रबार, असोज २४, २०७६ साल
    पेरिस, २४ असोज टर्कीद्वारा सिरियामा चलाइएको सैनिक अभियानलाई लिएर यूरोपेली नेताहरूले आगामी हप्ता हुने यूरोपेली संघ (इयू) सम्मेलनमा प्रतिबन्धका बिषयमा छलफल गरिने फ्रान्सका इयू मामिला मन्त्री अमिली दे मन्टचालिनले शुक्रबार बताउनुभएको छ । दे मोन्टचालिनले फ्रान्स इन्टर रेडियोसँग भन्नुभयो, “पक्कै पनि इयूले टर्कीविरूद्ध प्रतिबन्धका लागि तयारी अवस्थामा छ । प्रस्ताव छलफलका लागि इयूमा दर्ता भैसकेको छ । यसबारे आगामी हप्ता यूरोपेली परिषद्मा..

    राप्रपाले भन्यो "चिनफिङलाई न्यानो स्वागत र अभिवादन गर्छाैं"

    शुक्रबार, असोज २४, २०७६ साल
    काठमाडौँ, २४ असोज   राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने राजकीय भ्रमणलाई सुखद् अवसरको सङ्ज्ञा दिँदै न्यानो स्वागत र अभिवादन गर्ने जनाएको छ । पार्टीका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र चीन भौगोलिकरूपमा जति निकटस्थ छन् भावना र व्यवहारमा पनि त्यतिकै नजिक रहेको उल्लेख गर्नुभएको छ ।   पार्टीले राष्ट्रपति..

    चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुन्छ : बिजुक्छे

    शुक्रबार, असोज २४, २०७६ साल
    भक्तपुर, २४ असोज   नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताउनुभएको छ ।    भक्तपुरमा सञ्चालन भइरहेको ३९ औँ नेपालभाषा साहित्य तःमुँज्या अर्थात् बृहत् साहित्य सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे उहाँले नेपाल र चीनबीचको प्राचीनकालदेखिको सम्बन्धलाई यो भ्रमणले अझै बलियो बनाउने बताउनुभएको हो ।   सरकारले देश र जनताको..

    तीनकुनेमा पार्क निर्माण सम्पन्न, कतिको टिकाउ ?

    शुक्रबार, असोज २४, २०७६ साल
    काठमाडौँ, २४ असोज चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौँ महानगरपालिकाले तीनकुनेमा पार्क निर्माण सम्पन्न गरेको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीनकुने हुँदै आउँदा आकर्षक र हरियाली वातावरण भएको उक्त पार्कमा विभिन्न फूल सजाइएको छ । निकै मेहनत गरी चिटिक्क बनाइएको पार्कले सर्वसाधारणलाई समेत मनोरञ्जन दिइरहेको छ । यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण हुँदैछ । चीनका..

    चिनियाँ राष्ट्रपतिको स्वागतका लागि नेपाली जनता आतुर छन् त ?

    शुक्रबार, असोज २४, २०७६ साल
    काठमाडौँ, २४ असोज   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका नेताहरुले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई नेपाली जनता आतुरताका साथ पर्खिरहेको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँहरुले २३ वर्षपछि चिनियाँ नेताको उच्चस्तरीय राजकीय भ्रमणको स्वागतका लागि तत्पर रहेको बताउनुभयो  ।   नेपाली काङ्ग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चिनियाँ नेता सी चिनफिङबाट नेपाल भ्रमण हुने खबरले काङ्ग्रेस..

    राष्ट्रपति सीको भ्रमणबाट नेपाल–चीन सम्बन्धले नवशिखर चुम्ने अपेक्षा

    शुक्रबार, असोज २४, २०७६ साल
    काठमाडौँ, २४ असोज । चीनका राष्ट्रपति सी चिनफिङबाट २३ वर्षको अन्तरालमा भोलिदेखि हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पु¥याउने  विश्वास गरिएको छ । चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा मात्र गरिएको छैन समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदार बन्ने ठानिएको छ । नेपाल र चीनबीच औपचारिक कूटनीतिक..

    पैदलयात्रीले समेत चाख मानेर हेरे, अनि भने ‘आहा हाम्रो काठमाडौँ’

    शुक्रबार, असोज २४, २०७६ साल
    काठमाडौँ, २४ असोज   सुन्धाराको आकाशे पुल नजिक एक हुल मान्छे हातमा सयपत्रीको गमला बोकेर लामबद्ध उभिए । उनीहरुले लहरै गमला मिलाएर राखे । पानी सिञ्चन गर्न तयार भएर बसेकाले ती गमलामा पानी हाले । बडारेर सफा पारिएको सडकको किनारामा लहरै राखिएका गमला देखेर पैदलयात्रीले समेत चाख मानेर हेरे, अनि भने ‘आहा हाम्रो काठमाडौँ’ ।    सडकका किनारामा लहरै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ..

    राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने प्रवृत्ति रोक्न प्रधानमन्त्रीको निर्देशन

    शुक्रबार, असोज २४, २०७६ साल
    काठमाडौँ, २४ असोज  सरकारले समाजमा शान्तिसुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणका सिलसिलामा कुनै दबाब र प्रभावमा नपर्न प्रहरीलाई आग्रह गरेको छ ।   कुन पार्टीको सरकार छ, कसले अपराध ग¥यो भनेर नहेरी स्वतन्त्र ढङ्गले निष्पक्ष भएर अनुसन्धानमा लाग्नसमेत प्रहरीलाई सरकारले भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने अवस्थाले शान्तिसुरक्षामा असर पार्ने उल्लेख गर्दै त्यस्ता प्रवृत्ति निस्तेज पार्न..

    चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह

    शुक्रबार, असोज २४, २०७६ साल
    काठमाडौँ, २४ असोज ।   विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ ।   राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटकको आगमनमा बढोत्तरी हुने देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका..

    समाजवादी र राजपाबीच एकतामा जोड दिनुपर्छ : उपेन्द्र यादव

    बिहिवार, असोज २३, २०७६ साल
    सप्तरी, २३ असोज समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण हुनुपर्नेमा जोड दिनुभएको छ । सप्तरीको राजविराजमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले यी दुई पार्टीबीचको एकीकरण गर्नु बाहेक विकल्प नभएको बताउनुभयो ।  राजनीतिक विकल्पको रुपमा अब समाजवादी पार्टीमात्रै रहेको दाबी गर्नुहुँदै उहाँले राजनीतिक विकल्पको रुपमा रहेको समाजवादी पार्टीसँग एकताका लागि..

    चिनियाँ राष्ट्रपतिको स्वागतमा कस्तो देखिँदैछ काठमाडौं ? (फोटोफिचर)

    बिहिवार, असोज २३, २०७६ साल
    काठमाडौँ, २३ असोज शनिबारदेखि नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा यतिबेला काठमाडौंका मुख्य सडक रंग्याइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी बस्‍ने होटल सोल्टीसम्मको सडक सिंगारिएको छ।  तीनकुनै चौर रातारात पार्क बनेको छ। सडक किनाराका बिजुलीका पोलहरूमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सीका फोटोहरू टाँसिएका छन्। र, सडकमा सीको स्वागतका लागि अस्थायी द्वारहरू बनाइएका छन्।  हेर्नुस् कस्ता..

    चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : रेल, सडक र विद्युत ट्रान्समिसन विशेष प्राथमिकतामा

    बिहिवार, असोज २३, २०७६ साल
    काठमाडौँ, २३ असोज दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने भएको छ ।  चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउने तय भएपछि दुवै देशले भ्रमणको तयारीलाई तिव्रता दिएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज आयोजना गर्नुभएको छलफल..

    प्रहरी हिरासतमा रहेका महरा अस्पताल भर्ना

    बिहिवार, असोज २३, २०७६ साल
    काठमाडौँ, २३ असोज  यौन दुर्व्यवहारको आरोपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नर्भिक अस्पताल भर्ना गरिएको छ । श्वास फेर्न गाह्रो भएपछि उहाँलाई दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । उच्च रक्तचाप र मधुमेहबाट पीडित महरालाई हिरासतमा पनि अक्सिजन दिएरा राखिएको थियो ।  बिहीबार बिहानदेखि उहाँलाई श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक..

    नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर चीनसँग साझेदारी गरिन्छ : प्रधानमन्त्री ओली

    बिहिवार, असोज २३, २०७६ साल
    काठमाडौँ, २३ असोज  प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाउनुभएको छ ।  भ्रमणकोे पूर्वसन्ध्यामा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल आयोजना गरी प्रधानमन्त्री ओलीले उक्त जानकारी दिनुभएको हो । चिनियाँ राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालमा राजकीय..

    टर्की सेनाद्वारा सिरियाली कुर्दिसमाथि हवाइ र स्थल हमला

    बुधबार, असोज २२, २०७६ साल
    एजेन्सी, २२ असोज टर्कीले सिरियामा रहेका कुर्दिस लगाकुविरुद्ध आक्रमण सुरु गरेको छ। बीबीसीका अनुसार टर्कीको सेनाले सिरियामा रहेका कुर्दिस लडाकुविरुद्ध बुधबार साँझ हवाइ र स्थल आक्रमण थालेको हो। उत्तरी-पूर्वी सिरियामा रहेका कुर्दिस लडाकुविरुद्ध टर्कीको सेनाले आक्रमण सुरु गरेको हो। अमेरिकी सेनाले कुर्दिस लडाकुको साथ छोडेको दुई दिनमै उनीहरूमाथि टर्कीको सेनाले ठूलो हमला सुरु गरेको हो। कुर्दिस लडाकुलाई साथमा लिएर अमेरिकाले स्लामिक स्टेट..

    चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति सार्वजनिकसँगै तयारी व्यापक

    बुधबार, असोज २२, २०७६ साल
    काठमाडौँ, २२ असोज चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ । बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकातिर जुटेका छन् भने अर्कातिर राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ ।  विगतदेखि सडक विस्तारको काम भइरहेको अवस्थामा छिटोछिटो..

    चिनियाँ राष्ट्रपतिको भ्रमण राजकीय हुन्छ : प्रधानमन्त्रीका सल्लाहकार

    बुधबार, असोज २२, २०७६ साल
    काठमाडौँ, २२ असोज प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले चिनियाँ राष्ट्रपतिको दुईदिने नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेल्वेसम्बन्धी सम्झौता हुने बताउनुभएको छ । आज यहाँ आयोजित एक अन्तक्र्रियामा उहाँले सम्झौताका लागि अहिले दुवै देशका उच्चस्तरीय अधिकारीबीच संवाद निरन्तर भइरहेको जानकारी दिँदै चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको नेपाल भ्रमण ऐतिहासिक  र राजकीय भ्रमण भएकाले विशेष महत्वको हुने बताउनुभयो । यसअघि..

    राष्ट्रसङ्घ महासभामा नेपालको सक्रिय सहभागिताः बहुपक्षीयता प्रवद्र्धनमा सफलता

    बुधबार, असोज २२, २०७६ साल
    काठमाडौँ, २२ असोज   संयुक्त राष्ट्रसङ्घको ७४औं महासभामा नेपालको सक्रिय सहभागिता रहनाका साथै बहुपक्षीयता प्रवद्र्धनमा मुलुकलाई सफलता मिलेको छ । बहुपक्षीय मञ्च संयुक्त राष्ट्र सङ्घमा नेपालका विकासका प्राथमिकता, अन्तरराष्ट्रिय सम्बन्ध, विश्व व्यवस्था, शान्ति र स्थायित्वलगायत नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धनका निम्ति फलदायी बनेको छ ।    यस वर्ष विश्वभरका नेताहरूका निम्ति ७४औं महासभा बैठक विशेष रह्यो । न्युयोर्कमा संसारभरबाट एकत्रित  १२३ भन्दा बढी..

    चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण २५ गते !

    बुधबार, असोज २२, २०७६ साल
    काठमाडौँ, २२ असोज राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्नुहुने भएको छ ।  चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी तथा उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भ्रमणका क्रममा चिनियाँ विशिष्ट..

    राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्रीले लाए टीका !

    मंगलवार, असोज २१, २०७६ साल
    काठमाडौँ, २१ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाउनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाउनुभएको हो । यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका..

    ‘चट्याङसहित वर्षा हुन्छ, सतर्कता अपनाउनुस्’

    मंगलवार, असोज २१, २०७६ साल
    काठमाडौँ, २१ असोज मंगलबार राति पूर्वदेखि पश्चिमसम्मै देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सामान्य सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद्का अनुसार मंगलबार राति मध्य र पूर्वका थोरै स्थान तथा पश्चिम पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने सम्भावना छ। मंगलबार साँझ मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सामान्य सतर्कता अपनाउन..

    परिवार र आफन्तबाट कैदीबन्दीलाई कारागारमै टीका र जमरा

    मंगलवार, असोज २१, २०७६ साल
    काभ्रे, २१ असाेज । जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका छन् । कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरिएको थियो । उनीहरुका आफन्तले आज टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताउनुभयो ।  कारागार प्रशासनले टीका लगाउन आउनेहरुका लागि दशैँभरि विहान..

    ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’अजयवावु शिवाकोटीलाई

    मंगलवार, असोज २१, २०७६ साल
    काठमाडाैं, २१ असाेज । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल  'ईन्जा' ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको छ। ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय..

    प्रधानमन्त्री ओलीले गरे बुबा मोहनप्रसादको हातबाट दशैँको टीका ग्रहण

    मंगलवार, असोज २१, २०७६ साल
    काठमाडाैं, २१ असाेज प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट दशैँंको टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार अपरान्ह २ बजेर ३६ मिनेटमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुबा मोहनप्रसादको हातबाट बडा दशैँको टीका र जमरा ग्रहण गरेका हुन्। त्यसपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई दशैँको टीका र जमरा लगाई दिए। उनले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका नेताहरु, सांसदहरु, मुख्यसचिव लोकदर्शन..
    Weather Forecast