राज्य-समाज
आईतवार, मंसिर १५, २०७६ साल

कैलाली, १५ मङ्सिर
सुदूरपश्चिमको अन्तिम मतपरिणाम अनुसार नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वारले ५ र नेपाली कांग्रेसका उम्मेद्वारले २ स्थानमा जित हासिल गरेका छन् ।
कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बैतडीको पुर्चौडी नगरपालिका-४ मा ने क पाले जितेको हो। बैतडीको दोगडाकेदार-४ र सुर्नया गाउँपालिका-१ मा भने कांग्रेसका उम्मेद्वारले जितेका साबिकको क्षेत्रीय निर्वाचन कार्यालय तथा हालको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए..
आईतवार, मंसिर १५, २०७६ साल

भक्तपुर, १५ मंसिर ।
यही शनिबार सम्पन्न उपनिर्वाचन अन्र्तगत भक्तपुर–१, क को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन् ।
भँडेलले सत्तारुढ नेकपाका उम्मेद्वार डीबी ढकाललाई २ हजार बढी मतान्तरले परास्त गर्दै कांग्रेसका भँडेल विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुशार भँडेलले १३ हजार ४४९ मत प्राप्त गर्दा नेकपाका देवीप्रसाद ढकालले ११ हजार २०६ मत प्राप्त गरेका हुन् । यही..
आईतवार, मंसिर १५, २०७६ साल

काठमाडौँ, १५ मङ्सिर
बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।
कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन..
आईतवार, मंसिर १५, २०७६ साल

काठमाडौं, १५ मङ्सिर
नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा ६० सदस्यीय टोली चीन जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो । नेकपाको टोली आगामी २४ गते चीन जानेछ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलमा भ्रमण आदानप्रदान गर्ने सहमतिअनुसार नेकपाको टोली चीन जान लागेको नेताहरूले बताएका छन्..
आईतवार, मंसिर १५, २०७६ साल

काठमाडौँ, १५ मङ्सिर
शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ ।
मार्तडी : बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का मनराज बुढा विजयी हुनुभएको छ । बुढाले ३६७..
आईतवार, मंसिर १५, २०७६ साल

चितवन, मंसिर १५
चितवनको दुई स्थानीय तहका तीन वडामा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डकी पुत्री रेणु दाहाल मेयर छिन् । प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका १६ मा कांग्रेसको जीत धेरै हिसावले अर्थपूर्ण छ ।
भरतपुर महानगरपालिका–१६, खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको..
शनिबार, मंसिर १४, २०७६ साल

काठमाडौं, १४ मंसिर
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थलाभको सन्देश पठाएका छन् ।
प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । उनी अहिले सेन्टरको सघन उपचार कक्षमा छन् ।
भारतीय प्रधानमन्त्री मोदीले थप उपचारका लागि आवश्यक सहयोग गर्ने प्रस्ताव समेत राखेका छन् । उनले नेपाल भारत सम्बन्धलाई थप उचाईमा पुर्याउन ओलीसँग थप सहकार्यका लागि..
शनिबार, मंसिर १४, २०७६ साल

काठमाडौँ, १४ मङ्सिर
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको आज भएको उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको छ ।
अत्यन्त शान्तिपूर्ण र व्यापक मतदाताको सहभागितामा सम्पन्न भएको उपनिर्वाचनमा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको हँुदा सरदर ६५ दशमलव ४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता..
शनिबार, मंसिर १४, २०७६ साल

काठमाडौँ, १४ मङ्सिर
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले साग प्रतियोगितामा भाग लिन आउने खेलाडीको आगमनको समयमा देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।
महानिरीक्षक खनालले नेपाल आउने पाहुनालाई बिना झन्झट कुनै अप्ठेरो नपर्ने गरी अत्यन्त शिष्ट व्यवहारका..
शनिबार, मंसिर १४, २०७६ साल

काठमाडौँ, १४ मङ्सिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल टर्की र मेसोडोनियाको भ्रमण गरी आज स्वदेश फर्कनुभएको छ ।
टर्कीको इस्तानबुलमा आयोजना हुने ‘दशौँ बोस्फोरस सम्मेलन’ मा सहभागी हुन उहाँ मङ्सिर ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । टर्कीपछि उहाँ मेसोडोनिया जानुभएको थियो । मेसोडोनियामा रहँदा उहाँले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसंग भेटवार्ता गनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो..
शनिबार, मंसिर १४, २०७६ साल

काठमाडौँ, १४ मङ्सिर ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन् । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो ।
केहीबेरअघि सम्मको विवरणमा शान्तिपूर्णरुपमा भइरहेको निर्वाचनमा एक तिहाइभन्दा बढी मत खसेको छ ।
कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य..
शनिबार, मंसिर १४, २०७६ साल

फिदिम, १४ मङ्सिर ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपनिर्वाचनमा पाँचथरको फिदिम नगरपालिका वडा नं १ मा आज बिहान मतदान गर्नुभएको छ ।
रिक्त रहेको वडाध्यक्ष पदमा फिदिम–१ मा उपनिर्वाचन भएको हो । मन्त्री नेम्वाङले फिदिम मावि मतदानस्थलको ‘घ’ मतदान केन्द्रमा मतदान गर्नुभएको हो । मतदानपूर्व उहाँले जिल्लामा मतदानको अवस्थाबारे जानकारी लिनुभएको थियो । मतदानपूर्व उहाँले वडाध्यक्ष पदका उम्मेदवारहरुलाई विजयको शुभकामनासमेत..
शनिबार, मंसिर १४, २०७६ साल

लहान, १४ मङ्सिर
सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आज बिहानबाट मतदान जारी छ । सो वडाको चारवटै मतदान केन्द्रमा बिहानैदेखि शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो ।
उपनिर्वाचनलाई मध्यनजर गरी सिरहाको दक्षिणी भेगमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अहिले सो क्षेत्रमा आउजाउ गर्ने बटुवा र सवारी साधनालाई जाँचमा..
शनिबार, मंसिर १४, २०७६ साल

काठमाडौँ, १४ मङ्सिर ।
नेपाल भ्रमण वर्ष शुरु हुनैलाग्दा पर्यटकलाई लक्षित गरेर होटल तथा घरवास खुल्ने क्रम बढेको छ ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बेला पर्यटन विभागमा चालू आर्थिक वर्षमा मात्र १८ नयाँ घरवास तथा होटल खोल्नका लागि दर्ता भएका छन् ।
विभागका अनुसार पाँचतारे चार, चारतारे तीन, एकतारे एक, पर्यटक स्तरका सात र होमस्टे तीन..
शनिबार, मंसिर १४, २०७६ साल

काठमाडौ, मंसिर १४ ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ ।
मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गर्नुभएको छ ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,..
शुक्रबार, मंसिर १३, २०७६ साल

काठमाडौँ, १३ मङ्सिर
चिकित्सा शिक्षामा तोकिएको शुल्क लागू गराउने क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सेनाले सञ्चालन गरिरहेको मेडिकल कलेजलाई शुल्क समायोजनका लागि निर्देशन दिनुभएको छ ।
मन्त्री पोखरेलले आज नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई सिंहदरबारस्थित कार्यकक्षमा आमन्त्रण गरी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा सरकारले निर्धारण गरेभन्दा बढी शुल्क फिर्ता गर्न निर्देशन दिनुभएको हो । सो संस्थानसमेतले बढी शुल्क लिएको..
शुक्रबार, मंसिर १३, २०७६ साल

हेटौँडा, १३ मङ्सिर
प्रदेश ५ को पाल्पामा बन्न लागेको पर्यटकीय पार्क निर्माण समितिका पदाधिकारीले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज भेट गरेका छन् ।
मुख्यमन्त्री कार्यालय, हेटौँडामा आज भएको साक्षत्कारमा मुख्यमन्त्री पौडेलले हेटौँडाको शहीद स्मारक पार्क ठूलो लगनशीलता र त्यागको उपज भएको बताउनुभयो । रु ९० हजारको लगानीबाट निर्माण शुरु भएको पार्कले अहिले वार्षिक दुई करोडको आम्दानी गर्ने गरेको जानकारी दिँदै..
शुक्रबार, मंसिर १३, २०७६ साल

काठमाडौँ, १३ मङ्सिर
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शनिबार हुन गइरहेको उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षबाट आचारसंहिताको उल्लङ्घन भइरहेको आरोप लगाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । काँग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आचारसंहिता उल्लङ्घनका सबै घटना र भय–त्रास चिरेर आफ्नो स्वविवेकले मतदान गर्न मतदातामा अपिलसमेत गरेको छ । पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनको अन्तिम घडीमा अझ बढ्नसक्ने..
शुक्रबार, मंसिर १३, २०७६ साल
.jpg)
काठमाडौँ, १३ मङ्सिर
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि शनिवार उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार, मुलुकका ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक..
शुक्रबार, मंसिर १३, २०७६ साल

काठमाडौँ, १३ मङ्सिर
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले क्षेत्रीयस्तरको खेलकूद प्रतियोगिता तथा उपनिर्वाचन हुन गइरहेको विशेष अवस्थामा शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
नेपालमा यही मङ्सिर १५ देखि २४ सम्म हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकूद (साग) तथा मङ्सिर १४ गते केही स्थानमा हुन गइरहेको उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा आज महानगरीय प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई..
शुक्रबार, मंसिर १३, २०७६ साल

काठमाडौँ, १३ मङ्सिर
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लोपटक भारतले सार्वजनिक गरेको नक्सा कुनै पनि हालतमा मान्य नहुने बताउँदै लिपुलेकबाट भारतीय सेना हटाउन सरकारले कूटनीतिक र राजनीतक पहल गरिरहेको जनाउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा देश र जनताको पक्षमा सरकार क्रियाशील रहेकामा आशङ्का नगर्न आग्रह गर्दै सीमा अतिक्रमणबारे सुगौली सन्धिमा महाकाली नदीको पश्चिम किनारासम्म नेपालको भू–भाग..
शुक्रबार, मंसिर १३, २०७६ साल
3.jpg)
काठमाडौँ, १३ मङ्सिर
प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा सरकारी निकायबाट..
शुक्रबार, मंसिर १३, २०७६ साल

काठमाडौँ, १३ मङ्सिर
उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधन नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
'मेरो मुख्य इफोर्ट नै संविधान संशोधनका लागि हुनेछ,' मन्त्री यादवले भने । यसअघि स्वास्थ्य मन्त्री रहेका यादवले प्रधानमन्त्रीकै इच्छा अनुसार कानुन मन्त्रालयको जिम्मेवारी लिएको प्रतिक्रिया दिएका छन् ।
जुन मन्त्रालयलाई संविधान संशोधन गर्ने अवसरको रुपमा प्रयोग गर्ने उनको भनाइ छ ।..
शुक्रबार, मंसिर १३, २०७६ साल

काठमाडौं, १३ मंसिर ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चाँडै चीन भ्रमणमा जाने भएका छन् ।
नेपाल–चाइना मिडिया फोरमले राजधानीमा गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले आफू चाँडै नै चीन भ्रमणमा जाने खुलाशा गरेका हुन् ।
सोही अवसरमा बोल्दै दाहालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा आफू चीन भ्रमणमा जान लागेको बताएका थिए ।
चिनियाँ राष्ट्रपति सी जिनफिङसँग यसअघि..
शुक्रबार, मंसिर १३, २०७६ साल

काठमाडौँ, १३ मङ्सिर
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिइन् । उनले भनिन्, 'प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ ।तर, अझै एक हप्ता अस्पताल बस्नुपर्ने देखिन्छ।त्यसपछि अवस्था हेरेर डिस्चार्ज गरिन्छ।'
मंगलबार एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्त्री ओली अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका..
शुक्रबार, मंसिर १३, २०७६ साल

काठमाडौं, १३ मंसिर ।
प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको दुई महिना पूरा भएको छ । सङ्घीय संसद् आह्वान नभएका कारण निर्वाचन प्रक्रिया अगाडि बढेको छैन । राजनीतिक दलहरूबीचमा भावी सभामुख चयनबारे गम्भीर परामर्श पनि हुन सकेको छैन ।
सभामुख नहुँदा कतिपय महŒवपूर्ण काम रोकिएका छन् । सभामुखको अनुपस्थितिमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले गर्नुभएका केही कामकाजमा प्रश्नसमेत उठिरहेका छन् ।
सचिवालको दैनिक प्रशासनिक..
बिहिवार, मंसिर १२, २०७६ साल

काठमाडौँ, १२ मङ्सिर
सामाजिक सुरक्षा योजना घोषणाको एक वर्ष पुगे पनि रोजगारदाता र श्रमिकको सूचीकरण भने अत्यन्त न्यून देखिएको छ । सामाजिक सुरक्षा कोषका अनुसार एक वर्षका अवधिमा करिब साढे १० हजार रोजगारदाता र एक लाख १५ हजार श्रमिक मात्र सूचीकरण प्रक्रियामा सामेल भएका छन् । अझै पनि ठूलो सङ्ख्यामा रोजगारदाता र श्रमिक यस प्रक्रियाबाट बाहिरै रहेका छन् ।
केन्द्रीय तथ्याङ्क विभागले..
बिहिवार, मंसिर १२, २०७६ साल

काठमाडौँ, १२ मङ्सिर
सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको हो ।
विशेष गरी उक्त अभियानमा पार्टी एकताको कामलाई गाउँस्तरसम्म पुर्याउने र सरकारको कामका बारेमा समेत जनतालाई जानकारी दिने लक्ष्य राखिएको छ ।..
बिहिवार, मंसिर १२, २०७६ साल

काठमाडौँ, १२ मङ्सिर
गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा शतप्रतिशत नजिक पुग्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
गृहमन्त्रालयमा आज आर्थिक वर्ष २०७६÷७७ को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, “तोकिएको लक्ष्य १०० प्रतिशत पु¥याउन कोसिस गर्नुुहोस्, त्यसो गर्दा लक्ष्य प्राप्त हुन्छ, कारणवश..
बिहिवार, मंसिर १२, २०७६ साल

काठमाडौं, १२ मंसिर ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले रुसी राष्ट्रपति भ्यादिमिर पुटिन नेपाल भ्रमणमा आउनेमा सरकार आशावादी रहेको उल्लेख गरेका छन् ।
बिहीबार आयोजित एक पत्रकार सम्मेलनका क्रममा मा बोल्दै मन्त्री बाँस्कोटाले राष्ट्रपति पुटिनलाई नेपाल सरकारले औपचारिकरुपमै भ्रमणको निम्तो दिइसकेकाले उनी आउने कुरामा सरकार आशावादी रहेको बताए ।
साथै वर्तमान सरकारले सबै शक्तिराष्ट्रसँग सम्बन्ध राख्ने चाहेको बताउँदै..
Results 8151: You are at page 4 of 272