बिहिवार, चैत्र २७, २०७६

    राज्य-समाज

    नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर बुधबार साँझ नियुक्त भएका नवनियुक्त मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन् । सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहेको भएको राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रालयमा आजै पदभार ग्रहण गर्नेछन् । प्रधानमन्त्री ओली..

    नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गर्दै

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौं, ५ मङ्सिर नवनियुक्त मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त गरेका छ जना मन्त्री र तीन जना राज्यमन्त्रीको सपथ राष्ट्रपति कार्यालय शितलनिवासमा बिहान ११ बजे..

    उपनिर्वाचन २०७६ : मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

    बिहिवार, मंसिर ५, २०७६ साल
    सिमकोट, ५ मङ्सिर   जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ ।    जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।        जिल्लाका सात गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका अति संवेदनशील पालिका भएकाले चुनावलाई शान्त..

    काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भव

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मंसिर ।  निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ । द्रुतमार्गमा पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययनले पाइपलाइन बिछ्याउन सम्भव देखिएको हो । नेपाल आयल निगमका प्रबन्धक भरत रेग्मीले पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिए, उनको अध्ययनले निर्माणाधीन द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको जानकारी दिए। अमलेखगन्जसम्म आइपुगेको पाइपलाइनलाई पथलैयाबाट निजगढ नजिक रहेको दु्रतमार्ग..

    जर्मनीको कम्युनिष्ट पार्टीसँगको सम्बन्ध घनिष्ट बनाइन्छ : प्रवक्ता श्रेष्ठ

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल र जर्मनीको कम्युनिष्ट पार्टीबीच लामो र घनिष्ट सम्बन्ध रहेको बताउनुभएको छ ।    नेकपाको विदेश विभागको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट (दि लिङ्के) का प्रतिनिधिबीच आज काठमाडौँमा भएको अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा उहाँले अहिलेको सम्बन्धलाई अझै राजनीतिक र वैचारिकरुपमा प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    कार्यक्रममा प्रवक्ता..

    मन्त्रिपरिषद् पुनर्गठनः मोती दुगडको इन्ट्री, गोकर्ण विष्ट र लालबाबुको पद खोसियो

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् । बुधबार साँझ पठाइएको सूची औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको पुष्टि गरे । बिहीबार विहान सपथग्रहण राखिएको..

    कोही पनि भूमिहीन र सुकुम्बासी हुनुपर्दैन : मन्त्री अर्याल

    बुधबार, मंसिर ४, २०७६ साल
    कास्की, ४ मङ्सिर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशमा अब कोही पनि भूमिहीन बन्नु नपर्ने बताउनुभएको छ ।  कास्कीको प्रतिनिधिसभा उपनिर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुकुम्बासी निर्वाचन परिचालन उपसमितिले आज आयोजना गरेको छलफल कार्यक्रममा उहाँले भूमि विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट सर्वसम्मत पारित भएकाले त्यसकै आधारमा सरकारले भूमिहीन र सुकुम्बासीलाई जमीन उपलब्ध गराउने स्पष्ट पार्नुभयो । संविधानले नै सबै..

    स्थानीय वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर स्थानीय वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले हाल देशको धेरै जसो स्थानमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ”,..

    नेपाल-भारत सीमा सुरक्षा बैठकमा 'कालापानी' एजेन्डा किन बनेन ?

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर भारतले नेपालको कालापानी मिचेकोमा नेपाली तीब्र आक्रोशित भएका बेला नेपाल-भारत सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक बुधबारसुरु भएको छ।  तर सीमा विवाद उक्त बैठकको एजेन्डा होइन। बैठकमा दुईतर्फका उच्च सुरक्षा अधिकारी सम्मिलित छन्। उनीहरुले पूर्वनिर्धारित सुरक्षा एजेन्डामाथि छलफल गरेका छन्।  तीन महिनाअघि नै निर्धारित एजेन्डा सीमावर्ती अपराधलाई नियन्त्रण, हातहतियार ओसारपसारमा रोकावट, लागुऔषध तथा मानवतस्करी नियन्त्रण विषयमा छलफल भएको छ ।  बैठकमा नेपालको तर्फबाट..

    पेट्रोलियम पदार्थको मूल्य यथावत, यस्तो छ मूल्यसूची

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर   नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ ।    गत कात्तिक ३० गते इण्डियन आयल कर्पोरेशन (आइओसी)ले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ६५ पैसा वृद्धि भएर आएको छ भने डिजेलमा प्रतिलिटर ८०..

    उच्च अदालतका लागि पन्ध्र न्यायाधीश सिफारिस

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर   न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशबाट छ जना, सरकारी वकिलबाट एक जना र कानून व्यवसायीबाट आठ जना गरी १५ जना न्यायाधीशको नाम सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।   उच्च अदालतमा १२ न्यायाधीशको पद रिक्त रहेको थियो..

    अतिक्रमणमा परेको नेपाली भूमि फर्काएरै छाड्छौं : जनार्दन शर्मा

    बुधबार, मंसिर ४, २०७६ साल
    भक्तपुर, ४ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले अतिक्रमण परेको नेपालको भूमि फर्काएरै छाड्ने बताउनुभएको छ । आगामी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपी ढकालका लागि भोट माग्न आज नगरकोटमा आयोजना गरिएको घरदैलो कार्यक्रममा उहाँले भन्नुभयो, “हाम्रो कालापानी, लिपुलेक, लुम्पियाधुरा..

    सर्वोच्चले भन्यो – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर  भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको सर्वोच्च अदालतले उल्लेख गरेको छ । बन्दीप्रत्यक्षीकरणको एउटा रिटमाथिको सुनुवाई पछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा ‘नेपालको भूभाग’ भएको उल्लेख गरेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा लाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिका पक्षबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटको..

    ओली ५ वर्ष प्रधानमन्त्री, प्रचण्डले पाए पार्टीमा कार्यकारी अधिकार

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ५ वर्षको प्रधानमन्त्री बनाउने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको हो  । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको..

    राजीनामा दिन प्रधानमन्त्रीले गरेको आग्रह उपसभामुख तुम्बाहाम्फेद्वारा अस्वीकार

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर  संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पदबाट तत्काल राजीनामा नदिने भएकी छिन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गर्दै उपसभामुख तुम्बाहाम्फेले संवैधानिक पद संकटमा पर्नेगरी राजीनामा नदिने बताएकी हुन् ।  ‘सभामुखसमेत नभएको अवस्थामा मैले राजीनामा दिँदा संवैधानिक संकट हुन्छ’, उपसभामुखको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।  नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख र उपसभामुखको छुट्टै व्यक्तिलाई बनाउने..

    नेपाली भूभाग कुनै पनि हालतमा नछोडिने – महामन्त्री कोइराला

    बुधबार, मंसिर ४, २०७६ साल
    विराटनगर, ४ मङ्सिर    नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताउनुभएको छ ।   विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाउनुभएकामा नेपाली काँगे्रसको पनि समर्थन छ भन्नुभयो ।   महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब हुने अधिवेशनपछि मात्र उमेरको..

    मन्त्री हेरफेरले संसदीय समिति बैठक स्थगित

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेपछि संसदका राज्य व्यवस्था समितिको आजका लागि बोलाइएको बैठक प्रभावित भएको छ । बुधबार बिहान बोलाइएको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको हो । बैठकमा संघीय निजामती सेवा विधेयकबारे छलफल गर्ने कार्यसूची थियो र सो छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत बोलाइएको थियो । तर, मन्त्री पण्डित बैठकमा..

    नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ : नगरपालिका

    बुधबार, मंसिर ४, २०७६ साल
    भक्तपुर, ४ मङ्सिर    नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।   नगरपालिकाले उक्त जग्गाको दुरुपयोग भएको र अतिक्रमणसमेत भएकाले नगरपालिकालको बजेटले संरक्षण..

    मन्त्रिपरिषद पुनर्गठनअघि राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री र प्रचण्डको भेट

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर  मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारीसँग ओली र प्रचण्डले भेट गरेको जानकारी दिए ।  मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै बुधबार केहिबेरअघि प्रधानमन्त्री ओली र अध्यक्ष  प्रचण्डले  राष्ट्रपति भण्डारीलाई शीतल निवासमा भेटेका हुन् । बालुवाटारमा भेटवार्तापछि दुई नेता शीतलनिवास गएका थिए..

    मन्त्रिपरिषद् पुनर्गठन ! को-को फालिँदैछन् ?

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौं, ४ मङ्सिर  मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन भयो । मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् । यसले बुधबार मन्त्रिपरिषद् हेरफेर हुने बलियो सम्भावना देखाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन् । उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन् । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन..

    उपनिर्वाचन २०७६ : खटिए सुरक्षाकर्मी

    बुधबार, मंसिर ४, २०७६ साल
    सिमकोट, ४ मङ्सिर हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी खटिएका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपाध्यक्ष पदका लागि यहाँ उपनिर्वाचन हुनलागेको हो ।   जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि सुरक्षालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्ला बाहिरबाट ११६ सुरक्षाकर्मी हुम्ला पुगेर सो गाउँपालिकामा..

    धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता

    बुधबार, मंसिर ४, २०७६ साल
    तुलसीपुर, ४ मङ्सिर प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ ।  सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मङ्गलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । वली विप्लव समूहका जिल्ला..

    इरानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, दमनप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

    मंगलवार, मंसिर ३, २०७६ साल
    जेनेभा, ३ मङ्सिर पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्ने क्रममा दर्जनौँ इरानी मारिएको समाचारप्रति मङ्गलबार राष्ट्रसङ्घले गहिरो चासो व्यक्त गरेको छ ।  पेट्रोलको मूल्यवृद्धिविरूद्ध इरानमा शनिबारदेखि प्रदर्शनहरू हुँदै आएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विरोधका क्रममा दर्जनौँ व्यक्तिको मृत्यु भएको र एक हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ । स्लामिक गणतन्त्र इरानले गत बिहीबार पेट्रोलको मूल्य २०० प्रतिशतले वृद्धि भएको घोषणा गरेपछि नागरिकहरू..

    राजपालाई प्रधानमन्त्री ओलीले गरे यस्तो ‘अफर’

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर चर्को आन्तरिक दबाबका बीच समाजवादी पार्टीले सरकारबारे निर्णय नलिनुको र राष्ट्रिय जनता पार्टी (नेपाल) सँगको एकताबारे ठोस निर्णय नलिनुको कारणको खुलासा भएको छ ।  एकीकरणका लागि सरकार छाड्न दबाब दिइरहेको राजपा नेपाल र प्रधानमन्त्रीबीच सरकारमा सहभागी हुने बारे छलफल चलेको सूचना समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसम्म पुगेपछि पार्टीले तत्काल सरकार छाड्ने निर्णय नलिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा..

    नमुना जिल्ला बनाउन गुरुयोजना बनाउँछौँ : शेरधन राई

    मंगलवार, मंसिर ३, २०७६ साल
    भोजपुर, ३ मङ्सिर   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरलाई नमुना जिल्ला बनाउन गुरुयोजना तयार गरिने बताउनुभएको छ ।  उहाँले जिल्लाका सम्पूर्ण समस्याबारे आफू जानकार रहेकाले यहाँको हरेक क्षेत्रको विकासका लागि ६ महिनाभित्र गुरुयोजना बनाएर काम शुरु गर्ने बताउनुभयो ।    प्रदेश सरकारअन्तर्गत बन्न लागेको पिखुवा खोलाको पक्की पुल र भोजपुर रङ्गशालाको शिलान्यास गर्न आउनु भएका मुख्यमन्त्री राईले बजेटका कारण कुनै पनि..

    उपनिर्वाचन सार्थक सन्देश प्रवाह गर्ने अवसर : काँग्रेस

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन केही पदको मात्र भए पनि समग्रमा सरकार, प्रतिपक्ष र अन्य दलसँगै मतदाताका लागि पनि परीक्षा र अवसरको घडी भएको जनाएको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने क्रममा काँग्रेसले उपनिर्वाचन मतदाताका लागि सही सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा रहेको र उपनिर्वाचनलाई जनमत सर्वेक्षणका रुपमा लिन सकिने..

    मुलुक आर्थिक समृद्धितर्फ अग्रसर : प्रचण्ड

    मंगलवार, मंसिर ३, २०७६ साल
    नवलपरासी, ३ मङ्सिर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक आर्थिक समृद्धितर्फ अघि बढिरहेको बताउनुभएको छ । पश्चिम नवलपरासीको परासीमा आजदेखि सुरु भएको नवलपरासी औद्योगीक व्यापार मेला उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अघि बढ्ने विश्वास दिलाउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले अब देश आर्थिकसहित सबै  क्षेत्रमा समृद्धितर्फ अघि बढिरहेको दाबी गर्नुभयो । सो अवसरमा..

    मन्त्रिपरिषद बैठकमै प्रधानमन्त्री ओलीले 'भोलि नयाँ मन्त्रीको सपथ हुन्छ' भनेपछि ...

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिहरूको हेरफेर हुने जानकारी गराएका छन्। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको बताए। ओलीले को-को मन्त्री हट्दैछन र थपिदैछन् भन्नेबारेभने कुनै जानकारी नगराएको एक मन्त्रीले  बताए। स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ भोलि(बुधबार) नै हुने भएकाले कुनै औपचारिक कार्यक्रमसमेत नराख्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै..

    सबै सामुदायिक विद्यालयको सबलीकरण गरिन्छ : पौडेल

    मंगलवार, मंसिर ३, २०७६ साल
    हेटौँडा, ३ मङ्सिर प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रदेशभित्रका सबै सामुदायिक विद्यालयको सबलीकरण गर्ने बताउनुभएको छ ।  हेटौँडा–१८ मा रहेको गोरक्षेश्वर माविमा प्राविधिक शिक्षा शुरुआत गर्ने उद्देश्यले आयोजित महयज्ञको  उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले हरेक सामुदायिक विद्यालयको शिक्षा अन्तर्राष्ट्रियस्तरको हुनुपर्ने धारणा राख्नुभयो । सामुदायिक विद्यालय कमजोर र निजी विद्यालय मजबुद हुँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।  उहाँले विद्यालयलाई शान्तिक्षेत्रका..

    जहदा गाउँपालिकाका वडाध्यक्ष साह घुससहित पक्राउ

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई रु २१ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।  हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयनलगायतमा सहजीकरण गरिदिने भन्दै निजले रु २१ हजार घुस मागेको अभियोग छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिँदै गरेको अवस्थामा वडा नं १ को बुधनगरस्थित कार्यालयबाट..
    Weather Forecast