शनिबार, चैत्र २२, २०७६

    राज्य-समाज

    रामेश्वर राय यादव : सद्भावना, फोरम र माओवादी हुँदै श्रममन्त्रीसम्म !

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर   गरिबी, अभाव र बेरोजगारीबाट पिल्सिएका नागरिकलाई रोजगारी प्रदान गर्दै सामाजिक सुरक्षाको प्रत्याभूति गराउने मन्त्रालयको जिम्मेवारी पाउनुभएका रामेश्वर राय यादव सामाजिक सेवा गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गर्नुभयो ।    आर्थिक तथा सामाजिकरूपमा अत्यन्त पिछडिएको तराई मधेसका क्षेत्रका जनतामा राजनीतिको बिजारोपण गर्दै अगाडि बढ्नुभएका नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवको जन्म विसं २०१२ साउन ५ गते सर्लाहीको मलङ्गवामा भएको थियो ।    नेपाल..

    मन्त्रीहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने : 'पैसाको लोभ गरेर बदनाम नहुनुहोस्'

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई समन्वय गरी काम गर्न निर्देशन दिएका छन्। मन्त्रीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई एक दुई पैसाको लोभ नगर्न चेतावनी दिएका छन् । ‘कतिपय देशको भन्दा हाम्रो देशमा मन्त्रीहरूको तलब माथि छ,’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई निर्देशन दिँदै भने, ‘हामीले हाम्रो देशका श्रमिकलाई हेर्नुपर्छ । एक दुई पैसाको लोभ गरेर बदनामी कमाउनु हुँदैन ।   नवनियुक्त..

    पीडितलाई न्याय दिन ढिलाइ गर्ने पक्षमा छैन : प्रचण्ड

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई छिटै निष्कर्षमा पु¥याउने बताउनुभएको छ । द्वन्द्वपीडित साझा चौतारीले आज विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले शान्ति प्रक्रियाको अन्तिम चरणको काम छिटै नै टुङ्ग्याउने स्पष्ट पार्नुभयो । “जनयुद्वको नेतृत्व मैले नै गरेको हूँ, राम्रो काम र नराम्रो कामको जिम्मा मैले नै..

    ‘प्रधानमन्त्रीको गतिमा जोड दिन मन्त्रिपरिषद् पुनर्गठन’

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर   प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गर्नुभएको मन्त्रिपरिषद्मा केही नयाँ र अधिकांश पुराना अनुहारका मन्त्री पर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधबार राति केही मन्त्रीलाई हटाउँदै छैटाँै  मन्त्रिमण्डलको पुनर्गठन गर्नुभएको हो ।   विसं २०७५ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले त्यसपछि पटक–पटक मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर गर्नुभएको हो..

    काङ्ग्रेसद्वारा निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप रोक्न माग

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर   प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्वाचन आचारसंहिता विपरीत निर्वाचनलाई प्रभावित गर्ने कार्य नगर्न सबैलाई आग्रह गर्दै आचारसंहिता विपरित हुने क्रियाकलाप रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।   काङ्ग्रेसको ‘उपनिर्वाचन–२०७६, अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ले मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगद्वारा जारी निर्वाचन आचारसंहिताको इमान्दारीपूर्वक पालना गर्नु सबै पक्षको दायित्व र..

    जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा महरा, साधारण तारेखमा रहन पाउनुपर्ने माग

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।  महराले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी साधारण तारेखमा रहन पाउँ भन्दै निवेदन दर्ता गराएको उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले जनाए ।  संसद् सचिवालयमा काम गर्ने महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको..

    पावर समिट शुरु : क्षेत्रीय बजारको खोजीमा सरकार र निजी क्षेत्र सँगसँगै

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर   सरकारले घोषणा गरेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ऊर्जाको बजार खोज्ने लक्ष्यका साथ आजदेखि ‘पावर समिट, २०१९’ शुरु भएको छ ।    स्वतन्त्र ऊर्जा, उत्पादकको संस्था नेपाल (इपान)को प्रमुख आयोजना र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहयोगमा शुरु भएको सम्मेलनमा नेपाल, भूटान, बङ्गलादेश, भारत, चीन, नर्वे, अष्ट्रियालगायतका देशका प्रतिनिधि एवं लगानीकर्ता सहभागी छन् ।    सम्मेलनको उद्घाटन गर्दै..

    एनसेल कर प्रकरण : फैसलाको पूर्णपाठ सार्वजनिक

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर निजी दुरसञ्चार प्रयायक कम्पनी एनसेलको लाभकर विवाद सम्वन्धी पूर्णपाठ सार्वजनिक गरेको छ ।पूर्णपाठमा पाँच न्यायाधीशमध्ये एक न्यायाधीशले फरक मत राखेको छन् । न्यायाधीश सुष्मालता माथेमाले फरक मत राखेकी हुन् । उनीबाहेक तेजबहादुर केसीसहित ४ न्यायाधीशले एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभकरको जरिवाना मिनाहा गर्ने गरी समान राय दिएका छन् । फैसलाको पूर्ण पाठसँगै अब एनसेलले २१ अर्ब १० करोड ३९..

    नवनियुक्त स्वास्थ्य मन्त्रीले भने – अहोरात्र खट्न तयार छु, निष्ठा र इमान बन्धक बनाउँदिन

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएसँगै भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालय पुगेर पदवाहली गरेका छन् । उनले डाक्टरहरु काम गर्ने भएकाले स्वास्थ्य क्षेत्रमा निष्ठा र इमान डगमगिन नदिने बताएका छन् ।   कानुनबाट स्वास्थ्य मन्त्रालयमा सरुवा भएर पदभार ग्रहण गर्ने क्रममा उनले भने, ‘काम गर्दै जनताको मन जित्छु, कामले नै विश्वास लिन्छु। यो ठाउँ निष्ठाको थलो हो । स्वास्थ्यमा काम गर्ने डाक्टरहरु नै..

    मङ्सिर १४ को प्रतिक्षा : उपनिर्वाचनका लागि मतपत्र ढुवानी शुरु भएसँगै तात्यो चुनावी माहोल

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर ।  प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्रको ढुवानी शुरु भएसँगै चुनावी सरगर्मी बढेको छ  । निर्वाचन आयुक्त नरेन्द्र दाहालले उपनिर्वाचनका लागि मतपत्र छाप्ने कार्य पूरा भएसँगै बुधबारदेखि मतपत्र र मतदाता परिचयपत्रको ढुवानी शुरु गरिएको सञ्चारकर्मीलाई जानकारी दिएका थिए । आगामी ७ गतेम्ममा सबै निर्वाचन क्षेत्रमा मतपत्र र मतदाता परिचयपत्र पुगिसक्नेछ..

    बुढीगण्डकी आयोजना : मुआब्जा माग्दै धर्नामा बसे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई एकाबिहानै जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन् ।  गोरखा र धादिङ जिल्लाका विस्थापित हुने बजारहरू आरखेत, आरुघाट, खहरे लगायत बजार क्षेत्रको मुआब्जा निर्धारण हुनुपर्ने माग राख्दै आन्दोलित स्थानीयले बिहीवार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन् । धर्ना कार्यक्रममा डा. भट्टराई सहभागी भएका हुन् । डा. भट्टराईले ट्विट गर्दै लेखेका..

    नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर बुधबार साँझ नियुक्त भएका नवनियुक्त मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन् । सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति रहेको भएको राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित मन्त्रालयमा आजै पदभार ग्रहण गर्नेछन् । प्रधानमन्त्री ओली..

    नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गर्दै

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौं, ५ मङ्सिर नवनियुक्त मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त गरेका छ जना मन्त्री र तीन जना राज्यमन्त्रीको सपथ राष्ट्रपति कार्यालय शितलनिवासमा बिहान ११ बजे..

    उपनिर्वाचन २०७६ : मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

    बिहिवार, मंसिर ५, २०७६ साल
    सिमकोट, ५ मङ्सिर   जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ ।    जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ ।        जिल्लाका सात गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका अति संवेदनशील पालिका भएकाले चुनावलाई शान्त..

    काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भव

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मंसिर ।  निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ । द्रुतमार्गमा पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययनले पाइपलाइन बिछ्याउन सम्भव देखिएको हो । नेपाल आयल निगमका प्रबन्धक भरत रेग्मीले पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिए, उनको अध्ययनले निर्माणाधीन द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको जानकारी दिए। अमलेखगन्जसम्म आइपुगेको पाइपलाइनलाई पथलैयाबाट निजगढ नजिक रहेको दु्रतमार्ग..

    जर्मनीको कम्युनिष्ट पार्टीसँगको सम्बन्ध घनिष्ट बनाइन्छ : प्रवक्ता श्रेष्ठ

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल र जर्मनीको कम्युनिष्ट पार्टीबीच लामो र घनिष्ट सम्बन्ध रहेको बताउनुभएको छ ।    नेकपाको विदेश विभागको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जर्मनीको कम्युनिष्ट पार्टी द लेफ्ट (दि लिङ्के) का प्रतिनिधिबीच आज काठमाडौँमा भएको अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा उहाँले अहिलेको सम्बन्धलाई अझै राजनीतिक र वैचारिकरुपमा प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    कार्यक्रममा प्रवक्ता..

    मन्त्रिपरिषद् पुनर्गठनः मोती दुगडको इन्ट्री, गोकर्ण विष्ट र लालबाबुको पद खोसियो

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् । बुधबार साँझ पठाइएको सूची औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको पुष्टि गरे । बिहीबार विहान सपथग्रहण राखिएको..

    कोही पनि भूमिहीन र सुकुम्बासी हुनुपर्दैन : मन्त्री अर्याल

    बुधबार, मंसिर ४, २०७६ साल
    कास्की, ४ मङ्सिर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशमा अब कोही पनि भूमिहीन बन्नु नपर्ने बताउनुभएको छ ।  कास्कीको प्रतिनिधिसभा उपनिर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुकुम्बासी निर्वाचन परिचालन उपसमितिले आज आयोजना गरेको छलफल कार्यक्रममा उहाँले भूमि विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट सर्वसम्मत पारित भएकाले त्यसकै आधारमा सरकारले भूमिहीन र सुकुम्बासीलाई जमीन उपलब्ध गराउने स्पष्ट पार्नुभयो । संविधानले नै सबै..

    स्थानीय वायुको प्रभावले हल्का वर्षाको सम्भावना

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर स्थानीय वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले हाल देशको धेरै जसो स्थानमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ”,..

    नेपाल-भारत सीमा सुरक्षा बैठकमा 'कालापानी' एजेन्डा किन बनेन ?

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर भारतले नेपालको कालापानी मिचेकोमा नेपाली तीब्र आक्रोशित भएका बेला नेपाल-भारत सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक बुधबारसुरु भएको छ।  तर सीमा विवाद उक्त बैठकको एजेन्डा होइन। बैठकमा दुईतर्फका उच्च सुरक्षा अधिकारी सम्मिलित छन्। उनीहरुले पूर्वनिर्धारित सुरक्षा एजेन्डामाथि छलफल गरेका छन्।  तीन महिनाअघि नै निर्धारित एजेन्डा सीमावर्ती अपराधलाई नियन्त्रण, हातहतियार ओसारपसारमा रोकावट, लागुऔषध तथा मानवतस्करी नियन्त्रण विषयमा छलफल भएको छ ।  बैठकमा नेपालको तर्फबाट..

    पेट्रोलियम पदार्थको मूल्य यथावत, यस्तो छ मूल्यसूची

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर   नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ ।    गत कात्तिक ३० गते इण्डियन आयल कर्पोरेशन (आइओसी)ले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ६५ पैसा वृद्धि भएर आएको छ भने डिजेलमा प्रतिलिटर ८०..

    उच्च अदालतका लागि पन्ध्र न्यायाधीश सिफारिस

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर   न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशबाट छ जना, सरकारी वकिलबाट एक जना र कानून व्यवसायीबाट आठ जना गरी १५ जना न्यायाधीशको नाम सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।   उच्च अदालतमा १२ न्यायाधीशको पद रिक्त रहेको थियो..

    अतिक्रमणमा परेको नेपाली भूमि फर्काएरै छाड्छौं : जनार्दन शर्मा

    बुधबार, मंसिर ४, २०७६ साल
    भक्तपुर, ४ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले अतिक्रमण परेको नेपालको भूमि फर्काएरै छाड्ने बताउनुभएको छ । आगामी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपी ढकालका लागि भोट माग्न आज नगरकोटमा आयोजना गरिएको घरदैलो कार्यक्रममा उहाँले भन्नुभयो, “हाम्रो कालापानी, लिपुलेक, लुम्पियाधुरा..

    सर्वोच्चले भन्यो – कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर  भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको सर्वोच्च अदालतले उल्लेख गरेको छ । बन्दीप्रत्यक्षीकरणको एउटा रिटमाथिको सुनुवाई पछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा ‘नेपालको भूभाग’ भएको उल्लेख गरेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा लाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिका पक्षबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटको..

    ओली ५ वर्ष प्रधानमन्त्री, प्रचण्डले पाए पार्टीमा कार्यकारी अधिकार

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ५ वर्षको प्रधानमन्त्री बनाउने र पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको हो  । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको..

    राजीनामा दिन प्रधानमन्त्रीले गरेको आग्रह उपसभामुख तुम्बाहाम्फेद्वारा अस्वीकार

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर  संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पदबाट तत्काल राजीनामा नदिने भएकी छिन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गर्दै उपसभामुख तुम्बाहाम्फेले संवैधानिक पद संकटमा पर्नेगरी राजीनामा नदिने बताएकी हुन् ।  ‘सभामुखसमेत नभएको अवस्थामा मैले राजीनामा दिँदा संवैधानिक संकट हुन्छ’, उपसभामुखको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।  नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख र उपसभामुखको छुट्टै व्यक्तिलाई बनाउने..

    नेपाली भूभाग कुनै पनि हालतमा नछोडिने – महामन्त्री कोइराला

    बुधबार, मंसिर ४, २०७६ साल
    विराटनगर, ४ मङ्सिर    नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताउनुभएको छ ।   विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाउनुभएकामा नेपाली काँगे्रसको पनि समर्थन छ भन्नुभयो ।   महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब हुने अधिवेशनपछि मात्र उमेरको..

    मन्त्री हेरफेरले संसदीय समिति बैठक स्थगित

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेपछि संसदका राज्य व्यवस्था समितिको आजका लागि बोलाइएको बैठक प्रभावित भएको छ । बुधबार बिहान बोलाइएको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको हो । बैठकमा संघीय निजामती सेवा विधेयकबारे छलफल गर्ने कार्यसूची थियो र सो छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत बोलाइएको थियो । तर, मन्त्री पण्डित बैठकमा..

    नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ : नगरपालिका

    बुधबार, मंसिर ४, २०७६ साल
    भक्तपुर, ४ मङ्सिर    नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।   नगरपालिकाले उक्त जग्गाको दुरुपयोग भएको र अतिक्रमणसमेत भएकाले नगरपालिकालको बजेटले संरक्षण..

    मन्त्रिपरिषद पुनर्गठनअघि राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री र प्रचण्डको भेट

    बुधबार, मंसिर ४, २०७६ साल
    काठमाडौँ, ४ मङ्सिर  मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारीसँग ओली र प्रचण्डले भेट गरेको जानकारी दिए ।  मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै बुधबार केहिबेरअघि प्रधानमन्त्री ओली र अध्यक्ष  प्रचण्डले  राष्ट्रपति भण्डारीलाई शीतल निवासमा भेटेका हुन् । बालुवाटारमा भेटवार्तापछि दुई नेता शीतलनिवास गएका थिए..
    Weather Forecast