शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    काठमाडौँ महानगरपालिकालाई चीनले प्रदान गरेको बु्रमर सञ्चालन गर्न एक साता लाग्ने

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार । काठमाडौँ महानगरपालिकालाई चीनको छेन्दु नगरले प्रदान गरेको दुई थान बु्रमर (यान्त्रिक कुँचो ) सञ्चालन गर्न अझै एक साता लाग्ने भएको छ ।  गत आइतबार चीनको छेन्दु नगरले कामपालाई ब्रुमर प्रदान गरेको थियो । ब्रुमर सञ्चालन गर्ने रुट, त्यसको चालक र सहचालक तथा केही यन्त्र जडान गर्नुपर्ने भएकाले यसको सञ्चालनमा अझै केही समय लाग्ने कामपाले जनाएको छ ।  यो ब्रुमर युरो..

    ओली र आफू नेवारको ज्वाइँ रहेको स्मरण गर्दै बाबुरामले भने - अस्ति ससुराली खलकले अगुल्टा उचाले !

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौं, ६ असार । प्रतिनिधिसभा बैठकमा समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुठी विधेयकका सन्दर्भमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सतर्क हुन आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा अध्यक्ष भट्टराईले नेवार समुदायमा ससुराली भएका नेताले नै सरकार चलाइरहेको बेला नेवारहरू सडकमा उत्रिएकोतर्फ संकेत गर्दै सरकारलाई सचेत गराएका हुन् । ‘ज्याइँ न स्वाइँ अगुल्टाले च्वाइँ भन्ने गरिन्छ ।..

    पत्रकारलाई लोपार्ने र नाकको मुल्य तोक्ने इटहरीका मेयरको यो कस्तो शब्द चयन ?

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौं, ६ असार ।  पछिल्लो समय इटहरीको माहोल तातेको छ । इटहरीका मेयर द्वारिकलाल चौधरीले कहिले पत्रकारलाइ लोपार्ने, कहिले कर्मचारी कुट्ने त कहिले पत्रकारको नाकको मुल्य तोक्ने जस्ता अमानविय र अमर्यादित अभिव्यक्तिका कारण मेयर द्धारिकलाल चौधरी चर्चाको शिखरमा पुगेका छन् । इटहरी १६ स्थित लबिपुर चोकमा बुधबार बिहान भएको होटलमा हुने यौन क्रियाकलाप न्युनिकरणमा उनको शब्द चयनप्रति महिलाले अफ्ठेरो अनुभव गरेका थिए..

    योगेश भट्टराईलाई पर्यटनमन्त्री बनाउने तयारी, अरु को-को छन् मन्त्रीका आकांक्षी ?

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ।  सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष्टि गरेका छन् । पोखरा पुगेर अध्यक्ष प्रचण्डले मन्त्रीहरूको जिम्मेवारी फेरिनेबारे बोलेका हुन् । उनले १८ जेठमा विराटनगर विमानस्थलमा पनि पत्रकारहरूसँग कुरा गर्दै सरकारको कामलाई गति दिन..

    विप्लव कार्यकर्ता बन्दुक बोकेर गाउँगाउँ हिँड्न थालेका हुन् ? के छ राज्यको रणनीति ?

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ।  १. सर्लाहीमा बिहीबार दुईतर्फी गोली हानाहान, क्षति एकतर्फी, विप्लवका जिल्ला इन्चार्जको मृत्यु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मुठभेडमा मारिएको प्रहरीको दाबी छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्ती खोलामा बिहीबार दिउँसो मुठभेड भएको प्रहरीको भनाइ छ । राष्ट्रसेवक प्रहरीलाई सामान्य पनि क्षति नपुग्नु सुखद खबर हो । तर, मुठभेड भएर नै यस्तो भएको..

    रोकिएन भ्रष्टाचारको कुलत, नैतिक स्वास्थ्यमा गम्भीर गडबढी

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ।   सरकारले भ्रष्टचारमा शून्य सहनशीलताको नीति लिँदै आए पनि सरकारी क्षेत्रमा व्याप्त भ्रष्टाचार रोकिन नसकेका पुष्टि पछिल्ला घट्नाहरूले गरेका छन् । लामो समयदेखि भ्रष्टाचारको कुलतमा फस्दै आएका सरकारी अधिकारीहरूमा नैतिकता स्खलित हुन पुगेको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेपछि विभाग नै रित्तिएको छ ।..

    पशुपतिको मूल ढुकुटीमा भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ ?

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ।   ‘पशुपतिको मूल ढुकुटी खोल्नुपर्‍यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ ? भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ ? हेरौँ  त।’ राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबार उनले राजनीतिक सहमति गरेर वा कानुनै बनाउनुपर्ने भए बनाएर पनि मूल ढुकुटी खोल्नुपर्ने बताए। उनी राष्ट्रियसभामा सत्तारुढ दलका प्रमुख सचेतक हुन्। उनले बन्द..

    नेकपाका दुई अध्यक्षमा दरार, सरकार र पार्टी संचालनका विषयमा तीब्र मतभेद

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ।  नेकपा एमाले र एकीकृत माओवादीबीच एकता भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार र पार्टी संचालनका विषयमा तीब्र मतभेद देखिएको छ ।  पार्टी एकीकरण हुँदा जेट विमानका दुई पाइलट भनिएपनि पछिल्लो समय सरकार र पार्टी संचालनबारे दुई धार देखिएको  छ ।  सरकारको कार्यशैलीप्रति बेलाबेलामा असन्तुष्टि जनाउँदै आएका दाहाल..

    प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ?

    बिहिवार, आषाढ ५, २०७६ साल
    सर्लाही, ५ असार सर्लाहीको लालबन्दीमा प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् । मृतक पौडलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको छ भने झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको छ ।  विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ नम्बरको निलो रंगको १५० सीसीको पल्सर र अनटेस्ट एफजेड मोटरसाइकल पनि प्रहरीले..

    ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार

    बिहिवार, आषाढ ५, २०७६ साल
    चितवन, ५ असार   पूर्वी चितवनको राप्ती नगरपालिकाबाट गोर्खातर्फ लैजाँदै गरेका ४१ चेपाङ बालबालिकालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ ।    नगरपालीकाको वडा नम्बर १३ का ४१ बालबालिका र १३ अभिभावकलाई गोर्खाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ छोप्राकतर्फ लैजाँदै गर्दा भरतपुरको गोन्द्राङबाट उद्धार गरिएको हो ।    प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार सूचनाका आधारमा प्रहरी चौकी गोन्द्राङलाई परिचालन गरी ती बालबालिका, अभिभावक र छोप्राकको..

    न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा

    बिहिवार, आषाढ ५, २०७६ साल
    गलेश्वर, ५ असार । संस्कृतमा एउटा शुक्ति (भनाइ) छ : ‘विभूक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भोको मानिसले कुन पाप गर्दैन र ? सबै किसिमका पाप कर्म गर्छ ।’ संस्कृतको यो शुक्तिलाई म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका न्यून दृष्टियुक्त व्यक्ति आइतबहादुर दर्जीको परिश्रमले भने पुर्नलेखन गर्नुपर्ने बनाइदिएको छ । जन्मजातरुपमा दुवै आँखा नदेख्ने ५६ वर्षीय दर्जीले आफ्नो र परिवारको पेट भर्न र जीउ..

    रोजगार कार्यक्रमले छोएन युवालाई, जेठमा ४३ हजार युवा विदेश उडे

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार    बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३ हजार युवा विदेश उडेका छन् । स्वदेशमै रोजगारी अवसर सिर्जना गर्ने गरी सरकारले ‘प्रधामन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेपनि जेठमा ४३ हजार ६५४ युवा कामको खोजीमा विदेशिए ।   वैदेशिक रोजगार विभागका अनुसार, जेठमा ४० हजार ९०१ पुरुष र दुई हजार ७३५ महिला श्रम स्वीकृति लिएर विदेशिएका छन्..

    स्थानीय तहमा दातृ निकायले आफूखुशी काम गर्न नपाउने : मन्त्री पण्डित

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताउनुभएको छ ।  स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले बिहिबार यहाँ आयोजना गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उहाँले भन्नुभयो, “दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै पनि कार्यक्रम गर्दा प्रादेशिक तथा स्थानीय तह क्षमता विकास कार्यक्रमसँग समन्वय गरेर मात्र..

    सांसद यादवद्वारा वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गर्नुभएको छ ।  उहाँले कारखाना सञ्चालन नहुँदा हजाराँै मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको जानकारी दिनुभयो ।  बैठकमा सांसद गङ्गा चौधरीले गुठी विधेयक फिर्ता लिएर सरकारले श्रमजीवी किसानवर्गको अधिकार खोसेको आरोप लगाउनुभयो ।  सांसदहरू शशी श्रेष्ठले ऊर्जा विकास तीव्र गतिमा हुनुपर्ने, डिला सङ्ग्रौलाले..

    मन्त्रिपरिषद्मा पुनर्गठन हुनसक्छ, सरकार जनताप्रति जिम्मेवार छ : अध्यक्ष प्रचण्ड

    बिहिवार, आषाढ ५, २०७६ साल
    पोखरा, ५ असार   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताउनुभएको छ ।    प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको छ । तर यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनले चाहेको बेला मात्र पुनर्गठन हुन्छ । ”    अध्यक्ष प्रचण्डले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट दुई..

    प्रतिनिधिसभा : शून्य समय, काँग्रेसद्वारा यी ४ विधेयक फिर्ता लिन माग

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार । प्रतिनिधिसभाको बिहिबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो  ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरतकुमार शाहले गुठी विधेयक फिर्ता लिएसँगै संविधानको भावना विपरीत बनेका मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक पनि फिर्ता लिन माग गर्नुभयो ।  सांसद बिमला नेपालीले दलित समुदायलाई थरका आधारमा नागरिकता नदिएकामा आपत्ति जनाउनुभयो । सांसद भैरवबहादुर सिंहले..

    नेपालमा मनसुन सुरु, गत वर्षभन्दा १० दिन ढिला, कुन क्षेत्रमा बढी पानी ?

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार ।  नेपालमा यस वर्षकाे मनसुन भित्रिएकाे छ । अहिले १० दिन ढिलो गरी मनसुन प्रवेश गरेको छ । सामान्तया १० जुनमा मनसुन भित्रिने भए पनि १० दिन ढिलो गरी बिहीबार पूर्वी भागबाट मनसुन सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट मनसुन भित्रिएको भए पनि औपचारिक घोषणा भने गरिएको छैन । मनसुनी हावाको प्रभाव पूर्वी..

    नेपाल र मलेसियाबीचको श्रम सम्झौता कार्यान्वयनमा सरकारको जोड

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार नेपाल र मलेसियाबीचको श्रम सम्झौता कार्यान्वयनमा नेपाल सरकारको जोड दिएको छ ।  अन्तर्राष्ट्रिय  श्रम सम्मेलनमा सहभागी हुने क्रममा स्वीटजरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहालले मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनसँगको भेटवार्ताका क्रममा श्रम समझदारीलाई कार्यान्वयनमा लैजान जोड दिएका हुन् । नेपालको प्रतिनिधि मण्डलमा  रहेका मन्त्रालयका सहसचिव राम प्रसाद घिमिरेले नेपाल र मलेसियाबीच सम्पन्न श्रम..

    होटलमा ८ सिलिण्डर विष्फोट, करोडौँको क्षति

    बिहिवार, आषाढ ५, २०७६ साल
    जनकपुर, ५ असार ।  सिलिन्डर ग्यास पड्किएर जनकपुरमा बिहीबार बिहानै आगलागी भएको छ। जनकपुरधाम उपमहानगरपालिका –२ कदमचोकको होटलमा जडान गरिएको फ्रिजमा विद्युत सर्ट भइ आगलागी सुरु भएको थियो। आगलागीमा सोही होटलमा राखिएको ८ वटा ग्यास सिलिन्डर पड्किएको थियो। ग्यास विस्फोट भएपछि आगलागीले ठूलो रुप लिएको हो। आगोले तीनवटा होटेल पूर्ण रुपमा जलेको छ।  प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि..

    गुठी विधेयकविरुद्ध जनसागर उर्लियो, फिर्ता होइन, खारेजीकै माग

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार ।  विवादित ‘गुठी विधेयक’ को विरोध गर्दै आएका काठमाडौं उपत्यकाका नेवार समुदाय र अभियन्ताको आह्वानमा बुधबार राजधानीमा विशाल खबरदारी सभा सम्पन्न भएको छ । चर्काे दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको भोलिपल्ट पूर्वनिर्धारित कार्यक्रमअनुसार विशाल खबरदारी सभा गरिएको हो । माइतीघर मण्डलामा आयोजना गरिएको खबरदारी सभामा दोस्रो जनआन्दोलनको झल्को दिने गरी मानव सागर ओर्लिएको थियो । काठमाडौं उपत्यकाका..

    १३ महिनापछि राजनीतिक प्रतिवेदनमा सहमति, हट्ला त कार्यदिशाको अन्योल ?

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार । सत्तारूढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच ‘एक्ला–एक्लै’ भएको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने समझदारी जुटेको दाहाल निकट स्रोतले बतायो। ‘दुई अध्यक्षबीच राजनीतिक प्रतिवेदन प्रकाशन गरेर जाने समझदारी भएको छ’, स्रोतले भन्यो, ‘प्रतिवेदन प्रकाशनमा आएपछि कार्यदिशामा देखिन थालेको अन्योल हटेर..

    साउनमा भारतका राष्ट्रपतिको नेपाल भ्रमण तयारी, नेपाली राजदूतले गरे छलफल

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौं, ५ असार । तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी आएको तीन वर्षपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द साउनमा नेपाल आउने तयारी भइरहेको छ । भ्रमणको तयारीबारे मंगलबार भारतका विदेशसचिव विजयकेशव गोखलेले दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यसँग साउथ ब्लकमा छलफल गरेका छन् । ‘भारतका महामहिम राष्ट्रपतिज्यूको नेपाल भ्रमणको मिति तय भएको छैन,..

    शौचालयको विषयलाई लिएर काठमाडौंका मेयर–उपमेयर विवाद

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौं, ५ असार । सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकामा विवाद देखिएको छ । मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गी नेतृत्वको कार्यदल भंग गरेपछि विवाद देखिएको हो ।  गत ६ माघमा खड्गीको नेतृत्वमा अधिकार सम्पन्न सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनसम्बन्धि कार्यदल गठन गरिएको थियो । तर, वैशाख तेस्रो साता बसेको कार्यपालिका बैठकबाट मेयर शाक्यले कार्यदल भंग गरेका छन्..

    त्रिविमा यसरी हुन्छ ‘गोल्ड मेडल’ खरिद–बिक्री, फेल भएकालाई पनि गरिन्छ पास !

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौं, ५ असार  त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दिइने ‘गोल्ड मेडल’ खरिद–बिक्री हुने गरेको खुलेको छ । गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।  परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो । पाटन क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत कोइराला पेसाले..

    कर्णाली प्रदेशको बजेटले बहुआयमिक गरीबी घटाउँछ

    बुधबार, आषाढ ४, २०७६ साल
    कर्णाली, ४ असार   कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको बजेट बहुआयमिक गरीबी घटाउने गरी विनियोजन गरिएको बताउनुभएको छ ।    आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा  उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार विकास र सामाजिक सुरक्षाको दृष्टिकोणले यहाँका निम्न वर्गका नागरिकलाई लक्षित गरी बजेट ल्याइएको छ ।”    मन्त्री ज्वालाले आगामी आर्थिक वर्षको बजेटमा अग्निपीडित र बाढीपीडितलाई आगामी..

    गुठी आन्दोलनमा काठमाडौंका जनता उर्लिनुको कारण यस्तो छ

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौँ, ४ असार उपत्यकाका गुठियारहरुले सरकारले मङ्गलबार फिर्ता लिएको गुठी विधेयक खारेजी गर्नुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा आयोजना गरेको सांस्कृतिक झाँकी सहितको खबरदारीसभाका वक्ताले फिर्ता लिइएको गुठी विधेयक जुनसुकै बेला अघि बढ्नसक्ने भएकाले खारेजी हुनुपर्ने माग गरेका हुन् ।  सभामा सहभागी हुन शहरका विभिन्न स्थानका गुठियार मौलिकता झल्काउने बाजागाजा एवं सांस्कृतिक पहिचानसहित आएको देखिन्थे..

    परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौँ, ४ असार   गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न आग्रह गर्नुभयो ।   “राष्ट्रसेवकको मूल्याङ्कन उसले दिने परिणामबाट मात्र हुन्छ, परिणाम निस्कने गरी काम गर्नुहोस्, सशस्त्र प्रहरीलाई राज्यले..

    लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौं, ४ असार । लोकसेवा आयोगले विभिन्न स्थानीय तहमा नौ हजार १६१ पदका लागि खुलाएको विज्ञापन समानुपातिक, समावेशीको सिद्धान्त र संविधानविपरीत रहेको दाबीसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको थियो ।   लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी दरबन्दीको लागि खुलाएको विज्ञापनविरुद्ध सर्वोच्च मा दायर रिटको सुनुवाइ फेरि सरेको छ ।  छुट्टाछट्टै परेका चार रिटलाई एकैपटक सुनुवाइ गर्नेगरी हरिकृष्ण कार्की र ईश्‍वरप्रसाद खतिवडालाई चारवटै रिटको फाइललाई..

    ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौँ, ४ असार ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार पार्टी एकतामा भइरहेको विलम्ब, सरकारका कामकारवाही र त्यसलाई लिएर उत्पन्न पछिल्ला विवादहरुबारे छलफल भएको छ । छलफलका लागि ओलीले दाहाललाई आफ्नै निवास बालुवाटारमा बोलाएका थिए । प्रधानमन्त्री समेत रहेका ओलीको ९ दिने युरोप भ्रमणले पार्टी एकता प्रक्रिया रोकिएको थियो भने उनी स्वदेश फर्किएपछि पनि..

    हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौँ, ४ असार    श्रम ऐन, २०७४ तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हयात रिजेन्सी, काठमाडौँ) का मजदूर बुधबारदेखि काममा फर्किएका छन् ।    श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदूर सङ्घका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी..
    Weather Forecast