सोमबार, आषाढ २२, २०७७

    राज्य-समाज

    संसद सचिवालयले भन्यो–विजय गच्छदार निलम्बित भइसके

    शुक्रबार, माघ २४, २०७६ साल
    काठमाडौं, २४ माघ नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार प्रतिनिधिसभा सदस्य पदबाट माघ २२ गतेदेखिनै स्वतः निलम्बित भएको संसद सचिवालयले जनाएको छ । अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकै दिन भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम गच्छदार निलम्बन भएको सचिवालयले जनाएको हो । सचिवालयका सचिव गोपालनाथ योगीले शुक्रबार विज्ञप्ति जारी गरी अख्तियारले सचिवालाई पठाएको पत्र बिहीबार प्राप्त भएको जनाएका छन् ।..

    कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक २ दिनका लागि स्थगित

    शुक्रबार, माघ २४, २०७६ साल
    काठमाडौं, २४ माघ । प्रतिनिधिसभाको आजको बैठक २ दिनका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि रोकिएको बैठक सुचना टाँसेर स्थगित भएको हाे। शुक्रबार दिउँसो १ः२० बजेतिर शुरु भएको प्रतिनिधिसभा बैठकको शुरुमै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसको अवरोध जारी गरेपछि सभामुख अग्नि सापकोटाले आधा घण्टाका लागि स्थगित गरेका थिए । सभामुख सापकोटाले दिउँसो २ः१०..

    आईजीपी सर्वेन्द्र खनालको अवकास चार दिनपछि

    शुक्रबार, माघ २४, २०७६ साल
    काठमाडौं, २४ माघ। आईजीपी सर्वेन्द्र खनालले माघ २८ गते ३० वर्षे सेवा अवधीका कारण नियमित अवकाश पाउने भएका छन् । आईजीपी खनालसँगै ३ एआईजी र १८ जना डीआईजीले पनि एकैपटक अवकाश पाउँने भएका हुन् । खनालसँगै एआईजी पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई अवकाशमा जाँदैछन् ।यस्तै अवकाश पाउने डीआईहरुजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, सुरेशबिक्रम शाह, महेश बिक्रम शाह,..

    गच्छदारको समर्थनमा आज पनि काँग्रेसले संसद अवरुद्ध गर्दै

    शुक्रबार, माघ २४, २०७६ साल
    काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने तयारी गरेकाे छ । शुक्रबार बिहान संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको सो पार्टीको बैठकले संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो । आज बसेको संसदीय दलको बैठकले संसद बैठक अवरोध गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । काँग्रेसले राजनीतिक पूर्वाग्रहसहित आफ्नो दलका उपनेता समेत रहेका विजयकुमार..

    अख्तियारको निर्णयमा प्रश्न गर्ने पर्याप्त आधार छन् : गगन थापा

    शुक्रबार, माघ २४, २०७६ साल
    काठमाडौं, २४ माघ । अख्तियारले ललिता निवास सम्बन्धी गरेको निर्णयले अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न गर्ने पर्याप्त आधार भएकाे नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन् । बालुवाटार जग्गा प्रकरणमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले भने, ' विजय कुमार गच्छदारको संलग्नताको विषय अदालतमा प्रवेश गरिसकेको छ । उहाँ सही हुनुहुन्थ्यो वा गलत त्यसको फैसला अदालतले नै गर्नेछ । सम्मानित अदालतको निर्णय सबैले मान्नुपर्छ..

    चीनका नेपाली विद्यार्थीलाई तुरुन्त ल्याउन प्रधानमन्त्रीको निर्देशन

    शुक्रबार, माघ २४, २०७६ साल
    काडमाडाैं २४ माघ। प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमणको भयका कारण चीनको हुपे प्रान्तबाट फर्कन चाहने नागरिकलाई अविलम्ब स्वदेश ल्याउन निर्देशन दिएका छन्। बालुवाटारमा बिहीबार आयोजित विशेष बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजनाअनुरूप तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले चीनबाट फर्कन चाहने नेपालीका लागि क्वारेन्टाइनस्थल व्यवस्थित गरेर मात्र स्वदेश ल्याउन निर्देशन दिएको प्रेस सल्लाहकार..

    अख्तियारको निर्णय हास्यास्पद र पूर्वाग्रहपूर्ण देखिन्छ : गगन थापा

    बिहिवार, माघ २३, २०७६ साल
    काठमाडौं, २१ पुस नेपाली कांग्रेसका नेता गगन थापाले अख्तियारको निर्णय पूर्वाग्रहपूर्ण र हास्यास्पद भएको टिप्पणी गरेका छन्। बिहीबार साँझ ट्विट गर्दै नेता थापाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई उन्मुक्ति दिएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्।  'सार्वजनिक जग्गा आफ्नो नाममा बनाउने र सोको लागि अनेकन प्रपञ्च रच्ने वयक्ति नवीन पौडेल (नेकपा नेता विष्णु पौडेलका छोरा) र कुमार रेग्मीलाई आफ्नो..

    गच्छदारको बचाउमा कांग्रेसका भ्रातृ संस्था शुक्रबारदेखि विरोधमा उत्रने

    बिहिवार, माघ २३, २०७६ साल
    काठमाडौं, २१ पुस नेपाली कांग्रेसले उपसभापति विजय गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धाविरुद्ध आफ्ना भ्रातृ संस्थालाई सडकमा उतार्ने भएको छ।  पार्टी पदाधिकारीले केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संस्थालाई अख्तियारको कदमविरुद्ध सडकमा उत्रन निर्देशन दिएका हुन्। पार्टीको निर्णयअनुसार प्रमुख दुई भ्रातृ संस्थाले विरोधको कार्यक्रम सार्वजनिक गरेका छन्।  घोषित विरोधको कार्यक्रमअनुसार नेपाल विद्यार्थी संघले शुक्रबार माइतीघरमा विरोध प्रर्दशन गर्ने भएको छ। तरुण दलले आइतबार सोही..

    तत्कालीन प्रधानमन्त्री नेपालको बयान- व्यक्तिका नाममा जग्गा पुग्नुमा म जिम्मेवार छैन

    बिहिवार, माघ २३, २०७६ साल
    काठमाडौं, २३ माघ पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुगेका विषयमा आफू जिम्मेवार नभएको बयान दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको बयानका क्रममा तत्कालीन प्रधानमन्त्री नेपालले आफूले सरकारी निवास सुदृढीकरणमा मात्र चासो राखेर मन्त्रिपरिषद् आएको प्रस्तावमात्र पारित गरेको बयान दिएका हुन्। नेपाल लाइभले प्राप्त गरेको उनको बयानमा उनले भनेका छन्, 'नेपाल सरकार,..

    सर्वसम्मतिले पारित भयाे मिडिया काउन्सिल विधेयक-२०७६

    बिहिवार, माघ २३, २०७६ साल
    काठमाडौं, २३ माघ । राष्ट्रियसभाको आजको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ ।  बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिमा छलफल भई सहमति भएअनुसार नै पत्रकारहरुका लागि लाइसेन्स, परीक्षा तथा दर्ताक्रम हटाएर विधेयक पारित गरिएको हो..

    नेपालले चीनलाई १ लाख प्रोटेक्टिभ मास्क दिँदै

    बिहिवार, माघ २३, २०७६ साल
    काठमाडाैं, २३ माघ । चीनबाट उद्धार गरिने नेपालीहरुलाई उपत्यकाका चार ठाउँमा राखिने भएकाे छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरूसहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई काठमाडौँ र भक्तपुरका चार स्थानमा राख्ने व्यवस्था गर्न माग गरेका हुन्। प्रधानमन्त्री ओलीले कोरोना भाइरसको..

    कानूनमन्त्री बन्दै पूर्व अपसभामुख शिवमाया तुम्बाहाङ्फे

    बिहिवार, माघ २३, २०७६ साल
    काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा सामान्य हेरफेर गर्ने भएका छन् । आगामी फागुनमा नेपालभित्रै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नुअगावै प्रधानमन्त्रीले मन्त्रिपरिषद्‌मा हेरफेर गर्न लागेका हुन्। विदेशमा गएर मिर्गौला प्रत्यारोपण गर्दा त्यहाँको जटिल कानुन र सरकार अलपत्र पारेको स्वदेशबाट आलोचना तथा आरोपबाट समेत बच्ने उद्देश्य सहित प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका विशेषज्ञ र उपकरण नेपालमै झिकाएर मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा जुटेका हुन्। त्यसअगावै..

    अध्यक्ष प्रचण्ड र नवनियुक्त बेलायती राजदूतबीच भेटवार्ता

    बिहिवार, माघ २३, २०७६ साल
    काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटसँग भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान भएको भेटवार्तामा सदियौँदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको..

    बानेश्वरमा नेकपा नेताको रहस्यमय मृत्यु, सीसीटिभी क्यामेराको फुटेज गायब

    बिहिवार, माघ २३, २०७६ साल
    काठमाडौं, २३ माघ । काठमाडौंकाे बानेश्वरमा एक नेकपाका नेताकाे रहस्यमय मृत्यु भएकाे छ । गत मङ्गलबार ‘डी  चिफ एण्ड किचन’ रेष्टुरेन्टमा नेपाल कम्युनिष्ट पार्टी नेकपाकाभ्रेका जिल्ला नेता हरिदेव गिरी मृत अवस्थामा फेला परे । काठमाडौँ महानगरपालिका–३१ बानेश्वर आलोकनगरमा सञ्चालित ‘डी चिफ एण्ड किचन’ रेष्टुरेन्टमा मृत अवस्थामा भेटिएका गिरीको हत्या भएको आफन्तको दावी छ । ५१ वर्षीय गिरी काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरस्थित प्रयासमार्ग बस्दै आएका..

    काठमाडौंकै सडक ४ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

    बिहिवार, माघ २३, २०७६ साल
    काठमाडाैं २३ माघ।  संघीय राजधानी काठमाडौंकै सडकखण्ड ठेक्का सम्झौता भएको चार वर्षमा ६ किलोमिटर मात्र कालोपत्रे भएको छ । चावहिल–साँखु सडकखण्डमा निर्माण कम्पनी र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीले चार वर्षमा पनि कालोपत्रे सम्पन्न हुन सकेको छैन । त्यस खण्डको कालोपत्रे सम्पन्न गर्न दबाब दिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई वर्षको अवधिमा दुई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई लिएर अवलोकन गरिसकेका छन् ।  प्रधानमन्त्री केपी..

    चीनबाट फर्काइनेलाई भक्तपुरमा राख्ने भनिएपछि स्थानीयले गरे विरोध

    बिहिवार, माघ २३, २०७६ साल
    काठमाडाैं २३ माघ। सरकारले चीनमा रहेका नेपालीहरुलाई ल्याउनका लागि तयारी तीब्र बनाए पनि उनीहरुलाई ल्याएर राख्ने ठाउँको टुंगो नलाग्दा त्यहाँ रहेका नेपालीहरु उद्दारको प्रतिक्षामै छन् । उनीहरुलाई राख्ने सुरक्षित ठाउँको लागि सरकारले केही दिनदेखि विभिन्न सम्भावित ठाउँको अवलोकन गरिरहेको छ । सरकारले उनीहरुलाई ल्याएर भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने विषयमा समेत छलफल गरिसकेको छ । त्यहाँको वस्तुस्थिति र त्यहाँ राख्दा हुन..

    राजनीतिक नेतृत्वको छविमा सुधार ल्याउनुपर्छ : राष्ट्रियसभा सांसद

    बुधबार, माघ २२, २०७६ साल
    काठमाण्डौ, २२ माघ राष्ट्रियसभाका सदस्यहरुले भ्रष्टाचार निवारणका लागि ऐन कानून मात्रै बनाएर नहुने भन्दै राजनीतिक नेतृत्वको छविमा सुधार ल्याउनुपर्ने सुझाव दिएका छन् ।  राष्ट्रियसभाको बुधबारको बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७६ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले सवल राजनीतिक नेतृत्व र नेतृत्वको नैतिक आचरणमा पनि सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याएका हुन् । जितेन्द्र नारायण देवले दण्ड सजायको हकमा विगोलाई मात्रै आधार नबनाई भ्रष्ट्राचार..

    पालो कुरिरहेका ठाकुर ज्ञवालीलाई नै आईजिपी बनाउने तयारी

    बुधबार, माघ २२, २०७६ साल
    काठमाडौँ, २२ माघ सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको नेतृत्व दिने तयारी गरेको छ। वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण माघ २९ गते अनिवार्य अवकाश पाउँदैछन्। वरियता र वरिष्ठताका आधारमा ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नयाँ आईजिपी बनाउने तयारी गरेको एक मन्त्रीले जानकारी दिए। २०४६ साल माघ २९ गते खनालसँगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हालका तीन..

    कांग्रेसको प्रश्नः माधव नेपालको निर्णय, गच्छदारलाई मुद्दा?

    बुधबार, माघ २२, २०७६ साल
    काठमाडौं, २२ माघ नेपाली कांग्रेसले ललिता निवास प्रकरणमा जोडिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई उन्मुक्ति दिएर एक जना मन्त्री विजय गच्छदारलाई मुद्दा चलाएकोप्रति असन्तुष्टि जनाएको छ। बुधबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारमा रहेको ललिता निवासको जग्गा व्यक्तिका नाममा पारेर अर्बौ भ्रष्टाचार गरेको भन्दै तत्कानीन उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले यस्तो प्रतिक्रिया दिएको..

    बालुवाटार जग्गा प्रकरण : जग्गा फिर्ता दिन्छु भनेपछि विष्णु पौडेललाई उन्मुक्ति

    बुधबार, माघ २२, २०७६ साल
    काठमाडौं, २२ माघ बालुवाटार जग्गा प्रकरणमा जोडिएको एउटा नाम हो विष्णुप्रसाद पौडेल। सत्तारुढ नेकपाका महासचिव समेत रहेका पूर्वअर्थमन्त्री पौडेल यसअघिका अर्थमन्त्री पनि हुन्।  पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको टोलीले अनुसन्धान अघि बढाएदेखि नै उनको नाम यो प्रकरणमा मुछिएको थियो। तर बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलका छोरा अर्थात् जग्गाधनी नवीन पौडेलको नाम परेन।  पौडेलले आफूले नवलपरासीको जग्गा बेचेर त्यहाँ..

    विजय गच्छदार सांसदबाट निलम्बित

    बुधबार, माघ २२, २०७६ साल
    काठमाडौं, २२ माघ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी रहेको भन्दै अख्तियारले गच्छदारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो। त्यतिबेला गच्छदार भौतिक पूर्वाधार..

    ललिता जग्गा प्रकरण: तीन पूर्वमन्त्रीबिरुद्ध मुद्दा दर्ता

    बुधबार, माघ २२, २०७६ साल
    काठमाडौं, २२ माघ बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  संलग्न रहेका १ सय ७५ जना आरोपितहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरुमाथि अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। आरोपितहरुमा नेपालकी कांग्रेसका उपसभापति विजय कुमार गच्छदारसहित तीनजना पूर्वमन्त्री पनि रहेका छन् ।  प्रमुख आयुक्त नवीनकुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेब जोशीलाई..

    नेकपा संगठन विभागमा थपिए भीम रावलसहित ११ नेता

    बुधबार, माघ २२, २०७६ साल
    काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' ले संगठन विभागको विस्तार गरेको छ। विस्तारका क्रममा नेकपा संगठन विभागमा भीम रावलसहित ११ जना नेता थपिएका छन् । माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठक लगत्तै नेकपाको सबैभन्दा शक्तिशाली मानिने संगठन विभाग विस्तार गरिएको हो। हालैको केन्द्रीय कमिटी बैठकबाटै उपाध्यक्ष बनेका वामदेव गौतम प्रमुख रहेको संगठन विभागमा सातै प्रदेशका इन्चार्जलाई थपेर १५..

    ‘प्रचण्डजी र म भर्खर लभ परेको जोडी होइनौँ, अर्कालाई भेट्यो कि ठुस्किने’

    बुधबार, माघ २२, २०७६ साल
    प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् । करिब एक घण्टा लामो सो कुराकानीका क्रममा प्रम ओलीले धेरैपटक सम्पादकहरुलाई हँसाएका थिए । उनले भनेका थिएः भैसेँपाटीमा केही साथीहरु बैठक बस्नुभयो तर म त्यसमा थिइनँ भनेर ओली अल्पमतमा पर्यो भनेर तपाईंहरुले लेख्नुभयो, के हामी भर्खर लभ परेका जोडी..

    भोलि र पर्सी वर्षा हुने सम्भावना : यस्ताे छ तीन दिनको माैसमको पूर्वानुमान

    बुधबार, माघ २२, २०७६ साल
    काठमाडौं २२ माघ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । माैसमी प्रणाली सक्रिय नभए पनि महाशाखाले  देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आज आंशिक बदली  हुने जनाएको छ । आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आज केही स्थानमा आंशिक बदली रहेपनि वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको हो । भोलि र पर्सी भने सामान्य..

    ओली भन्छन म आफैं ५५ वर्ष स्वतन्त्रताका निम्ति लडेको छु

    बुधबार, माघ २२, २०७६ साल
    काठमाडाैं २२ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सम्पादकहरूको मुटु छैन’ भनेर दिएको अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन् । मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले आफूले सामान्य ढंगले मुटु भएका सम्पादक छैनन् भनेकाे बताएका हुन् । यसमा आफ्नाे कुनै बदनियत नभए पनि सम्पादकहरुले बढी प्रतिक्रिया व्यक्त गरेको गुनासो उनले गरे ।  प्रधानमन्त्रीले के भने ?  पहिलो कुरा त प्रेस स्वतन्त्रता र मिडियाको स्वतन्त्रताको सम्बन्धमा म..

    विश्व स्वास्थ्य संगठन भन्छः नोबेल कोरोना भाइरस अहिलेसम्म महामारी होइन

    मंगलवार, माघ २१, २०७६ साल
    काठमाडौं, २१ माघ चार सयभन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोना भाइरसले २० हजारभन्दा बढी संक्रमित देखिएको पुष्टि भएको छ। चीनसहित अन्य २७ मुलुकमा यस भाइरस फैलिसक्दा विश्व स्वास्थ्य संगठनले यस नोबल कोरोना भाइरस अहिलेसम्म महामारी नभएको बताएको छ। हालसम्म यस नयाँ कोरोना भाइरस महामारीको दर्जामा नपुगेको विश्व स्वास्थ्य संठनका प्रमुख सिल्भी ब्रियान्डले मंगलबार बताएका हुन्। डब्लूएचओले महामारीको व्याख्या गर्दै भनेको छ,‘महामारी नयाँ रोग विश्वभर..

    संविधान संशोधन नभए जनविद्रोहको बलमा संशोधन : यादव

    मंगलवार, माघ २१, २०७६ साल
    सप्तरी, माघ २१ समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए जनविद्रोहको बलमा संशोधन गराएरै छाड्ने बताएका छन् । सप्तरीको राजविराजमा मंगलबार आयोजित संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । आफूहरु शक्ति निर्माणको क्रममा अगाडि बढेको जनाउँदै यादवले जनविद्रोहको बाटो अवलम्बन गरिने उद्घोष गरे । राष्ट्रिय जनता पार्टीसँगको एकता अपरिहार्य रहेको र चाँडै एकता हुनेमा आफूहरु विश्वस्त रहेको..

    कांग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    मंगलवार, माघ २१, २०७६ साल
    काठमाडौं, २१ माघ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । कांग्रेसले मुलुकभित्र रोजगारीका अथाह सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नुपर्ने जनाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित सो प्रस्ताव सदनमा मंगलबार दर्ता गराएको हो । प्रस्तावको प्रस्तावकमा सांसद डा डिला सङ्ग्रौला (पन्त) एवं समर्थकमा सांसदद्वय सञ्जयकुमार गौतम र रङ्गमति शाही..

    कांग्रेसभित्र बाहिर भनिए जस्तो विवाद छैन, कमजोर पार्न गलत समाचार सम्प्रेषण

    मंगलवार, माघ २१, २०७६ साल
    पर्सा, २१ माघ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन् । पार्टी नेतृत्वले विधानलाई पाखालगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद देखिएको बताउँदै उनले विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने विश्वास व्यक्त गरे ।     नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले केन्द्रीय कमिटीले..
    Weather Forecast