बुधबार, माघ ८, २०७६

    राज्य-समाज

    महरालाई सात दिन हिरासतमा राख्न अनुमति

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक   काठमाडौँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धाका लागि थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।    न्यायाधीश सुदर्शनराज पाण्डको एकल इजलासले आजकै दिनदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयोे । उहाँका अनुसार महरालाई डिएनए परीक्षणका लागि रगत उपलब्ध गराउनसमेत अदालतले आदेश दिएको छ । यसअघि यही कात्तिक..

    विनापूर्वाग्राही ढङ्गबाट कलम चलाउनुपर्छ : मुख्यमन्त्री भट्ट

    बिहिवार, कार्तिक ७, २०७६ साल
    कैलाली, ७ कात्तिक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चारकर्मीलाई निष्पक्ष, इमान्दारिता र विनापूर्वाग्राही भएर कलम चलाउन सुझाव दिनुभएको छ । आज धनगढीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को प्रथम सुदूरपश्चिम प्रादेशिक महाधिवेशनको उद्घाटन समारोहमा उहाँले कुनै पनि विषयवस्तुका बारेमा निष्पक्ष, इमान्दार र विनापूर्वाग्राही भएर कलम चलायौँ भने सत्तामा बसेकालाई सहज हुन्छ र जनतालाई पनि लाभ हुने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री..

    संविधान मानेर हिंसा त्यागे विप्लव समूहसँग वार्ता : मन्त्री बाँस्कोटा

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक   सरकारले संविधानलाई स्वीकार गर्दै हिंसात्मक गतिविधि त्यागे नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग वार्ता गर्न सकिने स्पष्ट पारेको छ ।   सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटले संविधानले राजनीतिक, आर्थिक, सामाजिकलगायत अधिकारको सुनिश्चित गरेको भन्दै उक्त समूहलाई संविधानलाई आत्मसात गरी हिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभयो ।    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आफ्नै मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा..

    अपराध नियन्त्रणका लागि २३ हजार साझेदार समिति

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक नेपाल प्रहरीले अपराध रोकथाम र शान्तिसुरक्षा कायम राख्न देशभर २३ हजारभन्दा बढी साझेदार समिति निर्माण गरेको छ ।  ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ २०७५ कात्तिक ११ गतेदेखि शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत उक्त साझेदार समिति निर्माण गरिएको हो । स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने..

    प्रधानमन्त्री ओली दोहामा, अजरबैजान प्रस्थान गर्दै

    बिहिवार, कार्तिक ७, २०७६ साल
    दोहा, ७ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा जानेक्रममा यहाँ आइपुग्नुभयो ।  यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ ।  दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका..

    उपनिर्वाचनको तयारीमा दलहरु, नेकपा र काङ्ग्रेसबीच मुख्य प्रतिस्पर्धा

    बिहिवार, कार्तिक ७, २०७६ साल
    सङ्खुवासभा, ७ कात्तिक आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुले राजनीतिक गतिविधि तीव्र पारेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रिक्त विभन्न पदका लागि उपनिर्वाचन हुने भएपछि दलहरू उम्मेदवार छान्न थालेका छन् ।  मकालु गाउँपालिकाको अध्यक्ष पद तथा खाँदबारी नगरपालिका–३ को वडाध्यक्ष पद रिक्त छ । मकालुका अध्यक्ष खड्गबहादुर कटुवालको २०७४ माघ २९ गते दुर्घटनामा परी निधन भएको थियो । खाँदबारी–३..

    शुक्रवारदेखि निर्वाचन आचारसंहिता लागू हुने, के गर्न पाइँदैन ?

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक  शुक्रवारदेखि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने जिल्ला, प्रदेश सभा सदस्यको निर्वाचन हुने जिल्ला र स्थानीय तह सदस्यको निर्वाचन हुने स्थानीय तहमा भोलीदेखि आचारसंहिता लागू हुने जनाएको छ । आचारसंहिता लागू भए देखि निर्वाचन सम्पन्न नभएसम्म प्रचार प्रसार, नयाँ कार्यक्रम, भवन, सवारी साधन वा अन्य सामग्री..

    बारा र पर्सामा आएको ‘घुम्रपात’ले ४४ किमि दूरी तय गरेको थियो

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरी (टोर्नेडो) पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको थियो । जल तथा मौसम विज्ञान विभागले उक्त विनाशकारी हावाहुरी सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्राविधिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार विनाशकारी हावाहुरीको अधिकतम गति १८० देखि २६५ किमि प्रतिघण्टा भएको..

    महरालाई अनुसन्धान गर्न समय थप, तिहार हिरासतमै !!

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक ।   निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ७ दिन हिरातमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई ७ दिन थुनामा राखेर थप अनुसन्धान गर्न बिहीबार काठमाडौं जिल्ला अदालतले म्याद दिएको हो । प्रहरीले बिहीबार महरालाई अदालतमा उपस्थित गराउँदै अनुसन्धानका लागि थप थुनामा राख्नु पर्ने भएको भन्दै समय..

    यी हुन् मन्त्रिपरिषद्का १७ निर्णय : धानको मूल्य तोक्नेदेखि बढुवासम्म

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौं, कात्तिक ७ । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै बिहीवार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कात्तिक १३ गते सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् । यी हुन् २०७६ कात्तिक ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु : १. नेपाल सरकार र बंग्लादेश सरकारबीच सम्पन्न द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोध सम्बन्धी सम्झौता संघीय संसद्मा जानकारीका लागि पेश गर्न स्वीकृति दिइएको छ..

    उपनिर्वाचन आचारसंहिता जारी, पद सिर्जनादेखि सरुवा, बढुवा सबै काम रोकियो

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले आज यहाँ विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो । मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक,..

    उपत्यकामा पटाका आयातमा कडाइ, राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक  तिहारमा पटाका आयातमा कडाइ गर्नका लागि उपत्यका छिर्ने विभिन्न नाकामा कडा सुरक्षा जाँच हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधबार प्रमुख जिल्ला अधिकारीको संयोजनमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जिवन आचार्यले बताए ।   तिहार तथा छठ पर्व मनाउने क्रममा आतिशबाजी, पटाका जस्ता प्रज्वलनशीत पदार्थको..

    प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान, शिखर सम्मेलनहरूमा सक्रिय सहभागिता

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।  उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा..

    महरा प्रकरणमा प्रहरीले गुजार्‍यो १८ दिन : अझै सकिएन अनुसन्धान

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक  संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको अभियोगमा कृष्णबहादुर महरालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले दिएको म्याद सकिएको छ ।  यही असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरीवृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ ।  जिल्ला अदालतले कात्तिक २ गतेबाट लागू हुनेगरी पाँच दिनको म्याद अदालतले थप गरेको थियो । जुन..

    प्रधानमन्त्री बाकु प्रस्थान गर्दै, यस्तो छ परराष्ट्र मन्त्रालयले तयार पारेको कार्यक्रम !

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौं, ७ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाने भएका छन् । ओली बिहीबार बिहान ११ः४० बजे  अजरबैजानको बाकुतर्फ प्रस्थान गर्दैछन् ।  अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । उनको साथमा पत्नी राधिका शाक्य पनि जानेछन् । उनीसँगै भ्रमण दलमा रहेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार..

    विश्वकै यी १० हत्याकाण्डहरु जसले विश्व राजनीतिमा उथलपुथल मच्चायो

    बिहिवार, कार्तिक ७, २०७६ साल
    एजेन्सी, ६ कात्तिक ।  विश्वका केही विश्व नेताहरु डरलाग्दो हत्याकाण्डको शिकार भएका थिए । जसले विश्व राजनीतिमा हलचल नै ल्याइ दिएको थियो ।  विश्वकै शक्तिशाली देश अमेरिकामा समेत यस्ता घटनाहरु बारम्बार दोहोरिए । भारत, पाकिस्तान, नेपालजस्ता देशमा हत्याका कारण राजनीति संकट चरमोत्कर्षमा पुगेको थियो । यी हुन् विश्वकै केही डरलाग्दा हत्याकाण्डहरु: जोन एफ केनेडी अमेरिकामा ३५ औ राष्ट्रपतिको हत्या सन् १९६३, २२ नोभेम्बर, डालासमा भएको..

    दोहोरो नागरिकताको आरोप लागेका कँडेलले पत्रकार सम्मेलनमा के भने ?

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक नेपाली काङ्ग्रेसका नेता एवं पूर्वसङ्घीय सांसद देवेन्द्रराज कँडेलले आफूसँग भारतीय नागरिकता रहेको भन्ने समाचारको खण्डन गर्नुभएको छ ।  काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गरी उहाँले आफ्नो नाममा हालसम्म भारतको नागरिकता नभएको र भारतको कहीँकतै स्थानीय वा आम निर्वाचनमा मतदाता सूचीमा नाम नरहेकोसमेत स्पष्ट पार्नुभएको छ । उहाँले आफ्नो बाल्यकालदेखिको शिक्षा भारतमा भएको र सोही शैक्षिक प्रमाणपत्रको आधारमा नै उहिल्यै..

    सङ्क्रमणकालीन न्यायलाई अघि बढाउन माग

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक   द्वन्द्वपीडित साझा चौतारीले नेपालको दशवर्षे सशस्त्र द्वन्द्वका पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई अविलम्ब अगाडि बढाउन माग गरेको छ । चौतारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा पीडामा पिल्सिरहेका आफ्ना नागरिकको पीडाको सुनुवाइका लागि इमान्दार भएर सङ्क्रमणकालीन न्यायको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।         विज्ञप्तिमा भनिएको छ, “पीडामा मलम लगाउनका लागि तत्काल विश्वसनीय र ठोस कदम चाल्नु सरकारको उत्तरदायित्व..

    शहीदका सपना पूरा गर्नु साझा कर्तव्य– मुख्यमन्त्री गुरुङ

    बुधबार, कार्तिक ६, २०७६ साल
    पोखरा, ६ कात्तिक   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीदले देखेका सपना पूरा गर्नु सबैको साझा कर्तव्य भएको बताउनुभएको छ ।    थमन परियार स्मृति प्रतिष्ठानद्वारा पोखरा २८ माझठानामा आज आयोजित शहीद थमन परियार स्मृति खेल मैदान र वडास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले शहीदको बलिदानीबाट मुलुक वर्तमान अवस्थासम्म आउन सफल भएको बताउनुभयो ।   ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको अभियानलाई सफल बनाउन तीनै तहका सरकारबीच..

    नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी भनाइको सरकारद्वारा खण्डन

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक अमेरिकाले नेपालमा चिनियाँ प्रभाव बढेको र त्यसको असरको रूपमा तिब्बती समुदायमाथि कडाई गरिएको बताएपछि नेपाल सरकारका प्रवक्ताले त्यसको खण्डन गरेका छन्। संचारमन्त्री गोकुल बाँस्कोटाले नेपाली भूमिबाट कसैलाई पनि अर्को मित्रराष्ट्रलाई असर हुने काम हुन नदिइने बताउँदै अमेरिकी चासोमा 'कुनै दम नभएको' बताए। अमेरिकी संसदको विदेश मामिला सम्बन्धी एक उपसमितिमा बोल्न उपस्थित भएकी अमेरिकी विदेश मन्त्रालयकी दक्षिण एवं मध्य एसिया हेर्ने..

    कुनै अलमलविना शान्ति, स्थिरता र सुशासनको बाटोमा : मुख्यमन्त्री राई

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘समृद्घ नेपाल, सुखी नेपाली’को यात्रा तय भइसकेकाले कुनै अलमलविना देश शान्ति, स्थिरता र सुशासनको बाटोमा हिँडिरहेको बताउनुभएको छ ।   आज यहाँ भोजपुरे सेवा समाज, काठमाडौँले आयोजना गरेको देउसी, भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री राईले आफ्नो प्रदेशले पनि स्वच्छ, सुखी र समुन्नत प्रदेशको लक्ष्य लिएर सोहीअनुसार काम गरिरहेको बताउनुभयो ।    उहाँले..

    संविधानको अन्तर्राष्ट्रिय समुदायद्वारा सराहना : प्रधानमन्त्री ओली

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अङ्गीकार गरेका व्यवस्थालाई उत्कृष्ट ठह¥याउँदै अन्तर्राष्ट्रिय समुदायले त्यसको सराहना गरेको बताउनुभएको छ ।   नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसीसिल्भर अवार्ड–२०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आज बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, समानता तथा भेदभावरहित समाज निर्माणका विषयलाई अन्तर्राष्ट्रियरुपमा पहिचान गरी सम्मान गर्नु नेपालको सफलता भएको..

    राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रधानमन्त्रीको निर्देशन

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट आज विभिन्न सात आयोजनाको प्रत्यक्ष जानकारी लिई अनुगमन गरेपछि प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो । ऊर्जा, जलस्रोत र सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग..

    राष्ट्रपति भण्डारी चीनमा !

    बुधबार, कार्तिक ६, २०७६ साल
    ग्वाङ्झाउ, ६ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किने क्रममा चीनको ग्वाङ्झाउमा आइपुग्नु भएको छ ।  उहाँलाई ग्वाङ्झाउ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, त्यहाँँस्थित नेपाली कार्यबाहक महावाणिज्यदूत कुञ्जन शाह तथा दूतावासका कर्मचारीले स्वागत गर्नुभयो ।  राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव..

    राहदानी लिनेको संख्या तीन गुणाले वृद्धि, विभाग भन्छ– डीभीमात्रै होइन कारण

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौं, ६ कात्तिक राहदानी विभागमा राहदानी बनाउनेको भीड बाक्लो देखिएको छ । राहदानी विभागले सधैंको भन्दा भन्डै तीन गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ ।   अमेरिकाले सन् २०२१ का लागि खुला गरेको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा भर्न राहदानी अनिवार्य गरेपछि राहदानी लिनेहरुको संख्या ह्वात्तै बढेको हो  । यद्यपि विभागले डीभीमा गरिएको अनिवार्यताकै कारणमात्रै राहदानी बनाउनेको संख्या..

    किन महरालाई भेट्न चाहँदैनन् शीर्ष नेताहरु ?

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौं, ६ कात्तिक बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट्न पार्टीका शीर्ष नेताहरुमध्ये कोही पनि गएका छैनन् । पक्राउ परेलगतै अस्वस्थ्य भएका महरा नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् । विगतको भन्दा स्वास्थ्यमा केही सुधार भए पनि उनको उपचार जारी छ ।  प्रतिपक्षी दल कांग्रेसका नेता कृष्ण सिटौला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि सापकोटा, मातृका यादव, देव गुरुङ..

    २५० देखि ३०० कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्ने : अध्ययन

    बुधबार, कार्तिक ६, २०७६ साल
    चितवन, ६ कात्तिक ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताउनुभयो ।  मन्त्री पुनले सो कामका लागि चालु आर्थिक वर्षमा रु २८ करोड बजेट छुट्टा्याइएको बताउनुभयो । उहाँले ४१ जिल्लामध्ये चितवन..

    कतारको श्रम कानूनमा सुधार : लाखौँ आप्रवासी कामदार लाभान्वित हुने, चौतर्फी स्वागत !!

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको सङ्ख्यामा रहेका आप्रवासी कामदार लाभान्वित हुने भएका छन् ।  लामो समयदेखि आप्रवासी कामदारका क्षेत्रमा क्रियाशील सङ्घसङ्गठनले आवाज उठाउँदै आएका विषयलाई सम्बोधन गर्ने गरी कतार सरकारले श्रम कानूनमा व्यापाक सुधार गर्ने घोषणा गरेको छ । कफला प्रणालीको अन्त्य गर्ने र प्रवासी कामदारको अधिकारको संरक्षणमा महत्वपूर्ण..

    सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेलाई कारवाही

    बुधबार, कार्तिक ६, २०७६ साल
    काठमाडौँ, ६ कात्तिक । नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ । सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम पृतना हेडक्वाटरमा नक्कली परिचयपत्र बनाइ किर्ते गरेको..

    प्रचण्डको विश्वास छैन, बाबुरामको राजनीति असम्भव : मोहन वैद्य

    बुधबार, कार्तिक ६, २०७६ साल
    प्यूठान, ६ कात्तिक ।  नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रचण्ड र बाबुरामको चर्को आलोचना गरेका छन् । तत्कालीन १० वर्षे जनयुद्धको समयमा भएको सहकार्यलाई स्मरण गर्दै उनले प्रचण्ड र बाबुरामले पुराना सबै कुरा बिर्सिसकेको आरोप लगाए । नेकपा क्रान्तिक्रारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका चर्को आलोचना..
    Weather Forecast