शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    बालुवाटारको जग्गा प्रकरण : अख्तियारले बयानका लागि ८६ जनालाई डाक्यो

    बिहिवार, आषाढ १२, २०७६ साल
    असार १२, काठमाडाैं ।  बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको मामिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ जनालाई बयानका लागि सात दिनभित्र आयोगमा उपस्थित हुन बुधवार सार्वजनिक सूचना जारी गरेको छ । सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेकाहरूलाई बयानका लागि बोलाइएको अख्तियार स्रोतले आर्थिक अभियानलाई बतायो । तर, यो सूचीमा उक्त ठाउँको ८ आना जग्गा आफ्नो नाममा दर्ता गरेका..

    पोखरा महानगरमा कांग्रसले माइन्युट च्यात्दै टेबल फुटायो (भिडियोसहित)

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार । प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले माइन्युट च्यात्दै टेवल फुटाएका छन्। पोखरा महानगरपालिकाको बजेट छलफलमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले माइन्युट च्यातेका हुन्।  नगर परिषदका सांसद रहेका वडा अध्यक्षहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै माइन्युट च्यात्ने र कुर्सी टेबुल फोर्ने काम गरे। नगर परिषद चलिरहेका बेला वडा अध्यक्षहरुले तोडफोड गरेका हुन्। तोडफोडपछि नगर परिषदकोे छलफल प्रभावित भएको छ। आक्रोसमा..

    कसरी हेर्ने एसइइको नतिजा ? यस्तो छ सजिलो तरीका !

    बिहिवार, आषाढ १२, २०७६ साल
    असार १२, काठमाडाैं । नेपाल टेलिकमले सदाझैं २०७५ सालको एसईई परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट SEE पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्नेछ । जस्तैः seesymbol No टाइप गरी १६०० मा सन्देश पठाउने..

    जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी, यस्तो छ तयारी !

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौँ, १२ असार ।  नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया बिहिबार बिहान ८ बजेबाट पुनः शुरु गरेको हो ।  बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काङ्ग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म..

    ६ मन्त्री फेरिदै, गृहकार्यमा जुटे ओली-प्रचण्ड

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का सरकारमा रहेका ६ मन्त्री फरिने भएका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ६ मन्त्री फेर्ने विषयमा सहमति भएको हो ।  बिहीबार ६ मन्त्री हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन्। मन्त्रीहरु कार्यसम्पादनका आधारमा हटाउन लागिएको बालुवाटार स्रोतले जनाएको छ । ६ मन्त्री फेर्ने सहमति भएपनि कुन..

    कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौँ, ११ असार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आजकल निकै विवादास्पद निर्णय लिएर आलोचित हुँदै आएको छ । यसैबिच असार १४ लाई लक्षित गर्दै नेकपाले आफ्नो छवि सच्याउन नयाँ निर्णय गरेको छ । नेकपाले आफ्ना नेता तथा कार्यकर्ता, पार्टी सदस्य एवं समर्थक सबैलाई कम्तीमा दुई रुख रोप्न निर्देशन दिएको छ। सरकारले असार १४ लाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउँदैछ। सोही अवसरमा..

    ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न प्रहरी, विद्यालय र समाज एक साथ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।  समुदाय– प्रहरी साझेदारी अभियानको प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत आज प्रहरी प्रधान कार्यालयमा भएको अन्तक्र्रियाका क्रममा उहाँले शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख..

    तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार    तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसम खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ ।   आयोगले आज पर्यटन राज्यमन्त्री धनबहादुर बुढा समक्ष बुझाएको प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको मुख्य कारण मौसम रहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिनुभयो । यद्यपि, प्रतिवेदनको विस्तृत जानकारी भने बाहिर ल्याइएको छैन ।    पर्यटनमन्त्री अधिकारीसहित सातजना सवार एयर..

    उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार  उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण भएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहको उक्त कार्यालय आजदेखि ग्रीन हाउसमा सरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।  सरकारले लैनचौरस्थित समाजकल्याण परिषद्को भवनलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत सम्भार शुरु गरिएको थियो । उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भइसके पनि मर्मत सम्भारको काम बाँकी रहेकाले..

    प्रचण्डको 'मन्त्री फेर्ने' बयानले अस्थिरता निम्तिने सम्भावना कति ?

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाण्डौ, ११ असार पुष्पकमल दाहाल प्रचण्डको बोलीले बेलाबखत रडाको नै मच्चाउँदै आएको छ । भारत भ्रमणमा जानु अघि गएको वर्ष भदौमा नेपाल कम्युनिष्ट पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल भएका मन्त्रीहरु हेरफेर गर्ने भनेर पहिलो पटक मुख खोल्नुभएकाे छ ।   विसं २०७५ भदौ २१ देखि तीन दिने दिल्ली भ्रमणमा निस्कनु अघि पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटेपछि अध्यक्ष..

    बन्दको अवज्ञा गरेको भन्दै विप्लव कार्यक्रताले जलाए गाउँपालिका

    बुधबार, आषाढ ११, २०७६ साल
    कालिकोट, ११ असार । सरकारद्धारा प्रतिवन्धित पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका कार्यक्रताले कालिकोटको नरहरीनाथ गाउँपालिकामा आगजानी गरेका छन्।  मंगलबार राति करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएको समूहले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजातहरु जलाएका हुन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माका अनुसार विप्लव समूहका कार्यकर्ताहरुले गएराति नरहरीनाथ गाँउपालिकाको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल फोडेर पेट्रोल खन्याइ आगो..

    सरकारकै लगानिमा प्रदेश-२ मा लोकसेवा तयारी प्रारम्भ, मुख्यमन्त्रीले गरे उद्घाटन

    बुधबार, आषाढ ११, २०७६ साल
    जनकपुरधाम, ११ असार । प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत बुधबारदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षाको शुभारम्भ गर्दै प्रदेश सरकारले सरकारी सेवामा महिलाको पहुँचलाई सुनिश्चित गर्न लोक सेवाको तयारी कक्षा..

    युनेस्कोको काठमाडौं उपत्यकालाई ‘खतरा सूची’मा राख्ने प्रस्ताव

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार  संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले सांस्कृतिक महत्व बोकेको काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको छ ।  प्रस्ताव पारित भएमा काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरुको पहिचान संकटमा पर्न सक्छ । काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्धनाथ, स्वयम्भूनाथ, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् । यूनेस्कोले सम्पदा संरक्षणमा उचित..

    सरकार चलाउने सहमति र कार्यदिशा विवाद सुल्झाउन ओली-प्रचण्ड छलफलमा

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । सत्तारुढ दल नेपा कम्युनिष्ट पार्टीभित्र राजनीतिक कार्यदिशामा विवाद बढेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्।बुधबार बिहान बालुवाटारमा उक्त भेटवार्ता भएको र छलफल सकारात्मक रहेको बालुवाटार स्रोतले जनाएको छ । भेटवार्तामा राजनीतिक कार्यदिशा र प्रतिवेदन छाप्ने विषयमा देखिएको गत्यावरोध हटाउने प्रयास भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए। विगतमा भएको समझदारीअनुरूप राजनीतिक प्रतिवेदन छापेर..

    संसदीय समितिलाई सूचना नपुग्दा सर्वोच्चमा लोकसेवा विज्ञापन विवादको सुनुवाई लम्बियो

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । सर्वोच्च अदालतमा विवादमा रहेको लोकसेवा आयोगको  विज्ञापनसम्बन्धी सुनुवाई फेरि लम्बिएको छ । उक्त रीटमाथि बुधबारको सुनुवाई राज्य व्यवस्था समितिलाई सूचना नपुगेका कारण स्थगित भएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको हो ।..

    बालुवाटारको जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई अख्तियारको ७ दिने अल्टिमेट

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । बालुवाटारको जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको हो।    अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो । अख्तियारले जारी गरेको सूचनामा एक नम्बरमा नाती महर्जन छन् भने ८६..

    सबै स्थानीय तहलाई ३ दिनभित्र बजेटको विवरण पठाउन निर्देशन

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको छ ।    मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले सबै स्थानीय तहले गाउँसभा/नगरसभामा पेश गरेको बजेट तीन दिनभित्र पठाउन निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार बजेटको आय–व्ययसहितको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ ।     स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा..

    कामपाले तोक्यो सवारी पार्किङ शुल्क, कुन ठाउँमा कति तिर्ने ?

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । काठमाडौं उपत्यकाभित्र पार्किङ गरिने सवारी साधनको पार्किङ शुल्क तोकिएको छ । काठमाडों महानगरपालिकाले हिजो पेश भएको महानगरको बजेटमार्फत सवारीसाधन पार्किङको शुल्क तोकेको हो । महानरका अनुसार दुई पाङ्ग्रे सवारी साधनको पार्किङ शुल्क प्रतिघण्टा २५ रुपैयाँ र चारपाङ्ग्रे सवारीको पार्किङ शुल्क प्रतिघण्टा ८० रुपैयाँ तोकिएको हो ।  न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतको भित्री शहरी क्षेत्र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी,..

    लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार   गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताउनुभएको छ । समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले आज यहाँ आयोजना गरेको ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उहाँले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागुऔषध दुव्यर्सनलाई रोक्नुपर्ने बताउनुभयो ।   “शान्ति सुरक्षा र अपराधको चुनौतीको रूपमा लागुऔषध रहेको..

    राजनीति नगर्ने घोषणा गर्दै एकीकरण भए ३ सङ्गठन

    बुधबार, आषाढ ११, २०७६ साल
    भद्रपुर, ११ असार कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ मुलुककै ठूलोमध्येको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तीन वटा कर्मचारी सङ्गठन एकीकरण भएका छन् । एकीकरण भएका सङ्गठनहरुमा तत्कालीन नेकपा माओबादी केन्द्रको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, तत्कालीन नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल स्वतन्त्र कर्मचारी सङ्गठन र नेपाली..

    अर्थमन्त्री डा. खतिवडाद्धारा विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । बुधबार ‘विनियोजन विधेयक २०७६’ संघीय संसदको राष्ट्रिय सभामा प्रस्तुत गरिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय सभाको बुधबारको दोस्रो बैठकमा उक्त विधेयक प्रस्तुत गरेका हुन् । अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भनि गरेको प्रस्ताव प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल गरी बहुमतले स्वीकृत गरिएको हो । विनियोजन विधेयकका विभिन्न शिर्षकहरु माथिको छलफल र मन्त्रीहरुको..

    नेकपाका जिल्ला कमिटीले पाए पूर्णता, कुन जिल्लामा कति सदस्यीय कमिटी ?

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । एकता भएको ११ महिनापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) वैशाख १० मा  जिल्ला नेतृत्वको टुङ्गो लागेको थियो ।  जिल्ला नेतृत्वको टुङ्गोपछि नेकपाका अधिकांश जिल्ला कमिटीले पनि पूर्णता पाएका छन् । केही जिल्ला कमिटीका सदस्यले शपथ पनि लिइसकेका छन् भने केही जिल्ला कमिटीले अझै पूर्णता पाएका छैनन् । वैशाख ९ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको..

    प्रधानमन्त्री केपी ओलीले तीन मध्ये कुन विकल्प रोज्लान ?

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार ।  मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी ओली ‘अलमल’ मा परेका छन्। सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा ‘करिब सहमत’ देखिएका प्रधानमन्त्री ओली कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्नेमा छलफलमा जुटेको बालुवाटार स्रोतले बतायो। केही समययता प्रधानमन्त्री ओली सरकार पुनर्गठनकोे तयारीमा छन्। तर, उनी पुनर्गठन के आधारमा कसरी गर्ने भन्नेमा टुंगोमा पुगिसकेका छैनन्। उनकै सचिवालयका एक सदस्यका अनुसार यसका लागि..

    सक्रियता बढाउँदै देउवा, प्रभाव देखाउने तयारीमा संस्थापन पक्ष, इतरको रोक्ने रणनीति

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूइतर पक्षको चर्को दबाबपछि पार्टीको आन्तरिक राजनीतिमा सक्रियता बढाएका छन् ।  इतरपक्षले सभापतिले सिंगो पार्टीका लागि चिन्ता लिनेभन्दा पनि गुटका लागि मात्रै चिन्तित बन्ने गरेको आरोप लगाइरहेका बेला देउवाले पार्टीको जनजागरण अभियानमा खटाइएका केन्द्रीय प्रतिनिधिलाई पार्टीको अवस्थाबारे छलफलका लागि डाकेका हुन् । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले बुधबार (आज) ७७..

    हरेक वर्ष २० हजार युवा दुर्व्यसनमाः स्कुल–कलेजमै पुग्छन् कारोबारी, यी हुन् धेरै दुर्व्यसनी भएका जिल्ला

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार । नेपालमा हरेक वर्ष करिब २० हजार युवा–युवती कडा किसिमको लागुऔषधको  दुर्व्यसनमा फस्ने गरेका छन् । गृह मन्त्रालयले ०६९ मा गरेको सर्वेक्षणमा नेपालमा ९१ हजार पाँच सय ३४ जना दुर्व्यसनी रहेको पाइएको थियो । पछिल्लो समय ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढेर डेढ लाख नाघिसकेको छ । लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गरेका संस्थाका अधिकारीका अनुसार यो संख्या करिब..

    नेकपामा अन्तरविरोधः विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमोटोल

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको विधानले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटोल भाषामा प्रस्तुत गरेको पाइएको छ । पार्टीको अन्तरिम विधान २०७५ मा स्पष्ट रुपमा बहुदलीय जनवादको बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिष्पर्धा उल्लेख छ । तर, २०७५ जेठ तीन गते निर्वाचन आयोगमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भने बहुदलीय जनवादको बहुलतायुक्त खुल्ला समाज, बहुदलीय प्रतिष्पर्धालाई घुमाउरो भाषामा स्वीकार गरिएको..

    ‘स्वतन्त्र तिब्बत’ कार्यक्रममा सहभागी सांसद प्रदीप यादव पार्टीबाट निलम्बित

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार स्वतन्त्र तिब्बत पक्षधरहरुले आयोजना गरेको कार्यक्रममा भाग लिन गएका समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादव पार्टीबाट निलम्बनमा परेका छन्। युरोपेली राष्ट्र लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर कार्यक्रममा सहभागी भएका सांसद प्रदीप यादवलाई  समाजवादी पार्टी, नेपालले निलम्बन गरेको हो । गएको वैशाख २४ देखि २७ गतेसम्म लाटभियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालबाट यादव र राजपाका सांसद एकबाल मियाँ..

    कवेको योगदान बिर्सन हुँदैन : प्रकाशमान सिंह

    मंगलवार, आषाढ १०, २०७६ साल
    भक्तपुर, १० असार नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले काङ्ग्रेसले पार्टीमा लामो समय सक्रिय रहेन व्यक्तिहरुको योगदानलाई बिर्सन नहुने बताउनुभएको छ ।  मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज प्रजातान्त्रिक योद्धा गणेशकुमार (साईला) कवेको १३आँै दिनको पुण्यतिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभामा उहाँले पार्टीले प्रजातन्त्रको स्थापनामा लामो समय संघर्ष गर्ने प्रजातान्त्रिक योद्धा कवेको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।   प्रतिबन्धित नेपाली काङ्ग्रेसको आउटपोष्ट कब्जा गर्ने रणनीतिअनुसार विसं २०४३ मा..

    ‘जनप्रतिनिधिले सङ्घीयताको मर्मअनुसार अघि बढ्नुपर्छ’

    मंगलवार, आषाढ १०, २०७६ साल
    अछाम, १० असार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले संविधान प्रदत्त अधिकारको अनुभूति जनताले गर्न पाउनुपर्ने बताउनुभएको छ । साँफेबगर नगरपालिकाकाको तेस्रो नगरसभाको उद्घाटन गर्दै उहाँले जनताको संघर्षबाट प्राप्त सङ्घीयताको मर्मअनुसार जनप्रतिधिले अघि बढ्दै विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।   उहाँले स्थानीय तहमा आएको बजेटको सदुपयोग गर्दै देश समृद्ध बनाउने अभियानमा लाग्न जनप्रतिनिधिलाई आग्रहसमेत गर्नुभयो । उहाँले विगतमा एकले..

    काङ्ग्रेसले जागरण अभियानका सम्बन्धमा अन्तरक्रिया गर्दै

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार  नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग बुधबार छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।   काङ्ग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा जागरण अभियानको प्रथम चरणका सबै केन्द्रीय प्रतिनिधिसँग  बुधबार अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफूले तयार गरेको प्रतिवेदन..
    Weather Forecast