शनिबार, भाद्र ७, २०७६

    राज्य-समाज

    ओलीको प्रस्तावपछि दाहाल झस्किए , एकता खल्बलिने शंकामा माधव नेपाल सक्रिय

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ, १४ असार ।  नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग शुक्रबार बिहान बालुवाटारमा भेट गरे । आफनो निवास कोटेश्वरबाट हिँडेका नेपाल बालुवाटार जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार छिरे ।   नेता नेपालले बुधबार प्रधानमन्त्री ओली र दाहालबीच भएको पछिल्लो कुराकानीको ब्रिफिङ लिए । प्रधानमन्त्री ओलीले पार्टी नेताहरूलाई एक्लाएक्लै बोलाएर भेट्न खोजेपछि नेपाल शुक्रबार बालुवाटार जानुअघि दाहालसँगको..

    कांग्रेसले गच्छदारका क्रियाशील सदस्यको छानबिन किन गर्दै छ ?

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ, १४ असार ।  कांग्रेसले गत संघीय निर्वाचनअघि तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकता गरेको थियो । पार्टी एकतापछि गच्छदारसँग आएकामध्ये कसैले पनि निर्वाचनमा जित हात पारेनन् । उनीसँगै आएका जितेन्द्र देव भने राष्ट्रिय सभा सदस्य निर्वाचित भए । तर, गच्छदारलाई भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति बनाएका छन् । उनीसँगै आएका रामजनम चौधरीलगायत दर्जनौँ अहिले भूमिकाविहीन अवस्थामा छन्..

    राष्ट्रिय युवा परिषद्सहित ३१ निकाय खारेज गर्न सिफारिस (नामावलीसहित)

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ, १४ असार ।  सार्वजनिक खर्च पुनरावलोकन आयोगले संघीय मन्त्रालयअन्तर्गतका समिति, बोर्ड, आयोग र परिषद्जस्ता ३१ निकाय खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । अर्थविद् डा. डिल्लीराज खनालको नेतृत्वमा ३ भदौ ०७५ मा गठित आयोगले उद्देश्य पूरा नगरेका, संघीय संरचनाअनुसार तहमा अधिकार बाँडफाँड भएर बेकामे बनेका, मन्त्रालय र विभागका कामसँग दोहोरोपन देखिएका, उस्तै काम गर्ने अर्कोसँग मेल खानेलगायत निकाय खारेज गर्न..

    महाधिवेशनले नेकपाको मार्गदर्शक सिद्धान्तको टुङ्गो लगाउँछ : मन्त्री ज्ञवाली

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताउनुभएको छ । मदन भण्डारी बौद्धिक मञ्चले आयोजना गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको  गोष्ठीमा उहाँले पार्टीको अबको महाधिवेशनले मार्गदर्शक सिद्धान्तका बारेमा टुङ्गो लगाउने बताउनुभयो ।   नेकपाको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ वा ‘जनताको जनवाद’ विषयमा विवाद बढिरहेको भन्ने खबर आइरहेका बेला मन्त्री ज्ञवालीले सिद्धान्तका कारणले..

    कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना उत्तीर्ण

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । भाषा परीक्षामा ९२ हजार ३७६ सहभागी भएकामा १२ हजार नौ जनामात्र उत्तीर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ । उत्पादनमूलक क्षेत्रतर्फ नौ हजार १४३ र कृषि क्षेत्रतर्फ दुई हजार ८७६ युवा उत्तीर्ण भएका छन् ।  उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा..

    सैनिक मुख्यालयमा फलफूलका बिरुवा रोपण

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार   नेपाली सेनाले एक जवान एक बिरुवा (फलफुल बोट) रोपण अभियान शुरु गरेको छ । सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियानलाई मूर्तरुप दिन सेनाले यो अभियान प्रारम्भ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।   प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डा हातामा आज विभिन्न जातका फलफूलका बिरुवा रोपेर उक्त अभियानको शुभारम्भ गर्नुभयो । सेनाले त्यहाँ २५० वटा..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम भेटिएपछि ...

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ, १३ असार   अपरान्ह ३ः२० को समय । अलोन विमानस्थलबाट एक्सरसाई एयरलायन्सको उडान नं इएक्सई १२४ को बोइङ ७५७ जहाज बोनाञ्जा क्यापिटल इन्टरनेश्नल एयरपोर्ट उडान गर्ने तयारीमा हुन्छ ।    जब जहाज ‘ट्याक्सी वे’ बाट धावनमार्गतर्फ अघि बढ्छ, चालक दलका नौ सदस्यसहित १०९ जना सवार उक्त जहाज उड्ने तयारी गर्दा विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटिसी) लाई जहाजमा बम भएको सूचना प्राप्त हुन्छ ।      लगत्तै..

    ढुवानी कर वृद्धि नगर्न सांसदको माग

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार   सामान आयात गर्दा लाग्ने ढुवानी कर बढाए महङ्गी पनि बढ्ने भएकाले ढुवानीमा कर वृद्धि नगर्न सांसदहरुले माग गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा मीनेन्द्र रिजालले आर्थिक विधेयक, २०७६ माथि दुई संशोधन प्रस्ताव प्रस्तुत गर्दै उक्त माग गर्नुभएको हो ।    करको संरचनामा परिवर्तन नगरी नीतिगत औजारका रुपमा प्रस्तुत गरिएकाले संशोधन प्रस्ताव प्रस्तुत गर्नुपरेको उहाँले बताउनुभयो ।..

    काेटेश्वरदेखि कलंकीसम्मकाे सडक किनारामा शनिबार रुख रोपिँदै

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार काठमाण्डौको कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ शनिबार वृक्षारोपण गरिने भएको छ ।  आउँदाे आर्थिक वर्ष २०७६-०७७ लाई वृक्षारोपण वर्षका रुपमा बनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षारोपण हुन लागेको हो । वृक्षारोपणको शनिबार बिहान ८ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा उदघाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा सभामुख कृष्णबादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रतिनिधिसभा र..

    नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा पोखरेल नियुक्त

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौं, १३ असार। नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्राधिकरणकै निमित्त महानिर्देशक राजन पोखरेल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले पोखरेललाई महानिर्देशकमा नियुक्ति गरेको हो। गत जेठ १२ गते आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर सञ्जिव गौतमको अवकाश भएसँगै प्राधिकरणको महानिर्देशक पद रिक्त थियो। बिहीबारको बैठकले पोखरेलाई नियुक्ति दिए पनि पोखरेलले नियुक्तिको पत्र भने शुक्रबार मात्रै बुझेको बताए। पोखरेल २०४७ साल मंसिरदेखि यही क्षेत्रमा..

    शेरबहादुर देउवाले ओली सरकार ढाल्ने ! भन्छन् - कुनै गाह्रो छैन

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौं, असार १३ ।  प्रमुख विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन् ।  लोकतन्त्रमाथिको प्रहार नरोके सरकार ढाल्ने देउवाले बताए । राणाशासन, पञ्चायती सरकार र राजा फालेको काँग्रेसका लागि ओली सरकार फाल्न कुनै गाह्रो नहुने दाबी उनको थियो । ‘नेपाली काँग्रेसले राणा फाल्यो, पञ्चायत ढाल्यो, राजा फालेको हो’, पार्टीसम्वद्ध स्थानीय निकायका कर्मचारीको शुक्रबार राजधानीमा आयोजित..

    मन्त्रीपरिषद् हेरफेर फेरि अनिश्चित, किन हच्किए ओली र प्रचण्ड ?

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार । प्रधानमन्त्री ओलीले लामो समयपछि मन्त्रीपरिषदका सदस्यहरु बदल्ने मनस्थिति बनाए फेरि अनिश्चित बनेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबाट सार्वजनिक अभिव्यक्ति र अनुमान पटकपटक आएपनि केपी ओली नेतृत्वको मन्त्रीपरिषदको फेरबदल फेरि अनिश्चित बनेको हो । प्रधानमन्त्री ओलीले लामो समयपछि मन्त्रीपरिषदका सदस्यहरु बदल्ने मनस्थिति बनाए पनि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे धेरै हल्ला गरेको भन्दै..

    यार्साको राजश्वका विषयमा विवाद हुँदा कुटाकुट, ७ कर्मचारी प्रहरी नियन्त्रणमा

    शुक्रबार, आषाढ १३, २०७६ साल
    जाजरकोट, १३ असार । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा कर्मचारीबीच झडप हुँदा कार्यालय प्रमुख घाइते भएका छन् । आक्रमणमा संलग्न भएको भन्दै सात कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।     यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व उठाएर कार्यालयमा फर्किएका चार जना कर्मचारीले मदिरा सेवन गरेर कार्यालय प्रमुख प्रमोदकुमार यादवमाथि आक्रमण गरेको थियो । यार्सागुम्बा सङ्कलनकर्ताबाट टोलीमा सात जना कर्मचारी रहेको थियो । असार..

    कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक, यस्ताे छ हेर्ने तरिका

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गत जेठ २५ र २६ गते सञ्चालन गरिएकाे कोरियाली भाषा परीक्षाको शुक्रबार नतिजा सार्वजनिक गरिएको हो । इपिएस शाखाका अनुसार भाषा परीक्षाको नतिजा  www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको वेभसाइट www.dofe.gov.np मा गएर हेर्न सकिनेछ । यस वर्षको भाषा परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए। तर कोरियाले यस वर्ष १० हजार..

    अब भारु दुई सयको नोट पनि नेपालमा नचल्ने

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार ।  सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो ।  नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन् । त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण..

    काठमाडौं महानगरपालिकाभित्र जग्गा प्रतिआना ७ देखि ५० लाख रुपैयाँसम्म, कुन ठाउँको कति मुल्य ?

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार ।  काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका जग्गाको अधिकतम मूल्यांकन प्रतिआना ५० लाख रुपैयाँ तोकेको छ । महानगरपालिकाले नगरसभाबाट प्रस्तुत गरेको आर्थिक विधेयक २०७६ मा महानगपालिका क्षेत्रभित्रका जग्गाहरूको सम्पत्ति कर मूल्यांकन प्रयोजनाका लागि मूल्य कायम गरेको छ । महानगरपालिकाले न्यूनतम मूल्य भने प्रतिआना १२ लाख रुपैयाँसम्म तोकेको छ ।  व्यापारिक क्षेत्रका जग्गा प्रतिआना ५० लाखसम्म  काठमाडौं महानगरपालिकाले न्युरोड, जमल, ठमेल, माइतीघर, सिंहदरबार, त्रिपुरेश्वर,..

    तरकारी र फलफूल नाकामा सड्यो बजारमा भाउ बढ्यो

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार ।  विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा सरकारले रोक लगाएको छ । तर, नाकामा न प्रयोगशाला छन् न कर्मचारी । पछिल्लो एक सातामा तरकारी र फलफूल  बोकेका १०३ ट्रक विभिन्न नाकामा रोकिएका छन् । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार सुनौली–भैरहवा नाकामा ५८, काँकडभिट्टामा १९, वीरगन्जमा १४, कैलाली र विराटनगरमा ६–६ ट्रक रोकिएका छन् ।..

    ‘नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन्’

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार ।  गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या। केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन्। यातना दिने, पुलिसले पक्रने यो पहिलो पटक होइन। सरकार, दूतावास सबैलाई बारम्बार जानकारी गराइएको छ। सरकारको नजर पुगोस्।’ उनले यो सन्देश परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र हेलो सरकारलाई मेन्सन गरेका छन्। त्यससँगै एउटा तस्बिर..

    यी हुन् बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने मुख्य बिचौलिया

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार ।  बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् ।  मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही..

    एसईई नतिजा : कुन प्रदेशको 'रिजल्ट' कस्तो ?

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार प्रदेश १ बाट एसईईमा ८१ हजार ७६ जना सहभागी थिए। तीमध्ये १ हजार ९८४ ले ३.६० देखि ४ जीपीए ग्रेड ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ८ हजार ४, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ६८१ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १२ हजार ९६० छन्। २ देखि २.४० जीपीए ल्याउने १८ हजार ६५, १.६०..

    नेपाली काङ्ग्रेसद्वारा प्रजातन्त्र सेनानी भास्कर शर्माको निधनमा दुःख व्यक्त

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौँ, १२ असार नेपाली काङ्ग्रेसले प्रजातन्त्र सेनानी भास्कर शर्माको निधनमा दुःख व्यक्त गरेको छ ।  पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी काङ्ग्रेस रुपन्देहीका पूर्वजिल्ला सदस्य शर्माको निधनमा दुःख व्यक्त गर्नुभएको हो । लामो समयदेखि निमोनियाबाट पीडित शर्माको ७० वर्षको उमेरमा आज उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा निधन भएको थियो ।  देवदह नगरपालिका–३ सुरजपुरा निवासी स्व शर्मा २०३६, २०४६,..

    ‘जागरण अभियानले काङ्ग्रेसभित्र थप जागरण’

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौँ, १२ असार   नेपाली काङ्ग्रेसका नेताहरुले जागरण अभियानले सङ्गठनलाई अझ बलियो र प्रभावकारी बनाउँदै जनस्तरमा लैजान थप उत्साह थपेको बताएका छन् ।     पार्टीले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस’ राष्ट्रिय जागरण अभियान’मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तक्र्रियाका सहभागीले अभियानले पार्टीलाई थप ऊर्जा प्रदान गरेको बताएका हुन् ।    कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले जागरण अभियानले पार्टी सङ्गठन..

    ५ भारतीयले लिएको नेपाली नागरिकता खारेज

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार  सरकारले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका पाँचजनाको नागरिकता खारेज गरेको छ । यही असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँचजना भारतीयले लिएको नेपाली नागरिकता खारेज गर्ने र दोषीहरुलाई कारबाही गर्ने निर्देशन दिइएको बताए । ५ जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा पदोन्नति..

    सरकार र प्रतिपक्षीसँग प्रदेश सदस्य नै असन्तुष्ट

    बिहिवार, आषाढ १२, २०७६ साल
    सुर्खेत, १२ असार कर्णाली प्रदेशको चालू आर्थिक वर्षको विकासमा प्रदेश सरकार र प्रतिपक्षी दुवैको प्रभावहिनता देखिएको संसद्ले औँल्याएका छन् । सरकारको नीति, कार्यक्रम तथा बजेटमा सन्तुलित विकास भने पनि व्यवहारमा त्यो नदेखिएको र प्रतिपक्षीले पनि त्यसैमा सम्झौता गरेको कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले आरोप लगाउनुभयो ।  “गत वर्ष बजेट असन्तुलित थियो, आव २०७६÷७७ को त शीर्षकमै असन्तुलित देखियो”, रासससँग कुरा गर्दै सदस्य..

    पेट्रोलियम पदार्थको अन्वेषणका लागि प्राविधिक टोली दैलेख आउँदै

    बिहिवार, आषाढ १२, २०७६ साल
    दुल्लु, १२ असार दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित ‘चाइना जियोलोजिकल सर्भे’को टोली दैलेख आउन लागेको हो । दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्को सम्भावना अध्ययन गर्न टोली दैलेख आउन लागेको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक डा..

    समायोजनमा जाने प्रहरीलाई २ ग्रेड दिने कि, एक तह बढुवा गर्ने ?

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौँ, १२ असार । मुलुकको सङ्घीय व्यवस्थाअनुसार प्रदेशमा समायोजनमा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि (ग्रेड) मा दुई ग्रेड थप गर्ने कि एक तह बढुवा गर्ने भन्ने बहस शुरु भएको छ ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजना गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल शुरु भएको छ ।  विधेयकको दफा ७ मा..

    मुख्यमन्त्री पोखरेलसँग जापानी राजदूतको भेट, लुम्बिनी भ्रमण गर्न निम्तो

    बिहिवार, आषाढ १२, २०७६ साल
    बुटवल, १२ असार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज भेटवार्ता गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासमा सघाउन जापान सधैँ तयार रहेको बताउनुभयो ।  मुख्यमन्त्री पोखरेलले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग..

    दरखास्त दिने म्याद सकिनै लाग्दा लाेकसेवा विज्ञापन रद्ध गर्न माग, कर्मचारी पठाए नियुक्ति नदिने चेतावनी

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार ।   लोकसेवा आयोगले देशभरका स्थानीय तहका लागि लोकसेवा आयोगले ९ हजार १६१ पदमा विज्ञापन आह्वान गरेको छ। उक्त विज्ञापनमा संखुवासभाको चैनपुर नगरपालिकाका २७ जना कर्मचारी माग गरिएको छ। दरखास्त दिने म्याद सकिनै लाग्दा चैनपुर नगरपालिका आफैँले विज्ञापन रद्ध गरिदिन आग्रह गर्दै बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ।    लोकसेवा आयोगलाई बोधार्थ दिइएको पत्रमा चैनपुर नगरपालिका प्रमूख..

    गत वर्षभन्दा १० दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौँ, १२ असार । गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन बिहिबारदेखि देशभर सक्रिय भएको छ ।  देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।  उहाँका अनुसार यो समयमा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर्ने हुन्छ । बिहिबार देशको पूर्वी र मध्य..

    टुङ्गियाे प्रदेश २ काे पार्टी एकता, कुन नेताले के जिम्मेवारी पाए ? (सूचिसहित)

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको पार्टी एकताको सम्पूर्ण काम टुङ्गिएको छ। नेकपाले प्रदेश नम्बर २ को पार्टी एकताको सम्पूर्ण काम टुंग्याएको हो।  एकता प्रक्रिया टुंगिएसँगै अब नेकपा प्रदेश २ का ६ जिल्ला कमिटीले पूर्णता पाएका छन्। गत असार ९ गते बसेको प्रदेश कमिटीको बैठकले ६ जिल्ला कमिटीलाई पूर्णता दिएको हो। प्रदेश कमिटीले एकता प्रक्रिया टुंग्याएसँगै प्रदेश २ का..
    Weather Forecast