शनिबार, जेष्ठ १७, २०७७

    राज्य-समाज

    तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो

    बुधबार, कार्तिक १५, २०७४ साल
    आठराई, तेह्रथुम, १५ कात्तिक (रासस) : तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो ।  चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठाएका उम्मेदवारको विषयमा चर्चा हुन थालेको छ । नेपाली काँग्रेस तेह्रथुमले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री..

    मंसिरमा हुने निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले भोट हाल्न नपाउने

    मंगलवार, कार्तिक १४, २०७४ साल
    काठमाडौं, कात्तिक १४। आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरु मताधिकारबाट वञ्चित हुने भएका छन् । विदेशमा भएका नागरिकलाई समेत भोट खसाल्ने व्यवस्था गर्नेुपर्ने आवाज उठिरहेका बेला स्वदेश मै भएका कर्मचारी नै मताधिकारबाट वञ्चित भएका हुन् ।  निर्वाचनमा खटिने र आफ्नो स्थायी ठेगानामा जान नपाउने कर्मचारीको अस्थायी मतदाता नामावली तयार पार्नुपर्ने भए पनि अहिले सम्म त्यसको..

    राजपा र संघीय समाजवादी फोरमबीच प्रदेश नं २ मा सिट बाँडफाँड

    मंगलवार, कार्तिक १४, २०७४ साल
    काठमाडौं, कार्तिक १४। राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले आगामी मंसिरमा हुने प्रदेश २ का प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि सिट बाँडफाँट गरेका छन् । प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ..

    जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

    मंगलवार, कार्तिक १४, २०७४ साल
    काठमाडौं, कार्तिक  १४ ।  हत्याको आरोपमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट मङ्लबार विहान पक्राउ गरेको हो ।  ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि पक्राउ नपरेका ढुंगेल अहिले आएर पक्राउ परेका हुन् ।  पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ दिएको आदेश कार्यान्वयन नभएको..

    प्रदेश र प्रतिनिधिसभाका लागि छुट्टा–छुट्टै मतपत्र छाप्दै आयोग

    सोमबार, कार्तिक १३, २०७४ साल
    ठमाडौं, कार्तिक १३ ।  निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका लागि छुट्टा–छुट्टै मतपत्र छाप्ने निर्णय गरेको छ ।  गत बुधबार सर्वोच्च अदालतले छुट्टा–छुट्टै मतपत्र छाप्ने विषयमा आयोगसँग विवरण मागेपछि आयोगले यस्तो निर्णय गरेको हो ।  यसअघि एउटै पानाकै माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्न सुरु गरेको आयोगका पदाधिकारीहरुको आइतबार बसेको वैठकले सर्वोच्चको आदेशअनुसार छुट्टा–छुट्टै मतपत्र छाप्ने निर्णय गरेको..

    वामगठबन्धनको घोषणापत्र- 'आफ्नो गाउँ आफै बनाऔं' 'नेपालको पानी जनताको लगानी'

    शनिबार, कार्तिक ११, २०७४ साल
    काठमाडौँ। ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि,  कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन् ।    घोषणापत्रलाई दोस्रो चरणको उम्मेदवारी दर्तापछि सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिँदै दुवै पार्टीले देशको आर्थिक समृद्धिको नेतृत्व लिने र नेपालको संविधानले व्यवस्था गरेको समाजवादको कार्यान्वयनका लागि दिशानिर्देश गर्नेसमेत उल्लेख..

    प्रधानमन्त्री देउवाद्वारा चिनियाँ नेता सी चिनफिङलाई बधाइ ज्ञापन

    बिहिवार, कार्तिक ९, २०७४ साल
    काठमाडौं, कात्तिक ८ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय कंग्रेस सफलतापूर्वक सम्पन्न भएकामा र पार्टी महासचिव पदमा पुनःनिर्वाचित भएकामा जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई बुधबार बधाइ ज्ञापन गरेका छन् । बधाइ सन्देशमा प्रधानमन्त्री देउवाले ‘सीको महासचिव पदमा दोस्रोपटकको विजय चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीले उनको गतिशील नेतृत्वप्रति दर्शाएको ठूलो विश्वासको संकेत हो’–भनेका छन्..

    स्थानीय प्रजातन्त्र बलियो हुँदै जान थालेको छ : प्रधानमन्त्री देउवा

    मंगलवार, कार्तिक ७, २०७४ साल
    काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित् मितिमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँगको शिष्टाचार भेटमा उनले भने–‘स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रह्यो, निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो सेवा–सुविधा जनताको घर–आँगनमै प्रदान गर्न सुरु गरिसकेका छन्, यसबाट स्थानीय प्रजातन्त्र सुदृढ..

    राप्रपाको निर्णय, कमल थापा मकवानपुर–२ बाट चुनावमा उठ्ने

    सोमबार, कार्तिक ६, २०७४ साल
    काठमाडौं, कात्तिक ६ । आगामी मंसिर महिनामा हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनमा सामेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । जसअनुशार अध्यक्ष कमल थापा मकवानपुर–२, उपाध्यक्ष राजीव पराजुली पर्सा–२, महामन्त्री राजेन्द्र लिङ्देन झापा–३, कुन्तीकुमारी शाही दैलेख–१ तथा विक्रम थापा काठमाडौं–७ बाट प्रत्यक्षतर्फको उम्मेदवार रहने राप्रपाले जनाएको हो । आगामी मंसिर २१ गते सम्पन्न हुने निर्वाचनका..

    सरकारको २४ औं मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त

    सोमबार, कार्तिक ६, २०७४ साल
    काठमाडौं, कार्तिक ६ । सरकारले हाल गृह सचिव रहेका लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । सोमबारको सम्पन्न मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । ५८ बर्षे उमेरहदका कारण गत असार महिनामा मुख्य सचिव बनेका राजेन्द्र किशोर क्षेत्री ३ महिना १० दिनको कार्यकालपछि अवकाश पाउने भएकाले रेग्मी २४ औं मुख्य सचिवमा रेग्मी नियुक्त भएका हुन् ।   ..

    सत्तारुढ काँग्रेससँग चुनावी तालमेल गर्न राजपा तयार !

    शुक्रबार, कार्तिक ३, २०७४ साल
    काठमाडौं, कार्तिक २ । विशेषगरी देशको तराई क्षेत्रलाई आफ्नो आधारभूमि बनाएर राजनीति गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले सत्तारुढ दल नेपाली काँग्रेससँग अब चाँडै नै चुनावी तालमेल हुने बताएका छन् ।  संयोजक ठाकुरले राजपा र संघीय समाजवादी फोरम नेपालका लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा कुल ५५ स्थान माग गरिएको समेत खुलासा गरेका छन् ।  सहमतिका..

    तोकिएकै मितिमा चुनाव, आयोगलाई सम्पूर्ण सहयोग : प्रधानमन्त्री देउवा

    शुक्रबार, कार्तिक ३, २०७४ साल
    २ कार्तिक, काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव तोकिए बमोजिम नै आगामी मंसिर १० र २१ गते सफलताका साथ सम्पन्न हुने बताएका छन् । विहीबार प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगेका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव नेतृत्वको निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलमा बोल्दै प्रधानमन्त्री देउवाले तोकिएकै उक्त मितिमा सफलतापूर्वक चुनाव सम्पन्न गर्न आयोगलाई सबै सहयोग गर्ने बचन दिएका थिए । सोहीक्रममा बोल्दै..

    घर–घरमा लक्ष्मीपूजा र दीपावली, शहर उज्यालोले झिलिमिलि

    बिहिवार, कार्तिक २, २०७४ साल
    काठमाडौं, कात्तिक २ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी घरघरमा श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । हिन्दू धर्मअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि विधिपूर्वक लक्ष्मी पूजा गरिन्छ । विशेषगरी घरका झ्याल,..

    नयाँ मन्त्रीहरुलाई जिम्मेवारी, माओवादी केन्द्रका सबैमन्त्री जिम्मेवारीमुक्त

    मंगलवार, असोज ३१, २०७४ साल
    काठमाडौं, असोज ३१ । वर्तमान नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले सरकारमा सहभागि माओवादी केन्द्रका सबै मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरेका छन् । मंगलबार प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिएका थिए । यसअघि माओवादी केन्द्रबाट ९ मन्त्री र ८ जना राज्यमन्त्री महत्वपूर्ण जिम्मेवारीका साथ सरकारमा सहभागी थिए । माओवादीका मन्त्रीहरुलाई जिम्मेवारीम मुक्त गर्नुअघि देउवा सरकारले राप्रपाबाट चार मन्त्री..

    निर्वाचन आयोगद्वारा निर्वाचन क्षेत्रफलसहितको पूर्ण नक्शा सार्वजनिक

    सोमबार, असोज ३०, २०७४ साल
    काठमाडौं, असोज ३० । निर्वाचन आयोगले आगामी मंसिर महिनामा हुने निर्वचनलाई लक्षित गर्दै प्रतिनिधिसभा र प्रदेशका जिल्लाको क्षेत्रफल अनुसार नक्सा सार्वजनिक गरेको छ ।  निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइटमा देशका सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा स्पष्टसँग सबैले बुझ्नेगरी राखेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि १ सय ६५ र प्रदेशसभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गरेको..

    १ दशक पछि ‘आफ्नै गाउँ’ काँग्रेस फर्किए बिजयकुमार गच्छदार !

    सोमबार, असोज ३०, २०७४ साल
    काठमाडौं, असोज ३० ।   १ दशकअघिसम्म वर्तमान सत्तारुढ दल नेपाली काँग्रेसमा पहिलेदेखि नै निकै प्रभावशाली भूमिकामा रहँदै आएका बिजय कुमार गच्छदार त्यसपछि छुट्टै पार्टी खोलेर नेपाली राजनीतिमा शिर्ष भूमिकामा रहँदै आए । तर, अहिले भने राष्ट्रिय राजनीतिमा देखापरेको गठबन्धनको सिजनले गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई पनि ठूलै प्रभाव पारेको छ । दश वर्षपछि अहिले आएर उनै गच्छदार सोमबार आफ्नो पुरानै घर अर्थात..

    प्रहरी जवान अमितकुमार : जसले बाटोमा भेट्टाएको ‘रु. ५ लाख’ फिर्ता गरे

    शनिबार, असोज २८, २०७४ साल
    झापा ।  इलाका प्रहरी कार्यलय सुरुङ्गामा कार्यरत प्रहरी जवान अमितकुमार थान्दारले आफूले बाटोमा भेट्टाएको ५ लाख रुपैयाँ फिर्ता गरेका छन् ।  अमितकुमारले बसमा सवार एक यात्रुको ५ लाख ४० हजार रुपैयाँ रकमसहितको  एउटा मोबाइल र खुकुरी रहेको झोला बाटोमा भेट्टाई फिर्ता गरेका हुन् ।  उक्त रकम गत असोज २१ गते महेन्द्र राजमार्गस्थित सुरुङ्गा चोकमा यात्रुबाहक बस र ट्याक्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनाकम..

    उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    शनिबार, असोज २८, २०७४ साल
    काठमाडौँ, असोज २८ ।  नवनियुक्त उपप्रधानमन्त्री कमल थापासहित राप्रपाबाट अन्य मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार साँझ आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उनीहरुले राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन् ।  शपथ लिनेहरुमा उपप्रधान तथा बिना विभागीय मन्त्री कमल थापा र बिना विभागीय मन्त्रीहरू जयन्त चन्द, दीलनाथ गिरी, बिक्रमबहादुर थापा रहेका..

    वाम गठबन्धनबाट बाहिरियो नयाँ शक्ति, ‘आँखा’ चिह्नमा चुनाव लड्ने

    शुक्रबार, असोज २७, २०७४ साल
    २७ असोज, काठमाडौं ।  सिट बाँडफाँटमा सहमति नजुटेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल भर्खरै बनेको वाम गठवन्धनबाट अलग भएको छ । यसका साथै आगामी निर्वाचनमा उसले आफ्नै चुनाव चिन्ह आँखा लिएर निर्वाचन लड्ने निर्णय समेत गरेको छ । नयाँ शक्ति, संघीय सचिवालयको शुक्रबार बसेको विस्तारित बैठकले आँखा चिन्ह लिएर चुनाव लड्ने निर्णय गरेको हो । बैठकले संयोजक..

    प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री

    शुक्रबार, असोज २७, २०७४ साल
    २७ असोज, काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखैमा आएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसअनुशार राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बनेका छन् भने अन्य मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन । देउवाले राप्रपाका नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापालाई मन्त्री पदमा नियुक्त गरेका हुन् । त्यस्तै, राप्रपाकै कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त मन्त्री नियुक्त भएका छन्..

    नौलो जनवादी पार्टीले खोज्यो पत्रिकामा विज्ञापन गरेरै चुनावी उम्मेदवार !

    मंगलवार, असोज २४, २०७४ साल
    काठमाडौं, असोज २४ । झण्डै ३ महिनापछि हुने प्रतिनिधी सभा र प्रदेश सभाका लागि मुख्य दलहरु अहिले टिकट वितरणको प्रक्रियामा छन् । निर्वाचनमा उम्मेदवार हुनका लागि आकांक्षीहरु बढी भएपछि कतिपय दलहरुलाई हम्मे नै भएको छ । तर, यसैकाबीच पनि नेपालकै विक्रम संवत् २०६५ मा सालमा स्थापना एउटा दल भने पत्रिकामा विज्ञापन गरेरै आफ्नो उम्मेदवार खोज्न बाध्य भएको छ ।    ९ वर्षअघि स्थापित..

    रविन्द्र मिश्र काठमाडौं १ बाट चुनाव लड्दै, प्रकाशमान सिंहसँग टक्कर

    सोमबार, असोज २३, २०७४ साल
    २३ असोज, काठमाडौं ।  आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि विवेकशील साझा पार्टीले  काठमाडौंका कुल ६ वटा क्षेत्रमा आफ्नो तर्फबाट उम्मेदवार घोषणा गरेको छ । पार्टीक निर्णय अनुशार संयोजक रविन्द्र मिश्र काठमाडौं १ बाट उम्मेदवार बन्ने भएका हुन् ।  बिबिसीका पूर्वपत्रकार समेत रहेका मिश्र काठमाडौं १ बाट चुनावमा उठ्दा उनले नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको सामना गर्नुपर्ने हुन्छ । त्यसैगरी पार्टीका..

    कमल थापा नेतृत्वको राप्रपा देउवा नेतृत्वको सरकारमा सहभागि हुँदै

    सोमबार, असोज २३, २०७४ साल
    काठमाडौँ असोज २३ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी अब शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुन सहमत भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले  सरकारमा जाने निधो गरेको हो ।  यसअघि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा पार्टी रहने भएपछि राप्रपाले स्वतः सरकारलाई समर्थन गर्ने बताइदै आएको थियो । अध्यक्ष कमल थापाले सोमबारको बैठकमा विकसित राजनीतिक अवस्था,..

    'कालापानी र सुस्ताको सीमा विवाद सदाका लागि अन्त्य गर्नुपर्ने'

    आईतवार, असोज २२, २०७४ साल
    २२ असोज, काठमाडौं ।  आइतबार सम्पन्न नेपाल र भारतका प्रबुद्ध समूहको बैठकमा नेपालले सीमा क्षेत्रमा बनेका अवैध संरचनाहरु हटाउन माग गरेको छ । बैठकमा सीमा क्षेत्रमा बनेका संरचनाहरु हटाउनुपर्ने तथा सबै दशगजा क्षेत्र खाली राख्ने प्रस्ताव नेपाली पक्षले राखेको छ । छलफलका क्रममा दशगजा क्षेत्र खाली राख्न भारतीय पक्ष पनि सहमत देखिएको थियो । त्यस्तै, सीमा क्षेत्रमा रहेका जंगे पिल्लरहरु मर्मत लगायतका लागि..

    सर्वोच्चद्वारा आयल निगमका कार्यकारी खड्को पक्षमा अन्तरिम आदेश

    आईतवार, असोज २२, २०७४ साल
    काठमाडौं, असोज २२ ।   सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको पक्षमा अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाशिध पुरुषोतम् भण्डारीको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न तथा नगराउन अन्तरिम आदेश दिएको हो ।  गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको भन्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट बर्खास्त गरेको थियो ।  सरकारको उक्त निर्णयले..

    सीमारक्षक देवनारायण यादव र उनका छोरा अजय भारतबाट रिहा

    शनिबार, असोज २१, २०७४ साल
    २१ असोज, सप्तरी ।  विगत एक सातादेखि अपहरण मुद्दामा भारतमा थुनिएका देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन् । भारतीय प्रहरीले गत असोज १५ गते पक्राउ गरेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का यादव र उनका छोरा अजयलाई  साधारण तारेखमा छाडिएको हो । विहार राज्यको सुपोल जिल्लास्थित अदालतको आदेशमा उनीहरु रिहा भएका हुन् । बुहारी ज्योतीले अदालतमा इन्कारी..

    परिवार दल पनि बाम गठबन्धनतिर, आगामी चुनाव ‘सूर्य’ चिन्हमै लड्ने

    शनिबार, असोज २१, २०७४ साल
    २१ असोज, काठमाडौं ।  आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाल परिवार दल पनि नेकपा एमाले, माओवादी केन्द्र लगायतका दल मिलेर बनेको बाम गठबन्धनमै सम्मिलित भएर चुनाव लड्न राजी भएको  । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको तीनबुँदे सहमतिपत्रमा ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन् । सहमति पश्चात परिवार दलका अध्यक्ष एकनाथ ढकालले दुई पार्टीबीचको..

    यसरी बन्दैछ प्रदेश सरकार ! एउटा प्रदेशमा जम्मा ७ वटा मन्त्रालय

    शनिबार, असोज २१, २०७४ साल
    २१ असोज, काठमाडौं ।  संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयसहित हरेक प्रदेशका लागि जम्मा सातवटा मन्त्रालयको खाका तयार पारेको छ भने प्रदेशमा रहने मन्त्रालयको प्रस्तावित खाकालाई छिट्टै अन्तिम रूप दिएर सरकारसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ ।  हालका लागि समितिले सात मन्त्रालय र तिनका कार्यक्षेत्रसमेत निर्धारण गरेको हो । प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयले गर्ने प्रमुख २९ वटा कार्य..

    पूर्व डिआइजी नवराज सिलवाल एमाले प्रवेश, केपी ओलीबाट टीका

    शुक्रबार, असोज २०, २०७४ साल
    काठमाडौं, असोज २० सर्वोच्चमा मुद्धा हारेपछि आफ्नो पदबाटै राजीनामा दिएर बसेका नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेश गरेका छन् । अदालतमा रहेको प्रहरी महानिरीक्षक सम्बन्धि मुद्दाको फैसला आफ्नो विपक्षमा आएपछि एक विज्ञप्ती जारी गर्दै राजीनामाको घोषणा गरेका उनको राजीनामापत्र प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा पुगे पनि अझैसम्म स्विकृत भने भएको छैन । यसर्थ, यसलाई सिलवाल..

    उपेन्द्र र महन्थबीचको कुरा मिल्यो, बन्यो नयाँ ‘राजपा–फोरम गठबन्धन’

    शुक्रबार, असोज २०, २०७४ साल
    काठमाडौं, असोज २० ।  आगामी मंसिर महिनामा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपालले चुनावी गठबन्धन निर्माण गरेर अघि बढ्ने सहमति गरेका छन् ।  फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा संयोजक महन्थ ठाकुरले शुक्रबार एक संयुक्त बिज्ञप्ति जारी गर्दै अब आफूहरु सम्बद्ध दुवै दल निर्वाचनमा साझा उम्मेदवार उठाउन सहमत भएको जनाएका हुन् ।   ती..
    Weather Forecast