शनिबार, जेष्ठ १७, २०७७

    राज्य-समाज

    एमाले नेता राई सवार गाडीमा बम प्रहार

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौ २८ कार्तिक ।   आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै गर्दा उमेदवार माथिको आक्रमणका घटना बढ्दै गएको छ । भोजपूरमा मङगलबार बिहान एमाले नेता शेरधन राई चढेको गाडीमाथि बम प्रहार भएको छ ।  भोजपुर क्षेत्र नं.२ मा वाम गठबन्धनका तर्फबाट उमेवार समेत रहनु भएका राई चढ्नु भएको गाडीमाथि जिल्लाको ट्याम्केमैयु गाउँपालिका ७ पिखुवामा अज्ञात समुहले बम प्रहार गरेको प्रहरीले जनाएको..

    अबको युग विकास र समृद्धिको : प्रचण्ड

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौ २८ कार्तिक ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  अबको युग विकास र समृद्धिको भएको बताएका छन् ।  भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा मंगलबार  बिहान भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो १० महिने कार्यकालमा विकास र समृद्धिको संकल्प स्वरुप काम गरेको बताए ।  आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उमेदवार समेत..

    युट्यूब च्यानलमा चुनावी गीत : दललाई भोट माग्दै कलाकार

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौँ, २८ कात्तिक : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर चुनावी गीत सार्वजनिक गर्ने क्रम बढेर गएको छ । डिजिटल दुनियाँमा चुनाव लक्षित गीत–संगीतको बाढी नै आएको देख्न सकिन्छ । युट्यूब च्यानलमा नै यतिबेला चुनाव लक्षित गीत नै बढ्ता चल्तीमा देख्न सकिन्छ । लोकदोहोरी गीतमा प्रसिद्धि कमाएका कलाकार बद्री पंगेनीले वाम गठबन्धनको पक्षमा भोट माग्दै गीत तथा संगीत तयार पारेपछि छ ।  विशेषगरी..

    ‘सबै मिले मात्र देशको यातायात क्षेत्रमा सुधार आउँछ’

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौँ, २७ कात्तिक  : सबै क्षेत्र मिलेमात्र यातायात क्षेत्रमा सुधार आउने सरोकारवालाले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र महानगरीय ट्राफिक प्रहरी महाशाखाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘संयुक्त व्यवसायी तथा मजदूर प्रशिक्षण कार्यक्रम’मा महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ट्राफिक वा व्यवसायीले मात्र सुधार गरेर यातायात क्षेत्र नसुध्रिने बताए ।  “नेपालको यातायात क्षेत्र सुधार्नका लागि विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी..

    राष्ट्रपति विद्या भण्डारी युएईको अबुधावीमा, महत्वपूर्ण भेटवार्ता हुँदै

    मंगलवार, कार्तिक २८, २०७४ साल
    अबुधावी, २८ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यस मुलुकको औपचारिक भ्रमणमा सोमबार साँझ यहाँ आइपुगेकी छिन् ।  उनलाई अबुधावी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा मानव संसाधन तथा अमिरातीकरण मन्त्री नासेर थानी अलहमेलीले हार्दिक स्वागत गरेका थिए । भण्डारीको स्वागतार्थ विमानस्थलमा युएईका लागि नेपालका..

    यसपटक लालपुर्जा दिन पहल गर्नेलाई भोट : मुक्त कमैया

    सोमबार, कार्तिक २७, २०७४ साल
    धनगढी, २७ कात्तिक : आसन्न चुनाव नजिकिँदै जाँदा कैलाली जिल्लाका मुक्त कमैयाले आफूहरुको उचित पुनः स्थापनाको पहल गर्नेलाई सहयोग गर्ने बताएका छन् । चुनावको समयमा आउने नेताहरु भोट माग्दै समस्या समाधानको आश्वासन दिने गरेकामा अहिलेसम्म समस्या समाधान नभएको भन्दै मुक्त कमैयाले जग्गाको लालपुर्जा बनाउन पहल गरिदिनेलाई सहयोग गर्ने बताएका हुन् ।  धनगढीको पुरानो हवाई मैदानको जग्गा ओगटेर बसेका झण्डै ५६ मुक्त कमैया..

    चुनावपछि मात्रै एमाले र माओवादीबीच पार्टी एकता : अध्यक्ष दाहाल

    सोमबार, कार्तिक २७, २०७४ साल
    रत्ननगर, चितवन, २७ कात्तिक रासस : नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याउनु भएको छ । चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहनुभएका अध्यक्ष दाहालले आज यहाँ पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिनुभयो ।  उहाँले विचार मिल्ने पार्टीबीच एकता..

    मतदाता शिक्षाका लागि स्वयंसेवक गाउँगाउँमा

    आईतवार, कार्तिक २६, २०७४ साल
    रामेछाप,  कात्तिक २६ । जिल्ला निर्वाचन कार्यालय रामेछापले आइतबारबाट मतदाता शिक्षा स्वयंसेवकलाई गाउँगाउँमा पठाएको छ । आगामी मंसिर १० गते हुन लागेको प्रदेशसभा  र प्रतिनिधिसभाको चुनावमा बदर मत कम गर्ने उद्वेश्यले स्वयंसेवकलाई मतदाता शिक्षा दिन गाउँ पठाउको हो । कार्यालयले शिक्षक, सामाजिक परिचालक र महिला स्वास्थ्य स्वंयसेविका गरी १ सय ९१ जनालाई मतदाता शिक्षा तालिम दिएर उनीहरुलाई गाउँगाउँमा पठाएको हो । तालिममा..

    राष्ट्रपति भण्डारी युएई जानुहुँदै, युएईको युवराज नह्यानसँग औपचारिक भेटवार्ता गर्ने

    आईतवार, कार्तिक २६, २०७४ साल
    काठमाडौँ, कात्तिक २६। राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई जाँदै हुनुहुन्छ । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावी इमिरेटका युवराज तथा युएईको सशस्त्र बलका नायव सर्वोच्च कमान्डर शेख मोहम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारीले कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण गर्नुहुने भएको हो ।  कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ..

    लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रेसको जित अपरिहार्य छ : प्रधानमन्त्री

    आईतवार, कार्तिक २६, २०७४ साल
    काठमाडौँ, २६ कात्तिक। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको संस्थागत विकासका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताउनुभएको छ ।  नेपाल तेक्वान्दो संघका खेलाडीलाई काँग्रेसमा प्रवेश गराउन आइतबार आयोजित कार्यक्रममा उहाँले मानवाधिकार, प्रेस स्वतन्त्रता र व्यक्तिको स्वतन्त्रताको हक लोकतन्त्रमा मात्र सुरक्षित हुने बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लोकतन्त्र रोज्ने कि कम्युनिष्ट शासन रोज्ने जनमत भएको विचार व्यक्त गर्दै..

    सिरहामा निर्वाचन लक्षित मतदाता शिक्षा शुरु, स्वयंसेवकलाई तालीम

    आईतवार, कार्तिक २६, २०७४ साल
    लहान, २६ कात्तिक (रासस) : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सिरहामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदरको संख्या कमी ल्याउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लामा खटिने मतदाता शिक्षा स्वयंसेवकलाई तालीम दिन शुरु गरेको छ ।  सिरहाका ४३६ वटै मतदान केन्द्रमा खटिने मतदाता शिक्षा स्वंयसेवक..

    मंसिरमा हुने निर्वाचनका लागि २२ लाख परिचयपत्र छापियो : आयोग

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    काठमाडौं, कात्तिक २४ निर्वाचन आयोगले पुराना मतदाताका लागि मंसिरमा हुने चुनावका लागि परिचयपत्र नछाप्ने भएको छ ।पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नयाँ मतदाताको मात्र परिचयपत्र छापिने भएको हो । गएको स्थानीय तहको चुनावमा मतदाता नामावलीमा नाम रहेका र परिचयपत्र लिइसकेका मतदाताका लागि आयोगले फेरि परिचयपत्र वितरण नगर्ने प्रवक्ता नवराज ढकालले जानकारी..

    निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी आजबाट पोखरामा शुरु

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    पोखरा, २४ कात्तिक । गृह मन्त्रालयले आयोजना गरेको निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी शुक्रबार पोखरामा शुरु भएको छ । गोष्ठीमा प्रदेश नं ४ र ५ अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखका गरी १६० जनाको सहभागिता रहेको छ ।  गोष्ठीमा सुरक्षा निकायका प्रमुखले जिल्लाको सुरक्षा स्थिति मजवुत रहेकोले दुवैचरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको..

    विवेकशील साझा पार्टीले आज घोषणापत्र सार्वजनिक गर्दै

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    काठमाडौ २४ कार्तिक ।  विवेकशील साझा पार्टी नेपालले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भूकम्पले क्षतिग्रस्त राजधानीको धरहरास्थित डबलीबाट घोषणापत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ ।  आर्थिक समृद्धिसहित सहभागितामुलक लोकतन्त्र, समन्वयात्मक बजार, सामाजिक न्याय र सुरक्षासहितको समानुपातिक समावेशी राज्यको अवधारणालाई पार्टीको घोषणापत्रमा समावेश गरिएको साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो ।  विवेकशील साझा..

    पूर्व राष्ट्रपति डा. यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    काठमाडौँ, २४ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गर्नुभएको छ ।  सर्वमान्य नेता स्व गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको समारोहमा उहाँलाई अभिनन्दनसहित सो पदकबाट विभूषित गरिएको हो ।  शान्ति प्रक्रियाका विभिन्न चरणमा पु¥याउनुभएको योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र..

    समय अभावका कारण मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन सकेन : प्रमुख आयुक्त

    बिहिवार, कार्तिक २३, २०७४ साल
    काठमाडौं, कात्तिक २३ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले समय अभावका कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताउनु भएको छ ।  विहीबार काठमाडौंमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक तयारीका विषयमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भने समय कम भएर कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको छैन । उहाँले निर्वाचनका लागि जनशक्ति व्यवस्थापन पनि चुनौति..

    प्रधानमन्त्रीले जनतामाँझ भ्रमको खेती फैलाइरहेका छन् : एमाले अध्यक्ष

    बिहिवार, कार्तिक २३, २०७४ साल
    काठमाडौं, कात्तिक २३ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि आधा शताब्दी संघर्ष गर्नेहरुबाट लोकतन्त्र खतरामा छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमको खेती गरिरहेको भन्दै रोष प्रकट गर्नु भएको छ ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा बोल्दै ओलीले देउवा र कांग्रेसले भ्रम छरिरहेको भन्दै त्यस्ता कुरा नसुन्न मतदातालाई आग्रह गर्नु भएको हो ।  उहाँले चुनावपछि आफुहरु सरकारमा र..

    नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार देखि दैनिक ९ घण्टा बन्द हुने

    बिहिवार, कार्तिक २३, २०७४ साल
    काठमाडौं, कार्तिक २३ ।  नारायणगढ–मुग्लिन सडकखण्ड आगामी आइतबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सो सडकखण्डको स्तरोन्तीको लागि भन्दै दैनिक ९ घण्टा बन्द गर्न लागिएको बताइएको छ ।  सडकखण्डका केहीस्थानमा पहरो फोर्ने काम भइरहेकाले विहान ७ देखि अपरान्ह ४ बजेसम्म यातायत आवागमन बन्द गरिएको आयोजनाले जनाएको छ । सेती दोभान नजिक चट्टान सहितको ठूलो ढिस्को खस्ने सम्भावित जोखिम रहेको आयोजनाले जारी..

    महोत्तरीमा तिव्र प्रतिस्पर्धा, अप्रत्यासित परिणाम आउन सक्ने

    बिहिवार, कार्तिक २३, २०७४ साल
    गौशाला, २३ कात्तिक (रासस) : प्रतिनिधि सभा निर्वाचनका लागि चारवटा निर्वाचन क्षेत्र कायम गरिएको महोत्तरी जिल्लामा मंसिर २१ गते हुन गइरहेको चुनावमा अप्रत्यासित परिणाम आउने विश्लेषकको अनुमान रहेको छ । ठूलैरुपमा पैसाको खेल र जातीय समीकरणका कारण महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने र त्यसबाट अप्रत्यासित परिणाम आउने विश्लेषकको दाबी रहेको छ ।  मधेश आन्दोलनको परिणामस्वरुप जन्मिएको राजपा नेपाल अध्यक्ष..

    निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नहोस् : प्रमुख निर्वाचन आयुक्त

    बुधबार, कार्तिक २२, २०७४ साल
    काठमाडौँ, २२ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनको सन्दर्भमा आमसभा, जुलुस, प्रचारप्रसारलगायतका कुनै पनि राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न / नगराउन राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिनुभएको छ ।  बालशिक्षा र अधिकारको क्षेत्रका कार्यरत गैरसरकारी संघ संस्थाद्वारा प्रस्तुत नागरिक अपिल ग्रहण गर्दै उहाँले निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवारबाट हुनसक्ने बालबालिकाको प्रयोगलाई निरुत्साहन गर्न आयोगले सचेत पारेको बताउनुभयो..

    कांग्रेसलाई दुई तिहाई वहुमतले जिताए मधेसको सम्पूर्ण अधिकार सुनिश्चित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    बुधबार, कार्तिक २२, २०७४ साल
    जनकपुर, कात्तिक २२ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा कांग्रेसलाई बहुमतका साथ जिताए मधेसीलाई देशको मालिक बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।    बुधबार विभिन्न कार्यक्रममा सहभागी हुन जनकपुर पुग्नु भएका नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  मधेसीलाई देशको मालिकसम्म बनाउन र संविधान संशोधनको लागि मधेसका नागरिकले कांग्रेसलाई दुई तिहाई बहुमतले जिताउनु पर्ने बताउनुभयो ।     नेकपा एमाले संविधान..

    युएईद्धारा श्रम सम्झौताका लागि नेपाललाई औपचारिक रुपमा प्रस्ताव पेश

    बुधबार, कार्तिक २२, २०७४ साल
    काठमाडौं,२२ कात्तिक ।   युएईले द्विपक्षीय श्रम सम्झौताका लागि नेपाललाई औपचारिक रुपमा प्रस्ताव पठाएको छ । नेपालले हालै मात्र जोर्डनसँग श्रम सम्झौता गरे लगतै युएईले पनि चासो देखाउँदै मस्यौदा पठाएको हो ।  श्रम तथा रोजगार मन्त्रालयले पछिल्लो पटक घरेलु कामदारको लागि एमओयू गर्न प्रस्ताव गरेको थियो । तर यूएईले श्रम सम्झौताका लागि छलफल गर्न आग्रह गर्दै मस्यौदा पठाएको छ । यसअघिका छलफलमा असहमति जनाएका..

    म्याग्दीका २२ मतदानस्थल संवेदनशील

    बुधबार, कार्तिक २२, २०७४ साल
    म्याग्दी, कात्तिक २२। जिल्ला सुरक्षा समिति म्याग्दीले म्याग्दीका २२ मतदानस्थल सुरक्षाका हिसाबले संवेदनशील रहेको जनाएको छ । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि संवेदनशील मतदानस्थलका लागि विशेष सुरक्षा योजना तयार पारेको समितिले जनाएको छ ।  यसअघिका चुनावमा भएका क्रियाकलाप, भौगोलिक विकटता, सञ्चार तथा यातायात लगायतका सुविधाको पहुँचका आधारमा संवेदनशील मतदानस्थलको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार..

    वायूप्रदुषण गराउँदै हिड्ने सवारी साधन कारबाहिमा

    बुधबार, कार्तिक २२, २०७४ साल
    काठमाडौँ, २२ कात्तिक  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा बढी मात्रामा धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही थालेको छ ।  प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा धुवाँ फ्याँक्दै हिँडेका सवारी साधनलाई कारबाही शुरु गरेको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३१ गतेदेखि हालसम्म ४५० वटा त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ । जसमा प्रदूषण स्टिकर फेल भएका..

    दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सुरु

    बुधबार, कार्तिक २२, २०७४ साल
    काठमाडौं कार्तिक २२ ।  निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सुरु भएको जनाएको छ ।   दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा १ करोड २२ लाख मतदाता छन् । दोस्रो चरणमा निर्वाचन हुने कुल मतदाताको १० प्रतिशत वढी संख्यामा मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।   प्रत्यक्ष तर्फ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बेग्ला बेग्लै मतपत्र..

    व्यग्र चासोका यी ‘टप–५’ निर्वाचन क्षेत्रहरु, रोचक प्रतिश्पर्धा

    मंगलवार, कार्तिक २१, २०७४ साल
    काठमाडौं, २१ कार्तिक ।  आगामी मंसिर १० र २१ गते देशभर हुन गईरहेको पहिलो र दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केही जिल्लाहरु तथा ती क्षेत्रका उम्मेदवारहरु अहिले आम नागरिकको चासोमा परेका छन् । चर्चित व्यक्तित्व र कडा प्रतिस्पर्धीबीचको रोचक भिडन्त हुने टप ५ चासोका जिल्लाहरु यस्ता रहेका छन्  : १. गोरखा–२, पूर्व सहयोद्धाहरुको भिडन्तमा चम्केको क्षेत्र   नारायणकाजी श्रेष्ठ  र  बाबुराम भट्टराई भूकम्पको इपिसेन्टर भनेर..

    वामगठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक

    मंगलवार, कार्तिक २१, २०७४ साल
    काठमाडौं कार्तिक २१ ।  विकास र आर्थिक समृद्धिको महत्वकांक्षी योजनासहित वामगठवन्धनले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । गाउँदेखि केन्द्रसम्म बामपन्थी सरकार भन्ने नारा सहित आगामी ५ वर्षमा गर्ने काम समेटेर गठवन्धनले प्रदेश र प्रतिनीधिसभाका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । वामपन्थी तालमेल र पार्टीको एकता राष्ट्रको ऐतिहासिक आवश्यकता भन्दै विगत ५० वर्षदेखि विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न राष्ट्रको निर्णायक..

    दुइ कम्युनिष्ट पार्टी मिल्दा कोही चिच्याउन आवश्यक छैन : ओली

    मंगलवार, कार्तिक २१, २०७४ साल
    काठमाडौँ, २१ कात्तिक।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको चुनावको घोषणापत्र राष्ट्र निर्माणको प्रतिबद्धता भएको बताउनुभएको छ ।  उक्त गठनबन्धनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले घोषणापत्रले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासबारे सुनिश्चिता गरेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “यो चुनावको घोषणापत्र होइन, राष्ट्र निर्माणको प्रतिबद्धता हो । गरिबी निवारण, रोजगारी, स्वच्छ वातावरण..

    आफ्नो मत खरिदबिक्री नगर्न प्रमुख निर्वाचन आयुक्त यादवको आग्रह

    मंगलवार, कार्तिक २१, २०७४ साल
    धुलिखेल, २१ कात्तिक।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गर्नुभएको छ ।  निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा डा यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्दै भन्नुभयो “मतदाता शिक्षा र मतदान गर्ने काम मतको सुरक्षा र सुनिश्चितताका लागि हो, जनताको मतविना प्रजातन्त्र सुदृढ..

    राजतन्त्र र हिन्दू राष्ट्र फर्काउने एजेण्डासहित राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक

    मंगलवार, कार्तिक २१, २०७४ साल
    काठमाडौ २१ कार्तिक ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्था र सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुनरस्थापनाको एजेण्डा सहितको घोषणापत्र मङगलबार  सार्वजनिक गरेको छ ।  ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै राप्रपाका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तयार पारिएको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।  राप्रपाको घोषणापत्रमा राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्ने उल्लेख गरिएको छ । ‘राष्ट्रियता, सनातन धर्म, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ..
    Weather Forecast