बुधबार, असोज १४, २०७७

    राज्य-समाज

    घरबहाल तिर्न नसक्ने नागरिकलाई घरबाट ननिकाल्न सर्वोच्चकाे आदेश

    शुक्रबार, श्रावन १६, २०७७ साल
    काठमाडौं, १६ साउन । सर्वोच्च अदालतले कोभिड–१९ को महामारीबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीका अवधिमा घरबहाल तिर्न नसक्ने नागरिकलाई बाध्य पारी घरबाट ननिकाल्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले विहिबार बन्दाबन्दीका समयमा घरमा बसेका नागरिकलाई घरभाडा तिर्न नसकेको अवस्थामा घरबाट ननिकाल्न आदेश जारी गरेको हो । “बन्दाबन्दीको अवधिको भाडा तिर्न नसकेका कारण घरबाट निकाल्न, निक्लन..

    रातको समयमा उपत्यका आउँदै हुनुहुन्छ ? नाकामै रोकिनु पर्ला !

    शुक्रबार, श्रावन १६, २०७७ साल
    काठमाडाैं, १५ साउन।  गृहमन्त्रालयले रातको समयमा काठमाडाैं उपत्यका आवागमनमा राेक लगाएकाे छ । उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएपछि गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै साे निर्णय गरेकाे हाे ।  मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबारदेखि नै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको प्रवेश पूर्ण बन्द गराइनेछ। नाकाहरूकाे आवागमनमा पुर्ण निगरानीका साथ चेकजाँचकाे व्यवस्था नभएसम्म..

    गृहमन्त्रालयद्वारा साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक

    बिहिवार, श्रावन १५, २०७७ साल
    काठमाडाैं, १५ साउन।  गृहमन्त्रालयले रातको समयमा काठमाडाैं उपत्यका आवागमनमा राेक लगाएकाे छ । उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएपछि गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै साे निर्णय गरेकाे हाे ।  मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबारदेखि नै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको प्रवेश पूर्ण बन्द गराइनेछ। नाकाहरूकाे आवागमनमा पुर्ण निगरानीका साथ चेकजाँचकाे व्यवस्था नभएसम्म तथा अर्काे आदेश नआएसम्मका..

    ‘अब देशमै छ रोजगारी’ अभियान शुभारम्भ

    बिहिवार, श्रावन १५, २०७७ साल
    काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ बाट सिर्जित बेरोजगारी समस्या समाधान गर्न थुप्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ल्याइएको ‘अब देशमै छ रोजगारी’ अभियानको आज भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै उनले आसन्न बेरोजगारीको सङ्कटबाट बच्नका लागि नेपालले १० लाख बढी रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताए। कोभिड–१९ महामारीका..

    प्रधानमन्त्री केपी ओलीको विकल्प कोही छैनः मन्त्री भट्ट

    बिहिवार, श्रावन १५, २०७७ साल
    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताएका छन्। स्थिर सरकारको नयाँ इतिहास रच्‍नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उनले बताए। बहुमत स्थायी समिति सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका बेला भट्टको यस्तो धारणा आएको हो। रिपोर्टस क्लबमा भएको कार्यक्रममा मन्त्री भट्टले भने, ‘केपी शर्मा ओलीको..

    देउवाको कार्यशैलीप्रति पौडेल समूहले बुझायो लिखित असन्तुष्टि

    बिहिवार, श्रावन १५, २०७७ साल
    काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा विभाग र निकायहरूमा मनोनयन गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सार्वजनिकरुपमा असन्तुष्टि जनाएको छ। बिहीबार बिहान पौडेल र महामन्त्री शशांक कोइरालाले हस्ताक्षर गरेको असहमतिपत्र बुझाइएको हो। विभागलाई पूर्णता दिने काम रोक्न सभापति देउवालाई लिखित रुपमै ध्यानाकर्षण गराएका हुन्। सभापति देउवाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिताविपरीत कार्यकाल केन्द्रमा..

    निर्मला हत्या प्रकरणः प्रहरी उपरीक्षकसहित आठ प्रहरीलाई सफाइ

    बिहिवार, श्रावन १५, २०७७ साल
    महेन्द्रनगर। कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसुर र यातना मुद्दा खेपेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीले आज सफाइ पाएका छन्। जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट (हाल बर्खास्त) सहित आरोपित आठ प्रहरी अधिकृत तथा कर्मचारीलाई सफाइ दिएको हो। जिल्ला अदालत कञ्चनपुरका..

    मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने २ लाख बढी प्रहरीकाे नियन्त्रणमा

    बिहिवार, श्रावन १५, २०७७ साल
    काठमाडौं, १५ साउन । मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने २ लाख ८ हजार १ सय ५८ जना  पक्राउ परेका छन् । लकडाउन खुलेयता मास्क नलगाई हिँडडुल गर्ने २ लाख ८ हजार १ सय ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे । नियन्त्रणमा लिइएकामध्ये एक लाख ८२ हजार ३ सय ४६ जनालाई सम्झाइबुझाइ गरेर मात्र छाडिएको छ । त्यस्तै १६ हजार ५ सय ४३ जनालाई मास्क..

    पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि रामचन्द्र पौडेलले उठाए प्रश्न

    बिहिवार, श्रावन १५, २०७७ साल
    काठमाडाैं, १५ साउन । नेपाली का‌ंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाएका छन्। वरिष्ठ नेता पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारबाही गरेको जनाउँदै समितिको कार्यमाथि प्रश्न उठाएका हुन्। नेता पौडेलले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ उम्मेदवार र प्रस्तावक–समर्थकलाई..

    ललितपुर महानगरले सार्वजनिक क्षेत्रमा विज्ञापन गरे कारबाही गर्ने

    बिहिवार, श्रावन १५, २०७७ साल
    काठमाडौं, १५ साउन । ललितपुर महानगरपालिकाले सार्वजनिक स्थलमा विज्ञापन गरेमा कारबाही गर्ने भएको छ। महानगर क्षेत्रभित्र रहेका बिजुलीको पोल तथा सार्वजनिक पर्खाल र सडक आसपास रहेका घरहरूको भित्तामा अव विज्ञापन गर्न नपाइने भएको हो। यस्ता स्थानमा शैक्षिक परामर्श  र प्राकृतिक उपचार गरिने भन्दै मनलाग्दी पर्चा-पम्प्लेट टाँस्ने गरिएको छ।  ‘महानगरपालिकाभित्रका बिजुलीको पोल, सार्वजनिक भित्ता, सडक आसपासका  घरहरूको भित्तामा ट्युसन, टोफल र प्राकृतिक उपचार,..

    दुई हजार परिवार विस्थापित,दुई दिनकै झरीले कैलालीका अधिकांश भू-भाग डुबानमा

    बिहिवार, श्रावन १५, २०७७ साल
    कैलालीमा दुई दिन देखिको लगातार वर्षाले ६ हजारभन्दा बढी परिवार डुबानमा परेका छन् । उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन् । डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन् । भजनीमा दुई हजार एक सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार डुबानमा परेका छन्..

    काेराेना संक्रमणबाट माेरङका ४५ वर्षीय पुरुषको मृत्यु

    बिहिवार, श्रावन १५, २०७७ साल
    काठमाडाैं, १५ साउन। कोरोनाको कारण प्रदेश १ मा एक जनाको ज्यान गएको छ । प्रदेश १ भित्रकै नागरिकको ज्यान गएको यो पहिलो हो । हिजो पोजेटिभ रिपोर्ट आएका मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो । ४५ वर्षका पुरुष दुई महिनाअघि सुनवर्षीको क्वरेण्टीनमा बसेका र पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको..

    एमसीसी संसद्मै रोकिएकोमा अर्थमन्त्री खतिवडा रूष्ट

    बिहिवार, श्रावन १५, २०७७ साल
    काठमाडाैं, १५ साउन। अर्थमन्त्री डा. युवराज खतिवडाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी विधेयक संघीय संसदमै अड्किएकोप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार अर्थमन्त्री खतिवडाले विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गर्न समेत समितिलाई आग्रह गरे । उनले एमसीसी सम्झौता संसदमा विचाराधीन..

    देउवाले गठन गरे जम्बो ज्येष्ठ राजनीतिज्ञ सभा

    बुधबार, श्रावन १४, २०७७ साल
    काठमाडौं। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले कांग्रेसमा विभाग विस्तार कार्य रोक्न माग गरिरहेकै बेला सभापति शेरबहादुर देउवाले ज्येष्ठ राजनीतिज्ञ सभा गठन गरेका छन्। बुधवार कांग्रेस सभापति देउवाले सभामा ४७९ जना सदस्यलाई सभामा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन्। ज्येष्ठ राजनीतिज्ञ सभामा देउवा आफै पनि सदस्य छन्। त्यसैगरी, सदस्यहरुमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि तारानाथ रानाभाटसम्म रहेका छन्।..

    नेकपा केन्द्रीय समिति बैठकको माग गर्ने यी हुन् १५२ नेता

    बुधबार, श्रावन १४, २०७७ साल
    काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ जना केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गर्दै पत्र बुझाएका छन्। उनीहरूले आज पार्टीका अध्यक्षद्वयलाई सम्बोधन गर्दै केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्र दर्ता गराएका हुन्। केही समय पहिलेदेखि नै संकलन गरिएका हस्ताक्षर बुधबार अपराह्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई बुझाइएको हो। सचिवालय र स्थायी कमिटीले पार्टीमा..

    छुट्टै कानून बनेपछि राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा सहज हुन्छः मन्त्री खतिवडा

    बुधबार, श्रावन १४, २०७७ साल
    काठमाडौं। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोभिड-१९ ले समग्र अर्थतन्त्रमा प्रभाव पारेको अवस्थामा पनि राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका क्रममा रकमान्तर गरेर पनि समस्या आउन नदिने बताएका छन्। राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खतिवडाले अरु शीर्षकमा रहेका खर्च रकमान्तर गरेर र दातृ निकायबाट पनि परिपूर्ति गरेर यी आयोजनामा बजेट कमी हुन नदिइने बताए। राष्ट्रिय गौरवका आयोजनामा छुट्टै कानून बनाएपछि त्यसले आयोजना..

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी

    बुधबार, श्रावन १४, २०७७ साल
    काठमाडौं। वाग्मती प्रदेश मन्त्रिपरिषद्को भर्खरै सकिएको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा डा विश्वराज जोशीलाई नियुक्त गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डा जोशीलाई नियुक्त गरेको सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए। त्यसैगरी बैठकले वैदेशिक सहयोग प्राप्ति तथा कर छुटका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ। उक्त बैठकले बालअधिकार समितिको सदस्यमा विभिन्न व्यक्तिलाई..

    सरिता गिरीको ठाउँमा सांसद बनेकी सिटौलाले लिइन् शपथ

    बुधबार, श्रावन १४, २०७७ साल
    काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले  जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलालाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उहाँले खसआर्य समावेशी समूहबाट निर्वाचित भई शपथ लिएकी हुन्। सो अवसरमा सभामुख सापकोटाले सांसद सिटौलालाई सदस्य पदको प्रतीकचिह्नअङ्कित लकेट प्रदान गरेका थिए। तत्कालीन जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरिता गिरीलाई..

    अन्तर्राष्ट्रिय बाघ दिवस: बाघको सङ्ख्या बढाउने प्रतिबद्धता पूरा हुने प्रधानमन्त्रीकाे विश्ववास

    बुधबार, श्रावन १४, २०७७ साल
    काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै ओलीले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका..

    राजधानीसहित शहरी क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा

    बुधबार, श्रावन १४, २०७७ साल
    काठमाडाैं, १४ साउन । सरकारले लकडाउन अन्त्य गरेसँगै शहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दूरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो । पछिल्ला दिनमा गाउँ गएका व्यक्ति पनि शहर फर्किने क्रम शुरू भएको छ । यसले पनि शहरी क्षेत्रमा जोखिम बढेको हो । कुनै व्यक्ति संक्रमितको सम्पर्कमा आइहाले कन्ट्याक्ट..

    नेकपा विवादः प्रचण्ड ब्याक भएपनि माधव नेपाल भने ओलीकै पक्षमा

    बुधबार, श्रावन १४, २०७७ साल
    काठमाडौं, १४ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र सहमति निर्माणका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् । उनी हिजो साँझ आफै उपाध्यक्ष बामदेव गौतमको निवास पुगेर डिनरसहितको छलफल गरे । गौतमले नेकपामा सहमतिका लागि छ बुँदे प्रस्ताव अगाडि सारेपछि उत्साही भएका ओलीले त्यसमा सहमतिको सन्देश पनि दिएका छन् । उनले सहमतिका लागि आफू लचिलो बन्न तयार भएको..

    सरिता गिरीको सिटमा आज लिलादेवी सिटौलाले सपथ लिँदै

    बुधबार, श्रावन १४, २०७७ साल
    काठमाडाैं, १४ साउन । जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सपथ लिँदैछिन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई सपथ खुवाउने कार्यक्रम तय भएकाे सभामुखको निजी सचिवालयले जनाएको छ ।  गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार..

    विषादी जंगली च्याउ खाँदा चारजनाको मृत्यु

    बुधबार, श्रावन १४, २०७७ साल
    काठमामडाैं, १४ साउन।  विषादी जंगली च्याउ खाएर बिरामी भएका जाजरकोटका थप तीनजनाको मृत्यु भएको छ । साउन ९ गते टेकबहादुर चलाउनेको घरमा च्याउ खाएर बिरामी भएका उनीहरूको प्रदेश अस्पताल सुर्खेतस्थित कालागाउँमा मृत्यु भएको हो । कुशे गाउँपालिका–१ स्याँक्रीका टेकबहादुरकी छोरी १६ वर्षीया औसरा, १३ वर्षीया धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी..

    किन पुगे रातारात प्रधानमन्त्री वामदेवलाई भेट्न भैंसेपाटी ?

    बुधबार, श्रावन १४, २०७७ साल
    काठमाडौं, १४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन् । मंगलबार साँझ प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित गौतम निवास भैंसेपाटी पुगेका हुन् । भैंसेपाटीमा ओली र नेता गौतमबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतको दाबी छ । वामदेव सचिवालयले पारिवारिक भेटघाट भएको बताए पनि पार्टी भित्रको विवादको विषयमा छलफलका लागि..

    सप्तरी मास्क नलगाई हिँड्नेलाई कारबाही सुरू, १२ हजार राजश्व असुल

    बुधबार, श्रावन १४, २०७७ साल
    सप्तरी, १४ साउन।  मास्क नलगाई हिँड्नेलाई सप्तरी प्रशासनले कारबाही गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता तिलक भारतीकाअनुसार राजविराज बजार क्षेत्रलगायत कञ्चनरुप, कल्याणपुर, शम्भुनाथ बजारबाट मङ्गलबार मास्क नलगाई हिँड्ने १२३ जनालाई नियन्त्रणमा लिइएको हो । हाट, बजार र पूर्व-पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएका १२३ जनाबाट प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना तिराएर छाड्ने गरेको जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ ।..

    नयाँ मोडमा नेकपा विवादः मंगलबार बालुवाटारमा जे भयो..

    मंगलवार, श्रावन १३, २०७७ साल
    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटीको बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जिम्मेवारी दिएको छ। प्रधानमन्त्री निवास बालुवाटमारमा २९ स्थायी कमिटी र दुई आमन्त्रित सदस्यसहितको बैठकले आन्तरिक समस्या समाधानका लागि दुई अध्यक्षबीच संवाद हुनुपर्नेमा जोड दिँदै त्यसको जिम्मेवारीसमेत अध्यक्ष दाहाललाई दिएको हो। अघिल्लो स्थायी कमिटीको बैठकको..

    राप्रपा परित्याग गरेका सुनिल थापा बने कांग्रेस सह-महामन्त्री

    मंगलवार, श्रावन १३, २०७७ साल
    काठमाडौं। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनिलबहादुर थापा सहित १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई स्वागत गरेका हुन्। कोरोना संक्रमणले बृहत सभा गर्न असम्भव भएपछि छिटो छरितो ढंगले थापालाई कांग्रेस प्रवेश गराइएको छ। मंगलबार कांग्रेस प्रवेश गरेका थापा सहमहामन्त्री बन्दा पाँच नेतालाई पार्टी सभापति देउवाले केन्द्रीय..

    काँग्रेस वरिष्ठ नेता पौडेलसँग चिनियाँ राजदूतको भेट

    मंगलवार, श्रावन १३, २०७७ साल
    काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन्। वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उनीहरुबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६५औँ वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ। सो अवसरमा उनीहरुबीच बिपी कोइराला र माओत्से तुंका पालादेखिको काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन..

    अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

    मंगलवार, श्रावन १३, २०७७ साल
    काठमाडौं। विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन्। जुलाई ३१ तारिखदेखि हुने चौंथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ठ ८ तारिखसम्मको उडान तालिका बनाएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिका अनुसार नेपाल एयरलाइन्सले अगष्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ।..

    बालुवाटारमा वामदेवले भने- मेरो प्रस्तावअनुसार पार्टी अगाडि बढाउनु पर्छ

    मंगलवार, श्रावन १३, २०७७ साल
    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी  एकतालाई मजबुद् बनाउन आफूले दिएका ६ बुँदे सुझावअनुसार अघि बढ्नु पर्ने बताएका छन्। मंगलबार दिउँसो बालुवाटार भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीइतर बहुमत सदस्यको स्थायी कमिटी बैठकमा बोल्दै वामदेवले आज बिहान आफूले सार्वजनिक गरेका सुझावका बुँदालाई मानेर जानु पर्ने बताएका हुन्। गौतमले मंगलबार बिहान दुई अध्यक्षलाई विभिन्न ६ बुँदामा सुझाव दिएका थिए। गौतमले प्रचण्ड..
    Weather Forecast