आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    कर्णाली प्रदेशका विकासमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतको आदेश

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।     सो अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न..

    एन्थ्रेक्स पुष्टि भएपछि सावधानीको प्रयास

    मंगलवार, श्रावन २८, २०७६ साल
    इटहरी, २८ साउन कोशी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा ‘एन्थ्रेक्स’कोे जीवाणु फेला परेपछि स्थानीय प्रशासनले सावधानी अपनाउन सबैलाई सूचीत गरेको छ  । बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्बरको सिमानामा पर्ने आरक्षसँगै चरण क्षेत्रमा मरेका चौपायामा एन्थ्रेक्स जीवाणु फेला परेसँगै तीन किलोमिटर क्षेत्रमा सङ्क्रमण फैलन नदिन चुना छरिएको छ । बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले चौपाया मरेका स्थान वरपरको क्षेत्रमा चुना छरिएको जानकारी दिनुभयो..

    ‘पत्रकारसँग एकाकार भएर अगाडि बढ्र्छौँ’

    मंगलवार, श्रावन २८, २०७६ साल
    धनगढी, २८ साउन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले पत्रकार दिलबहादुर छत्याल र आफूबीच सामान्य विषयमा भएको मतान्तरलाई अतिरञ्जित ढङ्गले प्रस्तुत गरिएको बताउनुभएको छ ।   प्रदेशसभाको आजको बैठकमा विषेश समय लिएर शून्य समयमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले पत्रकार छत्याल र आफूबीचको सामान्य विषयमा भएको मतान्तरलाई अस्वस्थ्य ढङ्गले विवाद खडा गरिएको जिकिर गर्नुभयो । पत्रकारिता क्षेत्र र राजनीतिक क्षेत्र समाजको..

    प्रशासनको निर्देशनात्म पत्रले रेडक्रसको वार्षिक साधारणसभा अकस्मात स्थगित

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौं, २८ साउन ।   नेपाल रेडक्रस सोसाइटी 'नेरेसो'को केन्द्रीय वार्षिक साधारण सभा अकस्मात स्थगित भएकाे छ ।देशभरका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अधिकांस सभापति नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय बार्षिक साधारण सभामा भाग लिन काठमाडौं आइसकेको अवस्थामा अकस्मात सभा स्थगित भएको हाे ।    मंगलबार बिहान नौ बजेदेखि काभ्रेको बनेपामा बस्ने गरी बोलाइएको केन्द्रीयसभा स्थगित गर्नुपर्दा रेडक्रस परिवार मर्माहित भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल..

    विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन । स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५-०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो ।  वैदेशिक भ्रमणमा स्थानीय तहका पदाधिकारी जान थालेपछि मन्त्रालयले कडाइ गरेको छ । मन्त्रालयको स्वीकृत बेगर वैदेशिक भ्रमणमा जान नपाइने व्यवस्था छ..

    नेकपा सचिवालय बैठक बुधबार, स्कूल विभागको 'टाउको दुखाई'

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि साउन १३ गतेको बैठकमा..

    कलङ्की–चाबहिल सडक विस्तारको तयारी शुरु, चीन सरकारले डिपिआर अध्ययन गर्दै

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन । चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ ।  सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो । सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन लागिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा..

    मंसिर १४ उपनिर्वाचन : ५० पदका लागि ५ सय ५० मतदान केन्द्र

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन  उपनिर्वाचनमा ५ सय ५० मतदान केन्द्र हुने भएको छ । विभिन्न कारणले खाली भएको ठाउँमा निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्न लागेको हो ।  देशमा अहिलेसम्म प्रतिनिधिसभा १, प्रदेश सभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्लाका ४१ वडाध्यक्षको पद खाली रहेको छ । पदपुर्तिको लागि आयोगले उपनिर्वाचन गर्न लागेको हो । ५४..

    विरोध प्रदर्शन गर्न प्रधानमन्त्री निवास पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन  विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले बुधबार प्रधानमन्त्री निवास बालुवाटरमा विरोध प्रदर्शन गरेका छन् । आरक्षण बचाउ आन्दोलनको नेतृत्वमा भइरहेको आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ। आज बालुवाटार घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप भएको थियो ।  केही समय अवस्था असामान्य भएपनि हाल भने प्रदर्शनकारीहरु सडकमै बसेर धर्ना दिइरहेका छन् । लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक..

    सुनको नयाँ रेकर्ड : तोलाको ७१ हजार पुग्यो

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौं,  २८ साउन । एक महिनादेखि लगातार बढेकाे सुनकाे मूल्यले पुनः नयाँ रेकर्ड बनाएकाे छ । आज नेपाली बजारमा सुनकाे मूल्य बढेर प्रतिताेला ७१ हजार पुगेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो। यो सुनको मूल्यको नयाँ रेकर्ड हो।  सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो। यस्तै चाँदीको..

    अमेरिकी भिसा र ग्रिनकार्डमा थप कडाइ, सार्वजनिक भयो नयाँ नियम

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौं, २८ साउन ।  अमेरिकाले भिसा र ग्रिनकार्डमा थप कडाइ गर्दै नयाँ नीति ल्याउन लागेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको हो ।  आप्रवासीहरु सार्वजनिक सुविधामा निर्भर हुनसक्ने सम्भावना देखिएमा सरकारले भिसा अवधि लम‍्ब्याउन र ग्रिन कार्ड प्रप्त गर्न दिएको..

    'लोकसेवा आयोगले निकालेको विज्ञापन खारेज गराइछाड्ने'

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन ।  लोकसेवा आयोगले निकालेको विज्ञापनप्रति असन्तृष्ट जनाउँदै दलित विद्यार्थीहरुले चरणबद्ध आन्दोलनबाटै विज्ञापनको खारेजी गर्ने बताएका छन् । सबै राजनीतिक दलसँग आबद्ध विद्यार्थी नेताहरुले दलित आन्दोलनका अगुवालाई सहित आन्दोलनमा उपस्थिति गराउने र आन्दोलनबाट विज्ञापनको खारेजी गराउने जिकिर गरेका हुन् । शनिबार दलित विकास समितिको सभाहलमा आन्दोलनका अगुवासहित दलित विद्यार्थीहरुले आन्दोलनको मागचित्र बनाउनुको साथै आजै ४ बजे माइतीघरमा विरोधसभासमेत गर्ने उनीहरुले..

    संसद्लाई खरिद गरिएका गाडीमा प्राविधिक समस्या, अनियमितताको आशङ्का

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन ।  सङ्घीय संसद्मा समिति सभापतिका लागि खरिद गरिएका गाडी हस्तान्तरण भएको एक महिनामै प्राविधिक समस्या देखिएपछि खरिद प्रक्रियामा छानबिनको तयारी थालिएको छ । गत शुक्रबार सभामुख कृष्णबहादुर महरा र समिति सभापतिहरूको छलफलमा गाडीको विषय प्रवेश भएपछि छानबिन प्रक्रिया अगाडि बढाउन लागिएको हो । सभामुख महराले आइतबार राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिसमेत रहनुभएका रामनारायण बिडारीसहित..

    नेकपामा गुट अदलबदल, दाहाल–नेपाल झस्किए

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन ।  प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्किए।  प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा सचिवालय सदस्य वामेदव गौतम विमानस्थल पुगे।  केही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध सुमधुर नभएको चर्चा भइरहँदा सांसदसमेत नरहेका गौतम अचानक ओलीको स्वागतका लागि विमानस्थल पुग्नुलाई नेकपाभित्रको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। केही समयदेखि बिग्रिएको भनिएको..

    नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन ।  नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको काम सम्पन्न गर्न नसक्दा केन्द्रदेखि स्थानीय तहसम्म विवाद बढ्न थालेको छ । जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी चल्न थालेको छ । पार्टी मिल्दा छ महिनाभित्र सांगठानिक एकीकरण सम्पन्न गर्ने घोषणा गरिएको थियो । नेकपाले सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, प्रदेश कमिटी जिल्ला इन्चार्ज, सह–इन्चार्ज, जिल्ला कमिटी, जनवर्गीय संगठनले पूर्णता पाए पनि स्थानीय..

    ओली सिंगापुरबाट फर्केलगत्तै देउवासँग सहमति

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन ।  निकै चर्चामा रहेको मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्ष (सिंहदरवार)मा भएको उक्त छलफलमा उक्त विधेयक छिट्टै सदनमा अगाडि बढाउन सहमति जुटेको हो । साथै त्यसका लागि सबै दलसँग सहमति जुटाउने विषयमा पनि छलफल भएको बताइएको छ । उक्त छलफलमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला..

    श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न महासङ्घ सक्रिय

    सोमबार, श्रावन २७, २०७६ साल
    दाङ, २७ साउन नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोबिन्द आचार्यले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि महासङ्घ कटिबद्ध रहेको बताउनुभएको छ । रिपोटर्स क्लबले आज तुलसीपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक र नियुक्तिपत्र दिलाउन लागि आन्दोलन शुरु गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “श्रमजीवी पत्रकारलाई अधिकार दिलाउनका लागि ठूला सञ्चार गृहबाट आन्दोलन शुरु गर्छौ, यदि सञ्चार गृह बन्द..

    शिक्षामा रुपान्तरणकारी नीति र कानून ल्याइन्छ : अध्यक्ष दाहाल

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौँ, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा क्षेत्रलाई रुपान्तरणका लागि नयाँ नीति र कानून ल्याउने बताउनुभएको छ । ‘शिक्षालय’ राष्ट्रिय मासिकको १५ औँ ‘एजुकेशन अवार्ड २०७६’ प्रदानपछि अध्यक्ष प्रचण्डले विकसित मुलुकले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको उदाहरण लिँदै नेपालले पनि शिक्षालाई प्राथमिकता दिई उपयुक्त नीति र कानून ल्याउन आवश्यक भएको बताउनुभएको हो । उहाँले..

    ३ दिनसम्म देशभर मेघ गर्जनसहितको भारी वर्षा हुने

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौँ, २७ साउन सोमबार देखि ३ दिनसम्म लगातार देशका विभिन्न स्थानमा मेघ गर्जनसहितको वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन । साथै आगामी ३ दिनसम्म देशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ । यसैगरी पश्चिम पहाडी भूभाग तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना..

    वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले मंसीर १४ को उपनिर्वाचन बहिष्कार गर्ने

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौँ, २७ साउन मंसीर १४ गतेलाइ तोकिएको उपनिर्वाचन मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले बहिष्कार गर्ने निर्णय गरेको छ । साउन २१ देखि २३ सम्म चलेको पार्टीको पोलिटब्युरो बैठकले संसदवादको भण्डाफोर गर्न उपर्युक्त देखिएकोले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । महासचिव वैद्यले आइतबार विज्ञप्ति जारी गरेर उपनिर्वाचनको सक्रिय बहिष्कार गर्ने उल्लेख गरेका छन् । प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहसमेत गरी ३६..

    के गर्दै छन् मोदी 'म्यान भर्सेस वाइल्ड'मा ? [भिडियो सहित]

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौँ, २७ साउन  म्यान भर्सेस वाइल्डको विशेष एपिसोडमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फिचर गरिने भएको छ । मोदी बेलायती प्रस्तोता वियर ग्रिल्ससँगै टेलिभिजनमा झुल्कनेछन् । उत्तराखण्डको जिम कोर्बेट नेशनल पार्कमा उक्त कार्यक्रम खिचिएको हो । प्रस्तोता ग्रिल्सले हाल आक्कलझुक्कल मात्र नयाँ अंक उत्पादन गर्ने गरेका छन् । सन् २०११ बाट कार्यक्रमको उत्पादन बन्द भएयता टेलिभिजनमा पुरानै अंक पुनर्प्रसारण हुँदै आएका छन् ।..

    तलब राेकिने भएपछि धमाधम प्यान लिँदै सांसदहरु

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडाैं, २७ साउन । सरकारले तलब लिन प्यान  अर्थात् स्थायी लेखा नम्बर अनिवार्य गरेपछि सांसदहरूले धमाधम प्यान लिन थालेका छन्। संघीय संसद सचिवालयले तलबका लागि प्यान नम्बर अनिवार्य भएको र नबुझाए तलब रोकिने भन्दै सूचनामार्फत् सांसदहरूलाई सचेत गराएपछि उनीहरुले धमाधम प्यान लिन थालेका हुन्। ‘आधा सांसदहरूसँग पहिला नै प्यान नम्बर रहेछ’, संघीय संसद सचिवालयका लेखा शाखा प्रमूख वसन्तराज सिग्देलले भने, ‘केही सांसदहरूले..

    साउनको अन्तिम सोमबार : पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौं, २७ साउन ।  साउन महीनाको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ । साउनको अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा तीजको जस्तै भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले..

    स्वास्थ्य उपचार गरेर फर्किएका प्रधानमन्त्रीले भने- मलाई ठीक छ

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौं, २७ साउन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली सोमबार मध्याहन्न काठमाडौँ आइपुगेका हुन् । विमानस्थलमा ओर्लिएपछि प्रधानमन्त्री ओली पत्रकार सम्मेलन नगरी सिधै निवास तर्फ प्रस्थान गरे । उनको स्वास्थ्य अवस्था, हालै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका विवादास्पद अभिव्यक्ति, जम्मू–कश्मीर मुद्दा तथा पार्टी एकता प्रक्रियाका बारेमा पत्रकारले प्रश्न गर्न सक्ने सम्भावनाका कारण..

    धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ : मुख्यमन्त्री पौडेल

    सोमबार, श्रावन २७, २०७६ साल
    हेटौँडा, २७ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान गर्ने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले सभ्यता, संस्कृति र कलामा सयौँ वर्षअगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको तथा यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरु रहेको बताउनुभयो ।  मुख्यमन्त्री..

    मालपोत कर्मचारीको सुसाइड नोट : अख्तियार प्रमुखज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना!

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौं, २७ साउन । मालपोत कार्यालय, कलंकीका तत्कालिन कर्मचारी हरि आचार्यले आत्महत्या गरेका छन्।भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका मालपोत कर्मचारी आचार्यले दुई पृष्ठ लामो 'सुसाइड नोट' लेखेर आत्महत्या गरेका हुन्। उदयपुरको त्रियुगा नगरपालिका-१० घर भएका आचार्यको शव प्रहरीले आइतबार त्रियुगा नगरपाकिला-९, रातामाटेस्थित शिखरकट्टे भन्ने ठाउँका जंगलमा झुण्डिएको अवस्थामा फेला पारेको हाे। शनिबारदेखि हराएका ५५ वर्षीय आचार्यको खल्तीमा २ पेज लामो सुसाइड नोटसमेत फेला परेको जिल्ला..

    फेरि पनि कांग्रेस सभापति बन्नेमा देउवा ढुक्क, अरू दबाबमा

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौँ, २७ साउन ।  कांग्रेस महामन्त्री शशांक कोइराला पछिल्लो समय पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने मुद्दा लिएर दौडधुपमा छन् । सभापति शेरबहादुर देउवाबाट सहजै नेतृत्व फुत्काउन नसकिने तर्क गर्दै उनले संस्थापन इतरपक्षको एकतामा जोड दिएका छन् ।  उनी आफैं नेतृत्वका आकांक्षी हुन् । ‘नेतृत्व परिवर्तन त्यसै हुँदैन, हामीबीच (संस्थापन इतरपक्ष) एकता हुनुपर्छ,’ केही दिनअघि नेपालगन्जको एक कार्यक्रममा कोइरालाले भनेका थिए, ‘दुई/तीन जना नै..

    काठमाडौं डेंगुको उच्च जोखिममा

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौँ, २७ साउन ।  विश्वमा नै लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक डेंगुका बारेमा बहस हुनुका साथै खोपको समेत परिक्षण भइरहेको छ । यसै बिषयमा नेपालमा पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार डेंगुरोग रोकथाम तथा नियनत्रण सम्बन्धी संचारकर्मीहरुसँग अन्तरक्रिा कार्यक्रमको आयोजना गर्दै नेपालमा डेंगुको प्रमुख स्रोत पानी र फोहोर भएको औल्याउँदै अब काठमाडौ पनि डेंगुको उच्च जोखिमा रहेको जानकारी गराएको छ । बदलिदो..

    नेपालको समृद्धिमा आर्थिक कूटनीतिको आधार, प्राथमिकतामा भारत र चीन

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौँ, २७ साउन ।  नेपालको आर्थिक कूटनीतिले समृद्धिका लागि बलियो आधार खडा गरेको छ । परम्परागत ढर्रामा अगाडि बढिरहेको नेपालको कूटनीतिक क्षेत्रले आर्थिक कूटनीति क्षेत्रमा अब भने देशको राष्ट्रिय योजनासँग साझेदारी गर्ने अवस्थामा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  परराष्ट्र मन्त्रालयस्थित नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालसम्बन्धी महाशाखाका प्रमुख कुमारराज खरेलले भन्नुभयो, “आर्थिक कूटनीतिको देशगत रणनीतिसँगै देशको समृद्धिमा बृहत् योगदान..

    विगतमा झैं विप्लवको ‘जनसरकार’ ! निशानामा स्थानीय सरकार

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौँ, २७ साउन ।   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने जनप्रतिनिधि र स्थानीय सरकार बनेका छन् । प्रदेश ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको..
    Weather Forecast