सोमबार, आषाढ २२, २०७७

    राज्य-समाज

    शुरुमै हिंसाजन्य घटना रोक्न 'जन-चेतना अभियान', हस्ताक्षर संकलन शुरु

    शनिबार, माघ ६, २०७४ साल
    रत्ननगर, चितवन, ६ माघ : चितवनका अधिवक्ता राजकुमार श्रेष्ठले लैंगिक हिंसा र मानव बेचबिखनविरुद्ध चलाइएको अभियानमा हस्ताक्षर गरेर ऐक्यबद्धता जनाए ।  उनी सँगै रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल कर्माचार्य पनि हस्ताक्षर गर्दै थिए । “यो अभियानले साँच्चै नै सकारात्मक सन्देश दिन्छ, अधिवक्ता श्रेष्ठले भने, अझ मेला महोत्सवमा हस्ताक्षर अभियान चलाउँदा गाउँगाउँमा समेत चेतना पुग्छ ।”  चितवनको रत्ननगर महोत्सवको मूल गेटमै ‘मानव..

    राष्ट्रियसभाका लागि एमालेबाट २ नं प्रदेशमा ५५ जनाको नाम सिफारिश

    शनिबार, माघ ६, २०७४ साल
     लहान, ६ माघ :  नेकपा (एमाले) २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ ।  एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए । सोअनुसार सिरहाबाट..

    सरकारले सिफारिस गरेका सातवटै प्रदेशका प्रमुखद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौं, माघ ५ ।  सरकारले गत बुधबार सिफारिस गरेको प्रदेश सभाका प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गरेका छन्।  आज दिउँसो राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष सातै प्रदेशका प्रमुखहरुले शपथ लिएका हुन्। सरकारले प्रदेश नम्बर १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गा खनाल..

    उपराष्ट्रपति पुन र एमालेका अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौं, माघ ५ ।  उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ । नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेको थिए । पुन र ओलीबीच करिब आधा घन्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । रासस..

    समानुपातिकका तर्फबाट प्रदेशसभामा निर्वाचित सांसदहरुलाई प्रमाणपत्र प्रदान

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौं, माघ ५ ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वा्चित सदस्यलाई शुक्रबार निर्वा्चित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोग प्राङ्गणमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उहाँहरुलाई निर्वा्चित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला..

    धनुषाको माथाबजारस्थित् आफ्नै डेराबाट सीके राउत पक्राउ

    शुक्रबार, माघ ५, २०७४ साल
    धनुषा, माघ ५ ।  प्रहरी निरीक्षक राजकिशोर साहको नेतृत्वमा गएको टोलीले विवादास्पद मधेस आन्दोलनका अभियन्ता सिके राउतलाई उनकै डेराबाट पक्राउ गरेको छ । शुक्रवार मधेस बलिदानी दिवस रहेकाले राउतले राष्ट्रिय अखण्डता विरोधी कार्यक्रम गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो । मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको सम्झनामा हरेक वर्ष माघ ५ का दिनलाई ‘मधेस बलिदानी दिवस’ का..

    सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साँधेको पूर्वडीआईजी सिलवालको आरोप

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौं, माघ ५ ।  प्रतिनिधिसभाका सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साँधेको आरोप लगाएका छन् । उनले त्यसको डटेर सामना गर्ने घोषणा पनि गरेका छन् । उनलाई पक्रन प्रहरीले सातवटै प्रदेशमा सर्कुलर जारी गरेपछि सिलवालको आक्रोशपूर्ण धारणा सार्वजनिक भएको हो । ललितपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभामा निर्वा्चित सिलवालले शुक्रबार ट्वीटमार्फत् सरकारले ‘विपक्षीलाई प्रहार गर्न नौटंकी’ प्रदर्शन गरेको आरोप..

    काँग्रेस केन्द्रीय कार्य समितिको बैठक लगातार आज पनि जारी

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौँ, ५ माघ ।  प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक आज पनि जारी छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य, निर्वाचनमा पार्टी पराजयको समीक्षालगायत विषयमा छलफल भइरहेको पार्टी कार्यालयले जनाएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति..

    सर्वेक्षण टोलीले गरेका कार्यप्रगति जानकारी गराउन विवेकशीलको आग्रह

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौँ, ५ माघ  ।  विवेकशील साझा पार्टी नेपालले नेपाल–भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ ।  साझा पार्टीका प्रवक्ता रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै टोलीले हालसम्म ‘हराएका र क्षतिग्रस्त पिलर’ बारेको अवस्था, पिलरको निर्माण तथा मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका बारेमा जानकारी सरकारलाई आग्रह गरेको हो ।  साझा पार्टीले देशको..

    कतारमा कम्पनीले स्वदेश फर्कन नदिएपछि विचल्लीमा परे नेपाली युवा

    शुक्रबार, माघ ५, २०७४ साल
    खोटाङ, ५ माघ।  वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् ।  काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही रु ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम र दाम दुवै नदिनुका साथै स्वदेश फर्कनसमेत रोकेपछि विचल्लीमा परेका हुन् ।  टायल मेसनका लागि भनेर डेढ महिनाअघि कतारको सेटलाइट..

    निर्वाचन आयोगद्वारा २१ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौँ, ५ माघ  ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ ।  आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) (गोलाकारभित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिह्न प्रदान गरेको छ ।  नेपाल संघीय समाजवादी पार्टीलाई (बस), नेपाल मजदूर..

    नवनियुक्त प्रदेश प्रमुखहरु आजै अपराह्न ४ बजे शपथ ग्रहण गर्दै

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौँ, ५ माघ ।  राष्ट्रपति विद्यादेवी भण्डारीलद्वारा  नवनियुक्त प्रदेश प्रमुखलाई आज शुक्रबार  पद तथा गोपनीयताको शपथ दिलाइनेछ ।  राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखलद्वारा  शपथ लिइने  राष्ट्रपति कार्यालय स्रोतबाट थाहा भएको छ ।  मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्नुका साथै प्रदेश प्रमुखको नाम राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।  सरकारले..

    भक्तपुरमै राजधानी माग्दै जनप्रतिनिधिद्वारा नै सडक मै धर्ना सुरु

    शुक्रबार, माघ ५, २०७४ साल
    भक्तपुर, ५ माघ ।  सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौँडालाई तोकेपछि भक्तपुरमा यसको विरोध गर्दै आन्दोलन शुरु भएको छ ।  जिल्ला समन्वय समिति भक्तपुर र मध्यपुरथिमि नगरपालिकाको नेतृत्वमा प्रदेश राजधानी भक्तपुर हुनुपर्ने माग गर्दै आन्दोलन शुरु भएको हो । आन्दोलनको पहिलो दिन बिहीबार सानोठिमी चोकमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि,..

    हात्ती आक्रमणबाट पूर्वी इलामको बुकुवाका बासिन्दा आतंकित

    शुक्रबार, माघ ५, २०७४ साल
    दमक, ५ माघ  ।  इलामको दक्षिणी चुलाचुली गाउँपालिकाको केही वडामा एक सातादेखि जंगली हात्तीले उपद्रो मच्चाउँदै आएपछि गाँउले त्रसित बनेका छन् ।  जंगली हात्तीले चुलाचुलीस्थित बुकुवाका घर भत्काउने साथै अन्नबाली नष्ट गरी दिएपछि त्यस क्षेत्रका वडावासी त्रसित भएका हुन् । चुलाचुलीका– वडा नं ४, ५ र १ का १० घर हात्तीले भत्काएपछि हात्ती पीडित विचल्लीमा परेको गाउँपालिकाका कार्यकारी अधिकृत छविलाल खतिवडाले बताए  ।..

    विशेष समारोहका बीच प्रदेश प्रमुखहरुको शपथ आज अपराह्न ४ बजे हुँदै

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौँ, ५ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउनु हुनेछ ।  राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिनु हुने राष्ट्रपति कार्यालय स्रोतबाट थाहा भएको छ ।  मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्नुका साथै प्रदेश प्रमुखको नाम राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको..

    प्रदेश नं ३ का सांसदले क्रमश : नुवाकोट र रसुवा भ्रमण गर्ने

    शुक्रबार, माघ ५, २०७४ साल
    नुवाकोट, ५ माघ।  प्रदेश नंं ३ का सांसदलाई जिल्ला समन्वय समिति, नुवाकोट र रसुवाले सम्मान तथा स्वागत गर्ने भएका छन् ।  यही माघ ७ र ८ गते निर्धारण भएको दुईदिने कार्यक्रमअन्तर्गत दुई जिल्लाका समन्वय समितिले छुट्टाछुट्टै कार्यक्रममार्फत ३ नंं प्रदेशका सांसदलाई सम्मान तथा बधाई दिन लागेका हुन् । जिसस नुवाकोटका प्रमुख शन्तमान तामाङका अनुसार ३ नं प्रदेशबाट प्रत्यक्षमा निर्वाचित ६६ जना र..

    प्रदेश सरकारका लागि चाहिने भवन लगायतका संरचनाको खोजी शुरु

    शुक्रबार, माघ ५, २०७४ साल
    धनगढी, ५ माघ :  प्रदेश प्रमुखको नियुक्ति र धनगढीलाई सात नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएसँगै प्रदेश सरकारका लागि चाहिने भवन लगायतका संरचनाको खोजी शुरु गरिएको छ ।  क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेल नेतृत्वको टोलीले बिहीबार धनगढीमा रहेको क्षेत्रीय स्वास्थ्य तालीम केन्द्र, कृषि, क्षेत्रीय वन, क्षेत्रीय सिँचाइ निर्देशनालय, जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग कार्यालय, सहकारी प्रशिक्षण तथा डिभिजनलगायतका कार्यालयको निरीक्षण गरी भवनको..

    संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ : प्रधानमन्त्री

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौँ, ४ माघ : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् ।  बिहीबार बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई मधेशमा उत्पन्न समस्यालाई समाधान गरी निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनसक्नु काँग्रेसको सफलता हो भने ।  बैठकमा उनले लामो संक्रमणकाल..

    दीपायल तनावग्रस्त, दोहोरो झडप, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

    बिहिवार, माघ ४, २०७४ साल
    डोटी, ४ माघ : सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढ, तोडफोड र आगजनी गर्न थालेपछि बिहीबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ ।  दोहोरो झडपमा परी चार जना आन्दोलनकारी, पाँच..

    राप्रपा नेपालका सहमहामन्त्री प्रधानसहित अन्य थुप्रै नेता एमालेमा प्रवेश

    बिहिवार, माघ ४, २०७४ साल
    सल्यान, ४ माघ (रासस) : राप्रपा नेपाल सल्यानका अध्यक्षसहित कार्यसमितिका अधिकाँश सदस्य एमालेमा प्रवेश गरेका छन् । नेकपा (एमाले)का पार्टी कार्यालय खलंगामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला अध्यक्ष मनोजकुमार सिंहसहित कार्यसमितिका अधिकाँश सदस्य एमालेमा प्रवेश गरेको एमालेका जिल्ला सचिव रमेशकुमार गौतमले जानकारी दिए ।  आफ्नो पार्टीले उठाएको हिन्दू राज्यको माग जायज नभएको जनमतले..

    दिपायलमा र सिलगढीमा प्रदर्शनकारीद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

    बिहिवार, माघ ४, २०७४ साल
    डोटी, ४ माघ ।  प्रदेश ७ को राजधानी कैलाली तोकेको विरोधमा दिपायल र सिलगढीमा प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला जलाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । दिपायलमा जुलुसले नगर परिक्रमा गरी सेती पुलनजिकै पुत्ला जलाएका हुन् । प्रदर्शनकारीले परालको शव बनाई शवयात्रासमेत गरेका थिए । जिल्ला सदरमुकाम सिलगढीमा इन्द्रचोकबाट निकालिएको..

    समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा विजयी उम्मेदवार ( नामावली सहित )

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौं, माघ ४ ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन पद्धतिबाट प्रदेशसभा सांसद निर्वाचित भएकाहरुको नाम बिहीबार सार्वजनिक गरेको छ । आयोगले वेवसाइटमार्फत समानुपातिक तर्फबाट निर्वाचित सबै दलका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो । सरकारले बुधबार प्रदेशप्रमुखको नियुक्ति गरेसँगै आयोगले समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो । सातवटै प्रदेशमा गरी समानुपातिक पद्धतिबाट २२० जना सांसद निर्वाचित हुन्छन् । समानुपातिकतर्फबाट सांसद निर्वाचित भएकाहरुलाई शुक्रबार आयोगमै प्रमाणपत्र..

    सरकारले तोकेको राजधानी स्थायी नभएकाले आन्दोलन गर्नुको औचित्य छैन : ओली

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौं, माघ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्किएका छन् ।  पुस २६ गते नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका ओलीले फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो स्वास्थ्यस्थिति ठिकठाक भएको बताए ।  फरक प्रसंगमा एमाले अध्यक्ष ओलीले एमाले–माओवादी पार्टी एकता तीव्रताका साथ अगाडि बढेको बताए । उनले भने, ‘पार्टी एकताको काम जतिसक्दो छिटो हुन्छ..

    महोत्तरीमा न्यानोको खोजीमा अशक्त किशोरी आसामा खातुन

    बिहिवार, माघ ४, २०७४ साल
    महोत्तरी, ४ माघ ।  घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् ।  शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा देखा पर्छिन् । आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले पातलो मैलो कपडा लगाएर एक महिनादेखि जारी रहेको बाक्लो हुस्सु र शीतलहरले प्रभावित रहेको समयमा आसामा काम्दै सडकको पेटीमा..

    विमानस्थलमै कड्किए ओली, भने – प्रदेश प्रमुख र राजधानीमा हाम्रो सहमति छैन

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौ, माघ ४ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै सरकाले तोकेको प्रदेश प्रमुख र प्रदेश राजधानी छनोटमा आफ्नो दलको सहमति नभएको स्पष्ट पारेका छन् । काँग्रेस नेतृत्वको सरकारले प्रदेश प्रमुख र राजधानी तोक्दा आफ्नो मात्रै स्वार्थ हेरेको आलीले आरोप लगाए ।  थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी बिहीबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने..

    काँग्रेस केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौँ, ४ माघ । प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज विहिबार  बिहानदेखि शुरु भएको छ ।  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायतका  पार्टी नेताहरुको उपस्थित छ  ।  बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको..

    नवराज सिलवाल अमेरिकामा, इन्टरपाेलमार्फत डिफ्युजन नाेटिस जारी गर्ने तयारी

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडाैं - सरकारी दस्तखत छाप किर्तेमा प्रहरीकाे खाेजीमा  परेका  नेपाल प्रहरीका पूर्वडिअाइजी नवराज सिलवाल परिवारसहित अमेरिका पुगेका छन्।  प्रहरी प्रधान कार्यालय स्राेतका अनुसार प्रहरीले बयानका लागि खाेजी गरेपछि उनी स्थलमार्गबाट भारत हुँदै अमेरिका गएका हुन्। उच्च स्राेतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडाैंले उनलाई कार्यालयमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेपछि उनी भारतबाट मलेसिया-इन्डाेनेसिया हुँदै अमेरिका पुगेका हुन्।  उनी अमेरिका पुगेकाे..

    प्रदेशसभा सदस्यहरुको सबै नाम ‘फाइनल’, शुक्रबार प्रमाणपत्र वितरण

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौँ, माघ ४ ।  निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचित २ सय २० जना सदस्यहरूको नाम टुङ्गो लागेसँगै उनीहरुलाई प्रमाणपत्र प्रदान गर्ने तयारी थालेको छ । विजयी उम्मेदवारहरूलाई यही माघ ५ गते शुक्रबार दिनको १ बजे प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको हो ।  यसअघि आयोगले प्रदेशसभाको मत परिणामअनुसार राजनीतिक दलहरूले समावेशी सिद्धान्तअनुसार बन्द सूचीमा बुझाएको नामहरुलाई बुधबार नै निर्वाचित भएको घोषणा गरेको..

    देशभर संंगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा संयोजकको जिम्मेवारी

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौँ, ४ माघ ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देशभर संंगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ ।  प्रदेश १ मा दीपेन्द्र भण्डारी, प्रदेश २ मा महामन्त्री रामप्रताप साह, प्रदेश ३ मा महामन्त्री श्याम तिमल्सिना, प्रदेश ४ मा उपाध्यक्ष ऋषिबाबु परियार, प्रदेश ५ मा सहमहामन्त्री कैलाश गुरुङ, प्रदेश ६ मा केन्द्रीय सदस्य वृखबहादुर कठायत र प्रदेश..

    निर्वाचन पश्चात पहिलो पटक काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौँ, ४ माघ ।  प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ ।  आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रियालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए  ।  निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठेपछि निर्वाचनपछि पहिलोपटक..
    Weather Forecast