सोमबार, आषाढ २९, २०७७

    राज्य-समाज

    प्रदेश नं १ मा आन्तरिक मामिला मन्त्रालयको काम शुरु

    मंगलवार, फागुन १, २०७४ साल
    पथरी, मोरङ, १ फागुन ।  प्रदेश नं १ का छ मन्त्रालयमध्ये सबैभन्दा शक्तिशाली मन्त्रालयको रुपमा देखिएको आन्तरिक तथा कानून मन्त्रालयले सोमबारदेखि विधिवत्रुपमा काम शुरु गरेको छ ।  मन्त्रालयका सचिव यज्ञबहादुर खत्रीका अनुसार यो मन्त्रालयले केन्द्रको गृह मन्त्रालयसरह काम गर्नेछ । सूचना तथा सञ्चार, कानून र सामान्य प्रशासनको सम्पूर्ण कार्य यसै मन्त्रालयबाट हुनेछ । मन्त्रालयका सचिव खत्रीले प्रदेशका छ मन्त्रालयमध्ये अधिकारको हिसाबले शक्तिशाली रहेको..

    अर्घाखाँचीमा एउटै गाउँबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई सम्मान

    मंगलवार, फागुन १, २०७४ साल
    अर्घाखाँची, १ फागुन । एउटै गाउँका तीन पार्टीबाट स्थानीय, प्रदेश र राष्ट्रियसभामा प्रतिनिधित्व भएको भन्दै तीनै जनालाइ गाउँलेले एउटै मञ्चमा सम्मान गरेका छन् ।  मालारानी गाउँपालिका–५, बाँगीबाट राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)बाट चन्द्रबहादुर खडका, प्रदेशसभामा नेपाली काँग्रेसबाट निर्मला क्षेत्री र मालारानी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)बाट प्रमिला क्षेत्री निर्वाचित भएको खुशियालीमा स्थानीयले सोमबार खुशीका साथ सम्मान गरेका हुन् ।  बाँगीबाट नीति निर्माण तहमा पुगेका प्रतिनिधिलाई आरुखोरमा..

    मुलुकको आर्थिक र राजनीतिक स्थायित्वका लागि पुर्वसांसदको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौँ, २९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वका लागि पूर्वसांसदको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन् ।  पूर्वसांसद मञ्चले आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रपतिले पूर्वसांसदको व्यावसायिक क्षमता, अनुभव र योगदानको कदर हुने विश्वास आफूले लिएको बताएकी हुन् । राष्ट्रपति भण्डारीले मुलुकमा राजनीतिक संक्रमणको अन्त्य भएकाले देश र जनताप्रति जनप्रतिनिधि उत्तरदायी हुन्छन् भन्ने विश्वास व्यक्त गरिन्..

    पार्टी एकता र सरकार गठनको सहमति नजिक पुगे ओली–प्रचण्ड

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौं, माघ २९ । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षहरु पार्टी एकता र सरकार गठनमा सहमति नजिकै पुगेका छन् ।  दुई अध्यक्षहरुबीच ललितपुरको मानभवनमा रहेको एक निजी घरमा भएको एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल पार्टी एकता र सरकार गठनका लागि सहमति नजिकै पुगेको एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।  अध्यक्ष ओलीका प्रेस संयोजक..

    नेपाली काँग्रेसले टुंगो लगायो ४० समानुपातिक सांसदको सूची, नामावली आयोगमा पेश

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौँ, २९ माघ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक स्थानको नामावली टुंगो लगाएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।  समानुपातिक सूचीमा खस÷आर्य (पुरुष) तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र..

    सोमबारदेखि देशभरको मौसम बदली, सफा हुन दुई दिन लाग्‍ने मौसमविद्को भनाइ

    सोमबार, माघ २९, २०७४ साल
    माघ २९, काठमाडौं  पश्चिमी न्यूनचापीय प्रणालीका  कारण सोमबार बिहानैदेखि काठमाडौं लगायत देशभरको मौसममा बदली भएको छ। काठमाडौंसहित देशभर  घाम नलाग्ने, चिसो बढ्ने, बादल लाग्ने भएको छ भने पश्चिमी क्षेत्रमा छिटफुट वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको  कारण बिहानैदेखि काठमाडौंसहित देशको सम्पूर्ण भागमा मौसम पूर्णरुपमा बदली भएको हो। यो अवस्था मंगलबार बेलुकासम्म रहन्छ । सोमबार बिहानैदेखि  पश्चिम र मध्यहिमाली क्षेत्रमा..

    ७ वटै प्रदेशमा राजनीतिक चहलपहल बढ्यो, यसरी बन्दै छ सरकार !

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौं, माघ २९ । राष्ट्रियसभा चुनाव सकिएलगत्तै सातवटै प्रदेशमा राजनीतिक चहलपहल बढेको छ । दलहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् । यसको सुरुवात प्रदेश ३ बाट सुरु भएको छ । प्रदेश ३ का एमाले संसदीय दलका नेता डोरमणि पौडेल मुख्यमन्त्री नियुक्त भएका छन् । उनी नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री बनेका हुन् । नेकपा एमाले र नेकपा माओवादीको वाम गठबन्धनले सरकार गठनको दावी..

    प्रदेश नं ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नियुक्त, बुधबार शपथ कार्यक्रम

    सोमबार, माघ २९, २०७४ साल
    पोखरा, माघ २९।  प्रदेश नं ४ को मुख्यमन्त्रीमा एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए ।  गुरुङ आइतबार मात्र एमाले संसदीय दलको नेता चुनिएका थिए । ‘मलाई २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रुपमा..

    प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

    सोमबार, माघ २९, २०७४ साल
    हेटौंडा, माघ २९ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापित मन्त्री बनेका छन् ।  जम्मरकट्टेलले प्रदेशको गृह मन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्नेछन् भने स्थापित भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरु दुबै जनालाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् । आन्तरिम मामिला..

    प्रदेश नं ३ का नवनिर्वाचित मुख्यमन्त्री पौडेलद्वारा पदबहाली

    सोमबार, माघ २९, २०७४ साल
    हेटौँडा, २९ माघ ।  प्रदेश नं ३ नं प्रदेशका नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले आज अपराह्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरे  ।  पदबहालीपछि आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ को सन्तुलित विकासका लागि सीमित स्रोत साधन परिचालन गरी १३ वटा जिल्लामा नमूना शहर बनाउनु आफ्नो प्राथमिकता रहेको बताए  । उनले प्रदेश सरकारको काम अगाडि बढाउन आवश्यक कानून निर्माण तथा परिमार्जन गर्ने बताए ..

    प्रहरीद्वारा तातोपानी नाकाबाट १ सय १८ किलोग्राम अवैध सुन बरामद

    सोमबार, माघ २९, २०७४ साल
    मेलम्ची, २९ माघ ।  सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ ।  तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।  भूकम्पअघि तातोपानी नाका सञ्चालन हुँदा सुन तस्करको गिरोह जिल्लामा सक्रिय थियो । नेपाली र चिनियाँ नागरिकको मिलेमतोमा नेपाल..

    कर्तव्य ज्यान मुद्दाका दोषी फरार अपराधी २० वर्षपछि पक्राउ

    सोमबार, माघ २९, २०७४ साल
    बुटवल, २९ माघ ।  कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन् ।  रुपन्देही जिल्लाको साविक हर्नैया गाविस–२ हाल सियारी गाउँपालिका–३ की चन्द्रावती थारुलाई विसं २०५३ जेठमा कर्तव्य गरी मारेको अभियोगमा रुपन्देही जिल्लाको साविक सिक्टहन गाविस–६ (हाल देवदह नपा–१२) बस्ने वर्ष ५० को राधेश्याम जैसवाल कलवारले भैरहवामा आफ्नो वास्तविक परिचय लुकाई बसोबास गरेको अवस्थामा..

    प्रदेश नं ३ मा नव निर्वाचित मुख्यमन्त्री डोरमणि पौडेलद्वारा सपथ

    सोमबार, माघ २९, २०७४ साल
      हेटौँडा, २९ माघ ।   प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आज यहाँ आयोजित समारोहमा पद र गोपनीयताको शपथ गराएकी छिन्  ।   प्रदेश नं ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि आइतबार साँझ प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पदमा नियुक्ति गरेकी थिइन्  । नेकपा (एमाले) का तर्फबाट मकवानपुर–१(ख)बाट निर्वा्चित भएका उनी  प्रदेश नं..

    सरकार समक्ष जेष्ठ नागरिकहरुले गरे वृद्धाभत्ता बढाउनुपर्ने माग

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौँ, २९ माघ ।  ज्येष्ठ नागरिकले वृद्धाभत्ता बढाउनुपर्नेमा जोड दिंदै आएका छन् ।  अहिले पाउँदै आएको रु दुई हजार भत्ता पुनरावलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले विगत लामो समयदेखि धर्ना समेत दिँदै आएका हुन् ।  ऐनमा व्यवस्था भएअनुसार यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्नेलगायतका माग गर्दै विगत पाँच वर्षदेखि नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि धर्ना दिँदै आए..

    बुटवल, दाङ र कोहलपुर क्षेत्रमा महानगरपालिका बनाउनुपर्छ : एमाले नेता पौडेल

    सोमबार, माघ २९, २०७४ साल
    बुटवल, २९ माघ।  नेकपा (एमाले)का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले समग्र ५ नं प्रदेशलाई नै विकासको दृष्टिले समृद्ध नमूना प्रदेश बनाउने बताएका छन्  ।  उनले ५ नंं प्रदेशमा रहेका तीनवटा शहर बुटवल, दाङ, र कोहलपुर क्षेत्र आसपासका नगरपालिका तथा क्षेत्रहरु समेटेर तीनवटा महानगरपालिका बनाउने लक्ष्यका साथ लाग्नुपर्नेमा जोड दिए  ।  पश्चिम नेपाल बस व्यवसायी संघको २३ औँ वार्षिक साधारणसभा तथा ११ औँ..

    स्थायित्व र विकासका लागि दलबीच एकता आवश्यकः अध्यक्ष दाहाल

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौँ, २९ माघ  ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, स्थायित्व र विकासका लागि राजनीतिक दलबीच एकता जरुरी भएको बताएका छन्  ।  ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) द्वारा शनिबार यहाँ आयोजित संयुक्त लोछार कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “जनताको अपेक्षा र इतिहासको आवश्यकताअनुसार समृद्धिका लागि दलीय एकता आवश्यक छ । अन्य विषयमा आ–आफ्ना मुद्दा हुन सक्छन्, समृद्धिका लागि भने सबै..

    प्रदेश नं ५ को सभामुखमा घर्तीलाई पठाउने माओवादी केन्द्रको निर्णय

    सोमबार, माघ २९, २०७४ साल
    बुटवल, २९ माघ  ।  माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।  माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्यूठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने..

    जाजरकोटका दलित बस्तीमा वर्षौं देखि खानेपानीको अभाव

    सोमबार, माघ २९, २०७४ साल
    जाजरकोट , २९ माघ । आफूले थाहा पाउने उमेरदेखि नै खानेपानीको अभाव भौग्दै आएको बताउने नलगाड–७ दल्लीकी हैकली विक दैनिक पानीकै समस्यामा परेको बताउँछिन् । पानी ल्याउनकै लागि दैनिक एक घण्टा समय छुट्याउन बाध्य भएको हैकलीको भनाइ छ । घरबाट पानी ल्याउने ठाउँ निकै टाढा छ, बालबालिकालाई पढाउँदा निकै ढिला हुन्छ आफैं  जाने हो भने घरको काम हुँदैन् हैकलीले भनिन् । ६२ वर्षीया पानसरी..

    घरेलु र सामाजिक हिँसा बीच कष्टकर जीवन बाँच्दै एकल महिला

    सोमबार, माघ २९, २०७४ साल
    रोल्पा, २९ माघ  ।  श्रीमानको  वैदेशिक रोजगारीमा रहेको बेला खाडीमा निधन भएपछि रोल्पा नगरपालिका–१ की शान्ति विक पनि घरबाट निकालिइन् । श्रीमान् खाने अलच्छिनीको आरोपसहित ८ वर्ष घर सम्हालेर बसेकी उनी घरमा बस्न नपाउने गरी निकालिइन् ।  श्रीमानको  मृत्युपछि सासू–ससुरासँगै बाँकी जीवन जिउने उनको संकल्प पूरा हुन पाएन । ६ वर्षीया छोरी च्यापेर कानुनी लडाइँका लागि अदालत धाइन् । जिल्ला अदालत र पुनरावेदन..

    सेना दिवस २०७४ : भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउँदै

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौँ, २९ माघ : भारतीए सेनाध्यक्ष विपीन रावत सोमबार नेपालको भ्रमणमा आउने भएका छन् ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउन लागेका हुन् ।  नेपाल एकिकरणको २५० वर्षगाँठ मनाउने क्रममा आगामी फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विषेश अतिथिको रुपमा सहभागि हुन उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाली सेना र भारतीय सेनाबीचको..

    कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने धोको छ : प्रधानमन्त्री देउवा

    सोमबार, माघ २९, २०७४ साल
    सुर्खेत, २९ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई प्रदेश नं ६ कै स्वास्थ्य क्षेत्रको गौरव भएको बताएका छन् ।  रु ७५ करोड बजेटमा निर्मित ३०० शय्याको प्रतिष्ठानको नवनिर्मित भवन आइतबार उद्घाटन गर्दै उनले भौगोलिक रुपले विकट र पिछडिएको क्षेत्रमा निर्मित प्रतिष्ठानबाट स्वास्थ्य क्षेत्रमा समृद्धि आरम्भ हुने बताए ।  “जसरी स्थापनाकालदेखिको तीव्र गतिमा स्वास्थ्य सेवा, स्टाफ नर्स र स्वास्थ्य..

    संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत, अब प्रदेश नं ४ को मुख्यमन्त्री बन्ने

    आईतवार, माघ २८, २०७४ साल
    पोखरा, २८ माघ : प्रदेश नं ४ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत निर्वाचित बनेका छन् ।  संसदीय दलको नेताका लागि एमालेको केन्द्रीय सचिवसमेत रहेका पृथ्वीसुब्बा गुरुङ र पार्टीको प्रदेश नं ४ का संयोजक किरण गुरुङ इच्छुक देखिएपछि सर्वसम्मतिका लागि पहल गरिएको थियो ।  सर्वसम्मति गर्न आइतबार शान्ति वनबाटिकास्थित नेकपा (एमाले)को जिल्ला कार्यालयमा पार्टीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ..

    एमालेले आयोगमा बुझायो ४१ जना समानुपातिक सांसदको नामावली

    आईतवार, माघ २८, २०७४ साल
    काठमाडौं, माघ २८ । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ आफूले जितेका ४१ सिटमा विजयी हुनेको नाम निर्वाचन आयोगमा पठाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको एमाले स्थायी समिति बैठकले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाएको ४१ सांसदको नाम तय गरेर निर्वाचन आयोगमा पठाएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।  निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फ विजयी हुनेको नाम पठाउन सोमबारसम्मको समय दिएको छ ।  १.  मुकुन्द न्यौपाने..

    राष्ट्र र जनताको आवश्यकता अनुसार आफू जस्तोसुकै निर्णय लिन पनि तयार छु : दाहाल

    आईतवार, माघ २८, २०७४ साल
    चितवन, माघ २८ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकता अनुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताएका छन् ।  चितवनमा आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्को राजनीतिक अर्थ नलगाउन पनि आग्रह गरे ।  दुई पार्टी एकीकरणका सन्दर्भमा उनले भने, “म काठमाडौँ..

    फाइलै अघि बढेन भन्ने गुनासो आउन दिन्नौ : एमाले अध्यक्ष ओली

    आईतवार, माघ २८, २०७४ साल
    काठमाडौँ, २८ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।  नेपाल व्यवस्थापन संघको ३७ औँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उनले विकास र समृद्धिका लागि अब प्रयोग र परीक्षण गर्ने तथा पर्ख हेरौँ न त भन्ने समय नरहेको धारणा व्यक्त गरे ।  नेपालमा लगानीको निमित्त विभिन्न ढोका..

    प्रदेश नं ५ मा मुख्यमन्त्री नियुक्तिका लागि वामगठबन्धनद्वारा दावी प्रस्तुत

    आईतवार, माघ २८, २०७४ साल
    बुटवल, २८ माघ । प्रदेश नं ५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गरेका छन् ।  एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सदस्यको सहमतिसहित प्रदेशसभामा एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन अनुरोधसहित प्रदेश प्रमुखसमक्ष..

    निर्वाचन आयोगद्वारा राष्टपति समक्ष निर्वाचन प्रतिवेदन पेश

    आईतवार, माघ २८, २०७४ साल
    काठमाडौं, माघ २८ ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ ।  राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव सहितको प्रतिनिधिमण्डलले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरेको हो । प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभा निर्वाचन अध्यादेश, २०७४ को दफा ५९ बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएको राष्ट्रपति कार्यालयले..

    प्रहरी जनमुखी बन्दै पारदर्शीता र संविधानअनुरुप चल्नुपर्नेमा जोड

    आईतवार, माघ २८, २०७४ साल
    पोखरा, २८ माघ । प्रदेश प्रहरी कार्यालय पोखराको नवनिर्मित सुविधासम्पन्न भवन आज उद्घाटन गरिएको छ ।  नेपाल सरकार, भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करीव रु चार करोड ४८ लाखको लागतमा बनेको सो तीनतले पक्की भवनमा ३० कोठा छन् । पार्दीस्थित तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको हातामा निर्मित उक्त भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आइतबार यहाँ उद्घाटन गर्दै प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्नेमा जोड दिए ।  पोखरा..

    प्रदेश नं ३ मा पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव दर्ता

    आईतवार, माघ २८, २०७४ साल
    हेटौँडा, २८ माघ । प्रदेश नं ३ का मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य डोरमणि पौडेललाई नियुक्त गरियोस् भन्ने प्रस्ताव ३ नं प्रदेश कार्यालय, बसपार्क, हेटौँडामा आज आइतबार अपराह्न १३ः बजे दर्ता गरिएको छ ।  नेकपा(एमाले)का रामेश्वर फुयाँल(काठमाडौँ) प्रस्तावक र नेकपा(माओवादी) केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकटेल(धादिङ)को समर्थनमा त्यससम्बन्धी पत्र प्रदेश कार्यालयका सचिव चतुर्भुज ज्ञवालीसमक्ष प्रस्तुत गरिएको छ । तत्कालीन हेटौँडा नगरपालिकामा दुई पटक प्रमुख..

    प्रदेश ६ मा सभामुखको टुंगो लगाउने एमालेको तयारी

    आईतवार, माघ २८, २०७४ साल
    काठमाडौं, माघ १८ ।   नेकपा एमालेले आफ्नो भागमा परेको प्रदेश नं ६ को सभामुखको उम्मेदवार आज टुंगो लगाउने तयारी     गरेको छ । भोलि बस्ने प्रदेश संसद बैठकको कार्यसूचीमा सभामुखको निर्वाचन रहेकोले एमालेले आजै उम्मेदवारको टुंगो लगाउन लागेको हो ।  सभामुखको टुंगो लगाउने जिम्मा प्रदेश ६ का संसदीय दलका नेता यामलाल कंडेल र सांसद प्रकाश ज्वालालाई दिइएको छ । दलका नेता कंडेलले ..
    Weather Forecast