बिहिवार, चैत्र २०, २०७६

    राज्य-समाज

    दोस्रो चरणको निर्वाचनका लागि आज मध्य रातिबाट मौनअवाधि सुरु हुदै

    सोमबार, मंसिर १८, २०७४ साल
    काठमाडौ १८ मंसिर । आगामी बिहिबार हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मध्यरातिबाट मौन अवाधि सुरु हुदैछ । राजनीतिक दल र उम्मेदवारले आज मध्यराति १२ बजेपछि कुनै प्रकारको चुनावी प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।   मौन अवधिमा राजनीतिक दल, उम्मेदवारका साथै सञ्चारमाध्यम, समाजिक सञ्जालमा समेत प्रचार गर्न नपाइने आयोगका प्रवत्ता नवराज ढकालले जानकारी दिनुभयो । मौन अवधिमा..

    शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ

    आईतवार, मंसिर १७, २०७४ साल
    काठमाडौं, मंसिर १७ । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार रहेको भन्दै प्रहरीले समिरमानसिंह बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले बस्नेतलाई चितवनबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले यसअघि गौचनको हत्यामा सलंग्न सार्प सुटरसहित ७ जनालाई पक्राउ गरेको थियो । निर्माण व्यवसायी गौचनको गएको असोज..

    जुम्लामा माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

    आईतवार, मंसिर १७, २०७४ साल
    जुम्ला, १७ मंसिर । न कोलियामा बत्ती छ, न त सुताइ-बसाइमा न्यानोपन । नवनिर्मित उच्च सरकारी वकिल कार्यालयको सिमेन्टको कोलियामा मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न निकै सकस भएको छ ।  मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्तालाई सात रात सात महिना जत्तिकै लागेको छ । प्रत्यक्षतर्फको प्रतिनिधि..

    पृथ्वी राजमार्गमा सवारीसाधन चेकजाँचमा कडाई

    आईतवार, मंसिर १७, २०७४ साल
    धादिङ, मंसिर १७ ।  दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन चार दिन बाँकी रहँदा पृथ्वी राजमार्गमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । केही दिनअघि राजधानी प्रवेश गर्न लागेको अवस्थामा धादिङको खानीखोलाबाट दुई भारतीय नागरिक विष्फोटक पदार्थसहित पक्राउ परेपछि राजमार्गको सुरक्षा ब्यवस्था कडा बनाइएको हो । लामो तथा छोटो दूरीका सबै सवारीका साधनलाई प्रहरीले निगरानीमा राख्नुका साथै गाडीहरुको विशेष रुपमा चेकजाँच गर्न..

    यी हुन् आगामी चुनावमा ‘आफैलाई भोट’ हाल्न नपाउने नेताहरु..

    आईतवार, मंसिर १७, २०७४ साल
    मंसिर १६, काठमाडौँ ।  दोस्रो चरणको निर्वाचनको प्रचार प्रसारमा दलहरु तिव्र गतिमा लागिरहेका छन् । दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उम्मेदवार रहेका केही नेतालहरुले भने आफैलाई भोट हाल्न पाउने छैनन् । मतदाता नमावली एक क्षेत्रम र उम्मेदवारी अर्कैै क्षेत्रमा भएका नेताहरुले आफैलाई भोट हाल्न पाउने छैनन् ।  आफु उम्मेदवार रहेको क्षेत्रको मतदाता नामावलीमा नाम नभएकाले केही नेताहरुले..

    बदर मत घटाउन तेह्रथुममा राजनीतिक दलले मतदाता शिक्षा दिँदै

    आईतवार, मंसिर १७, २०७४ साल
    तेह्रथुम, १७ मंसिर । मत बदर हुन नदिन तेह्रथुममा राजनीतिक दलहरुले पनि मतदाता शिक्षा दिन थालेका छन् ।लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले चुनाव प्रचारप्रसारसँगै मतदाता शिक्षालाई अभियानकै रुपमा सञ्चालन गरेका हुन् ।  दलहरुले चुनाव प्रचारप्रसारका लागि आयोजित चुनावीसभामै सहभागीलाई मतदान गर्नेबारे सिकाइरहेका छन् । कतिपय गाउँमा दलका कार्यकर्ताले घरदैलो कार्यक्रमसँगै मतदाता शिक्षा दिँदैआएका छन् । मत बदर हुनसक्ने भन्दै उनीहरु मतदाता शिक्षा..

    बाँकेमा चुनावी सरगर्मी तीव्र, क्षेत्र नं १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

    आईतवार, मंसिर १७, २०७४ साल
    बाँके, १७ मंसिर । पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । निर्वाचन क्षेत्र नं १ र ३ को तुलनामा नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको क्षेत्र नं २ लाई भने बढी चासोका साथ हेरिएको छ ।  विसं २०४८ देखि निरन्तररुपमा स्व.पूर्वप्रधानमन्त्री सुशील कोइरालाले..

    धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा

    आईतवार, मंसिर १७, २०७४ साल
    धनुषा, १७ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा काँग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं १ बाट वाम गठबन्धनबाट माओवादी नेता मातृकाप्रसाद यादव प्रत्यक्ष चुनावी मैदानमा पहिलो पटक उत्रिएका छन् ।  त्यस्तै नेपाली काँग्रेसका तर्फबाट सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आनन्द ढुंगानाले उम्मेदवारी दिएका छन् भने फोरम..

    पर्सामा निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरणमा रोक

    आईतवार, मंसिर १७, २०७४ साल
    पर्सा, १७ मंसिर । शान्तिपूर्ण, निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले जिल्लामा मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।  जिल्ला सुरक्षा समितिको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य सदस्यको दोस्रो चरण निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा बिक्री, वितरण, ढुवानी तथा सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए ।  उनले निर्वाचनको क्रममा मदिरा सेवान गरेकाबाट..

    प्रचण्डले सम्बोधन गरेको सभालाई लक्षित बम विस्फोट, सर्वसाधारणको भागाभाग

    शनिबार, मंसिर १६, २०७४ साल
    कपिलवस्तु, १६ मंसिर  : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ ।  वाम गठबन्धनले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुगेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको छ ।  सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले..

    पूर्वप्रधानमन्त्री 'झलनाथ खनाल' चढेको गाडी नजिकै बम विस्फोट

    शनिबार, मंसिर १६, २०७४ साल
    मंगलबारे, इलाम, १६ मंसिर : पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार नजिकै शुक्रबार बम विस्फोट भएको छ ।  खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।  विस्फोटबाट कुनै क्ष्ति भने नभएको प्रहरीको भनाइ छ । प्रहरी प्रमुख..

    चितवनका निर्वाचन क्षेत्रमा प्रहरीको ‘सर्च एण्ड स्वीप अपरेशन’ शुरु

    शुक्रबार, मंसिर १५, २०७४ साल
    चितवन, १५ मंसिर ।  जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचन सुरक्षा योजनाअनुसार हरेक निर्वाचन क्षेत्रमा ‘सर्च एण्ड स्वीप अपरेशन’ शुरु गरेको छ ।  चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार मतदानको मिति नजिकिएसँगै सुरक्षामा चुनौती थपिने भएकाले निर्वाचन पूर्वको सुरक्षा योजनाअनुसार उक्त अपरेशन शुरु गरेको जानकारी दिए । आजैबाट हरेक निर्वाचन क्षेत्रमा प्रहरीको दुईवटा टोली परिचालन गरिएको छ । ढकालले कुनै शंकास्पद गतिविधि देखिने बित्तिकै..

    ठूलो मात्रामा बम बनाउने सामग्री फेला, २ जना भारतीय नागरिक पक्राउ

    शुक्रबार, मंसिर १५, २०७४ साल
    काठमाडौं मंसिर १५ ।  झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको बसमा ठूलो परिमाणमा बम बनाउने सामाग्री फेला परेको छ । बम बनाउने सामग्री सहित २ जना भारतीय नागरिक पनि पक्राउ परेका छन् । धादिङको धुनिबेशी नगरपालिका स्थित खानी खोलामा सुरक्षाजाँच गर्ने क्रममा ना ७ ख ४९७६ नम्बरको बसमा बिस्फोटक सामाग्री र आवश्यक उपकरण फेला परेको खानीखोला इलाका प्रहरी कार्यालयले जनाएको छ ।  सुरक्षा..

    सल्यान : भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण

    शुक्रबार, मंसिर १५, २०७४ साल
    सल्यान, १५ मंसिर ।  निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरु यतिबेला मत माग्दै घरदैलो भेटघाटमा व्यस्त छन् ।  पाँच वर्षभित्र जिल्लालाई समृद्ध जिल्लाको रुपमा विकास गर्ने प्रतिवद्धतासहित दलहरु घरदैलो अभियानलाई तीव्र बनाएका छन् । वाम गठबन्धनले सार्वजनिक गरिएको घोषणापत्रमा पाँच वर्षमा १० स्थानीय तहका ८३ वडामा सडक कालोपत्रे गर्ने, स्थानीय बजारलाई स्मार्ट सिटीको रुपमा..

    पश्चिम रुकुमका दुई मतदान केन्द्रमा आज मतदान जारी

    शुक्रबार, मंसिर १५, २०७४ साल
    रुकुम, १५ मंसिर ।  पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक÷एक मतदान केन्द्रमा विहान ७ बजेबाट सुरु भएको मतदान जारी छ । मतदान साँझ  ५ बजे सम्म जारी रहनेछ । गत मंसिर १० मा भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड आक्रमण मतपत्र जलेपछि स्थगित भएको मतदान केन्द्रमा पुनः मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।  बाँफीकोट गाउँपालिका–५ को..

    मतदाता शिक्षा प्रभावकारी नहुँदा निकै मत बदर हुने संभावना

    शुक्रबार, मंसिर १५, २०७४ साल
    काठमाडौँ, १५ मंसिर । स्थानीय तहलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएका कारण मतदातामा पर्याप्त मात्रामा मतदाता शिक्षा पुग्न सकेको छैन ।  प्रतिनिधि चुन्न मत दिने अधिकार प्राप्त मतदातालाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिनुपर्ने जरुरी भए पनि समय अभाव र ठूल्ठूला निर्वाचन एकै पटक गराउनुपर्ने हुँदा संभव नभएको होे ।  दोलखाकी ५८ वर्षीय रमिला थापाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको मत चिह्नमा छाप लगाइन् तर..

    बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’

    शुक्रबार, मंसिर १५, २०७४ साल
    बाँके, १५ मंसिर । निर्वाचनमा मतदान कसरी गर्ने थाहा छ भन्ने जिज्ञासामा नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी किरण केवटले भने, “तीन पर्चा (मतपत्र) पाइन्छ भन्ने सुनेको छु, अरू थाहा छैन् ।”  “विभिन्न दलका नेता–कार्यकर्ता आउँछन्, आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न भन्छन् तर कसरी भोट हाल्ने कोही सिकाउँदैनन्”, उनको गुनासो थियो। सो क्षेत्रमा मतदाता शिक्षाका लागि निर्वाचन आयोगबाट समेत केही नआएको पनि केवटले..

    कञ्चनपुरको क्षेत्र नं १ मा पुरानै प्रतिद्वन्द्वीबीच रोचक प्रतिस्पर्धा

    शुक्रबार, मंसिर १५, २०७४ साल
    कञ्चनपुर, १५ मंसिर ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा पुरानै चिरपरिचित प्रतिद्वन्द्वीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।  संविधानसभाको निर्वाचनमा अहिलेका नेपाली काँग्रेसका दिवान सिंह बिष्ट र वाम गठबन्धनकी बिना मगर प्रतिस्पर्धीका रुपमा थिए । अहिले प्रतिनिधिसभाको निर्वाचनमा पनि दुवै जना प्रतिस्पर्धी छन् ।एमाले र माओवादी केन्द्र दुवै पार्टीले साझा उम्मेदवारका रुपमा मगरलाई मैदानमा उतारेको छ भने..

    निर्वाचनपछि मूलुकमा सांसद संख्या ८ सय ८४ पुग्ने

    शुक्रबार, मंसिर १५, २०७४ साल
    मंसिर १५, काठमाडौँ ।   पहिलो र दोस्रो चरणको निर्वाचन सकिएपछि देशमा ८ सय ८४ जना सांसद हुने छन् । दुई चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले मुलुकको लागि ८ सय ८४ सांसद छनौट गर्ने छ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन १० मंसिरमा भएको थियो भने दोस्रो चरण निर्वाचन यही मंसिर २१ मा हुँदैछ । यी दुवै चरणका निर्वाचनबाट..

    विराटनगरवासीको एकै स्वर : आश्वासन होइन विकास, डुबान होइन निकास

    शुक्रबार, मंसिर १५, २०७४ साल
    विराटनगर, १५ मंसिर । नेपालकै पुरानो औद्योगिक नगर विराटनगरमा अठार वर्षपहिले उद्घाटन भएको रिङरोड आजसम्म पूरा भएको छैनभन्दा जोकोहीलाई अनौठो लाग्छ ।  विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउने सबै राजनीतिक दलको साझा एजेण्डा बन्दा पनि विकासका ठूला आयोजना अलपत्र परेकामा यहाँका बासिन्दा चिन्तित छन् । अठार वर्षअघि ४२ किलोमिटर लामो रिङरोडको शिलान्याश गरेका तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार दर्जनौँ पटक..

    नुवाकोटका भूकम्प पीडितलाई घर हस्तान्तरण

    शुक्रबार, मंसिर १५, २०७४ साल
    नुवाकोट, १५ मंसिर । स्थानीय किस्पाङ गाउँपालिकाको मनकामना साबिकको मनकामना गाविसका एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएको भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको छ ।  वल्र्ड रिन्युको सहयोगमा नारी जागरण केन्द्र नेपालले साबिकको मनकामना गाविस–४, ६ र ७ मा रहेको ३२३ लाभग्राहीमध्ये २८२ घरको पुनः निर्माण गरी घरधनीलाई हस्तान्तरण गरेकोे हो ।  भूकम्प पीडितलाई घर हस्तान्तरण गर्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहसचिव एवं..

    बाराका १२१ मतदानस्थल अति संवेदनशील सूचीमा

    शुक्रबार, मंसिर १५, २०७४ साल
    कलैया, १५ मंसिर । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार जिल्लाको कूल तीन लाख ४९ हजार ९४७ मतदाताका लागि ३०३ मतदानस्थल र ४७५ मतदान केन्द्रको व्यवस्था गरिएकामा ९७ मतदानस्थल संवेदनशील र १२१ मतदानस्थल अति संवेदनशील रहेकाले उक्त मतदानस्थलमा शान्तिसुरक्षा..

    उच्च अदालतका ८० न्यायाधीशविरुद्ध मुद्दाको सुनुवाइ मंसिर २८ हुने

    बिहिवार, मंसिर १४, २०७४ साल
    काठमाडौँ, १४ मंसिर। सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्ति भएका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा मंसिर २८ गतेलाई तोकेको छ ।  न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलाशमा सुनुवाइका लागि समय नभ्याएको हुँदा हेर्दाहेर्दैमा यही मंसिर २८ गते बिहीबारका लागि राखिएको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।  गत वर्ष पुस २९ गते राति उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति..

    रुपन्देहीका ७५ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा

    बिहिवार, मंसिर १४, २०७४ साल
    काठमाडौ १४ मंसिर ।  रुपन्देहीका ७५ केन्द्रलाई अतिसंवेदनशीलको सुचीमा राखिएको छ । सुरक्षाका दृष्टिले जिल्लाका २ सय ८ मतदान केन्द्रमध्ये ७५ केन्द्र अतिसंवेदनशील घोषणा गरिएको हो ।    जिल्लाका दुई सय ८ मतदान केन्द्रमध्ये ४२ वटा केन्द्रलाई संवेदनशीलको सुचीमा राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  ९१ मतदान केन्द्रलाई भने सुरक्षाको हिसाबले सामान्यको सुचीमा राखिएको रुपन्देहीका प्रवक्ता डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी..

    उदयपुरको बम विस्फोटमा परि घाइते भएकालाई प्रधानमन्त्रीले भेटे

    बिहिवार, मंसिर १४, २०७४ साल
    काठमाडौं, मंसिर १४ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने । प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भने–‘म छु चिन्ता नगर्नोस्, छिट्टै निको हुन्छ ।’ प्रधानमन्त्री देउवा बुधबार उदयपुरमा बम विस्फोटमा परेर घाइते भइ काठमाडौं ल्याइएका बिरामीलाई भेट्न बिहीबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए । प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली..

    विजय गच्छदारको घरदैलो कार्यक्रम स्थलमा बम विस्फोट, चारजना घाइते

    बिहिवार, मंसिर १४, २०७४ साल
    इटहरी, मंसिर १४ ।  सुनसरीको इटहरीस्थित भलाद्मीचोकमा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम गरिरहेका समयमा बिहीबार बम विस्फोट भएको छ । विस्फोटमा परी चारजना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर–९ स्थित भलाद्मीचोकमा घरदैलो कार्यक्रममार्फत् भोट मागिरहेका बेला गराइएको विस्फोटमा घाइते हुने सबै कांग्रेस कार्यकर्ता हुन् । घाइते हुनेमा कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र धनबहादुर श्रेष्ठ छन् । कांग्रेस नेता एवं उपप्रधानमन्त्री..

    फलेवासका मतदाता भन्छन् ‘जसले दिन्छ जल उसलाई दिन्छौँ मत’

    बिहिवार, मंसिर १४, २०७४ साल
    पर्वत, १४ मंसिर । “हाम्रो दल र हाम्रा उम्मेदवार भनी कयौं पटक हामीले ती नेतालाई भोट दियौं । हामीले दिएको भोटले उनीहरुले जिते तर उनै हाम्राहरु जितेर गएदेखि गाउँ घुमेकै छैनन् । यसपालिको भोट कसलाई दिने भन्नेमा हामी दोधारमा छौं ”, फलेवास नगरपालिका–३ शंकरपोखरीका जितबहादुर विकले भने , “खानेपानीको धारा सबैका घर–घरमा पु¥याउने आश्वासन अहिलेको मात्रै होइन, त्यो हाम्रा लागि पुस्तानी नारा..

    इटहरीमा काँग्रेसको चुनावीसभामा बम विस्फोट

    बिहिवार, मंसिर १४, २०७४ साल
    इटहरी, १४ मंसिर । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली काँग्रेसले आज अपराह्न आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् ।  काँग्रेस इटहरी–९ ले चुनाव प्रचारप्रसारसँगै मतदातासँग घरदैलो गर्दै भएको बम विस्फोट हुँदा एक वर्षीय युवन न्यौपाने, १७ वर्षीया समृना अधिकारी, उनकी आमा ३७ वर्षीया निर्मला र काँग्रेसका स्थानीय नेता धनबहादुर श्रेष्ठ गम्भीर घाइते भएको..

    महिलाहरुले गर्ने कामको आर्थिक मूल्य तोक्न राजधानिमा भेला

    बिहिवार, मंसिर १४, २०७४ साल
    मंसिर १४, काठमाडौँ । महिलाले गर्ने कामको आर्थिक मूल्य तोक्न राजधानिमा भेला आयोजना गरिने भएको छ । महिलाहरुले पारिश्रमिक नलिईकन गर्दै आएको सेवामूलक कामको पूर्नमूल्याङकन गर्दै त्यस्ता कामको आर्थिक मूल्य तोक्न महिलाहरुले भेला आयोजना गर्न लागेका हुन् । स्मिता महिला प्रकाशन गृह सञ्चार तथा स्रोत संस्था, एक्सन एड इन्टरनेशनल नेपाल र राष्ट्रिय महिला अधिकार मञ्चको संयुक्त आयोजनामा हुने भेलामा देशभरबाट २ सय ..

    वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका सन्तानलाई निःशुल्क प्राविधिक शिक्षा

    बिहिवार, मंसिर १४, २०७४ साल
    मंसिर १४, काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परेका अभिभावका सन्तानले निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएका छन् । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका एवं अंगभंग भएका तथा गम्भीर प्रकृतिको रोग लागेमा तिनका सन्तानलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराईने भएको हो ।  वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्रदान गर्ने निःशुल्क प्राविधक शिक्षामा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई तीन बर्षे सिभिल इञ्जिनियरिङ, नर्सिङ..
    Weather Forecast