मंगलवार, आषाढ २३, २०७७

    राज्य-समाज

    काँग्रेस जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता छ : नेता सिंह

    सोमबार, फागुन ७, २०७४ साल
    काठमाडौँ, ७ फागुन ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्  ।  प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएका हुन् ।  “प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी कमजोर हुँदै गएको छ, त्यसैले पार्टीलाई..

    प्रजातन्त्र दिवस : राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश काठमाडौँको सैनिकमञ्चमा

    सोमबार, फागुन ७, २०७४ साल
    काठमाडौँ, ७ फागुन ।  विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।  राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको सैनिक मञ्चमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा सलामी ग्रहण गर्दै प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । काठमाडौँको..

    प्रदेश नं ६ को पहिलो मन्त्रिपरिषद् बैठक सम्पन्न, २१ निर्णय पारित

    सोमबार, फागुन ७, २०७४ साल
    सुर्खेत, ७ फागुन : प्रदेश नं ६ प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक आइतबार बसेको छ । नयाँ मन्त्रिमण्डल गठन भएपछि प्रदेश नं ६ को मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वटा निर्णय पारित गरेको छ ।  जसमा प्रदेश सरकारका केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी नियमावली २०७४, प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७४ र प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ बैठकले..

    आज ६८ औँ प्रजातन्त्र दिवस मनाइँदै, प्रधानमन्त्री, राष्ट्रपति लगायतद्वारा दिवसको शुभकामना

    सोमबार, फागुन ७, २०७४ साल
    काठमाडौँ, ७ फागुन : विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।  प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको..

    वामगठबन्धनका दुइ अध्यक्ष ओली र प्रचण्डको चारघण्टा लामो वार्ता निष्कर्ष विहीन

    आईतवार, फागुन ६, २०७४ साल
    काठमाडौं, फागुन ६ । प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको ‘वान टु वान’ वार्ता सकिएको छ । भक्तपुरका व्यवसायी दुर्गा फूयालको घरमा बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म ४ घण्टासम्म भएको छलफलले पार्टी एकताको बिषय र राजनैतिक नियुक्तीको भागबन्डा टुंगो लगाउने भनिए पनि छलफल कुनै निष्कर्षमा नपुगेको नेताहरुले बताएका छन ।  छलफल सकारात्मक भएको..

    प्रदेश नं ५ को उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारु निर्वाचित

    आईतवार, फागुन ६, २०७४ साल
    बुटवल, ६ फागुन ।  प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वा्चित भएकी छिन् । प्रदेशसभामा आइतबार भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए ।  सो प्रदेशसभामा फोरमका पाँच र जनमोर्चाका एक सांसद छन् । नवनिर्वा्चित उपसभामुख थारूसँग नेपाली काँग्रेसकी रीना विकले पनि उम्मेदवारी दिएकी थिइन् । थारू..

    प्रदेश नं ६ मा सरकारले पूर्णता पायो, ७ सदस्यीय मन्त्रिपरिषद् गठन

    सोमबार, फागुन ७, २०७४ साल
    काठमाडौं, फागुन ६ ।  प्रदेश नं ६ मा ७ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि प्रदेश नं ६ मा प्रदेश सरकारले पूर्णता पाएको हो । नेकपा एमाले र माओवादी केन्द्रले समयमै आ– आफ्नो भागमा परेको मन्त्रीहरुको नाम नलगाउदा मन्त्रीपरिषद् गठनमा ढिलाई भएको थियो । यी दलले आज मन्त्रीहरुको नाम टुंगो लगाएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ६ जना मन्त्रीलाई..

    माओवादी केन्द्रको संसदीय दलका नेतामा पुष्पकमल दाहाल सर्वसम्मत चयन

    आईतवार, फागुन ६, २०७४ साल
    काठमाडौ ६ फागुन ।  नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनु भएको छ ।  सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यलयमा आज बिहान बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत दलका नेतामा चयन गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।  यस्तै बैठकले वैचारिक पाटोलाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै..

    कपिलवस्तुस्थित जितपुरका स्थानीय तहमा दमकल नहुँदा समस्या

    आईतवार, फागुन ६, २०७४ साल
    जितपुर, कपिलवस्तु, ६ फागुन  ।  स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ ।  जिल्लाको दश स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा मात्र दमकल छन् भने तीन नगरपालिका र चार गाउँपालिकामा दमकल नहुँदा समस्या देखिएको हो ।  हावाहुरीको मौसम शुरु भएकोले हुन सक्ने आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्कीएको छ । जिल्लामा वर्षेनी आगलागीका सयौँ घटना हुने गरेका छन् । आगलागीबाट वर्षेनी करोडौं मूल्य बराबरका सम्पत्तिसमेत..

    प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न ४ः०० बजे बालुवाटार सर्दै

    आईतवार, फागुन ६, २०७४ साल
    काठमाडौँ, ६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका  छन् ।  प्रधानमन्त्री ओली आज अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।  निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोडेका थिए । ..

    विधि र प्रक्रियाबाट स्थायी राजधानी तोकिन्छ : मुख्यमन्त्री डोरमणि पौडेल

    आईतवार, फागुन ६, २०७४ साल
    धुलिखेल, ६ फागुन : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी विधि, नीति र संविधानसम्मत तोकिने बताएका छन् ।  धुलिखेल नगरपालिकाको ३२ औँ स्थापना दिवसका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उनले प्रदेशको राजधानी तोक्न हतार नभएको बताए ।  उनले जुन कामको लागि भनेर अस्थायी मुकाम तोकिएको छ, त्यो कामको शुरुवातसमेत नभएको बताए । त्यसको लागि कुनै दिन आउने र त्यही..

    प्रदेश ७ मा सात सदस्यीय मन्त्रिपरिषद् गठन (सबैको नामावली सहित)

    शनिबार, फागुन ५, २०७४ साल
    कैलाली, ५ फागुन : प्रदेश नंं ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।  प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनियताको शपथ गराएका छन् । प्रदेश मन्त्रिपरिषद्को कार्य विभाजन यस प्रकार रहेको छ :  प्रकाश शाह– मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय  दीर्घबहादुर सोडारी—मन्त्री, सामाजिक बिकास  पठानसिं बोहरा—मन्त्री, भौतिक..

    प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता, पार्टी एकताको तयारी !

    शनिबार, फागुन ५, २०७४ साल
    भक्तपुर, ५ फागुन : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा शनिबार भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।  भेटवार्तापछि अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिए । उनले भने –“पार्टी..

    गुण र दोषका आधारमा सरकारलाई सहयोग : काँग्रेस नेता शेखर कोइराला

    शनिबार, फागुन ५, २०७४ साल
    विराटनगर, ५ फागुन : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुण र दोषका आधारमा वर्तमान सरकारलाई सहयोग गरिने बताएका छन् ।  मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा आजदेखि शुरु भएको ‘निर्वाचनपछिको सन्दर्भ र नेविसंघको भूमिका’ विषयमा प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रतिपक्षमा बस्ने जनादेश पाइएकाले प्रतिपक्षमा रहँदै सरकारका राम्रो कामको समर्थन र गलत कामको खबरदारी गरिने बताए..

    एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेको छः मन्त्री पण्डित

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौँ, ४ फागुन : जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको बताएका छन ।  रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा मन्त्री पण्डितले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकाले चाँडै एकता घोषणा हुने बताए ।  मन्त्री पण्डितले केही दिनभित्रै विस्तार हुने मन्त्रिमण्डलमा माओवादी केन्द्र सहभागी हुने विश्वास व्यक्त गर्दै आफ्नो कार्यकालमा काठमाडौँको वातावरणलाई..

    कक्षा ११ र १२ का विद्यार्थीले निःशुल्क पढ्न पाउने

    शुक्रबार, फागुन ४, २०७४ साल
    कालिकोट, ४ फागुन । अब कालिकोटको पलाता गाउँपालिकाका बिधार्थीले कक्षा ११ र १२ मा निःशुल्कको अध्ययन गर्न पाउने भएका छन् । पलाता गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क नलिने निर्णय गरेको हो । यस्को मुख्य उदेश्य गरीबीको समस्यामा जीवन गुजारा गरिरहेका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क नलिई पढ्न प्रोसाहित गर्नु हो  । कक्षा ११ मा..

    कमल थापाले भने : "ओलीले दोहोर्‍याएर शपथ ग्रहण गर्नु पर्छ"

    शुक्रबार, फागुन ४, २०७४ साल
    ४ फागुन, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ ग्रहण गर्नुपर्ने जिकिर गरेका छन् । ओलीले बिहीबार प्रधानमन्त्रीको शपथ लिने क्रममा ‘देश’ शब्द उच्चारण गर्न छुटाएको भन्दै थापाले दोहोर्‍याएर शपथ लिन सल्लाह दिएका हुन् । उन्ले अमेरिकाका तत्कालिन राष्ट्रपति बराक ओबामाले सामान्य त्रुटि गर्द भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहराएर शपथ लिएको  उदाहरण दिदैं  ओलीले पनि त्यसै गर्नुपर्ने..

    अस्थायी मुकामसँगै ७ वटै प्रदेशले पायो ५ वर्षका लागि मुख्यमन्त्री

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौं, फागुन ४ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएपछि नेपाल औपचारिक रुपमा संघीयतामा प्रवेश गरिसकेको छ । नेपालको संविधानले नेपाललाई सात वटा प्रदेशमा विभाजन गरेको छ ।  नेपालका सातवटै प्रदेशले मुख्यमन्त्री पनि पाइसकेको छ । गाउँगाउँमा सिंहदरवारको अधिकार र्पुयाउने योजनाका साथ संविधानले स्थानीय, प्रदेश र संघ सरकारको व्यबस्था पनि गरेको छ । संविधानले व्यबस्था गरे अनुसार नेपालमा तीनै तहको सरकार बनिसकेका..

    प्रदेश नं ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिने : मन्त्री चौधरी

    शुक्रबार, फागुन ४, २०७४ साल
    नवलपरासी, ४ फागुन ।  प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।  नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्  ।  यस प्रदेशलाई भौतिक पूर्वाधारको हिसाबले स्तरोन्नति गरी चौतर्फी विकास गर्दै देशकै नमूना र सवल प्रदेशको..

    प्रदेश नं २ कै पहिलो 'खुल्ला दिसामुक्त जिल्ला' बन्दै सिरहा

    शुक्रबार, फागुन ४, २०७४ साल
        लहान, ४ फागुन। सिरहा जिल्लालाई प्रदेश नं २ कै पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ ।    जिल्लाका ९९ दशमलव ६९ प्रतिशत भन्दा बढी घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिए  ।    प्रमुख कुशवाहाका अनुसार सिरहाको कूल एक लाख १८ हजार ५९८ घरधुरीमध्ये हालसम्म एक लाख १८ हजार २३६ घरधुरीमा शौचालय..

    सधैं सबैभन्दा पहिले बधाई दिने भारत यसपटक तेस्रोमा, किन ११ घन्टापछि मात्र मोदीले ओलीलाई बधाई दिए ?

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौं, ४ फागुन । नेपालमा नयाँ प्रधानमन्त्रि हुदाँ जहिल्यै पहिलो बधाई भारतको हुने गर्थ्यो । तर यसपटक भने भारतले ढिलो गरी सन्देश पठायो । यो कुरोको कुनै आशंका नै नहोला कि नेपालको राजनीतिमा भारत सधैं परोक्ष र अप्रत्यक्षमा रूपमा सहभागी हुँदै आएको छ । नेपालका हरेक घटनामा भारतले सुरुमा प्रतिक्रिया जनाउने गरेको छ । पश्चिमा देशहरूले पनि भारतकै चश्माले नेपाललाई हेर्ने..

    मुख्यमन्त्रीमा शाही नियुक्त भएसँगै सरकारको ढोका खुल्यो

    शुक्रबार, फागुन ४, २०७४ साल
    सुर्खेत, ४ फागुन  ।  नेकपा (एमाले) ६ नं प्रदेशले राखेको आलोपालो प्रस्तावले नेकपा (माओवादी केन्द्र)लाई मुख्यमन्त्रीको दाबी पेश गर्न दुई दिनसम्म निकै सकस बनायो । बारम्बार केन्द्रीय कार्यदलको बैठकको निर्णय कार्यान्वयनका लागि केन्द्रीय नेतृत्वलाई नेकपा (माओवादी केन्द्र), सुर्खेतले दबाब दिइरह्यो ।  अन्तत : कार्यदलको निर्णयलाई कार्यान्वयन गर्ने अन्तिम निष्कर्षका साथ एमालेले आफ्नो अडान फिर्ता लियो र पछि उसकै समर्थनमा माओवादी केन्द्रका संसदीय दलका..

    प्रदेश नं ३ मा प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन समिति गठन

    शुक्रबार, फागुन ४, २०७४ साल
    हेटौँडा, ४ फागुन  । प्रदेश नं ३ को अस्थायी राजधानी हेटौँडामा ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसका भव्यरुपमा मनाउन ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ४१७ सदस्यीय मूल समारोह समिति आज गठन गरिएको छ ।  सो समारोह समिति गठन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेको अध्यक्षतामा बसेको एक भेलाले उक्त समारोह समिति गठन गरिएको हो । तीनदिने कार्यक्रमअन्तर्गत फागुन ६ गते..

    प्रधानमन्त्रीलाई भारतीय तथा चिनियाँ प्रधानमन्त्रीद्वारा बधाई, ओली निवासमा बधाई दिनेको ओइरो

    शुक्रबार, फागुन ४, २०७४ साल
    भक्तपुर, ४ फागुन : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।  उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको थियो । प्रधानमन्त्री..

    मन्त्रिपरिषद्को निर्णय : उद्योगग्राम, रंगशाला र प्राविधिक महाविद्यालय स्थापना गरिने

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौँ, ४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्येक स्थानीय तहमा उद्योगग्राम निर्माण गर्ने निर्णय गरेको छ ।  बैठकले प्रत्येक प्रदेशको सदरमुकाममा आधुनिक खेलग्रामसहितको रंगशाला बनाउने र प्रत्येक प्रदेशमा प्राविधिक/व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय पनि गरेको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले जानकारी दिइन् ।  बैठकले नेपालको संविधानबमोजिम संघीय संसद्, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सम्पन्न..

    प्रधानमन्त्रीको जन्मथलो तेह्रथुममा दीप प्रज्वलन, स्थानीयबासीमा खुशियाली

    शुक्रबार, फागुन ४, २०७४ साल
    तेह्रथुम, ४ फागुन : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा विहिबार साँझ दीप प्रज्वलन गरिएको छ । जिल्लास्थित वामगठबन्धनका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री भएकामा खुशियाली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन् ।  सदरमुकाम म्याङलुङस्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा आकारमा दीप प्रज्वलन गरी नेता तथा कार्यकर्ताले ओलीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । नेकपा (एमाले) प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली,..

    कसरी बने केपी ओली दोस्रो पटक प्रधानमन्त्री ? थाहा पाउनुस् उनको ‘जीवनकहानी’

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौँ, ३ फागुन : नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली मुलुकमा दोस्रो पटक प्रधानमन्त्री बनेका छन् ।  समृद्धि र स्थिरताको नारासहित निर्वाचनमा बहुमत हासिल गरेको वाम गठबन्धनको समर्थनमा नियुक्त प्रधानमन्त्री ओली झापा विद्रोह हुँदै लामो समय जेलनेलसमेत खेपेका उनी आफ्नो अडानमा दृढ नेता मानिन्छन् । नयाँ संविधान निर्माणमा भूमिका निर्वाह गर्दै..

    कृषिमा प्रशस्त लगानी गरी देशलाई समृद्ध बनाउँछौँ :अध्यक्ष दाहाल

    बिहिवार, फागुन ३, २०७४ साल
    सिन्धुली, ३ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अब कृषिमा लगानी गरी देशलाई समृद्ध बनाइने बताएका छन् ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायतर्फको दोस्रो आगिंक क्याम्पसको मरिण गाउँपालिका–६ मा बिहीबार भवन शिलान्यास तथा कक्षा उदघाट्न गर्दै उनले वाम गठबन्धनको सरकारले कृषिमा मुठ्ठी खोलेर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।  कृषिमा आधारित उद्योगविना नेपालमा खोलिने कुनै पनि उद्योग दीर्घकालीन..

    नवनियुक्त प्रधानमन्त्री ओलीले लिए जनताका नाममा शपथ

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौं, फागुन ३ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाममा शपथ ग्रहण गरेका छन् । साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई शपथ खुवाएकी हुन् । उनले जनताका नाममा शपथ ग्रहण गरे ।  शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, निवर्तमान प्रधानमन्त्री, प्रधानन्यायाधीश विभिन्न दलका शीर्ष नेता, कुटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारीको उपस्थिती रहेको थियो । प्रधानमन्त्री ओलीसँगै..

    राष्ट्रपतिको २१ र उपराष्ट्रपतिको चैत्र ३ गते निर्वाचन गर्ने आयोगको प्रस्ताव

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौं, फागुन ३ ।  निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो । छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको..
    Weather Forecast