बिहिवार, चैत्र २०, २०७६

    राज्य-समाज

    गोरखाका अपाङ्गता भएका तीन जनालाई घरमै पुगेर नागरिकता दिइयो

    शुक्रबार, पौष १४, २०७४ साल
    गोरखा, १४ पुस ।  जन्मजात अपाङ्गताको समस्याबाट पीडित गोरखा शहीद लखन गाउँपालिका–७ कोटडाँडाका एकै घरका तीन जनालाई आज घरमै पुगेर नागरिकता दिइएको छ ।  वडा सचिव शरण श्रेष्ठको पहलमा स्थानीय बासिन्दा धनबहादुर श्रेष्ठका दुई छोरी र एक छोरालाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत डिल्लीप्रसाद श्रेष्ठ, नायब सुब्बाद्वय मीनप्रसाद लामिछाने र हरिराम श्रेष्ठले नागरिकता प्रदान गर्नुभएको हो ।  विसं २०४५ मा जन्मिएकी..

    सरकारबाट फिर्ता बोलाइए सहरी विकास मन्त्री दिलनाथ गिरी

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौँ, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई सरकारबाट फिर्ता बोलाएको छ । राप्रपा प्रवक्ता भूवन पाठकका अनुसार पार्टी निर्णयअनुसार नै गिरीलाई फिर्ता बोलाइएको हो । गिरीलाई मन्त्री पदबाट बर्खास्त गर्न राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस पनि गरिसकेको छ । पार्टी अध्यक्ष कमल थापा र मन्त्री गिरीबीच सहरी विकास विभागको महानिर्देशक र मन्त्रालयको सचिव हेरफेरको विषयमा..

    गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध घटाउँछु : पण्डित

    शुक्रबार, पौष १४, २०७४ साल
    भक्तपुर, १४ पुस । पुर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितले यदि आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भइरहेका ५० प्रतिशत अपराध घटाउने बताएका छन् । रफत सञ्चार क्लबमा आज शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनीकरणको उपाय आफूसँग भएको जिकिर गरे । तस्वीर : फाइल फोटो  ‘मन्त्रीले इमान्दार भएर काम गरे विदेशमा भएका युवाहरुलाई स्वदेशमै..

    राष्ट्रपतिद्वारा बहुप्रतिक्षित 'राष्ट्रिय सभा निर्वाचन अध्यादेश' प्रमाणीकरण

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौँ, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।  कंग्रेस सभापति एवं प्रधानमन्त्री देउवा एवं एमाले अध्यक्ष ओलीलाई शितल निवासमा बोलाएर राजनीतिक निकासका लागि अध्यादेश प्रमाणीकरण गर्न लागेको जानकारी गराएकी थिईन । ..

    राष्ट्रियसभा 'एकल संक्रमणीय' वा 'बहुमतीय' भन्नेबारे आज सुनुवाई हुँदै

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौँ, १४ पुस । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश तत्काल जारी गर्न माग गर्दै सर्वोच्चमा दायर रिटको आज सुनुवाइ हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश तत्काल जारी गर्न, राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाको समानुपातिक सिट बाँडफाँट नगर्न समेतका माग गर्दै अधिवक्त यज्ञमणि न्यौपानलेले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । रिट निवेदन न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा पेशी तोकिएको छ । दुई महिनादेखि..

    समानुपातिकतर्फ प्रदेशसभा सदस्यको टुंगो लगाउँदै काँग्रेस

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौँ, १४ पुस । नेपाली काँग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउन अन्तिम गृहकार्यमा जुटेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउने पार्टी कार्यालयले जनाएको छ ।  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पार्टीका वरिष्ठ..

    राष्ट्रियसभा निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न आयोगको आह्वान

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौं पौष १३ ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको छ।  प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।  नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम..

    पुरानै शैलीमा रानीपोखरीको पुननिर्माण गर्न काठमाडौका मेयर तयार

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौं, पुस १३ । चौतर्फी दवावपछि काठमाडौं महानगरपालिकाले पछिल्लो समय हुँदै आएको रानीपोखरी पुनर्निर्माणको काम रोक्ने भएको छ । कंक्रिटको प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्दा मौलिकता नै मासिने भन्दै आलोचना भएपछि महानगरपालिकाले अहिले भैरहेको काम रोकेर पुरानै शैली र सामग्री प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माण गर्ने भएको हो । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप..

    सभापति देउवाद्वारा शुक्रबार काँग्रेस केन्द्रिय समिति बैठक आह्वान

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौं पौष १३ ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आह्वान गर्नु भएको छ ।  बैठक भोली बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।  हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइराला लगायत पदाधिकारीको भेटपछि बैठकको..

    राजनीतिक गतिरोधबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौ १३ पौष । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा बस्ने तयारी भएको छ ।  बैठकमा माओवादी केन्द्रसँगको एकता प्रक्रिया, राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रसभा निर्वाचन अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयन गर्ने बिषयमा छलफल हुनेछ ।  बैठकमा नयाँ सरकार गठनका बिषयमा समेत छलफल हुने सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो..

    राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौँ, १३ पुस : राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा भेटवार्ता भएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट प्राप्त ताजा जनादेश बमोजिम चाँडो नयाँ सरकार गठन भई मुलुकको समृद्धितर्फ लाग्ने कार्यमा सफलता मिलोस् भनी अध्यक्ष दाहाललाई शुभकामना व्यक्त गरेकी..

    ताप्लेजुङमा 'श्रीमान्-श्रीमती विवाद' का कारण घरमा आगलागी

    बिहिवार, पौष १३, २०७४ साल
    ताप्लेजुङ, १३ पुस  ।  ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ ।  राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ ।  राति घरायसी विषयमा..

    नाराबाजी र विरोधका बीच रोल्पामा भयो गाउँपालिकाको नाम परिवर्तन

    बिहिवार, पौष १३, २०७४ साल
    रोल्पा, १३ पुस ।  गाउँपालिकाको नाम परिवर्तन गर्ने विषयमा जनताको व्यापक असन्तुष्टि र नाराबाजी हुन थालेपछि रोल्पाको एक गाउँपालिकाले प्रहरी घेराबीच बैठक सम्पन्न गरी नाम समेत परिवर्तन गरेको छ ।  पूर्वी रोल्पाको सुवर्णावती गाउँपालिकाका बहुमत जनप्रतिनिधिको बैठकले सो नाम परिवर्तन गरी शहीद सुनिल स्मृति गाउँपालिका नामाकरण गरेको हो । बैठकमा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले नाम परिवर्तनको प्रस्ताव गरेसँगै १९ जना सदस्यले विरोध जनाउँदै..

    कालीगण्डकी करिडोरको ‘थप बेलिब्रिज निर्माण’ डेढ महिनामै पूरा हुँदै

    बुधबार, पौष १२, २०७४ साल
    बागलुङ, १२ पुस ।   कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–८ स्थित लौहाखोला ‘बेलिब्रिज’ निर्माण डेढ महिनामा पूरा हुने भएको छ ।  उक्त पुल बनेपछि बागलुङ–गुल्मीखण्डमा वर्षायाममा पनि यातायातका साधन सञ्चालनमा आउने छन् । यसअघि गत असोजमा बागलुङ खण्डमा तीनवटा तथा गुल्मी खण्डमा एउटा ‘बेलिब्रिज’ निर्माण भई सञ्चालनमा आएका छन् ।  नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले लौहाखोला ‘बेलिब्रिज’ निर्माणसँगै सडक सुधारको काम भइरहेको जनाएको..

    पुनर्निर्माण प्राधिकरण स्थापना भएको दुई वर्ष पूरा, काम भने सुस्त

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौं, पुस १२ ।  २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्ष पूरा गरेको छ । सरकारले दुई वर्षअघि अर्थात् पुस १२ गते प्राधिकरण गठन गरे पनि त्यसले अझै सम्म पनि प्रभावकारी रुपमा काम गर्न सकेको छैन । राजनीतिक खिचातानीका कारण प्राधिकरणका कार्यकारी अधिकृत पटक पटक फेरिँदा पुनर्निर्माणले गति लिन नसकेको..

    पुरातत्व विभागले महानगरका अधिकारीसँग आज थप छलफल गर्दै

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौं पुस १२ । रानीपोखरी पुर्न्निर्माणको विषयमा पुरातत्व विभागले महानगरका अधिकारीसँग आज थप छलफल गर्ने भएको छ ।  अपरान्ह महानगरका सम्बन्धित अधिकारीलाई बोलाएर यो विषयमा छलफल गर्ने तयारी भएको विभागका प्रमुख भेषनारायण दाहालले जानकारी दिनुभयो ।  रानीपोखरी पूनर्निर्माणको बिषयलाई लिएर महानगरपालिकामा विवाद देखिएपछि विभागले थप छलफल गर्न लागेको हो ।  रानीपोखरीको पुनर्निर्माण मापदण्डविपरित भइरहेको स्वीकार गर्दै यो विषयमा समन्वय र थप छलफल गरेर मात्रै..

    भक्तपुरको बालकोटमा ओली र प्रचण्डबीच भेटबार्ता जारी

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौँ, १२ पुस ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बाटकोट पुगेका छन् । ओली निवास बालकोटमा चलिरहेको भेटवार्तामा पछिल्लो राजनीतिक गतिरोध, नयाँ सरकार गठन लगायतका विषयमा छलफल जारी रहेको छ । ओलीलाई भेट्न पौने २ बजे  प्रचण्ड बालकोट पुगेका हुन् । बालकोटमा दुई नेताबीच वार्ता जारी रहेको छ ।..

    समायोजन प्रक्रिया शुरु नहुँदै कर्मचारीले दिन थाले सरुवाका लागि निवेदन

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौँ, १२ पुुस ।  कर्मचारी समायोजन नियमावली नै तयार नहुँदा पनि कर्मचारीले सरुवाका लागि माग गर्न थालेका छन् । नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारीले आफूलाई पायक पर्ने ठाउँमा सरुवा माग गर्न थालेका हुन् ।  सामान्य प्रशासन मन्त्रालयले नियमावली जारी गरेपछि समायोजनमा जान चाहने कर्मचारीलाई आह्वान गरेर समायोजन गर्ने जनाएको छ । केही कर्मचारीले..

    सरकार गठन र पार्टी एकताबारे ओली प्रचण्डबीच भेटबार्ता हुँदै

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौँ, १२ पुस  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच बुधबार भेटवार्ता हुने भएको छ । भावी सरकार गठन र दुई पार्टीबीचको एकताबारे नेताहरूबीच फरक फरक धारणा आइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष नेताको भेट हुन लागेको हो ।  एमाले अध्यक्ष ओलीका प्रेस सहयोगी चेतन अधिकारीले दुई नेताबीच भेटघाट तय भए पनि समय र..

    चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने सकारात्मक संकेत

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौं, १२ पुस ।  अघिल्लो वर्ष हल्ला मात्र भए पनि उत्तर छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले यो वर्ष नेपाल भ्रमण गर्ने करिब निश्चित भएको छ । हालसालै सम्पन्न चुनावी नतिजाले नेपालमा प्रमुख दुई कम्युनिष्ट घटक एमाले र माओवादी केन्द्रको सरकार बन्ने बाटो खोलेपछि चीन आफ्ना राष्ट्रपतिको भ्रमण गराउन इच्छुक देखिएको छ । भ्रमणको समय निश्चित नभए पनि नयाँ सरकार गठनलगत्तै सीले नेपाल..

    ' चुनावमा पराजय भोग्नुको कारण असुदृढ संगठन'-राप्रपा एकीकृत

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौँ, १२ पुस  ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आज सम्पन्न उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा आगामी माघदेखि फागुनसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।  पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा भएको बैठकले तीन महिनाको अवधिमा सबै स्थानीय तह र प्रादेशिक तहमा पार्टीका विद्यार्थी, युवा र महिला संघलाई जनवर्गीय संगठनका रुपमा स्थापना गर्ने निर्णय..

    डोटीमा असहायबीच न्यानो लुगासँग न्यानो माया साट्दै अभियन्ता केबी

    बुधबार, पौष १२, २०७४ साल
    डोटी, १२ पुस  । डोटीको दीपायल बजारमा व्यापार गर्दै आएका खगेन्द्र साउद (केबी)ले मंगलबार दीपायल सिलगढी नगरपालिकाका सबै वडामा न्यानो लुगा वितरण गरेका छन् ।  दीपायलमा विगत १२ वर्षदेखि केबि स्टिल तथा फर्निचर उद्योग, केबि इलेक्ट्रोनिक्स सञ्चालन गर्दै आएका साउदले नगरपालिकाभित्रका नौवटै वडामा पुगेर वृद्ध, अपांग, एकल महिला, गरिब तथा असहायलाई जाडोमा न्यानो लुगा वितरण गरेका हुन्  ।  साउदले मंगलबार दिसि नपाका वडासँगको सहकार्यमा..

    नेपालीहरु अरबको खाडीमा पसिना बगाउदै, भारतीयहरु नेपालमा पैसा कमाउदै...

    बुधबार, पौष १२, २०७४ साल
    मोरङ, १२ पुस  ।  एकातिर मोरङका युवा वैदेशिक रोजगारीमा पसिना बगाइरहेका छन् भने अर्कोतिर यहाँका गाउँ गाउँमा भारतीय मजदुर सिरक, डसना बनाएर यहीँ पैसा कमाइ रहेका छन् । यसअघि घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुती कपडालाई रुवा बनाउने मेसिन ट्र्याक्टरमा सँगै लिएर हिँड्न थालेका छन् ।  मोरङका प्रत्येक गाउँमा सडक किनारामा बसेर उनीहरू टोली बनाई दैनिक रु १५ हजारभन्दा बढी..

    रोल्पामा जातीय सद्भाव अभिवृद्धिका लागि सडक नाटक प्रदर्शन

    बुधबार, पौष १२, २०७४ साल
    रोल्पा, १२ पुस ।  विविध जाति, भाषा, धर्म र सांस्कृतिक समुदायबीच सद्भाव अभिवृद्धि गर्दैै सांस्कृतिक सहिष्णुता कायम राख्ने उद्देश्यसहित रोल्पा सदरमुकाम लिवाङमा सडक नाटक तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।  मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको आयोजना र सुनछहरी कलाकेन्द्र रोल्पाको प्रस्तुतिमा सम्पन्न सो कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा फरकफरक समुदाय र जातजातिका संस्कारको अपमान गर्दा समाजिक सम्बन्ध बिग्रनुका साथै द्वन्द्वसमेत निम्तने भएकाले..

    अब नेपाली जनताको लगानीमा खानी सञ्चालन हुन्छ : नेता घर्ती

    बुधबार, पौष १२, २०७४ साल
    पाल्पा, १२ पुस : प्रदेशसभा सांसद तथा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्ती (वसन्त)ले प्राकृतिक सोत र साधनको उचित प्रयोग गर्ने बताएका छन् ।  प्राकृतिक सोत र साधनको उचित प्रयोगसम्बन्धी प्रदेशसभा तथा प्रदेश सरकारले नीति नियम बनाउने र जनताको लगानीमा खानी सञ्चालन गर्ने योजना बनाउने उनले बताए ।  रासससँग कुराकानीमा घर्तीले पाल्पामा प्रसस्त रहेका चुनढुंगा खानीलाई व्यवस्थित तरिकाले परिचालन गर्ने र दुरुपयोग..

    पार्टी एकतालाई असर पर्नेगरी म अल्मलिएर जिल्लामा बसेको छैन : दाहाल

    मंगलवार, पौष ११, २०७४ साल
    चितवन, पुस ११ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताएका छन् । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले मंगलबार चितवनमा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वा्चित सांसदका सम्मानमा बधाई तथा शुभकामनाका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वा्चित सांसद दाहालले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताए । दाहालले भने, ‘म एमाले अध्यक्ष..

    संविधान, विधि र प्रक्रियाबाटै सहमति खोज्न कानूनविद्को सुझाव

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौँ, ११ पुस । विधि र प्रक्रियाका आधारमा असल संस्कार स्थापित गर्दै विद्यमान राजनीतिक र संवैधानिक अड्चनको निकास खोज्न सरकार र प्रमुख राजनीतिक दललाई सुझाव दिइएको छ ।  संघीय व्यवस्थापिका–संसद्द्वारा मंगलबार आयोजित ‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तर्क्रियामा सहभागी वक्ताले उक्त सुझाव दिएका हुन् ।  वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचनको नतिजा जे जस्तो आए पनि शान्ति प्रक्रिया टुङ्गोमा पुगिनसकेको र संविधान..

    सत्तामा रहे पनि नरहे पनि जनताको पक्षमा काँग्रेस सदैव रहन्छ : प्रधानमन्त्री

    मंगलवार, पौष ११, २०७४ साल
    चितवन, पुस ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संक्रमणकालको अन्त्य गर्नु नै नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको सफलता भएको बताएका छन् । चितवनको सौराहामा आयोजित १४औं चितवन हात्ती महोत्सवको मंगलबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तामा रहेपनि नरहेपनि देश र जनताको पक्षमा कांग्रेस सधैं रहि रहने बताए । उनले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अंगकोरुपमा लिनुपर्नेमा जोड दिए । हात्ती महोत्सवले समग्र देशलाई..

    रानीपोखरी विवाद : उपमेयर ताला बन्द गर्दै, मेयर ताला फुटाउँदै

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौँ, १० पुस  । काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयारबीच रानीपोखरीलाई लिएर उठेको विवाद चरम उत्कर्षमा पुगेको छ । मंगलबार बिहान काठमाडौं  उपमेयर हरिप्रभा खड्गीले रानीपोखरीको गेटमा लगाएको ताला दिउँसो मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् ।  शाक्यले ताला तोडेपछि व्यक्तिगत र दलगत लान्छाना लगाएर मात्रै नहुने बताएका छन् । उनले भने, ' म आउनुभन्दा पहिला नै सम्झौता भएको थियो, अब काम अघि बढ्छ ।..

    माओको १२५ औँ जन्मजयन्ती आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईंदै

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौं, पुस ११ । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक माओ सेतुङको १ सय २५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरि नेपालमा पनि मनाइँदै छ । नेकपा माओवादी केन्द्र लगायतका माओवादी पार्टीहरुले मुलुकभर विभिन्न कार्यक्रम गरेर माओ जयन्ती मनाउन लागेका हुृन् । जन्म जयन्तीको अवसरमा माओवादीले पार्टी केन्द्रिय कार्यालय पेरिषडाँडामा आज विशेष कार्यक्रमको आयोजना गरेको छ भने नेपाल कम्युनिष्ट पार्टीले पनि..
    Weather Forecast