बिहिवार, चैत्र २७, २०७६

    राज्य-समाज

    नेपाल–चीन हिल्सानाका सुनसान, चिसो छल्न सबै बेँसी झरेँ

    मंगलवार, पौष ८, २०७६ साल
    सिमकोट, ८ पुस    चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको  हिल्सानाका  सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो  ।    यहाँ मङ्सिरको अन्तिम सातादेखि भारी हिमपात र तापक्रम शुन्यमा झरेसँगै चिसो बढी हुने भएकाले कोही बस्न सक्दैनन् ।  सबै मानिस बेँसी झरेपछि यो क्षेत्रमा  अहिले सुनसान छाएको छ ।   उत्तरी हिल्सानाका..

    कांग्रेसको आन्तरिक विवाद चर्किँदै, के विषयमा भईरहेको छ त विवाद ?

    सोमबार, पौष ७, २०७६ साल
    काठमाडौँ, ७ पुस कांग्रेसको आन्तरिक विवाद चर्किँदै गएको छ । महाधिवेशनको क्यालेण्डर, विभाग गठनलगायतका एजेन्डामा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नजुटेपछि पौडेल पक्षले बैठकमा भाग लिएको छैन।  पौडेल नेतृत्वको असन्तुष्ट समूहमा महामन्‍त्री सशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला पनि छन्। महाधिवेशको क्यालेण्डर पहिले कि विभाग तथा अरु विषयको व्यवस्थापन पहिले भन्‍नेमा विवाद भएपछि सहमति हुन नसकेको हो। महामन्‍त्री कोइरालासहितको पौडेल समूहले पहिले..

    आध्यात्मिक जागरणलाई समृद्धिसँग जोड्नुपर्छ– मुख्यमन्त्री गुरुङ

    सोमबार, पौष ७, २०७६ साल
    पोखरा, ७ पुस   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आध्यात्मिक जागरणलाई समृद्धि र उन्नतिसँग जोड्नुपर्ने बताउनुभएको छ । पोखराको पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा परिसरमा आज आयोजित महाआरती कार्यक्रममा सहभागी बन्दै उहाँले यस्ता कार्यक्रमले समाजमा भावनात्मक एकता एवं सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   प्राकृतिक सम्पदानको प्रचारप्रसार र प्रवद्र्धनका लागि गण्डकी प्रदेश प्रतिबद्ध रहेको बताउँदै उहाँले पोखराको समग्र विकास..

    गर्मी समयमा लेकाली गएका स्थानीयवासी चिसो छल्न बेँसी झर्दै

    सोमबार, पौष ७, २०७६ साल
    मार्तडी, ७ पुस  जिल्लामा वर्षासँगै हिमपात भए पनि यहाँका जनजाति समुदायका मानिस बेँसीतिर झर्न थालेका छन् । गर्मीयाम शुरु भएसँगै लेकाली भेगमा जाने स्थानीयवासी चिसो शुरु भएपछि अधिकांश भेडापालन व्यवसाय गर्दै आएका उनीहरु अछाम लगायतका जिल्लामा झर्ने गरेका छन् ।  बर्सेनि उनीहरुले भेडापाठालाई लेक र बेँसीमा लाने गरेका छन् । गर्मी छल्नका लागि लेकाली भेगमा गएका स्थानीयवासी चिसो बढ्न थालेकाले उनीहरु यतिखेर..

    बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण, बिदा छैन : गृह

    सोमबार, पौष ७, २०७६ साल
    काठमाडौँ, ७ पुस यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ..

    नारायणीमा मिनी पानीजहाजकाे सफल परीक्षण

    सोमबार, पौष ७, २०७६ साल
    चितवन, पुस ७   चितवनमा बनिरहेको २ सय २० यात्रु क्षमताको मिनी पानीजहाजको नारायणी नदीमा सफल परीक्षण भएको छ । चितवनमा बनिरहेको मिनी पानीजहाज (क्रुज सिप) को नारायणी नदीमा सफल परीक्षण गरिएको छ । नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको ‘क्रुज सिप’लाई नदीमा चलाएर परीक्षण गरिएको हाे ।  सिपलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको 'पोर्ट' वरपर परीक्षण गरिएको हो । परीक्षण गर्नलाई भारतबाट प्राविधिक टोली आएको सञ्चालक..

    सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण

    सोमबार, पौष ७, २०७६ साल
    काठमाडौँ, ७ पुस । सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले नेपाल–भारत सीमा विवादको कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सीमा विवाद समाधान गर्न सरकारले चालेको कदम सकारात्मक भए पनि सरकारको प्रयासले मूर्तरूप लिन नकसकेको भन्दै थप गम्भीर भएर लाग्न सुझाव दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक माध्यमबाट..

    डीआईजी पोखरेलले सम्हाले मेट्रोको कार्यभार

    सोमबार, पौष ७, २०७६ साल
    काठमाडौँ, ७ पुस प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले महानगरीय प्रहरी आयुक्तको जिम्मेवारी सम्हालेका छन् । डिआईजी पोखरेललाई गृह मन्त्रालयले बुधबार महानगरीय प्रहरी (मेट्रो)को आयुक्तका रुपमा काज सरुवा गरेको थियो । पोखरेलले सोमबार बिहान महानगरीय प्रहरी आयुक्तको रुपमा जिम्मेवारी सम्हालेका हुन् । जिम्मेवारी सम्हाल्दै डिआईजी पोखरेलले महानगरीय प्रहरी प्रमुखकको रुपमा जनताले शान्ति सुरक्षाको महसुस गर्ने गरी काम गर्ने बताए । महानगरीय प्रहरी प्रमुखको..

    राहत शिक्षकको लागि छुट्टै नीति : मन्त्री पोखरेल

    सोमबार, पौष ७, २०७६ साल
    ओखलढुङ्गा ७ पुस  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताउनुभएको छ । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ खतिवडाको श्रद्धाञ्जलिसभामा मन्त्री पोखरेलले सरकारले आउँदो हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक पास गर्न लागेको जानकारी दिनुभयो ।  त्यसलगत्तै राहत शिक्षकको व्यवस्थापनका लागिसमेत सरकारले छिट्टै नयाँ प्रक्रिया थालनी..

    कस्तो रहनेछ मौसम ?

    सोमबार, पौष ७, २०७६ साल
    काठमाडौं, ७ पुस  जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था रहेको जनाएको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । देशको पश्चिमी उच्च पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहेको छ भने बाँकी भू-भागमा सामान्यया सफा र तराईका भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था रहेको महाशाखाले जनाएको छ । आगामी २ दिनको मौसम पूर्वानुमान पौष ७ गते  दिउँसो : देशको पूर्वी पहाडी भू-भागमा..

    काँग्रेसमा गुटबन्दी चरमसीमामा, मु्ख्य नेताहरुको आ-आफ्नै अडान !

    आईतवार, पौष ६, २०७६ साल
    काठमाडौँ, ६ पुस नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आन्तरिक भागबण्डाको असहमतिका कारण मंसिर २६ गतेदेखि   बारम्बार स्थगित हुँदै आएको छ ।  गएको सोमबार, बुधबार र शुक्रबारका लागि बोलाइएको बैठकमा पनि पौडेल पक्षले उपस्थिति नहुने जनाउ दिएपछि बैठक स्थगित भएका थिए । सभापति देउवाले थप सहमतिको प्रयासका लागि अर्को बैठक पुस १० गतेलाई सारेका छन् । सहमतिका लागि देउवाले देखाएको लचकता प्रस्टसँग देखिएको छ..

    एमसिसीको सहयोग भौतिक पूर्वाधारमा : इण्डो प्यासेफिकको रणनीतिमा छैन

    आईतवार, पौष ६, २०७६ साल
    काठमाडौँ, ६ पुस नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मार्फत अनुदान सहयोग उपलब्ध गराएको स्पष्ट पार्दै सङ्घीय संसद्बाट अनुमोदन जरुरी रहेको (मिलेनियम च्यालेन्ज एकाउन्ट) एमसिए नेपालले स्पष्ट पारेको छ ।  एमसिसीले नेपालको ऊर्जा तथा सडक निर्माणका लागि ५० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । यस्तै सो कार्यक्रमका लागि नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर बजेट उपलब्ध..

    नेकपा स्थायी कमिटी बैठक सम्पन्न, अध्यक्षको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

    आईतवार, पौष ६, २०७६ साल
    काठमाडौँ, ६ पुस नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । आइतबार धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको बैठक अध्यक्षको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो । बैठकमा महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पनि पास भएको छ । बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने..

    अब इलमी हातले गाउँ छोड्नु पर्दैन : मन्त्री लम्साल

    आईतवार, पौष ६, २०७६ साल
    पर्वत, ६ पुस पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा आयोजित बाच्छा महोत्सव सम्पन्न भएको छ । कला, संस्कृति र खेलकूदको विकासमार्फत गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय जनसेवा युवा क्लबले आयोजना गरेको चारदिने महोत्सव शनिबार सम्पन्न भएको हो । महोत्सवको समापन अवसरमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले इलमी र परिश्रमी व्यक्ति अब गाउँ छाडेर पलायन हुनुनपर्ने बताउनुभयो । उहाँले तीनै..

    रूसी कम्पनीमाथि प्रतिबन्ध लगाउन ट्रम्पद्वारा हस्ताक्षर, मस्को र जर्मर्नीद्वारा आलोचना

    शनिबार, पौष ५, २०७६ साल
    वासिङ्टन, ५ पुस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसदेखि जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणाधिन पाइपलाइनलाई रोक्ने उद्देश्यका साथ पाइपलाइन निर्माण गरिरहेका रूसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गर्नुभएको छ । अमेरिकी कङ्ग्रेसले उक्त कार्यबाट आफ्नो सहयोगी मानिदै आएका यूरोपेली मुलुकहरूबाट क्रेमलिनले फाइदा लिनसक्ने भन्दै चासो ब्यक्त गरेपछि राष्ट्रपति ट्रम्पले ग्यास पाइपलाइन निर्माणको जिम्मा पाएका कम्पनीहरूलाई प्रतिबन्ध लगाउनका पत्रमा हस्ताक्षर शुक्रबार गर्नुभएको हो..

    निर्यात व्यापार सन्तोषजनक : राष्ट्र बैंक

    शनिबार, पौष ५, २०७६ साल
    काठमाडौँ ५ पुस नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव शून्य छ  प्रतिशतले वृद्धि भएको..

    पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

    शनिबार, पौष ५, २०७६ साल
    काठमाडौँ, ५ पुस पश्चिमी वायुको प्रभावले शनिवार तथा आईतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट..

    तनाव कम गर्ने यि ८ खानेकुरा

    शनिबार, पौष ५, २०७६ साल
    काठमाडौं, ५ पुस ।  मानसिक तनावका थुप्रै कारणहरू छन्। हाम्रो जीवनलाई, हाम्रो अवस्थालाई कसरी लिन्छौ। त्यो चिजसँग हाम्रो तनाव निर्धारित हुन्छ। कुनै व्यक्तिलाई एउटा घट्नाले तनाव दिन सक्छ भने अर्कोलाई नदिन सक्छ। जस्तै भूकम्पका कारण कति व्यक्तिलाई तनाव भयो कतिलाई भएन। अमला तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला। अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक..

    कांग्रेस केन्द्रीय समिति बैठक पुस १० गतेसम्मका लागि स्थगित

    शुक्रबार, पौष ४, २०७६ साल
    काठमाडौँ, ४ पुस  नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित बैठक यही पुस ९ गतेसम्मका लागि स्थगन गरिएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्काे बैठक पुस १० गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।    उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास..

    नेकपाले तोक्यो स्थानीय तहका इञ्चार्ज र सहइञ्चार्ज

    मंगलवार, पौष १, २०७६ साल
    इलाम, १ पुस नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज  चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो ।  नेकपाको  इलाम नगरपालिकाका इञ्चार्जमा  भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश तामाङ चयन हुनुभएको छ । यस्तै,..

    बोइङ्गले अस्थायी रुपमा ७३७ म्याक्स विमानको उत्पादन बन्द गर्ने

    मंगलवार, पौष १, २०७६ साल
    काठमाडौं, १ पुस । अमेरिकी विमान निर्माता कम्पनी बोइङ्गले आउँदो जनवरीदेखि अस्थायी रुपमा ७३७ म्याक्स सिरिजका जहाजको निर्माण बन्द गर्ने जनाएको छ ।  दुई ठूला दुर्घटनामा ३०० जना भन्दा बढीको मृत्यु भएपछि विश्वभर बोइङ्ग ७३७ म्याक्स संस्करणका विमान ग्राउण्डेड भएका छन् पछिल्लो ९ महिनादेखि । तर बोइङ्गले सो संस्करणका विमानको उत्पादन भने रोकेको थिएन । इन्डोनेसिया र इथियोपियामा ७३७ म्याक्स विमान दुर्घटना हुँदा..

    ओप्पो एनाइनको ‘भ्यानिला मिन्ट एडिशन’ स्मार्टफोन सार्वजनिक

    मंगलवार, पौष १, २०७६ साल
    काठमाडौं, १ पुस ।  ओप्पोले नजिकिँदै गरेको क्रिसमसलाई लक्षित गरी ए सिरिजअन्तर्गतको ‘एनाइन २०२०’ स्मार्टफोनलाई ‘भ्यानिला मिन्ट एडिशन’मा नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त नयाँ एडिशन सोमवार सार्वजनिक गरेको हो ।  गत सेप्टेम्बरमा मरिन ग्रीन र स्पेस पर्पल रंगमा सार्वजनिक एनाइन २०२० लाई हाल कम्पनीले नयाँ रूप दिएको हो । मिन्ट एडिशनमा गेमिङ तथा मल्टिटास्किङका लागि स्न्यापड्रागन ६६५ मोबाइल प्ल्याटफर्म जडान..

    नेपाल–ओमान सचिवस्तरीय वार्ता

    सोमबार, मंसिर ३०, २०७६ साल
    काठमाडौँ, ३० मङ्सिर नेपाल र ओमानबीच परराष्ट्रसचिवस्तरमा भेटवार्ता भएको छ ।  द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउँदै पारस्परिक हित र लाभका क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका छन् । ओमानको राजधानी मस्कटस्थित विदेश मन्त्रालयमा आज भएको वार्तामा परराष्ट्र सचिव शङ्करदास वैरागी र त्यहाँका महासचिव वद्र बिन हमाद बिन हमुद अल्बुसैदीबीच सौहाद्र्रपूर्ण वातावरणमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका विविध विषयमा..

    हिन्द प्रशान्त रणनीतिमा सामेल नहुन नेकपा बैठकमा माग

    सोमबार, मंसिर ३०, २०७६ साल
    काठमाडौँ, ३० मङ्सिर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अमेरिकी सरकारको ‘मिलेलियम च्यालेन्स कोअपरेसन” र हिन्द प्रशान्त रणनीतिमा नेपाल सामेल हुन नहुनेमा जोड दिइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने क्रममा नेताहरु भीमबहादुर रावल, देवप्रसाद गुरुङलगायतले त्यस्तो रणनीतिमा नेपालको सहभागिता रहेमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिकूल हुने जनाउनुभएको हो ।..

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने

    सोमबार, मंसिर ३०, २०७६ साल
    काठमाडौँ, ३० मङ्सिर   मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गलगायत जीणोद्वारको दोस्रो चरणको काम सकिएको छ । योसँगै अब अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनयोग्य भएको छ ।   गत भदौ १५ देखि पुस १५ सम्मका लागि दैनिक सात घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु गरिएको भए पनि निर्धारित समयअघि नै जीर्णोद्वारको काम सकिएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक..

    रोशनी शाही भन्छिन् : "मलाई कसैले पनि बलात्कारको प्रयास गरेको छैन"

    सोमबार, मंसिर ३०, २०७६ साल
    काठमाडौँ, ३० मङ्सिर संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि तत्कालीन सभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी नगरेको बकपत्र गरेकी छिन्। सोमबार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएर शाहीले महराले आफूमाथि जबरजस्ती करणीको प्रयास नगरेको भन्दै ‘होस्टाइल’ भएकी हुन्। तत्कालीन सभामुख महराविरुद्ध लागेको जबरजस्ती करणी प्रयास मुद्दाको साक्षी प्रमाण बुझ्ने प्रक्रिया काठमाडौँ जिल्ला अदालतले आइतबारबाट सुरु गरेको थियो।  पीडितका रुपमा अदालतले उपस्थित गराइएपछि शाहीले आफूलाई असोज १७..

    टुँडिखेलको संरक्षणमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ : कमल थापा

    सोमबार, मंसिर ३०, २०७६ साल
    काठमाडौँ, ३० मङ्सिर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर टँुडिखेलको अस्तित्व जोगाउनुपर्ने  बताउनुभएको छ । अकुपाइ टँुडिखेल अभियानको एक प्रतितिनिधिमण्डललाई पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा भेट्दै उहाँले सो विषयमा सरकार र महानगरले ठोस र प्रभावकारी निर्णय अविलम्ब गर्नुपर्ने सुझाव दिनुभयो ।  “टँुडिखेललाई हरियो चौरका रुपमा मात्र नभई सांस्कृतिक सम्पदाका रुपमा विकास गर्नुपर्छ, रङ्गशालादेखि रानीपोखरीसम्म एउटै क्षेत्र कायम गरी संरक्षण..

    वैदेशिक रोजगारीको पिडा : मलेसियामा हराउँछन् सबैभन्दा बढी नेपाली

    सोमबार, मंसिर ३०, २०७६ साल
    काठमाडौँ, ३० मङ्सिर   वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ ।    आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् । साउदी अरेबियाबाट ६७, कुबेतबाट ४६, संयुक्त अरब इमिरेट्सबाट ३२, कतारबाट २२ र अन्य..

    लम्बियो नेकपा स्थायी कमिटी बैठक, के भयो आज?

    सोमबार, मंसिर ३०, २०७६ साल
    काठमाडौँ, ३० मङ्सिर कार्यकारी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबारदेखि सुरु भएको बैठक मंगलबारसम्मका लागि लम्बिएको छ । यसअघि बैठक २ दिनमा टुंग्याउनेगरी कार्यतालिका तयार पारिएको थियो । स्थायी समितिको तेस्रो दिनको बैठक भोली बिहान ११ बजे धुम्बाराहीमा बस्ने पार्टी प्रवक्ता नारायनकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बैठकको दोस्रो दिन सोमबारबाट अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले..

    सिद्धाबाबालाई थप अनुसन्धानको लागि ७ दिन थुनामै राखिने

    सोमबार, मंसिर ३०, २०७६ साल
    सुनसरी, ३० मंसिर ।  केही अघि करणीको अभियोगमा पक्राउ परेका सिद्धाबाबा ‍‍अर्थात कृष्ण गिरीलाई  जिल्ला अदालत सुनसरीले थप अनुसन्धानका लागि ७ दिनको म्याद थपेको छ । यसअघि तोकिएको ३ दिनको म्याद सकिएपछि जिल्ला अदालत सुनसरीले सोमबार फेरि अनुसन्धानका लागि भन्दै पुनः ७ दिनको म्याद थप गरिएको जनाएको छ । यसपटक सुनसरी घर भएका गिरीलाई अदालतका जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलासले थप ७..
    Weather Forecast