बिहिवार, चैत्र २०, २०७६

    राज्य-समाज

    ‘राज्जा रानी’ समूहद्वारा राहत सामग्री वितरण, विपन्न समुदायलाई कम्बल

    मंगलवार, पौष २५, २०७४ साल
    राजविराज, २५ पुस : पछिलो एक सातायता सप्तरीमा शीतलहरसँगै बढेको जाडोका कारण अतिप्रभावित बेल्ही चपेना गाउँपालिका वडा नं ५ को दलित बस्तीमा मैथिली चलचित्र ‘राज्जा रानी’ समूहले सोमबार लुगा वितरण गरेको छ ।  ‘भोर’ नामक सामाजिक संस्थाद्वारा सिरक, ओढ्ने, ओछ्याउने, म्याट र बालबालिकाका लागि टोपी र रुमाललगायत सामग्री वितरण गरिएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले बताए । विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक..

    डा गोविन्द केसी सर्वोच्च अदालतमा उपस्थित, माइतीघर मण्डलामा विरोध प्रर्दशन

    मंगलवार, पौष २५, २०७४ साल
    काठमाडौँ, २५ पुस : वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित भएका छन् । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो ।  डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार अनशन शुुरु गरेका थिए । अनशन..

    माओवादीसँगको पार्टी एकतालाई छिट्टै अगाडि बढाउने एमालेको निर्णय

    मंगलवार, पौष २५, २०७४ साल
    भक्तपुर, २५ पुस : नेकपा(एमाले)ले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता अगाडि बढाउने निणय गरेको छ ।  बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उनकै अध्यक्षतामा बसेको स्थायी कमिटीको ९४औँ बैठकले छिटो पार्टी एकताको कामलाई टुंग्याउने निर्णय गरेको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।  एमालेले माओवादी केन्द्रसँग पार्टी एकताका लागि पद बाँडफाँट र वैचारिक मतभेद टुंगो लगाउन आवश्यक परे कार्यदलसमेत बनाएर अघि बढ्ने..

    वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालबाट पक्राउ

    मंगलवार, पौष २५, २०७४ साल
    काठमाडौँ, २५ पुस : प्रहरीले अनशनरत वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई पक्राउ गरेको छ । सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गरेका  प्रा डा केसीलाई सोमबार बेलुका नै अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिषर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिए । प्रा डा केसीलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको..

    दिन–प्रतिदिन बढेको जाडोले कठ्यांग्रिएर रौतहटमा पाँचजनाको मृत्यु

    सोमबार, पौष २४, २०७४ साल
    रौतहट, पुस २४ ।  दिन–प्रतिदिन बढ्दो शीतलहरका कारण रौतहटमा जाडोले कठ्यांग्रिएर अहिले सम्म पाँचजनाको मृत्यु भएको छ । आइतबारमात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नम्बर–९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि, शनिबार गडीमाई नगरपालिका–४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका–७ मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र..

    निर्वाचन आयोगद्वारा १० हजारभन्दा बढी मतदाताका गुनासो सम्बोधन

    सोमबार, पौष २४, २०७४ साल
    काठमाडौँ, २४ पुस : निर्वाचन आयोगले कलसेन्टरमार्फत करिब १० हजार मतदाताको मतदानसम्बन्धी गुनासो सम्बोधन गरेको छ । आयोगले स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाताका १० हजार ४६९ गुनासोलाई कलसेन्टरमार्फत सम्बोधन गरेको आयोगका कम्प्युटर अधिकृत श्रीराम क्षेत्रीले जानकारी गराए ।  उहाँका अनुसार तीमध्ये सबैभन्दा बढी मतदाताको नामवालीसम्बन्धीमा चार हजार ५०४ जिज्ञासा सम्बोधन गरिएको छ । मतदाता शिक्षासम्बन्धी दुई हजार ५१२, आचारसंहितासम्बन्धी..

    प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

    सोमबार, पौष २४, २०७४ साल
    काठमाडौं, पौष २४ ।  राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न स्थानमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम..

    पूर्वराजा शाह पुगे लखनउ, यूपीका मुख्यमन्त्री आदित्यनाथसँग भेट

    सोमबार, पौष २४, २०७४ साल
    काठमाडौं, पुस २४ । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार बिहान उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । गत एक सातादेखि पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार बिहान उत्तर प्रदेशको राजधानी लखनउ पुगेका थिए । पूर्वराजा आफैं गाडी चलाएर लखनउ प्रस्थान गरेको पनि बताइएको छ ।  पूर्वराजा शाह र मुख्यमन्त्री योगी आदित्यनाथबीच लखनउमा रहेको मुख्यमन्त्रीको सरकारी कार्यालयमा भेटवार्ता भएको थियो..

    मनाङको तापक्रम माइनस १६ डिग्री सेन्टीग्रेट, जाडो छल्न स्थानीय अन्यत्र

    सोमबार, पौष २४, २०७४ साल
    मनाङ, २४ पुस  : देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ ।  रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ ।  अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका..

    नयाँ शासकीय प्रणालीमा विस्तार हुँदै ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’

    सोमबार, पौष २४, २०७४ साल
    काठमाडौँ, २३  : विपन्न परिवारलाई रोजगारी तथा आयमूलक क्रियाकलापका माध्यमबाट सामाजिक तथा आर्थिक अभियानमा संलग्न गराउने उद्देश्यमा आधारित ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’लाई नयाँ शासकीय प्रणालीको ढाँचामा सञ्चालन गरिने भएको छ ।  संघीय संरचनाअनुसार मुलुकका सात प्रदेशका ७५३ स्थानीय तहमा नछुट्नेगरी कार्यक्रम सञ्चालन गर्ने अभियानमा लागिएको कार्यक्रम संयोजक पृथ्वीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार साविकको ७५ तथा हालको ७७ जिल्लामा संघीयताअनुसार कार्यक्रम विस्तार..

    संघीय संसदको तयारी अन्तिम चरणमा, प्रदेशसभा संसद अनिश्चित

    आईतवार, पौष २३, २०७४ साल
    काठमाडौं, पौष २३ । नेपाल सरकार र व्यवस्थापिका–संसद् सचिवालय तथा प्रदेशसभा संसद् सचिवालयमा जनशक्ति र सचिवालय व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समयमै आवश्यक समन्वय नहुँदा अहिले अन्योल पैदा भएको छ ।  संघीय संसद् र प्रदेशसभा संसद्बीच कामको प्रकृति मिल्दोजुल्दो भएको हुँदा कर्मचारी व्यवस्थापन यसरी गर्ने भनी सरकारबाट समयमै समन्वय र पत्राचार नहुँदा अहिले यो विषय जटिल बन्न गई प्रदेशसभा संसद्का प्रारम्भिक दिन प्रभावित..

    हलेसीका अग्नि पीडितलाई सहयोग गर्ने रक्षामन्त्री प्रधानको आश्वासन

    आईतवार, पौष २३, २०७४ साल
    खोटाङ, पौष २३ ।  रक्षामन्त्री भिमसेनदास प्रधानले आइतबार खोटाङको हलेसीमा आगलागीबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।  त्रि–धार्मिक एवं पर्यटकीयस्थल हलेसीमा गत पुस १८ गते राति भएको आगलागीमा चार व्यवसायीका पाँच घर जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएपछि रक्षामन्त्री निरीक्षणका क्रममा शनिबार साँझ हलेसी गएका हुन् ।  आइतबार बिहान हलेसीको दर्शन गरेर रक्षामन्त्री प्रधानले प्रभावित क्षेत्र निरीक्षण एवं टहरामा..

    विकासका लागी भन्दै, एउटा बनाउँदै अर्को भत्काउँदै

    आईतवार, पौष २३, २०७४ साल
    इलाम ,पुस २३ । बाटाे खन्दा  खानेपानीको पाइपलाइनमा क्षति पुगेपछि इलाम सदरमुकाममा खानेपानीको आपूर्ती ठप्प भएको छ । जिल्लाको सन्दकपुर गाउँपालिकास्थित गिताङ खोला खानेपानीको मुहान नजिकै स्थानीयले सडक निर्माण गर्ने क्रममा पानीको पाइपमा क्षति पुगेको हो । निर्माणका क्रममा ढुङ्गा खसेर पाइपमा क्षति पुगेपछि पानीको आपूर्ती बन्द हुँदा पानीको हाहाकार भएको हो । मुहानको तीनसय मिटर पाइप क्षतिग्रस्त भएको इलाम नगरपालिकाका सव..

    बर्षकै अत्यधिक चिसोे : काठमाडौंमाको तापक्रम ० दशमलव ५ डिग्री

    आईतवार, पौष २३, २०७४ साल
    काठमाडौं, पुस २३ ।  आज आइतबार यस बर्षकै सबैभन्दा बढी चीसो मौसम मापन गरिएको छ । विहान  काठमाडौंको तापक्रम शून्य दशमलव ५ डिग्रीमा मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो तापक्रम करिव डेढ दशककै सबैभन्दा कम हो । अहिले पुस महिनाको अन्त्यतिर आइपुग्दासम्ममा देशको काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । मौसमविद्हरुले अझै केही दिन..

    मापदण्ड नपुगेका ग्यास उद्योगलाई बिक्रीवितरण रोक्न विभागको निर्देशन

    शुक्रबार, पौष २१, २०७४ साल
    धुलिखेल, २१ पुस  : गुणस्तर तथा नाप तौल विभागले काभ्रेपलाचोक जिल्लामा मापदण्ड विपरीत ग्यास उद्योग सञ्चालन गरेको जनाउँदै उत्पादन तथा बिक्री वितरण नगर्न शुक्रबार निर्देशन दिएको छ ।  विभागका निर्देशक मनोजकुमार उपाध्यायको नेतृत्वमा आएको टोलीले जिल्लाका सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा अनुगमन गरेको थियो । अनुगमन गरिएका ग्यास उद्योगमध्ये सगरमाथा ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिनका लागि फाराम भरेको तर..

    जलविद्युतको क्षेत्रमा लगानी बढाउँदै लैजान राष्ट्रपति भण्डारीको आग्रह

    शुक्रबार, पौष २१, २०७४ साल
    काठमाडौँ, २१ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिको आधार जलविद्युत् क्षेत्र भएकाले यसमा लगानी बढाउन सरकार र निजी क्षेत्रलाई आग्रह गरेकी छिन् ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्पो २०१८’ को शुक्रबार यहाँ उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दक्षिण एशियामा पहिलो विद्युत् उत्पादन गर्ने मुलुक भएर पनि नेपाल पछाडि पर्नाका कारण खोजी गर्दै लगानी बढाउन सरोकार भएका..

    नेपाललाई विकसित र सभ्य देश बनाउनुपर्छ : अध्यक्ष पुष्पकमल दाहाल

    शुक्रबार, पौष २१, २०७४ साल
    चितवन, २१ पुस  ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताए छन् ।  चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले नेपाललाई संसारले हेर्नै पर्ने देश बनाउनुपर्नेमा जोड दिए  ।  राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने समय अब सकिएको भन्दै उहाँले अब देशलाई विकास निर्माणतर्फ लैजानुपर्ने बताए..

    बिभागले आजबाट देशभरकाका ग्यास उद्योगहरुमा अनुगमन गर्दै

    शुक्रबार, पौष २१, २०७४ साल
    काठमाडौं, पुस २१ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले आज शुक्रबारबाट ग्यास उद्योगहरुको अनुगमन थाल्ने भएको छ । यसअघि नै विभागले मापदण्ड विपरित चलेको भेटिएमा त्यस्ता ग्यास उद्योगहरुलाई बन्द हुने चेतवानी दिएको छ । गुणस्तर तथा नापतौल विभागले गत वर्षको कात्तिक महिनामा नै ३ महिनाभित्र अनिवार्य रुपमा एनएस चिन्ह लिन बोटलिङ प्लान्टहरुलाई आग्रह गरेको थियो । तर, एक वर्ष बितिसक्दा पनि आफूहरुको..

    खुसी हुने त बस् बहाना मात्र चाहिन्छ : घाम मात्रै लाग्दा पनि खुशीयाली

    शुक्रबार, पौष २१, २०७४ साल
    बर्दिवास, २१ पुस  ।  एकाबिहानै झलमल्ल घाम लागेपछि महोत्तरी जिल्लाका गाउँ-नगर बस्तीमा खुशी छाएको छ ।  गत सोमबारदेखि दोहोरिएर बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ खेपिरहेका यहाँका बासिन्दालाई आज एकाबिहानै पारिलो घाम लागेपछि ठूलो राहत भएको हो ।  यसपालि पुस महिनामा गत सोमबार दोहोरिएर हुस्सुले ढाकेर स्याँठ चल्दा निकै चिसो बढेको थियो । यसअघि लाग्दो पुसमा पनि चार दिन हुस्सुले ढाकेर चिसो स्याँठ चल्दा निकै..

    जाडो छल्न हिमाल छिचोलेर नेपाल भित्रिए साइबेरियाली चरा

    शुक्रबार, पौष २१, २०७४ साल
    रत्ननगर, चितवन, २१ पुस ।  जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् ।  नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा हेमसागर बरालका अनुसार धेरै चरा हिमाल र पहाडका घाँटी नाघेर जाडो छल्न नेपाल भित्रिसकेको छ ।  मुख्यगरी तिब्बत क्षेत्रमा माइनस डिग्री तामक्रम भएकाले चरा जाडो छल्न नेपाल आउने गर्छन् । केही चरा सगरमाथा नाघेरै नेपाल आइसकेका डा बराल बताउँछन् । साइबेरियाबाट..

    खोटाङको हलेसीमा हलेसीकै अग्निपीडितका लागि राहत संकलन

    शुक्रबार, पौष २१, २०७४ साल
    खोटाङ, २१ पुस ।  हलेसीका अग्निपीडितका लागि राहत संकलन शुरु गरिएको छ ।  मंगलबार राति भएको आगलागीमा घरसहित सबै बन्दोबस्तीका सामान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका अग्निपीडितको सहयोगका लागि राहत संकलन शुरु गरिएको हो ।  हलेसी बजारबाट बुधबार रु तीन लाख रकम संकलन गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । अग्निपीडितको सहयोगार्थ राहत संकलनका लागि काठमाडौँमा पनि दिनेश राईको संयोकत्वमा सात सदस्यीय..

    झापाकी मिर्गौला रोगपीडित पत्रकारलाई उपचारार्थ सहयोग

    शुक्रबार, पौष २१, २०७४ साल
    भद्रपुर, २१ पुस ।    झापाको भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवालको दुवै मिर्गाैला खराब भएर हाल काठमाडौँस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत छिन् ।  पकुवाललाई मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले दिएको सल्लाहअनुसार यतिबेला सोही प्रक्रियामा जुटिरहेको र यसका लागि उहाँलाई आर्थिक समस्या रहेको परिवारजनले जानकारी दिएको छ । मिर्गौला प्रत्यारोपण गर्न आर्थिक समस्या भएपछि पत्रकार महासंघ झापा शाखा र यहाँ क्रियाशील..

    नेकपा एमाले र माओवादी केन्द्रबीच आज आन्तरिक छलफल हुँदै

    शुक्रबार, पौष २१, २०७४ साल
    काठमाडौं, पुस २१ ।  बाम गठबन्धनमार्फत एकआपसमा नजिक हुन पुगेका दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा आज आन्तरिक छलफल हुने भएको छ । आजको बैठकमा दुवै दलबीच पार्टी एकताका विषयमा आन्तरिक छलफल हुने जनाइएको छ ।  आज हुने भनिएको आन्तरिक छलफल पछि भोलि दुई दलका अध्यक्ष केपी ओली र प्रचण्डबीच छलफल हुने दुवै दलका नेताहरुले बताएका छन् । हाल..

    'एमाले-माओवादी' बीच पार्टी एकता र नयाँ सरकार चाँडै : नेता खनाल

    बिहिवार, पौष २०, २०७४ साल
    बनियानी, झापा, २० पुस : नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताएका छन् ।  झापाको बिर्तामोडमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– “एमाले र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतालाई कुनै शक्तिले पनि रोक्न सक्दैन् ।”  पूर्वप्रधानमन्त्री खनालले “नयाँ सरकार र पार्टी एकता चाँडै हुन्छ, यस बिषयमा दुवै पार्टीबीच गृहकार्य भइरहेको छ,” भन्दै बाहिरी हल्लाको पछि..

    ‘नागरिक सर्वोच्चताको सम्मानार्थ सत्ता हस्तान्तरणको विकल्प छैन’

    बिहिवार, पौष २०, २०७४ साल
    काठमाडौँ, २० पुस  : निर्वाचनबाट नयाँ जनादेश पाएका जनप्रतिनिधिलाई सहजरुपमा सत्ता हस्तान्तरण गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरुले जोड दिएका छन् ।  कानून पत्रकार मञ्चले बिहीबार आयोजना गरेको ‘निर्वाचनपछिको संवैधानिक निकास’ विषयक अन्तक्र्रियामा वरिष्ठ अधिवक्ता शम्भु थापाले निर्वाचनबाट नयाँ जनमत लिएर आएकालाई सत्ता हस्तान्तरण गर्नुको विकल्प नभएको बताए ।  उनले भने, “संसदीय निर्वाचन पद्धतिमा निर्वाचनबाटै अधिकार प्राप्त भएपछि संविधानको कुनै पनि धाराले सरकार गठन गर्न छेक्दैन,..

    जनप्रतिनिधि चुनिएसँगै कञ्चनपुरका ग्रामीण बस्तीमा विकासको लहर

    बिहिवार, पौष २०, २०७४ साल
    भीमदत्तनगर, २० पुस : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा बस्ती बसेको झण्डै साढे चार दशक भयो । तर गाउँमा सडक सञ्जाल नभएकै कारण स्थानीयवासीले लामो समय खेतको आली र नदी किनारको खाली ठाउँ टेक्दै गन्तव्यमा पुग्नु पथ्र्यो । अझ केही बस्तीका बालबालिकाले बर्सातमा सडक सञ्जाल नभएकै कारण स्कुल जान पाएनन् ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पुनःस्थापित स्थानीयवासीको बाहुल्यता रहेको शुक्लाफाँटा नगरपालिका–७ अझै पनि खानेपानी,..

    राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

    बिहिवार, पौष २०, २०७४ साल
    काठमाडौँ, २० पुस  । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन्  ।पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो ।  सो टोलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सबै मतपरिणाम सार्वजनिक गर्ने सम्बन्धमा राजनीतिक सहमतिको आवश्यकता औँल्याएको छ ।  टोलीले वाम गठबन्धन र त्यसनिकट..

    प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने जिम्मा सरकारलाई

    बिहिवार, पौष २०, २०७४ साल
    २० पुस, काठमाण्डौ । प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न जिम्मा सरकारलाई दिनका लागि प्रमुख ५ दल सहमत भएका छन् । बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकले सरकारलाई अधिकार दिन सहमति जनाएको हो ।  बैठकमा उपस्थित भएका वाम गठबन्धनका नेताहरुले भने राजनीतिक सहमति दिन अस्वीकार गरेका थिए । त्यस्तै, बैठकमा उपस्थित एमाले नेताहरु भने प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने..

    प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्तिबारे सर्वदलीय छलफल

    बिहिवार, पौष २०, २०७४ साल
    काठमाडौँ, २० पुस  ।  प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ ।  सो विषयमा छलफल गर्न विहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको  सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने काम आफ्नो ढंगले चाँडो गर्न आग्रह गरेको छ । यस्तै राष्ट्रियसभाको निर्वाचनका विषयमा पनि..

    काठमाडौँको तापक्रम १ डिग्री सेल्सियस, वर्षकै बढी चिसो महसुस

    बिहिवार, पौष २०, २०७४ साल
    काठमाडौँ, पुस २० । यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो । काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार चिसो अझै बढ्ने छ..
    Weather Forecast