सोमबार, आषाढ २२, २०७७

    राज्य-समाज

    युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान,तालीम सञ्चालन गरिदै

    मंगलवार, चैत्र ६, २०७४ साल
    रोल्पा, ६ चैत ।  युवालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यका साथ जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ ।  पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न यस्तो कार्यक्रम थालनी गरेको जनाएको छ । युवाका लागि गाउँपालिकाले आरन प्रवद्र्धन, ड्राईभिङ, अल्लो भांगो प्रवद्र्धन, मुडा र नमकिन बनाउनेलगायतका तालीम सञ्चालन गरिरहेको छ । तालीमपश्चात नियमित अनुगमनसमेत गर्दै तालीमलाई..

    मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

    मंगलवार, चैत्र ६, २०७४ साल
    महेन्द्रनगर, धनुषा, ६ चैत : बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा ।  सउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई..

    खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने –सामान्य प्रशासनमन्त्री पण्डित

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।  आज मन्त्रालयमा रासससँगको भेटघाटमा उनले प्रदेश र स्थानीय तहमा खटाएका कर्मचारी नगएर काममा प्रभावित भएको भन्दै खटाएको ठाउँमा नजाने कर्मचारीलाई सधैँका लागि बिदा दिइने बताए ।  मन्त्रालयले प्रदेश सरकार सञ्चालनका लागि खटाएका २९३ कर्मचारी अझै पुगेका छैनन् । “राज्यको तलब खाएका कर्मचारी..

    उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा शीतलनिवासमा आयोजित विशेष समारोहबिच शपथ ग्रहण

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराईएको हो । समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो । उनी आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका हुन् ।  ..

    कानूनको मस्यौदा बनाउन कानून मन्त्रीको निर्देशन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौ, ५ चैत: कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले १५ दिनभित्र सबै मन्त्रालय र निकायलाई कानूनको मस्यौदा बनाएर मन्त्रालयमा पठाउन निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कानूनको मस्यौदा नबुझाएका सबै मन्त्रालय, निकायलाई कानूनको मस्यौदा बनाएर पठाउन सोमबार नै निर्देशन दिएका हुन् । उनले कानून नबनेर संविधान कार्यान्वयनमा पनि जटिलता देखिने भएकाले कानून बनाउनका लागि मस्यौदा..

    निकुञ्ज भ्रमणपछि काँग्रेस सभापति देउवाले भने : बाघ हेर्न अर्काेपटक आउँछु

    सोमबार, चैत्र ५, २०७४ साल
    चितवन, ५ चैत ।  जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको आज भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्काेपटक आउने गरी बिदाइ भएका छन्  ।  नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फर्केका थिए  ।  निकुञ्ज घुमाउनसँगै रहेका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा सातवटा गैँडा, मयुर, गोही,..

    वन मुलुक समृद्धिको आधार हो :मन्त्री बस्नेत

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत ।   वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रलाई उचित सदुपयोग गरेर मुलुक समृद्धिको प्रमुख आधार बनाउन सकिने बताएका छन् ।  सञ्चारकर्मीसँग आज पुल्चोकस्थित आफ्नो सरकारी निवासमा छलफल गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि वन क्षेत्रमा व्यापक र अपार सम्भावना रहेको धारणा व्यक्तगरे ।  मन्त्री बस्नेतले भने, “वन क्षेत्रमा अपार सम्भावनाका साथै संरक्षण र उपयोगलाई सँगै कसरी लैजाने भन्ने चुनौती पनि..

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारत र चीनका विदेश मन्त्रीहरुको बधाई

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत : नेपालको परराष्ट्र मन्त्रीमा प्रदीप ज्ञवाली नियुक्त हुनुभएकामा भारत र चीनका विदेश मन्त्रीले बधाई ज्ञापन गर्नुभएको छ ।  परराष्ट्र मन्त्री ज्ञवालीलाई भारत र चीनका विदेश मन्त्रीहरुले  आइतबार बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै बधाई ज्ञापन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भारतका विदेश मन्त्री श्रीमती सुष्मा स्वराजले परराष्ट्र मन्त्री ज्ञवालीको कार्यकालमा भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धका साथै आर्थिक सामाजिक विकास अझ..

    कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत साधन उपयोग गर्नुपर्ने : प्रधानमन्त्री ओली

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडुं ५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत साधन उपयोग गर्नुपर्ने बताउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश जति विकट भए पनि सम्भावना चाँही अथाह रहेको बताउनुभएको छ ।  कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले प्रांगारिक मल..

    नन्दबहादुर पुन ‘पासाङ’ : कुशल सैन्य कमाण्डरदेखि उपराष्ट्रपतिसम्म...

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत : दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका नन्दबहादुर पुन नन्दकिशोर पुन ‘पासाङ’ को नामले परिचित हुनुहुन्छ ।  तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा ‘पासाङ’को नामले परिचित पुन २०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा आमा स्व मनसरा पुन बुबा रामसुर पुनको माइलो सुपुत्रका रुपमा जन्मनु भएको हो ।  किसान परिवारका रामसुरलाई छोरा पढाउन निकै समस्या थियो । एकातिर धेरै सन्तान अर्कोतिर गाउँका..

    पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना, अंगरक्षक सञ्जिव आचार्य गम्भीर घाइते

    आईतवार, चैत्र ४, २०७४ साल
    सुर्खेत, ४ चैत पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको खड्का सवार बा १५ च ८३५४ नम्बरको गाडी आइतबार अपराह्न रत्न राजमार्गअन्तर्गत मसिना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा खड्काका अंगरक्षक सञ्जिव आचार्य..

    नेपालको अहिलेको संविधान विश्वकै उत्कृष्ट छ : झलनाथ खनाल

    आईतवार, चैत्र ४, २०७४ साल
    मंगलबारे, इलाम, ४ चैत पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको बताएका छन् । नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उनले तीन तहको निर्वाचन र देशले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नयाँ संविधानअनुसार पाइसकेकाले देश संविधान कार्यान्वयनको चरणमा गएको बताएका हुन् । “दश वर्ष लगाएर बनाइएको नेपालको संविधान विश्वकै उत्कृष्ट र सफल संविधान हो”,..

    यो वर्ष मोदी र जिनपिङले नेपाल भ्रमण गर्ने : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौँ, ४ चैत नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने बताएका छन् । मन्त्री ज्ञवालीका अनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको सबै तयारी गर्नेछ र यो वर्ष नेपालका लागि महत्वपूर्ण हुनेछ । उनले सम्भवत सन् २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र..

    नागरिक समाज पार्टीको झुण्ड बनेको छ : पूर्वसभामुख सुवास नेम्बाङ

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौँ, ४ चैत नेकपा (एमाले)का नेता सुवास नेम्बाङले भ्रष्टाचार अन्त्य र सुशासन कायम राखे मात्र मुलुकमा विकास सम्भव भएको बताएका छन्  । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजले काठमाडौँमा ‘शान्ति, स्थिरता र विकास: बृहत् नागरिक परामर्श’ विषयमा आयोजना गरेको छलफलमा उनले मुलुकमा रहेको व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन कायम राख्नुपर्ने बताए । पूर्वसभामुख नेम्बाङले नागरिक समाजलाई देशमा भइरहेको राम्रो..

    सरकारले १६ हजार युवालाई तालीम दिने, उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवा लाभान्वित हुने

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौँ, ४ चैत सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताए । उपत्यका बाहिरका ४६ वटा जिल्लाका..

    माओवादी केन्द्रकी शशिकला दाहाल कुल ४५ मत ल्याउँदै राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौँ, ४ चैत राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल निर्वाचित भएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्षरसहितको मत विभाजनमा माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा ४५ र नेपाली काँग्रेसका उम्मेदवार वृन्दादेवी आले (राना)को पक्षमा ११ मत परेको थियो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा बहुमत भएकाले निर्वाचित भएको घोषणा गरेका थिए । दुवै उम्मेदवारको प्रस्तावमाथि राष्ट्रियसभाको..

    उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध, आयोगद्वारा घोषणाको तयारी

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौं, चैत्र ४ । उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति समेत रहेका नन्दबहादुर पुन निर्विरोध भएका छन् । जसको घोषणा आज नै गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । उपराष्ट्रपति पदका लागि बाम गठबन्धनका तर्फबाट पुनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध उपराष्ट्रपति बन्ने पक्का भएको हो ।  यसअघि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा  पुनको मात्रै उम्मेदवारी परेको थियो । उपराष्ट्रपतिका लागि..

    सांसद समेत रहेका दिपक मनाङे विरुद्ध प्रहरीद्वारा रेडकर्नर नोटिस जारी

    आईतवार, चैत्र ४, २०७४ साल
    कठमाडौं, चैत्र ३ ।  प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका राजीव गुरुङ अर्थात् दिपक मनाङे विरुद्ध नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको खबर सार्ववनिक भएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले सांसद मनाङे विरुद्ध रेडकर्नर नोटिस जारी हो । यससँगै मनाङेलाई अब इन्टरपोलमा १ सय ९२ देशका प्रहरीले खोजी गर्नेछन् ।  सांसदको सपथ समेत नलिएका प्रदेश सांसद् मनाङे फौजदारी..

    निजामती कर्मचारी युनियनको महाधिवेशनमा आएकाको दुर्घटना, आठ जना घाइते

    आईतवार, चैत्र ४, २०७४ साल
    चितवन, ४ चैत ।  मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीन सवारी साधन ठोक्किँदा आठ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०ः३० बजे भरतपुर महानगरपालिका–३ आँपटारी नजिक मुग्लिनतर्फबाट आउँदै गरेका सवारी ठोक्किएका थिए । प्रहरीका अनुसार बा १८च १३२२ नं को कारले ब्रेक लगाएपछि पछाडिबाट आउँदै गरेको बा १७ च५१३५ नं को स्कारपियो कारमा ठोक्किएको थियो । स्कारपियोको पछाडिबाट..

    रातदिन अँध्यारो छ दृष्टिविहीन यी दाजुभाइ दिदीबहिनीको, कहाँ जाला यिनको भविष्य

    आईतवार, चैत्र ४, २०७४ साल
    लिबाङ, रोल्पा, ४ चैत ।  कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ ।  ऊसँग संसार हेर्ने दृष्टि छैन तर पनि ऊ ज्ञानको आँखाले संसार हेर्न प्रयत्नशील रहेको छ । फरक यत्ति हो कि बाहिरी आँखाले भन्दा ज्ञानको आँखाले संसार हेर्न निकै संघर्ष गर्नुपर्छ । त्यो पनि दृष्टि नै नभएकालाई अझ धेरै चुनौती..

    ललितपुरमा दमकलमा जनशक्ति अपर्याप्त हुँदा कार्य सम्पादन सुस्त बन्दै

    आईतवार, चैत्र ४, २०७४ साल
    ललितपुर, ४ चैत  । जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति अपर्याप्त भएको छ ।  दकमल सञ्चालनका लागि नौ जनाको समूह तयार अवस्थामा बस्नुपर्ने मान्यता भए पनि जनशक्ति अभावले गर्दा काम मिलाएर चार पाँच जना मात्रै हुने गरेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउँछन्  ।  महानगरपालिकाको आफ्नो एक जना कर्मचारी र १० जना करारका कर्मचारी गरेर दमकलमा ११ जना कार्यरत छन् । यिनीहरुले बिहान-बेलुका काम..

    राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई बधाई ज्ञापन

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौँ, ४ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।  बधाई सन्देश दिनहुँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा वाङ..

    गणेश लामाको रिहाइको माग गर्दै भएको जुलुसमा दोहोरो झडप

    आईतवार, चैत्र ४, २०७४ साल
    धुलिखेल, ४ चैत : गत बुधबार पेस्तोल र गोलीसहित पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ ।  शनिबार बेलुका करिब ६ बजेतिर बनेपाको गोदामचोकस्थित नेपाली काँग्रेस पार्टी कार्यालयबाट निकाल्न लागिएको जुलुसमा दोहोरो झपड भएको हो । मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले मसाल खोसेपछि काँग्रेसका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।..

    नौलो अभ्यासको थालनी : भाडामा बस्नेको गुनासो घरधनीले सुने

    आईतवार, चैत्र ४, २०७४ साल
     बेनी, म्याग्दी, ४ चैत : घरबेटी र भाडामा बस्नेका बीच सधैँ विवाद भएको समाचार सुनिन्छ । घरमा भाडा तिरेर व्यवसाय गर्ने र कोठामा बस्नेहरु घरबेटीको हेपाहा प्रवृत्तिले आजित भएका हुन्छन् ।  चर्को भाडा, घरभित्रका सेवासुविधाका प्रयोगमा समेत घरधनीको सिण्डिकेटलगायतका कारणले सधँै गुनासो गर्ने भाडा व्यवसायीको समस्यालाई समाधान गर्न म्याग्दीको सदरमुकाम बेनीमा नौलो अभ्यासको थालनी गरिएको छ ।  म्याग्दी जिल्लाको सदरमुकाम बेनीको एउटा..

    सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा, सेनाद्वारा बिभिन्न कला प्रदर्शन (९ तस्वीर)

    शनिबार, चैत्र ३, २०७४ साल
    काठमाडौँ, ३ चैत : घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गर्नुभएको थियो । घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ ।  घोडेजात्रामा भएका विभिन्न प्रतियोगितामा पहिलो र दोस्रो स्थान हासिल..

    अबदेखि सरकारले खटाएको जुनसुकै स्थानमा कर्मचारी जानैपर्ने !

    शनिबार, चैत्र ३, २०७४ साल
    काठमाडौँ, ३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताउनुभएको छ ।  “खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ ।”  नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणपछि..

    राष्ट्रियसभालाई सहमतिको थलो बनाउँछु : अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत : राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाउनुभएको छ ।  राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले भन्नुभयो, “मेरा सबै गतिविधि सहमतिका आधारमा अघि बढ्नेछन्् । मुलुकको समृद्धि र जनताको अपेक्षा पूरा गर्ने सवालमा सबै एक भएर अघि बढ्नेछाँै ।”  बौद्धिक समुदायको प्रतिनिधित्व रहने सदनका रुपमा रहेको राष्ट्रियसभाको अपरिहार्यतालाई प्रमाणित गर्न सबैको..

    एमाले-माओवादीले टुङ्ग्याए मन्त्री हुनेहरुको नाम (नामावली सहित)

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौं, २ चैत । नेकपा एमाले र माओवादी केन्द्र आफ्नो पार्टी सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ । एमालेले ६ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीले पाँच जना मन्त्रीका लागि नाम तय गरेको हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्री हुनेहरुको नाम टुंगो लगाएका हुन् । जसमा प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, रविन्द अधिकारी, रघुवीर महासेठ,..

    उपसभामुखमा बाम गठबन्धनकी शिवमाया तुम्बाहाम्फे निर्वाचित, दुई सय एक मतले विजयी

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत प्रतिनिधिसभाका उपसभामुखमा नेकपा (एमाले) का शिवमाया तुम्बाहाम्फे अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी छिन् । प्रतिनिधिसभा शुक्रबारको बैठकमा भएको उपसभामुख पदको निर्वाचनमा उनले २०१ मत प्राप्त गरेकी थिईन्। उनकी प्रतिष्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल (गौतम)को पक्षमा ५८ मत परेको थियो । निर्वाचनमा २५९ सासदले भाग लिएका थिए । बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत..

    सिरहामा ९९३ हेक्टर वनक्षेत्रमा अतिक्रमण, सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण !

    शुक्रबार, चैत्र २, २०७४ साल
    लहान, २ चैत संक्रमणकालीन राजनीतिक अवस्थाका कारण सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ । जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिए। जिल्लामा रहेको कूल २१ हजार ४४ दशमलव ९ हेक्टर क्षेत्रफल वन क्षेत्रमध्ये ९९३ दशमलव १४ हेक्टर क्षेत्रफल सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण भएको पाइएको..
    Weather Forecast