सोमबार, आषाढ २२, २०७७

    राज्य-समाज

    नेपालगन्जस्थित मानव बस्तीको बीचमा रहेको बाँके कारागारको सुरक्षा चुनौती बढदो

    बिहिवार, चैत्र ८, २०७४ साल
    नेपालगन्ज, ८ चैत  ।  नेपालगन्जको मध्यभाग मानवबस्तीको ठीक बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती र नागरिकको सुरक्षा चिन्ता अहिले बढ्दै गएको छ ।  कैदी, बन्दीको आचरण सुधारका लागि विक्रम संवत् २००० मा स्थापना गरिएको नेपालगन्जस्थित बाँके कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने सुरक्षा निकायका पदाधिकारी नै बताउँछन् । कारागार स्थापना हुँदा त्यस आसपास मानव बस्ती थिएन ।  नेपालगन्ज शहर विस्तार हुने..

    विश्व सम्पदा दिवस मनाउन ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन

    बिहिवार, चैत्र ८, २०७४ साल
    काठमाडौँ, ८ चैत  । मुलुकका सम्पदालाई प्रचार प्रसार गर्न जनस्तरबाट ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन गरिएको छ ।  समितिको निर्देशन समितिको संयोजकमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, सदस्यहरुमा अर्का सांसद रामवीर मानन्धर तथा प्रदेशसभा सांसद राजेश शाक्य र वसन्त मानन्धर छन्  ।  त्यसैगरी समितिको सहसंयोजकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सचिवमा डिल्लीरत्न तुलाधर र कोषाध्यक्षमा विन्देश्वर श्रेष्ठ छन्  । सञ्चार समितिको संयोजकमा भीमसेन..

    प्रदेश नं ३ का सरकारको मुख्य न्यायधिवक्ताको शपथ सम्पन्न

    बिहिवार, चैत्र ८, २०७४ साल
    हेटौँडा ८ चैत  ।  पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले प्रदेश नं ३ का सरकारको नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई आज यहाँ एक कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन्  ।  सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी थिए  ।  मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौपानेलाई गत फागुन २३ गते..

    जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण भँगेरा लोप हुन थाले

    बिहिवार, चैत्र ८, २०७४ साल
    कञ्चनपुर, ८ चैत  ।  घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम हुँदै गएका हुन ।  जलवायु परिवर्तनले बढ्दै गएको तापक्रमका कारण भँगेरा कञ्चनपुरलगायतका क्षेत्रबाट लोप हुने संघारमा पुगेका छन् । बढ्दो गर्मीसँगै छाना बढी तात्ने भएकाले भँगेराले गुँडमा राखेको अण्डा बिग्रिने र भँगेराले तापक्रम सहन गर्न नसकि मर्ने..

    पर्सा जिल्लामा राहदानी बनाउने घटे, चालू आवको आठ महिनामा १५ % ले कमी

    बिहिवार, चैत्र ८, २०७४ साल
    पर्सा, ८ चैत : पर्सा जिल्लामा राहदानी बनाउनेको संख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको आठ महिनामा राहदानी बनाउनेको संख्यामा १५ प्रतिशतले कमी आएको हो ।  आव २०७३/७४को साउनदेखि फागुनसम्मको आठ महिनामा जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाबाट पाँच हजार २४६ जनालाई राहदानी वितरण गरिएकामा चालू आवको सोही अवधिमा कार्यालयबाट चार हजार ४५४ जनालाई राहदानी वितरण गरिएको कार्यालयले..

    मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले भने : ‘प्रतिस्पर्धात्मक विकासमा उत्रिनुस्’

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ चैत बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँगको बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो बताएका छन्  । प्रदेश सरकार र केन्द्रबीच कसरी समन्वय गर्ने र कसरी प्रभावकारी ढंगले अघि बढ्ने भन्ने छलफलको लागि बैठक बोलाईएको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य पूरा गर्न..

    प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप हुँदैन : राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ चैत सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्छ भन्ने कुनै शंका नराख्न आग्रह गरेका छन् ।  नेपाल पत्रकार महासंघद्वारा काठमाडौँमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले सरकारले संविधानको मौलिक हकमा रहेको प्रेस स्वतन्त्रतालाई अक्षुर्ण राख्न नयाँ सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक समयअनुसार बढाउँदै तोकिएको पारिश्रमिक कार्यान्वयन गर्न सरकार र सञ्चार गृह..

    गिरिजाप्रसाद कोइराला हामी सबैको अभिभावक : पुष्पकमल दाहाल (प्रचण्ड)

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौं ७ चैत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन् । बुधबार गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको बताए । अध्यक्ष दाहालले आफूलाई गिरिजाप्रसाद कोइरालाको प्रत्येक कार्यक्रममा पनि बोलाउन आग्रह गरे । ‘‘गिरिजाप्रसादको नाममा स्थापना भएका प्रतिष्ठान, कलेजमा..

    आकस्मिक निरीक्षण गर्न गएका 'गृहमन्त्री' प्रहरी मेसमा जवानसँगै खाना खानपुगेपछि...

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ चैत।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार प्रहरीको मेसमा बसेर जवानसँगै खाना खाएका  छन्  ।  बिहान १०ः१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका  गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डारण कक्षलगायत निरीक्षण गरेका थिए  ।  त्यसपछि उनले मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागे  । त्यहाँ खाना खाइरहेको प्रहरी हतारहतार उठ्न खोज्दै थिए..

    प्रतिनिधि सभामा निष्पक्ष भूमिका निभाउँछु : सभामुख महरा

    बुधबार, चैत्र ७, २०७४ साल
    दाङ, ७ चैत : सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताएका छन् ।  तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले सरकारलाई नीतिनिर्देशन गर्ने ठाउँँमा भएकाले आफ्नो भूमिका निष्पक्ष हुने बताए ।  सभामुख महराले भने– “अब म पाँच वर्ष सम्मका लागि साझा व्यक्ति हुँ, कुनै राजनीति विशेषमा छैन्, म निर्दलीय भएको छु, मैले प्रतिनिधि सभामा निष्पक्ष रुपले..

    सरकारले तोकेको ठाउँमा कर्मचारी कार्य गर्न जानुपर्ने अन्यथा सरकार बाध्य भई कारबाही गर्ने : मन्त्री पण्डित

    बुधबार, चैत्र ७, २०७४ साल
    विराटनगर, ७ चैत ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दक्ष जनशक्ति रुपमा रहेको निजामती कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने बताएका छन्  ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकको सफारिसमा मात्र शारीरिक एवं मानसिकरुपमा अशक्त कर्मचारीलाई मात्र स्वच्छिक अवकाश दिन सकिने प्रष्ट पारे  ।  उनले सरकारले तोकेको ठाउँमा कर्मचारी कार्य गर्न जानुपर्ने अन्यथा सरकार बाध्य भई कारबाही गर्ने दृढतासमेत व्यक्त..

    प्रदेश नं ३ को स्थायी राजधानी पनि हेटौंडा नै हुने माओवादी केन्द्रका अध्यक्ष दाहालको घोषणा

    बुधबार, चैत्र ७, २०७४ साल
    हेटौँडा, ७ चैत।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं- ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताएका छन् ।  प्रेस सेन्टर मकवानपुरले  बुधबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको १३ जिल्लामध्ये राजधानीका लागि हेटौंडा नै सबैभन्दा उपयुक्त स्थान रहेकाले बाहिर प्रचारमा आए जस्तो यहाँबाट प्रदेशको राजधानी नसर्ने बताउनुभयो  ।  अध्यक्ष दाहालले प्रदेशको राजधानीका सबै कामहरु शुरु भइसकेकाले हेटौँडाबाट..

    राजनीतिक परिवर्तनमा दलित समुदायको उच्च योगदान : प्रधानमन्त्री ओली

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौं , ७ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकिकरणदेखि हालसम्म भएका सम्पूर्ण राजनीतिक संघर्षमा दलित समुदायको योगदान उच्च रहेको बताएका छन्  ।  त्रिपन्नौँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा उनले आज दिएको  शुभकामना सन्देशमा परम्परागत कुसंस्कारका कारण नेपालमा अझै पनि जातीय विभेद कायम रहनु दुःखद् रहेको छ भने  ।  प्रधानमन्त्री ओलीेले सरकारले आगामी दिनमा सबै समुदायलाई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तय गर्ने..

    नेपाली काँग्रेसको मुख्य सचेतकमा नेता बालकृष्ण खाणको मनोनयन

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ : नेपाली काँग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ ।  पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गरेको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ ।  विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित खाणले त्यसको ठिक १० वर्षपछि अर्थात २०५४ सालमा नेपाल तरुण दलको अध्यक्षको..

    ठेक्कापट्टामा ढिलासुस्ती र कमिसनखोरी गर्नेलाई अब कुनै गुन्जाइस छैन् : अध्यक्ष प्रचण्ड

    बुधबार, चैत्र ७, २०७४ साल
    लहान, ७ चैत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्कापट्टामा ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारीको अब कुनै गुन्जाइस नभएको बताउनुभएको छ ।  पूर्वपश्चिम हुलाकी राजमार्गको स्तरोन्नती कार्यको आज सिरहाको बरियारपट्टिमा शिलान्यास गर्दै उहाँले ठेक्कापट्टामा हुुँदै आएको ढिलासुस्ती र कमिसनखोरीका कारण देशको विकास निर्माण अस्तव्यस्त भएकाले अब त्यस्तालाई नछाड्निे प्रतिवद्धता व्यक्त गर्नुभयो ।  अध्यक्ष प्रचण्डले भन्नुभयो– “सुशासनबिना बिकासको कल्पना गर्न सकिदैन्, सुशासन..

    प्रधानसेनापति राजेन्द्र क्षत्री र फ्रान्सका राजदूत इभ कार्माेनाबीच भेटवार्ता

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ६ चैत : प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपालका लागि फ्रान्सका राजदूत इभ कार्माेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार  शिष्टाचार भेटवार्ता गरेका छन ।  उक्त अवसरमा उनिहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्र्पक तथा सूचना निर्देशनालयले जनाएको छ । ..

    गृहमन्त्री रामबहादुर थापाबाट विमानस्थल अध्यागमनमा छड्के निरीक्षण

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौँ, ६ चैत : गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँ रहेका अध्यागमन कार्यालयको आज छड्के निरीक्षण गरेका छन् ।  सो क्रममा अध्यामगन कार्यालयको यात्रु विदेशिने डेक्समा जम्मा चार जना कर्मचारी मात्रै उपस्थित रहेका थिए । सो डेक्समा आवश्यकताअनुसार १५ जनासम्म कर्मचारी खटिने गरेकामा निरीक्षणका क्रममा तीन जना कर्मचारी अनुपस्थित भेटिएका थिए ।  अनुपस्थित कर्मचारीको विवरण लिई त्यसलाई तत्कालै कारबाही प्रक्रिया..

    उपसचिवसहित तीनजना विरुद्ध विशेष अदालतमा आरोपपत्र, ८० हजार घुस रकम लिएको जिकिर

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौँ, ६ चैत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका कार्यालय प्रमुख उपसचिव सुन्दर भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव पौडेलविरुद्ध मंगलबार  विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । विदेशवाट जारी भएका सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा कार्यालय प्रमुख भट्टराई, शाखा अधिकृत ढकाल र नासु पौडेलले सम्बन्धित राजदूतावास, कन्सुलर सेवा विभाग, भिषा, सवारी चालक अनुमतिपत्रसमेत कीर्ते सिर्जना गरी..

    पूर्वी नाका काँकडभिट्टामा भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच्न शुरु

    मंगलवार, चैत्र ६, २०७४ साल
    काँकडभिट्टा, ६ चैत । पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न थालिएको छ ।  आइतबारदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेषविरुद्ध विश्लेषण एकाइले आयातीत चार किसिमका सब्जीको विषादी जाँच गर्न शुरु गरेको हो ।  संयुक्त टोलीले काँकडभिट्टा प्रवेशद्वारमै पुगेर भारतबाट साइकल र ठेलामार्फत भित्रिएका करेला, काँक्रा, ब्रोकाउली र खुर्सानीमा त्यस्तो जाँच गरेको मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र..

    संविधानविरुद्ध 'ब्ल्याक आउट' गर्नेहरू अहिले हात जोडेर सत्ताको भागबण्डामा लाग्दैछन्: डा. भट्टराई

    मंगलवार, चैत्र ६, २०७४ साल
    लहान, ६ चैत ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनमार्फत संघीयता व्यवस्थापन गरी  सर्वस्वीकार्य बनाउनुपर्ने बताएका छन्।  लहानमा आयोजित पार्टीको ‘प्रदेश १ र २ को लुम्बिनी बैठक भाव सम्प्रेषण’ कार्यक्रमअन्तर्गत मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक भट्टराईले पहिलो संविधानसभाको राज्य पुनःसंरचना समिति र आफू प्रधानमन्त्री रहेका बेला बनेको राज्य पुनःसंरचना आयोगको प्रतिवेदनलाई आधार मानेर संघीयता व्यवस्थापन..

    कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवको आग्रह

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौँ, ६ चैत ।  विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर नेपालका कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गरेका छन् ।  भेटमा उनले नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पारस्परिक व्यापार अभिवृद्धिबारे आफ्ना भारतीय समकक्षीको ध्यानाकर्षण गराएका..

    युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान,तालीम सञ्चालन गरिदै

    मंगलवार, चैत्र ६, २०७४ साल
    रोल्पा, ६ चैत ।  युवालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यका साथ जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ ।  पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन रोक्न यस्तो कार्यक्रम थालनी गरेको जनाएको छ । युवाका लागि गाउँपालिकाले आरन प्रवद्र्धन, ड्राईभिङ, अल्लो भांगो प्रवद्र्धन, मुडा र नमकिन बनाउनेलगायतका तालीम सञ्चालन गरिरहेको छ । तालीमपश्चात नियमित अनुगमनसमेत गर्दै तालीमलाई..

    मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

    मंगलवार, चैत्र ६, २०७४ साल
    महेन्द्रनगर, धनुषा, ६ चैत : बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा ।  सउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई..

    खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने –सामान्य प्रशासनमन्त्री पण्डित

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।  आज मन्त्रालयमा रासससँगको भेटघाटमा उनले प्रदेश र स्थानीय तहमा खटाएका कर्मचारी नगएर काममा प्रभावित भएको भन्दै खटाएको ठाउँमा नजाने कर्मचारीलाई सधैँका लागि बिदा दिइने बताए ।  मन्त्रालयले प्रदेश सरकार सञ्चालनका लागि खटाएका २९३ कर्मचारी अझै पुगेका छैनन् । “राज्यको तलब खाएका कर्मचारी..

    उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा शीतलनिवासमा आयोजित विशेष समारोहबिच शपथ ग्रहण

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराईएको हो । समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो । उनी आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका हुन् ।  ..

    कानूनको मस्यौदा बनाउन कानून मन्त्रीको निर्देशन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौ, ५ चैत: कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले १५ दिनभित्र सबै मन्त्रालय र निकायलाई कानूनको मस्यौदा बनाएर मन्त्रालयमा पठाउन निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कानूनको मस्यौदा नबुझाएका सबै मन्त्रालय, निकायलाई कानूनको मस्यौदा बनाएर पठाउन सोमबार नै निर्देशन दिएका हुन् । उनले कानून नबनेर संविधान कार्यान्वयनमा पनि जटिलता देखिने भएकाले कानून बनाउनका लागि मस्यौदा..

    निकुञ्ज भ्रमणपछि काँग्रेस सभापति देउवाले भने : बाघ हेर्न अर्काेपटक आउँछु

    सोमबार, चैत्र ५, २०७४ साल
    चितवन, ५ चैत ।  जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको आज भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्काेपटक आउने गरी बिदाइ भएका छन्  ।  नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फर्केका थिए  ।  निकुञ्ज घुमाउनसँगै रहेका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा सातवटा गैँडा, मयुर, गोही,..

    वन मुलुक समृद्धिको आधार हो :मन्त्री बस्नेत

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत ।   वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रलाई उचित सदुपयोग गरेर मुलुक समृद्धिको प्रमुख आधार बनाउन सकिने बताएका छन् ।  सञ्चारकर्मीसँग आज पुल्चोकस्थित आफ्नो सरकारी निवासमा छलफल गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि वन क्षेत्रमा व्यापक र अपार सम्भावना रहेको धारणा व्यक्तगरे ।  मन्त्री बस्नेतले भने, “वन क्षेत्रमा अपार सम्भावनाका साथै संरक्षण र उपयोगलाई सँगै कसरी लैजाने भन्ने चुनौती पनि..

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारत र चीनका विदेश मन्त्रीहरुको बधाई

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत : नेपालको परराष्ट्र मन्त्रीमा प्रदीप ज्ञवाली नियुक्त हुनुभएकामा भारत र चीनका विदेश मन्त्रीले बधाई ज्ञापन गर्नुभएको छ ।  परराष्ट्र मन्त्री ज्ञवालीलाई भारत र चीनका विदेश मन्त्रीहरुले  आइतबार बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै बधाई ज्ञापन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भारतका विदेश मन्त्री श्रीमती सुष्मा स्वराजले परराष्ट्र मन्त्री ज्ञवालीको कार्यकालमा भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धका साथै आर्थिक सामाजिक विकास अझ..

    कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत साधन उपयोग गर्नुपर्ने : प्रधानमन्त्री ओली

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडुं ५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत साधन उपयोग गर्नुपर्ने बताउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश जति विकट भए पनि सम्भावना चाँही अथाह रहेको बताउनुभएको छ ।  कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले प्रांगारिक मल..
    Weather Forecast