बिहिवार, चैत्र २७, २०७६

    राज्य-समाज

    मुआब्जा विवादः अरुण तेस्रोको प्रवेश मार्ग बन्द

    बिहिवार, पौष १०, २०७६ साल
    खाँदबारी, १० पुस अरुण तेस्रोे आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा  पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेको छैन । सङ्खुवासभाको मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा सो आयोजना निर्माणाधीन रहेको छ ।  छ्याङ्कुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिल्न सकेको छैन । स्थानीयवासीले प्रवेश मार्ग आजदेखि अनिश्चितकालीन बन्द गरिदिएका छन् ।  छ्याङ्कुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडकको केही खण्डमा स्थानीयवासीले मुआब्जा..

    स्वच्छ दिवस मनाउने निर्णयप्रति राष्ट्रपति खुशी

    बिहिवार, पौष १०, २०७६ साल
    काठमाडौँ, १० पुस राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र सङ्घले सन् २०२० देखि सेप्टेम्बर ७ लाई ‘नीलो आकाशका लागि अन्तरराष्ट्रिय स्वच्छ वायु दिवस’ का रूपमा मनाउने निर्णय गरेकामा खुशी व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ ट्विट गर्दै रोग र जीवन जोखिमको एक प्रमुख कारणका रूपमा रहेको वायु प्रदूषण कम गर्न सो दिवसले सबैलाई प्रेरणा दिनेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ..

    ‘नेपाली भूमि राष्ट्रको हितविरुद्ध प्रयोग हुन दिन्नौं’

    बिहिवार, पौष १०, २०७६ साल
    जनकपुरधाम, १० पुस   प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले नेपाली भूमि राष्ट्रको हितविरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । नेपाल भारत खुला सीमा संवाद समूहद्वारा आज यहाँ आयोजित सीमाञ्चल सम्बन्धको स्वरूप र नागरिक दायित्व विषयको छलफलमा मन्त्री सोनलले खुला सीमालाई दुवै देशबीच रहेको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धलाई दरिलो बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।   उहाँले खुला..

    सभामुख चयनको विषयलाई लिएर नेकपाभित्रै 'रडाको' !

    बिहिवार, पौष १०, २०७६ साल
    काठमाडौँ, १० पुस प्रतिनिधिसभाको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा सभामुख चयन प्रक्रिया अघि बढाउने उल्लेख छ । तर उपसभामुख शिवमाया तुम्बाहाम्फेले बिहीबार साँझसम्म राजीनामा दिएकी छैनन् । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक बाध्यताका कारण नेकपाले उनलाई उपसभामुखबाट राजीनामा गर्न भनिसकेको छ । सभामुख निर्वाचन प्रक्रिया शुरु हुनुअघिनै उपसभामुखको राजीनामा नआए सभामुख नेकपाले नपाउने कांग्रेस नेताहरुले बताएका छन् । उपसभामुख तुम्बाहाम्फेले भने पदबाट..

    जलवायु परिवर्तन रोक्न विश्वसमुदाय एक हुनुपर्छ : दाहाल

    बिहिवार, पौष १०, २०७६ साल
    भरतपुर, १० पुस चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान सो कार्यक्रमको उद्घाटन गर्नुभयो ।  अध्यक्ष दाहालले संरक्षणमा लाग्न सबैलाई आह्वान गर्दै आफू पनि वातावरण संरक्षणको विद्यार्थी भएकोले संरक्षणका क्षेत्रमा अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो । अध्यक्ष दाहालले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई रोक्न विश्वसमुदाय एक..

    राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक स्वीकृत

    बिहिवार, पौष १०, २०७६ साल
    काठमाडौँ, १० पुस  राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक (पहिलो संशोधन), २०७५ माथि सैद्धान्तिक छलफल भएको छ ।  छलफलमा उठेका विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा युवराज खतिवडाले जरिवाना र दण्ड बढाएर मात्रै चुहावट नियन्त्रण हुँदैन भन्ने र अर्बौं चुहावट हुँदा पनि कुनै कारवाही नहुने भन्ने दुई सैद्धान्तिक दृष्टिकोणका बीच यस विधेयकमा बढी चुहावट गर्नेलाई बढी जरिवाना र..

    गोकर्ण रिसोर्टको सम्झौता नवीकरण विगतदेखिकै प्रक्रियाका आधारमा : उपप्रधानमन्त्री

    बिहिवार, पौष १०, २०७६ साल
    काठमाडौँ, १० पुस  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँग विगतका सरकारदेखि शुरु भएको कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको संसद्लाई अवगत गराउनुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकमा उठेका विषयबारे वक्तव्य दिँदै उपप्रधानमन्त्री पोखरेलले बाहिर बहसमा ल्याइएजस्तो उक्त सम्झौताको नवीकरण सस्तो मूल्यमा नभई बजार मूल्य र राज्यलाई थप लाभ हुने गरी भएको जिकिर गर्नुभएको छ । नेपाल ट्रष्टको कार्यालय र रिसोर्ट..

    बाघ मृत फेला, जुधेर मरेको प्रारम्भिक रिपोर्ट

    बिहिवार, पौष १०, २०७६ साल
    भरतपुर, १० पुस चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको बताउनुभयो । उहाँले निकुञ्जबाट गएको चिकित्सकसहितको टोलीले बाघ कसरामा ल्याउने जानकारी दिनुभयो । घाँस काट्न गएका स्थानीयवासीले मृत..

    कालापानीको सीमा विवाद वार्ताबाट समाधान : मन्त्री ज्ञवाली

    बिहिवार, पौष १०, २०७६ साल
    पाल्पा, १० पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुुने बताउनुभएको छ । पाल्पाको तानसेनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तासँगको भेटघाटमा उहाँले दुई देशबीचको सीमा विवाद वार्ताबाट हल गर्न सरकार सक्षम रहेको बताउनुभयो ।  मन्त्री ज्ञवालीले पार्टी एकता प्रक्रियाको आधारभूत काम सकिएको बताउनुभयो । उहाँले पार्टी एकता प्रक्रियाका बाँकी काम पुस मसान्तसम्म सकिने जानकारी दिनुभयो । पार्टी एकताका सबै..

    एमसीसीबाट लाभ लिने नेपाललाई अवसर !

    बिहिवार, पौष १०, २०७६ साल
    एजेन्सी, १० पुस  अमेरिकी अनुदानसम्बन्धी सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे पछिल्लो समयमा अधिक टिकाटिप्पणी र बहस जारी छ । अमेरिकी अनुदानसम्बन्धी एमसीसी कतै उसको सामरिक रणनीति अन्तर्गत पो हो कि भन्ने नेकपाको स्थायी समितिमा प्रशस्त प्रश्न उठे छ । एमसीसीको उद्देश्य, नेपालमा यसको प्रभाव र वास्तविकताको सत्यताबारे बहस हुनु भन्दा सतहिरुपमा अपव्याख्या गरी वैदेशिक सहायता तथा मित्रराष्ट्रको असल नियतको सहयोगलाई विषयान्तर गर्नतर्फ..

    खण्डग्रास सूर्यग्रहण, यि राशिलाई ग्रहण हेर्नु राम्रो !

    बिहिवार, पौष १०, २०७६ साल
    काठमाडौँ, १० पुस पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।  पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको..

    राप्रपालाई वैकल्पिक शक्ति बनाउँछौँ : थापा

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीलाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिकँ रूपमा स्थापित गराइने बताउनुभएको छ ।     हेटौँडामा पार्टी जिल्ला समितिद्वारा आज आयोजित विस्तारित बैठकमा  अध्यक्ष थापाले धर्म, संस्कृति र गौरवशाली पहिचानको रक्षा, संरक्षण र सम्बद्र्ध्नका साथ मुलुकलाई सबल र समृद्धिको मार्गमा डो्याउँदै अघि बढ्ने मार्गचित्र प्रस्तुत गर्नुभयो । आफ्नो धर्म, संस्कृति र पहिचानका पक्षमा बोल्दा..

    समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका दुई नेताले मन्त्रीबाट राजीनामा दिएको दोस्रो दिन आज पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सशक्त प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिनुभयो । संविधान संशोधन गर्ने सहमतिसहित सरकारमा सहभागी भए पनि आफ्नो मुद्दामा कुनै सुनुवाइ नभएपछि सरकारमा रहिरहनुको औचित्य समाप्त भएको निष्कर्षसहित पार्टीले समर्थन फिर्ता लिएको आज..

    नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्नेमा राष्ट्रपतिको जोड

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वोपरी राखी मित्रराष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाल पूर्वराजदूत सङ्घद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘ज्येष्ठ पूर्वराजदूत सम्मान समारोह’मा उहाँले नेपालको भूराजनीतिक अवस्था र आर्थिक विकासका चाहनालाई ध्यानमा राखी परराष्ट्र सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।  “हाम्रो परराष्ट्र नीतिको मूल मर्म भनेको सबैसँग मित्रता हो,..

    हिउँदे अधिवेशनबाट एमसिसी सम्झौता पारित हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसद्को चालू हिउँदे अधिवेशनले यसलाई पारित गर्ने बताउनुभएको छ ।   राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सो विषयबारे स्पष्ट पार्र्दै मन्त्री ज्ञवालीले नेपाली काँग्रेस नेतृत्वको तत्कालीन सरकारले उक्त सम्झौता गरेको र सरकार अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले..

    समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज काठमाडौँ विश्वविद्यालय र ब्रिजइन फाउण्डेशन बेल्जियमबीच विश्वविद्यालय विकास सहायता परियोजना सम्झौता कार्यक्रममा सहभागी हुनुभएका उहाँले मुलुकको समृद्धिका लागि सवल शैक्षिक जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो ।  ब्रिजइन फाउण्डेशनका अध्यक्ष प्राध्यापक टान्को मौहमादोउ र..

    मंसिर महिनामा ५६ हजार युवा विदेशीए, सबैभन्दा बढी साउदी गए

    बुधबार, पौष ९, २०७६ साल
     काठमाडौँ, ९ पुस मंसिर महिनामा ५६ हजार ८ सय १० जना नेपाली रोजगारीको खोजीमा विदेशीएका छन् । नयाँ तथा पुनः श्रम स्वीकृति लिएर ५६ हजार श्रमिक विदेशीएका हुन् । वैदेशिक रोजगार विभागको मंसिर महिनाको तथ्यांक हेर्दा साउदीमा युवाहरु जाने क्रम बढेको छ। साउदीमा सबैभन्दा बढी १४ हजार ३ सय ५७ जना गएका छन् । साउदीपछि युवाहरुको रोजाइमा संयुक्त अरब इमिरेट्स (युएई) परेको..

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस ११ लाई सर्‍यो

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले बुधबार विज्ञप्ति जारी गरी बैठक स्थगित गरेको जनाएको हो । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केन्द्रीय कार्यसमितिको बैठक २०७६ पुस १० गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक..

    राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आगामी माघ ९ गते  निर्वाचन हुँदैछ ।    आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेका छन् ।  त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)..

    आज र भोलि खण्डग्रास सूर्यग्रहण लाग्ने, के गर्ने, के नगर्ने ?

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौं, पुस ९ । हिन्दू धर्म अनुसार आज बुधबार र भोलि बिहिबार दुई दिन औँसी तिथि परेको छ ।  बिहिबार बिहान खण्डग्रास सूर्यग्रहणसमेत लाग्ने भएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त..

    मीरगञ्ज पुल बन्द , भीमनगरको बाटो प्रयोग गर्न व्यपारीको माग

    बुधबार, पौष ९, २०७६ साल
    विराटनगर, ९ पुस ।  नेपालको दोस्रो ठूला नाका विराटनगरमा मीरगञ्ज पुलका कारण  उद्योग र व्यापारमा समस्या  आएको छ । भारतबाट जोगबनी आउन मीरगञ्ज पुल पार गर्नुपर्छ । पूर्व क्षेत्रको उद्योग र व्यापारलाई आवश्यक पर्ने सामान सोही पुल भएर ल्याउनुपर्छ ।  नेपालको बूढीखोला भनिने भारतका मीरगञ्ज पुल बन्नुपर्ने उद्योगी र व्यापारीको धेरै पुरानो माग हो । जीर्ण अवस्थामा रहेको सो पुलको अहिले मर्मतकार्य..

    देशभर चिसो बढ्यो, उपत्यकाको तापक्रम यस वर्षकै कम

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौं, पुस ९  देशभर अत्यधिक चिसो बढेको  छ ।  आज काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । आज विहान उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  मध्य, पुर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको  छ।  बेलुकीपख पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक..

    प्रदेश नं ५ सरकारका मुख्यमन्त्री पोखरेलको शुभकामना

    बुधबार, पौष ९, २०७६ साल
    रुपन्देही, ९ पुस प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई  समुदायका दाजुभाइ दिदीबहिनीहरुमा शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ । क्रिसमसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली समाज विविधतायुक्त समाज भएकाले जाति, भाषा, धर्म र संस्कृतिको विविधताले मुलुक रङ्गिएको चर्चा गर्दै विविधतायुक्त समाजमा अहिले एउटा समुदायले मान्ने संस्कृति र धर्म..

    देशको भूगोल रक्षाका लागि सबै दल एकढिक्का हुनुपर्छ : गगन थापा

    मंगलवार, पौष ८, २०७६ साल
    दमौली, ८ पुस नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले देशको भूगोलको रक्षाका लागि सबै पार्टीले आन्तरिक द्वन्द्व बिर्सिएर एकढिक्का हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल–भारतबीच देखिँदै आएको सीमा विवाद विषय कूटनीतिक तवरले सुल्झाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले नेपालको सीमाको विषय राष्ट्रियतासँग जोडिएकाले आफ्नो पार्टी त्यसका लागि सरकारलाई सहयोग गर्न तयार बताउनुभयो..

    समाजवादी पार्टी सरकारबाट बाहिरिने ! बुधबार आधिकारिक घोषणा गर्दै

    मंगलवार, पौष ८, २०७६ साल
    काठमाडौं, पुस ८ सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई दिएको समर्थनबारे बुधबार (भोलि)मात्रै निर्णय गर्ने भएको छ । मंगलबार पदबाट राजीनामा दिएपछि सिंहदरबारस्थित संसदीय दलको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिएका थिए । बैठकपछि सो पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सांसद रेणुकुमारी यादवले वर्तमान सरकारबाट संविधान संशोधन नहुने निश्चित भएपछि सरकारबाट..

    शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्छ : मन्त्री पोखरेल

    मंगलवार, पौष ८, २०७६ साल
    काठमाडौँ, ८ पुस शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्ने बताउनुभएको छ ।  आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पोखरेलले हिजोको जस्तो सामान्य ढङ्गले शिक्षामा गुणात्मक सुधार नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको इतिहासमा पहिलो पटक एकीकृत शिक्षा नीति आएको छ, सामुदायिक विद्यालयलाई सबलीकरण कार्यक्रमको घोषणा  गरेका छौँ ।” उहाँले नयाँ शिक्षा नीतिले उपक्षेत्रगत नीतिहरुलाई पनि व्यवस्थित गर्ने बताउनुभयो ।  मन्त्री पोखरेलले..

    वैदेशिक रोजगारीमा जानेलाई मनोपरामर्श दिन सुझाव

    मंगलवार, पौष ८, २०७६ साल
    काठमाडौँ, ८ पुस मानसिकरुपमा स्वस्थ्य नभएसम्म शारीरिकरुपमा सक्षम नहुने भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको शारीरिक परीक्षणसँगै उचित मनोपरामर्श दिनु आवश्यक भएको सरोकारवालाले बताएका छन् ।  राष्ट्रिय मानवअधिकार आयोग र ‘कोशिश’ नामक संस्थाले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘आप्रवासन र मानसिक स्वास्थ्य’ विषयको अन्तरक्रियामा सहभागी वक्ताले पारिवारिक वियोगसँगै गन्तव्य मुलुकमा आइपर्ने मानसिक तनाव व्यवस्थापनका लागि प्रस्थान पूर्वनै मानसिक स्वास्थ्य जाँच गरिनु आवश्यक भइसकेको..

    उपेन्द्र यादवको पार्टीले सरकार छाड्ने

    मंगलवार, पौष ८, २०७६ साल
    काठमाडौँ, ८ पुस समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । सो पार्टीले सरकार छाडेको घोषणा भने बुधबार गर्ने पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बताए । ‘सरकारमा बस्नुको औचित्य समाप्त भएको निष्कर्ष पदाधिकारी बैठकले निकालेको छ,’ उनले नेपालखबरसँग भने, ‘यसको औपाचारिक घोषणा भने बुधबार हुनेछ ।’ संविधान..

    सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल

    मंगलवार, पौष ८, २०७६ साल
    काठमाडौँ, ८ पुस प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताउनुभएको छ । उहाँले सबैले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्नुभयो ।  आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँगको भेटमा मुख्यमन्त्री पौडेलले सबै प्रदेशको जोड परम्परागत शैली परिवर्तन गरी नयाँ र परिणाममुखी शैली अवलम्बन गर्नेतर्फ हुनुपर्ने धारणा राख्नुभयो । काम गराइका शैलीमा परिवर्तन नगर्ने हो..

    नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा

    मंगलवार, पौष ८, २०७६ साल
    दमौली, ८ पुस  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ ।  तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताउनुभयो ।..
    Weather Forecast