मंगलवार, चैत्र २५, २०७६

    राज्य-समाज

    नेपाली कांग्रेसभित्र ‘भाँडभैलो’, पौडेल समूहका कारण देउवा शक्तिशाली

    आईतवार, पौष १३, २०७६ साल
    काठमाडौँ, १३ पुस १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र ‘भाँडभैलो’ मच्चिएको छ ।  सभापति शेरबहादुर देउवाले इतरसमूहको बहिष्कारका बीच बसेको केन्द्रीय कार्यसमिति बैठकबाट ‘बहुमत’ का आधारमा महाधिवेनको कार्यतालिका सार्वजनिक गरेपछि ‘भाँडभैलो’ मच्चिएको हो ।  गत शुक्रबार बेलुकी बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन २०७७ फागुन ७–१० सम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल..

    अध्यक्ष तिमिल्सिना र बङ्गलादेशको संसदीय टोलीबीच भेटवार्ता

    आईतवार, पौष १३, २०७६ साल
    काठमाडौँ, १३ पुस राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको संसदीय टोलीले शिष्टाचार भेटवार्ता गरेको छ । बङ्गलादेशको दलित र अल्पसङ्ख्यक आदिवासीसँग सरोकार राख्ने संसदीय समितिका सभापति मनोरञ्जनशील गोपाल नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग सिंहदरवारस्थित कार्यकक्षमा भेट गरेको उहाँको सचिवालयले जनाएको छ । नेपालको संसदीय अभ्यास तथा दलित, आदिवासी र अल्पसङ्ख्यकको प्रतिनिधित्व तथा अधिकारबारे अध्ययन गर्ने उद्देश्यले सो प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको..

    पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई १० दिनको म्याद थप

    आईतवार, पौष १३, २०७६ साल
    काठमाडौं, १३ पुुस काठमाडौंका बिभिन्न स्थानबाट नियन्त्रणमा लिईएका १ सय २२ जना चिनियाँ नागरिकलाई आज(आइतबार) पुनः १० दिनको म्याद थप गरिएको छ । गत सोमबार राती पक्राउ गरिएका उनीहरुलाई गत मंगलबार पाँच दिनको म्याद थपिएको थियो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले गत सोमबार काठमाडौंका बिभिन्न स्थानमा छापा मारी ८ जना महिलासहित १२२ जना चिनियाँलाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय..

    यस्तो छ प्रधानमन्त्री र भीम रावलबीच पछिल्लो समय चलेको 'वाक-युद्ध'

    आईतवार, पौष १३, २०७६ साल
    काठमाडौँ, १३ पुस सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र स्थायी समिति सदस्य भीम रावलबीच पछिल्लो समय वाक युद्ध चलेको छ।   सरकारले गरेका राम्रा कामको प्रचार नगरेर विरोध मात्रै गरेको भन्दै प्रधानमन्त्री ओलीले शनीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत नेता रावलमाथि ब्यङ्ग्य गरेपछि रावलले आफुले राष्ट्रको पक्षमा आवाज उठाउँदा आफुलाई विकास विरोधी नेताको रुपमा चित्रण गरिएको भन्दै आक्रोश पोखे..

    अन्तत: प्रधानमन्त्री ओलीले राखे प्रचण्डलाई आफ्नै छेउ

    आईतवार, पौष १३, २०७६ साल
    काठमाडाैं, १३ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' को सचिवालय बैठकमा आइतबार फरक दृश्य देखियाे । प्रधानमन्त्री निवास वालुवाटारमा जारी  नेकपा सचिवालय बैठकमा पुष्पकमल दाहाल प्रचण्डकाे आसन बदलिएकाे छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छेउमै राखेका हुन्। यसअघि अध्यक्ष ओली मात्रै अघिल्तिर बस्थे भने दायाँबायाँको सोफामा प्रचण्ड रहँदै आएका थिए। जसले नेकपामा एउटै मात्रै अध्यक्ष..

    नेकपा बैठकको निर्णय : प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौंडा नै

    आईतवार, पौष १३, २०७६ साल
    काठमाडौँ, १३ पुस प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने नेकपाले निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामसँगै स्थायी राजधानी अहिलेको अस्थायी राजधानी हेटौडालाई नै बनाउने निर्णय पनि गरेको छ । सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।..

    नेकपा सचिवालय बैठक सुरु, के छ एजेण्डा ?

    आईतवार, पौष १३, २०७६ साल
    काठमाडौं, १३ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।केहीबेर अघिबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे छलफल केन्द्रित भएको बताइएको छ । यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार पठाउने योजना बनाएको छ । सभामुखका सम्भावित उम्मेदवारका रूपमा सुवास नेम्वाङ,..

    यस्ताे छ आज विदेशी मुद्राकाे विनिमय दर

    आईतवार, पौष १३, २०७६ साल
    काठमाडाैं १३ पुस । राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४८ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १ सय २६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ६१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १..

    शेरबहादुर देउवाको पेलाइले कांग्रेस विवाद चर्कियाे

    आईतवार, पौष १३, २०७६ साल
    काठमाडाैं, १३ पुस । हुमतको बलमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसपभित्रको विवाद उत्कर्षमा पुगेको छ ।  २६ मंसिरबाट सुरु केन्द्रीय समिति बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएपछि संस्थापन समूहले शुक्रबार बहुमतका आधारमा केन्द्रीय समितिको कार्यकाल एक वर्ष  थप गर्ने निर्णय गरेको थियो । २०७७ फागुनमा १४ औं महाधिवेशन गर्ने..

    जनगणनामा ५४ हजार ४ सय १३ जनशक्ति परिचालन हुने

    शनिबार, पौष १२, २०७६ साल
    सुर्खेत, १२ पुस   केन्द्रीय तथ्याङ्क विभागले ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ । जनगणनाको तयारी र अगामी योजना विषयमा आज आयोजित कार्यक्रममा  विभागका निर्देशक ढुण्डीराज लामिछानेले गणनामा तथ्यगत, विश्वसनीय र भरपर्दो तथ्याङ्क सङ्कलनमा सबैको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।   “राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्याङ्क नै देशको मूल तथ्याङ्क हो”, उहाँले भन्नुभयो, “यही वास्तविक तथ्याङ्कलाई मूल आधार बनाएर सरकारले राष्ट्रिय..

    कांग्रेस विवाद उत्कर्षमा, संस्थापनइतरको छुट्टै भेला

    शनिबार, पौष १२, २०७६ साल
    काठमाडौँ, १२ पुस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि कांग्रेसभित्रको विवाद चर्किएको छ । संस्थापन पक्षले पेल्ने नीति लिएको संस्थापनइतर समूहले आरोप लगाएको छ भने बैठक बहिष्कार गरेर पार्टीलाई संकटतर्फ धकेल्न खोजेको संस्थापनको आरोप छ । संस्थापनइतरको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मंसिर २६ गतेदेखि जारी केन्द्रीय समिति बैठक बहिष्कार गरेको थियो । पार्टीको माथिल्लो तहदेखि प्रदेश,..

    'विरोधी कति दयनीय छन्, पानीमा जहाज चल्छ भन्ने पनि थाहा छैन'

    शनिबार, पौष १२, २०७६ साल
    काठमाडौँ, १२ पुस   प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताउनुभएको छ ।    प्रेस सङ्गठनद्वारा आज यहाँ आयोजित ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताउनुभयो ।   प्रधानमन्त्री ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइ विवाद निम्त्याउन उद्दत रहेको छ भन्नुभयो ।    “छ वर्षभित्रमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने विषयले..

    राष्ट्रिय एकता र समृद्धिको जनमत तयार पार्न लाग्नुस् : प्रचण्ड

    शनिबार, पौष १२, २०७६ साल
    काठमाडौँ, १२ पुुुस   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस सङ्गठन नेपाललाई निर्देशन दिनुभएको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै..

    कुलमान घिसिङद्वारा आँखा दान गर्ने घोषणा

    शनिबार, पौष १२, २०७६ साल
    काठमाडौँ, १२ पुस तिलगंगा आँखा अस्पतालमा शनिबार आयोजित मरणोपरान्त आँखाको नानी दान गर्नेहरुका सम्झनामा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दान गर्ने घोषणा गरेका छन् । बत्तीको उज्यालो देख्न पनि आँखाको आवश्यक पर्ने भन्दै उनले विद्युत्‌मा अझै आत्मनिर्भर हुन नसके पनि आँखा रोगको उपचारमा आत्मनिर्भर भएको बताए । कार्यक्रममा ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले ७ वटै प्रदेशमा..

    समाजवादी क्रान्तिको लक्ष्य समाजवाद हो : पूर्वप्रम खनाल

    शनिबार, पौष १२, २०७६ साल
    काठमाडौँ, १२ पुस । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताउनुभएको छ । विश्व ट्रेड युनियन महासङ्घले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार गोष्ठी पुस्तक लोकार्पण, बधाई तथा सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद भएमा मात्र समाज समाजवादतर्फ जाने बताउनुभयो ।  “अहिले नेपाली समाज स्वतन्त्र पूँजीवादी समाज भएकाले पूँजीवाद समाजको रूपान्तरण..

    जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने गिरीको बयान शुरु, पक्ष र विपक्षमा महिलाहरुको प्रदर्शन

    शनिबार, पौष १२, २०७६ साल
    इनरुवा, १२ पुस   जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान लिने क्रम शुक्रबारदेखि शुरु भएको छ । उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधा सम्पन्न कोठामा रहेका सिद्धबाबा भनिने गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गराएपछि अदालती बयान शुरु भएको हो ।   सिद्धबाबाको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको १ नम्बर..

    मौलिक हक कार्यान्वयन गर्न सातै प्रदेशलाई आयोगको सुझाव

    शुक्रबार, पौष ११, २०७६ साल
    काठमाडौँ, ११ पुस राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७० वर्ष पूरा भएको सन्दर्भमा मौलिक हकहरूको कार्यान्वयन गर्न सातै प्रदेशमा आठबुँदे सुझाव पठाएको छ ।  आयोगले आज पठाएको सुझावहरुमा विधायिकाबाट जारी गरिने कानूनहरू मानव अधिकारमैत्री ढङ्गबाट निर्माण हुने वातावरण सिर्जना गनुपर्ने, सङ्घबाट पारित गरिनुपर्ने कतिपय कानूनहरू समयमा नै जारी हुन नसक्दा प्रदेश तथा स्थानीय तहमा केही अन्योलता उत्पन्न..

    पर्यटकीय पूर्वाधार विकास प्रदेशको जिम्मेवारी : मुख्यमन्त्री राउत

    शुक्रबार, पौष ११, २०७६ साल
    जनकपुरधाम, ११ पुस मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्र पर्यटकीय पूर्वाधार विकासको जिम्मेवारी प्रदेश सरकारको रहेको बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं २ को जिल्लास्तरीय समन्वय समिति भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशभित्र रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।  उहाँले विकास निर्माणको जिम्मा प्रदेश सरकारले लिने भए पनि प्रचारप्रसार लगायतको क्षेत्रमा सक्रिय..

    पौडेल–सिटौलाको अनुपस्थितिमै देउवाको यस्तो 'डिसिजन'

    शुक्रबार, पौष ११, २०७६ साल
    काठमाडौँ, ११ पुस नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तुष्ट पक्षको बहिस्कारका बीच केन्द्रीय कार्यसमिति बैठक राखेर निर्णय प्रक्रिया अघि बढाएका छन्।  मंसिर २६ गतेदेखि सुरु भएको पार्टीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै पटक पटक बैठकमा अनुपस्थित रहेपछि सभापति देउवाले शुक्रबारको बैठकबाट बहुमतको आधारमा प्रस्तावित सबै एजेण्डा पास गर्दै पार्टीको एक वर्ष म्याद थप गरेका छन्। पार्टीको १४ औं महाधिवेशन २०७७..

    विकासका लागि कानून बाधक बन्दैनः प्रधानन्यायाधीश राणा

    शुक्रबार, पौष ११, २०७६ साल
    काठमाडौँ, ११ पुस प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकासका लागि कानून बाधक नबन्ने बताउनुभएको छ ।  सर्वोच्च बार एकाइद्वारा आजदेखि शुरु भएको ‘कानून र विकास’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘‘विकास समग्र समाज र राष्ट्रको आवश्यकता हो । विकास र आर्थिक समृद्धिको विषयमा न्यायपालिका पनि संवेदनशील बन्नुपर्दछ ।’’  ‘‘कानून विकासको अधार भएकाले कानूनले विकासका लागि उपयुक्त वातावरण तयार पार्नेछ’’, उहाँले भन्नुभयो, “कानून र विकासमा..

    ११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित

    शुक्रबार, पौष ११, २०७६ साल
    जलेश्वर, ११ पुस महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो कुहिरोले पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेर मानिस, चौपाया, पशुपक्षी तथा बालीनाली सबैलाई प्रभावित पारेको छ । चिसो स्याँठका बीच यहाँका मानिसले कुनै..

    नेकपालाई सभामुख टुङ्यो लगाउनै सकस, उपसभामुखको विपक्षमा प्रधानमन्त्री ओली

    शुक्रबार, पौष ११, २०७६ साल
    काठमाडाैंं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपालाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन हम्मेहम्मे परेकाे छ। शुक्रबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेन । उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफु सभामुख बन्नुपर्ने अडान लिएकी छन् । तर,प्रधानमन्त्री केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहेका छन् । भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडानमा रहेका..

    कांग्रेस केन्द्रीय समिति बैठक आज, बैठकमा जालान् पौडेल ?

    शुक्रबार, पौष ११, २०७६ साल
    काठमाडौं, पुस ११ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिने देखिएको छ । पार्टीभित्रको असन्तुष्ट समूहलाई सहमतिमा ल्याउने संस्थापन पक्षको प्रयासले सार्थकता नपाउँदा आन्तरिक विवादले तत्काल निकास पाउने सम्भावना कम देखिएको हो ।  १४ औं महाधिवेशनको कार्यतालिकलाई प्रमुख एजेन्डा बनाएर केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पछिल्लो समय विभाग गठन र..

    नेपाल भ्रमण वर्ष २०२० : यसरी हुनेछ उद्घाटन

    शुक्रबार, पौष ११, २०७६ साल
    काठमाडौँ, ११ पुस   सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरु हुन पाँच दिन मात्रै बाँकी छ । अर्थात्, सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम..

    राजपा सरकारमा सहभागी हुने पक्का, राजेन्द्र महतोको शर्त यस्तो छ

    बिहिवार, पौष १०, २०७६ साल
    काठमाडौँ, १० पुस राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने संकेत गरेका छन् । पार्टीले उठाउँदै आएको माग सरकारले सम्बोधन गरे सरकारलाई हरेक किसिमको सहयोग गर्न सकिने उनको भनाइ छ । ‘सरकारले सकारात्मक व्यवहार गरे हामी पनि सरकारमा जान सक्छौं,’ महतोले भने, ‘सरकारले जस्तो व्यवहार गर्छ, हामी पनि त्यसरी नै व्यवहार गर्छौं । तर,..

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो

    बिहिवार, पौष १०, २०७६ साल
    काठमाडौँ, १० पुस आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन् । आयोगले आज विज्ञप्ति जारीगरी प्रदेश नं..

    मुआब्जा विवादः अरुण तेस्रोको प्रवेश मार्ग बन्द

    बिहिवार, पौष १०, २०७६ साल
    खाँदबारी, १० पुस अरुण तेस्रोे आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा  पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेको छैन । सङ्खुवासभाको मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा सो आयोजना निर्माणाधीन रहेको छ ।  छ्याङ्कुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिल्न सकेको छैन । स्थानीयवासीले प्रवेश मार्ग आजदेखि अनिश्चितकालीन बन्द गरिदिएका छन् ।  छ्याङ्कुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडकको केही खण्डमा स्थानीयवासीले मुआब्जा..

    स्वच्छ दिवस मनाउने निर्णयप्रति राष्ट्रपति खुशी

    बिहिवार, पौष १०, २०७६ साल
    काठमाडौँ, १० पुस राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र सङ्घले सन् २०२० देखि सेप्टेम्बर ७ लाई ‘नीलो आकाशका लागि अन्तरराष्ट्रिय स्वच्छ वायु दिवस’ का रूपमा मनाउने निर्णय गरेकामा खुशी व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ ट्विट गर्दै रोग र जीवन जोखिमको एक प्रमुख कारणका रूपमा रहेको वायु प्रदूषण कम गर्न सो दिवसले सबैलाई प्रेरणा दिनेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ..

    ‘नेपाली भूमि राष्ट्रको हितविरुद्ध प्रयोग हुन दिन्नौं’

    बिहिवार, पौष १०, २०७६ साल
    जनकपुरधाम, १० पुस   प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले नेपाली भूमि राष्ट्रको हितविरुद्ध प्रयोग हुन नदिने बताउनुभएको छ । नेपाल भारत खुला सीमा संवाद समूहद्वारा आज यहाँ आयोजित सीमाञ्चल सम्बन्धको स्वरूप र नागरिक दायित्व विषयको छलफलमा मन्त्री सोनलले खुला सीमालाई दुवै देशबीच रहेको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धलाई दरिलो बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।   उहाँले खुला..

    सभामुख चयनको विषयलाई लिएर नेकपाभित्रै 'रडाको' !

    बिहिवार, पौष १०, २०७६ साल
    काठमाडौँ, १० पुस प्रतिनिधिसभाको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा सभामुख चयन प्रक्रिया अघि बढाउने उल्लेख छ । तर उपसभामुख शिवमाया तुम्बाहाम्फेले बिहीबार साँझसम्म राजीनामा दिएकी छैनन् । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक बाध्यताका कारण नेकपाले उनलाई उपसभामुखबाट राजीनामा गर्न भनिसकेको छ । सभामुख निर्वाचन प्रक्रिया शुरु हुनुअघिनै उपसभामुखको राजीनामा नआए सभामुख नेकपाले नपाउने कांग्रेस नेताहरुले बताएका छन् । उपसभामुख तुम्बाहाम्फेले भने पदबाट..
    Weather Forecast