शनिबार, मंसिर ७, २०७६

    राज्य-समाज

    निर्वाचनका लागि दाङमा ३ हजार १ सय ५२ कर्मचारी खटाउने तयारी

    सोमबार, मंसिर ४, २०७४ साल
    दाङ, मंसिर ४। आगामी मंसिर २१ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका लागि दाङमा ३ हजार १ सय ५२ कर्मचारी खटाइने भएको छ ।  ३ सय ९४ मतदान केन्द्रमा एक–एक जना निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत, चार जना कर्मचारी र दुई जना सहायक कर्मचारी खटाइने जिल्ला निर्वाचन अधिकृत बिजयराज कार्कीले जानकारी दिनुभयो । एउटा मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारीहरु खटाइने र..

    भारतसँग झुक्न आवश्यक छैन : एमाले अध्यक्ष ओली

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौ, ४ मंसिर।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग झुक्न आवश्यक नरहेको बताउनु भएको छ । कांग्रेसले घुँडा टेकेर कुरा गरेर भारतको आनाबानी विगारेका कारण मुलुकमा नाकाबन्दीसमेत लागेको उहाँको आरोप थियो ।  आज मोरङ ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले छिमेकीसँग बराबरी हैसियतमा सम्वन्ध राख्नु पर्ने आवश्यकता औल्याउनु भयो ।  उहाँले आफू प्रधानमन्त्री हुँदा भारत गएका बेला भारतीय नेताहरुसँग गरिएको..

    प्रधानमन्त्रीले आज सुरक्षा निकाय प्रमुखहरुसँग छलफल गर्ने

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौ ४ मंसिर ।  उमेदवारमाथि आक्रमणका घटना बढ्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार चुनावी सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा सुरक्षा निकाय प्रमुखसँग छलफल गर्दै हुनुहुन्छ ।    चुनावी प्रचारका लागि कैलालीको धनगढी पुग्नु भएका प्रधानमन्त्री देउवा काठामाडौ फर्के लगत्तै सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आवश्यक निर्देशन दिने तयारी गर्नुभएको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।  पछिल्लो समय उमेदवारहरुको असुरक्षा बढेसँगै त्यसलाई..

    ढल फुटेको तीन महिना हुँदा पनि कसैको ध्यान गएन

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौँ, ४ मंसिर । पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न वटुवालाई कठिनाई भएको छ ।  काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा वटुवा नाक थुनेर हिडडुल गर्न वाध्य भैरहेका छन् । ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा वढी समयवितिसकेको छ ।  विगत तीन महिनादेखि महानगरपालिकाको वडा नं २८ मा पर्ने खुलामञ्च पुरानो बसपार्क क्षेत्रबाट ढल फुटेर सडकमा बग्दा महानगर लगायत..

    नेम्वाङ र आङ्देम्बेबीच कडा टक्कर

    सोमबार, मंसिर ४, २०७४ साल
    पाँचथर, ४ मंसिर पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिएक  छन् ।  यी दुई बलिया उम्मेदवारबीच पहिलोपटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धा हुन लागेको हो । यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले दुईपटक चुनाव जितेका थिए भने काँग्रेस नेता..

    निर्वाचन सुरक्षा गोष्ठी शुरु

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौँ, ४ मंसिर । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी तुल्याउन प्रदेश नं ३ अन्तर्गतका जिल्लाका सुरक्षा निकायका प्रमुख सहभागी सुरक्षा गोष्ठी आज गृह मन्त्रालयमा शुरु भएको छ ।  उक्त गोष्ठीमा प्रदेश नं ३ अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सम्मिलित छन् ।  प्रदेश नं ३ अन्तर्गत दोलखा, रामेछाप,..

    डा राणा, राना र भण्डारी बीचको चुनावी प्रतिस्पर्धा रोचक बन्दै

    सोमबार, मंसिर ४, २०७४ साल
    कैलाली, ४ मंसिर । ७ नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला भनेर चर्चा–परिचर्चाका साथै रोचक बन्दै गएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले जितेको यस क्षेत्रमा मनोनयन दर्ता शुरु भएसँगै कैलाली ५ मा कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको हो ।  गएको संविधानसभामा प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले..

    भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : रक्षामन्त्री

    आईतवार, मंसिर ३, २०७४ साल
    काठमाडौँ, ३ मंसिर (रासस) : रक्षामन्त्री भीमसेनदास प्रधानले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  क्यानाडाको भ्यानकुभरमा गतसाता भएको राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनबारे जानकारी दिन आज रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। केही दिनयता निर्वाचनलाई प्रभावित पार्ने तथा प्रचारप्रसारमा..

    चुनावी प्रचारप्रसारका कार्यक्रम नरोक्न प्रचण्डको निर्देशन

    आईतवार, मंसिर ३, २०७४ साल
    काठमाडौं मंसिर ३ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रचार प्रसारका कार्यक्रम नरोक्न निर्देशन दिएका छन् ।  अध्यक्ष दाहालका एक मात्र छोरा प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लामा चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि दाहाले यस्तो निर्देशन दिएका हुन् ।  निर्वाचनका लागि तय गरिएका सबै कार्यक्रमहरु सुचारु राख्न अध्यक्ष प्रचण्डले सिंगो पार्टी कमिटीलाई निर्देशन दिएको पार्टी प्रवक्ता पम्फा भुसालले..

    निर्वाचन कार्यालय धादिङमा फेला परेको बम सेनाद्वारा 'डिस्पोज'

    आईतवार, मंसिर ३, २०७४ साल
    धादिङ, मंसिर ३ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिए सँगै विभिन्न जिल्लाहरुमा राजनीतिक दलका उम्मेदवार एवं तिनका घरमा  र निर्वाचन कार्यलयहरुमा बमहरु फेला पर्ने क्रम बढ्दो रहेको छ ।  बम विस्फेटमा परी कति पय उम्मेदवार तथा निर्वाचन प्रचार प्रसारका लागि हिडेका कार्यकर्ताहरु घाइते भएका छन् । यसै शिलशिलामा जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा पनि आइतबार सकेट बम फेला परेको..

    अन्तिम श्रद्धान्जलीका लागि प्रकाशको पार्थिव शरिर पेरिसडाँडामा

    आईतवार, मंसिर ३, २०७४ साल
    काठमाडौं, मंसिर ३ । ह्दयघातका कारण आइतबार विहान निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।  पार्टी कार्यालयमा उनी प्रति श्रद्धाञ्जली दिनका लागि पार्टी तथा अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायत शुभचिन्तकहरुको घुइचो लागेको छ ।  प्रकाशको आजै अपरान्ह ४ बजे पछि राजधानीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने..

    निर्वाचन बिथोल्ने तत्वलाई निष्तेज पार्छु : प्रधानमन्त्री

    आईतवार, मंसिर ३, २०७४ साल
    ठमाडौ ३ मंसिर ।  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्ने गरी उमेदवारमाथि भइरहेका आक्रमण र विध्वंसात्मक गतिविधिलाई पुर्णतः निस्तेज पार्ने बताएका छन् ।  डडेल्धुरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सुरक्षा ब्यवस्थालाई कडा पार्दै आक्रमण तथा विध्वंसात्मक गतिबिधिमा संलग्न व्यक्ति तथा समुहलाई कडा कारवाही गर्ने प्रतिवद्धता जनाएका हुन् ।   उनले निर्वाचन भयरहित वतावरणमा हुने गरी शान्ति सुरक्षाको ब्यवस्था मिलाईएको दाबी समेत गर्दै देउवाले तोकिएकै..

    आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइदै,विभिन्न जनचेतामूलक कार्यक्रम गरिदै

    आईतवार, मंसिर ३, २०७४ साल
    काठमाडौ मंसिर ३ ।  आइतबार विश्व शौचालय दिवस नेपालमा पनि विभिन्न जनचेतानामूलक कार्यक्रमको आयोजन गरी मनाइदै छ । हरेक बर्षको नोभेम्बर १९ तारीखमा मनाउदै आएको विश्व शौचालय दिवस केन्द्र, प्रदेश र स्थानीय तहसम्म विभिन्न कार्यक्रमको  आयोजना गरी मनाइदै छ ।  दिवसका अवसरमा खानेपानी तथा सरसफाइ विभागले केहिबेरपछि ललितपुरको धोविघाटमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।  नेपाललाई यही डिसेम्बर भित्र खुला दिसामुक्त घोषणा गर्ने..

    प्रकाशको मृत्यु शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित

    आईतवार, मंसिर ३, २०७४ साल
    चितवन, ३ मंसिर ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनले चितवन क्षेत्र नं ३ स्तब्ध बनेको छ ।  अध्यक्ष दाहालको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै यहाँका सर्वसाधारण दुखित भएका छन् । चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसँगै वाम र लोकतान्त्रिक गठबन्धनले आज सबै चुनावी प्रचारका कार्यक्रम स्थगन गरेका छन् ।  प्रकाश २०३८ साल जेठ १८..

    प्रचण्डका एक मात्र छोरा 'प्रकाश दाहाल' को अकस्मात निधन

    आईतवार, मंसिर ३, २०७४ साल
    काठमाडौँ, मंसिर ०३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एक मात्र पुत्र प्रकाश दाहालको निधन भएको छ । अकस्मात गम्भिर बिरामी भएर राजधानीस्थित नर्भिक अस्पताल भर्ना भएका दाहालको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका हुन् । यद्यपी, अस्पतालले भने यो समाचार तयार पार्दासम्म औपचारिक जानकारी दिएको छैन । आइतबार बिहान ५ बजेर ३८ मिनेट जाँदा हृदयघात भएको प्रकाशलाई बिहान ६..

    कांग्रेस नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार

    शनिबार, मंसिर २, २०७४ साल
    लमजुङ, २ मंसिर ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उनी चढेको जिपमा आज सनिबार बम  प्रहार भएको छ ।  तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा १३ च ३७४२ नं को जिपमा बम प्रहार भएको हो ।  बम प्रहारबाट एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । बम प्रहारबाट पौडेल चढेको..

    नेपालकै ठूलो ‘मेलम्ची पानी प्रशोधन केन्द्र’ को परीक्षण सफल

    शनिबार, मंसिर २, २०७४ साल
    काठमाडौँ, २ मंसिर । मेलम्चीको पानी उपत्यकामा वितरणका लागि निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो पानी प्रशोधन केन्द्रको परीक्षण सफल भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।  सुरुङको सुन्दरीजल–सिन्धु नौ किमी मार्ग खनी सकिएको छ, सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथानको १.९० किमी सुरुङ निर्माण मात्र बाँकी छ, कमजोर चट्टानका कारण केही ढिलो भए पनि ढिलोमा चैत अन्तिमसाता अथवा वैशाख पहिलो हप्तासम्म पानी राजधानी आइपुग्छ सुन्दरीजलमा निर्माण..

    'प्लास्टिकमुक्त सूर्याेदय' अभियान शुरू

    शनिबार, मंसिर २, २०७४ साल
    इलाम, २ मंसिर  पूर्वी पर्यटकीय नगरी सूर्याेदय नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने अभियान शुरू गरिएको छ ।  फिक्कल बजार, कन्यामलगायत क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले यही मंसिर १ गतेदेखि अभियान शुरू गरेका हुन् । अभियानको पहिलो दिन जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानीयवासी एवं विदेशीसमेत सहभागी थिए ।  सरसफाइ अभियानकर्मीले जथाभावी छरिएको फोहर बटुलेर नजिकै रहेको डस्टबिन एवं बोरामा राखेका थिए । विदेशीले पनि..

    गुटखाजन्य पदार्थको रोकथामका लागि हस्ताक्षर अभियान

    शनिबार, मंसिर २, २०७४ साल
    राजविराज, २ मंसिर ‘हमर प्रतिज्ञा सभक सरोकार, खैनी गुटखामुक्त परिवार, युवा समर्पित स्थानीय सरकार’ भन्ने नारासहित सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थको बिक्री र प्रयोगविरुद्व शुक्रबारबाट राजविराजमा हस्ताक्षर अभियान प्रारम्भ गरेको छ ।  राजविराजको गजेन्द्र चोकमा आयोजित एक कार्यक्रमबीच राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले पहिलो हस्ताक्षर गर्दै अभियानको प्रारम्भ गरे ।  उनले गुटखाजन्य पदार्थ सेवन गर्ने युवा शक्तिको संख्या बढिरहेको बताउँदै यसलाई कमी ल्याउन..

    वायु प्रदूषण नियन्त्रण गर्न ‘शीघ्र कार्यदल’ गठन

    शुक्रबार, मंसिर १, २०७४ साल
    काठमाडौँ, १ मंसिर काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि त्यसलाई तत्काल नियन्त्रण गर्न र सरोकारवाला निकायबीच समन्वय गर्न सरकारले ‘शीघ्र कार्यदल’ गठन गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्ने सम्बन्धमा सम्बन्धित निकायका प्रतिनिधिको उपस्थितिमा आज भएको बैठकपछि सो कार्यदल गठन गरिएको हो ।  सरकारी निकायबीच समन्वय गरी तत्काल वायु प्रदूषण समाधान गर्न प्रधानमन्त्री कार्यालयका सहसचिव नारायणप्रसाद रेग्मीको संयोजकत्वमा..

    गौचन हत्यामा संलग्न थप दुई जना पक्राउ

    शुक्रबार, मंसिर १, २०७४ साल
    काठमाडौं, मंसिर १ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बसन्त थेबे र धनराज योङहाङ रहेको प्रहरीले जनाएको छ ।  उनीहरुलाई शुक्रबार कपनबाट पक्राउ गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआइजी गणेश केसीले जानकारी दिए । उनीहरुको डेराबाट प्रहरीले घटनामा प्रयोग गरिएको दुई वटा पेस्तोल र त्यसमा लाग्ने १० राउण्ड गोली पनि बरामद..

    संविधानमा भएको त्रुटी सुधार गर्न तयार छौं : निधि

    शुक्रबार, मंसिर १, २०७४ साल
    काठमाडौ १ मंसिर ।  नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।  यसअघि पनि कांग्रेसकै अगुवाइमा संविधान संशोधन प्रस्ताव अगाडि बढेको र आगामी दिनमा समेत त्रुटि सुधार गर्न नेतृत्व लिने निधिले बताए ।  जनकपुर उपमहानगरपालिका–१० मा चुनावीसभा तथा मतदाता भेटघाट कार्यक्रममा उनले काँग्रेस न्यून क्षतिमा अधिक उपलब्धि लिने उद्देश्यले मधेश अधिकार सम्बोधन गर्ने लक्ष्यका..

    रोल्पामा पूर्वसभामुख घर्ती, पुन र महरा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

    शुक्रबार, मंसिर १, २०७४ साल
    रोल्पा, मंसिर १। रोल्पामा माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी शुक्रबार बम प्रहार भएको छ । रोल्पाको लिवाङमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सुलिचौरबाट लिवाङ तर्फ जाँदै गर्दा लिबाङ नजिकै भदौरे जंगलमा निवर्तमान सभामुख ओनसरी घर्तीमगर, नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुईवटा बम प्रहार भएको प्रहरीले जनाएको छ । भदौरे जंगलको भिरबाट नेताहरुको गाडी भन्दा १०..

    कांग्रेस कार्यकर्ता सवार गाडीमा बम प्रहार, ६ जना घाइते

    शुक्रबार, मंसिर १, २०७४ साल
    काठमाडौ १ मंसिर ।  नेपाली कांग्रेसका नेता डा. रामशरण महत र रमेशकुमार महतलाई लक्षित गरि आज विहान नुवाकोटमा बम बिस्फोट भएको छ ।  नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण र प्रदेश नं २ का उम्मेदवार रमेशकुमारलाई लक्षित गर्दै बम विस्फोट गराइएको बताइएको छ ।  नुवाकोटको चतुरालेमा आयोजित चुनावि सभालाई संबोधन गर्न काठमाडौंबाट त्यस जाँदै गर्दा डाडागाउँ शिकारी चौरमा..

    सल्यान सल्लीबजारदेखि तुलसीपुरसम्म बस सञ्चालन

    शुक्रबार, मंसिर १, २०७४ साल
    सल्यान, १ मंसिर । सल्यानको सल्लीबजारदेखि दाङ तुलसीपुरसम्म बस सञ्चालनमा आएको छ । सल्यानको सल्लीबजारदेखि सुर्खेत बोटेचौरबाट रामपुर कालिमाटी रुट हुँदै तुलसीपुरमा आजदेखि बस सञ्चालनमा आएको हो ।  भेरी राप्ती बस व्यवसायी समिति सल्लीबजार सल्यान र राप्ती सार्वजानिक यातायात तुलसीपुर दाङ बिचमा आलोपालो गाडी सञ्चालन गर्ने भनेर सहमति भएको भेरी राप्ती बस व्यवसायी समिति प्रधान कार्यालय सल्लीबजारका सचिव प्रेम पुनले बताए ।  फाइल फोटो  दाङ..

    चितवन क्षेत्र नं ३ मा शीर्ष नेताहरुको रोमाञ्चक भिडन्त

    शुक्रबार, मंसिर १, २०७४ साल
    चितवन, १ मंसिर ।  चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेका चितवन क्षेत्र नं ३ मा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुई शीर्ष नेताको प्रतिस्पार्धाले यहाँका निर्वाचन रोमाञ्चक बन्दै गएको छ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे बीचको मुख्य प्रतिस्पर्धाका कारण चितवनको निर्वाचन क्षेत्र नं ३ अहिले सबैको ध्यान तानेको..

    बेरोजगारी समस्या समाधान गर्न पहल गर्छु : प्रधानमन्त्री

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    डडेल्धुरा, ३० कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा विद्यमान अवस्थामा रहेको बेरोजगारीको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।  गृहजिल्ला डडेल्धुरामा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले आफू र पार्टीका प्रदेशसभा उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन आग्रह गरे ।  प्रधानमन्त्री देउवाले भने, “मसित त तपाईंहरु झगडा गर्नेदेखि आफ्नो हकअधिकारका लागि बोल्न..

    माओवादी नेता नारायणकाजीलाई लक्षित गरि बम विस्फोट

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    गोरखा, ३० कात्तिक ।  नेकपा माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी सुतली बम विष्फोट भएको छ । गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको बताइएको छ ।   अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको..

    चितवनमा १६१ मतदानस्थल मध्ये ५२ वटा मतदानस्थल अतिसंवेदनशील

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    चितवन, कात्तिक ३०। चितवनमा आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएका १६१ मतदानस्थल मध्ये ५२ वटा मतदानस्थललाई अतिसंवेदनशील र १०९ मतदानस्थललाई संवदेनशीलको सूचिमा राखिएको छ ।  जिल्लाका १६१ स्थलका ४०८ मतदानकेन्द्रमा भित्री सुरक्षा नेपाल प्रहरी, बीचको घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेना रहने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।  जिल्लामा सुरक्षा सर्तकता उच्च पारिएको जिल्ला..

    आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धन : दाहाल

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    भैरहवा, कात्तिक ३० ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अस्थिरताका कारण मुलुकमा चाहे अनुसारको विकास गर्न नसकिएको बताएका छन् ।  उनले आर्थिक विकास र समृद्धिका लागि वाम गठबनधन उत्तम हुने दाबी गरे । ७० वर्ष देखिको राजनीतिक भुमरी अन्त्य गर्न वाम गठबन्धन बनाइएको उनको जिकिर थियो ।  बिहीबार भैरहवामा आयोजित चौथो राष्ट्रिय व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दाहालले पाँच वर्ष..
    Weather Forecast