शुक्रबार, मंसिर ६, २०७६

    राज्य-समाज

    अपराह्न १ बजेसम्म ४० प्रतिशत मतदान, सबैभन्दा बढी मनाङमा : ५० प्रतिशत

    आईतवार, मंसिर १०, २०७४ साल
    काठमाडौं , १० मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज अपराह्न १ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।  निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार अपराह्न १ बजेसम्म औसतमा ४० प्रतिशत मतदान भएको छ । सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान भएको छ ।  प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि..

    रुकुममा मतपेटिकाबाट निस्कियो धुँवा, मतदान स्थगित

    आईतवार, मंसिर १०, २०७४ साल
    रुकुम, १० मंसिर ।   रुकुमको बासीकोट गाउँपालिका-५ काँडामा रहेको रत्न आधारभूत विद्यालयको ‘प’ केन्द्रको एक मतपेटिकाबाट एक्कासी धुँवा आएपछि उक्त केन्द्रको मतदान स्थगित गरिएको छ । मतपेटिकाबाट कसरी धुँवा आयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अज्ञात व्यक्तिले एसिड हालेको हुनसक्ने शंका कर्मचारीले गरे पनि खास कारण अझै पत्ता लाग्न सकेको छैन ।..

    प्रमुख निर्वाचन आयुक्त र आयुक्तबाट निर्वाचनको प्रत्यक्ष निगरानी

    आईतवार, मंसिर १०, २०७४ साल
    काठमाडौँ, १० मंसिर । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका छन् ।  मतदान कार्यमा तत्काल सम्बोधन गर्नुपर्ने विषयमा तुरुन्तै निर्देशन दिने उद्देश्यले आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा रहेर उनीहरुले निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका हुन् ।  आज भइरहेको विकट हिमाली तथा उच्च पहाडी जिल्लाका निरन्तररुपमा..

    चैत १ गतेबाट देशभर बीस बर्ष पुराना सवारी साधन चलाउन नपाईने

    आईतवार, मंसिर १०, २०७४ साल
    मंसिर १०, काठमाडौँ । सरकारले बीस बर्ष पुराना सवारी साधन संञ्चालनमा रोक लगाउने तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।  आगामी चैत्र १ गतेबाट देशैभरी बीस बर्ष पुराना सार्वजनिक सवारी सधान सञ्चालनमा रोक लगाउने भएको हो ।सरकारले यस अघि नै काठमाडौँ उपत्यकामा बीस बर्ष पुराना सवारी साधन संञ्चालनमा रोक लगाएको थियो । यातायात व्यवस्था विभाग अहिले देशभर रहेको बीस बर्ष पुराना सवारी..

    प्रथम र दोस्रो चरण मतदानको मतगणना एकैपटक, मतपेटिका “विशेष सुरक्षा निगरानीमा” राखिने

    आईतवार, मंसिर १०, २०७४ साल
    काठमाडौं, १० मंसिर । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेपछि ३२ वटै जिल्लाका मतपेटिका सदरमुकामसम्म ओसार्न बढीमा तीन दिन लाग्ने बताएको छ। केही दुर्गम स्थानबाट मतपेटिका ओसार्न ढिला हुनसक्ने उनीहरुको भनाइ छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन नसकिएसम्म ती मतपेटिकालाई "विशेष सुरक्षा निगरानी"मा राखिने सुरक्षा अधिकारीहरुले बताएका छन्। केही विकट, उच्च पहाडी र हिमाली जिल्लाका मतपेटिका भने..

    म्याग्दीमा ११२ वर्षका खड्कबहादुर भण्डारीद्वारा मतदान

    आईतवार, मंसिर १०, २०७४ साल
    म्याग्दी, १० मंसिर ।  रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रमा ११२ वर्षका खड्कबहादुर भण्डारीले मतदान गरेका छन् । जिल्लामा मतदाताले उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् म्याग्दीमा एक नगरपालिकासहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ।  म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन..

    पौष १५ भित्र सबै मतपरिणाम आइसक्ने, दश दिनपछि मात्रै मगतणना

    आईतवार, मंसिर १०, २०७४ साल
    मंसिर १०, काठमाडौँ । आज ३२ जिल्लामा प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । दुई चरणमा हुन लागेको निर्वाचनको पहिलो चरणमा उच्च हिमाली तथा केही पहाडी जिल्लामा पहिलो चरणमा निर्वाचन हुन लागेको हो । बिहान सात बजेदेखि नै मतदाताहरु मतदान स्थलमा पुगिसकेका छन् । पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्र तोकिएका छन् । १..

    मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता

    आईतवार, मंसिर १०, २०७४ साल
    काठमाडौँ, १० मंसिर मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ ।  प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन..

    निर्वाचनलाई थप सुरक्षित बनाउन नेपाली सेनाले ‘हवाई गस्ती’ गर्ने !

    शनिबार, मंसिर ९, २०७४ साल
    काठमाडौं, मंसिर ९ ।  मंसिर १० गते हुने पाहिलो चरणको निर्वाचनमा नेपाली सेनाले हवाई गस्ती गर्ने भएको छ । सेनाले निर्वाचनलाई सुरक्षित बनाउन निर्वाचन अवधिभर हवाई गस्ति गर्नेछ । सेनाले राजधानी सहित नेपाली सेनाका सातवटै पृतनाहरुमा सुरक्षा गस्तीका लागि हेलिकप्टर तयारी अवस्थामा राखेको छ ।   हाल नेपाली सेनासंग १४ वटा हेलिकोप्टर चालू अवस्थामा छन् ।  निर्वाचनको अवधिमा कुनै घटना भएमा सुरक्षा प्रदान..

    उपप्रधानमन्त्री थापासँग आयोगले माग्यो स्पष्टीकरण

    शुक्रबार, मंसिर ८, २०७४ साल
    काठमाडौं, मंसिर ८ ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत मौनअवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना प्राप्त भएको जनाउँदै उपप्रधानमन्त्री कमल थापालाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिले यही मंसिर १० गते प्रथम चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मौनअवधि सुरु भएपछि राप्रपाका अध्यक्ष थापाले निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्नो पार्टीको पक्षमा..

    ३२ जिल्लामा हुने पहिलो चरणको चुनावको सम्पूर्ण तयारी पूरा

    शुक्रबार, मंसिर ८, २०७४ साल
    काठमाडौं, मंसिर ८ । पर्सी आइतबार हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनावका लागि कर्मचारी तथा आवश्यक सामग्री मतदानस्थलमा पुगिसकेको आयोगले जनाएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नङमा लगाउने मसी लगायत ६४ प्रकारका सामान मतदान स्थलमा पु¥याइसकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी..

    निर्वाचन अनुगमन : उल्लंघन गर्नेमा ठूला दल नै अग्रपङक्तिमा

    शुक्रबार, मंसिर ८, २०७४ साल
    काठमाडौँ, ८ मंसिर ।  निर्वाचन आयुक्त सुधीरकुमार शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा निर्वाचन आचारसंहिताको काठमाडौंमा पालना के–कस्तो ढंगबाट भइरहेको छ भन्नेबारेमा आज अनुगमन गरेका छन् ।  सो क्रममा चाबहिलको लामपोखरी, पशुपति मित्रपार्क क्षेत्र र बानेश्वरको संगमचोकमा निर्वाचन आचारसंहिता विपरीत सडकमा वारपार गरी टाँगिएका पार्टीका चिन्ह अंकित तुल-ब्यानर प्रचारजस्ता प्रचार सामग्री हटाउने कार्यक्रममा उनी आफैं संलग्न भए ।  अनुगमनको क्रममा नेपाली काँग्रेस, नेकपा..

    निर्वाचन शिक्षाको अप्रभावकारिता : नमूना मतदानमै ल्याप्चे

    शुक्रबार, मंसिर ८, २०७४ साल
    अछाम, ८ मंसिर । अछामको बान्नीगढ जयगढ गाउँपालिका–३ की सरु ताम्राकार आफु नमूना मतदानकै बेलामा निकै अलमलिएको बइन् ।  “तीन मतपत्रमा भोटहाल्नु पर्दोरहेछ म त अल्मलिएँ” उनले भनिन्, “कता खसाल्ने, के गर्ने भनेर थाहै भएन ।” नमूना मतदान बजार क्षेत्रमा मात्रै गर्ने तर जान्ने बुझ्नेले नै मत बदर गरेको पाइएको स्थानीय प्रेम ताम्राकारले बताए ।  जयगढमा गराइएको मतदानमा प्रतिनिधिसभातर्फ कूल खसेको ५१ मतमध्ये पाँच..

    नौ वर्षपछि जयराम पुल सञ्चालन, बल्ल खुल्यो खोटाङमा समृद्धिको बाटो

    शुक्रबार, मंसिर ८, २०७४ साल
    खोटाङ, ८ मंसिर । जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोसी नदीमा निर्माण गरिएको मोटरेवल पक्की पुल सञ्चालनमा आएको छ ।  खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटमा निर्माण गरिएको सो पुल आज बिहानबाट सञ्चालनमा ल्याइएको हो ।  सम्झौता अबधि सकिएको पाँच वर्षपछि मात्र निर्माण कार्य सकिएको जयराम पुलमा बिहीबार एकै चोटी तीनवटा ठूला ट्रकमा १५० टनको लोड राखेर गरिएको परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइएको ठेकेदार कम्पनीले..

    निर्वाचनको मिति नजिकिएसँगै दाङमा चुनावी चलहपहल बढ्दो

    शुक्रबार, मंसिर ८, २०७४ साल
    दाङ, मंसिर ८ । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आचारसहिंता उल्लंघनको उजुरी आउने क्रम सुरु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दाङमा विकास निर्माणका कुनै पनि काम नगर्न निर्देशन गरेको छ । चुनावलाई प्रभावित पार्ने गरी विकास निर्माणका काम भइरहेको भन्ने उजुरी आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दाङका दश वटै स्थानीय तहलाई विकास निर्माणका काम नगर्न निर्देशन..

    नुवाकोट उर्लेनीका जोखिमयुक्त स्थानका पीडितले शुरु गरे एकीकृत बस्ती निर्माण

    शुक्रबार, मंसिर ८, २०७४ साल
    काठमाडौँ, ८ मंसिर। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्णयबमोजिम रु दुई लाख अनुदान लिएर नुवाकोट उर्लेनीका २४ घरपरिवारले सुरक्षित स्थानमा घडेरी खरिद गरेका छन् ।  भौगर्भिक अध्ययनअनुसार नुवाकोटको विकट उर्लेनीमा रहेका ७१ घर परिवार जोखिमयुक्त बस्तीमा बस्दै आएका थिए । यसमध्ये २४ लाभग्राहीले नुवाकोटस्थित ताँदी गाउँपालिका (साविक खरानीटार गाविस) मा घर निर्माणका लागि जग्गा खरिद गरेका छन् ।  जग्गाधनी र लाभग्राहीको मञ्जुरीमा सरकारको रु दुई..

    उद्योग मन्त्री सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बाल्टिन बम विष्फोट

    शुक्रबार, मंसिर ८, २०७४ साल
    ८ मंसिर, धनकुटा । उद्योग मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा आज बिहान बाल्टिन बम विष्फोट गराईएको छ । धनकुटाको फक्सिङ खोलामा अज्ञात समूहले बिहान साँढे ७ बजे सडकमा बिच्छ्याएर राखिएको बालटिन बम  बम विष्फोट गराएको प्रहरी प्रमुख सुदिप राजभण्डारीले जनाएका छन् ।  राजभण्डारीका अनुसार गुड्दै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको भए पनि एक जना पैदलयात्रीलाई सामान्य चोट..

    शशांक कोइरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर कुकर बम भेटियो

    शुक्रबार, मंसिर ८, २०७४ साल
    ८ मंसिर, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर कुकर बम भेटिएको छ । नवलपरासीको बर्दघाटमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयअगाडि बिहान बम भेटिएको हो । उक्त कुकर बम कसले राखेको थाहा नभए पनि नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले राखेको हुन सक्ने अनुमान गरिएको छ । बम निष्क्रय पार्नका लागि नेपाली सेनाको बम डिस्फोजल टोली बोलाइएको जिल्ला प्रहरी..

    पहिलो चरणको मतदानका लागि मतदाता परिचय पत्र बाँड्ने काम शुरु

    शुक्रबार, मंसिर ८, २०७४ साल
    काठमाडौं , ८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि मतदाता परिचय पत्र बाँड्न शुरु गरिएको निर्वाचन आयोगले बताएको छ। आयोगका अनुसार पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका ४ हजार ४ सय ६५ मतदान केन्द्रबाट दुई दिन मतदाताहरुले परिचय पत्र लिन सक्नेछन् । स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र लिइसकेका मतदाताले भने त्यही परिचय पत्र प्रयोग गर्न सक्ने जनाइएको छ। मतदाता परिचयपत्र..

    भक्तपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घन, आयोगको निर्देशनको अवज्ञा

    शुक्रबार, मंसिर ८, २०७४ साल
    भक्तपुर, ८ मंसिर ।   प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा चिर्वाचन आचारसंहिता उल्लंघन बढेको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा तुल झुण्ड्याउने, ब्यानर र झण्डा राख्नेक्रम बढेको हो ।  निर्वाचन कार्यालयका प्रमुख उमेश राईले आयोगले जारी गरेको आचारसंहिता विपरीत विभिन्न दललाई जिल्लाका अधिकांश क्षेत्रमा राखेका तुल तथा ब्यानर हटाउन र अब नटाँस्न निर्देशन दिए पनि निर्देशनको अवज्ञा गर्दै आएको..

    बाम गठबन्धनको चुनावी सभालाई लक्षित गरि इटहरीमा बम विस्फोट, क्षति हुन पाएन

    बिहिवार, मंसिर ७, २०७४ साल
    सुनसरी, मंसिर ७ । नेकपा एमाले तथा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनको चुनावी सभालाई लक्षित गरी इटहरीमा बम विस्फोट भएको छ ।  इटहरीको वडा नम्बर ५ जनता बस्तीमा वाम गठबन्धनले आयोजना गरेको चुनावी सभा छेउमै बम विस्फोट भएको हो । विस्फोटबाट भौतिक क्षति भने भएको छैन । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सञ्जय राउतले बम कसले पड्कायो भनेर अनुसन्धान भइरहेको बताए..

    ३२ जिल्लाको निर्वाचनका लागि आज रातिबाट मौन अवाधि सुरु हुदै

    बिहिवार, मंसिर ७, २०७४ साल
    काठमाडौ ७ मंसिर ।  आगामी आइतबार पहिलो चरणमा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मध्यरातिबाट मौन अवाधि सुरु हुदैछ । पहिलो चरणमा चुनाव हुने ३२ वटा जिल्लामा आज राति १२ बजेदेखि मौन अवाधि सुरु हुने निर्वाचन आयोगका प्रवक्त नवराज ढकालले जानकारी दिनुभयो ।  मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले चुनावी प्रचारप्रसार गर्न र संलग्न..

    पहिलो चरणको निर्वाचनका लागि ७२ घण्टा सम्म सीमा नाका बन्द हुने

    बिहिवार, मंसिर ७, २०७४ साल
    काठमाडौं मंसिर ७ । आगामी आइतबार हुन लागेको पहिलो चरणको प्रतिनिधि  तथा प्रदेशसभा सदस्यका निर्वाचनका लागि प्रदेश नम्बर ७ मा नेपाल–भारत सीमा नाका आज रातिदेखि ७२ घण्टा बन्द हुने भएको छ । पहिलो चरणमा हुने चुनावमा भारतसँग सीमा जोडिएका बैतडीका झुलाघाट र दार्चुलासँग सीमा जोडिएका नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो ।  चुनावको समयमा सुरक्षालाई प्रबन्ध मिलाउन आजराति १२ बजेदेखि झुलाघाट..

    पहिलो चरणमा निर्वाचन हुने जिल्लामा आजदेखि विद्यालय बन्द हुने

    बिहिवार, मंसिर ७, २०७४ साल
    काठमाडौ ७ मंसिर ।  पहिलो चरणमा निर्वाचन हुने जिल्लामा विहीबारबाट शैक्षिक संस्था बन्द हुदैछ । आइतबार मतदान हुने ३२ जिल्लामा विहाीबारदेखि चार दिन विद्यालय बन्द हुने भएको हो ।  धेरैजसो शैक्षिक संस्थामा मतदान केन्द्र रहेकाले निर्वाचनको तयारी तथा सामग्री व्यवस्थापनका लागि विहीबारदेखि नै बन्द गर्ने तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा मंसिर २१ मा निर्वाचन हुने ४५ जिल्लामा भने आगामी..

    सुत्केरीको ज्यान बचाए काँग्रेसका उम्मेदवारले, प्रचारप्रसारको गाडीमा अस्पताल

    बिहिवार, मंसिर ७, २०७४ साल
    रुकुम, ७ मंसिर ।  सुत्केरी बेथाले घरमै ग्रस्त पश्चिमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका उम्मेदवारले बचाएका छन् । काँग्रेस रुकुम पश्चिममा प्रदेश सभा ‘ख’ का उम्मेदवार खड्कबहादुर डाँगीले त्रिवेणी गाउँपालिका–४ की मीना केसीको ज्यान बचाएका हुन् ।  आर्थिक अवस्था कमजोर भएका कारण घरमै सुत्केरी बेथा शुरु भए पनि उनलाई स्वाथ्य चौकी पु¥याउन समस्या भएको थियो । उम्मेदवार डाँगी चुनावी प्रचारको सिलसिलामा त्यहाँ..

    काँग्रेस सभालाई लक्षित गरी राखिएको सकेट बम निस्क्रिय पारियो

    बिहिवार, मंसिर ७, २०७४ साल
    दोलखा, ७ मंसिर । नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो ।  सकेट बम राखिएको स्थानमा काँग्रेसले आज आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सम्बोधन गर्ने..

    'एनडिआरसी' नेपाललाई जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

    बिहिवार, मंसिर ७, २०७४ साल
    जर्मनी, ७ मंसिर । दिगो कृषि प्रणाली, जैविक विविधता संरक्षण, विपद् जोखिम व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन र सिमसार संरक्षणमा महत्वपूर्ण योगदान गरेवापत राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडिआरसी नेपाल) लाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।  संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्वन्धि महासन्धि (युएनएफसिसिसी) को २३ औं सम्मेलन (कोप–२३) का अवसरमा यहाँ आयोजना गरिएको विशेष कार्यक्रममा विश्व वातावरण कोषका प्रमुख कार्यकारी अधिकृत डा.नाओका..

    विराटनगरमा दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने

    बिहिवार, मंसिर ७, २०७४ साल
    मोरङ, ७ मंसिर । सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएको छ ।  एशियाली विकास बैंक (एडिवी)को सहयोगमा निर्माण भइरहेको ढल, नाला र ग्राभेल सडकमा कालोपत्रे हुने भएपछि नगरवासीले खेप्दै आएको धुलो र दूषित प्रदूषणबाट मुक्ति पाउने छन् । खाल्डाखुल्डी सडकका कारण आवागमनमा समस्या देखिँदा महानगरपालिका आलोचित बन्दै आएको थियो ।  विराटनगर महानगरपालिकाका..

    नुवाकोट जिल्लाको ढिकुरे बजारसहित आसपासका क्षेत्र निषेधित क्षेत्र घोषणा

    बिहिवार, मंसिर ७, २०७४ साल
    नुवाकोट, ७ मंसिर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ ।  नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्लाभित्र कुनै पनि सभा र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको सूचनामार्फत जनाएको छ..

    अख्तियार दुरुपयोग अनुसान्धान आयोगद्वारा इटहरी उपमहानगरको कागजत जफत

    बिहिवार, मंसिर ७, २०७४ साल
    इटहरी, ७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।  चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरिद गरेको रु ९७ लाखको सिएफएल र त्यसको सेटमा लाखौँ भ्रष्टाचार भएको भन्ने उजुरीमा अख्तियारले खरिदसम्बन्धी..
    Weather Forecast