शुक्रबार, मंसिर ६, २०७६

    राज्य-समाज

    बेरोजगार युवालाई रोजगार प्रदान गर्दै सरकार

    बुधबार, मंसिर १३, २०७४ साल
    मंसिर १३, काठमाडौँ । सरकारले बेरोजगार युवालाई रोजगारका लागि निवेदन दिन आह्वान गरेको छ । सरकारले  युवा उद्यम कार्यक्रम अन्तर्गत युवाहरुलाई रोजगार प्रदान गर्न १ सय ६५ वटै निर्वाचन क्षेत्रबाट आवेदन दिन आह्वान गरेको हो । १० देखि १५ जना युवा समिलित एउटा संस्था निर्माण गरेर बेरोजगार युवाहरुले आफुले गर्ने उद्यम र त्यसको खाका सहित निवेदन दिन सक्ने युवा परिषदले उल्लेख..

    मतदाता शिक्षाको अप्रभावकारिता : भक्तपुरका मतदाता भन्छन्–“मतदान गर्न आउँदैन”

    बुधबार, मंसिर १३, २०७४ साल
    भक्तपुर, १३ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्नका लागि आम मतदाता मतदान गर्न आतुर छन्, तर डर छ, कतै आफूले गरेको मतदान बदर भएर खेर जाने त होइन ? प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल मतदाता अन्यौलमा रहेको बताउंछिन्  ।  तीन पटक मतदान गर्नुपर्छ भन्ने जनताले बुझे पनि चार ठाउँमा मतदान गर्नुपर्छ भन्ने बुझ्न सकेका छ्रैनन् । कुन रंगको मतपत्र कसका लागि..

    राजस्वका पूर्वमहानिर्देशक 'चुडामणि शर्मा' धरौटीमा रिहा

    बुधबार, मंसिर १३, २०७४ साल
    मंसिर १३, काठमाडौँ । आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा धरौटीमा छुटेका छन् । मंगलबार बिशेष अदालतमा एक करोड रुपैयाँ धरौटी पेश गरेपछि शर्मालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको हो । न्यायाधिसहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले शर्मालाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।  हाल सम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोगमा शर्मा माथि मुद्दा दायर भएको थियो । अदालतले..

    राजधानीमै एमाले अध्यक्षले सम्बोधन गरिरहेको सभा नजिकै बम विष्फोट

    मंगलवार, मंसिर १२, २०७४ साल
    काठमाडौं, मंसिर १२ । राजधानीको लगनखेलको बटुक भैरव मन्दिर र नमुना मछिन्द्र मावि नजिकै बम विष्फोट भएको छ । वाम गठबन्धनको आमसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा आमसभा नजिकै विष्फोट भएको हो । विष्फोटबाट नमुना मच्छिन्द्र विद्यालयका झ्यालहरु फुटेका छन् । विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।  घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको..

    बानेश्वर चोक वाम गठबन्धनको कब्जामा, गाडी जाम हुँदा यात्रु मर्कामा

    मंगलवार, मंसिर १२, २०७४ साल
    काठमाडौं, मंसिर १२। नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनको चुनावी सभाको लागि भन्दै गठबन्धनले राजधानीको नयाँ बानेश्वर चोक कब्जा गरेको छ ।  वाम गठबन्धनको अहिले हुन लागेको सभाका लागि भन्दै गठबन्धनका कार्यकर्ताले बानेश्वरचोकबाट उत्तरतिर जाने बाटोमा मोटरसाइकल समेत चल्न नदिएपछि थापा गाउँ तथा पुरानो बानेश्वर जानेलाई समस्या भएको छ ।  बानेश्वर चोकमा नै सभाको तयारी भइरहेकाले तिनकुने र बबरमहलसम्मकै सडकमा पनि..

    गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालियो

    मंगलवार, मंसिर १२, २०७४ साल
    उदयपुर, १२ मंसिर । गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुर र खोटाङबीच फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालिएको छ ।  आगामी पुस महिनाको पहिलो हप्तादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्षका साथ बेलिब्रिज जडानका लागि प्रारम्भिक कार्य शुरु भएको सो पुल निर्माणमा आवद्ध निर्माण व्यवसायी प्रेमकुमार कार्कीले बताए ।  पचास मिटर लम्बाइ र पाँच मिटर चौडाइको उक्त पुलबाट पुसको पहिलो हप्तमै यातायात चालु गर्नेसमेत निर्माण व्यवसायी..

    ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाममा ल्याइँदै

    मंगलवार, मंसिर १२, २०७४ साल
    काठमाडौँ, १२ मंसिर । निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रयोग भएका ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहको जनाएको छ ।  अहिलेसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार, कुल दुई हजार ९१७ मतदानस्थलमध्ये अब संखुवासभाका..

    सिमकोटमा तारा एयरको विमान दुर्घटना, दुर्इ पाइलटसहित ५ घाइते

    मंगलवार, मंसिर १२, २०७४ साल
    १२ मंसिर, काठमाडौं ।  मंगलबार बिहान हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि ९एन एबीएम कलसाइनको विमान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटहरु बसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीन जना चुनाव सकेर फर्किदै..

    सप्तरीमा उपेन्द्र यादव, जयप्रकाश ठाकुर र उमेश यादवबीच तीव्र प्रतिस्पर्धा

    मंगलवार, मंसिर १२, २०७४ साल
    राजविराज, १२ मंसिर । सप्तरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा अहिले चुनावी रौनक निकै बढेको छ ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य उमेश यादव तथा राजपाका पूर्व सहमहामन्त्री स्वतन्त्ररुपमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुर चुनावी मैदानमा छन्  ।  यो क्षेत्रमा मधेश गठबन्धन र वाम गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएकाले..

    भूकम्पले क्षतिग्रस्त हनुमानघाटस्थित बुद्ध मूर्तिको जीर्णोद्धार सम्पन्न

    मंगलवार, मंसिर १२, २०७४ साल
    भक्तपुर, १२ मंसिर । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको भक्तपुर नगरपालिका–७ स्थित प्रसिद्ध तीर्थस्थल हनुमानघाट परिसर खुसी विहारमा रहेको भगवान् बुद्धको ठूलो मूर्तिको जीर्णोद्धार सम्पन्न भएको छ ।  भक्तपुर बौद्ध सम्पदा संघको भूकम्पले क्षतिग्रस्त बौद्ध सम्पदाको संरक्षण र संवद्र्धन गर्ने योजनाअन्तर्गत गत भदौ ८ गतेबाट शुरु भएको जीर्णोद्धार मंसिर पहिलो साता सम्पन्न भएको हो ।  भक्तपुरको मुनि विहार, इनाचो, वाँचुत्वाःका दाताहरु, स्व रामशेखर नकर्मीको..

    कालीगण्डकी नदीमा पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटियो

    मंगलवार, मंसिर १२, २०७४ साल
    म्याग्दी, १२ मंसिर । म्याग्दीको बेनी नगरपालिका–१ सारेमारे र पर्वतको जलजला गाउँपालिका–७ लस्तीको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।  १८७.५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । रत्नेचौर र धाइरिङका बासिन्दालाई ढोडेनी भएर घुमाउरो बाटो हिँड्दा एक घण्टा लाग्ने गरेकामा पुल बनेपछि पाँच मिनेटमै सारेमारेदेखि लस्ती बजार पुग्न सकिने भएको..

    पर्वतको लोप्रेमा खानेपानीको हाहाकार, ६६ घरधुरी पानीको सुविधाबाट वञ्चित

    मंगलवार, मंसिर १२, २०७४ साल
    फलेवास, पर्वत, १२ मंसिर । यहाँको एक गाउँमा खानेपानीको हाहाकार भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकास्थित साविक लेखफाँट गाविसस्थित वडा नं ७ लोप्रे गाउँमा खानेपानीको हाहाकार मच्चिएको हो ।  नजिकमा पानीको भरपर्दो स्रोत नहुँदा वर्षौंदेखि स्थानीयवासीले खानेपानीमा समस्या खेप्दै आएका छन् । लोप्रेका ६६ घरधुरी खानेपानीको सुविधाबाट वञ्चित बनेका छन् ।  वर्षायाममा गाउँ वरिपरि मूल उठ्ने भएकाले समस्या नभए पनि हिउँदको समयमा..

    काठमाडौं-९ मा 'ध्यानगोविन्द र कृष्णगोपाल'बीच रोचक भिडन्त

    मंगलवार, मंसिर १२, २०७४ साल
    काठमाडौँ मंसिर ११ ।  काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रका अधिकांश स्थानमा दुबै गठबन्धनबाट दिनहुँ हुने राजनीतिक गतिविधि तथा त्यहाँ सहभागी हुने स्थानीयबासीको संख्यालाई आधार बनाउने हो भने कुन दलले चुनावी बाजी मार्ने भन्नेमा अहिले नै यकिन गर्न सकिदैन ।  राजधानीको यस निर्वाचन क्षेत्रमा दुई नेवार..

    'नेपालका लागि दमकल' अभियानले शुरु गर्‍यो क्राउडफन्डिङ

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौँ, ११ मंसिर । नेपाल दमकल अभियानले दुई लाख अमेरिकी डलर संकलन गर्ने उद्देश्यले आजदेखि एउटा क्राउडफन्डिङ अभियान शुरु गरेको छ ।  दमकल ढुवानी गर्न र अभियानलाई आर्थिक सहयोग जुटाउनाका साथै नेपाल भित्रिँदै गर्दा यस यात्राको अविस्मरणीय वृत्तचित्र निर्माण गर्न प्रयोग गरिनेछ ।  दशवटा दमकललाई हिमालयदेखि काठमाडौँसम्म चलाएरै पुर्‍याउन र मात्रै तीन वटा दमकलले ५० लाख मानिसलाई सेवा पुर्‍याइरहेको स्थानीय अग्नि नियन्त्रण विभागलाई..

    उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

    सोमबार, मंसिर ११, २०७४ साल
    गोरखा, ११ मंसिर । उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाअन्तर्गत २८ वटा मतदान केन्द्रमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खसालिएको मतसहितको मतपेटिका हेलिकप्टरमार्फत आज गोरखाको सदरमुकाम ल्याइएको छ ।  नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट मतपेटिका र निर्वाचन अधिकृतसहित कर्मचारी सदरमुकाम ल्याइएको हो । मतपेटिका लिन लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोरखा सभापति हरिबहादुर घले, वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता चूडामणि..

    नेपाल-भारत सीमा नाकामा संयुक्त गस्तीद्वारा सुरक्षा निगरानी सुरु

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौ ११ मंसिर ।  प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा खलल पुग्ने कुनै गतिविधि नहोस् भन्ने उद्देश्यले मोरङको सीमावर्ती क्षेत्रमा नेपाल भारत दुवै तर्फका सुरक्षाकर्मीले संयुक्त गस्ती गरी सीमामा सुरक्षा निगरानी सुरु गरेका छन् ।  सीमा सुरक्षा कार्यालय मोरङको टोली र भारतीय सीमा सुरक्षा बल– एसएसबीको टोलीले हिजोदेखि सीमावर्ती क्षेत्रहरुमा संयुक्त गस्ती सुरु गरेका हुन् ।  आपराधिक समूह नाकाबाट प्रवेश गरी निर्वाचनका बेला कुनै..

    आइतवार मतदान सम्पन्न भएकामद्धये दुई तिहाइ स्थलका मतपेटिका सदरमुकाममा

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौँ, ११ मंसिर । आइतवार मतदान सम्पन्न भएका ३२ जिल्लाका झण्डै तीन हजार मतदान स्थलमध्ये २ हजार ५७ स्थलका मतपेटिका जिल्ला सदरमुकाम पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ। आयोगको जानकारी अनुसार सदरमुकाममा ल्याउन बाँकी मतपेटिकामध्ये १ सय २९ मतदान स्थलका मतपेटिका हेलिकोप्टरबाट पुर्‍याउने तयारी भइरहेको छ। यसैगरी ७ सय ४१ मतदान स्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाम ल्याउने क्रम जारी रहेको आयोगले बताएको..

    खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने : पूर्वसभामुख ढुंगाना

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौँ, ११ मंसिर । पूर्वसभामुख तथा नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाले राजनीतिलाई पेशा नबनाउन दलका नेतासँग आग्रह गरेका छन् ।  नेपाली काँग्रेस, बालकोट इकाइ समितिद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राजनीति कमाइ गर्ने पेशा नभई सामाजिक सेवा भएकाले राजनीतिबाट कमाउन चाहनेले राजनीतिलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने बताए ।  चुनावीसभामा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उनले निर्वाचनमा हारजित जुनसुकै पक्ष विपक्षको भए पनि राजनीतिभित्र भ्रष्टाचार मौलाउँदै..

    जाजरकोटमा मतपेटिकालाई लक्षित गरी बम विस्फोट

    सोमबार, मंसिर ११, २०७४ साल
    जाजरकोट, ११ मंसिर । आइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट गराएको छ ।  आज बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो । विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।  कुशे गाउँपालिका–१ को रोलखोला भन्ने ठाउँमा बम विस्फोट भएको हो..

    रुकुममा मतपेटिका बोकेको टोलीलाई लक्षित गरि बम प्रहार

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौँ, ११ मंसिर । रुकुममा मतपेटिका बोकेको टोलीलाई लक्षित गरि बम प्रहार भएको छ । हिजो साँझ चौरजहारी नगरपालिका ६ को घर्तीकाँडामा बम प्रहार भएको हो । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६, १०, ११, १२, १३ र १४ नम्वर वडाका मतपेटिका बोकेकोको थियो । बम बाटो भन्दा केही माथि परेकाले क्षति नभएको हो । बम प्रहारपछि मतपेटिकाहरु इलाका प्रहरी कार्यालय चौरजहारीमा राखिएको..

    मत सर्वेक्षण गरिए कारबाही हुन्छ – प्रमुख निर्वाचन आयुक्त

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौँ, ११ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन् ।  आज सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मंसिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत..

    महानगरको शान्ति सुरक्षाका लागि पोखरामा ५०० सिसी क्यामेरा राखिने

    सोमबार, मंसिर ११, २०७४ साल
    पोखरा, ११ मंसिर ।  पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफलमा पोखरालेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ ।  स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रमका वक्ताले सिसी क्यामेरा जडानसँगै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताए ।  कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी..

    मंगलबारसम्म जाजरकोटका सबै मतपेटिका सदरमुकाम पुग्ने

    सोमबार, मंसिर ११, २०७४ साल
    जाजरकोट, ११ मंसिर । यहाँका सबै मतदान केन्द्र र स्थलबाट मतपेटिका सदरमुकाम ल्याउने काम शुरु भएको छ ।  जिल्लाका जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका र शिवालय गाउँपालिकाका केही वडा सदरमुकामभन्दा धेरै टाढा हुनुका साथै सडक सञ्जालसँग नजोडिएका कारण यहाँबाट मतपेटिका सदरमुकाम ल्याउन ढिला हुने देखिएको छ ।  सडकको पहुँच नभएका ठाउँमा हेलिकप्टरमार्फत सदरमुकाम ल्याउनका लागि आग्रह गरिएको र मंगलबार दिउँसोसम्ममा सबै मतपेटिका सदरमुकाम ल्याइने..

    अब मेरा लागि नेपालका हरेक युवा–युवती ‘प्रकाश’ : अध्यक्ष प्रचण्ड

    सोमबार, मंसिर ११, २०७४ साल
    रत्ननगर, चितवन, १० मंसिर  : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका हरेक युवा–युवती अब मेरा लागि ‘प्रकाश’ भएको बताएका छन् । दक्षिण चितवनको माडीमा आज साँझ भएको चुनावी सभामा उनले यही मंसिर ३ गते छोरा प्रकाश बितेर आफू शोकमा रहेको उल्लेख गर्दै अब देशका हरेक युवा–युवती ‘प्रकाश’ भएको बताए ।  “तपाईंहरुलाई थाहा भयो होला, हाम्रा एक मात्र छोरा प्रकाशको हृदयघातले..

    स्थिर सरकार बनेपछि मात्रै मुलुकले समृद्धि हासिल गर्छ : नेपाल

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौँ, १० मंसिर । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अबको निर्वाचनपछि वाम गठबन्धनको बहुमतको स्थिर सरकार बनेर मुलुकले समृद्धि हासिल गर्ने बताएका छन् ।  काठमाडौँ क्षेत्र नं २ बाट उम्मेदवार बनेका नेपाल आइतबार काठमाडौँ महानगरपालिका– नं ३२ मा घरदैलो गर्दै उनले वाम गठबन्धनसँगै स्थिर सरकार बनेर वर्षांैंदेखि पछाडि परेको मुलुकले मुहार फेर्ने बताए ।  उनले काठमाडौँको विकास निर्माणका लागि आफू प्रतिबद्धसमेत रहेको बताउनुभयो..

    मतदान सुरु भएका जिल्लामा अहिले सम्म ५५ प्रतिशत मतदान सम्पन्न

    आईतवार, मंसिर १०, २०७४ साल
    काठमाडौँ मंसिर १० ।  पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आइतबार ३२ जिल्लामा मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार अपरान्ह तीन बजेसम्म ५५  प्रतिशत भन्दा बढी मतदान भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण ढिला गरी मतदान सुरु भएपनि अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।  पहिलो चरण अन्तर्गत..

    डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन, फोदगाउँमा मतदान सम्पन्न

    आईतवार, मंसिर १०, २०७४ साल
    डोल्पा, मंसिर १० ।  उपल्लो डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्क्विहीन छन् । उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । डोल्पामा ६६ मध्ये ६४ मतदान केन्द्रमा सम्पर्क भएको र अहिलेसम्म ३७ प्रतिशत मत खसिसकेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । उपल्लो..

    ०१२३४५६, १२३४५६ जस्ता अपरिचित नम्बरबाट आउने फोन नउठाउन नेपाल टेलिकमको अनुरोध

    आईतवार, मंसिर १०, २०७४ साल
    काठमाडौं , १० मंसिर । टेलिकमले आफ्ना नेटवर्कभित्र रहेका ग्राहकलार्इ ०१२३४५६, १२३४५६ जस्ता अपरिचित नम्बरबाट आउने फोन नउठाउन  अनुरोध गर्दै म्यासेज पठाएको छ ।  विगत दुर्इ महिनादेखि विभिन्न मोबाइल प्रयोगकर्तालार्इ यो नम्बरबाट फोन गरेर ठग्ने गरेको भेटिएपछि टेलिकमले यो म्यासेज पठाएर सचेत बनाएको हो।टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले अपरिचत नम्बरबाट मोबाइल प्रयोगकर्तालार्इ चिठ्ठा परेको भन्दै ठगेको पाइएपछि ग्राहकलार्इ सचेत बनाउन म्यासेज गरिएको बतार्इन्..

    सिन्धुपाल्चोकको थुम्पाखरमा मतदानका क्रममा झडप हुदा हवाई फायर

    आईतवार, मंसिर १०, २०७४ साल
    सिन्धुपाल्चोक, मंसिर १०। सिन्धुपाल्चोकको थुम्पाखरमा मतदानका क्रममा झडप भएको छ । थुमपाखरमा भएको झडपमा ४–५ जना सामान्य घाइते भएका छन् ।  सुनकोशी गाउँपालिकाको वडा नम्बर ६ थुम्पाखरको देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिले वाम गठबन्धनका कार्यकर्तालाई हातपात गरेपछि झडप भएको हो ।   झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । हवाई फायरपछि भीड तितरबितर भएको र अहिले शान्तिपूर्ण..

    मतदाता नामावलीमा नाम भएकालाई वैकल्पिक व्यवस्था

    आईतवार, मंसिर १०, २०७४ साल
    काठमाडौ १० मंसिर ।  मतदाता नामावलीमा नाम भएका मतदाताले अन्य वैकल्पिक परिचयपत्र देखाएर पनि मतदानमा सहभागी हुन पाउने निर्वाचन आयोगले जनाएको छ ।  स्थानीय तह निर्वाचनमा जस्तै अहिलेको निवार्मचनमा पनि मतदाता नामावलीमा नाम भएरपनि परिचय पत्र लिन नपाएका तथा हराएको वा नष्ट भएका व्यक्तिको हकमा वैकल्पिक व्यवस्था मिलाएको हो ।   प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादवले त्यस्ता मतदाताको हकमा वैकल्पिक व्यवस्था गरेर मताधिकार सुनिश्चित..
    Weather Forecast