शुक्रबार, मंसिर ६, २०७६

    राज्य-समाज

    ठूलो मात्रामा बम बनाउने सामग्री फेला, २ जना भारतीय नागरिक पक्राउ

    शुक्रबार, मंसिर १५, २०७४ साल
    काठमाडौं मंसिर १५ ।  झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको बसमा ठूलो परिमाणमा बम बनाउने सामाग्री फेला परेको छ । बम बनाउने सामग्री सहित २ जना भारतीय नागरिक पनि पक्राउ परेका छन् । धादिङको धुनिबेशी नगरपालिका स्थित खानी खोलामा सुरक्षाजाँच गर्ने क्रममा ना ७ ख ४९७६ नम्बरको बसमा बिस्फोटक सामाग्री र आवश्यक उपकरण फेला परेको खानीखोला इलाका प्रहरी कार्यालयले जनाएको छ ।  सुरक्षा..

    सल्यान : भोट माग्दै दलहरु घरदैलोमा, पुराना कुरा उठाउँदै सर्वसाधारण

    शुक्रबार, मंसिर १५, २०७४ साल
    सल्यान, १५ मंसिर ।  निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरु यतिबेला मत माग्दै घरदैलो भेटघाटमा व्यस्त छन् ।  पाँच वर्षभित्र जिल्लालाई समृद्ध जिल्लाको रुपमा विकास गर्ने प्रतिवद्धतासहित दलहरु घरदैलो अभियानलाई तीव्र बनाएका छन् । वाम गठबन्धनले सार्वजनिक गरिएको घोषणापत्रमा पाँच वर्षमा १० स्थानीय तहका ८३ वडामा सडक कालोपत्रे गर्ने, स्थानीय बजारलाई स्मार्ट सिटीको रुपमा..

    पश्चिम रुकुमका दुई मतदान केन्द्रमा आज मतदान जारी

    शुक्रबार, मंसिर १५, २०७४ साल
    रुकुम, १५ मंसिर ।  पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक÷एक मतदान केन्द्रमा विहान ७ बजेबाट सुरु भएको मतदान जारी छ । मतदान साँझ  ५ बजे सम्म जारी रहनेछ । गत मंसिर १० मा भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड आक्रमण मतपत्र जलेपछि स्थगित भएको मतदान केन्द्रमा पुनः मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।  बाँफीकोट गाउँपालिका–५ को..

    मतदाता शिक्षा प्रभावकारी नहुँदा निकै मत बदर हुने संभावना

    शुक्रबार, मंसिर १५, २०७४ साल
    काठमाडौँ, १५ मंसिर । स्थानीय तहलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएका कारण मतदातामा पर्याप्त मात्रामा मतदाता शिक्षा पुग्न सकेको छैन ।  प्रतिनिधि चुन्न मत दिने अधिकार प्राप्त मतदातालाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिनुपर्ने जरुरी भए पनि समय अभाव र ठूल्ठूला निर्वाचन एकै पटक गराउनुपर्ने हुँदा संभव नभएको होे ।  दोलखाकी ५८ वर्षीय रमिला थापाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको मत चिह्नमा छाप लगाइन् तर..

    बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’

    शुक्रबार, मंसिर १५, २०७४ साल
    बाँके, १५ मंसिर । निर्वाचनमा मतदान कसरी गर्ने थाहा छ भन्ने जिज्ञासामा नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी किरण केवटले भने, “तीन पर्चा (मतपत्र) पाइन्छ भन्ने सुनेको छु, अरू थाहा छैन् ।”  “विभिन्न दलका नेता–कार्यकर्ता आउँछन्, आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न भन्छन् तर कसरी भोट हाल्ने कोही सिकाउँदैनन्”, उनको गुनासो थियो। सो क्षेत्रमा मतदाता शिक्षाका लागि निर्वाचन आयोगबाट समेत केही नआएको पनि केवटले..

    कञ्चनपुरको क्षेत्र नं १ मा पुरानै प्रतिद्वन्द्वीबीच रोचक प्रतिस्पर्धा

    शुक्रबार, मंसिर १५, २०७४ साल
    कञ्चनपुर, १५ मंसिर ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा पुरानै चिरपरिचित प्रतिद्वन्द्वीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।  संविधानसभाको निर्वाचनमा अहिलेका नेपाली काँग्रेसका दिवान सिंह बिष्ट र वाम गठबन्धनकी बिना मगर प्रतिस्पर्धीका रुपमा थिए । अहिले प्रतिनिधिसभाको निर्वाचनमा पनि दुवै जना प्रतिस्पर्धी छन् ।एमाले र माओवादी केन्द्र दुवै पार्टीले साझा उम्मेदवारका रुपमा मगरलाई मैदानमा उतारेको छ भने..

    निर्वाचनपछि मूलुकमा सांसद संख्या ८ सय ८४ पुग्ने

    शुक्रबार, मंसिर १५, २०७४ साल
    मंसिर १५, काठमाडौँ ।   पहिलो र दोस्रो चरणको निर्वाचन सकिएपछि देशमा ८ सय ८४ जना सांसद हुने छन् । दुई चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले मुलुकको लागि ८ सय ८४ सांसद छनौट गर्ने छ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन १० मंसिरमा भएको थियो भने दोस्रो चरण निर्वाचन यही मंसिर २१ मा हुँदैछ । यी दुवै चरणका निर्वाचनबाट..

    विराटनगरवासीको एकै स्वर : आश्वासन होइन विकास, डुबान होइन निकास

    शुक्रबार, मंसिर १५, २०७४ साल
    विराटनगर, १५ मंसिर । नेपालकै पुरानो औद्योगिक नगर विराटनगरमा अठार वर्षपहिले उद्घाटन भएको रिङरोड आजसम्म पूरा भएको छैनभन्दा जोकोहीलाई अनौठो लाग्छ ।  विराटनगरलाई १ नं प्रदेशको राजधानी बनाउने सबै राजनीतिक दलको साझा एजेण्डा बन्दा पनि विकासका ठूला आयोजना अलपत्र परेकामा यहाँका बासिन्दा चिन्तित छन् । अठार वर्षअघि ४२ किलोमिटर लामो रिङरोडको शिलान्याश गरेका तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार दर्जनौँ पटक..

    नुवाकोटका भूकम्प पीडितलाई घर हस्तान्तरण

    शुक्रबार, मंसिर १५, २०७४ साल
    नुवाकोट, १५ मंसिर । स्थानीय किस्पाङ गाउँपालिकाको मनकामना साबिकको मनकामना गाविसका एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएको भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको छ ।  वल्र्ड रिन्युको सहयोगमा नारी जागरण केन्द्र नेपालले साबिकको मनकामना गाविस–४, ६ र ७ मा रहेको ३२३ लाभग्राहीमध्ये २८२ घरको पुनः निर्माण गरी घरधनीलाई हस्तान्तरण गरेकोे हो ।  भूकम्प पीडितलाई घर हस्तान्तरण गर्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहसचिव एवं..

    बाराका १२१ मतदानस्थल अति संवेदनशील सूचीमा

    शुक्रबार, मंसिर १५, २०७४ साल
    कलैया, १५ मंसिर । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार जिल्लाको कूल तीन लाख ४९ हजार ९४७ मतदाताका लागि ३०३ मतदानस्थल र ४७५ मतदान केन्द्रको व्यवस्था गरिएकामा ९७ मतदानस्थल संवेदनशील र १२१ मतदानस्थल अति संवेदनशील रहेकाले उक्त मतदानस्थलमा शान्तिसुरक्षा..

    उच्च अदालतका ८० न्यायाधीशविरुद्ध मुद्दाको सुनुवाइ मंसिर २८ हुने

    बिहिवार, मंसिर १४, २०७४ साल
    काठमाडौँ, १४ मंसिर। सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्ति भएका ८० न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा मंसिर २८ गतेलाई तोकेको छ ।  न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलाशमा सुनुवाइका लागि समय नभ्याएको हुँदा हेर्दाहेर्दैमा यही मंसिर २८ गते बिहीबारका लागि राखिएको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिनुभयो ।  गत वर्ष पुस २९ गते राति उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति..

    रुपन्देहीका ७५ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा

    बिहिवार, मंसिर १४, २०७४ साल
    काठमाडौ १४ मंसिर ।  रुपन्देहीका ७५ केन्द्रलाई अतिसंवेदनशीलको सुचीमा राखिएको छ । सुरक्षाका दृष्टिले जिल्लाका २ सय ८ मतदान केन्द्रमध्ये ७५ केन्द्र अतिसंवेदनशील घोषणा गरिएको हो ।    जिल्लाका दुई सय ८ मतदान केन्द्रमध्ये ४२ वटा केन्द्रलाई संवेदनशीलको सुचीमा राखेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  ९१ मतदान केन्द्रलाई भने सुरक्षाको हिसाबले सामान्यको सुचीमा राखिएको रुपन्देहीका प्रवक्ता डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी..

    उदयपुरको बम विस्फोटमा परि घाइते भएकालाई प्रधानमन्त्रीले भेटे

    बिहिवार, मंसिर १४, २०७४ साल
    काठमाडौं, मंसिर १४ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने । प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भने–‘म छु चिन्ता नगर्नोस्, छिट्टै निको हुन्छ ।’ प्रधानमन्त्री देउवा बुधबार उदयपुरमा बम विस्फोटमा परेर घाइते भइ काठमाडौं ल्याइएका बिरामीलाई भेट्न बिहीबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए । प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली..

    विजय गच्छदारको घरदैलो कार्यक्रम स्थलमा बम विस्फोट, चारजना घाइते

    बिहिवार, मंसिर १४, २०७४ साल
    इटहरी, मंसिर १४ ।  सुनसरीको इटहरीस्थित भलाद्मीचोकमा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम गरिरहेका समयमा बिहीबार बम विस्फोट भएको छ । विस्फोटमा परी चारजना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर–९ स्थित भलाद्मीचोकमा घरदैलो कार्यक्रममार्फत् भोट मागिरहेका बेला गराइएको विस्फोटमा घाइते हुने सबै कांग्रेस कार्यकर्ता हुन् । घाइते हुनेमा कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र धनबहादुर श्रेष्ठ छन् । कांग्रेस नेता एवं उपप्रधानमन्त्री..

    फलेवासका मतदाता भन्छन् ‘जसले दिन्छ जल उसलाई दिन्छौँ मत’

    बिहिवार, मंसिर १४, २०७४ साल
    पर्वत, १४ मंसिर । “हाम्रो दल र हाम्रा उम्मेदवार भनी कयौं पटक हामीले ती नेतालाई भोट दियौं । हामीले दिएको भोटले उनीहरुले जिते तर उनै हाम्राहरु जितेर गएदेखि गाउँ घुमेकै छैनन् । यसपालिको भोट कसलाई दिने भन्नेमा हामी दोधारमा छौं ”, फलेवास नगरपालिका–३ शंकरपोखरीका जितबहादुर विकले भने , “खानेपानीको धारा सबैका घर–घरमा पु¥याउने आश्वासन अहिलेको मात्रै होइन, त्यो हाम्रा लागि पुस्तानी नारा..

    इटहरीमा काँग्रेसको चुनावीसभामा बम विस्फोट

    बिहिवार, मंसिर १४, २०७४ साल
    इटहरी, १४ मंसिर । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली काँग्रेसले आज अपराह्न आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् ।  काँग्रेस इटहरी–९ ले चुनाव प्रचारप्रसारसँगै मतदातासँग घरदैलो गर्दै भएको बम विस्फोट हुँदा एक वर्षीय युवन न्यौपाने, १७ वर्षीया समृना अधिकारी, उनकी आमा ३७ वर्षीया निर्मला र काँग्रेसका स्थानीय नेता धनबहादुर श्रेष्ठ गम्भीर घाइते भएको..

    महिलाहरुले गर्ने कामको आर्थिक मूल्य तोक्न राजधानिमा भेला

    बिहिवार, मंसिर १४, २०७४ साल
    मंसिर १४, काठमाडौँ । महिलाले गर्ने कामको आर्थिक मूल्य तोक्न राजधानिमा भेला आयोजना गरिने भएको छ । महिलाहरुले पारिश्रमिक नलिईकन गर्दै आएको सेवामूलक कामको पूर्नमूल्याङकन गर्दै त्यस्ता कामको आर्थिक मूल्य तोक्न महिलाहरुले भेला आयोजना गर्न लागेका हुन् । स्मिता महिला प्रकाशन गृह सञ्चार तथा स्रोत संस्था, एक्सन एड इन्टरनेशनल नेपाल र राष्ट्रिय महिला अधिकार मञ्चको संयुक्त आयोजनामा हुने भेलामा देशभरबाट २ सय ..

    वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका सन्तानलाई निःशुल्क प्राविधिक शिक्षा

    बिहिवार, मंसिर १४, २०७४ साल
    मंसिर १४, काठमाडौँ । वैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परेका अभिभावका सन्तानले निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएका छन् । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका एवं अंगभंग भएका तथा गम्भीर प्रकृतिको रोग लागेमा तिनका सन्तानलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराईने भएको हो ।  वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्रदान गर्ने निःशुल्क प्राविधक शिक्षामा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई तीन बर्षे सिभिल इञ्जिनियरिङ, नर्सिङ..

    मतदान केन्द्रका गाउँ–टोलमा अझै पुगेनन् मतदाता शिक्षा स्वयंसेवक

    बिहिवार, मंसिर १४, २०७४ साल
    पोखरा, १४ मंसिर । निर्वाचनको मिति सात दिन मात्रै बाँकी रहँदा मतदान केन्द्रका गाउँ–टोलमा खटिएका मतदाता शिक्षा स्वयंसेवक अझै मतदाता सामु पुगेका छैनन् । मतदातालाई मतपत्रमा छाप लगाउने तरिकाबारे जानकारी दिने स्वयंसेवक नै गाउँघरमा नपुगेपछि मतदाता अलमलमा परेका हुन् ।  पोखरा नगर क्षेत्रको नजिक रहेको पोखरा–लेखनाथ महानगरपालिका–९ नयाँबजारमा मतदाता शिक्षा स्वयंसेवक नआएको स्थानीय मतदाता मायादेवी शर्मा बताउँछिन् । स्थानीय तहको निर्वाचनमा एउटै..

    छिन्ताङवासी भन्छन्– ‘बाटो कालोपत्रे गर्नेलाई मत दिन्छौँ’

    बिहिवार, मंसिर १४, २०७४ साल
    धनकुटा, १४ मंसिर । खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिका–१ का जनकबहादुुर वालिङले आफ्नो घर हुुँदै सदरमुकाम जाने बाटो पक्की गर्नेलाई मत दिने भएका छन् ।  “हिलेदेखि त्रिवेणी जोड्ने बाटो कालोपत्रे नहुँदा सदरमुकामसम्म जान साह्रै कठिन भएको छ, बर्खामासमा त झन हिलोले गाडी नै चलाउन मिल्दैन त्यसैले यस पटक जसले बाटो बनाउँछ उसलाई भोट दिने हो”– वालिङले भने ।  बाटो कालोपत्रे हुन नसक्दा गाउँमा..

    ११ करोडको लागतमा बेनी बजार संरक्षण आयोजनाको काम शुरु

    बिहिवार, मंसिर १४, २०७४ साल
    म्याग्दी, १४ मंसिर । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि रु ११ करोडको लागतमा आयोजना शुरु भएको छ ।  जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय बागलुङले कालीगण्डकीको दायाँ र म्याग्दीको बायाँ किनारमा आरसिसी र मेसिनरी पर्खाल निर्माणको काम शुरु गरेको हो ।  चालु आव २०७४-७५ मा नदी कटान नियन्त्रणका लागि दुई वटा..

    मतदाता शिक्षा प्रभावकारी बनाउन कपिलवस्तुमा नमूना मतदान

    बिहिवार, मंसिर १४, २०७४ साल
    कपिलवस्तु, १४ मंसिर । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यहाँ मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान गराइएको छ ।  निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी बदर मत कपिलवस्तुमा भएको जानकारी दिएसँगै सोही चुनौतीलाई मध्यनजर गर्दै अहिले जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै लगेको हो ।  निर्वाचन कार्यालयले बुधबार यहाँका मतदान..

    बैतडी सदरमुकाममा खानेपानीको समस्या समाधान

    बिहिवार, मंसिर १४, २०७४ साल
    बैतडी, १४ मंसिर । विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यो वर्ष भने खानेपानीको समस्या समाधान भएको छ ।  बैतडी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सदरमुकाममा खानेपानी सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताए । सन् २०१३ देखि निर्माण कार्य शुरु भएको आयोजनाको निर्माण कार्य गत भदौमा सम्पन्न..

    एक साताभित्रै प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

    बिहिवार, मंसिर १४, २०७४ साल
    मंसिर १४, काठमाडौँ । निर्वाचन आयोगले दुवै चरणको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मत परिणाम एक साताभित्रै सार्वजनिक गर्ने तयारी भैरहेको जनाएको छ । आयोगले प्रत्यक्षतर्फको मत परिणाम १ साताभित्रै सार्वजनिक गर्न आवश्यक गृहकार्य थालिसकेको छ । एक साताभित्रै मत परिणाम सार्वजनिक गर्न आवश्यक जनशक्तिको व्यवस्था समेत गरिसकेको आयोगले बताएको छ ।  स्थानीय निर्वाचनमा मतपरिणाम आउन ढिला हुँदा आयोगले निकै आलोचना खेप्नु परेको थियो ।..

    निर्वाचन विरोधी कुनै पनि गतिविधि नगर्ने मोर्चाको प्रतिबद्दता

    बिहिवार, मंसिर १४, २०७४ साल
    भद्रपुर, १४ मंसिर ।  नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले निर्वाचनको समयमा आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ । झापाका अग्रज अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग संवाद समूहमा बुधबार भएको छलफलमा मोर्चाका केन्द्रीय पदाधिकारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।  उनीहरुले आफ्ना विचार र कार्यक्रमलाई शान्तिपूर्ण बाटोबाट जनतासमक्ष पु¥याउने जनाएका छन् । ‘मोर्चाको कार्यक्रम, निर्वाचन र शान्ति–सुरक्षाको सवाल’ बारे भएको छलफलमा चार बुँदे प्रतिबद्धता..

    तेस्रो पटक भिड्दै थापा र दाहाल, खतिवडा र उपाध्याय

    बुधबार, मंसिर १३, २०७४ साल
    हेटौंडा, १३ मंसिर ।  चिसो मौसमसँगै मकवानपुरमा यतिबेला चुनावी सरगर्मी बढेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तेस्रोपटक प्रतिस्पर्धामा ओर्लिएका छन् ।  विसं. २०५१ र २०५६ संसदीय निर्वाचनको प्रतिस्पर्धामा संगै ओर्लिएका उम्मेदवार पुनः यसपटक चुनावी मैदानमा उत्रिएका हुन् । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र– १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा..

    बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मीलाई 'शहीद' घोषणा गर्न माग

    बुधबार, मंसिर १३, २०७४ साल
    काठमाडौं, १३ मंसिर ।  दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा मृत्यु भएका सुरक्षाकर्मी विनोद चौधरीलाई शहीद घोषणा गर्न माग गरिएको छ । बुधबार नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले एक विज्ञप्ति जारी गर्दै चौधरीलाई शहीद घोषणा गर्न माग गरेको हो । समितिका संयोजक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका बेला शान्ति सुरक्षाका लागि खटिएका चौधरीकोे निधन राष्ट्रप्रति समर्पित भएको हुँदा..

    वायु प्रदूषणको समस्या न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो

    बुधबार, मंसिर १३, २०७४ साल
    ललितपुर, १३ मंसिर ।  दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रमा वायु प्रदूषणको समस्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा यसलाई न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो औँल्याइएको छ ।  जनसंख्या तथा वातावरण मन्त्रालय र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र(इसिमोड) को आयोजनामा यहाँ भएको दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रमा वायु प्रदूषण, जलवायु र जनस्वास्थ्यसम्बन्धी कार्यशालामा वायु प्रदूषणबाट कृषि, जलस्रोत र आयआर्जनमा परेको प्रत्यक्ष..

    पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाकै मतपेटिका सदरमुकाममा ल्याइयो : आयोग

    बुधबार, मंसिर १३, २०७४ साल
    काठमाडौं, मंसिर १३। पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा मतदान भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने सकिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका बुधबारसम्ममा सम्बन्धित जिल्लाको सदरमुकाममा र्पुयाएको छ । डोल्पाका से–फोक्सुण्डो र थार्का ताङसोङ्का मतदानस्थलका मतपेटिका बुधबार हेलिकोप्टरबाट..

    २०७५ भित्रै मेलम्ची काठमाडौँ आईपुग्ने, सुरुङ निर्माणका लागि १० नयाँ मेसिन आउँदै

    बुधबार, मंसिर १३, २०७४ साल
    मंसिर १३, काठमाडौं ।  मेलम्ची खानेपानी आयोजनाले सुरुङ निर्माण कार्यलाई तिव्रता दिएको छ । आयोजनाको २७.५ किलोमिटर सुरुङ मध्ये २६.६५२ किलोमिटर सुरुङ निर्माणको कार्य सकिएको छ । बाँकी रहेको ९३२.५ मिटर सुरुङ निर्माणको कार्यलाई आयोजनाले तिव्रता दिएको छ । २०७५ साल भित्रै राजधानीमा पानी  भित्र्याउने लक्ष्य लिएको आयोजनाले सुरुङ निर्माणलाई अन्तिम रुप दिन १० वटा नया मेसिन पनि मगाएको छ ।..
    Weather Forecast