शुक्रबार, मंसिर ६, २०७६

    राज्य-समाज

    प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन् ।  विज्ञप्तिमा उनले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण..

    शिवपुजन यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर । सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सप्तरीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो ।  यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि आयोगले यही मंसिर ११ गते..

    निर्वाचन नजिकिएसँगै ललितपुरमा आचारसहिंता उल्लंघनका घटनामा वृद्धि

    बुधबार, मंसिर २०, २०७४ साल
    ललितपुर, २० मंसिर ।  निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लंघन गर्ने क्रम बढेको छ । उम्मेदवारी दर्तापछि शुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिँदै गर्दा उल्लंघन बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसहिंता अनुगमन अधिकृत भीम पाण्डेले बताए । उनले भने, “जिल्लाका विभिन्न भागमा ब्यानर, पम्प्लेट टाँस्ने काम बढिरहेको छ ।”  शहरका भित्री भागभन्दा पनि चक्रपथ बाहिर..

    भोलि २१ गते नगरवासीलेनै फोहोर व्यवस्थापन गर्नुपर्छ : महानगरपालिका

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर  ।  काठमाडौँ महानगरपालिकाले भोलि २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन सबै महानगरवासीलाई घरबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न आग्रह गरेको छ ।  निर्वाचनमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको र कर्मचारीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने व्यवहारिक पक्षलाई ध्यानमा राखी उक्त निर्णय गरेको कामपाका सह–प्रवक्ता नवराज ढकालले जानकारी दिए  । फोहोर बोक्ने गाडी सञ्चालनका लागि अनुमति भए..

    बागदरबार पुनःनिर्माणको प्रतिवेदन पेश गर्न महानगरपालिका र पुरातत्व विभागलाई निर्देशन

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बागदरबार प्रबलीकरण वा पुनःनिर्माण विषयमा संरचनात्मक विश्लेषणसहितको प्रतिवेदन पेश गर्न काठमाडौँ महानगरपालिका र पुरातत्व विभागलाई निर्देशन दिएको छ ।  प्राधिकरणमा बसेको विभाग, महानगरपालिका, शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलगायत सरोकार भएका निकायको बैठकले यस्तो निर्देशन दिएको हो । भूकम्पले क्षति पुगेको सुन्धारास्थित ऐतिहासिक बागदरबारको प्रबलीकरण गर्ने वा पुनःनिर्माण विषयमा संरचनागत विश्लेषणसहितको प्रतिवेदन पेश गर्न बैठकले..

    रुपन्देहीका ओमसतिया र सियारी गाउँपालिकामा छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा

    बुधबार, मंसिर २०, २०७४ साल
    बुटवल, २० मंसिर । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर नै गाउँमा रहेको बालविवाह र महिला तथा लैंगिक हिंसामा कमी ल्याउने उदाहरणीय कार्यक्रम सार्वजनिक गरेका हुन ।  जिल्लाको ओमसतिया गाउँपालिकामा करिब ३७ हजार जनसंख्या छ । महिलाको संख्या..

    कुवेत–काठमाडौं–कुवेत सिधा हवाई सेवा आजदेखि

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौं, मंसिर २० ।  बुधबारदेखि कुवेत–काठमाडौं–कुवेत सिधा हवाई सेवा सुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं प्रत्यक्ष उडान सुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं–कुवेत सिधा हवाई उडानबाट नेपाल–कुवेतसम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती..

    ललितपुरमा निर्वाचनको तयारी पूरा, २७७ मतदान केन्द्रमा तीन हजार एक सय कर्मचारी

    बुधबार, मंसिर २०, २०७४ साल
    ललितपुर, २० मंसिर । जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएको छ । सुरक्षाकर्मी र निर्वाचनमा खटिने कर्मचारी सबै मतदानमा आवश्यक सामग्री लिएर सम्बन्धित स्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।  एक सय ३१ मतदानस्थलमा नै कर्मचारी पुगिसकेको कार्यालयका प्रमुख सीता साम्बाले बताइन् । एक मतदान केन्द्रमा १० देखि १२ जना कर्मचारी खटिनेछन् । जिल्लाभरका २७७ मतदान केन्द्रमा तीन हजार एक सय कर्मचारी..

    नेपाल– बहराइनबीच भएको श्रम सम्झौतालाई संशोधन गर्न प्रस्ताव

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर ।  बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँका श्रम तथा सामाजिक मन्त्री जमिल बिन मोहम्द अली हमाइदानसँग उनकै ‘वेस्ट टावर’ स्थित कार्यकक्षमा भेटवार्ता गरेका छन् ।  उक्त अवसरमा मन्त्री हमाइदानले बहराइने श्रम तथा सामाजिक विकासको सम्बन्धमा लिएको नीति तथा अभ्यासमाथि प्रकाश पारेका मनामास्थित नेपाली दूतावासले जनाएको छ ।  सोमबार भएको भेटका क्रममा मन्त्री हमाइदानले बहराइन ‘गल्फ अरवियन’ राष्ट्रहरूमा कुनै पनि..

    शिवपुजन राय यादवको उम्मेदवारीका सम्बन्धमा आज टुंगो लाग्ने

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडा, मंसिर २० ।  सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको मनोनयन खारेज हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले बुधबार निर्णय गर्ने भएको छ । सर्वोच्चले निर्वाचन हुनु एकदिन अघि रायको उम्मेदवारी सम्बन्धमा छलफल गर्न निर्वाचन आयोगलाई बोलाएको छ । उनीमाथि कुटनीतिक राहदानी दुरुपयोगको आरोप छ । त्यसो त न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उम्मेदवारी खारेजीको कारण पेस..

    काठमाडौको मतगणनामा सिसी टिभी प्रयोग गरिने

    बुधबार, मंसिर २०, २०७४ साल
    मंसिर २०, काठमाडौँ । काठमाडौँ जिल्लाको मतगणना स्थलमा सिसी टीभि जडान गरिने भएको छ । मतगणना स्थलको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन निर्वाचन आयोगले सिसी टीभी जडान गर्ने बताएको हो । स्थानिय तहको निर्वाचनमा देखिएको समस्या पुन: नदोहोरियोस भन्नका लागि आयोगले सिसी टीभी जडान गर्न लागेको हो । यसका साथै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँको निर्वाचनको लागि सबै तयारी पुरा भएको आयोगले..

    राष्ट्रिय मानव अधिकार आयोगको टोलीद्वारा कञ्चनपुरमा अनुगमन

    बुधबार, मंसिर २०, २०७४ साल
    कञ्चनपुर, २० मंसिर ।  प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको राष्ट्रिय मानव अधिकारको निर्वाचन पर्यवेक्षक टोलीले आज कञ्चनपुरमा अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठक, आयोगका क्षेत्रीय निर्देशक दीपकजंग ध्वज कार्की, आयोगका अनुसन्धन प्रमुख राजेन्द्र न्यौपाने र जिल्ला पर्यवेक्षक उमा जोशीलगायतको टोलीले अनुगमन गरेको हो ।  निर्वाचन पूर्व जिल्लाको सुरक्षा अवस्था, हालको सुरक्षा व्यवस्था र निर्वाचन आचारसंहिता परिपालना भए नभएको विषयमा..

    दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौं, मंसिर २० । निर्वाचन आयोगले बिहीबार हुने चुनावको सबै तयारी पूरा भएको जनाएको छ । बुधबार बेलुका ५ बजेसम्म सबै मतदान केन्द्र बनाइसक्ने आयोगले जनाएको छ । बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिन्छ । आयोगले चुनावको तयारीबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउँदैछ ।  दिउँसो साढे २ बजे चुनावको सबै तयारीबारे जानकारी गराइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी..

    निर्वाचन पर्यवेक्षणका लागि जापानी उपविदेशमन्त्री आज नेपाल आउदै

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौं मंसिर २० ।  भोली हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्यको दोस्रो चरणको निर्वाचनको पर्यवेक्षको लागि जापानका उपविदेशमन्त्री इवाओ होरी आज काठमाडौं आउँदै हुनुहुन्छ ।  उपविदेशमन्त्री होरी ५ सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै निर्वाचन पर्यवेक्षणका लागि आज काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  उपविदेशमन्त्री होरीले राष्टपति विद्यादेवि भण्डारी, प्रमुख निर्वाचन आयुक्त डा अयोधि प्रसाद यादव, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लाई..

    काठमाडौँका दशवटै निर्वाचन क्षेत्रको तयारी पूरा, मतगणना दुई ठाउँमा

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौँ, २० मंसिर । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ ।  काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत रमेशराज पोखरेलका अनुसार काठमाडौँमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । काठमाडौँको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, “दश वटै निर्वाचन क्षेत्रमा..

    विराटनगरमा निर्वाचन आचारसंहिता विपरीत राखिएका सामग्री हटाइयो

    बुधबार, मंसिर २०, २०७४ साल
    विराटनगर, २० मंसिर ।  जिल्ला प्रशासन कार्यालय, मोरङले मङ्गलबार साँझसम्ममा विराटनगरबाट निर्वाचन आचारसंहिता विपरीतका सय किलोभन्दा बढी सामग्री हटाएको छ ।  सडकको दायाँबायाँ झुण्ड्याइएको अवस्थामा राखिएका त्यस्ता सामग्री विराटनगरको मुख्य बजारदेखि पुष्पलाल चौकसम्म, कञ्चनबारीक्षेत्र र विराटनगर–५ को कोचाखाल क्षेत्रबाट हटाइएको हो ।  भोलि बिहीबार हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मतदातालाई आकर्षित पार्नका लागि राखिएका त्यस्ता आचारसंहिता विपरीत सामग्री जिल्लाका अन्य ठाउँबाट सुरक्षाकर्मी..

    यस वर्षको राष्ट्रिय सम्पदा मानव अधिकार पुरस्कार खगराज आचार्यलाई

    बुधबार, मंसिर २०, २०७४ साल
    पोखरा, २० मंसिर ।   यस वर्षको राष्ट्रिय सम्पदा मानव अधिकार पुरस्कार अधिकारकर्मी खगराज आचार्यलाई दिइने भएको छ । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिद्वारा सञ्चालित तथा नागरिक समाजका संयोजक रामबहादुर पौडेलबाट स्थापित सो पुरस्कारको राशि रु १० हजार र ताम्रपत्र रहेको छ ।  अधिवक्ता तिलक पराजुलीको संयोजकत्वमा गठन गरिएको सात सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसमा आचार्यलाई सो पुरस्कार दिने निर्णय गरिएको संस्थाकी..

    संरक्षणको अभावमा म्याग्दीका तामा र फलाम खानी पुरिन थाले

    बुधबार, मंसिर २०, २०७४ साल
    म्याग्दी, मंसिर  २० । म्याग्दीमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुंगा खानीबाहेक अन्नपूर्ण र मालिका गाउँपालिकाका ताकम, गुर्जा, कुइने, ओखरबोट लगायतका ठाउँमा रहेका खानी पुरिन थालेका हुन् ।  खानीबाट धातु निकालिने धाउ पुरिएका छन् । छन्त्याल जातिले पहाडभित्र सुरुङ खनेर त्यहाँ रहेको धातु निकाल्ने गर्दथे । छन्त्याल जातिमा धातु भएको ठाउँ..

    प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम चार दिनभित्र सार्वजनिक गर्ने आयोगको तयारी

    मंगलवार, मंसिर १९, २०७४ साल
    काठमाडौं, मंसिर १९ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम चार दिनभित्र सार्वजनिक गरिसक्ने दाबी गरेको छ ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सबै ठाउँको अन्तिम परिणाम चार दिनभित्र आइसक्ने गरी व्यवस्था मिलाइएको दाबी गरेको हो ।  निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले समानुपातिकतर्फको अन्तिम परिणाम ८ दिनभित्र सार्वजनिक गर्ने पनि जानकारी दिनुभयो । सकेसम्म एकैसाथ तीनवटै मतपत्रको गणना गर्ने गरि व्यवस्था गरिएको तर त्यसो हुन नसके..

    यसरी बन्नेछ नेपालको प्रदेशसभा, कुल ५ सय ५० जना सदस्य

    मंगलवार, मंसिर १९, २०७४ साल
    मंसिर १९, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमंसिर २१ गते हुँदै छ । यसअघि मंसिर १० गते पहिलो चरण अन्तर्गत विभिन्न ३२ जिल्लामा निर्वाचन सम्पन्न भईसकेको छ । दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा हुँदै छ । पहिलो चरण र दोस्रो चरणको मतगणना भने एकैपटक थालिने छ ।मतगणना मंसिर २१ गते साँझबाट शुरु गरिने छ । संविधानको आधारमा निर्माण भएको प्रदेशसभा..

    माओवादी नेता लेखराज भट्टको घरनजिकै बम बिस्फोट

    मंगलवार, मंसिर १९, २०७४ साल
    काठमाडौ १९ मंसिर ।  नेकपा माओवादी केन्द्रका नेता तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टको घर नजिकै आज बिहान बम विस्फोट भएको छ ।  गोदावरी नगरपालिका १ अत्तरिया स्थित भट्टको घर अगाडी आज बिहान करिब ५ बजे अज्ञात समुहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ ।  विस्फोटबाट कुनै क्षति भने भएको छैन । माओवादी केन्द्रका ७ नम्बर प्रदेश..

    सप्तरीमा अधिकांश मतदानस्थल संबेदनशील, सुरक्षा सतर्कतामा वृद्धि

    मंगलवार, मंसिर १९, २०७४ साल
    सप्तरी, १९ मंसिर । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको यही मंसिर २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदान केन्द्र तथा मतदाता र नेता तथा कार्यकर्ताको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । जिल्लाका सम्बन्धित मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी सुरक्षा निकाय र मतदानको सामग्री पुगिसकेको सप्तरीका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिए । मुख्य निर्वाचन कार्यालयका अनुसार चार..

    मतपत्र च्यात्नेलाई मतगणनामा राख्दैनौँ : मुख्य निर्वाचन अधिकृत शर्मा

    मंगलवार, मंसिर १९, २०७४ साल
    चितवन, १९ मंसिर । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ । मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् ।  नेपाल पत्रकार महासंघ चितवन शाखा कार्यालयमा आज आयोजित मुख्य निर्वाचन अधिकृत र पत्रकारबीचको छलफलमा मुख्य..

    कास्कीमा मतदाता परिचयपत्र वितरण शुरु, मतदानस्थल तयार गरिँदै

    मंगलवार, मंसिर १९, २०७४ साल
    पोखरा, १९ मंसिर । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण शुरु गरेका छन् । परिचय वितरण बुधबार पनि जारी रहनेछ । कास्की जिल्लाका ३१७ वटै मतदान केन्द्रमा सोमबार नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।    उनका अनुसार मतदाता शिक्षा स्वयंसेवकले मत बदर नहोस् भनेर मतदाता शिक्षाबारेमा पनि..

    मतदानस्थलमा पनि मत हाल्ने तरिका सिकाइन्छ : निर्वाचन आयोग

    मंगलवार, मंसिर १९, २०७४ साल
    काठमाडौँ, १९ मंसिर । के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ? हुनुहुन्न भने चिन्ता नगर्नुुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा र दुई तहको निर्वाचन एकै पटक गर्न परेकाले कतिपय मतदातामा मतदान विधिबारे भएका अन्योल मेट्न निर्वाचन आयोगले मतदानस्थल र मतदानकेन्द्रमा मतदाता परिचयपत्र लिन..

    उच्च हिमाली क्षेत्रम हिमपातको संभावना सर्तक रहन आग्रह

    मंगलवार, मंसिर १९, २०७४ साल
    मंसिर १९, काठमाडौँ । उच्च हिमाली क्षेत्रमा हिमापातको संभावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले हिमाली भेगका स्थानीय बासिन्दा तथा पर्वतारोहीलाई सर्तक रहन अपिल गरेको छ । महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वतारोही तथा स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।   महाशाखाका अनुसार दक्षिणपूर्वी अरब सागरमा देखापरेको चक्रवातको प्रभावले उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने बलियो संभावना देखिएको हो । चक्रवातले  जलवाष्फयुक्त..

    बेनी नगरपालिका साक्षर घोषित, नगरपालिकाका ९६.८२ प्रतिशत नागरिक साक्षर

    मंगलवार, मंसिर १९, २०७४ साल
    म्याग्दी, १९ मंसिर ।  बेनी नगरपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयको संयोजन र नगरपालिका कार्यालयले सदरमुकामस्थित बेनी सामुदायिक मावि परिसरमा सोमबार आयोजना गरेको समारोहमा साक्षर घोषणा गरिएको हो ।  नगरपालिकाका ९६.८२ प्रतिशत नागरिक साक्षर भएको बताइएको छ । शिक्षा मन्त्रालयले १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकले अंक र अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह..

    चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिन्छ : प्रवक्ता मोहनबहादुर बस्नेत

    मंगलवार, मंसिर १९, २०७४ साल
    कैलाली, १९ मंसिर । सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् ।  नेपाल प्रेस युनियन कैलालीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी पनि दिए । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उनले मतदातालाई आह्वान गरे ।  फरक प्रसंगमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले..

    तिलागुफा नगरपालिकाका दुई वडा देशकै पहिलो बालमैत्री शासन भएका वडा घोषणा

    मंगलवार, मंसिर १९, २०७४ साल
    कालीकोट, १९ मंसिर । जिल्लामा तिलागुफा नगरपालिकाका वडा नं. २ र ४ लाई देशको पहिलो बालमैत्री शासन भएका वडा घोषणा गरिएको छ ।  जिल्लाको उत्तर–पूर्वमा पर्ने (साविकको राँचुली गाविस) तिलागुफा नगरपालिकामा सोमबार विशेष कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो ।  जिल्ला समन्वय समिति, कालीकोटका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुईवटा वडामा बालमैत्री शासनका लागि हुनुपर्ने ४१ वटा सूचक पूरा गरेकाले बालमैत्री..

    काठमाडौँ महानगरपालिकामा विकास निर्माणका कामले गति लिँदै

    मंगलवार, मंसिर १९, २०७४ साल
    काठमाडौँ, १९ मंसिर । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा विकासको कामले गति लिएको छ ।  जनप्रतिनिधि आएपछिको मुख्य प्राथमिकतामा परेको ‘क्लिन द सिटी’ (सफा शहर) अभियान अहिले तीव्ररुपमा अघि बढेको छ भने अन्य विकास निर्माणको काम पनि भइरहेको छ । करिब एक हप्तादेखि बिहानको समयमा ब्रुमर (धुलो सोस्ने) को माध्यमबाट सडकको थुलो उठाएको कामपाले बेलुकीको समयमा भने जेट मेसिनबाट सडक पानीले पखालेर शहर सफा..
    Weather Forecast