शुक्रबार, आषाढ २६, २०७७

    राज्य-समाज

    ऐनको दफा ४१ बमोजिम औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही गर्ने निर्णय

    बुधबार, आषाढ ६, २०७५ साल
    काठमाडौँ, ५ असार  उद्योग विभागले औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही गर्ने भएको छ ।  विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को प्रावधानअनुसार २०७३-७४ को औद्योगिक विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरेकामा उक्त विवरण नपठाए कारवाही गर्ने भएको हो ।  विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकभर रहेका ठूला, मझौला र विदेशी लगानीका साना उद्योगको विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरिएको जानकारी दिए । “विभागमा दर्ता..

    सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्ष उमेरका धेरै

    मंगलवार, आषाढ ५, २०७५ साल
    काठमाडौँ, ५ असार  काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति धेरै छन् ।  चालु आर्थिक वर्षको पहिलो १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १४९ जनामध्ये १७ देखि ३५ वर्ष उमेर समूहका ८० जना छन् । यस्तै १६ वर्षमुनिका १५ र ३६ वर्षभन्दा माथि उमेर समूहका ५४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।  चालु आर्थिक वर्षमा..

    प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीनको राजधानी बेइजिङ प्रस्थान(फोटो सहित)

    मंगलवार, आषाढ ५, २०७५ साल
    काठमाडौँ, ५ असार  प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान प्रधानमन्त्री ओलीसहितको टोली हिमालय एयरलाइन्सको विशेष विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् ।  प्रधानमन्त्री ओलीलाई बिदाई गर्नका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, तथा नेकपाका नेताहरु माधवकुमार नेपाल, नारायणकाजी..

    नेकपा र काँग्रेसद्वारा डा देवकोटाको निधनप्रति अत्यन्तै दुःख ब्यक्त, श्रद्धाञ्जलि साथै आजै दाहसंस्कार

    मंगलवार, आषाढ ५, २०७५ साल
    काठमाडौँ, ५ असार  नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गरेका उचाइँ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  “स्रोत, साधन र प्रविधिको सीमितता भएको बेलामा..

    अवैध तस्करी नियन्त्रण गर्न नेपाल—भारत सीमामा सुरक्षा चेकजाँच थप कडा परियो

    मंगलवार, आषाढ ५, २०७५ साल
    नवलपरासी, ५ असार : पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ ।  भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि यतिबेला स्थानीय प्रशासनले सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरी सीमा क्षेत्रमा कडा गरेको पाइएको हो ।  पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को महेशपुर नाकामा तस्करीमा कडाइ भएको छ..

    वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको साँझ उपचारका क्रममा निधन, मंगलबार अन्त्यष्टि

    सोमबार, आषाढ ४, २०७५ साल
    काठमाडौँ, ४ असार  वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको सोमबार साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ ।  उनि सो इन्स्टिच्यूटका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ थिए ।  पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा देवकोटाको साँझ ५ः४५ बजे निधन भएको उनका भजिता वसन्त देवकोटाले जानकारी दिए । छ महिनाअघि बेलायतमा उपचार गर्न लगिए पनि..

    सूचना : नीलो स्टिकर भएको ट्याङ्करको पानी मात्र पिउनयोग्य

    सोमबार, आषाढ ४, २०७५ साल
    काठमाडौँ, ४ असार   नीलो स्टिकर पाएका ट्याङ्करका पानी मात्र पिउनयोग्य रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।  उपत्यकामा नीलो स्टिकर पाउने १४ ट्याङ्कर मात्र रहेको बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले राससलाई जानकारी दिए । वर्षामा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्याङ्करको पानी पिउन प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले सचेत हुन बोर्डले आह्वान गरेको छ ।  ट्याङ्करको पानीको..

    मन्त्रीहरूको निर्णय - भुक्तानी नदिने चिनी मिल र क्रसर उद्योगलाई कारवाही

    सोमबार, आषाढ ४, २०७५ साल
    काठमाडौँ, ४ असार  सरकारले कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रसर उद्योगलाई कारवाही गर्ने भएको छ ।  गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले सुनसरी, सिरहा, सर्लाही, बारा, पर्सा, नवलपरासीलगायत जिल्लामा उखुको रकम भुक्तानी नगरेको भनी उजुरी परेकामा प्रजिअले उद्योगीलाई बोलाई छलफल गरी तत्काल कृृषकको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय..

    डाइनासोरको उत्पत्तिकाल देखिको ‘गिङ्को बाइलोबा’ नामक विरुवा नेपालमा संरक्षित अवस्थामा

    सोमबार, आषाढ ४, २०७५ साल
    काठमाडौँ, ४ असार  करोडौँ वर्षअघि संसारमा उत्पत्ति भएको विश्वास गरिएको विरुवा पनि नेपालमा संरक्षित अवस्थामा छ ।  संसारमा सबैभन्दा पुरानो प्रजातिको ‘गिङ्को बाइलोबा’ नामक सो विरुवा डाइनासोरको उत्पत्ति भएको काल अर्थात् आजभन्दा २७ करोड वर्षअघि उत्पत्ति भएको विश्वास गरिएको छ । सो विरुवा ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा संरक्षित अवस्थामा रहेको वनस्पति विभागले जनाएको छ । चीनमा उत्पत्ति भएको सो विरुवा बेलायतसहित..

    पूर्वाधार विकास, रेल-सडक निर्माण र जलविद्युत आयोजनामा चिनियाँ सहयोग जुटाउनेछु : प्रधानमन्त्री

    सोमबार, आषाढ ४, २०७५ साल
    काठमाडौं ,४ असार प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा विकासको एजेण्डाले प्राथमिकता पाउने बताएका छन् । ओली चिनियाँ समकक्षी लि खछ्याङको निमन्त्रणमा भोलि चीनको औपचारिक भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै खछ्याङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्नेछन् । भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले चीन समस्यासहित छिमेकी भएको बताए । उनले भने, ‘चीन, जसले हाम्रो सार्वभौमसत्ताको खुलेआम..

    प्रदेशसभा बैठक : राजश्व र व्ययको वार्षिक अनुमान विषयक छलफल

    सोमबार, आषाढ ४, २०७५ साल
    पोखरा, ४ असार प्रदेश नं ४ को प्रदेशसभा बैठकमा असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको आव २०७५-७६ को राजश्व र व्ययको वार्षिक अनुमानका सम्बन्धमा आइतबारदेखि शुरु भएको छलफलमा सोमबार पनि सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् ।   सोमबारको छलफलमा भाग लिँदै सदस्यहरूले बजेटले संघीयताको संस्थागत विकाससँगै धेरै विषय र क्षेत्रलाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै सबैको..

    १ हजार ३ सय ५८ उद्योग स्थापनाका लागि चीनबाट १ खर्ब ७ अर्बको लगानी प्रतिबद्धता

    सोमबार, आषाढ ४, २०७५ साल
    काठमाडौँ, ४ असार एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।   उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि रु ७९ अर्ब ४० करोड ५१ लाख ९० हजारबराबरको प्रतिबद्धता आएको छ । कृषि तथा वनजन्य उद्योग १००,..

    प्रदेशसभा बैठक स्थगित, बजेटमा नीति कार्यक्रम अभिव्यक्त नभएको प्रतिपक्षको आरोप

    सोमबार, आषाढ ४, २०७५ साल
    बुटवल, ४ असार प्रदेश नं ५ मा प्रदेशसभाको बैठक सोमबार स्थगन भएको छ ।  प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले विशेष कारण जनाउँदै बैठक स्थगन भएको सूचना टाँस गरेर जानकारी दिएका छन् ।  यसअघि २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको थियो ।  प्रदेश नं ५ मा प्रतिपक्ष नेपाली काँग्रेसले बजेटमा असहमति जनाउँदै प्रदेशसभाको बैठकमा उभिएर विरोध गरेपछि सभामुख घर्तीले केही समयका लागि बैठक स्थगन..

    राष्ट्रियसभाका सांसदको कार्यकाल टुंगो लाग्यो, गृहमन्त्रीको ६ तथा अर्थमन्त्रीको मात्र २ बर्ष (७ फोटो)

    सोमबार, आषाढ ४, २०७५ साल
    काठमाडौँ, ४ असार : राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।  संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा सोमबार  टुङ्गो लगाएको हो ।  संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोला प्रथाबाट छ वर्षको कार्यकाल प्राप्त गर्नेमा रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी छन् ।  त्यस्तै बिना पोखरेल, प्रमिलाकुमारी,..

    काँग्रेस चाँडो भन्दा चाँडो महाधिवेशनमा जानुपर्नेमा नेत्री कोइरालाको जोड

    सोमबार, आषाढ ४, २०७५ साल
    काठमाडौँ, ४ असार  नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छन् ।  रिपोर्टर्स क्लब नेपालले सोमबार यहाँ आयोजना गरेको साक्षात्कारमा उनले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिएकी हुन् ।  “काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको छ”, नेत्री कोइरालाले भनिन्, “संसद्मा बोल्ने विषयमा पार्टीभित्र छलफल नहुँदा काँग्रेस कमजोर प्रतिपक्षका रुपमा..

    प्रम ओलीको चीन भ्रमण अत्यन्त सबल र समृद्धिको महत्वपूर्ण अवसर

    सोमबार, आषाढ ४, २०७५ साल
    काठमाडौँ, ४ असार   प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणको पृष्ठभूमि अत्यन्त सबल भएकाले महत्वपूर्ण अवसरका रुपमा लिइएको हो ।  नेपालमा नयाँ संविधान लागू भई तीनै तहको निर्वाचनपश्चात् बनेको केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइ समर्थन छ भने अर्कोतर्फ चीनका राष्ट्रपति सि..

    मन्त्रीबीच विवाद ! ठेकेदारलाई कारबाही गर्ने या नगर्ने बिषय अन्योलमा

    सोमबार, आषाढ ४, २०७५ साल
    काठमाडौं, ४ असार  गृहमन्त्री रामबहादुर थापा बादल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठबीच समन्यवको अभाव देखिएको छ ।  गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका हुन् । काम नगर्ने निर्माण व्यवसायीलाई पक्राउ गरेर जेल हाल्ने गृहमन्त्री थापाको अभिव्यक्ति आईरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले..

    संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखको दोश्रो सम्मेलनमा भाग लिन महानिरीक्षक खनाल अमेरिका प्रस्थान

    सोमबार, आषाढ ४, २०७५ साल
    काठमाडौँ, ४ असार  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान गरेका छन् ।  अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखको द्धितीय सम्मेलन–२०१८ मा भाग लिन आइतबार राति उनि त्यसतर्फ प्रस्थान गरेका हुन् ।  असार ६ गते शुरु हुने उक्त सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीको रोकथाममा सदस्य राष्ट्रका प्रहरीबीच सहकार्य वृद्धि गर्ने, राष्ट्रहरुबीच सुरक्षामा देखिने..

    सरकारी कर्मचारीले अवकाशको २ वर्षसम्म एनजिओ-आइएनजिओमा काम गर्न नपाउने !

    आईतवार, आषाढ ३, २०७५ साल
    पोखरा, ३ असार :  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उच्च पदस्थ सरकारी कर्मचारीले अवकाश लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने बताएका  छन् ।  पत्रकार महासंघ कास्की शाखाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी अवकाश पाउने बित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गोपनियता भङ्ग हुने बताए ।  राष्ट्र सेवक कर्मचारीलाई अवकाशपश्चात मुलुकमै काम गर्नेगरी व्यवस्था गरिने बताउँदै..

    चीन भ्रमणअघि प्रधानमन्त्री ओलीलाई पूर्व प्रम डा. भट्टराईका १० बुँदे सुझाव (पूर्णपाठसहित)

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडौं, ३ असार  नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर १० बुँदे सुझाव दिएका छन् ।  ओलीले मंगलबारदेखि चीनको भ्रमण गर्न लागेका छन् । भट्टराईले दिएको सुझावमा ठूला अर्थतन्त्रको मुल्य श्रृंखलासँग जोडिने गरी आफ्नो अर्थतन्त्रको विकास गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने, तिब्बती शरणर्थीहरुलाई नयाँ ढंगले व्यवस्थापन गर्नेबारे सोच्नु पर्ने, माउन्ट कैलाश जाने गोरखाको झालाङ्ग–राइलालगायत ओलाङ्गचुङ्ग..

    नेकपामा ३३ प्रतिशत महिला नभएको भन्दै निर्वाचन आयोगलाई सर्वोच्चको कारण देखाऊ आदेश

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडौँ, ३ असार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीमा ३३ प्रतिशत महिला नपुर्‍याएकोबारे कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अनिल सिन्हाको एकल इजलासले  पार्टीको स्थायी र केन्द्रीय समिति लगायतका संरचनामा किन ३३ प्रतिशत महिला नराखेको जवाफ दिन नेकपालाई आइतबार आदेश दिएको हो। सर्वोच्चले कानूनअनुसार ३३ प्रतिशत महिला नपुर्‍याएको दल किन दर्ता गरेको भन्दै निर्वाचन आयोगसँग पनि जवाफ मागेको छ। नेकपा र आयोगले १५..

    सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउने उदेश्यले प्रहरीलाई नागरिकमैत्री बनाउने अभियान शुरु

    आईतवार, आषाढ ३, २०७५ साल
    रसुवा, ३ असार नागरिक र प्रहरीबीचको समन्वय एवं सहकार्यमा अपराध र अपराधजन्य समस्या हल गर्न रसुवा प्रहरीले गृहकार्य अगाडि बढाएको छ ।  जिल्ला प्रहरी प्रमुख शरत्कुमार थापा क्षेत्रीका अनुसार सामाजिक विकृतिविसंगतिविरुद्ध जनचेतना फैलाई नागरिकमैत्री प्रहरीको छविको विकास गर्ने उद्देश्यले टोलटोलमा पर्चा पम्प्लेटसहित चेतनामूलक अभियान शुरु गरिएको हो ।  अभियानअन्तर्गत विद्यालयमा सम्पर्क, सडक तथा ट्राफिक चेतना, लागुऔषध नियन्त्रण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न जनस्तरबाट..

    संसद् बैठकमा मन्त्रीहरु उपस्थिति नभएपछि सभामुखले दिए यस्तो चेतावनी

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडौँ, ३ असार  सभामुख कृष्णबहादुर महराले विषयगत मन्त्रालयका सम्बन्धित मन्त्रीको संसद् बैठकमा उपस्थिति नदेखिएपछि आइतबार मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन्  ।  विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा आइतबार संसद् बैठकमा चार मन्त्रालयका चारै मन्त्रीको उपस्थिति नभएपछि सभामुखले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।  विनियोजन विधेयक, २०७५ अन्तर्गत बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, शहरी..

    राष्ट्रियसभा सदस्यले आफ्नो कार्यकाल अवधि स्वयंले निर्धारण गर्ने ! (चयन प्रक्रिया सहित)

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडौँ, ३ असार  राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्ने भएका छन् ।  नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो पटक लगाउने छ । अर्थमन्त्री डा युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभाको सदस्य छन् । निर्वाचनको अङ्गकै रुपमा गोलाविधिद्वारा समयावधि निर्धारण..

    विषयगत चार मन्त्रालयका विभागीयमन्त्री उपस्थित नहुँदा प्रतिनिधिसभाको बैठक स्थगित

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडौँ, ३ असार  विषयगत चार मन्त्रालयका मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको आईतबारको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।  विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति भएको थिएन । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतको छलफल चलिरहेको थियो ।  नेपाली काँग्रेसका अमरेशकुमार..

    सरकार मधेशसँग नीति, विधि र थितिअनुसार नचलेको, सौतेनी आमाको व्यवहार गरेको आरोप

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडौं, ३ असार प्रतिनिधिसभाको आईतबारको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।  विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाए ।  सांसद राजकिशोर यादवले सरकार मधेशसँग अनुदार भएको, सिरहा..

    अरुण तेस्रोको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको ३८ घण्टापछि जिवितै उद्धार

    आईतवार, आषाढ ३, २०७५ साल
    संखुवासभा,३ असार संखुवासभा अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा शुक्रबारदेखि वेपत्ता ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्दार गरेको हो । घाइते..

    चिनियाँ टोली समयमा आउन नसक्दा प्रधानमन्त्रीसँगै भाले र पोथी गैँडा पठाउन नसकिने जानकारी

    आईतवार, आषाढ ३, २०७५ साल
    चितवन, ३ असार  नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् ।  वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष नौ महिनादेखि दुई वर्षभित्रका छन् । भालेलाई निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट..

    कार्यसञ्चालन नियमावली पारित गर्न संघीय संसदको संयुक्त बैठक बस्दै

    आईतवार, आषाढ ३, २०७५ साल
    ३ असार, काठमाडौं ।  संघीय संसदको संयुक्त बैठक आज अर्थात्आइतवार बस्दै छ । अपराह्न ४ बजे नयाँ बानेश्वरस्थित संघीय भवनमा बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५ पारित गर्ने कार्यक्रम रहेको छ । यसअघि गत सोमबार नै कार्यसञ्चालनको नियमावली पारित गर्ने तयारी गरिएको भएता पनि विविध कारणले बैठक बस्न नसकेपछि आइतबारलाई सारिएको हो ।  बिहीबार सम्पन्न मन्त्रिपरिषदको..

    जल तथा मौसम विज्ञान विभाग भन्छ - हिलाम्ये वर्षा फेरि दोहोरिन सक्छ

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडाैँ, असार ३।  शुक्रवार साँझपछिको वर्षा अन्य दिनको भन्दा फरक रह्यो, घर र आसपासका बोट विरुवा हिलाम्ये भएका छन् भने अन्य सामग्रीमा समेत हिलो, धुलो र मैलो लागेको छ । हिलो र धमिलो वर्षा भएपछि यस्तो कसरी भयो, कहाँ के भयो भन्नेमा धेरैलाई खुलदुली जागेको छ । वर्षाले वायुमण्डलमा रहेको प्रदुषण र धुँवा धुलो झारेपछि यस्तो असर देखिएको मौसमविद्हरु बताउँछन् । भारतको..
    Weather Forecast