सोमबार, चैत्र १७, २०७६

    राज्य-समाज

    आम जनता लाभान्वित हुने योजनाहरुलाई बिशेष प्राथमिकता दिइने छ : मन्त्री बोहरा

    बुधबार, चैत्र १४, २०७४ साल
    डडेल्धुरा, १४ चैत : प्रदेश सरकारले जनतालाई लाभान्वित हुने योजना निर्माण गरिरहेको प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले बताएका छन् ।  प्रेस चौतारी डडेल्धुरा शाखाले मन्त्री बोहराको गृहजिल्ला डडेल्धुरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने, लाभान्वित हुने र सर्वसाधारणको जीवनस्तर उकास्नेखालका योजना बनाइरहेको जानकारी गराए ।  मन्त्री बोहराले प्रदेश नं ७ का अधिकांश जिल्लाका दूरदराजमा..

    तराईका कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा मलाइ छ : प्रम ओली

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मूलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एकजना बच्चालाई विद्यालय भर्ना गर्ने बताएक छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार  भएको राष्ट्रिय युवा परिषद्को कार्यक्रममा उनले आगामी वैशाख ५ गतेका दिन विद्यालय जाने उमेरका कुनै पनि बालबालिकालाई घरबाट आफैँले विद्यालयमा लगेर भर्ना गराउने बताएका हुन् ।  “यसपालिको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरका एकजना बच्चालाई..

    भावी प्रधानन्यायाधीशका लागि तीन न्यायाधीशको नाम संवैधानिक परिसद्मा पठाइयो

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत : न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ ।  परिषद्को मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको निर्णय गरेको परिषद्का सदस्य पदम वैदिकले जानकारी दिए ।  पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि प्रधानन्यायाधीश..

    निकुञ्जको टोलीले डाट गनमार्फत बेहोस बनाई नरभक्षी बाघलाई नियन्त्रणमा लिए

    बुधबार, चैत्र १४, २०७४ साल
    रत्ननगर, चितवन, १४ चैत : मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले हिजो साँझ नियन्त्रणमा लिएको छ ।  साँझ ६ः१० बजेको समयमा डाट गनमार्फत बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको टोलीमा सहभागी चितवन निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले बताए ।  टोलीले खोरमा राखेर बाघलाई चितवन ल्याउँदै गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले..

    सशस्त्र प्रहरीको टोली सीमा क्षेत्रको रेखदेख गर्न उत्तरी सीमातर्फ प्रस्थान

    बुधबार, चैत्र १४, २०७४ साल
    दार्चुला, १४ चैत : भारतीय पक्षले एकतर्फी रुपमा सीमा नदीको रुपमा रहेको महाकाली नदीमाथि पुल लगाएको घटना बाहिर आएपछि उत्तरी सीमाको रेखदेखमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाबाट बन्दोबस्तीका सामानसहित १५ जनाको टोली मंगलबार व्यास गाउँपालिकाको छाङ्रु प्रस्थान गरेको छ ।  भारतीय पक्षले गत फागुनमा नेपालको सहमतिबिनै व्यास गाउँपालिकाको वडा नं २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर..

    प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग

    मंगलवार, चैत्र १३, २०७४ साल
    हेटौँडा, १३ चैत : प्रदेश नं ३ को मंगलबार बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए ।  मंगलबारको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे ।  नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे । उनले..

    नयाँ मन्त्रालयको नयाँ संरचना: सांगठनिक संरचना प्रतिवेदन मन्त्रिपरिषद्मा पेश

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत नयाँ पुनःगठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार पारिएको प्रतिवेदन स्वीकृतका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुराना मन्त्रालयबाट पुनःगठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार पारी प्रतिवेदन पेश गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासकीय सुधार शाखाका प्रमुख खगराज बरालले जानकारी दिए । पुनःगठित मन्त्रालयको संरचनासहितको प्रतिवेदन सोमबार मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा..

    विप्लप निकट अनेरास्ववियुमा ३० वर्षे उमेर हदबन्दी, अबको आन्दोलन उपलब्धिमुलक गर्ने जिकिर

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले केन्द्रीय कमिटीले ३० वर्षे उमेर हदबन्दी लगाएको छ । मंगलबार क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीमा रहने विद्यार्थीको उमेरको हदबन्दी ३० वर्ष तोकिएको क्रान्तिकारीका अध्यक्ष चिरिञ्जीवी ढकालले जानकारी दिए । ‘‘चालिस– पचास वर्षसम्म विद्यार्थी राजनीतिक क्रियाकलाप गरिरहने भएकाले विद्यार्थीका मुद्दा उठ्न सकेन’’, उनले भने, ‘‘त्यसैले हामीले..

    सबैसँग मैत्री हाम्रो सिद्धान्त हो : प्रधानमन्त्री केपी शर्मा ओली

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट परेका छन् । काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा मंगलबार सम्बोधन गर्दै उनले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्छौं भने । पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून तथा विश्व शान्तिका..

    स्थानीय तहमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत, कार्य सञ्चालन प्रभावकारी हुनेमा विश्वास

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत स्थानीय तहको सेवालाई प्रभावकारी बनाउन स्थानीय तह करारमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४ स्वीकृत भएको छ । स्थानीय तहबाट हुने कामलाई प्रभावकारी तथा नियमित सेवा प्रवाह गर्न स्थानीय तहलाई तुरुन्तै कर्मचारीको आवश्यकता परेकाले कार्यविधि स्वीकृत गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय तह सञ्चालनका लागि कर्मचारीको..

    १८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो, अपुग स्थानमा थप कर्मचारी पठाइने

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ । मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो । रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा कार्यालयका लागि शाखा प्रमुखकारूपमा कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजङ्ग थापाले जानकारी गराए । यसअघि..

    खेलाडी विमल घर्ती मगरकी बहिनीको हत्यामा आरोपि चौधरीलाई सफाई

    मंगलवार, चैत्र १३, २०७४ साल
    नवलपरासी, १३ चैत : राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन् ।  मनिषाको मृत्युको कारण झुण्डिएर भएको पृष्टि भएको छ । विसं २०७३ जेठ १३ गते बिहान मनिषा आफ्नै घर बर्दघाट–८ मा मृतावस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको भन्दै नवलपरासी जिल्ला अदालतलमा मुद्दा दायर भएको थियो ।  उक्त..

    रोल्पाको माडीपुल निर्माणको दशवर्षसम्ममा मा दुई पिलर मात्र ठड्याइए, बेवारिसे बनेको ठेक्का रद्द

    मंगलवार, चैत्र १३, २०७४ साल
    रोल्पा, १३ चैत :  पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्ने रोल्पाको माडीखोला पुल निर्माण आरम्भ भएको १० वर्षमा मात्रै दुईवटा पिलर ठड्याएपछि बेवारिसे बनेको छ ।  पुल निर्माण नहुँदा जिल्ला सदरमुकाम आवतजावतमा लामो समयदेखि कष्ट व्यहोर्दै आएपछि तत्कालीन समस्या समाधानका लागि अस्थायी बेलीब्रीज निर्माण गरिएको थियो । बेलीब्रीज निर्माणसँगै पक्की पुल निर्माणमा बेवास्ता बढ्दै जान थालेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन्..

    नेपाल र युनेस्कोबीचको साझेदारी २०औँ वर्षमा प्रवेश, सहयोगको प्रशंशा

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत : नेपाल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) बीचको साझेदारी २०औँ वर्षमा प्रवेश गरेको छ ।  बीस वर्षअघि राजधानीको एउटा होटलमा एक व्यक्तिबाट शुरु भएको युनेस्कोको कार्यालय आज तीसभन्दा बढी कर्मचारीको कार्यस्थलमा रुपान्तरण भएको छ । युनेस्कोले नेपाल सरकारसँगको सहकार्यमा शिक्षा, विज्ञान, संस्कृति र सञ्चार तथा सूचनासँग सम्बन्धित सरकारी नीति एवं कार्यक्रमको सुदृढीकरणका साथै नेपालमा शान्ति..

    पर्सा राष्ट्रिय निकुञ्ज मान्छे खाने बाघ नियन्त्रणका लागि टोली परिचालन

    मंगलवार, चैत्र १३, २०७४ साल
    रत्ननगर, चितवन, १३ चैत । मान्छे खाने बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहित पशु चिकित्सक र वन प्राविधिज्ञको टोली परिचालन गरेको छ ।  मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ रमौली प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा सोमबार बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । शव उठाउने क्रममा पुनः बाघले आक्रमण गर्दा अन्य दुईजना घाइते भएका थिए ।  बाघले यसरी मान्छेलाई आक्रमण गरेपछि अन्य मानवीय क्षति हुन..

    निर्यातमा समस्या नहुने भएकाले यस वर्षदेखि व्यापार घाटा घट्छ : प्रधानमन्त्री ओली

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्षदेखि व्यापार घाटा घट्ने बताउनुभएको छ ।  नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ बालुवाटारमा ग्रहण गर्दै उहाँले भन्नुभयो – “व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ ।”  प्रधानमन्त्री ओलीले यसका लागि उपभोग्य वस्तुको उत्पादन, उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिने नीति कार्यान्वयन गर्नुपर्छ भन्दै नेपाली उपभोग्य..

    गौहत्या एवं त्यसको मासु प्रकरणबारे तथ्य बंग्याएर पीडित बनाए : उपसभामुख तामाङ

    मंगलवार, चैत्र १३, २०७४ साल
    नुवाकोट, १३ चैत : गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराएकी छिन ।  सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको उल्लेख गरिन ।  “नेपाल तामाङ घेदुङले मकवानपुर पदमपोखरीको घटना सम्बन्धमा यही चैत ७ गते गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु..

    युरोपियन युनियन (इयु) को प्रतिवेदन अस्वीकार्य एवं निन्दनीय : नेकपा एमाले

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत : नेकपा (एमाले) ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन अस्वीकार्य एवं निन्दनीय रहेको जनाएको छ ।  पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “युरोपेली संघ इलेक्सन अब्जरभेसन मिसनको व्यानरमा सार्वभौम नेपाली जनताले जारी गरेको संविधान विरुद्धमा नेपाल सरकारलाई सुझाव दिन तथा हस्तक्षेप गर्न सक्दैन ।”  एमलेले युरोपेली संघको निर्वाचन परिवेक्षण सुझाव..

    मित्रताको नीतिमा अगाडि बढ्दै गरेको नेपालको विदेश नीति सन्तुलित रहने !

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रताको नीतिमा अगाडि बढेको नेपालको विदेश नीति सन्तुलित रहने बताउनुभएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार ‘नेपाल–चीन सम्बन्ध’ शीर्षक पुस्तकको लोकार्पणपछि प्रधानमन्त्री ओलीले सबै मित्र राष्ट्रसँगको सम्बन्ध समानताका आधारमा रहने बताउँदै भन्नुभयो, “हामी मित्रतामा जोड दिन्छौं, हाम्रो नीति मित्रताको हो, यो असमान हुँदैन, असन्तुलित पनि हुँदैन, यो समान हुन्छ ।”  प्रधानमन्त्री ओलीले छिमेकसँगको..

    संसद्मा इयु निर्वाचन प्रतिवेदनको सर्बत्र विरोध, देशमा बाह्य हस्तक्षेप सह्य नहुने

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी इयुले प्रतिवेदन जारी गरेको भन्दै आपत्ति जनाए। उनले भने, “कुनै पनि देशमा यस्तो खालको हस्तक्षेप सह्य हुँदैन । नेपाल..

    प्रतिनिधिसभाको बैठकमा अध्यादेश पेश, दुवै सदनको संयुक्त बैठक चैत १५ गते बस्ने

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक यही चैत १५ गते अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले दुवै सदनको बैठक चैत १५ गते बस्ने र उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने जानकारी दिए । दुवै सदनको संयुक्त रुप संघीय संसद् हो । प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न..

    काँग्रेस कार्यसमिति बैठक : पार्टी सिद्धान्तबाट सञ्चालन हुनुपर्ने काँग्रेसी नेताहरुको माग

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत प्रतिनिधिसभा-प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसको लोकप्रिय मतमा अग्रस्थान नै आएको तर प्राविधिक रुपमा सिट संख्या कम आउँदा आत्तिहाल्नु पर्ने अवस्था नआएको काँग्रेसका केन्द्रीय सदस्यहरुले चुनावी विश्लेषण गरेका छन् । तीनै तहका निर्वाचनको चुनावी समीक्षा र अगामी दिनमा नेकाले लिने रणनीतिका बारेमा शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार बोल्ने केन्द्रीय सदस्यले निर्वाचनपछिको परिस्थितिका बारेमा आ–आफ्नो धारणा राखेका हुन् । उनीहरुले..

    युरोपियन युनियन (इयु) को निर्वाचन प्रतिवेदनमा प्रमुख विपक्षी दल काँग्रेसको पनि आपत्ति

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इ.यु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।  सोमबारको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि काँग्रेसले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए । इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिन अघि सार्वजनिक गरेको थियो ।  उक्त प्रतिवेदनका केही..

    राष्ट्रपतिले आगामी चैत १५ गते दिउँसो ४ बजे संसदमा सम्बोधन गर्ने

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत : मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।  निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो ।  आज बालुवाटारमा सम्पन्न बैठकपछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिनुका हुन् ।  यसैगरी बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा कुन्दन अर्याल..

    छलीमायालाई ‘सामुदायिक उत्थानशीलताका लागि नेतृत्व पुरस्कार’ प्रदान

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत ।  अल्पसंख्यक थामी सामुदायलाई नयाँ सोचका साथ व्यवसायमा संलग्न गराउन महत्वपूर्ण योगदान पुर्याएबापत छलीमाया थामीलाई ‘सामुदायिक उत्थानशीलताका लागि नेतृत्व पुरस्कार’ प्रदान गरिएको छ ।  दोलखा सोरुङखोलाकी थामीले देशभर रहेका ३० हजार थामी समुदायको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र हिमालय जागरण अभियानले संयुक्त रुपमा सो पुरस्कार प्रदान गरेकोे हो ।  छलीमायाले अलैँची खेतीमा एकीकृत व्यवस्थापनका..

    वैदेशिक रोजगारीबाट आएका २५ वर्षीय गोविन्द घिमिरे १ महिनादेखि सम्पर्कविहीन

    सोमबार, चैत्र १२, २०७४ साल
    नवलपरासी, १२ चैत : वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् ।  कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौँ विमानस्थलमा उत्रिएका घिमिरे अहिले एक महिनासम्म पनि परिवारको सम्पर्कमा नआएको परिवारिक स्रोतले जनाएको छ ।  घिमिरे एउटै कम्पनीमा काम गर्ने सर्लाहीका साथी सोनेलाल दाससँग काठमाडाँैसम्म आएको घिमिरेका बुबा..

    महाकाली अञ्चलमा भाडाका ३ सय २५ सवारी साधन प्रतिबन्ध, २ हजार १०१ सवारी साधन दर्ता

    सोमबार, चैत्र १२, २०७४ साल
    भीमदत्तनगर, १२ चैत :  चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ ।  यातायातमा दर्ता भएका ३२५ सवारी साधन प्रतिबन्ध लगाएको यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले जानकारी दिए । उनले २० वर्ष नाघेका सवारी साधन चलाउन रोक लगाएसँगै कार्यालयमा..

    इयुले प्रतिवेदन सच्याउनुपर्नेमा ओलीको जोड, नेपालको संविधानका भावनामा आँच पुर्याएको ठहर

    आईतवार, चैत्र ११, २०७४ साल
    काठमाडौँ, ११ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ(इयु)को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन आग्रह गरेका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आइतबार आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले निर्वाचन पर्यवेक्षणका नाममा इयुले नेपालको संविधानका भावनामा आँच पुर्याउने गरी प्रतिवेदन ल्याएको जनाउँदै भने, “नेपाललाई होच्याएको हो ? हेपेको हो ?..

    जुम्लामा ‘महिला हिंसामुक्त’ नमूना गाउँ घोषणा, सबैका लागि राम्रो सन्देश

    आईतवार, चैत्र ११, २०७४ साल
    सुर्खेत, ११ चैत : जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ ।  गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा हिंसामुक्त गाउँ घोषणा गरिएको हो । घोषणा कार्यक्रमको उद्घाटन गर्दै हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले महिलाको पहलमा कोइरेली गाउँ महिला हिंसामुक्त नमूना गाउँ बन्नु सबैका लागि राम्रो सन्देश भएको बताए ।  उहाँका अनुसार..

    सैन्य परीक्षामा अर्काको नामबाट परीक्षा दिने १२ जना नक्कली परीक्षार्थी पक्राउ

    आईतवार, चैत्र ११, २०७४ साल
    काठमाडौँ, ११ चैत : नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।  लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक केन्द्रबाट एक र सिआइटिई कलेज तीनकुनेबाट ११ गरी कुल १२ जना नक्कली परीक्षार्थीलाई शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएकोे छ ।  पक्राउ पर्ने..
    Weather Forecast