शनिबार, कार्तिक ३०, २०७६

    राज्य-समाज

    धनुषा क्षेत्र नंं ३ बाट प्रतिनिधिसभा सदस्यमा राजेन्द्र महतो विजयी

    आईतवार, मंसिर २४, २०७४ साल
    जनकपुरधाम, २४ मंसिर । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो विजयी भएका छन् ।  मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी ३० हजार ७५० मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत प्राप्त गरेका छन् ।  यसैगरी प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं २ (क) मा संघीय..

    विभेद र बहिष्करणमा परेकाको उत्थान गर्नुपर्छ : राष्ट्रपति भण्डारी

    शनिबार, मंसिर २३, २०७४ साल
    काठमाडौँ, २३ मंसिर :  राष्ट्रपति विद्यादेवी भण्डारीले विभेद र बहिष्करणमा परेकाको उत्थान गर्दै ती वर्गलाई आर्थिक समृद्धिको मूलधारमा नल्याएसम्म साँचो अर्थमा मानवअधिकारको संरक्षण र संवद्र्धन हुन नसक्ने बताउनुभएको छ ।  उनान्सत्तरिऔँ मानवअधिकार दिवस २०१७ तथा नवौँ मानव अधिकार राष्ट्रिय महाभेलालाई आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले मानवअधिकार क्षेत्रका उपलब्धि हुँदा पनि मानवअधिकार उल्लङ्घन भएकाले त्यसको विशेष अध्ययन अनुसन्धान आवश्यक भएको बताउनुभयो..

    पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ 'वाम गठबन्धन' को अग्रता

    शनिबार, मंसिर २३, २०७४ साल
    रामपुर, पाल्पा, २३ मंसिर  : पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ वाम गठबन्धनका उम्मेदवार अग्र स्थानमा रहेका छन् । पछिल्लो मत गणनाअनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का दलबहादुर रानाले ९ हजार ७९२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका विजयराज घिमिरेले तीन हजार ७२२ मत प्राप्त गरेका छन् ।  क्षेत्र नं १ प्रदेश ‘क’ एमालेका युवराज खनालले ६..

    चितवन क्षेत्र नं ३ मा माओवादी अध्यक्ष दाहालको अग्रता कायमै

    शनिबार, मंसिर २३, २०७४ साल
    चितवन, २३ मंसिर  चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ ।  सो क्षेत्रमा आठ हजार ८५ मतगणना गर्दा दाहालले चार हजार ६२७ मत प्राप्त गरेका छन्  । उनका प्रतिद्वन्द्वी विक्रम पाण्डेले दुई हजार ८७७ मत प्राप्त गरेका छन् । पाण्डे भन्दा दाहालले एक हजार ७५० मत बढी ल्याएका छन्  । सो क्षेत्रमा एक लाख..

    नेपाली काँग्रेसलाई पुनःसंरचना गर्ने गगन थापाको अठोट

    शनिबार, मंसिर २३, २०७४ साल
    काठमाडुं २३ मंसिर :  काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गरेका छन्  ।  काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उहाँले आग्रह गरेका छन् । आफू निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको वडा समितिले आयोजना गरेको विजयसभामा..

    डा बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठभन्दा १६ सय मतले अगाडि

    शुक्रबार, मंसिर २२, २०७४ साल
    गोरखा, २२ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको मतणनानुसार आज अपराह्न ४ बजेसम्म गोरखा–२ मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टीकाका संयोजक डा बाबुराम भट्टराई एक हजार ५९० मतले वाम गठबन्धनका उम्मेदवार नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठभन्दा अगाडि छन् ।  बाइस हजार ५६८ मतगणना हुँदा डा भट्टराईले ११ हजार ३४९ र श्रेष्ठले नौ हजार ७४९ मत ल्याएका छन् । गोरखा–२ का..

    जुम्ला प्रदेश 'ख'मा एमालेका पदमबहादुर रोकाया विजयी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    जुम्ला, २२ मंसिर  ।  जुम्ला प्रदेश क्षेत्र नं (ख) मा वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी भएका छन् ।  नेकपा(एमाले)बाट उम्मेदवारी दिएका रोकायाले १० हजार ४५८ र उनका निकटतम प्रत्याशी नेपाली काँग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याएका छन् । रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा काँग्रेसका ललितजंग शाहीबाट ५०० मतले पराजित भएका थिए ।  सत्ताइस हजार ३४४ मत रहेको सो क्षेत्रमा..

    हुम्ला : प्रदेश ‘क’ मा एमाले विजयी, प्रदेश ‘ख’ को मतगणना शुरु

    शुक्रबार, मंसिर २२, २०७४ साल
    हुम्ला, २२ मंसिर ।  जिल्लामा प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल सात हजार १५८ मत ल्याई विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए ।  -रासस ..

    रसुवा : प्रदेशसभा ‘क’ मा काँग्रेस विजयी, प्रतिनिधिसभातर्फ पनि अग्रता

    शुक्रबार, मंसिर २२, २०७४ साल
    रसुवा, २२ मंसिर ।  जिल्लामा प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन् ।  मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले दिएको जानकारी अनुसार लामा ६ हजार ९७६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का करन्याल तामाङले पाँच हजार १५२ मत प्राप्त गरे ।  अहिलेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फ काँग्रेसका मोहन आचार्यले सात हजार ६६९ मत प्राप्त गरेका छन्..

    "मानवअधिकारको अवस्था सन्तोषजकन छैन" : राष्ट्रपति भण्डारी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा संक्रमणकालको अन्त्य नहुँदा मानवअधिकारको अवस्था सुढृद्ध हुन नसकेको बताएकी छिन् ।  शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहका मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन (२०७३-७४) ग्रहण गर्दै उनले मुलुकमा संक्रमणकालीन अवस्थामा सोचेअनुरुप मानव अधिकारको अवस्था सुढृढ हुन नसकेको बताइन् । राष्ट्रपति भण्डारीले आयोगले तयार पारेको प्रतिवेदनअनुसार कार्यान्वयन गरेर जानु जरुरी भएको उल्लेख गरिन्  ।  आयोगले नेपालको संविधानअनुसार..

    हुम्ला : प्रतिनिधिसभामा स्वतन्त्र, प्रदेश ‘क’ मा एमाले विजयी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    हुम्ला, २२ मंसिर । जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् ।  लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत प्राप्त गरेका छन् ।  यस्तै, प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार..

    निर्वाचन अपडेट : काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर । काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ ।  बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । काठमाडौँ १ मा खसेको कुल मत २०४५ मध्ये नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ९४० मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण..

    बाजुराको प्रदेश निर्वाचन क्षेत्र १ मा वाम गठबन्धन विजयी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    बाजुरा, २२ मंसिर । बाजुरा प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  बाम गठबन्धनका तर्फबाट उम्मेदवार ब्वनेका नेकपा (एमाले) जिल्ला कमिटी सचिव बलदेव रेग्मीले नौ हजार ८४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए । वाम गठबन्धनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जनकराज गिरीले आठ हजार ३११ मत ल्याएका थिए । बलदेव रेग्मीले एक हजार ५२९ मतले..

    पछिल्लो मतपरिणाम : अहिलेसम्म कसले–कति स्थानमा जित हासिल गरे ?

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौं, मंसिर २२ ।  गत मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी जिल्लाको मतपरिणाम सार्वजनिक हुन थालेको छ । अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तीनजना विजयी भएका छन् । त्यसैगरी, नेकपा माओवादी केन्द्रका एकजना विजयी भएका छन् भने एकजना स्वतन्त्र उम्मेदवार निर्वा्चित भएका छन् । प्रदेशसभा सदस्यमा भने नेकपा एमालेका ५, माओवादी केन्द्रका २, नेपाली..

    सप्तरीमा मतगणना शुरु उपेन्द्र यादव, उमेश यादव र जयप्रकाश ठाकुरबीच प्रतिस्पर्धा

    शुक्रबार, मंसिर २२, २०७४ साल
    सप्तरी, २२ मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत सप्तरीमा मतगणना कार्य आज दिउँसो १ बजेबाट शुरु भएको छ ।  जिल्ला मुख्य निर्वाचनको कार्यालयका प्रमुख हरिश्चन्द्र ढुंगाना र सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिबीचको छलफलपछि दिउँसो १ बजेदेखि मतगणना कार्य शुरु भएको प्रजिअ पाण्डेले बताए ।  मतगणना गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भइरहेको छ । साथै,..

    म्याग्दीको प्रदेशसभा (क) मा माओवादी र (ख) मा एमाले विजयी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    बाबियाचौर, २२ मंसिर । म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क)बाट नेकपा (माओवादी केन्द्र)का विनोद केसी निर्वाचित भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गरेका छन् । केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ..

    काठमाडौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि, प्रकाशशरण महत पछ्याउंदै

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिएका छन्  ।  प्रारम्भिक नतिजाअनुसार पोखरेलको १४००  र नेपाली काँग्रेसका उम्मेदवार डा प्रकाशशरण महतको ६१३ मत रहेको छ । निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका जारी छ ।  त्यसैबीच काठमाडाँै क्षेत्र नं ९ र १० को..

    विवादका कारण भक्तपुर क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

    शुक्रबार, मंसिर २२, २०७४ साल
    भक्तपुर, २२ मंसिर ।  भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ । बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो । डेढ घण्टा लामो सर्वदलीय बैठकपछि नेपाली काँग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, घाइतेको उपचार हुनुपर्ने र घरमा भएका क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए ।  उनले भने–“बालकोट..

    बागलुङमा मतान्तर बढाउँदै वाम गठबन्धन, कांग्रेस निकै पछाडी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    बागलुङ, २२ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।  पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिइरहेका छन् । पाठकले १४ हजार ९१२ मत प्राप्त गरेका छन्   भने खड्काले ९ हजार ८७० मत प्राप्त गरेका छन् ।  यस्तै, प्रतिनिधिसभा..

    निर्वाचन अपडेट : मोरङमा मतगणना शुरु

    शुक्रबार, मंसिर २२, २०७४ साल
    विराटनगर, २२ मंसिर ।  मोरङमा मतगणना आज बिहान १०ः३० बजेदेखि शुरु भएको छ ।  छवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा मतगणना शुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । विराटनगरस्थित आदर्श उच्च माविमा मतगणना कार्य भइरहेको छ ।  यसअघि बसेको सर्वदलीय बैठकले छिटोछरितो मतगणना गर्न प्रत्येक निर्वाचन क्षेत्रको तीन ठाउँमा मतगणना सहमति जनाएको उक्त कार्यालयले जनाएको छ ।  -रासस ..

    गोरखा १ मा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धन अगाडि

    शुक्रबार, मंसिर २२, २०७४ साल
    गोरखा, २२ मंसिर । गोरखा १ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मत परिणाम अगाडि देखिएका छन् । बिहीबारबाट मतगणना गरिएको गोरखामा अहिले बिहानसम्मको मतगणनामा गोरखा १ प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता हरिराज अधिकारी ४,९३४ मतका साथ अघि र काँग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठ ४,४७२ मतका साथ पछ्याइरहेका छन्   । अहिलेसम्म १० हजार ८७४ मत गणना भएको..

    मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँं, २२ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी रहेको जानकारी दिएको छ ।  आयोगका अनुसार, मंसिर १० मा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ निर्वाचन क्षेत्रको मतगणना शुरु भई कतिपय निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउने क्रम शुरु भइसकेको छ..

    नवौँ मानव अधिकार राष्ट्रिय महाभेला शनिबारदेखि काठमाडौँमा हुने

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर  । नवौँ मानव अधिकार राष्ट्रिय महाभेला शनिबारदेखि काठमाडौँमा शुरु हुने भएको छ ।  यही मंसिर २५ गतेसम्म डिल्लीबजारको नेपाल सांस्कृतिक संघमा हुने उक्त महाभेलाको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । आगामी सोमबार सम्पन्न हुने सो भेलामा उपराष्ट्रपति नन्दबहादुर पुनको पनि सहभागिता रहनेछ । उक्त कार्यक्रमको ‘विकास र समृद्धिको आधार : महिला र युवाको समान अवसर’ भन्ने नारा तय..

    कंकालिनी नगरपालिकाको गोबरगाढाबाट हेलिकप्टरमा मतपेटिका ल्याइयो

    शुक्रबार, मंसिर २२, २०७४ साल
    राजविराज, २२ मंसिर ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढामा निर्वाचन सम्पन्न भएपछि मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ । सुरक्षाको दृष्टिले समेत अति संवेदनशील रहेको उक्त मतदान केन्द्रबाट राजविराजस्थित भीमदल गणको नेपाली सेनाको हेलिकप्टरले सुरक्षित साथ मतपेटिका ल्याएको नेपाली सेनाले जनाएको छ ।  कोशी टप्पुमा अवस्थित रहेको, वरीपरी नदीले घेरिएको र भौगोलिक विकटताका कारण त्यहाँबाट मतपेटिका ल्याउन समस्या भइरहेका कारण नेपाली सेनाको..

    रुकुम पूर्वका दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    रुकुम, २२ मंसिर । रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नं (क) मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का तेजबहादुर ओली विजयी भएका हुन् ।  विजयी ओलीले पाँच हजार ४२७ मत प्राप्त गर्दा पुनले दुई हजार १४४ मत प्राप्त गरेको  मुख्य निर्वाचन..

    मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) विजयी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    पोखरा, २२ मंसिर ।  पहिलो चरणको निर्वाचन अन्तर्गत गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुस्ताङ जिल्लामा नेकपा (एमाले) विजयी भएको छ ।  मुस्ताङको प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन तीन हजार ५४४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रोमी गौचन थकालीले तीन हजार २८१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी..

    रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका विजयी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    रुकुम, २२ मंसिर ।  रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोका विजयी भएकी छिन् । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी भएकी हुन् ।  जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी भएकी रोकाले १० हजार ४३४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी घर्तीले चार हजार ४०६ मत ल्याएको मुख्य..

    रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि, वाम गठबन्धन पछ्याउँदै

    शुक्रबार, मंसिर २२, २०७४ साल
    रसुवा, २२ मंसिर ।   प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिलेसम्मको मतगणना परिणाम लोकतान्त्रिक गठबन्धनका नेका उम्मेदवार मोहन आचार्यले ४ हजार ७७२ र वाम गठबन्धनका नेकपा एमाले उम्मेदवार जनार्दन ढकालले ३ हजार ३३२ मत प्राप्त गरेका छन् ।  यसैगरी, प्रदेश (क) मा नेकाका उम्मेदवार प्रभात लामाले तीन हजार ६०९ र..

    मनाङ प्रतिनिधिसभामा एमाले, प्रदेशमा काँग्रेस र स्वतन्त्र निर्वाचित

    शुक्रबार, मंसिर २२, २०७४ साल
    लमजुङ, २२ मंसिर । हिमालपारिको जिल्ला भनिने मनाङमा प्रतिनिधिसभामा नेकपा (एमाले) र प्रदेशसभामा नेपाली काँग्रेस र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।  प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा नेकपा (एमाले)का उम्मेदवार पोल्देन छेपाङ गुरुङ निर्वाचित भएका छन् । नेका मनाङका सभापति एवं पूर्वराज्यमन्त्रीसमेत रहेका नेका उम्मेदवार टेकबहादुर गुरुङलाई २८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन्..

    हुम्लामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारको अग्रता

    शुक्रबार, मंसिर २२, २०७४ साल
    हुम्ला, २१ मंसिर ।  प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् ।  एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहेका छन् । वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उन्लाई पछ्याइरहेका छन् । त्यस्तै नेपाली काँग्रेसका मंगलबहादुर शाहीले २५१ मत ल्याएका छन् । हालसम्म १३८ मत बदर भएको पाइएको..
    Weather Forecast