शुक्रबार, मंसिर ६, २०७६

    राज्य-समाज

    निर्वाचन परिणामबारे समीक्षा गर्न काँग्रेसले सातै प्रदेशमा भेला गर्ने

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौँ, ५ पुस : नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने भएको छ ।  पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको आज बानेश्वरमा बसेको बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने बताएको हो ।  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै..

    राष्ट्रियसभा अध्यादेशमा दलहरुबीच अझै विवाद, सहमतिका लागि ठोस पहल भएन

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौं पौष ५ ।  राष्ट्रियसभा  सदस्य निर्वाचन सम्वन्धी अध्यादेशमा विवाद  बढिरहँदा दलीय सहमतिका लागि ठोस पहल भने हुन सकेको छैन ।  सत्तारुढ दल नेपाली काँग्रेसले एकल संक्रमणीयका आधारमा ल्याएको अध्यादेश जस्ताको तस्तै प्रमाणीकरण हुनुपर्ने अडान राखेको छ भने संसदको सबैभन्दा ठूलो दल बनेको एमालेले बहुमतीय प्रणाली हुनुपर्ने बताउँदै आएको  छ ।  यसले गर्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचन मतपरिणाम आएसँगै केन्द्रीय र प्रदेश सरकार..

    प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर : सिंह

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौं, पुस ५ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर रहेको बताएका छन् ।  उनले कांग्रेसलाई अफ्ठ्यारो बनाउने बहानामा नेकपा एमालेले राष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यादेश रोक्न लगाएको टिप्पणी गरे ।  राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको र त्यसलाई राष्ट्रपतिले जारी गरे लगतै निकास निस्कने जिकिर उनको जिकीर थियो ।  सरकारमा विनाविभागीय मन्त्री बनेर बसेका दलका नेताहरूले नै..

    प्रदेश सरकार सञ्चालनका लागि करिब २ हजार कर्मचारीको विवरण तयार

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौँ, ५ पुस  : सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए।  “सातवटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने कर्मचारीको विवरण तयार पारेका छौँ”, उनले भने, “प्रदेश प्रमुख नियुक्त हुनासाथ..

    पराजित पूर्व राजदूत 'दीपकुमार उपाध्याय' धन्यवाद दिन गाउँगाउँमा

    बुधबार, पौष ५, २०७४ साल
    जितपुर, कपिलवस्तु, ५ पुस : प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय मतदातालाई धन्यवाद दिन यतिबेला गाउँ दौडाहामा व्यस्त छन् ।  निर्वाचन कपिलवस्तु क्षेत्र नं १ मा उम्मेदवार बनेका उपाध्याय वामगठबन्धनका साझा उम्मेदवार चन्द्रपाणि खनाल (बलदेव) सँग ९४६ मतान्तरले पराजित भएका थिए।  नेताहरु पराजय भएसँगै मतदातासामु फर्किएर नआउने पटिपाटीको अन्त्य गर्दै उनी आफू निर्वाचित उम्मेदवारभन्दा पहिले नै मतदातालाई धन्यवाद..

    मेलम्ची सुरुङको अम्बाथान–ग्याल्थुम खण्ड २ साताभित्रै 'ब्रेक–थ्रु' हुँदै

    बुधबार, पौष ५, २०७४ साल
    काठमाडौं पौष ४ ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ अन्तर्गत् अम्बाथान–ग्याल्थुम खण्ड दुई साताभित्र ब्रेक–थू्र हुने भएको छ । उक्त खण्डको बाँकी करिब सय मिटर सुरुङ अर्काे १२ दिनभित्र सक्ने गरी मेलम्ची आयोजनाले काम गरिरहेको छ । आयोजना प्रमुख रामचन्द्र देवकोटाका अनुसार त्यसपछि ग्याल्थुम–सिन्धु सुरुङ मात्रै ब्रेक – थ्रु गर्न बाँकी रहनेछ । उक्त खण्डको लम्बाइ करिब पाँच सय १५ मिटर छ ।..

    हनुमानढोका क्षेत्रमा जथाभावी पार्किङ, महानगर मौन

    मंगलवार, पौष ४, २०७४ साल
    काठमाडौँ, ४ पुस । सवारी साधन प्रवेश निषेध गरिएको वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ । सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील हनुमानढोका दरबार क्षेत्रमा सरकारले सवारी प्रवेश निषेध गरे पनि आजभोलि खुलेआम सवारी साधन प्रवेश हुने गरेका छन् ।  वसन्तपुर दरबार परिसरमा राशन, पानी, सामानका सवारी साधन लैजानका लागि सरकारले बेलुका ८ देखि बिहान ८..

    दलीय सहमति नजुटेसम्म राष्ट्रपतिले राष्ट्रिय सभा अध्यादेश प्रमाणीकरण नगर्ने

    मंगलवार, पौष ४, २०७४ साल
    काठमाडौं पौष ४ ।  राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा दलीय सहमति नभएसम्म राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगर्ने भएको छ ।  पछिल्लो सयम चर्चा रहेको सो अध्यादेशलाई लिएर नेपाली कंग्रेस र एमालेवीच विवाद बढीरहेका बेला राष्ट्रपति कार्यालय पनि विवादमा तानिएको हो ।  अध्यादेशमा दलीय सहमति नजुटे सम्म राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणीकरण गर्ने पक्षमा नरहेको श्रोतले बताएको छ । पार्टीको नीहित स्वार्थ पुरा गर्ने उद्देश्यले अध्यादेश..

    निर्वाचनको मतपरिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी

    मंगलवार, पौष ४, २०७४ साल
    काठमाडौं पुस ४ ।  निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या टुंगो लगाई राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।  सरकारले एकल संक्रमणीय बिधिद्धारा राष्ट्रिय सभाको गठन गर्ने अध्यादेश राष्ट्रपति समक्ष पेश गरेपछि दलहरुबीच दुरी बढेपनि आयोगले भने प्रतिवेदन तयारीको काम अघि बढिरहेको जनाएको हो ।  आयोगका प्रबक्ता नबराज ढकालले निर्वाचन आयोगले प्रतिबेदन निर्माणका लागि प्रक्रियागत कामहरु भईरहेको..

    ‘नेताले देखाएका सपनाले पेट भरिन्न’ : आप्रवासी नेपाली

    मंगलवार, पौष ४, २०७४ साल
    नयाँदिल्ली, ४ पुस । “नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुपर्‍यो ।” अछामका रामबहादुर विष्टको यो गुनासो हो । नयाँदिल्लीको कनार्टप्लेसमा भेटिएका उनी भन्छन् , “धेरै पटक चुनाव भयो, जान पाइएन, गएको भए पनि नेता जितेर जहाज चढेर काठमाडौँ जान्थे, हामी चाँही फेरी झोला बोकेर परदेशिनु पर्थ्यो ।”  खेल्ने उमेरमै बुबाको हात समातेर कमाउन भारत आएका विष्ट उमेरको पचासौँ दशकमा पनि..

    महोत्तरी जिल्लाका दुई हजार भूमिहीनलाई लालपूर्जा वितरण

    मंगलवार, पौष ४, २०७४ साल
    गौशाला, ४ पुस ।  वर्षौंदेखि जग्गा भए पनि लालपूर्जाविहीन एक एक नगरपालिका र गाउँपालिकाका दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपूर्जा वितरण गरेका छन् । बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ लालपूर्जाविहीनलाई लालपूर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्रलाल कर्णले बताए ।  बलवाका ७३१ र महोत्तरीका एक हजार ७३० जनालाई लालपूर्जा वितरण गरिएको मञ्चका..

    कञ्चनपुरको वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु

    मंगलवार, पौष ४, २०७४ साल
    कञ्चनपुर, ४ पुस । वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ ।  वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताइन् ।  “छाउपडी..

    देशमा अब राजनीतिक संघर्षको युग सकियो: एमाले अध्यक्ष ओली

    मंगलवार, पौष ४, २०७४ साल
    भक्तपुर, ३ पुस  : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब राजनीतिक संघर्षको युग सकिएको बताएका छन् ।  सोमबार बालकोटस्थित उनकै निवासमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अब सामाजिक विसंगती विरुद्धका अभियान द्रुतगतिमा अघि बढ्ने बताए।  उहाँले दलित समुदायले आरक्षणमा मात्र भर नपरेर प्रतिष्पर्धाका लागि आफूलाई तयार पार्नुपर्ने बताउँदै निश्चित समयका लागि मात्रै..

    वाइसिएलद्वारा अध्यक्ष ओलीलाई 'छिटो पार्टी एकता' गर्न आग्रह

    सोमबार, पौष ३, २०७४ साल
    भक्तपुर, ३ पुस  : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र)को भातृ संगठन वाइसिएलको नेतृत्व टोलीले छिटोभन्दा छिटो पार्टी एकीकरण गर्न आग्रह गरेको छ ।  सोमबार बालकोटस्थित ओली निवासमा बधाई तथा शुभकामना दिन पुगेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटासहितका पदाधिकारीको टोलीले यस्तो आग्रह गरेको हो ।  वाइसिएलका उपाध्यक्ष वीरु तामाङले ओलीलाई भने, –“प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं, अब तपाइँको नेतृत्वमा पसिना बगाउन..

    हेलो सरकारबाट कल सेन्टर शुरु, ११११ मा फोन गरेर गुनासो राख्न सकिने

    सोमबार, पौष ३, २०७४ साल
    काठमाडौँ, ३ पुस ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ । यही मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिए ।  हेलो सरकारले कागजविहीन बनाई र तत्काल सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पुर्‍याई सम्बोधन गर्नका लागि कल सेन्टर शुरु गरिएको उनले बताए । सर्वसाधारणले ११११..

    अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइँदै

    सोमबार, पौष ३, २०७४ साल
    काठमाडौँ, ३ पुस । ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइदैछ । दिवसका अवसर पारेर श्रम तथा रोजगार मन्त्रालयले आज यहाँ प्रभातफेरी र सभाको आयोना गर्‍यो ।  सभामा श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुरले विविध कारणले विदेशिएका नेपाली आप्रवासी कामदारको अधिकारप्रति सरकार संवेदनशील रहेको बताए । नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकसँग..

    प्रदेश नं. १ को 'मुख्यमन्त्री' बन्ने दौडधुपमा यी चार नेता

    आईतवार, पौष २, २०७४ साल
    विराटनगर, पौष २ ।  प्रदेश नम्बर १ मा चार जना नेता मुख्य मन्त्रीको भन्ने दौडधुपमा छन् । भोजपुरका शेरधन राई, सुनसरीका भीम आचार्य, मोरङका जीवन घिमिरे र झापाका हिक्मत कार्कीले प्रदेश नं. १ मा मुख्य मन्त्रीका दाबेदारको रुपमा आएका हुन् । प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु पहिला मुख्यतयः एमालेका पोलिटब्यूरो सदस्य राई र सचिव आचार्यको नाम भावी मुख्य मन्त्रीका चर्चामा आएको..

    ताजा जनादेशलाई रोक्ने दुष्प्रयास भइरहेको छ : नेम्वाङ

    आईतवार, पौष २, २०७४ साल
    काठमाडौ २ पौष ।  नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ्गले नयाँ सरकारका लागि तत्काल बाटो खुला गर्न आग्रह गर्नुभएको छ ।  झापाको दमकमा आइतबार सन्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङ्गले सरकारले ताजा जनादेशलाई रोक्ने दुष्प्रयास गरेको आरोप लगाउनुभएको छ ।  नेम्वाङले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेशका नाममा सरकारले बखेडा झिकेर जनादेश प्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खोजेको बताउनुभयो ।  संविधानमा व्यवस्थै नभएको निर्वाचन..

    समानुपातिक तर्फको मतगणना सम्पन्न, एमाले पहिलो दल बन्न सफल

    आईतवार, पौष २, २०७४ साल
    काठमाडौ २ पौष ।  गत मंसिर १० र २१ गते गरि दुई चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आइतबार सार्वजनिक मतपरिणाम अनुसार प्रत्यक्ष तर्फ पहिलो बनेको नेकपा एमाले नै समानुपातिकमा पनि पहिलो दल बन्न सफल भएको छ ।  एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गर्दै पहिलो दल बन्न..

    काभ्रेपलाञ्चोकमा ४६ उम्मेदवारको जमानत जफत, आएन १० प्रतिशत मत

    आईतवार, पौष २, २०७४ साल
    बनेपा, २ पुस ।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ ।  प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा पाँच जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा आठ जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा नौ जना, प्रतिनिधिसभा क्षेत्र नं २(क) मा पाँच जना र..

    मुख्यमन्त्रीका महिला आकांक्षी

    आईतवार, पौष २, २०७४ साल
    काठमाडौं, २ पुस । निर्वाचन सम्पन्नभएसंगै मुख्यमन्त्रीको चर्चा चुलिन थालेको छ । ७ वटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीका रुपमा पुरुषहरुको नाम चर्चामा आईरहेको समयमा केही महिला प्रतिनिधिले पनि आफुलाई मुख्यमन्त्रीको दाबेदार बताएका छन् । गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा प्रदेशसभामा १७ जना महिला विजयी भएका छन् । मुलुक संघिय व्यवस्थामा गएसंगै विजयी महिला उम्मेदवारहरु आफुलाई मुख्यमन्त्रीको बनाउनुपर्ने भन्दै आवाज उठाउन..

    उनन्चास हजार ६ सय ५२ मतको अन्तरसहित एमाले अग्रस्थानमा

    आईतवार, पौष २, २०७४ साल
    काठमाडौँ, २ पुस ।  पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ४९ हजार ६५२ मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।  निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजे प्राप्त जानकारीअनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २९५, नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३, नेकपा (माओवादी केन्द्र)..

    प्रधानमन्त्री-प्रचण्ड भेटवार्ता, देउवाले भने - सत्ता हस्तान्तरण गर्न आतुर छु

    शनिबार, पौष १, २०७४ साल
    काठमाडौँ, १ पुस  : प्रधानमन्त्री शेरवहादुर देउवाले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।  नेकपा (माओवादीका केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित शनिबार बिहान प्रम निवास बालुवाटारमा भएको भेटमा उनले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।  प्रधानमन्त्री देउवाले वाम गठबन्धनले..

    प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौँ २९ मंसिर । वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् । प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ ।  मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिएका छन् । निर्वाचन अगाडि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएका उनी..

    सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौँ, २९ मंसिर । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे । वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी..

    मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौँ, २९ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् ।  मध्यतराई र आसपासका क्षेत्रमा विगतमा चलाइएको..

    प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टीको पक्षमा जनमत नआउनु दुखद : नेता सिंह

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौं, मंसिर २९ ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनु भएको छ ।  काँग्रेस, काठमाडौँ क्षेत्र नं १ ले राजधानीमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टीको पक्षमा सोचेजति नतिजा नआउनु दुःखद भएको बताउनुभयो । देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा हारेको भन्दै उहाँले पाटीभित्र भएका..

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता कायमै

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौं, मंसिर २९ । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आज साँझ सम्ममा सबै स्थानको मतपरिणाम आइसक्ने आयोगले जनाएको हो ।  प्रत्यक्ष तर्फ पहिलो बनेको नेकपा एमालेले नै जारी मतगणनामा समानुपातिकतर्फ अग्रता कायम राखेको छ । उसले कुल खसेका १ करोड ५ लाख मतमध्ये हालसम्म ३० लाख ४६ हजार २ सय ४८..

    दोस्रो किस्ताको रकम लिने भूकम्पपीडितको संख्या १ लाख भन्दा बढि

    शुक्रबार, मंसिर २९, २०७४ साल
    मंसिर २९, काठमाडौँ । भूकम्पमा भत्केको घर निर्माणका लागि दोस्रो किस्ताको रकम लिने भूकम्पपीडितको संख्या १ लाख नाघेको छ ।  मंसिरको अन्तिमसम्मको तथ्याकं अनुसार १ लाख ४ सय ८३ परिवारले दोस्रो किस्ता बापतको रकम लिएका छन् । अझै २४ हजार ३ सय ७ परिवारले दोस्रो किस्ताको रकम लिएका छैनन् । तेस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका भूकम्पपीडितको संख्या पनि ३३ हजार ४..

    कास्कीमा ७७ उम्मेदवारको जमानत जफत, प्राप्त भएन १० प्रतिशत मत

    शुक्रबार, मंसिर २९, २०७४ साल
    पोखरा, २९ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ । कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) तथा नेपाली काँग्रेसका १८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाएको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिए ।  प्रतिनिधिसभाका..
    Weather Forecast