सोमबार, कार्तिक ४, २०७६

    राज्य-समाज

    माओवादी नेता नारायणकाजीलाई लक्षित गरि बम विस्फोट

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    गोरखा, ३० कात्तिक ।  नेकपा माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी सुतली बम विष्फोट भएको छ । गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको बताइएको छ ।   अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको..

    चितवनमा १६१ मतदानस्थल मध्ये ५२ वटा मतदानस्थल अतिसंवेदनशील

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    चितवन, कात्तिक ३०। चितवनमा आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएका १६१ मतदानस्थल मध्ये ५२ वटा मतदानस्थललाई अतिसंवेदनशील र १०९ मतदानस्थललाई संवदेनशीलको सूचिमा राखिएको छ ।  जिल्लाका १६१ स्थलका ४०८ मतदानकेन्द्रमा भित्री सुरक्षा नेपाल प्रहरी, बीचको घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेना रहने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।  जिल्लामा सुरक्षा सर्तकता उच्च पारिएको जिल्ला..

    आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धन : दाहाल

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    भैरहवा, कात्तिक ३० ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अस्थिरताका कारण मुलुकमा चाहे अनुसारको विकास गर्न नसकिएको बताएका छन् ।  उनले आर्थिक विकास र समृद्धिका लागि वाम गठबनधन उत्तम हुने दाबी गरे । ७० वर्ष देखिको राजनीतिक भुमरी अन्त्य गर्न वाम गठबन्धन बनाइएको उनको जिकिर थियो ।  बिहीबार भैरहवामा आयोजित चौथो राष्ट्रिय व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दाहालले पाँच वर्ष..

    रोल्पामा कांग्रेस उम्मेदवार अमरसिंहलाई लक्षित गरी बम विष्फोट

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    रोल्पा, कात्तिक ३०। सिंचाई राज्यमन्त्री एवम् नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी रोल्पामा सुतली बम विष्फोट गराइएको छ । सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका–२ जौलिपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा सुवर्णावती गाउँपालिका–१ घोडागाउँको भाग्रीबाङमा अज्ञात समूहले पुन सवार गाडीलाई लक्षित गरी सुतली बम विष्फोट गराएको रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए ।  विष्फोटबाट कुनै क्षति..

    निर्वाचनलाई मध्यनजर गर्दै कञ्चनपुरका सीमा क्षेत्रमा कडाई

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौ ३० कार्तिक ।  आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै कञ्चनपुरका सीमावर्ती क्षेत्रको सुरक्षामा कडाइ गर्न थालिएको छ ।  कञ्चनपुरको पश्चिम र दक्षिण क्षेत्र भारतसँग जोडिएकाले निर्वाचनका बेला आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त गस्ती सञ्चालन गरिएको हो । तीन तिर भारतीय सिमाना पर्ने महाकाली नगरपालिका–१ बैलबन्द देखि वडा नं. १०..

    राष्ट्रपति भण्डारी आज स्वदेश फर्किदै

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौ ३० कार्तिक ।  युएइको चारदिने मैत्रिपूर्ण भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी विहीबार स्वदेश फर्कदै हुनुहुन्छ । युएइका युवराज शेख मोहम्मद बिन जाहेद अल नेह्यानको औपचारिक निमन्त्रणामा उहाँ गत सोमबार युएइ जानु भएको हो ।  युएई भ्रमणका क्रममा उहाँले सशस्त्र बल नायव सर्वोच्च कमान्डर समेत रहनु भएका युवराज नेह्यानसँग द्धिपक्षीय भेट गर्नुका साथै दुई देशबीचको सम्बन्ध व्यापार तथा युएइमा रहेका नेपाली श्रमिकहरुको अवस्थाबारे..

    सूर्यविनायकमा ट्राफिक कार्यालय भवनको शिलान्यास

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    भक्तपुर, ३० कार्तिक  भक्तपुरको सूर्यविनायक नगरपालिका कटुञ्जे वडा नं ६ मा महानगरीय ट्राफिक कार्यालय भवन निर्माण गरिने भएको छ ।  महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले विहीबार सो भवन शिलान्यास गर्दै नियमसंगतरूपमा काम गरेर ट्राफिक नियमलाई कडाइका साथ कार्यान्वयन गर्न र दुर्घटना न्यूनीकरण गर्न चनाखो भएर काम गर्न निर्देशन दिए ।  दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीलाई स्थानीय समुदाय, चालक र सर्वसाधारणको..

    धादिङमा चेपाङका लागि खानेपानी योजना शुरु

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    धादिङ, ३० कार्तिक  अन्य गाउँमा चुनावको रन्को चलेको र उम्मेदवारमात्र होइन मतदातासमेत निर्वाचनमा प्रचारप्रसारका लागि लागेको बेला दक्षिणी धादिङको गजुरी गाउँपालिका–६ स्यामैडाडाँका चेपाङले भने वर्षौंदेखिको खानेपानी सपना पूरा गर्न योजना शुरु गरेका छन् ।  सत्य साई सेवा संगठन, नेपालले सामुदायिक खानेपानी योजना शुरु गरेको हो । सो योजनाको सत्य साई साधना भवनको शिलान्यास सत्य साई अन्तरराष्ट्रिय संगठनका अध्यक्ष नरेन्द्रनाथ रेड्डी र श्रीमती..

    चुनाव प्रचार गरिरहेका एमाले नेता ‘राजेन्द्र पाण्डे’ लडेर घाइते

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौं, ३० कात्तिक ।  राजधानी काठमाडौंको सीमानामा पर्ने धादिङ जिल्लामा वाम गठबन्धनका साझा उम्मेदवार रहेका राजेन्द्र पाण्डे लडेर घाइते भएका छन् । धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका लागि उम्मेदवार तथा एमाले पोलिटब्युरो सदस्य पाण्डे बुधबार चुनाव प्रचार–प्रसार गर्ने क्रममा लडेर घाइते भएका हुन् । पाण्डे दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा पाण्डे लडेर घाइते भएको बताइएको छ । पाण्डेको..

    ओलीको कटाक्ष : मंसिर १० र २१ गते बुढो रुख ढल्छ

    बुधबार, कार्तिक २९, २०७४ साल
    गोरखा, २९ कात्तिक।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भएको बताएका छन् । निर्वाचनपछि बाम गठबन्धनको सरकार बन्ने भन्दै गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा ओलीले भने, ‘मंसिर १० र २१ गते बुढो रुख ढल्छ । बामपन्थीको आँधी तुफानले रुख भित्रभित्रै खोक्रो भइसकेको छ ।’ गोरखा क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति..

    वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ

    बुधबार, कार्तिक २९, २०७४ साल
    काठमाडौं, कार्तिक २९ । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे समातिएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाण्डेलाई उनको कार्यालयबाटै पक्राउ गरेको हो ।  यसअघि मंगलबार नगद १० लाख घुससहित पक्राउ परेका शाखा अधिकृत सहितका कर्मचारीले   पाण्डेको समेत संलग्नता रहेको बयान दिएपछि अख्तियारले उनलाई समेत पक्राउ गरेको हो ।  अख्तियारको केन्द्रीय कार्यालयको विशेष टोलीले मंगलबार वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति..

    निर्वाचन आयोगद्वारा नमूना मतदान अभ्यास

    बुधबार, कार्तिक २९, २०७४ साल
      काठमाण्डौ, कार्तिक २९ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ । आयोगले आज  मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय कति लाग्छ भन्ने समय निर्धारणका लागि आफ्ना कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले बताए ।  नमूना मतदानबाट मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुने र..

    उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

    बुधबार, कार्तिक २९, २०७४ साल
    कैलाली, कात्तिक २९। प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई शान्त र भयरहित बनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । धनगढीमा सुरु भएको क्षेत्रीय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री देउवाले मातहतका सुरक्षा निकायलाई यस्तो निर्देशन दिनुभएको हो । देउवाले उम्मेदवारको सुरक्षामा ध्यान दिन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिएका हुन् ।  केही समय यता उम्मेदवारमाथि सुरक्षा चुनौती बढेको भन्दै प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षामा विशेष..

    वाम गठबन्धनलाई मत दिन एमाले अध्यक्षको आग्रह

    बुधबार, कार्तिक २९, २०७४ साल
    गोरखा २९ कात्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको प्रत्यक्ष हेरविचार गर्ने सरकार निर्माणका लागि वाम गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । माओवादी नेता तथा गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठका लागि भोट माग्दै अध्यक्ष ओलीले वाम गठबन्धनले चुनाव पछि जनताले चाहेको सरकार गठन गर्ने बताए । गोखराको अजिरकोट गाउँपालिका स्थित भच्चेक बजारमा आयोजित चुनावी सभालाई सम्बोधन..

    चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा धनगढीमा

    बुधबार, कार्तिक २९, २०७४ साल
    कैलाली, कात्तिक २९।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार धनगढी पुगेका छन् । सुदूरपश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गर्न देउवा धनगढी गएका हुन् ।  जिल्ला भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीसँग जानकारी लिनुकासाथै नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्तासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको..

    वाम गठबन्धनले आज देखि संयुक्त रुपमा चुनावी सभा गर्दै

    बुधबार, कार्तिक २९, २०७४ साल
    ठमाडौं, कात्तिक २९। नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले बुधबारदेखि संयुक्त रुपमा चुनावी सभा गर्दैछ । आगामी मंसिर १० र २१ गते हुने  प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि गठबन्धनले १४ प्रमुख शहरमा चुनावी सभा गर्न लागेको हो । सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम..

    म्याग्दीमा “आफ्नो गाउँ आफैँ बनाऔँ” अभियान शुरु

    बुधबार, कार्तिक २९, २०७४ साल
    बुधबार, २९  कार्तिक ।   म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घारका युवाले ‘आफ्नो गाउँ आफैँ बनाऔँ अभियान सुरु गरेका छन् । म्याग्दीको घारमा जन्मिएर विश्वका विभिन्न देशमा रोजगारी, व्यापार, शिक्षा लगायतका क्षेत्रमा संलग्न युवाले आफ्नो गाउँका विभिन्न समस्यालाई केन्द्रित गरी ‘मातृभूमि सेवा घर’ नामक संस्था स्थापना गरेका हुन् ।  संस्थाको स्थापनासँगै पहिलो प्राथमिकता गाउँमा एम्बुलेन्समार्फत बिरामीको नियमित उपचार, आर्थिक, शैक्षिक, स्वास्थ्य, व्यक्तित्व विकास,..

    सुनसरी-२ का उम्मेदवार घरदैलोमा, प्रतिस्पर्धा रोचक, थारुहरुको मत निर्णायक

    बुधबार, कार्तिक २९, २०७४ साल
    इनरुवा, २९ कात्तिक : सुनसरीका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभाका निर्वाचन नजिकिएसँगै उम्मेदवार घर दैलो तथा प्रचारप्रसारमा उनीहरु व्यस्त भएका हुन् ।  यहाँ नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाललगायतका पार्टीका तर्फबाट प्रदेश तथा प्रतिनिधिसभाका लागि भएका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्नका लागि..

    निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौँ, २८ कात्तिक । निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा आयोग पदाधिकारी तथा आयोग र सो अन्तर्गत कार्यरत कर्मचारी एंव मुख्य÷निर्वाचन..

    व्यवसायी गौचनको हत्यामा संलग्न ५ जना सार्वजनिक

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौं, कात्तिक २८। निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । गौचनको हत्यामा संलग्न भएको अभियोगमा नुवाकोट पञ्चकन्याका राजिव स्याङताङ, पर्साका शिवजी महतो र सन्तोष गुरुङ, भारत बिहारका मुकेशकुमार पाण्डे र काठमाडौंका प्रकाश बुढाथोकीलाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकामध्ये राजिव स्याङताङले गौचनलाई गोली हानेको र अरुले हातहतियार तथा मोटरसाइकलको..

    नेपाल र युएईबीच श्रम सम्झौताको तयारी अन्तिम चरणमा

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौँ, कात्तिक २८। नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिए ।  उनले भने, “हामीले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको छ, हामी अध्ययनकै क्रममा छौँ ।” युएईले पठाएको खाकाबारे श्रम मन्त्रालय,..

    तीन महिनासम्म तलब नपाएका कर्मचारीले शर्मा साझामा फर्केपछि पाए

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौं, २८ कात्तिक । व्यवस्थापन र कर्मचारी बीचको विवादका कारण अस्तव्यस्त बनेको साझा प्रकाशनका कर्मचारीले विगत तीन महिनापछि तलब सुविधा पाएका छन् । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मा शिक्षा मन्त्रालयबाट बर्खास्तीमा परेपछि अदालतबाट ‘स्टे अर्डर’ पाएर फर्किए लगत्तै दशैँको बेलामा समेत तलब नपाएका कर्मचारीले तीन महिनापछि मात्रै तलब पाएका हुन् ।   शर्मा फर्किएपछि पुराना कर्मचारीले दुई महिनाको र करारमा..

    एमाले नेता राई सवार गाडीमा बम प्रहार

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौ २८ कार्तिक ।   आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै गर्दा उमेदवार माथिको आक्रमणका घटना बढ्दै गएको छ । भोजपूरमा मङगलबार बिहान एमाले नेता शेरधन राई चढेको गाडीमाथि बम प्रहार भएको छ ।  भोजपुर क्षेत्र नं.२ मा वाम गठबन्धनका तर्फबाट उमेवार समेत रहनु भएका राई चढ्नु भएको गाडीमाथि जिल्लाको ट्याम्केमैयु गाउँपालिका ७ पिखुवामा अज्ञात समुहले बम प्रहार गरेको प्रहरीले जनाएको..

    अबको युग विकास र समृद्धिको : प्रचण्ड

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौ २८ कार्तिक ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  अबको युग विकास र समृद्धिको भएको बताएका छन् ।  भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा मंगलबार  बिहान भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो १० महिने कार्यकालमा विकास र समृद्धिको संकल्प स्वरुप काम गरेको बताए ।  आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उमेदवार समेत..

    युट्यूब च्यानलमा चुनावी गीत : दललाई भोट माग्दै कलाकार

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौँ, २८ कात्तिक : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर चुनावी गीत सार्वजनिक गर्ने क्रम बढेर गएको छ । डिजिटल दुनियाँमा चुनाव लक्षित गीत–संगीतको बाढी नै आएको देख्न सकिन्छ । युट्यूब च्यानलमा नै यतिबेला चुनाव लक्षित गीत नै बढ्ता चल्तीमा देख्न सकिन्छ । लोकदोहोरी गीतमा प्रसिद्धि कमाएका कलाकार बद्री पंगेनीले वाम गठबन्धनको पक्षमा भोट माग्दै गीत तथा संगीत तयार पारेपछि छ ।  विशेषगरी..

    ‘सबै मिले मात्र देशको यातायात क्षेत्रमा सुधार आउँछ’

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौँ, २७ कात्तिक  : सबै क्षेत्र मिलेमात्र यातायात क्षेत्रमा सुधार आउने सरोकारवालाले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र महानगरीय ट्राफिक प्रहरी महाशाखाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘संयुक्त व्यवसायी तथा मजदूर प्रशिक्षण कार्यक्रम’मा महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ट्राफिक वा व्यवसायीले मात्र सुधार गरेर यातायात क्षेत्र नसुध्रिने बताए ।  “नेपालको यातायात क्षेत्र सुधार्नका लागि विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी..

    राष्ट्रपति विद्या भण्डारी युएईको अबुधावीमा, महत्वपूर्ण भेटवार्ता हुँदै

    मंगलवार, कार्तिक २८, २०७४ साल
    अबुधावी, २८ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यस मुलुकको औपचारिक भ्रमणमा सोमबार साँझ यहाँ आइपुगेकी छिन् ।  उनलाई अबुधावी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा मानव संसाधन तथा अमिरातीकरण मन्त्री नासेर थानी अलहमेलीले हार्दिक स्वागत गरेका थिए । भण्डारीको स्वागतार्थ विमानस्थलमा युएईका लागि नेपालका..

    यसपटक लालपुर्जा दिन पहल गर्नेलाई भोट : मुक्त कमैया

    सोमबार, कार्तिक २७, २०७४ साल
    धनगढी, २७ कात्तिक : आसन्न चुनाव नजिकिँदै जाँदा कैलाली जिल्लाका मुक्त कमैयाले आफूहरुको उचित पुनः स्थापनाको पहल गर्नेलाई सहयोग गर्ने बताएका छन् । चुनावको समयमा आउने नेताहरु भोट माग्दै समस्या समाधानको आश्वासन दिने गरेकामा अहिलेसम्म समस्या समाधान नभएको भन्दै मुक्त कमैयाले जग्गाको लालपुर्जा बनाउन पहल गरिदिनेलाई सहयोग गर्ने बताएका हुन् ।  धनगढीको पुरानो हवाई मैदानको जग्गा ओगटेर बसेका झण्डै ५६ मुक्त कमैया..

    चुनावपछि मात्रै एमाले र माओवादीबीच पार्टी एकता : अध्यक्ष दाहाल

    सोमबार, कार्तिक २७, २०७४ साल
    रत्ननगर, चितवन, २७ कात्तिक रासस : नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याउनु भएको छ । चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहनुभएका अध्यक्ष दाहालले आज यहाँ पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिनुभयो ।  उहाँले विचार मिल्ने पार्टीबीच एकता..

    मतदाता शिक्षाका लागि स्वयंसेवक गाउँगाउँमा

    आईतवार, कार्तिक २६, २०७४ साल
    रामेछाप,  कात्तिक २६ । जिल्ला निर्वाचन कार्यालय रामेछापले आइतबारबाट मतदाता शिक्षा स्वयंसेवकलाई गाउँगाउँमा पठाएको छ । आगामी मंसिर १० गते हुन लागेको प्रदेशसभा  र प्रतिनिधिसभाको चुनावमा बदर मत कम गर्ने उद्वेश्यले स्वयंसेवकलाई मतदाता शिक्षा दिन गाउँ पठाउको हो । कार्यालयले शिक्षक, सामाजिक परिचालक र महिला स्वास्थ्य स्वंयसेविका गरी १ सय ९१ जनालाई मतदाता शिक्षा तालिम दिएर उनीहरुलाई गाउँगाउँमा पठाएको हो । तालिममा..
    Weather Forecast