आईतवार, चैत्र २३, २०७६

    राज्य-समाज

    दुई पार्टीको बराबरी सिद्धान्तमा प्रतिनिधित्व गराउने : अध्यक्ष दाहाल

    बुधबार, बैशाख ५, २०७५ साल
    चितवन, ५ वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका छन् ।  प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताए ।  दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उनले प्रष्ट्याए । प्रधानमन्त्री केपी शर्मा..

    रसुवाको प्रहरी चौकीमा मोटरसाइकल प्रदान भएपछि सुरक्षा व्यवस्था थप मजबुत बन्दै

    बुधबार, बैशाख ५, २०७५ साल
    रसुवा, ५ वैशाख सडक सञ्जालले छोएको प्रहरी चौकीमा मोटरसाइकल प्रदान भएपछि सुरक्षा व्यवस्थामा थप प्रभावकारी बन्दै गएको छ ।  जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पारच्याङ, थाम्बुचेत, डाँडागाउँ, स्याफ्रु, टिमुरे प्रहरीचौकीलाई एक-एक वटा मोटरसाइकल प्रदान गरिएको र गाउँ क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीलाई छिटो छरितो सुरक्षा प्रदान गर्न सहजता आएको छ ।  स्थानीय तहमार्फत अहिले गाउँगाउँमा सडक निर्माणको कार्य भएका..

    वैशाख ९ मा पार्टी एकता नहुने लगभग पक्का, एकता भाँडिन सक्ने अवस्था सृजना !

    मंगलवार, बैशाख ४, २०७५ साल
    काठमाडौँ, ४ वैशाख एमाले र माओवादीवीच एकता प्रक्रियामा नयाँ विषयले प्रवेश पाएको छ । मंगलवार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा सरकार र पार्टी नेतृत्वको विषयले प्रवेश पाएको हो । नेकपा एमाले र माओवादी केन्द्रबिच वैशाख ९ गते घोषणा हुने भनिएको पार्टी एकता पछि सर्ने देखिएको छ । मिल्न बाँकी विषयमाथिको छलफलले सघन रुप निलिएका कारण निर्धारित मिति वैशाख ९ मा पार्टी एकता..

    नोटको बाकस बोकेर ठूला मान्छेको घरघरमा धाउने काम नगर्नुहोस् : मन्त्री लालबाबु पण्डित

    मंगलवार, बैशाख ४, २०७५ साल
    ललितपुर, ४ वैशाख संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनुचित लाभ हासिल गर्ने उदेश्यकासाथ नोटको बाकस बोकेर ठूला मान्छेको घरघरमा धाउने काम नगर्न अधिकृतहरुलाई सचेत गराएका छन् । ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणीका अधिकृतहरुको ३ महिने आधारभूत प्रशासन प्रशिक्षण तालिम समापन समारोहमा उनले कसैको चाकरीमा नलाग्न भनेका हुन् । मन्त्री पण्डितले मंगलबार १५३ अधिकृतलाई..

    सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन ल्याइयो यस्तो सूचना प्रणाली

    मंगलवार, बैशाख ४, २०७५ साल
    काठमाडौँ, ४ वैशाख केन्द्रीय पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ । विभागले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम इन्टरनेटमा राखी व्यवस्थित बनाउन थालेको सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत सावित्रा बस्नेतले बताइन् । उनका अनुसार प्रणालीमार्फत सामाजिक सुरक्षा वितरण गर्दा एउटै व्यक्ति दोहरिने तथा गलत तथ्यांक र मृत्यु भइसकेको व्यक्तिको नाममा रकम जाने जस्ता समस्या..

    बल्ल!एमाले–माओवादी पार्टी एकताका विषयमा टुङ्गो ‘सूर्य’ चिह्नमा समझदारी

    मंगलवार, बैशाख ४, २०७५ साल
    काठमाडौँ, ४ वैशाख पार्टी एकताको तयारी रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ ।  पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको..

    सभामुख महरा र राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता, राष्ट्रसंघको भूमिकाबारे चर्चा

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौँ, ३ वैशाख सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्लाभ जेन्का बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आज भएको भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरिएको थियो । भेटका अवसरमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको भन्दै संविधान कार्यान्वयनका लागि कानून निर्माण गर्नु अहिलेको..

    सचिव सरुवाको विवादले दुई दलबीचको सम्बन्धमा चिसोपन थपिदै !

    सोमबार, बैशाख ३, २०७५ साल
     काठमाडौं ३, वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको पूर्वसन्ध्यामा गरेको सचिवहरुको सरुवाबारे माओवादी मन्त्रीहरुले गरेको गुनासो अहिलेसम्म सेलाएका छैन । यो गुनासो नसेलाउँदै दुई पार्टीको विवाद आगामी बजेटको गृहकार्यमा सरेको छ । अहिले विभिन्न जिल्लाका स्थानीय तहका लागि छनोट गरिने विकास आयोजनाहरुका विभिन्न मन्त्रालयले बजेटको तयारी गरिरहेको र यसमा एमाले नेताहरुले माओवादीलाई उपेक्षा गरेको गुनासो माओवादी नेताले गरेका छन् । माओवादी..

    काम गर्नतिर मन फर्काउनुस् नत्र अवकाशको बाटोमा जाने निर्णय गर्नुस्: लालबाबु पण्डित

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं, ३ वैशाख  संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकासको निर्णय अहिलेका लागि स्थगित भइसकेकाले कर्मचारीहरुलाई काममा फर्किने निर्णय गर्न सुझाब दिएका छन् ।  रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा मन्त्री पण्डितले धेरै सेवा सुविधा पाइन्छ भन्ने आशामा स्वेच्छिक अवकासका लागि निवेदन दिएको भए काम गर्नतिर मन फर्काउन सुझाब दिएका हुन् ।  सरकारले स्वेच्छिक अवकासको निर्णय स्थगित गरे..

    अब संघीय सरकार एक्लैले शासन गर्ने अवस्था छैन : सभामुख महरा

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं ३, बैशाख : संघीय संसदका सभामुख कृष्णबहादुर महराले संघीय सरकार एक्लैले शासन गर्ने अवस्था अब नरहेको बताएका छन् । सभामुख महराले संघीय सरकारले राज्यलाई आवश्यक नीति निर्माण मात्रै गरे हुने पनि स्पष्ट पारेका छन् । उनले प्रदेश र स्थानीय तहको सरकारलाई विकास, निर्माणलगायतका काममा सक्रिय हुनेगरी स्वायत्त अधिकार दिने संवैधानिक व्यवस्था रहेको पनि स्मरण गराएका थिए । सभामुख महराले सूचनाको..

    अधिनायकवाद शुरु भइसक्यो, मनोमानी बढ्यो: शेरबहादुर देउवा

    सोमबार, बैशाख ३, २०७५ साल
    चितवन, ३ वैशाख नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए । उनले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको ।” सरकारको एक सय दिन हनिमुन समय भएको..

    ओली–प्रचण्डबीचको वान टु वान वार्ता सकियो, मंगलबार एकता समितिको बैठक बस्ने

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं ३, बैशाख : एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ बार्ता भएको छ । दुई नेताको २ घण्टा लामो छलफलपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको छ । नेताहरुबीच एकतामा देखिएका विवादबारे छलफल भएपनि कुनै सहमति हुन नसकेको बताइएको छ ।  बैठकपछि..

    एमाले-माओबादीको एकता लम्बिदै, राष्ट्रवादको नारा थन्किने डर !

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं ३, वैशाख : एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता नभई आफूमा विलय गराएर सिध्याउन खोजेको निश्कर्ष माओवादी नेताहरुले निकालेका छन् । पार्टी एकता नै गर्न चाहेको हो भने ओलीले बराबरीका आधारमा अघि बढ्नैपर्ने माओवादी नेताहरुको निश्कर्ष छ । आइतबार गर्ने भनिएको प्रधानमन्त्री ओलीसँगको छलफल स्थगन गरेर माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा ‘आराम गर्न’ गएका थिए ।..

    एक दर्जनभन्दा बढी गाँउमा खानेपानीको हाहाकार

    सोमबार, बैशाख ३, २०७५ साल
    गौशाला, ३ वैशाख महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ ।  अत्यधिक गर्मीसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिका लगायतका ठाउँमा खानेपानीको हाहाकार मचेको स्थानीयवासीले बताएका छन् ।  ढुंगा र चट्टानयुक्त भौगोलिक विकटताका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल गइसकेर ती विभिन्न गाविसमा रहेका २००..

    अब माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने, सरकारले तोक्यो यी ६ ठाउँ

    आईतवार, बैशाख २, २०७५ साल
    २ वैशाख, काठमाडौं । सरकारको निर्णयविरुद्ध वा अरु कुनै माग राखेर प्रदर्शन गर्ने मुख्य थलो  माइतीघर मण्डला काठमाडौंमा धेरै विरोध प्रदर्शन हुने ठाउँ हो । तर सरकारले अब यहाँ विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका ६ ठाउँलाई मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकी अन्य ठाउँमा विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो । वैशाख १६ गतेदेखि काठमाडौंको खुलामञ्च,..

    कर्मचारीहरूले कार्य थलोमा राजनीति गरे कारबाही हुन्छ : लालबाबु पण्डित

    आईतवार, बैशाख २, २०७५ साल
    बैशाख २, २०७५ काठमाडौं : सरकारले १५ दिनभित्र सबै तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक निजामती कर्मचारीहरूलाई आफूले प्राथमिकता दिने योग्यता, क्षमता अनुसार निर्धारण गरिएको पदमा जाने गरी १५ दिनभित्र आवेदन दिन पनि आह्वान गरे। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले तोकिएको कार्यक्षेत्रमा गएर काम गर्न कर्मचारीहरूलाई पुनः सचेत पनि गराए। मन्त्री..

    एमाले–माओवादी एकता तत्काल नहुने, आधा हिस्सा माग्दै माओवादी

    आईतवार, बैशाख २, २०७५ साल
    बैशाख २, २०७५ काठमाडौं :  नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता तत्कालका लागि नहुने देखिएकाे छ।  बैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापनमा दिवसको अवसर पारेर पार्टी एकता गर्ने भनिएको भए पनि तत्काललाई सम्भावना न्यून देखिएको छ । अब बन्ने एकीकृत पार्टीको राजनीतिक कार्यदिशा र सांगठनिक संरचना निर्माणका लागि बनेक दुई कार्यदलको प्रतिवेदनमा वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस..

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

    आईतवार, बैशाख २, २०७५ साल
    पोखरा, २ वैशाख  प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।  उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराए । भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी..

    सुत्केरी मरु विकको ज्यान जोगाउन रगत जुटाउँदै

    आईतवार, बैशाख २, २०७५ साल
    बाजुरा, २ वैशाख : जगन्नाथ गाउँपालिका–१ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति सम्पर्कमा आएर रगत दिन थालेका छन् ।  रगत अभावका कारण सुत्केरी विकको ज्यान खतरामा भएको समाचार गत चैत ३० गते राससमा प्रकाशन भएपछि हालसम्म ‘बी’ पोजेटिभ रगत दिनेहरु सम्पर्कमा आई तीन पिन्ट रगत दिएको नेपाल रेडक्रस सोसाइटी..

    मेलम्चीको पानीमा रोयल्टी विवाद, प्रभावित सरोकार समिति असन्तुष्ट

    आईतवार, बैशाख २, २०७५ साल
    काठमाडौँ २ बैशाख : गत बिहीबार काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजना पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री बिना मगर, मन्त्रालयका सचिव कृष्णराज बिसी, एसियाली विकास बैङ्कका निर्देशक हुम किम, मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटालगायतको खुसीको सीमा थिएन् । मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर लामो सुरुङ मार्गको अन्तिम तेस्रो चरणअन्र्तगत साढे ७ किलोमिटर सिन्धु–ग्याल्थुम खण्डको सुरुङ निर्माण सम्पन्न भएर ‘ब्रेक थ्रु’..

    म्याग्दीमा रहेको संसारकै गहिरो अन्ध गल्छी संकटमा: सडकका ढुंगा गल्छीमा

    आईतवार, बैशाख २, २०७५ साल
    बेनी, म्याग्दी, २ वैशाख म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को चर्चा विश्वभरि हुन्छ ।  लोकसेवा आयोगको परीक्षा र हाजिरीजवाफमा पनि संसारकै गहिरो गल्छीको नाम के हो र यो कहाँ पर्छ भनेर सोधिन्छ यही गल्छीलाई । विश्वभर चासो र चर्चा हुने अन्धगल्छीको अवस्था भने दयनीय छ ।  सांसरकै गहिरो गल्छी बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरोन्नतिका क्रममा मुख्य आकर्षक मानिएको गल्छीको आधा..

    कञ्चनपुरको शुक्लाफाँटामा आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै

    आईतवार, बैशाख २, २०७५ साल
    कञ्चनपुर, २ वैशाख कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ८८० परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन् ।  हेण्डपम्पमार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै आएका छन् । पानीसँगै मिसिएर आउने पहेलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छालासम्बन्धी विभिन्न रोग देखा पर्ने गरेको वडासदस्य बलदेव भट्टले बताए ।  “दूषित पानीका कारण लाग्ने रोगबाट बूढापाका, बालबालिका बढी प्रभावित हुँदै आए पनि युवा र..

    सिरियामा भएको आक्रमणलाई इरानद्वारा “अपराध”को संज्ञा

    आईतवार, बैशाख २, २०७५ साल
    तेहरान, १ वैशाख  इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिएको छ ।  “म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्,” खमेनीले भने ।  आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरुलाई आक्रमण तत्काल रोक्न दबाव दिनुपर्ने बताए उनको आधिकारीक..

    रारा तालबाट प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै के-के भने ?

    शनिबार, बैशाख १, २०७५ साल
    काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को शनिबार मुगुमा  एक समारोहबीच उद्घाटन गरे । उनले शनिवार विहान कर्णालीको रमणीय रारा तालको डिलबाट सम्बोधन गरेका हुन् ।  सो अवसरमा उनले रारा एक पटक जानै पर्ने ठाउँ भएको बताउँदै छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बढेशकाल लागेपछि गारो हुँदोरहेछ भने ।  उनले १८ पन्ने लिखित सम्वोधन गरेका थिए..

    सर्वेन्द्र खनालको परिचय : ‘बोर्डर डन’ देखि ‘कुमार घैंटे’ सम्मको इन्काउन्टर !

    आईतवार, बैशाख २, २०७५ साल
    भक्तपुर, १ वैशाख संघीय संरचनाअनुसार नयाँ कानून बनाएर प्रहरी संगठनलाई व्यवसायिक, प्रविधीयुक्त र शक्तिशाली केन्द्रीय कमाण्डमा राख्ने जिम्मेबारीका साथ सर्वेन्द्र खनाल महानिरीक्षकमा चयन भएका छन् । कार्यक्षमता, कार्यसम्पादन मूल्याङ्कन र  र वरिष्ठताको आधारमा एक नम्बरमा रहेका खनाललाई सरकारले आईजीपी बनाएको हो। आजभोली सबैतिर उनकै चर्चा छ, आखिर को हुन् त महानिरीक्षक सर्वेन्द्र खनाल ? प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सर्वदा उँचो..

    नयाँ वषको दिन मात्र फूल्ने सुनाखरी आकारको हारमको फूल

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    महेन्द्रनगर, धनुषा, ३० चैत पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ ।  ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर) संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ ।  माला आकारको सेतो..

    पूर्व प्रहरी अधिकारीको सुरक्षार्थ खटिएका ३ सय १५ प्रहरी फिर्ता बोलाइयो

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौं ३०, चैत : नेपाल प्रहरीका पूर्व अधिकारीहरुको सुरक्षार्थ खटिएका ३ सय १५ जना प्रहरीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका सुरक्षाकर्मी मध्ये अधिकांशलाई घरमा कामदारको रुपमा राख्ने गरेको आरोप लाग्न थालेपछि गृहले उनीहरुलाई फिर्ता बोलाएको हो । गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय नभई..

    नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    बाजुरा, ३० चैत बाजुराको बूढीगंगा नगरपालिका– ७ सिमलकोटमा सडक छेउमै एउटा सानो खरले छाएको छाप्रो छ । जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्व परिवार बस्ने गरेका छन् ।  सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको टिनको टहरामा सपना गन्धर्वसहित उनका दुई छोरा बेसहारा जीवन बितारहेका छन् । सपनाका गन्धर्वका श्रीमान्को मुत्यु भएको तीन वर्ष भएको छ ।  उनका श्रीमान् धन गन्धर्वले पैसाको..

    वि.सं २०७४ लाई फर्केर हेर्दा : निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ । विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा झण्डै २० वर्षपछि स्थानीय तह (पहिलो चरण) को निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ र तेस्रो चरणको असोज २ गते सम्पन्न भएको थियो । जुन निर्वाचन..

    चितवनमा ‘वन्यजन्तु सप्ताह’ साताव्यापी कार्यक्रम सार्वजनिक

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    रत्ननगर, चितवन, ३० चैत  ‘वन्यजन्तु सप्ताह २०७५’ को साताव्यापी कार्यक्रम सार्वजनिक गरिएको छ ।  हरेक वर्षको वैशाख पहिलो साता मनाइने उक्त कार्यक्रमअन्तर्गत यसपटक भने आठ दिन विभिन्न संरक्षणमूलक कार्यक्रम गरेर मनाउन लागिएको छ । पूर्वी चितवनमा रहेका विभिन्न संरक्षणमूलक संघ संस्था र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा मनाइने उक्त वन्यजन्तु सप्ताहअन्तर्गत यसपाली एक हप्तासम्म विभिन्न १० वटा कार्यक्रम आयोजना गरिने चितवन राष्ट्रिय निकुञ्ज..
    Weather Forecast