सोमबार, असोज २७, २०७६

    राज्य-समाज

    स्वदेशी ५२ संस्थाका ४४ हजार जनालाई निर्वाचन पर्यवेक्षणको अनुमति

    सोमबार, कार्तिक २०, २०७४ साल
    काठमाडौं, कात्तिक २० ।  निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ । आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील एकीकृत दिगो विकास समाज लैनचौर सबैभन्दा कम..

    निकै खर्चिलो हुँदै निर्वाचन, उम्मेदवारको न्यूनतम् खर्च साढे १० अर्ब

    सोमबार, कार्तिक २०, २०७४ साल
    काठमाडौं, कात्तिक २० । संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्नेक्रममा आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन खर्चिलो हुने देखिएको छ । आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी दिएका पाँच हजार २९३ प्रत्यक्ष र समानुपातिकतर्फ ६ हजार ९४ उम्मेदवारले अर्बौं खर्च गर्ने देखिएको हो । निर्वाचन आयोगले गर्ने खर्चबाहेक उम्मेदवारहरुको कुल खर्च रु साढे १०..

    पहिलो चरणको निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी हुदै

    सोमबार, कार्तिक २०, २०७४ साल
    काठमाडौं, कात्तिक २० ।  आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री ढुवानी गर्न थालेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि आवश्यक मतदान गर्ने गोप्य बाकस, सिल, स्टेसनरी लगायतका सामग्री सम्बन्धित स्थानमा र्पुयाउन थालिएको आयोगले जानकारी दिएको हो । निर्वाचन आयोग परिसरमा रहेको निर्वाचन सामग्री ‘लोड’ तथा ‘प्याकिङ’ गर्ने काम धमाधम भइरहेको..

    बाढी प्रभावित क्षेत्रमा विषेश राहत प्याकेज ल्याउने सरकारको तयारी

    सोमबार, कार्तिक २०, २०७४ साल
    काठमाडौ २० कार्तिक ।  सरकारले तराईका बाढी प्रभावित क्षेत्रमा विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले विशेष राहत प्याकेज योजना बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखमै सरकारले नयाँ योजना बनाउन लागेको हो । अर्थ मन्त्रालयले एक दुई दिनभित्र राहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । त्यसैगरी सरकारले..

    उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने

    सोमबार, कार्तिक २०, २०७४ साल
    काठमाडौँ, २० कात्तिक । जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो ।  सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र खरिपाटीमा एक्सेलोमिटर केन्द्र निर्माण हुन लागेको हो ।..

    भारतमा फेरि दुई वटा गैँडा भेट्टियो, अवस्था बुझ्न निकुञ्जको टोली भारतमा

    सोमबार, कार्तिक २०, २०७४ साल
    रत्ननगर, चितवन, २० कात्तिक (रासस) : भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ । रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ ।  दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पु¥याएको अनुमान गरिएको भारत..

    पहिलो चरण निर्वाचनको लागि प्रत्यक्षतर्फको मतपत्रको छपाई सकियो : आयोग

    आईतवार, कार्तिक १९, २०७४ साल
    काठमाडौं, कात्तिक १९। आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फको मतपत्रको छपाई कार्य सकिएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगले पहिलो चरणको चुनावका लागि ३१ लाख मतदाता र त्यसको १० प्रतिशत थप गरेर झण्डै ३५ लाख मतपत्र छापिसकेको जनाएको हो । मंसिर १० मा पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४..

    बागीबाट पछि हटिन् कोमल वली, वाम गठबन्धनलाई सघाउने

    आईतवार, कार्तिक १९, २०७४ साल
    दाङ, कात्तिक १९ । नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धकाविरुद्ध उम्मेदवारी दिनुभएकी कोमल वली र माओवादी केन्द्रका कुवेर वलीले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ । राप्रपा छोडेर एमाले प्रवेश गर्नु भएकी कोमल वलीले वाम गठबन्धनको आधिकारीक उम्मेदवार हिरा चन्द्र केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनु भएको हो । तुल्सीपुरमा एमाले नेता शंकर पोख्रेल, उम्मेदवार हिराचन्द्र केसी र जिल्ला अध्यक्ष..

    मुलुकको समृद्धिका लागि वाम गठबन्धनः प्रचण्ड

    आईतवार, कार्तिक १९, २०७४ साल
    काठमाडौ १९ कार्तिक ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाउनु परेको बताउनु भएको छ ।  पश्चिम चितवनको चनौलीमा आज वाम गठबन्धन निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै दाहालले अबको आवश्यकता स्थिर सरकार निर्माण गरी विकासतर्फ अगाडि बढ्नु रहेको बताउनुभयो ।  चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र न ३ का उम्मेदवार समेत रहनु भएका दाहालले चितवनको विकास, समृद्धि..

    दोस्रो चरणको निर्वाचनका लागि आयोगले आज उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दै

    आईतवार, कार्तिक १९, २०७४ साल
    काठमाडौ १९ कार्तिक ।  निर्वाचन आयोगले आगामी मंसिर २१ मा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता भएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै छ ।  आयोगले आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी आजै दल तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ । त्यसअघि आयोगले विहान १० बजे देखि दिउसो १ बजे सम्म उम्मेदवारलाई नाम फिर्ताको..

    सप्तरीमा बागी उम्मेदवार प्रतिस्पर्धामा

    आईतवार, कार्तिक १९, २०७४ साल
    सप्तरी, कात्तिक १९ आगामी  मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि सप्तरीमा राजपा–फोरम गठबन्धन र नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनमा वागी उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् ।  मुख्य निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा चुनावका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि उहाँविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी..

    उम्मेदवार हुन काँग्रेस नेता गोविन्दराज जोशी अयोग्य: निर्वाचन आयोग

    शनिबार, कार्तिक १८, २०७४ साल
    काठमाडौँ, १८ कात्तिक (रासस) : निर्वाचन आयोगले मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ तनहुँ जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार हुनुभएका नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी कायम नरहने निर्णय गरेको छ ।  आयोगबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जोशीले नैतिक पतन देखिने फौजदारी कसूर भ्रष्टाचारमा विशेष अदालतमा सजाय पाएको देखिन आएकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ अनुसार..

    जन्मभूमिको मायाले सप्तरीबाट उम्मेदवारी दिएँ : अध्यक्ष उपेन्द्र यादव

    शनिबार, कार्तिक १८, २०७४ साल
    राजविराज, १८ कात्तिक (रासस) : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी पछाडि परेकाले यहाँको विकास गर्न आफू यस जिल्लाबाट चुनाव लडेको बताउनुभएको छ ।  सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका यादवले आज राजविराजमा बुद्धिजीवीसँगको छलफलमा आफ्नो जन्मभूमिको माया र सप्तरीबासीको चाहनाले आफूलाई यहाँ तानेर ल्याएको बताउनुभयो ।    अध्यक्ष यादवले २ नं प्रदेशलाई नै शक्तिशाली र समृद्ध बनाउनु जरुरी..

    मतदाता शिक्षा प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको आग्रह

    शुक्रबार, कार्तिक १७, २०७४ साल
    काठमाडौं, कात्तिक १७ ।  प्रधानन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा अधिकतम सहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तहरुलाई आग्रह गर्नुभएको छ ।  शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको निर्वाचन आयुक्तहरुसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै अधिकतम मत खस्ने र न्यून बदर हुनेगरी व्यवस्थापन गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले चुनावका लागि सरकारको तर्फबाट आवश्यक..

    अब उपत्यकामा गुड्ने सबै गाडी नयाँ ! पुरानालाई रोक लाउने तयारी

    शुक्रबार, कार्तिक १७, २०७४ साल
    भक्तपुर, १७ कार्तिक ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले काठमाडौं उपत्यका भित्र पुराना सवारी साधन सञ्चालनमा अब चाँडै नै रोक लगाइने बताउनुभएको छ ।  शुक्रबार रफत सञ्चार क्लवमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले पुराना सवारी साधनका कारण ट्राफिक व्यवस्थापन दिन प्रतिदिन जटिल बन्दै गएकोले अव त्यस्ता प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइने जानकारी दिनुभयो ।  दुर्घटना बढ्नुका कारण सवारी साधनका कम्जोरी र..

    कर्मचारी समायोजन नियमावलीको मस्यौदा तयार

    शुक्रबार, कार्तिक १७, २०७४ साल
    काठमाडौँ, १७ कात्तिक।  सामान्य प्रशासन मन्त्रायलले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन नियमावली–२०७४’ को मस्यौदा तयार पारेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन प्रमाणिकरण गरेपछि मन्त्रालयले समायोजन नियमावलीको मस्यौदा बनाएको हो ।  तयार पारिएको मस्यौदा मन्त्रालयले परामर्शका लागि अर्थ र कानून तथा न्याय मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराउनुभयो ।  नियमावलीमा संघ, प्रदेश र स्थानीय..

    निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नु पर्छ : उपराष्ट्रपति पुन

    शुक्रबार, कार्तिक १७, २०७४ साल
    चितवन, १७ कात्तिक  ।      उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।    नेपाल पोल्ट्री महासंघले आयोजना गरेको नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ को आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो –“नयाँ संविधानको कार्यान्वयनको निर्णायक तथा अन्तिम चरण प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन रहेकाले यसलाई महाउत्सवको रुपमा सम्पन्न गर्न सबैको सक्रिय..

    कानुन र आचारसंहिताको उल्लंघन गर्ने छुट कसैलाई पनि छैन :प्रमुख आयुक्त यादव

    शुक्रबार, कार्तिक १७, २०७४ साल
    काठमाडौं, कात्तिक १७ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कानुनको अवज्ञा नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।  राजनीतिक दलसम्बद्ध युवाहरुका लागि निर्वाचन सम्बन्धि प्रशिक्षणमा दिदै उनले कानुन र आचारसंहिताको उल्लंघन गर्ने छुट कसैलाई पनि नभएको प्रष्ट पारे । उल्लंघन गरे कडा कारवाही गर्ने उनको चेतावनी छ । आयोगले निर्वाचनको सबै तयारी पूरा गर्दै मतदान केन्द्रित तयारीमा जुटेको जानकारी दिँदै उनले बिचारबाट..

    दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

    शुक्रबार, कार्तिक १७, २०७४ साल
    काठमाडौ १७ कार्तिक । आगामी मंसिर २१ मा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज दाबी विरोधको उजुरी दिन सकिने छ ।  त्यसका लागि निर्वाचन आयोगले विहान १० बजे देखि साँझ ५ बजेको सम्मको समय निर्धारण गरेको छ । यसअघि हिजो प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सदस्य पदका चार..

    समानुपातिकतर्फको बन्दसुची आज सार्वजनिक हुदै

    शुक्रबार, कार्तिक १७, २०७४ साल
    काठमाडौ १७ कार्तिक ।  निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूची आज सार्वजनिक गर्दैछ ।  दलहरुले गत असोज २९ गते बुझाएको बन्दसूचीमा रहेका नितिगत त्रुटि सच्याउँदै आबश्यक प्रक्रियापछि आज सार्वजनिक गर्ने तयारी भएको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।  समानुपातिक तर्फ निर्वाचन आयोगमा प्रतिनिधिसभा तर्फ ४९ र प्रदेश सभा तर्फ ५५ दलले बन्दसूची बुझाएका  थिए ।..

    निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ : एमाले अध्यक्ष ओली

    शुक्रबार, कार्तिक १७, २०७४ साल
    सुरुङ्गा, झापा, १७ कात्तिक (रासस) : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताएका छन् ।  शुक्रबार झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले भने – “अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुन्छ र मुलुक समृद्धिको दिशामा जान्छ ।”  अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको छ भन्दै..

    माओवादी अध्यक्ष दाहालको क्षेत्रमा ८ स्वतन्त्रसहित १८ उम्मेदवार

    शुक्रबार, कार्तिक १७, २०७४ साल
    चितवन, १७ कात्तिक (रासस) :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको चितवन क्षेत्र नं ३ मा आठजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाहालसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।  कूल उम्मेदवारको सङ्ख्या अठार पुगेको छ । दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । पाण्डे वर्तमान सरकारका वन..

    प्रधानमन्त्री देउवाद्वारा वारेसनामामार्फत डडेल्धुराबाट उम्मेदवारी

    बिहिवार, कार्तिक १६, २०७४ साल
    डडेल्धुरा, १६ कात्तिक ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वारेसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री देउवाको वारेसनामा दिएर उनकै पूर्व स्वकीय सचिव गणेश पन्तले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि आफैं उमेदवारी दर्ता गराउन आउने तयारी गरेका देउवा बिहीबार बिहानसम्म पनि उम्मेदवार छिनोफानो गर्न व्यस्त भएपछि वारेसनामा पठाएको उनको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसबाट प्रदेशसभा..

    झापा–५ मा एमाले अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता

    बिहिवार, कार्तिक १६, २०७४ साल
    काँकडभिट्टा, १६ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वाम गठबन्धनको तर्फबाट आज झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ ।  सदरमुकाम चन्द्रगढीस्थित जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गराउनुभएको हो ।  एमाले अध्यक्ष ओली..

    सप्तरी क्षेत्र नं २ बाट उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    बिहिवार, कार्तिक १६, २०७४ साल
    काठमाडौं कार्तिक १६। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका लागि सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन्।  आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि यादवले सप्तरीको राजविराजस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।  यसअघि यादव सुनसरीबाट निर्वा्चित भएका थिए । उम्मेदवारी दर्तापछि अध्यक्ष यादवले जन्मभूमिप्रतिको मायाले सप्तरीबाट उम्मेदवारी दिएको प्रतिक्रिया दिए। फोरम नेपालका..

    दोस्रो चरणको निर्वाचनका लागि आज शान्तिपूर्ण रुपमा मनोनयन दर्ता हुदै

    बिहिवार, कार्तिक १६, २०७४ साल
    काठमाडौ १६ कार्तिक । आगामी मंसिर २१ मा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको मनोनयन दर्ता भइरहेको छ ।  दलहरुले बिहान १० बजेदेखि नै निर्वाचन आयोगको कार्यालयमा गइ शान्तिपूर्ण रुपमा मनोनयन दर्ता गराइरहेको निर्वाचन आयोगले जनाएको छ । यो क्रम साँझ ५ बजेसम्म जारी रहने आयोगको भनाई छ । उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन..

    मेलम्चीको ९० % काम सम्पन्न, चैत महिनभित्रै काठमाडौंका धारामा

    बिहिवार, कार्तिक १६, २०७४ साल
    काठमाडौं, १६ कार्तिक ।  काठमाडौं उपत्यकाबासीहरुमाँझ दशकौंदेखिको व्यग्र प्रतिक्षाको विषय बनेको मेलम्ची खानेपानी आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत् काठमाडौं उपत्यकामा भइरहेको प्रगतिको बुधबार एसियाली विकास बैंकले गरेको स्थलगत अवलोकन समेत गरेको छ ।  अवलोकनका क्रममा ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले औपचारिक जानकारी गराएको हो । सो असरमा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी..

    मंसिरको निर्वाचन रोक्ने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

    बुधबार, कार्तिक १५, २०७४ साल
    काठमाडौं, कात्तिक १५। सर्वोच्च अदालतले आगामी मंसिर १० र २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । चुनाव रोक्न माग गर्दै परेका छुट्टा छुट्टै ५ वटा मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले देश चुनावमा लागि सकेकाले चुनाव रोक्ने आदेश जारी गर्न अस्वीकार गरेको हो ।  सुनीलकुमार पटेल, भरतकुमार मैनाली र सीताराम अग्रवाल लगायतले छुट्टा छुट्टै रुपमा दायर गरेको..

    मंसिरमा हुने दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ताको तयारी पुरा

    बुधबार, कार्तिक १५, २०७४ साल
    काठमाडौं, कार्तिक १५।  निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  मंसिर २१ गते ४५ जिल्लामा प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । त्यसका लागि बिहीबार मनोनयन दर्ताको लागि समय निर्धारण गरिएको छ । प्रदेश सभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन भने मंसिर १० गते हुँदैछ..

    तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो

    बुधबार, कार्तिक १५, २०७४ साल
    आठराई, तेह्रथुम, १५ कात्तिक (रासस) : तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो ।  चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठाएका उम्मेदवारको विषयमा चर्चा हुन थालेको छ । नेपाली काँग्रेस तेह्रथुमले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री..
    Weather Forecast