शनिबार, चैत्र २२, २०७६

    राज्य-समाज

    कांग्रेसका युवा नेताहरूद्वारा केन्द्रीय कार्ययमिति बैठकमा ५१ पृष्ठ लामो दस्तावेज पेश

    मंगलवार, बैशाख ११, २०७५ साल
    काठमाडौं ११, बैशाख : नेपाली कांग्रेसको जारी केन्द्री कार्ययमिति बैठकमा केन्द्रीय सदस्यहरूको बोल्ने क्रम मंगलबार पनि जारी रहेको छ । मंगलबारको बैठकमा कांग्रेसका युवा नेताहरूको तर्फबाट केन्द्रीय सदस्य गगन थापाले ५१ पृष्ठ लामो दस्तावेज पेश गरेका छन् । '६ भाइ' नामले चिनिने यो समूहमा केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे रहेका छन् । यो समूहले..

    नेपालीलाई विदेशी सेनामा भर्ना रोक्ने वाम कार्यदलको सपना, सीमामा भिसा

    मंगलवार, बैशाख ११, २०७५ साल
    काठमाडौँ ११, बैशाख : एमाले–माओवादी नेता सम्मिलित वाम कार्यदलले विदेशी सेनामा नेपाली भर्ना रोक्ने योजनाको खाका अघिसारेको छ । एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको ७ सदस्यीय कार्यदलले सरकारका काम कारवाहीलाई व्यवस्थित गर्न तयार पारेको वामपन्थी सरकारको आर्थिक विकास तथा समृद्धिको कार्ययोजनामा प्रतिवेदन सो विषय उल्लेख छ । नेपालको राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै विदेशी सेनामा नेपाली भर्ना बन्द गर्न सुझाइएको छ ।..

    सरकारले गर्यो बसोबास आयोगका सबै संरचना खारेज,अत्यावश्यक क्षेत्रमा हड्ताल गरे कारबाही गरिने

    मंगलवार, बैशाख ११, २०७५ साल
    ११ वैशाख, काठमाडौं : सरकारले बसोबास आयोगको केन्द्रदेखि जिल्लासम्मका सबै संरचनाहरु खारेज गरेको छ । आयोगका नाममा राजनीतिक नियुक्ति गरेर राज्यको ढुकुटीमात्र नोक्सान भइरहेको भन्दै मन्त्रिपरिषद बैठकले आयोग र त्यसका जिल्ला शाखाहरु खारेज गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चन्द्रप्रसाद खनालको ठाडो प्रस्तावमा ती संरचना खारेजकी निर्णय भएको हो । मंगलबारको मन्त्रिपरिषद बैठकले जनताको..

    मन्त्रिपरिषद्ले गर्यो निर्णय: प्रा.डा.कडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त

    मंगलवार, बैशाख ११, २०७५ साल
    काठमाडौं ११, बैशाख : सरकारले योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुष्प कडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको नियुक्ति गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । आयोगका सदस्यहरूमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, गिरीबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको छ ।..

    राष्ट्रसंघ सम्मेलन समितिको अध्यक्ष नेपाल, सन् २०१८ को लागि समितिको अध्यक्षता गर्ने

    मंगलवार, बैशाख ११, २०७५ साल
    काठमाडौं ११, वैशाख : संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल नियुक्त भएको छ । महासभाले सन् २०१८ को लागि नेपाललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । संयुक्त राष्ट्रसंघमा नेपालका सहायक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले समितिको अध्यक्षता ग्रहण गर्नेछन् । हालै महासभाको सदस्य राष्ट्रमा सन् २०१८ देखि २०२० सम्म तीन वर्षका लागि नेपाल नियुक्त भएको थियो । छ सदस्य राष्ट्रमध्ये नेपालले एसिया प्रशान्त..

    नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न रक्षामन्त्री पोखरेलको निर्देशन

    मंगलवार, बैशाख ११, २०७५ साल
    भक्तपुर, ११ वैशाख : रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषरका प्रमुखलाई निर्देशन दिएका छन् ।  श्रेष्ठको स्वास्थ्य अबस्थाबारे बुझ्न मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरियामैत्री अस्पताल पुगेका मन्त्री पोखरेलले प्रजिअ द्रोण पोखरेल र प्रहरी परिषरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण राणालाई फोनबाट यस्तो निर्देशन दिएका हुन् ।  शनिबार साँझ चार..

    प्रदेश नम्बर ४ को नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

    मंगलवार, बैशाख ११, २०७५ साल
    फलेवास, पर्वत, ११ वैशाख :   प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् ।    सोमबार भएको एक कार्यक्रममा उनीहरुले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका हुन् । पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र मुक्ति क्षेत्रको नाम प्रस्ताव गरिएको छ । यसबाहेक धौलागिरि, शालिग्राम, कृष्णगण्डकी,..

    एसिड प्रहार गर्ने प्रहरी (ना) निरीक्षकलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    मंगलवार, बैशाख ११, २०७५ साल
    रत्ननगर, चितवन, १० वैशाख : गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सोमबार अपराह्न भरतपुर अस्पताल पुगेर उनले सो जानकारी लिएका हुन् ।  ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए ।  खनियाँलाई निलम्बन गरी कारबाही..

    अबको केहीदिन भित्रैमा पार्टी एकता हुने एमाले उपाध्यक्ष वामदेव गौतमको ठोकुवा

    मंगलवार, बैशाख ११, २०७५ साल
    काठमाडौँ, १० वैशाख : नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् ।  राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको ‘आर्दश दम्पती पुरस्कार तथा सम्मान’ कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।  उपाध्यक्ष गौतमले नेपाली जनताले यी दुबै कम्युनिष्ट पार्टीलाई अभूतपूर्व शक्ति निर्वाचनबाट प्रदान गरेको उल्लेख गर्दै त्यो शक्तिलाई..

    पुन-निर्माणमा सरकार गम्भीर हुनुपर्छः नेता माधवकुमार नेपाल

    सोमबार, बैशाख १०, २०७५ साल
    काठमाडौँ, १० वैशाख रासस नेकपा एमालेका नेता माधवकुमार नेपालले भूकम्प पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको बताएका छन् ।  पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’को लोकापर्ण समारोहमा सोमबार उनले भने – “जुन गतिमा भूकम्पपछिको पुनःनिर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन, यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ ।”  “अझै पनि मानिस छाप्रोमा बस्न बाध्य भएका छन्”, उनले भने, “जनतालाई आश्वासन मात्र दिएका छौँ, काम हुन सकेको..

    धार्मिक पर्यटकीय विकास सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री लालबाबु राउत

    सोमबार, बैशाख १०, २०७५ साल
    महेन्द्रनगर, धनुषा, १० वैशाख प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले धार्मिक पर्यटकीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । जानकी नवमीका अवसरमा रामायण सर्किटले जनकपुरधाममा आज आयोजना गरेको रामायण मेलाको उद्घाटन समारोहमा उनले भने, “यो प्रदेश विकासको प्रमुख आधार धार्मिक पर्यटन रहेकाले यसको विकास तथा विस्तारका लागि सरकार प्रतिबद्ध छ ।” मुख्यमन्त्री राउतले जानकी मन्दिरलाई आधार बनाएर धार्मिक सर्किटको योजना..

    भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने पक्का ! यसपटक जनकपुर पनि जाने

    मंगलवार, बैशाख ११, २०७५ साल
    काठमाडौँ, १० वैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेका छन्। ‘अलि पर सार्ने कि भन्ने पनि कुरा भएको थियो तर अन्तिममा भारतीय प्रस्तावअनुसार नै भ्रमणको तिथि टुंगो लाग्यो,’ स्रोतले भन्यो। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि..

    घुस लिँदालिँदै वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ, ऋण स्वीकृत गर्न लिएको खुलासा

    सोमबार, बैशाख १०, २०७५ साल
    काठमाडौँ, १० वैशाख राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले घुस रकमसहित कार्यकक्षबाटै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महोत्तरीबाट खटिएको टोलीले सहायक प्रबन्धक काफ्लेलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । आयोगका अनुसार काफ्लेले ऋण स्वीकृत गर्नका लागि सेवाग्राहीसँग उक्त रकम लिएका थिए ।  ..

    अबको समय विकास र समृद्धिको समय हो : गृहमन्त्री रामबहादुर थापा

    सोमबार, बैशाख १०, २०७५ साल
    चितवन, १० वैशाख गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताएका छन्  । रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारणसभाको सोमबार टाँडीमा उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको बताए । अहिले भ्रष्टाचार मौलाउँदै गएको भन्दै मन्त्री थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता हुन जरुरी रहेको बताए। देशको विकासका लागि यातायातमा जस्तै कृषि क्षेत्र र अर्थतन्त्रमा..

    यस्तो छ कांग्रेसको बैठक सानेपामा : भित्र केन्द्रीय समिति बैठक, बाहिर नाराबाजी !

    सोमबार, बैशाख १०, २०७५ साल
    काठमाडौं १०, बैशाख : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । ललितपुरको सानेपामा स्थित केन्द्रीय कार्यालयमा जारी बैठक सोमबार बिहान देखि बसिरहेको हो । पार्टी केन्द्रीय कार्यालय बाहिर भने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर विद्यार्थीहरूले नाराबाजी गरेका छन् । नाराबाजी गरिरहेका विद्यार्थीहरूले नेविसंघका अध्यक्ष नैनसिंह महरले संगठनभित्र मनोमानी गरेको आरोप लगाएका छन् ।..

    अब दुई कम्युनिस्ट पार्टी एकता घोषणाको पर्खाइमा छौँ : मन्त्री थापा

    सोमबार, बैशाख १०, २०७५ साल
    चितवन, १० वैशाख : गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन् ।  सोमबार चितवनमा  पत्रकारहरुसँगको कुराकानीमा उनले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको बताए ।  संयोजन समितिले मिति तोक्नमात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक कारण ऐतिहासिक दिन वैशाख ९ गते एकता घोषणा हुन नसकेको प्रष्ट्याए । “जनयुद्धको..

    विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा ६५ मेट्रिक टन चिनी थन्कियो

    सोमबार, बैशाख १०, २०७५ साल
    मोरङ, वैशाख १० चिनीको मुल्यमा अत्यधिक गिरावट आएपछि विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा करिब १ हजार ३ सय बोरा अर्थात ६५ मेट्रिक टन चिनी थन्किएर बसेको छ । चिनीको मुल्य प्रति किलो ८२ रुपैया राखेका कारण साल्ट ट्रेडिङको चिनी नबिकेको हो । थन्किएको चिनी भारतबाट गएको दशैं अगाडि एक प्रतिशत भन्सार तिरेर ल्याइएको थियो । एक प्रतिशत भन्सार तिरेर ल्याउदा पनि अहिलेसम्म..

    जंगली हात्ती ध्रुवे फेरी मात्तियो, चितवनमा ५ घर भत्काएपछि स्थानीय त्रसित

    सोमबार, बैशाख १०, २०७५ साल
    चितवन, ९ वैशाख : मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् ।  स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए । उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गएराति..

    जुत्ता मिलेन भनेर त्यत्तिकै हिँड्न मिल्दैन, खुट्टा ताछतुछ पारेर भएपनि जानुपर्छ : केपी ओली

    आईतवार, बैशाख ९, २०७५ साल
    ९ वैशाख, काठमाडौं  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग पार्टी एकता सफल पार्नुबाहेक अर्को विकल्प नभएको बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा ओलीले भने, ‘हामी त्यो ठाउँमा पुगिसक्यौं, जुत्ता मिलेन भने खुट्टा ताछतुछ (ताछेर) पनि मिलाउनुपर्छ । यो बाहेक अर्को बाटो छैन ।’ उनअघि बोलेका माओवादी अध्यक्ष प्रचण्डले एकताबाट दायाँबायाँ गर्ने बाटो..

    तोकेको मितिमा होइन, नतोकेको मितिमा पार्टी एकता हुन्छ : प्रचण्ड

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौं, बैशाख ९ माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रबीच कसैले पनि नसोचेको दिनमा एकता हुने दाबी गरेका छन्। उनले दुई दलबीचको एकता तोकेको मितिमा नभइ नतोकेको मितिमा एकता हुने दाबी गरेका हुन्।  उनले दुई दलबीच बैशाख ९ गते एकता गर्ने भनेर दुई दलबीच कुनै सहमति नभएको उल्लेख गर्दै त्यसलाई संचारमाध्यमले बढी प्रचार गरेको बताए। दाहालले नेपालमा तोकिएको मितिका नहुने भन्दै..

    भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने पक्का, ओलीको चीन भ्रमणलाई रोक्ने वृत्तमा वहस

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौं, बैशाख ९ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन्। जेठ ११ गते मोदी नेपाल आउने गरी भ्रमणको गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय पक्षसँग छलफल गर्नुपर्ने भएकोले भ्रमण तालिका यताउता पर्न सक्ने मन्त्रालयले जनाएको छ। भारतको हिन्दुस्तान टाइम्सले वैशाख २८ मै मोदी नेपाल भ्रमणमा निस्कने समाचार प्रकाशित गरेको छ। परराष्ट्र मन्त्रालयले भने मिति टुंगो लाग्न बाँकी रहेको जनाएको..

    विजयकुमार गच्छदारद्वारा गणेश लामासहित १५ जना कांग्रेसको केन्द्रीय सदस्यमा सिफारिस

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौँ, ९ वैशाख कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुदाँ भएको सहमति अनुरुप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउनका लागि १५ जनाको नाम सिफारिस गर्ने लिष्ट तय गरेका छन् । निकटस्थ स्रोतका अनुसार, गच्छदारको लिष्टमा पेस्तोलसहित पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका गणेश लामा समेत छन् । तर, राष्ट्रियसभा सदस्य तथा पूर्व मन्त्री जितेन्द्र देवलाई भने गच्छदारले केन्द्रिय सदस्य बनाउने लिष्टमा नराखेको स्रोतले..

    वैदेशिक रोजागर पीडित तथा परामर्श संघद्धारा १३४ पीडितलाई कानूनी उपचार उपलब्ध

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौँ, ९ वैशाख वैदेशिक रोजागर पीडित तथा परामर्श संघले १३४ पीडितलाई कानूनी उपचार उपलब्ध गराएको छ । संघले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा अलपत्र परी स्वदेशमा फर्केका पीडितको उजुरीका आधारमा सरकारी निकाय तथा विभिन्न सरोकार संघ संस्थासँगको समन्वयमा उनीहरुलाई क्षतिपूर्ति सहित कानूनी उपचार उपलब्ध गराइएको हो । साउदी अरबको कारागारमा विभिन्न अभियोगमा सजाय पाइरहेका १० नेपाली श्रमिकलाई स्वदेश फर्काइएको संघका अध्यक्ष दीपक राउत..

    ब्यानरको बिषयले कम्युनिस्ट पार्टीको स्थापना दिवस कार्यक्रममा खैलाबैला !

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौं ९, बैशाख : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले संयुक्त रूपमा मनाएको कम्युनिस्ट पार्टीको स्थापना दिवस कार्यक्रममा ब्यानरमा लेनिनको फोटो नभएको भन्दै कार्यकर्ताले विरोध गरे ।  त्यसलगत्तै आयोजकले ब्यानर कार्यक्रम स्थलबाट हटायो । कार्यक्रम स्थल राष्ट्रियसभा गृहमा नाराबाजी गरिरहेका कार्यकर्ता केही सान्त भए । तर, ब्यानर बिना कार्यक्रम गर्न नदिने कार्यकर्ताले उद्घोष गरे । कार्यक्रम स्थलमा नाराबाजी गरिरहेका..

    प्रदेश नं ७ को मन्त्रिपरिषद् बैठकले गर्यो विधेयक तर्जुमा गर्ने स्वीकृति !

    आईतवार, बैशाख ९, २०७५ साल
    धनगढी, ९ वैशाख : प्रदेश नं ७ को मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश आकष्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले गाउँसभा, नगरसभा र जिल्लासभाका सन्दर्भमा विधेयक तर्जुमा गर्न सहमति दिएको सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए ।  यस्तै स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न,..

    फेरि किन मर्यो! दुर्लभ पाटे बाघ , दुई महिनामा चार बाघ मर्यो

    आईतवार, बैशाख ९, २०७५ साल
    रत्ननगर, चितवन, ९ वैशाख चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि शनिबार एउटा दुर्लभ पाटेबाघ मरेको छ ।  चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । बाघ गए राति अर्काे बाघसँगै जुधेर मरेको अनुमान छ । बिहान स्थानीयवासी सीता गुरौले घाँस काट्न जाने लागेका बेला..

    लालबाबु पण्डितले गरे मालपोत कार्यालयमा अाकस्मिक अनुगमन !

    आईतवार, बैशाख ९, २०७५ साल
    बैशाख ९, २०७५ काठमाडौं :  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मालपोत कार्यालय डिल्लीबजारको आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा ३० जना कर्मचारीमध्ये ९ जना लामो समयदेखि अनुस्थित र दुई जना ढिलो उपस्थित भएको भेटिएको छ । त्यसक्रममा मन्त्री पण्डितले कर्मचारी र सेवाग्राहीका कुरा सुनेका थिए । अनुगमनपछि कार्यालयको कामकाज सन्तोषजनक नदेखिएको पण्डितले बताए । मन्त्री पण्डितले कार्यालयका..

    एकता र ध्रुवीकरणमा लामबद्ध हुन दुवै शक्तिलाई अध्यक्ष दाहालको आग्रह

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौँ, ९ वैशाख : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गरेका छन् ।  पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आइतबार प्रेस वक्तव्य जारी गर्दै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ । विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औैंँ जन्मजयन्ती तथा नेपाल..

    अध्यक्ष प्रचण्डद्वारा पार्टी बैठकमा २ दलबीचको एकता प्रगतिबारे ब्रिफिङ

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौँ, ९ वैशाख : नेकपा (माओवादी केन्द) केन्द्रीय कार्यालयको आइतबारको विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए । बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिएका थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दैै पार्टी प्रवक्ता पम्फा..

    गाउँपालिकाको सेवा लिन ३ दिन हिँडेर पुग्छन् सेवाग्राही कार्यालय !

    आईतवार, बैशाख ९, २०७५ साल
    बाबियाचौर ९, वैशाख : अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ ।  यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर सेवा लिन स्थानीयवासीलाई सास्ती भएको हो । पर्वतको जलजलादेखि सदरमुकाम बेनी झरेर पुनः रघुगंगा गाउँपालिका हुँदै पोखरेबगर पुग्दा गाडीमा पूरै दिन लाग्ने गरेको नांगीकी जसमाया पुर्जाले बताए..
    Weather Forecast