बुधबार, जेष्ठ २१, २०७७

    राज्य-समाज

    चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    आईतवार, आषाढ १०, २०७५ साल
    काठमाडौँ, १० असार : प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।  प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरे ।  प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका  थिए । ..

    जनसरोकारका विषयलाई समाचार बनाउन रासस अध्यक्ष श्यामलको आग्रह

    आईतवार, आषाढ १०, २०७५ साल
    बर्दिवास, १० असार   राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले जनसरोकारका र ओझेलमा परेका विषयलाई समाचारका माध्यमबाट जनसमक्ष ल्याउन समाचारदातालाई सुझाव दिएका छन् ।  राससका पूर्वक्षेत्रका कार्यालय र व्यवस्थापनबारे अवलोकन गर्न बिराटनगर जाने क्रममा शनिबार साँझ महोत्तरीको बर्दिवासमा जिल्लाका स्ट्रिञ्जरसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष श्यामलले विज्ञान र प्रविधिको विकाससँग आफूलाई जोडेर काम गर्न सुझाएका छन् ।  कोठाभित्र बसेर विभिन्न छापा र..

    प्रधानमन्त्रीको भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा

    आईतवार, आषाढ १०, २०७५ साल
    चीन, ल्हासा, तिब्बत, १० असार  छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गरे ।  त्यसका साथै प्रधानमन्त्री ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले महत्वपूर्ण वार्ता गरे । उनिहरुबीच दुई सरकारबीच सहयोगका बारेमा महत्वपूर्ण विचार विमर्श भयो । यो वार्ता दुवै सरकारका लागि निकै..

    नेपाल रेलमार्गसँग जोडिने विषयमा कुनै शंका नगर्न नेपाली प्रतिनिधि मण्डलद्वारा आग्रह

    शनिबार, आषाढ ९, २०७५ साल
    बेइजिङ, चीन, ९ असार :   परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण तथा प्रेरणादायी भएको बताएका छन्  ।    भ्रमणका क्रममा बेइजिङको कार्यक्रम सकेर प्रधानमन्त्री केपी शर्मा ओली ल्हासा आउने क्रममा सञ्चारकर्मीसँग मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध भएका पछिल्लो राजनीतिक परिवर्तनलाई चीनले खुलेर प्रशंसा गरेको बताए ।    प्रधानमन्त्रीले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्न चीनको सदा साथ रहने..

    संघीय संसदको संयुक्त नियमावली पारित, संसदीय सुनुवाई समिति गठनको बाटो खुल्यो

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार संघीय संसद्को शुक्रबारको संयुक्त बैठकले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५’ पारित गरेको छ ।  राष्ट्रियसभा र प्रतिनिधिसभाको शुक्रबार भएको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । बैठकमा समितिका सभापति कृष्णभक्त पोखरेलले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।  संशोधन प्रस्तावकर्ता विमला..

    बुटवल उपमहानगरपालिकाको ‘समृद्ध बुटवल खुसी बुटवलवासी’ परिकल्पना सार्वजनिक !

    शुक्रबार, आषाढ ८, २०७५ साल
    बुटवल ८ असार रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ‘समृद्ध बुटवल खुशी बुटवलवासीको’ परिकल्पना अगाडि सार्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  उपमहानगरपालिकाको शुक्रबारदेखि शुरु भएको तेस्रो नगरसभामा नगर प्रमुख शिवराज सुवेदीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय सरकारको रुपमा सरकार सञ्चालनका लागि आव २०७४÷०७५ लाई अध्ययन वर्ष घोषणा गरी सोको अनुभवका आधारमा आगामी आव २०७५÷०७६ लाई ‘कार्यान्वयन वर्ष’ का रुपमा..

    नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको ओलीसँग आग्रह

    शुक्रबार, आषाढ ८, २०७५ साल
    ल्हासा, चीन, ८ असार चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।  उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै न कुनै उपायबाट समस्याको समाधान गरिदिन आग्रह गरेका हुन् ।  चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शुक्रबार ल्हासा आइपुगेका हुन् ।  नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा नेपाली व्यापारीले प्रधानमन्त्रीसहितको..

    नेपाल र चीनबीच ऊर्जा सहकार्यका लागि उच्चस्तरीय संयन्त्र बन्ने

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार   नेपाल र चीनबीच ऊर्जा, जलस्रोत क्षेत्रका विविध आयामहरुमा सहकार्यका लागि मार्ग प्रशस्त भएको छ ।  चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा भएका सहमति तथा सम्झौताले ऊर्जा क्षेत्रको विकासमा रणनीतिक महत्व राख्ने र नेपालले अगाडि सारेको आर्थिक समृद्धिको लक्ष्य हासिल हुने सम्भावना बढेर गएको हो ।  नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र..

    जनतामुखी सेवा, सुरक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा प्रदेश सरकारको जोड

    शुक्रबार, आषाढ ८, २०७५ साल
    पोखरा, ८ असार पोखरा लेखनाथ महानगरपालिकाले आसन्न तेस्रो नगरसभामा लैजाने नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयमा प्रदेश नं ४ का मुख्यमन्त्रीसहित मन्त्रीसँग गरिएको छलफलमा जनतामुखी सेवा र पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । प्रदेशको समृद्धि र विकास जनतासँग प्रत्यक्ष जोडिएको बताउँदै छलफलमा सहभागी मन्त्रीहरूले जनतामुखी सेवा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै जनअपेक्षालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए । छलफलमा मुख्यमन्त्री पृथ्वीसुब्बा..

    चीन भ्रमण उत्साहजनक भइरहेको छ : नेकपा महासचिव विष्णु पौडेल

    शुक्रबार, आषाढ ८, २०७५ साल
    बुटवल, ८ असार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताएका छन् । शुक्रबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।’ महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत विभिन्न विषयमा चीनसँग सहमति हुने बताउँदै चीन र भारतसँगको समान सम्बन्धबाट नेपालको विकास सम्भव हुने धारणा व्यक्त गरे । उनले..

    गरिबी हटाउन र आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको आवश्यकता : महेन्द्रबहादुर शाही

    शुक्रबार, आषाढ ८, २०७५ साल
    सुर्खेत, ८ असार  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरिबी हटाउन र आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको आवश्यकता रहेको बताएका छन् ।  एसओएस बालग्रामको आयोजनामा शुक्रबार यहाँ भएको अन्तर्राष्ट्रिय एसओएस दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको विकास हुनुपर्दछ भने ।  मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेको बताउँदै मुख्यमन्त्री..

    कांग्रेस जिल्ला सभापतिको भेला - कम्युनिष्ट सरकारले फरक विचार राख्नेमाथि आतंक मच्चाएको आरोप

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार  नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सरकारको आलोचनामा केन्द्रित भएर सकिएको छ। भेला सकिएपछि जारी गरिएको १९ बुँदे हेटौंडा घोषणापत्रमा पार्टीभित्रका समस्या समाधानमा भन्दा सरकारको विरोधका विषयहरू समेटिएका छन्। जिल्ला सभापतिहरूले निर्वाचनको समीक्षा हुनुपर्ने माग गरे पनि नेतृत्वले उम्कने बाटो खोजेको छ। गत मंगरबारदेखि हेटौँडमा जारी जिल्ला सभापतिहरूको भेलामा निर्वाचनमा पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने माग जिल्ला सभापतिहरूले राखेका..

    नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयो : पर्यटनमन्त्री अधिकारी

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार   संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उनले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको जानकारी सदनलाई दिए ।  मन्त्री अधिकारीले सरकारको प्रयासबाट नेपाललाई हवाई सुरक्षा खतरा सूचीबाट..

    लागुऔषध वितरण रोकथाम गर्ने उद्देश्यले ८० हजार बोट गाँजा र ७०० लिटर घरेलु मदिरा नष्ट

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार   लागुऔषध सेवन तथा बिक्री वितरण रोकथाम गर्ने उद्देश्यले महानगरीय प्रहरी प्रभाग साँखुले २०० रोपनी जग्गामा उम्रेको ८० हजार बोट गाँजा नष्ट गरेको छ ।  प्रभागकी कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालको नेतृत्वमा खटिएको ९७ जनाको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका– १ गागलफेदी र शंखरापुर नगरपालिका– १, २ र ३ को नाङ्लेभारे तथा बोझिनीमा पर्ने बारी एवं सार्वजनिक जग्गामा..

    प्रम ओलीको चीन भ्रमण : यस्ता छन् रेलमार्गसहित विभिन्न १४ विषयमा भएका सम्झौताहरू

    शुक्रबार, आषाढ ८, २०७५ साल
    बेइजिङ, ८ असार   नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे वक्तव्यमा उक्त सम्झौताप्रति दुवैले खुशी व्यक्त गर्दै रेलमार्ग सम्पर्क सञ्जालले दुई देशको सिमापार सम्पर्क सञ्जालमा नयाँ युगको सन्देशबाहकको काम गर्ने..

    ‘प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक’(तस्वीर सहित)

    शुक्रबार, आषाढ ८, २०७५ साल
    बेइजिङ, चीन, ८ असार  प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ ।  प्रधानमन्त्री ओली र उनका समकक्षी लिखछ्याङबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र दुई देशबीच भएका महत्वपूर्ण सम्झौतापछि बिहिबार आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका सहायकमन्त्री कोङ सुयन युले सम्झौता सकिएसँगै ग्रेट हल अफ द पिपुल्समा आयोजित पत्रकार सम्मेलनमा भने, “प्रधानमन्त्री ओलीको भ्रमण ‘स्पेसल सिग्नेफिकेन्स’ भयो..

    नेपाल चीनबीच रेलमार्ग निर्माणमा महत्वपूर्ण द्विपक्षीय सम्झौतामा हस्ताक्षर

    बिहिवार, आषाढ ७, २०७५ साल
    बेइजिङ, ७ असार  नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।  विसं २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच गे्रट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको हो ।  रेलमार्ग निर्माणसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर..

    जनताको मन जित्न सफल रवि लामिछानेद्वारा अमेरिकी नागरिकता त्याग भएको जानकारी

    बिहिवार, आषाढ ७, २०७५ साल
    काठमाडौँ, ७ असार   पत्रकार रवि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धमा निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट बिहिबार अपराह्न प्रेस काउन्सिल नेपालमा प्राप्त भएको काउन्सिलले जनाएको छ ।  चार वर्षदेखि नेपालको अध्यागमन, श्रम र प्रेस कानुन उल्लंघन गरेको भनी लामिछानेमाथि आवश्यक कारवाही गर्न काउन्सिलमा परेको उजुरीमाथि छानवीन गर्ने क्रममा गत चैत २३ गते स्पष्टीकरण सोधिँदा उनले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको..

    नेपाल-चीनबीच केरूङ हुँदै इलेक्ट्रिक कार्गो रेल काठमाडौं पुर्‍याउने सहमति

    बिहिवार, आषाढ ७, २०७५ साल
    बेइजिङ, ७ असार केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा नेपाल र चीनबीच सहमति भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी  ली खछ्याङबीच बिहीबार अपरान्ह  भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याउने उल्लेख छ। यसअघि दुई देशबीच रेलका विषयमा चर्चा भए पनि कुन रेल काठमाडौं ल्याउने टुंगो भएको थिए। चीनले विभिन्न ठाउँमा यात्रुलाई मात्र..

    सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाद्वारा प्राधिकरणका सदस्य राममणि दुवाडीलाई शपथ

    बिहिवार, आषाढ ७, २०७५ साल
    काठमाडौँ, ७ असार  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई शपथ दिलाएका छन् ।  मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सदस्य दुवाडीलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रमपछि मन्त्री बाँस्कोटाले प्राधिकरण मुलुकको दूरसञ्चार विकासको मस्तिष्क भएको बताउँदै डिजिटल र समृद्ध नेपाल निर्माणमा यसको सक्रियता महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।  प्राधिकरणका अध्यक्ष र सदस्यलाई तदारुकताका साथ..

    चीनसँग सहयोग अभिवृद्धिसम्बन्धी १० वटा द्विपक्षीय सम्झौता सम्पन्न

    बिहिवार, आषाढ ७, २०७५ साल
    बेइजिङ, ७ असार नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा बिहिबार सम्झौता सम्पन्न भएका छन् ।  यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।  चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका विषयमा सम्झौता भएको हो ।  तिब्बतको राजमार्ग..

    नेपाली काँग्रेस नेता मनमोहन भट्टराईलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै

    बिहिवार, आषाढ ७, २०७५ साल
    काठमाडौँ, ७ असार  नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।  स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्याइएको थियो ।  तत्काल शल्यक्रिया नगर्ने र सिटी स्क्यान्सर रिपोर्ट अध्ययन गरी उच्च निगरानीमा राख्ने उपचार चिकित्सक टोलीको सुझाव रहेको बताइन्छ । अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ ।  स्नायु विशेषज्ञ डा राजीव झासहितको टोलीले उनको उपचार..

    सभामुखसँग यस्ता विषयमा विवाद भएपछि सांसद रेग्मीले दिए राजीनामा

    बिहिवार, आषाढ ७, २०७५ साल
    सुर्खेत, ७ असार कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका छन् । प्रदेश संसदको बिहीबारको बैठकका लागि एजेण्डा तय गर्न बसेको बैठकमा सभामुख राजबहादुर शाहीसँग बाझाबाझ भएपछि उनले राजीनामा दिएका हुन् । संसदलाई प्रभावकारी र मर्यादित बनाउने सुझाव दिदा सभामुख शाहीले नमानेपछि आफूले राजीनामा दिएको सांसद रेग्मीले बताए । बिहीबारको बैठकमा पनि सरकारको बजेटका बारेमा छलफल गर्नुपर्ने अडान..

    सूचना लुकाउने कर्मचारी कारबाहीबाट नबच्ने : सूचना आयुक्त बाँस्कोटा

    बिहिवार, आषाढ ७, २०७५ साल
    भक्तपुर, ७ असार  राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताएका छन् ।  नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले यहाँ बिहिबार आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले कतिपय कर्मचारीले अझै पनि सहजरुपमा सूचना नदिने र सूचना अधिकृत पनि नराख्ने गरेको पाइएकाले त्यस्तालाई कारबाही गर्नुपर्ने बताए ।  कर्मचारीमा अझै पनि पञ्चायतकालीन मनोवृत्ति परिवर्तन गर्नुपर्ने आवश्यकता..

    नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने – प्रधानमन्त्री ओली

    बिहिवार, आषाढ ७, २०७५ साल
    बेइजिङ, ७ असार  प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा बिहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव र वर्तमानको शक्तिशाली सत्तारुढ पार्टीको लक्ष्यबारे स्पष्ट पारेका हुन्..

    सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै तरुण दलको विरोध

    बिहिवार, आषाढ ७, २०७५ साल
    पोखरा, ७ असार  नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा बिहिबार पोखरामा विरोध र्याली निकालेको छ ।  पोखराको महेन्द्रपुल चोकबाट शुरु भएको र्याली चिप्लेढुंगा बिपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।  कोणसभामा तरुण दल पोखरा लेखनाथ महानगरपालिका समिति अध्यक्ष महेन्द्र पुनले चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न..

    प्रधानमन्त्रीद्वारा स्कुल विभागको संग्रहालय अवलोकन, नेपाल–चीनमैत्री दौडको उद्घाटन (९ फोटो)

    बिहिवार, आषाढ ७, २०७५ साल
    बेइजिङ, चीन, ७ असार   प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार यहाँस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरे ।  सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गरेका हुन् । संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास भल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् ।  अवलोकनका क्रममा उनका धर्मपत्नी राधिका शाक्यसहित भ्रमणदलमा सहभागी मन्त्रीहरु, सांसद र सरकारी उच्च..

    जयनगर–जनकपुरमा रेलमार्ग तयार, सरकारले अहिलेसम्म पनि रेल ऐन बनाउन सकेन

    बिहिवार, आषाढ ७, २०७५ साल
    काठमाडौँ, ७ असार  सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ ।  सो रेलमार्ग सञ्चालनका लागि प्राविधिक तयारीस्वरुप नेपाली र भारतीय अधिकारीबीच मंगलबार र बुधबार छलफल भएको रेल विभागले जानकारी दिएको छ ।  विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवद्वय केशवकुमार शर्मा र राजेन्द्रराज शर्मा, विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारलगायतका..

    रेलका लागि विद्युत् आवश्यक पर्ने भएकाले रसुवागढी–केरुङ प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता

    बुधबार, आषाढ ६, २०७५ साल
    काठमाडौँ, ६ असार  नेपाल र चीनबीच ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्टेट ग्रीड कर्पोरेशन अफ चाइनाबीच सो प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।  हस्ताक्षर समारोहमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री..

    नेपालीलाई समस्या हुने गरी भारतद्वारा दशगजामा बनाइएको १५४ फिट लामो नाला पुरियो

    बुधबार, आषाढ ६, २०७५ साल
    गौशाला, ६ असार   महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला बुधबार एकाबिहानै पुरिएको छ ।  करीब एक महिनाअघि भारतले विहार राज्यको मधुवनी जिल्लाको मधवापुर शहरस्थित दशगजा क्षेत्रमा नेपालतर्फ क्षति र नोक्सानी पुग्ने गरी बनाएको १५४ फिट लामो नाला पुरिएको हो ।  भारतको मधवापुर पञ्चायतका मुखिया नीलाम्बर मिश्रले बुधबार एकाबिहानै मेशिन र मजदूर लगाएर सो..
    Weather Forecast