शुक्रबार, चैत्र २१, २०७६

    राज्य-समाज

    सरकारको कामबाट अत्तालिएर अधिनायकवादको आरोप लगाएका छन्ः मन्त्री ज्ञवाली

    बुधबार, बैशाख १९, २०७५ साल
    चरिकोट, १९ वैशाख :  परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी १० वर्षपछि रोजगारीको शिलसिलामा विदेशीहरु नेपाल आउने बताएका छन ।  दोलखा चरिकोटस्थित गौरीशंकर सामुदायिक पुस्तकालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले आगामी दश वर्षपछि नेपाली युवाहरुका लागि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य भएर उनीहरुलाई घुम्नका लागि विदेश जाने वातावरण बनाउन अहिलेको सरकार लागिपरिरको बताए ।  मन्त्री ज्ञवालीले स्थिरता र समृद्धिका निम्ति वर्तमान सरकारको कामबाट..

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गृहजिल्ला झापामा ४ सडक र विरिङ पुलको शिलान्यास

    बुधबार, बैशाख १९, २०७५ साल
    सुरुङगा, झापा, १८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार झापामा चारवटा सडक र एउटा पुलको शिलान्यास गर्नुभएको छ ।  रु ७७ करोड १५ लाख ५८ हजारको लागतमा निर्माण हुन लागेका चार सडक र २३ करोड ६९ लाखको लागतमा विरिङ खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्नुभएको हो ।  ग्रामीण सडक सञ्जाल आयोजनाअन्तर्गत चारपाने–चैतुवारी–मतीगढा–साँघुटार–घोडामारी–राजगढ सडकको शिलान्यास भएको छ ।  चारपाने चोकबाट शुरु विन्दु..

    एक-दुई दिनभित्रै पार्टी एकताको टुंगो लाग्ने अध्यक्ष दाहालको दाबी

    बुधबार, बैशाख १९, २०७५ साल
    काठमाडौँ, १८ वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताएका छन् ।  अध्यक्ष दाहालले भने, “नेकपा(एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने चरणमा रहेको छ । केही दिनभित्रै हामी त्यसलाई ठोस निष्कर्षमा पुर्याउछौँ र विश्व समुदायलाई नयाँ सन्देश दिन्छौँ ।”  अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मंगलबार विभिन्न पेशागत महासंघ र टे«ड यूनियनसँग..

    प्रधानसेनापति क्षत्रीको निमन्त्रणामा थाइल्याण्डका सैनिक प्रमुख बुधबार नेपाल आउँदै

    मंगलवार, बैशाख १८, २०७५ साल
    काठमाडौँ, १८ वैशाख : प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँदै छन् ।  नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले प्रधानसेनापति क्षत्रीसँग जङ्गीअड्डामा भेटवार्ता र पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रमसमेत छ..

    देशलाई समृद्धिको बाटोमा अग्रसर गर्न कम्युनिष्ट एकता अपरिहार्य : पुष्पकमल दाहाल ‘प्रचण्ड’

    मंगलवार, बैशाख १८, २०७५ साल
    काठमाडौँ, १८ वैशाख  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मँगलबार एक शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले अग्रगामी कम्युनिष्टबीचको ध्रुवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिने बताएका हुन् । उनले शुभकामना सन्देशमा भनेका छन् – समाजवादको आधार..

    मजदुरहरुको न्यूनतम ज्याला बढाउने योजना छ : प्रधानमन्त्री केपी शर्मा ओली

    मंगलवार, बैशाख १८, २०७५ साल
    १८ वैशाख, काठमाडौं । विश्व मजदूर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरुको न्युनतम ज्याला बढाउने योजना रहेको रहेको बताएका छन् । ओलीले श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै न्युनतम ज्याला बढाउने योजना रहेको जानकारी दिएका हुन् । सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पूर्ण रूपमा देशको विकास र निर्माणका निम्ति सदुपयोग गर्ने..

    किम र मुनको वार्ताले त्रासपूर्ण वातावरण हट्यो : एमाले वरिष्ठ नेता नेपाल

    सोमबार, बैशाख १७, २०७५ साल
    रुकुम, १७ वैशाख : नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण हटेको बताएका छन् ।  दुई नेताबीचको भेटवार्तासम्बन्धी पहिलोपटक प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।  सोमबार मुसीकोट खलंगामा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मलेनमा उनले उक्त भेटघाटले..

    लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

    सोमबार, बैशाख १७, २०७५ साल
    रुपन्देही, १७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा सोमबार  लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने ठाउँका रुपमा स्थापित गर्न चाहन्छौँ भन्नुभयो ।  प्रधानमन्त्री ओलीले लुम्बिनी वनलाई सुन्दर र बास्नादार ज्ञानले भरिपूर्ण..

    फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सर्वोच्चको आदेश

    आईतवार, बैशाख १६, २०७५ साल
    बैशाख १६, काठमाडौ सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरु भत्काउन आदेश दिएको छ। अधिवक्ता खगेन्द्र सुवेदीले जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न भन्दै दायर रिटमा सुनुवाइ गर्दै अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सर्वोच्चले आदेश दिएको हो।  ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।  २०६९ सालमा फेवाताल अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्व..

    प्रदेश ५ को संसदमा ओलीद्वारा १ घण्टा ४ मिनेट लामो सम्बोधन, के–के भने ?

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौं, बैशाख १६    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताएका छन् । उनले नारायणीदेखि कर्णालीसम्म र सुस्तादेखि राजापुरसम्मका भूभागले विकास तथा समृद्धिको संकेत गरेको बताए ।  प्रदेश नम्बर ५ को बिशेष बैठकलाई  सम्बेधन गर्दै प्रधानमन्त्री ओलीले विकासमा प्रदेशलाई नमूना बनाउनुपर्ने बताए ।   लुम्बिनी आउने क्रममा  प्रदेशसभामा सम्बोधन गर्ने कार्यतालिका बनाएका ओलीले  आज बिहान  ९..

    कोरिया गएर फर्किएका तीन हजार नेपालीलाई खुसिको खबर !

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ , १६ वैशाख  पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताए । ‘परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ’, खनालले भने,..

    काँग्रेसभित्र चुनावमा हारको बिषयलाई लिएर विवाद झन् चुलियो, २ दिनदेखि बैठक नै बस्न सकेन

    सोमबार, बैशाख १७, २०७५ साल
    काठमाडौं, १६ वैशाख निर्वाचन हारको जिम्मेवारी लिने कि नलिने भन्ने विवाद उत्कर्षमा पुगेपछि  नेपाली कांग्रेस केन्द्रीय समिति बैठक दुई दिनदेखि बस्न सकेको छैन । बैठकको निष्कर्ष र निर्णय सार्वजनिक गर्ने विषयमा सहमति नजुटेपछि निर्वाचनको समीक्षा तथा भावी रणनीति तय गर्न जारी कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठक पनि प्रभावित भएको छ । छलफलपछिको अन्तिम समयमा आएर सभापति शेरबहादुर देउवाले आफ्नो निर्णय लाद्न खोजेको..

    कर्णाली प्रदेशद्वारा घोषणापत्र जारी : ‘छ बुँदे प्रतिबद्धता र नौ बुँदे आह्वान’

    आईतवार, बैशाख १६, २०७५ साल
    सुर्खेत,१६ वैशाख : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ ।  कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र तथा नेप्लिज सिभिल सोसाइटी माउण्टेन इनिसियटिभको पहल तथा राष्ट्रिय मानवाधिकार आयोग नेपालको समन्वयमा आयोजित ‘समावेशी विकास अधिकारको सुनिश्चिता सामाजिक न्याय र समृद्धिको पहल’ विषयक कर्णाली सम्मेलनबाट ‘कर्णाली घोषणा पत्र’ जारी गरिएको हो ।  कर्णाली प्रदेश सरकार, स्थानीय सरकार, सांसदहरु, योजनाविद्, विकास साझेदार,..

    विकासमा प्रदेशलाई नमूना बनाउनुपर्ने : प्रधानमन्त्री केपी शर्मा ओली

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौं १६, बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताएका छन् । उनले नारायणीदेखि कर्णालीसम्म र सुस्तादेखि राजापुरसम्मका भूभागले विकास तथा समृद्धिको संकेत गरेको बताए । प्रदेश नम्बर ५ को बिशेष बैठकलाई सम्बेधन गर्दै प्रधानमन्त्री ओलीले विकासमा प्रदेशलाई नमूना बनाउनुपर्ने बताए ।   लुम्बिनी आउने क्रममा  प्रदेशसभामा सम्बोधन गर्ने कार्यतालिका बनाएका ओलीले आइतबार बिहान ९..

    फूल फुल्ने ३ सय भन्दा बढी प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १६ वैशाख विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ ।  वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् ।  यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४६७, लाइकेन्स ७९२, झ्याउ एक हजार २१३, उनीउ ५८०, फूल नफुल्ने छ हजार ५३..

    पहिलो पटक प्रदेशसभामा सम्वोधन गर्दै प्रधानमन्त्री, लुम्बिनीमा हुने विशेष समारोहपनि सहभागी हुने

    आईतवार, बैशाख १६, २०७५ साल
    बुटवल, १६ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै छन् ।  प्रदेशसभामा गर्ने उनकोे यो पहिलो सम्बोधन हो ।  आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।  प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेशसभा र प्रदेश सरकारका आगामी जनसरोकारसँग सम्बन्धित विषयका..

    नेकपा (माले) द्वारा पोलिटब्यूरो सदस्य ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्कासित

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १६ वैशाख : नेकपा (माले) को पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ ।  यही वैशाख ११ गतेदेखि शुरु भई शनिबार सम्पन्न बैठकले पार्टीका विचार र आदर्र्शबाट विचलित भई पार्टी विरोधी गतिविधिमा संलग्न भएको ठहर गर्दैै रिमाललाई कारबाही गरेको हो ।  पार्टी विधानको धारा ४७ कोे उपधारा ४ बमोजिम पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्दै..

    विप्लब समूहका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले भने - क्रान्तिको नक्कल हुँदैन

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १५ वैशाख : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताएका छन् ।  शनिबार उनकै निवास खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।  उनले भने, “हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०/२५ वर्षअघिको सन्दर्भ र..

    नेपाल सरकारको चीन सरकारलाई उपहार, भाले गैंडा नियन्त्रणमा लिईयो

    आईतवार, बैशाख १६, २०७५ साल
    चितवन, १५ वैशाख : नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा शनिबार नियन्त्रणमा लिइएको छ ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई दिनभरको प्रयासपछि शनिबार साँझ निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट उक्त गैंडा नियन्त्रणमा लिइएको हो ।  शुरुमा पोथी गैंडा नियन्त्रणमा लिने योजना भएपनि अनुकूल नभएपछि भाले गैंडा नियन्त्रणमा लिइएको..

    दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत, कोरिया प्रायद्वीपमा शान्ति स्थापना हुने बिश्वास

    शनिबार, बैशाख १५, २०७५ साल
    काठमाडौँ, १४ वैशाख : नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ ।  सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको तथा यसले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्न योगदान पुग्ने नेपालले विश्वास गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ..

    अस्थिरता निम्त्याउन खोज्नेविरुद्ध निर्मम हुन सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्रीको निर्देशन

    शनिबार, बैशाख १५, २०७५ साल
    बुटवल, १४ वैशाख : गृहमन्त्री रामबहादुर थापाले केही तत्व देशमा अस्थिरता निम्त्याउन उद्यत रहेकाले उनीहरूलाई निस्तेज पार्ने गरी काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।  गृहमन्त्री थापाले शुक्रबार प्रदेश ५ अन्तर्गत प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै देशमा अस्थिरता निम्त्याउन खोज्नेविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिँदै भने, “समस्याको व्याख्या गर्ने होइन, त्यसविरुद्ध एक्सन गर्नुहोस्..

    आर्थिक समृद्धिको आधार साना तथा घरेलु उद्योग: माओवादी अध्यक्ष दाहाल

    शनिबार, बैशाख १५, २०७५ साल
    काठमाडौँ, १४ वैशाख नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको आधार तयार पार्न घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै लगानीको विस्तार गर्नुपर्ने बताएका छन् ।  साना तथा घरेलु उद्योग महासंघले शुक्रबार यहाँ आयोजना गरेको ‘१४ औँ नेपाल अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा घरेलु उद्योग महोत्सव २०७५’ को उद्घाटन गर्दै उनले कृषिमा आधारित साना तथा घरेलु उद्योगमा लगानी बढाउन सकेमात्रै..

    सरकारले पठाएको ठाउँमा कर्मचारी जानैपर्छ : मन्त्री लालबाबु पण्डित

    शुक्रबार, बैशाख १४, २०७५ साल
    लुम्बिनी, १४ वैशाख : संघीय मामिला तथा सामन्य प्रशाशनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा राष्ट्रसेवक कर्मचारी जानुपर्ने बताएका छन् । मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर शपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताए । मन्त्री पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजिनामा दिएर निजी व्यवसाय शुरु गर्न सुझावसमेत दिए..

    रोजगारीका लागि युवा विदेशिएपछि तेह्रथुममा जनशक्ति अभाव, चियाबगान झाडीमा परिणत !

    शुक्रबार, बैशाख १४, २०७५ साल
    तेह्रथुम, १४ वैशाख रोजगारीका लागि युवा विदेशिन थालेपछि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभाव भएको छ । पढाइ, रोजगारी र अन्य अवसर खोज्दै युवा गाउँबाट पलायन भइरहेका छन् । युवाशक्तिले गाउँ छाडेपछि कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भएको छ । वर्षेनी काम गर्ने जनशक्ति अभावकै कारण खेतीयोग्य जमिन, खेतबारी र बगान क्षेत्र जंगलमा परिणत भइरहेका छन् । एकपछि अर्को गर्दै..

    ५० दिने महाअभियानले गर्यो २००७ सालको कांग्रेस सदस्यता सार्वजनिक

    शुक्रबार, बैशाख १४, २०७५ साल
    गुल्मी १४, बैशाख : नेपाली कांग्रेस गुल्मीको ५० दिने महाअभियानको जिल्लाका विभिन्न वडामा सञ्चालन भइरहेको छ । नयाँ वर्षको अवसर पारेर बैशाख १ गते देखि सुरु गरिएको हो । नेपाली कांग्रेस गुल्मीको आह्वान ‘गाउँ जाउँ गाउँमै रमाउँ’ ५० दिने महाअभियान भन्ने नाराका साथ सुरु गरिएको अभियान अन्तर्गत जिल्ला भर भव्यताका साथ विशेष भेला सम्पन्न भएका छन् । सदरमुकाम स्थित रेसुंगा नगरपालिका..

    संसद् अधिवेशन वैशाख २३ मा आह्वान गर्न मन्त्रिपरिषद्द्वारा राष्ट्रपतिसमक्ष सिफारिस

    शुक्रबार, बैशाख १४, २०७५ साल
    काठमाडौँ, १४ वैशाख मन्त्रिपरिषद्को शुक्रबारको बैठकले संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । राष्ट्रपतिले आह्वान गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन शुरु हुनेछ । बैठकले हालै प्रधानमन्त्री केपी शर्मा..

    अमेरिकाले फर्काउने भयो ९ हजार नेपालीलाई ! १ वर्षभित्र नेपाल फर्कन निर्देशन

    शुक्रबार, बैशाख १४, २०७५ साल
    काठमाडौं, बैशाख १४ ।  अमेरिकी सरकारले अमेरिकामा टिपीएसमार्फत बस्ने  र काम गर्ने अनुमति पाएका ९ हजार नेपाली नागरिकको टीपीएस नविकरण नगर्ने सूचना सार्वजनिक गरेको छ। एक वर्षभित्र बसोवासका लागि अन्य कुनै कानुनी उपाय अपनाउन वा नेपाल फिर्ता हुन आग्रह गरिएको निर्देशनमा भनिएको छ ‘यसका लागि नेपाली सरकारसँग पनि हामी समन्वयन गर्ने छौ।’ अप्रिल २६ मा होमल्याण्ड स्क्युरिटीद्वारा जारी गरिएको निर्देशनमा भनिएको छ  ‘नेपाली..

    मेलमिलापलाई थप प्रभावकारी तुल्याउन राष्ट्रिय महिला आयोगले गर्यो प्रशिक्षण शुरु

    शुक्रबार, बैशाख १४, २०७५ साल
    काठमाडौँ, १४ वैशाख : राष्ट्रिय महिला आयोगले घरेलु हिंसासँग जोडिएर आएका उजुरीको फछ्र्योट गर्ने सन्दर्भमा अपनाइने मेलमिलापलाई थप प्रभावकारी तुल्याउने भएको छ ।  त्यसका लागि आयोगले मेलमिलापमा प्रत्यक्ष संलग्न रहने अधिकारीलाई मेलमिलापका लागि अपनाउनु पर्ने विधि, प्रक्रिया र सजगताबारे शुक्रबार प्रशिक्षण शुरु गरेको छ ।  ८ दिने उक्त प्रशिक्षणमा सरकारी र गैरसरकारी गरी २७ जना अधिकृतको सहभागिता रहेको छ । प्रशिक्षणका क्रममा द्वन्द्व,..

    राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको पहिलो पटक बैठक बस्दै

    शुक्रबार, बैशाख १४, २०७५ साल
    काठमाडौँ, १४ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ ।  पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था भएकाले अध्यक्ष पशुपतिशम्शेर जबराले सो बैठक बोलाउनुभएको हो ।  पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश प्रमुख, जनवर्गीय संगठनका अध्यक्षलगायत करीब ३०० को सहभागिता हुने उक्त बैठकले राप्रपा परिवेशका दल तथा नेतालाई एकताबद्ध गर्ने र..

    मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा 'चार अध्यादेश' जारी

    बिहिवार, बैशाख १३, २०७५ साल
    काठमाडौँ, १३ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार विभिन्न चारवटा अध्यादेश जारी गरेकि छन् ।  उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ जारी गरेकि हुन् ।  नेपालको संविधानको धारा ११४ को उपधारा..
    Weather Forecast