आईतवार, भाद्र १, २०७६

    राज्य-समाज

    उपत्यकामा गाडी : प्रदूषित धुवाँ फ्याँक्ने आधाभन्दा बढी

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार काठमाडौँ उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल  अर्थात फेल भएका गाडी) आधाभन्दा बढी चल्छन् । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि प्रदूषण फेल भएका गाडी चलाउने चालकमाथिको कारवाही न्यून आर्थिक दण्डमा मात्रै सीमित छ । उसले एक हजार तिरेर मर्मतसम्भार गरी ठीक बनाएपछि हरियो स्टिकर पाउने व्यवस्था छ ।  हरियो स्टिकर पाएका कारण प्रदूषण फेल भएका..

    अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरु

    शनिबार, आषाढ २१, २०७६ साल
    नेपालगञ्ज, २१ असार बाँकेको डुडुवा गाउँपालिकाले आजबाट अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरु गरेको छ । अपाङ्गता अधिकार ऐन २०७४ अनुसार स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण शुरु गरेको हो ।   गाउँपालिका उपाध्यक्ष साहिदा बानोको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएका व्यक्तिहरुको स्तर र गम्भीरता पहिचान गरी परिचयपत्र वितरण..

    पानीको फोहराले नाशिँदै टौदहको पहिचान

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार कीर्तिपुर नगरपालिका–६ मा अवस्थित सांस्कृतिक महत्वको टौदहमा पानीको फोहरा (वाटर फाउन्टेन) बनाएर संस्कृति नाश गर्न खोजिएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् । नगरपालिकाले चालु आर्थिक वर्षका लागि टौदहमा पानीको फोहरा निर्माण गर्न वडा स्तरीय योजना अन्तर्गत रु ३७ लाख ५० हजार बजेट छुट्याएको थियो । स्थानीयवासीले ऐतिहासिक एवं धार्मिक महत्व बोकेको स्थानमा पानीको फोहरा निर्माण गर्दा संस्कृति नाश हुने..

    स्थानीयले वडाध्यक्ष दिलबहाुर श्रेष्ठलाई २ घण्टासम्म कार्यकक्षमै थुने

    शनिबार, आषाढ २१, २०७६ साल
    काभ्रेपलाञ्चोक, २१ असार  बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिनुभएकाे छ ।  सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखेको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् ।स्थानीयले शुक्रबार उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा वडाध्यक्ष श्रेष्ठले जवाफ दिन नसकेपछि विरोधस्वरुप कार्यकक्षमै थुनिएको स्थानीय भवनाथ तिमल्सिनाले बताउनुभयाे । उहाँले भन्नुभयाे, “वडाध्यक्षले छलफलविना गलत प्रक्रियाबाट..

    संसारभरका नेपालीको भावना समेटेर अगाडि बढ्छौँ : मुख्यमन्त्री राई

    शनिबार, आषाढ २१, २०७६ साल
    विराटनगर, २१ असार    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश विकासका लागि संसारभर छरिएर रहेका नेपालीको भावनालई समेटेर अगाडि बढ्ने बताउनुभएको छ ।    मुख्यमन्त्री राईले नेपालको तीव्र विकासका लागि संसारभर रहेका नेपाली एक भएर अगाडि बढ्नसमेत आह्वान गर्नुभएको छ । अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई शुक्रबार सम्बोधन गर्दे मुख्यमन्त्री राईले देशको विकास र जनताको समृद्धिका लागि..

    चितवन पुगेर रामचन्द्र पौडेलले भने - राजनीतिमा फेरि अन्योलता छायो, मिशन र भिजन चाहियो !

    शनिबार, आषाढ २१, २०७६ साल
    चितवन, २१ असार ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले शनिबार यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गर्नुभयो । राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो । यस कारण राजनीतिले ठीक दिशा..

    दलाई लामाको जन्मोत्सव नेपालमा मनाउन रोक

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार ।   गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो। जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो। नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चिनियाँ उच्च अधिकारीसँग गरिने हरेकपटकको भेटवार्तामा नेपाल सबै तहका..

    बाबुरामको डिग्री काम छैनः प्रधानमन्त्री ओली

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार ।  प्रधानमन्त्री केपी ओलीले विरोधका लागि भए पनि मास्क लगाउन विरोधीलाई आग्रह गरेका छन् । काठमाडौंका सडकमा अहिले मास्क नलगाएरै पनि हिँड्न सकिने अवस्था रहेको भन्दै प्रधानमन्त्रीले विरोधका लागि भने मास्क लगाएर हिँड्न सकिने बताए । समाजवादी पार्टीबाट नेकपा प्रवेश गरेका नेता–कार्यकर्तालाई केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार स्वागत गर्दै प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री हुँदा काठमाडौंका सडक धेरै धुलाम्य थिए..

    भारतले नेपाललाई दिने अनुदान ५० प्रतिशतले बढायो, विदेशी लगानीमा भारत थप उदार

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार । भारतमा हालै भएको निर्वाचनमा विशाल जनमतसहित निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेटमा विदेशी लगानी र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । निर्वाचनअघि ल्याएको अन्तरिम बजेटका अधिकांश कार्यक्रमलाई निरन्तरतासमेत दिइएको छ । आगामी पाँच वर्षमा ५० खर्ब अमेरिकी डलरको अर्थतन्त्र बन्ने उच्च महत्वाकांक्षासहितको बजेटले त्यो हासिल गर्न स्वदेशी तथा विदेशी लगानी परिचालन गरिने उल्लेख गरेको..

    'समावेशी' भनेको स्त्रीलिङ्ग र पुलिङ्ग होइन भने के हो त ? प्रमुखको जवाफ ...!

    शुक्रबार, आषाढ २०, २०७६ साल
    चिप्लेढुङ्गा, २० असार ।    गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले सामाजिक न्यायका लागि महिला र पुरुषबीचको विभेद् अन्त्य जरुरी रहेकोे बताउनुभएको छ ।    जोन्टा क्लब पोखराको पदस्थापना कार्यक्रममा उहाँले राज्यले लिएको नीतिलाई कार्यान्वयन गर्नेहरुको विभेदी मानसिकताले महिला र पुरुषबीचको खाडल पुरिन नसकेको बताउनुभयो ।   संविधानले दिएको अधिकारसमेत महिलाले पाउनसकेका छैनन्, महिला पुरुष भनेर विभाजित मानसिकताले विभेद्को अन्त्य हुनसकेको छैन ।   उहाँले राज्यले सकारात्मक विभेद्को नीति लिएर..

    भारतीय दवावसामू झुक्याे सरकार ? भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण रोकियो

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौं, २० असार । भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेकाे छ । भारतकाे दवाबमा सरकारले आयातित फलफुल तथा तरकारीमा रहेकाे विषादी जाँच गर्ने निर्णय  खुकुलाे गरेकाे हाे । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण कार्य स्थगन गर्ने निर्णय गरेसँगै परीक्षण नगरिने भएको छ । गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल..

    प्रचण्डलाई बाबुरामको करारा जवाफ - दीपक मनाङे जस्ता बौद्धिक भएको पार्टीमा अरू बौद्धिक किन चाहियाे ?

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौं, २० असार । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई करारा जवाफ फर्काएका छन् । नेकपा अध्यक्ष प्रचण्डले पूर्व सहकर्मी डा. बाबुराम भट्टराईको बौद्धिकताको अर्थ नेकपामा मात्र हुने भन्दै पार्टीमा आउन आह्वान गरेको केही घण्टा नबित्दै बाबुरामले जवाफ फर्काएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत बाबुरामले दीपक मनाङेजस्ता बौद्धिकहरू रहेको पार्टीमा अरू बौद्धिक आवश्यक पर्छ र भन्दै प्रश्न गरेका छन्..

    काठमाडौंकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात, नर्भिक अस्पताल भर्ना

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएको छ। शुक्रबार दिउँसो छातीमा अत्यधिक पीडा भएपछि उहाँलाई नर्भिक ल्याइएको अस्पताल स्रोतले बताएको छ।    अस्पताल स्रोतका अनुसार उहाँको सिसियु कक्षमा उपचार भइरहेको  छ । ‘उहाँको शरीरमा क्याथर्टर राखिँदैछ, उहाँको स्वास्थ्यबारे अनुसन्धान भइरहेको छ,’  । ..

    मेरो रिसले भए पनि मास्क लगाइदिनू : प्रधानमन्त्री

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आफू प्रधानमन्त्री बनेको समयमा भन्दा अहिले काठमाडौँमा धुलो निकै कम भएकाे बताएका छन् ।  शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले काठमाडाैंमा धुलाे कम भए पनि मास्क लगाउनुपर्छ भनेर सर उनले मास्क लगाउनेलाई सुझाव दिँदै धुलो उडेमा जोगाउने बताए । ‘मास्क लगाउनु राम्रो कुरा हो’,..

    अभिव्यक्ति स्वतन्त्रता होइन अराजकता नियन्त्रण गर्न खोजिएको हो : मन्त्री बाँस्कोटा

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने र रोक्नेतर्फ कुनै प्रयास नगरेको र सो विषयमा सोच्न पनि नसक्ने स्पष्ट पारेको छ ।  राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अभिव्यक्ति स्वतन्त्रतालाई नभई अराजकतालाई नियन्त्रण गर्न खोजेको स्पष्ट पार्नुभयो ।  विनियोजन विधेयक, २०७६ अन्तर्गत उक्त मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले..

    बाबुरामको पिएचडीले कम्युनिस्ट आन्दोलनभन्दा बाहिर काम गरेन : प्रचण्ड

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडाैं, २० असार ।  नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको वौद्धिकतामाथि टिप्पणी गरेका छन्। शुक्रबार पूर्व सहकर्मीसमेत रहेका डा. भट्टराईलाई अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनभन्दा बाहिर बाबुरामको वौद्धिकताले काम नगर्ने बताएका हुन्। शुक्रबार डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पौडेल, पूर्वमन्त्री कल्पना धमलासहितका नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले डा। बाबुराम भट्टराईको..

    जनप्रतिनिधिलाई पोशाक खर्च १० हजार, मोवाइल खर्च मासिक १५ सय, जनतालाई भने दुःख !

    शुक्रबार, आषाढ २०, २०७६ साल
    विराटनगर, २० असार । जनप्रतिनिधिहरूले पोशाक किन्न १० हजार र मासिक १५ सय मोबाइल खर्च १५ सय पाउने भएका छन्। विराटनगर महानगरपालिकाले जनप्रतिनिधिलाई पोशाक र मोबाइल खर्च उपलब्ध गराउने भएको हो । जनप्रतिनिधिहरु सुविधाभोगी भएको गुनासो आइरहेको बेला महानगरको चौंथो नगरसभाले सबै जनप्रतिनिधिका लागि पोशाक खर्च भन्दै प्रतिव्यक्ति दश हजार दिने निर्णय गर्यो । प्रशासनिक खर्च बढाउने क्रममा महानगरले जनप्रतिनिधिको मोवाइल खर्च भन्दै..

    सांसद रंगमतीले प्रधानमन्त्रीलाई स्कुटीमा वनस्थली जाऔँ भनेपछि...

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार । प्रमुख प्रतिपक्ष कांग्रेस सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजधानीमा मास्क लगाउनुपर्छ कि पर्दैन भन्ने थाहा पाउन स्कुटरमा बसेर यात्रा गर्न चुनौती दिएकी छन् ।  आफ्नो कार्यकालमा राजधानीमा धूवाँधूलो नियन्त्रण भएकाले अब मास्क लगाएर हिँड्न पर्दैन भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति उनले कटाक्ष गरेकी हुन् । ‘मन्त्री (भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ)ज्यूमार्फत प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, आउनुस् प्रधानमन्त्रीज्यू..

    सिंहदरबारभित्रै पूर्वसांसदको एनजिओ, संसद सचिवालयको भवनमै कार्यालय

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार । जननिर्वाचित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सचिवालयले नै व्यवस्था गरिदिएको छ ।  पूर्वसभामुख तारनाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’ नामक एनजिओ सिंहदरबारभित्रै अड्डा जमाएर बसेकोमा तत्कालीन संविधानसभाका सदस्यहरूले..

    गण्डकी प्रदेशसभामा नेकपाको दुइतिहाइ, मनाङेलाई रातो कार्पेट

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार ।  स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनी मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। सांसद गुरुङसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की सचिवालय सदस्य पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्। पार्टी प्रवेश गरेका दुवैजनालाई नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खादा..

    कांग्रेसमा पौडेल–सिटौला आक्रामक देउवा रणनीतिक, यस्ता छन् एजेण्डा

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबीच चार दिनअघि बसेको बैठकले आगामी केन्द्रीय समतिमा खरो रूपमा उत्रिने तयारी गरेपछि संस्थापनले विषय प्रस्ट पारेको छ । पौडेल–सिटौलापक्षको बैठकले संस्थापनको गलत नियत देखिएको भन्दै २२ असारमा बस्ने केन्द्रीय समिति बैठकमा त्यसको भण्डाफोर गर्ने निर्णय गरेको थियो । उनीहरूले पार्टी संरचना तदर्थ नभई निर्वाचनबाट गठन गर्नुपर्ने, भ्रातृसंस्थाको..

    मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी आफूखुसी विदेश भ्रमणमा जान थाले

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार ।  प्रदेशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेका छन्। कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका हुन्। उनीहरूको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रमा बहस हुन थालेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग दुईपक्षीय वार्ता गरिरहँदा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल गान्सुको लान्झाओ..

    सम्झाउँदासमेत सुस्त श्रवण भएका प्रतिनिधिसँग संसदीय समितिमा संवाद गर्न मानेनन् मन्त्री महासेठले

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार । विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र समिति सदस्यबीच वादविवाद भएको छ । विवादको चुरो थियो– समिति बैठकमा सरोकारवाला राख्ने कि नराख्ने ! बैठक चलिरहँदा सरोकारवाला सर्वसाधारण राखिनुहुन्न भन्ने मन्त्री महासेठको तर्क थियो । उनले भने, ‘संसदीय मूल्य–मान्यताविपरीत चल्नुहुन्न । छलफल चलिरहँदा सरोकारवाला राख्नु ठीक होइन ।’ अर्कातिर, समिति सभापति कल्याणीकुमारी खड्काले..

    केन्द्र, प्रदेश र स्थानीय तहका ४७ पदमा उपनिर्वाचनको तयारी

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारीलाई तीव्र पारेको छ । आयोगका अनुसार, विभिन्न कारणले प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीयतहअन्तर्गत गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष चार, नगरपालिकाका प्रमुख एक तथा नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्षका ३८ पद हाल रिक्त छन् ।   मुलुकका ७७  वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा..

    वडाध्यक्षले घुस मागेपछि...

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व नै सेवाग्राहीसँग रु दुई लाख ७५ हजार बराबरको घुस मागेको आयोगले आरोप लगाएको छ । आयोगको हेटौँडाबाट गएको टोलीले अध्यक्ष..

    सुडान घोटाला काण्डका भ्रष्टाचारी पूर्वप्रहरी महानिरीक्षक ठकुरी जेल चलान

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौं, १९ असार ।  सुडान घोटाला काण्डमा प्रहरीको बन्दोबस्ती सामान खरीदमा भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजी) रमेशचन्द ठकुरी जेल चलान गरिएको छ ।  सर्वोच्च अदालतमा बिहिबार कारागार बाहिरै बसेर पुनरावेदन गर्न पाउने निवेदन लिएर ठकुरी सर्वोच्च अदालतमा पुगेका थिए । सर्वोच्च प्रशासनले फैसला कार्यान्वयनलाई सहयोग गर्नुपर्ने भन्दै ठकुरीलाई डिल्लीबजार कारागार चलान गरेको हो ।  पूर्वमहानिरीक्षक ठकुरीलाई सर्वोच्च अदालतले २०७४ वैशाख १७..

    ‘अधिकारका लागि एकीकृत संघर्ष आवश्यक’

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारका लागि महिलाले एकीकृत संघर्ष गर्नुपर्ने बताउनुभएको छ ।  महिला सुरक्षा दबाब समूह नेपालको २७औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री थापाले महिलाको सवालमा संविधानमा प्राप्त अधिकारलाई कार्यान्वयन गर्दै अन्य अधिकार प्राप्त गर्न एक जुट हुनुपर्नेमा जोड दिनुभयो । “राजनीतिक रुपमा महिलाका केही अधिकार प्राप्त भएका..

    काङ्ग्रेसले अन्तरिम व्यवस्थाअनुसार नै नयाँ संरचना गठन गर्ने

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार नेपाली काङ्ग्रेसले नयाँ संविधान बमोजिमका संरचनामा पार्टी विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरुप नै एकाइहरु गठन हुने स्पष्ट पारेको छ ।  नयाँ संरचना निर्माण बारे सार्वजनिक भएका अस्पष्टता र भ्रम निवाराणार्थ आज पार्टीले विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो । विधानको धारा ७२ को ४ ले पार्टी सङ्गठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख..

    आइफा सरकारको विषय होइन : सञ्चारमन्त्री बाँस्कोटा

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार   सरकारले इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको सन्दर्भ सरकारसँगको विषय नभई निजी मामिला भएको स्पष्ट पारेको छ ।   सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइफा अवार्डबारे सरकारसँग जोडेर अनर्गल प्रचार गरिएको भन्दै यो सरकारको नभई निजी क्षेत्रको विषय भएको बताउनुभयो ।   हालै भएको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले आइफा अवार्डका..

    प्राध्यापक संघकाे अधिवेशनमा प्रधानमन्त्री अनुपस्थित, सत्तारुढ दल निकटका प्राध्यापक नै बहिष्कारमा उत्रिए

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौं, १९ असार ।   नेपाल प्राध्यापक संघको बिहीबार हुने भनिएको अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन्। दुई खेमामा रहेका प्राध्यापकको झगडाका कारण प्रधानमन्त्री ओली सहभागि नभएका हुन् । प्रतिनिधि छनोटमा संघको संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाउँदै वामपन्थी प्राध्यापकको संगठन नेपाल राष्ट्रिय प्राध्यापक संगठन, नेपाल प्रगतिशील प्राध्यापकसँग, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले अधिवेशन बहिष्कार गरेको थियो।  सत्तारुढ दल निकटका प्राध्यापक..
    Weather Forecast