बिहिवार, कार्तिक २८, २०७६

    राज्य-समाज

    नेकपा एमाले र माओवादी केन्द्रबीच आज आन्तरिक छलफल हुँदै

    शुक्रबार, पौष २१, २०७४ साल
    काठमाडौं, पुस २१ ।  बाम गठबन्धनमार्फत एकआपसमा नजिक हुन पुगेका दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा आज आन्तरिक छलफल हुने भएको छ । आजको बैठकमा दुवै दलबीच पार्टी एकताका विषयमा आन्तरिक छलफल हुने जनाइएको छ ।  आज हुने भनिएको आन्तरिक छलफल पछि भोलि दुई दलका अध्यक्ष केपी ओली र प्रचण्डबीच छलफल हुने दुवै दलका नेताहरुले बताएका छन् । हाल..

    'एमाले-माओवादी' बीच पार्टी एकता र नयाँ सरकार चाँडै : नेता खनाल

    बिहिवार, पौष २०, २०७४ साल
    बनियानी, झापा, २० पुस : नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताएका छन् ।  झापाको बिर्तामोडमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– “एमाले र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतालाई कुनै शक्तिले पनि रोक्न सक्दैन् ।”  पूर्वप्रधानमन्त्री खनालले “नयाँ सरकार र पार्टी एकता चाँडै हुन्छ, यस बिषयमा दुवै पार्टीबीच गृहकार्य भइरहेको छ,” भन्दै बाहिरी हल्लाको पछि..

    ‘नागरिक सर्वोच्चताको सम्मानार्थ सत्ता हस्तान्तरणको विकल्प छैन’

    बिहिवार, पौष २०, २०७४ साल
    काठमाडौँ, २० पुस  : निर्वाचनबाट नयाँ जनादेश पाएका जनप्रतिनिधिलाई सहजरुपमा सत्ता हस्तान्तरण गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरुले जोड दिएका छन् ।  कानून पत्रकार मञ्चले बिहीबार आयोजना गरेको ‘निर्वाचनपछिको संवैधानिक निकास’ विषयक अन्तक्र्रियामा वरिष्ठ अधिवक्ता शम्भु थापाले निर्वाचनबाट नयाँ जनमत लिएर आएकालाई सत्ता हस्तान्तरण गर्नुको विकल्प नभएको बताए ।  उनले भने, “संसदीय निर्वाचन पद्धतिमा निर्वाचनबाटै अधिकार प्राप्त भएपछि संविधानको कुनै पनि धाराले सरकार गठन गर्न छेक्दैन,..

    जनप्रतिनिधि चुनिएसँगै कञ्चनपुरका ग्रामीण बस्तीमा विकासको लहर

    बिहिवार, पौष २०, २०७४ साल
    भीमदत्तनगर, २० पुस : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा बस्ती बसेको झण्डै साढे चार दशक भयो । तर गाउँमा सडक सञ्जाल नभएकै कारण स्थानीयवासीले लामो समय खेतको आली र नदी किनारको खाली ठाउँ टेक्दै गन्तव्यमा पुग्नु पथ्र्यो । अझ केही बस्तीका बालबालिकाले बर्सातमा सडक सञ्जाल नभएकै कारण स्कुल जान पाएनन् ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पुनःस्थापित स्थानीयवासीको बाहुल्यता रहेको शुक्लाफाँटा नगरपालिका–७ अझै पनि खानेपानी,..

    राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

    बिहिवार, पौष २०, २०७४ साल
    काठमाडौँ, २० पुस  । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन्  ।पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो ।  सो टोलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सबै मतपरिणाम सार्वजनिक गर्ने सम्बन्धमा राजनीतिक सहमतिको आवश्यकता औँल्याएको छ ।  टोलीले वाम गठबन्धन र त्यसनिकट..

    प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने जिम्मा सरकारलाई

    बिहिवार, पौष २०, २०७४ साल
    २० पुस, काठमाण्डौ । प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न जिम्मा सरकारलाई दिनका लागि प्रमुख ५ दल सहमत भएका छन् । बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकले सरकारलाई अधिकार दिन सहमति जनाएको हो ।  बैठकमा उपस्थित भएका वाम गठबन्धनका नेताहरुले भने राजनीतिक सहमति दिन अस्वीकार गरेका थिए । त्यस्तै, बैठकमा उपस्थित एमाले नेताहरु भने प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने..

    प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्तिबारे सर्वदलीय छलफल

    बिहिवार, पौष २०, २०७४ साल
    काठमाडौँ, २० पुस  ।  प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ ।  सो विषयमा छलफल गर्न विहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको  सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने काम आफ्नो ढंगले चाँडो गर्न आग्रह गरेको छ । यस्तै राष्ट्रियसभाको निर्वाचनका विषयमा पनि..

    काठमाडौँको तापक्रम १ डिग्री सेल्सियस, वर्षकै बढी चिसो महसुस

    बिहिवार, पौष २०, २०७४ साल
    काठमाडौँ, पुस २० । यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो । काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार चिसो अझै बढ्ने छ..

    कठ्यांग्रिने जाडोमा पनि सेवाको न्यानो हात बढाउँदै धुर्मुस - सुन्तली

    बिहिवार, पौष २०, २०७४ साल
    महेन्द्रनगर, धनुषा, २० पुस ।  हास्य कलाकार सीताराम कट्टेलले शीतलहरको कहर चलेको बेला चिसोमा कठ्यांग्रिएर बसिरहेका दलित बस्तीका समुदाय र अनाथालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन्  ।  जनकपुर उपमहानगरपालिका–१ स्थित धर्मवान टोलको दलित बस्ती र जनकपुरको कविर अनाथ बालआश्रममा कम्बल वितरण गरिएको हो । चिसोसँगै चलेको शीतलहरले कठ्यांग्रिन बाध्य धर्मवान टोलका ८० घरपरिवारलाई बुधबार धुर्मुसले कम्बल घरघरमा पुगेर वितरण गरे  ।  उक्त..

    नुवाकोटमा प्रहरीद्वारा ठुलो परिमाणमा अवैध मदिरा नष्ट

    बिहिवार, पौष २०, २०७४ साल
    त्रिशूली, नुवाकोट, २० पुस ।  अवैध रुपमा घरमा बनाएर बिक्रीका लागि बजार लग्दै गर्दा नुवाकोट प्रहरीले बरामद गरेको मदिरा विदुरमा बुधबार नष्ट गरिएको छ ।  सदरमुकाम विदुर आसपासका क्षेत्र, कोलनी, छहरे र ककनीमा एक हजार १५० लि घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए  ।  ककनी प्रहरी चौकीले नियन्त्रणमा लिएको ४०० लि मदिरा पनि नष्ट गरिने प्रहरीले जनाएको छ..

    अब उपत्यकाका ‘भित्री शहर’ मा चारपाँग्रे सवारीलाई ‘नो इन्ट्री’

    बुधबार, पौष १९, २०७४ साल
    १९ पुस, काठमाडौं ।  ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब काठमाडौं उपत्यकाका अन्य प्रमुख भित्री शहर तथा गल्लीहरुमा समेत चारपाँग्रे सावारीसाधनहरुको प्रवेशलाई रोक लगाइने भएको छ ।  आगामी माघ २ गतेदेखि लागू हुने महानगरपालिकाले यस्तो नियम लगाउने तयारी थालेको हो । जसअनुशार अब भोटाहिटी, असन, इन्द्रचोक, मच्छिन्द्रबाहल, भेडासिंह, नरदेवी, एट्खा, टेंगल, बाङ्गेमुढा, थहिटी, त्यौड, ताम्सीपाखा, किलागल, ज्वागल लगायतका अन्य थुप्रै क्षेत्रहरुमा चारपाँग्रे सवारी..

    सरकार निर्माणको बाटो नबनाएकोमा अध्यक्ष प्रचण्डको असन्तुष्टि

    बुधबार, पौष १९, २०७४ साल
    काठमाडौँ, १९ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकामा असन्तुष्टि व्यक्त गरेका छन् ।  पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले भने, “परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित..

    'क्रान्तिकारी' र पुरानो विद्यार्थी संगठन 'फेडरेशन' बीच एकता

    बुधबार, पौष १९, २०७४ साल
    काठमाडौँ, १९ पुस : वामपन्थी घटकका दुई विद्यार्थी संगठनबीच एकता भएको छ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा संयुक्त निकटको नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनबीच बुधबार एकता भएको हो ।  क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र फेडरेशनका अध्यक्ष दीपक जोशीले संगठन एकता भएको घोषणा गर्नुभयो । फेडरेशन नेपालको सबभन्दा पुरानो विद्यार्थी संगठन हो ।  क्रान्तिकारीका पूर्व अध्यक्ष एवं माओवादी केन्द्रका काठमाडाँै जिल्ला..

    घृणा र विखण्डन फैलाउने अभिव्यक्तिलाई दण्डनीय बनाउन माग

    बुधबार, पौष १९, २०७४ साल
    काठमाडौँ, १९ पुस ।  मानव अधिकार तथा शान्ति समाजले अभिव्यक्ति स्वतन्त्रताका नाममा घृणात्मक अभिव्यक्तिलाई बढावा दिन नपाइने व्यवस्था हुनुपर्नेमा जोड दिएको छ ।  रौतहटको चन्द्रपुरमा हालै सम्पन्न समाजको २० औँ राष्ट्रिय परिषद् बैठकले घृणा र विखण्डन फैलाउने अभिव्यक्तिलाई दण्डनीय बनाउनुपर्ने तथा मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताका नाममा अराजकतालाई बढावा दिन नहुने बताएको छ ।  समाजका सभापति गंगाधर अधिकारीको अध्यक्षतामा भएको परिषद् बैठकले मानवअधिकार, शान्ति, लोकतन्त्र..

    अब प्रतिनिधिसभामा आकासे निलो र राष्ट्रियसभामा रातो रङका कुर्सी राखिने

    बुधबार, पौष १९, २०७४ साल
    काठमाडौँ, १९ पुस ।  व्यवस्थापिका–संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा हलको छुट्टै पहिचान झल्कियोस् भन्नाका लागि त्यहाँ प्रयोग हुने कार्पेट र सिट कभर बेग्ला बेग्लै रङको तय गरेको छ ।  सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकासे निलो र राष्ट्रियसभाको बैठक कक्षमा रातो कलरको सिटकभर र कार्पेट प्रयोग हुनेछ ।  उनले भने – हामीले अन्तरराष्ट्रिय अभ्यासमा धेरैजसो उपल्लो सदनमा रातो र तल्लो..

    निर्वाचित नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी, कीर्ते गरेको अभियोग

    बुधबार, पौष १९, २०७४ साल
    काठमाडौँ, १९ पुस : प्रहरी परिसर काठमाडौँले पूर्वप्रहरी नायब महानिरीक्षक तथा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  सरकारी कागज कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  प्रहरी महानिरीक्षक बन्नका लागि पेश गरिएको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते गरेको आरोप सिलवालविरुद्ध लागेको छ । केही दिनअघि सर्वोच्च अदालतले महानिरीक्षकको..

    खोटाङको हलेसीमा भएको आगलागी नियन्त्रणमा, अवस्था सामान्य

    बुधबार, पौष १९, २०७४ साल
    खोटाङ, १९ पुस : धार्मिक तथा पर्यटकीयस्थल हलेसीबजारमा भएको आगलागीमा सात घर जलेर नष्ट भएका छन् ।  मंगलबार राति भएको आगलागीमा परी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  साँझ साढे ७ बजेदेखि शुरु भएको आगोले प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राईलगायतको घरमा आंशिक क्षति पुगेको नगर..

    सहमतिमै प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

    मंगलवार, पौष १८, २०७४ साल
    काठमाडौं, पुस १८। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति गरेर मात्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा अध्यक्ष दाहालले आफू राजनीतिक सहमतिका आधार अघि बढ्न आफू तयार रहेको र सरकारलाई पनि त्यही अनुसार व्यवहार गर्न आग्रह गरेका हुन् ।  प्रचण्डले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको उहाँका प्रदेश..

    एमाले अध्यक्ष ओलीको निर्वाचन खर्च २४ लाख, सिटौलाको २३ लाख

    मंगलवार, पौष १८, २०७४ साल
    झापा, पौष १८ ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार..

    यी हुन् सरकारले तोकेको सातवटै प्रदेशको अस्थायी राजधानी

    मंगलवार, पौष १८, २०७४ साल
    काठमाडौं, पुस १८ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो ।  मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताउनुभयो ।  उहाँका अनुसार प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं..

    नारायणगढ–मुग्लिन सडकखण्ड आजराति देखि दैनिक ६ घण्टासम्म बन्द हुने

    मंगलवार, पौष १८, २०७४ साल
    चितवन,पौष १८ ।  निर्माणाधीन अवस्थामा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजराति देखि दैनिक ६ घण्टासम्म बन्द हुने भएको छ । निर्माणको कामलाई गति दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक बन्द गरिने आयोजनाले जनाएको छ । गत पौष १२ गते जिल्ला प्रशासन कार्यालयमा ठेकेदार र आयोजना प्रमुखसहित बसेको प्रशासनको बैठकले आजदेखि सडक बन्द गरी कटिङको काम थाल्ने निर्णय गरेको   थियो ।  दिउँसोको..

    प्रदेशसभातर्फको समानुपातिक सूची सच्याउन ६ पार्टीलाई आयोगद्वारा पत्राचार

    मंगलवार, पौष १८, २०७४ साल
    काठमाडौं पौष, १८ ।   निर्वाचन आयोगले ६ वटा राजनीतिक दलहरुलाई  प्रदेशस भातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन पत्राचार गरेको छ । आयोगले आज सूची सच्याउन नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पत्राचार गरेको हो ।  अन्य दलहरुको सूचीमा भने समस्या नरहेको आयोगले जनाएको छ । दलहरुले २० गतेभित्र सच्याएर सूची बुझाइसक्नुपर्ने आयोग प्रवक्ता दिनेश घिमिरेले ..

    प्रदेश प्रमुख तोक्नुअघि सर्वदलीय छलफल गर्ने काँग्रेसको तयारी

    मंगलवार, पौष १८, २०७४ साल
    काठमाडौं पुस १८ ।  सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको मिति र प्रदेश प्रमुख तोक्नेबारे निर्णय गर्नु अघि सर्वदलीय छलफल गर्ने भएको छ ।  वाम गठबन्धनमा आवद्ध दलले प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणाम छिटो घोषणा गर्न निर्वाचन आयोगलाई दवाब दिइरहेका बेला कांग्रेस शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी सहित काठमाडौंमा रहेका कांग्रेस केन्द्रीय सदस्यहरुको..

    पार्टी एकताबारे छलफल गर्न माओवादी केन्द्रको हेडक्वाटर बैठक बस्दै

    मंगलवार, पौष १८, २०७४ साल
    काठमाडौं, पौष १८ ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय समितिको बैठक आज बस्दैछ । एमालेसँग पार्टी एकताको विषयमा बहस चलिरहेका बेला माओवादी केन्द्रले बैठक आह्वान गरेको हो ।  ललितपूरको खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा अहिले केहिवेर पछि बस्ने बैठकमा पछिल्लो राजनितिक अवस्था, पार्टी एकता प्रक्रिया तथा नयाँ सरकार गठनबारे छलफल हुनेछ ।  नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरणको बहस चर्किएका..

    यथासीघ्र मत परिणाम सार्वजनिक गर्न युवा विद्यार्थीको माग

    सोमबार, पौष १७, २०७४ साल
    काठमाडौँ, १७ पुस  : संयुक्त विद्यार्थी तथा युवा संगठनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेपछि समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन माग गर्दै सोमबार निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।  अनेरास्ववियू, अनेरास्ववियू(क्रान्तिकारी), वाइसिएल र युवा संघ नेपालका प्रतिनिधिले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका हुन् । उक्त पत्रमा वाम गठबन्धनको परिणामबाट आत्तिएर विदेशी योजना र नेपाली..

    सन् २०१७ : प्रेस स्वतन्त्रता उल्लंघनका ६६ घटना

    सोमबार, पौष १७, २०७४ साल
    काठमाडौँ, १७ पुस  : राजनीतिक गतिविधिमा तीव्रता आएसँगै नेपालमा गत वर्ष सन् २०१७ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना ह्वात्तै बढेको पाइएको छ ।  फ्रिडम फोरमले सोमबार सार्वजनिक गरेको वार्षिक मिडिया प्रतिवेदनअनुसार गत वर्ष ६६ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएका छन् । घटनामा २३० सञ्चारकर्मी प्रत्यक्ष असरमा परेका छन् । अघिल्लो वर्ष २०१६ मा भने २५ मात्र उल्लंघनका घटना भएका थिए ।  उल्लघंनका घटनामध्ये १६..

    उज्यालोको प्रतिक्षामा वर्षौं देखि अन्धकार छ कालिमाटी गाउँपालिका

    सोमबार, पौष १७, २०७४ साल
    सल्यान, १७ पुस । सल्यानको कालीमाटी गाउँपालिकामा कुनै पनि वडामा विद्युत् सुविधा नपुग्दा वर्षौंदेखि स्थानीय वासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । सातवटा वडा रहेको कालीमाटीमा बिजुली बत्तीको पहुँच नपुग्दा स्थानीय धेरै कुरामा पछाडि परेका छन् । विद्युत् अभावमा गाउँपालिका झनै प्रभावित देखिएको छ ।  स्थानीय सरकारका रुपमा रहेको गाउँपालिका कार्यालयले वासिन्दालाई सेवा प्रवाह गर्दा विद्युत् अभावमा प्रभावकारी हुन नसकेको पाइएको छ भने..

    जनादेशलाई औपचारिकता दिन एमाले नेता नेम्बाङको जोड

    सोमबार, पौष १७, २०७४ साल
    दमक, १७ पुस ।  नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्बाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने औँल्याएका छन्  ।  झापाको दमकमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै नेता नेम्बाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताए  ।  निर्वाचन आयोगप्रति निकै आक्रामक देखिएका नेम्बाङले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्माएको..

    मोरङमा छुट्टाछुटै दुई स्थानमा आगलागी हुँदा २० लाखको क्षति

    सोमबार, पौष १७, २०७४ साल
    उर्लाबारी, मोरङ, १७ पुस।   मोरङको बूढीगंगा गाउँपालिका– ७ र सुनवर्षी नगरपालिका– ९ डाइनियामा गएराति आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।  आगलागीमा परी बूढीगंगा– ७ का श्याम पौडेलको कच्ची घर, कुखुराको फार्मसमेत जलेर नष्ट हुँदा अन्दाजी रु १० लाख बराबरको क्षति भएको छ । पौडेलको घरमा भएको आगलागीका कारणबारे खुल्न नसकेकाले अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी..

    १६ लाख भन्दा बढीको आर्थिक सहयोगमा हुने भयो म्याग्दी महोत्सव

    सोमबार, पौष १७, २०७४ साल
    बेनी, म्याग्दी, १७ पुस ।  यही पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुने छैटौँ म्याग्दी महोत्सव, माघेसंक्रान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलालाई विभिन्न निकायले रु १६ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।  जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्वको प्रचारप्रसार तथा लगानीमैत्री वातावरण बनाउन आयोजित महोत्सवमा जिल्लाका पाँच वटा गाउँपालिकाले प्रतिगाउँपालिका रु दुई लाख,..
    Weather Forecast